प्रेम मा हार मात्र किन?
प्रेम मा हार मात्र किन?
तिमीले हुर्काउने रुख धेरै हाँगाहरुको हुनेछ ।
तिमी बिस्तारै हिड्दै हुनेछौ, लठ्ठीको साहारामा ।
केहि फरक आकृती, केहि फरक समय ।
समयको पर्खाइमा मैले बिश्राम लिने छु ।
साना मिठा पलहरु, संझनाहरु ।
पल्टिदैछन् स्मिृतीका पानाहरुमा ।
समेटिएको छ, मेटिने छैन ।
जिजिबिसा अनुहारको ।
नयाँ सुरुवात, नयाँ आगमन ।
सबै मेरो बिचार, संझनाहरु हराउने छन् ।
तैपनी तिमीलाई साथै पाईरहने छु ।
यहि अनुहार, यहि आकृती
तिम्रो छुवाईको संझना ।
र बाँकी सबै...
Labels: Poem

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home