Thursday, August 2, 2018

रुमन - भाउजु - रायन - अनि फोटोग्राफर ।

रुमन भाउजु र रायन ।

आज म यो तस्बिरको बारेमा लेख्छु । दाँया पट्टि ऊभिएको रुमनको सरल ब्रदरहुडले गर्दा आज म एउटा ज्ञानि केटा भएको छु । म आज जे छु, अधिकांश अप्रत्यक्ष देन यहि दाहिने पट्टि ऊभिईरहेको केटाको छ ।  मेरो बाल्यकाल, किशोर र केहि बयस्क उमेरका बर्षहरुको अधिकांश समय एहि केटा सँग बितेको थियो । अहिले धेरै बर्ष हुन थालिसकेछ यो सामिप्यता छुटेको ।

बिदेशि भु-खण्डको चटक्क मिलेको शहरि पार्शमा खिचिएको यो तस्बिर निकै राम्रो देखीएको छ । ऊ आज उसको परिबार सहित ऊभिएको छ । कति राम्रो देखिएको छ ।

ऊसको अनुहार कति  प्रफुल्लित देखिएको छ । यो फोटोग्राफरको कारणबाट भएको प्रफुल्लता हो ।

रुमन र भाउजु प्रतिक्षा  मेलबर्न शहरमा ।

कति मिलेर बसिएको यो तस्बिर निकै आकर्षक छ । यो फोटोलाई मैले सयौं पटक गहिरिएर हेरिसकेको छु । मैले रुमको प्रफुल्लित अनुहारलाई खुब सँग हेरे ।





0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older