Tuesday, April 16, 2019

यात्रा संस्मरण - बन्दिपुर - पोखरा २०७५-२०७६


उपत्यकाको कोलाहाल मानब बस्तिबाट अलि पर बाहिर प्रकृतितिर जाने भन्ने बित्तिकै मन रमाएर उन्माद हुन्छ । नयाँबर्ष आगमनको अघिल्लो हप्ता हाम्रो घरमा आएको भाईले जाँउ घुम्न भनेपछि नाई भन्न नसकेर यो यात्राको निर्णय भएको थियो ।

नयाँ बर्ष भन्दा दुई दिन अगाडि यात्राको लागि निस्किएर पहिलो रात बन्दिपुर, दोश्रो रात पोखरा बस्ने योजना तय भयो । ठिक एसै दिनहरुमा अघिल्लो नयाँ बर्षको दिन एभरेष्ट बेस क्याप्मतिरको यात्रा बाट फर्किएर जिबनमा पहिलो पटक हेलिकप्टर चढाईको आनन्द लिदैँ गरेको संझना भईरहेको छ । 

दुई दिन बसाईको यात्राको खर्चको अनुमान गरेर जाने पक्का निर्णय गरियो । यस पटक अरु यात्राहरुमा भन्दा निकै सानो ब्यागप्याक बोकेर निस्किएँ । यसपटक म निकै छरितो यात्रा गर्न चाहान्थें । 
Read more »

Labels: , , , , , ,

Thursday, October 25, 2018

मनोहरा संझना

घरको सामान्य मर्मत आफैं गर्ने मेरो बानि छ । अघिल्लो दिन बिहान कामिको मा गएको थिएँ टुल्सहरु धारिलो बनाउन (पाईन हाल्न ) दिएको थिएँ ।
"अब हुन्छ काम, बेलुका आउनु हुन्छ" भनेको कामि बेलुका जाँदा मजाले तासमा मस्त भईरहेको रहेछ ।
आज बिहानै फेरि गएँ । परैबाट घन ठटाएको आवाज सुनियो । पक्का भयो कि आज मेरो सामान बनाईदिने छ ।
भान्छामा ईकजस्ट फ्यानको प्वाल टालिसकेपछि, गमलामा माथिपट्टि राखेर सजाउन दर्शन ढुंङ्गाहरु बटुल्न मनोहरा खोला जाने बिचार गरेर मनोहरा खोलातिर बाईकमा गएँ । बाईकमा जानुको कारण चाँहि ढुङ्गा बोकेर घर आउन सजिलो होस भनेर ।

बेसि चौर पुग्नै थाल्दा एउटा कार खोल्चामा ( कलभर्टको खाँदमा ) एउटा पाङ्ग्रा खसेको देखें । फुर्सदै भएकोले सहयोग गर्ने बिचार गरें । बोकौं र यता साह्रौं भने । मेरो कुरा पत्याएनन् ।  तर त्यसरि बोकेर सार्हन मिल्ने रहेछ भन्ने कुराको ज्ञान चाँअि बिनय सँग भिमफेदिको बाटो काठमाडौं आउँदै गर्दा हाम्रो कोरोला गाडि तेसै गरि साईडको ड्रेनमा खसेको बेला  सुमो ड्राईभरहरुले बोकेरा बाटोमा अड्याईदिएका थीए । त्यसरि सिकेको ज्ञान लाई मैले उपयोग गर्ने बिचार गरेको मेरो कुरो खासै वास्ता गरेरनन् ।

मलाई खासै वास्ता गरेरनन् किनकि मेरो लामो कपाल र त्यसलाई चुल्ठा बनाएको थिएँ । यो कुरा मलाई पछि याद भयो ।

फुर्सदै भएकोले सहयोग गरेतापनि या नगरेतापनि उनिहरुको मनोबलको लागि छेउमै बसेर हेरिदिई रहें ।

बेसि चौरमा मस्तले कबड्डि खेलिरहेका काला देखिने ५-६ जना मधेसिहरुले गाडि भएतिर आएर सहयोग गरिदिन थाले । नभन्दै तुरुन्तै निस्कियो ।

ति गाडिमा सबार ३ जना मध्ये कसैले पनि ऊनिहरुलाई धन्यबाद सम्म पनि भनेनन् । मैले बरु धन्यबाद भनिदिएँ ।

मैले पनि धन्यबाद पाईन । म पनि आफ्नो बाटो लागें । राधिका आमा चाँअि त्यहि गाडिमा लिफ्ट मागेर( मैले लिफ्ट मागिदिएको) माथी जानुभयो । म लागें खोलातिर ढुङ्गा बटुल्ने कामको लागि ।

पुल छेउ बाईक रोकेर खोलातिर लाग्दै गर्दा बस बिसौनिमा बसिरहेका ड्युटिका प्रहरि देखें । २०७३ सालको जनै पुर्णीमाको अघिल्लो दिन मैले पुसिल बाट बिना कसुर हन्डर खान परेदेखि मलाई पुलिस पट्टक्कै मन पर्दैन । सबै पुसिलहरु एक समान लाग्न थालेको छ ।


मनोहरा खोला कन्चन हुन्थ्यो । बालुवाको बगर र खोलाको पिँधमा प्रसस्तै बालुवा हुन्थ्यो । पम्पसेटको नोजल डुबाउन बाबाले बालुवामा कोदालिले खाडल पार्न खोज्नु हुन्थ्यो एकैछिनमा फेरि माथिबाट बगेर आउने बालुवाले पुरिदिई हाल्दथ्यो ।  त्यो बालुवालाई सोरेर खोला थुन्ने खेल पनि खेल्न भ्याएका थियौं । खोला किनार वा खोलामा ऊभिएर चारैतिर मुन्टो घुमाउँदा निकै पर-पर सम्म कतैपनि घरहरु देखिँदैन थिए । जताततै हरियालि र मनोहराले बनाएको बिलाश मनोरम फाँट देखिन्थ्यो त्यसमा बाह्रै मास बालिहरुले भरिपुर्ण हुने गर्दथ्यो ।   बाबाले आलुमा पानि लगाउनु हुँदा खोलाको पानि अँझुलिले उबाएर पिउनु हुन्थ्यो ।धान रोपाँई, आलु रोप्दा, वा बाबाले आलुमा पानि लगाउँनु हुँदा हामि खोलामा मस्तले खेल्थ्यौें । मलाई संझना छ तर हामिले कहिलै पौडि खेलेनौं । किन पौडि खेलेनौं मलाई थाहा भएन । अहिले लाग्छ हामि बच्चै देखि निकै बुद्दिमान रहेछौं ।


आज म दु:खी भएँ । मेरो बालापनको तेस्तो प्यारो मनहरा खोला आज कति कुरप थियो । बालुवा छैन । पानि पुर्ण धमिलो भईसक्यो । बगरमा जताततै फुटेका सिसाका टुक्राहरु छन् । खोला किनारामा ऊभिएर हेर्दा जताततै कुरुप अब्यबस्थित बस्ति तथा संरचनाहरु छन् । यो झन बिकराल बन्ने छ ।


खोलामा ढूङ्गा बटुल्दै गर्दा पनि शान्ति दिँदैनन्  । मेरो शान्ति भङ्ग गरिदिँदै "के को लागि बटुलेको हो ढुङ्गा" भन्दै एउटा आईमाई खोलापारि बाट चिच्याईन् । सागमा बिषादि छर्किनको लागि पानि उबाउन खोलामा आएकि रहिछन् । आफ्नो काम गर्नु जानु । मेरो कामको बारेमा किन सोधखोज गर्न पर्ने होला ।

मैले जबाफ दिएँ ।
"तेतिकै"

ऊनि फेरि चिच्याईन । केहि गर्न मिल्ने भए हामिलाई पनि सिकाईदिनुस् न ।  उनको त्यो मरिहत्ते सुनेपछि मैले बताईदिएँ ।
"गमलामा राख्नलाई " ।

कृपया मलाई शान्ति दिनुहोस् । म सँग काम नपरि अनाबश्यक बातचित नगर्नुहोस ।

अघिल्लो दिन शान्ति खोज्दै सार्किडाँडा तिर पुगेको थिएँ । पहिलो पटक सार्कि डाँडामा टेक्दा म २८ बर्षको भईसकेछु । म पहिले कहिलै सार्कि डाँडा पुगेको रहेनछु जुन घर भन्दा मुस्किलले ५०० मिटर टाढा होला ।
  


लोभि मैले ढूङ्गा धेरैमे बटुलेछु । बा्यागले थाम्नै सकेन । सकिनसकि बल्लबल्ल बाईकमा पुराएँ र लिएर घर आएँ ।




 


मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

‹Older