Wednesday, July 25, 2018

यात्रा संस्मरण- सिक्किम - दार्जलिङ्ग (२०७३)


मैले पहिले कहिलै रात्रि बसमा यात्रा गरेको थिईन । पहिलो पटक म रात्रिबस चढेर नेपालको पुर्बि भित्ता काकडभित्ता हुँदै सिक्किम जाँदै थिएँ । यात्राको प्रस्ताब देखिनै खुब रोमान्चित थिएँ ।  

बिनय दाईले आफ्नो ट्राभल कम्पनि NEPAL ONE TOURS & TRAVEL को कामको शिलशिला तथा भ्रमणको लागि सिक्किम जाँदै हुनुहुन्थ्यो तेसैमा मलाई पनि ऊँहाले जानको लागि प्रस्ताब गर्नु भयो । हामिले पहिले पनि धेरै ठाउँमा सँगै यात्रा गरेको थियौं । तेसैले मैले सँगै यात्रा गर्न तयार भएँ र स्विकार गरें ।

ठुलो बन्दोबस्तिको सामाग्रिको झोला सहित ह्यान्डसम म ।
दाजुले गाडि कलंकि आईपुग्यो भनेर खबर गरेपछि हतार हतार दिउँसोको सामान्य खाजा खाएर, २-३ दिन अगाडि देखि तयार पारिएको निकै ठुलो ब्यागप्याक बोकेर म यात्राको लागि निस्किएँ । त्यसदिन मैले लामै यात्रा भएकोले खुब सँग तयारि गरेर खुब चट्ट परेर स्मार्ट बनेर निस्किएको थिएँ । म खासै सामान्य दिनहरुमा तेति पहिरन र रुपमा ख्याल गरेर हिँड्ने गर्दिन थिएँ । तर यसपटकको यात्रामा म अलि बढिनै उत्साहित थिएँ किनकि यो टाढा नभएतापनि आफुले बुझ्ने भएपछिको पहिलो बिदेश भ्रमण थियो । त्येसैले मेरो ब्याग खुब ठुलो थियो त्यसमा पनि पुस माघको मध्य चिसोमा सिक्किम र दार्जलिङको यात्राको लागि खुबै कपडाहरु बोक्नु पर्ने थियो सँग सँगै फोटोहरु राम्रो देखियोस भनेर चाहिने भन्दा केहि बढि लुगाहरु र बन्दोबस्तिको सामाग्रि सहित निसकिएको थिएँ ।

हाम्रो गाँउको बस चढ्ने मेरो बस स्टप चौर हो जहाँ हर हमेसा टिनएजर, युबा, बयस्क तथा बृद्द हरु बिनाकाममा गफिएर, क्यारमबोर्डमा झुमिएर, चिया पिएर, एकले अर्काको रिस गरेर र कुरा काटेर बस्नमा ब्यस्त हुने गर्दछन् । मलाई सानैबेला देखि त्यो चौरमा पुगेर बस चढ्ने काम निकै असमञ्जस लाग्ने गर्द्थ्यो । सबैले खुब सँग याद गरेर हेर्ने र चाहिने भन्दा बढि चासो राख्ने त्यहाँको सामान्य नियमनै हो । तेस्तै असमञ्जस तथा अप्ठेरो मान्दै टिनएज र शुरुवाति बयस्क उमेर





कटाई सकेको मलाई आजभोलि चाँहि तेति अप्ठेरो लाग्दैन । त्यो चौरमा गएर बिनाकाम दिन-दिन हल्लिएर र गफिएर नबसिदिनाले अधिकांशले हामि दाजुभाईलाई “जँगलि” को उपमा दिएका थिए । हामिले त्यो “जँगलि” उपमा रोज्यौं तर बिनाकाममा त्यो एकले अर्काको कुरा काट्ने सामन्य बिबेकका कुराहुने चौरलाई रोजेनौं । 

बस कुर्दै गर्दा एक साथिले प्रसन्न मुद्रामा मोटरसाईकल रोकेर एकैछिन भएपनि गफ गरिदिएर यात्राको शुरुवार राम्रो बनाईदियो सँग सँगै स्कुल पढ्दाको आकल झुकलको बेन्चमेटले पनि एकैछिनको राम्रै साथ दियो, तेतिबेरमा मेरो बस आईहाल्यो । घरबाट हिडिसकेको मलाई, मेरो प्यारो बाबाले चौरमै आईपुगेर INDIA को SIM कार्ड पनि दिन भ्याउनु भएको थियो । तर पछि त्यो सिमकार्डले खै किन हो काम चाँहि गरेन ।


समयभन्दा अगाबै म हाम्रो यात्राको पुर्बजाने डिलक्स बस कुर्नको लागि सल्लाघारि पुगेको थिएँ । त्यसमा पनि दाई बसमा कलंकिबाट चढेर आउँदै हुनुहुन्थ्यो र बिचमा फोनबाट बताउनु भयो चक्रपथ तिर धेरै जाम छ । त्यसपछि मैले धेरैबेर कुर्नुपर्ने पक्का भयो । मैले समय कटाउनको लागि चनाचटपट, चिया खाएर बस्दै थिएँ । आज निकै राम्रो पहिरन र रुप बनाएर हिँडेकोले प्रत्येक ठाउँमा मनिसहरुले खुब सँग आकर्षित भएर हेर्दै थिए । धेरैबेर कुर्नु पर्दा पट्यार लाग्नु सामान्य थियो तर मलाई कत्तिपनि दिक्क लागेको चाँहि थिएन किनकि म यात्राको लागि उत्साहित थिएँ ।

दुई-चार मिनेटको बाटोमा पाउन नसकेको र यो लेख अन्तिम पोस्ट गर्नेबेला सम्म त गुमाईसकेको भन्दा बेस हुने “मेरो बच्चा / माया” को घर थियो तेसैले सल्लाघारि तिर जतिबेर बस्दापनि उच्याट लाग्दैन थियो ।

जाँदा आउँदा हामिले प्रयोग गरेको गाडि ।
धेरैबेरको कुराईपछि आएको पँहेलो रँगको डिलक्स बस चडेर हामि दाजुभाई बनेपा तिर गयौं जहाँबाट हामिले टुरको बाँकि  सबै सदस्य(बिद्धार्थि)हरु लाई लिएर फेरि भक्तपुर काठमाडौं थानकोट हुँदै पुर्बि नेपालतिर जाने थियौं ।

आफ्नो कलेजको प्राङ्गढ बनेपामा, यात्राको लागि बसको तिब्र प्रतिक्षामा बिद्यार्थिहरु बसिरहेका थिए । मैले बिद्यार्थिहरु मध्ये केटिहरु लाई पहिला झट्ट याद गर्नु सामान्य थियो , त्यसमा पनि कसरि हो बाहुन नाक देखिने केटिलाई पहिलो याद गरेको थिएँ नभन्दै पछि यात्राको अरु दिनमा ऊनको नाम थाहा पाउँदा ऊनि बाहुनिनै थीईन ।

हामिले झटपट यात्रा शूरु गरि हाल्यौं, हामिलाई थानकोट सम्म पुग्नको लागि साँझको समयमा निकै ट्राफिक जामहरु छिचोल्दै जानुपर्ने थियो त्यसैले बनेपा देखि थानकोट पुग्नु ठुलो कसरत थियो । यो यात्रा संस्मरण तयार गर्ने बेला सम्ममा हाम्रो पोलिटिकल लिडर हरुले बनेपाबाट थानकोट सम्म रेल दुईतिन महिनामै हाल्न शुरु गरिसक्ने भन्न भ्याईसकेका छन् ।

प्रसन्न मुद्रामा बिद्यार्थिहरु ।
बसमा सबै बिद्यार्थिहरु खुब प्रसन्न मुद्रामा थिए ।   बिस्तारै हामि थानकोटबाट तलतिर झर्न थाल्यौं  । यसपटक अरु यात्राको जस्तो थिएन, मैले सानैबेला देखि दिवा बस बाहेक रात्रि बस चढेको थिईन । अघिपछिको जस्तो थानकोटबाट झर्दा तल पारिपट्टि भित्तामा देखिने नागबेलि सडक देखिएको थिएन , त्यसको साट्टो बस भित्र टि.भि मा मुभि चलाई रहेका थिए ।
हामिले नौबिसेतिर नास्ता खायौं र यात्राको पहिलो रमाईलो शुरु गर्यौं । हामि दुबैजना प्रसन्न मुद्रामा थियौं ।

घरमा नै हुँदा त राति राम्रो सँग निदाउन नसक्ने मैले रात्रि बसमा निदाउने सम्मभाबना निकै कम थियो, बिस्तारै सबैजना निदाउँदै जाँदा म चाँहि खुब सँग झ्याल बाहिर चन्द्रमाको ऊज्यालो हेर्दै थिएँ । मैले झ्यालको पर्दा नलगाईदिनाले बिनय दाईको निन्द्रा खललक पुगेछ क्यार एक पटक मलाई सोध्दापनि नसोधि पर्दा लगाईदिनु पो भयो । कति असभ्यता !

टुरमा सहभागि केटिहरुको स्क्वाड ।
छ जना केटिहरु बसको सजिलो र सुरक्षित भागमा अगाडि बसेका थिए र बाँकि सबै केटाहरु बसको पछिल्लो भागमा बसेका थिए र हामि मध्यभागतिर थियौं । केहि केटाहरु निदाउन नसकेर बिस्तारै गितार बजाउने थालेछन् ।  मैले लाईभ म्युजिकको आनन्द लिईरहे र अलिअलि टुटुफुटेको गित शब्दमा शब्द मिलाउने प्रयास गर्दै थिएँ ।

मध्यरात २ बजेतिर लालगढ भन्ने ठाउँमा डिनर गरेर हामि अगाडि लाग्यौं । मध्यरात २ बजे भात खाएको चाँहि मेरो लागि पहिलो पटक थियो, मैले अनौठो महशुस गरें । ऊनिको ज्याकेट लगाएको सँगै यात्रारत भाईले मेरो मागलाई हेयपुर्ण भाबले बेवास्ता र ईन्कार गरिदियो ।

 पुर्बपश्चिम राजमार्गको सप्तरि जिल्लामा रहेको कुनै खन्ड ।
बिहानपख चाँहि म अलिकि निदाएछु, बिहान करिब सात बजेतिर बस तराईको समथर भुमिमा करिब एकान्त जस्तै ठाउँको चिया पसलमा अडिएछ ।  बिहान सबेरै सामान्य कुहिरोमा तराईको त्यो समथरमा बसबाट ओर्लिएर चिया पिउन निकै आनन्द लागेको थियो मलाई 

पेडा पसल ।  काठमाडौंको तुलनाना पेडा मिठै थियो ।
सप्तरिमा बिहानको नास्ता गर्दै त्यहाँको फेमश पेडा खाएर हामि कोशि ब्यारेज हुँदै अगाडि जादै थियौं । सानो बेलामा बाबा सँग आईपुगेको कोशि ब्यारेज अहिले पनि उस्तै रहेछ तर मेरो शारिरिक संरचना मा परिबर्तन भयो, उमेर केहि बढि र बाबा सँगै को साट्टो मा मामाघरको दाई हुनुहुन्थ्यो । 

कोशि ब्यारेको पुर्बि पट्टि भाग बाट खिचिएको ।

कोशि ब्यारेज ।

पुर्ब पश्चिम राजमार्गको बेवास्ता गरिएर देखिएको अब्यबस्था ।
 राजमार्जमा आनन्दले बाटो काट्दै गरेको बालकले मेरो ध्यान खिच्यो । नजिकै जथाभाबि रोकिने गाडिहरु तथा बाटो छेउमै हुने पसल तथा ब्यापारहरुले सडकमा दुर्घटना निम्याउनु साथै पुर्ण यात्रा समयलाई लम्बाईदिन्छ । यस किसिमको स-साना दैनिक प्रशासनिक काममा कुनै निकायको चासो हुने गर्दैन किनकि यस्ता कामहरुमा मनग्य पैसा घुस तथा कमिशन पाउने माध्यम हुँदैन ।  तलब पचाउन गएका अल्छि कामचोर कर्मचारिहरु बाट कहिलै यो हुने छैन ।

लाहान तिर पुग्दाको पुर्ब पश्चिम राजमार्ग ।
महेन्द्र राजमार्गले मलाई सँधै लोभ्याउँछ, शायद एउटै राम्रो बाटो भएकोले होला । त्यसको दुईतर्फ भएका जँगल बिस्तारै कम हुँदै गएको मैले अन्दाज लगाएको छु । पहिलो पटक बाबा सँग बिराटनगर जाँदा मैले त्यो राजमार्गको भागमा घना जँगल देखेको थिएँ अहिले बिस्तारै त्यो पातलिँदै गएको छ र कुरुप अब्यबस्थित संरचनाहरुले ढाकिँदै छ ।  आजभोलि प्राकृतिक सौन्दर्यताले मोहित पार्न थालेको हुनाले मलाई जति घना जँगल देख्छु तेतिनै तेतैतिर बस्न पाए हुने भनेर लालाहित हुन्छु । 
काकडभित्ता ।
पुर्ब सिमानामा मेचि पुग्दा दिँऊसोको लन्चको लागि निकै ढिलो भईसकेको थियो । हामि काकडभित्ता पुगेर त्यँहा बिजयदाईको सत्कारमा छुट्टै लन्च गर्यौं ।  बिजय दाईले मलाई राम्रो ब्यबहार गरेको मलाई संझना छ । पछि पनि उँहाले काठमाडौं आऊनु भएको बेला मलाई सोध्नु भएको थियो रे ।

नागरिकताको फोटोकपिहरु बुझाएर अब हामि भारत प्रबेश गर्दै थियौं । आज रातको हाम्रो बसाई सक्किम थियो । भन्दै हुनुहुन्थ्यो कि त्यहाँ पुग्न चार घन्टा लाग्छ । हामिले यता भन्ने सुमो जस्तो गाडिमा ९ जनाको दरले बिभाजन भएर सिक्किम तिर लाग्यौं । यसपटक हामि दाजुभाईलाई बिद्यार्थि भाईबहिनिहरुको स्थान रोजाईको कारणले गर्दा फरक फरक सुमोमा पारिदिए । बिनय दाई फरक फरक गाडिमा हुनु परेर सुरतामा हुनुहुन्न थियो र  मलाई पनि केहि परबाह थिएन, आखिर बेलुका भेट भई हाल्ने थियो । हामि दाजु भाईको केहि स्वभाभहरु मिल्दा जुल्दा छन् । त्यस्ता केहि आनबानिले मलाई बिनयदाई सँग बढि सहज महशुस हुने गर्दछ ।

जिपको पछाडि सिसाबाट खिचिएको भारतको फराकिलो बाटो ।
मेरो भागमा अन्तिममा आईपुगेको सुमोमा ति छ जना छात्राहरु र दुई जना शिक्षक थिए । मलाई सुमोमा छिर्दै गर्दा खनाल थरकि केटिले बस्नुहोसन भनेर भनिदिई जसले मलाई अलिकति सहज महशुस भयो ।  ति दुई सरहरुलाई चाँहि यात्राको शुरु देखीनै मेरो ब्यक्तित्वले हैरान पार्न सुरु गरेको जस्तो मलाई महशुस हुँदै थियो । ऊनिहरु अलि धेरै दुरि राखेर म सँग गफ गर्दै थिए । अब यस बिचमा के-कस्ता फ्याक्टरहरु थिए भन्ने चाँहि सबै मलाई थाहा हुने कुरा भएन ।  अनि यस बिचमा म जानि जानि केटिहरु भएको सुमो छानेर आएको जस्तो कपट सोच मनमा भरेको जस्तो हाउभाउ उक्त दुई शिक्षकबाट पाउँदै थिएँ । तर मेरो तर्फबाट चाँहि म पनि कुनै समयमा थोरै समयको लागि भएपनि शिक्षक थिएँ तेसैले शिक्षक प्रति मेरो भाबना सह्रदयिनै हुने गर्दछ । तर जे भएपनि वेलकम गर्ने ति खनाल थरको केटिलाई धन्यबाद ।

सुमोले लिएको गति देख्दा डरै लाग्ने खालको थियो । साँघुरो पहाडि बाटो अनि तिब्र गतिमा हाँकिदै गरेको सुमोमा बसेर बिस्तारै माथि उत्तरतिर जाँदै थियौं । पहाडि बाटोको छेउमा सँगै देखिने नेपाल भारत सिमानाको मेचि नदि हेरेर सिक्किम तिर जाँदै गर्दा, बाटोको बनावटको केहि सामान्य रङ्ग ढङ्ग बाहेक केहि नयाँ अनुभब हुने खालको पर्याबरण चाँहि थिएन । तर यात्राको रोमान्च चाहि झन बढ्दै गएको महशुस हुँदै थियो ।

बाटोको बिचमा करिब साँझ हुन थाल्दा हाम्रो त्यो दिनको अफिसियल लन्चको लागि गाडि अडियो । मैले त्यो दिन दोहोराएर भात खाएँ । चिसो पहाडि हावापानि अनि  भिन्न देशमा बनाईएको खाना मैले नखाई रहनै सकिन ।
खाना पछि अगाडि बढ्दै गर्दा सँगै सुमोको सिटको छेउमा रहेकि केटि निदाएर मेरो कुममा टाउको अडाउन आईपुगेपछि मैले के गर्ने हो जानिन, निन्द्रा भङ्ग गराईदिएर टाउको हटाउन लगाउने हो कि, या जे भईरहेछ तेतिकै हुन दिने हो । तर कोहि केटि मेरो कुममा आऐर निदाएको चाँहि पहिलो पटक थियो । मैले ऊसलाई टाउको हटाउन लगाएर ईगनोर गर्न चाहिन ।

सुमोको अन्तिम सिटमा देब्रेबाट तिनजना केटिहरु र म सबैभन्दा दाहिने भागमा भित्तामा थिएँ । गन्त्यब्यमा पुग्नु भन्दा अगाडिनै रात पर्न थालिसकेको थियो । जब रात पर्न थाल्यो अगि सजिलो सँग यात्रा गर्नको लागि अगाडि सिटमा बसेका सर चाँहि त्यहाँ हामि बसेको ठाउमा आएर एक जना केटिलाई अगाडि सिटमा पठाएर मेरो छेवैमा आएर बसे । यसो गर्नुको धेए चाँहि बढ्दै गएको रात सँग त्रसित भएर मलाई संका गर्दै आफ्नो बिद्यार्थिको सुरक्षा गरेको हुनस्कथ्यो भन्ने कुरामा म बिश्वस्त थिएँ । केटिबाट मलाई पन्छाएर त मलाई केहि परबाह भएर तर  केटि भन्दा त्यो सरको शरिरको बड्ता मोटाईले गर्दा सिटमा खाँदा खाँद चाँहि भयो । 

वेस्ट बङ्गाल बाट माथितिर जाँदै गरेको हामिले सिक्किम प्रदेशमा जानलाई भिसा लगाउनु पर्ने रहेछ । हाम्रो काजग तयार भएपछि मात्रै हामि तेता जान पाएका थियौं  । राति करिब आठ बजेतिर हामि सिक्किमको होटल अगाडि पुग्यौं ।

सबैजना कोठाहरुको भागबन्डामा चनाखो भएर लागिगरहेको बेला मलाई चाँहि अघिल्लो दिनदेखि ओछ्यानमा सुत्न नपाएको मलाई बेलुकाको ओछ्यान सजिलो भईदिए हुने भन्ने चाहाना थियो ।
सिक्किमको होटलमा टुर ब्यबस्थापन गर्न थालेपछि देखि मैले दाईको ब्यबसायिक जिबनको केहि अंश देख्न पाएँ । उहाले ब्यबसायलाई निकै अग्र महत्वमा राख्नु हुँदो रहेछ । टुरमा गएका सबैको आकांक्षा र पहिले गरिएका बाचाहरु बिच तालमेल नमिल्नाले निकै मौखिक घम्साघम्सि चल्ने रहेछ । म यतिबेला सम्म खासै परिपक्व भईसकेको रहेनछु ।


सबै ब्यबस्थापन र  ठन्डा ठाउँ सक्किमको मिठो डिनर पछि हामिले पाएको कोठामा मस्तले रमाईलो समय बितायौं । सिक्किमको चिसोमा हामिले फरक छोछ्यान पनि पाएनौं । दुबै जनालाई बेड सेयरिङ्ग गर्न पट्क्कै मन नहुने स्वभाबको थियौं तर त्यस दिन तेस्तै भयो ।

बिहानिको आँखा खुल्दा दुबैजनाले एक अर्काको आँखामा हेरिरहेको रहेछौं...चुपचाप ! त्यो एक डरलाग्दो क्षण भयो, आखिर हामि दुबैले पत्ता पाउन सकेनौं आखिर त्यो बिहान के भएको थियो जसले गर्दा हामि दुई एक अर्का सँग तर्सियौं ।


छाङ्गु लेकतिर जाने बिच बाटोमा ।

एक दिने सिक्किम घुमघाममा हाम्रो यात्रा छाङ्गु लेक र साथमा सेभेन पोईन्ट भन्ने बिभिन्न पर्यटकिय आकर्षणको केन्द्रहरु थियो । दिनको शुरुमा त्यहाँको लोकल सुमो ड्राईभरले हामिलाई छाङ्गु लेकतिर लैजाँदै थिए ।

माथि छाङ्गु लेकतिर जाँदै गर्दा बिचबाटोमा हाम्रो गाडि नास्ताको लागि रोकिएको थियो । माथि खानेकुरा पाईदैन भनेर ड्राईभरले भनेरको सुनेर मैले ति साना देखिने केटिहरुलाई मानबियता को कदर गर्दै “सबै जना एतै राम्रो नास्ता गर्नु, माथि पाईदैनरे” भन्दै गर्दा मेरो दाईको प्रतिक्रिया अनौठो रह्यो । “तिमि चुप लाग यो बिषयमा” । त्यसपछि मैले ब्यबसायिक मोहको अर्थ लगाएँ । सबैभन्दा माथि ब्यबसाय रहेछ । तर म जस्तो सत्य, सत्कर्म, निष्ठा र आदर्शको लागि दत्तचित्त अठोट भएको मानिसलाई ति कुराहरु कत्तिपनि मन परेको थिएन । तर एसो भन्दै गर्दा बाँकि अरु मानिसहरुमा सत्य, सत्कर्म, निष्ठा र आदर्श जस्ता गुँणहरु नभएको भन्न खोज्नु मेरो तात्पर्य होईन । आफुले सानै बेला देखि हँसिलो मात्र देखेको त्यो दाई त्यस क्षणमा म सँग अलि झर्किए र जरक्क परेर बोल्दा मैले पहिलो पटक नराम्रो सँग चित्त दुखाएँ ।


अघिल्लो रातको हिमपातले भरिएको डाँडाहरु ।
ड्राईभरका अनुसार भारि हिमपात भएको छ रे भनेर हामिलाई माथि छाङ्गु लेक जाने अनुमति भएनछ । त्यसपछि मैले अडकल काटें कि हिमपात हुने मौसममा पुस महिनामा ट्राभल गराउने सबै एजेन्टले मिलिजुलिमा झुक्याएको हो कि जस्तो लाग्यो । लेक पुग्न नपाए पनि भर्खर हिजो राति हिँउ परेको पहाडको बाटोमा हिँउलाई चलाएर यताउता बिचरण गर्दै केहि तस्बिरहरु लिन पाउँदा मलाई चाँहि रमाईलो लाग्यो ।
सिक्किमको छाङ्गु लेक जाने बाटोको मध्य भागतिर खिचिएको हिउले आंशिक ढाकिएको पहाड ।

छाङ्गु लेक जाने बाटोमा याकमा सबार गरेर त्बिर खिचाउँदै एक छात्रा ।
त्यहाँ सिङलाई सजाएर आम्दानिको लागि राखिएको याक सँग मैले तस्बिर खिचाईन  । मैले बिस्तारै जनाबरको अधिकारको लागि अप्रत्यक्ष सहयोग गर्न थालेको छु  । म जनाबर माथि हुने अत्यचार र हिँसाको बिरोधि भईसकेको छु । मेरो मनले त्यस प्रकारको बन्दि जनाबर हरु सँग तस्बिर खिच्न मन गर्दैन । केटिहरु हिँउमा मस्त सँग खेलिरहेका थिए । केटाहरु पर पर सम्म मस्तले रमाई रहेका थिए । 

हिउँमा रमाउँदै एक बिद्यार्थि ।

हिउँमा रमाउँदै केटिहरु ।


केटाहरु हिउँमा रमाउँदै फोटोको लागि पोजिदै ।
सँगै यात्रारत एकजना राम्रो अनुहार र जिउडालको केटा सबैभन्दा परिपक्क जस्तो देखिन्थ्यो । ऊसको अनुहार निकै राम्रो थियो । उसको हाउभाउ, बोलि र सबैथोक परिपक्व थियो । उ कक्षा १२ को केटा थियो । उसलाई देख्दै गर्दा मैले मेरो बिगतलाई सझिएँ । म कक्षा १२ पढ्दा निकै सानो थिएँ । तेति परिपक्व कसरि हुन सक्थें र । उसलाइ सबै साथिभाईले महत्व दिँदै बिचमा केन्द्रबिन्दु बनाएर गफ गर्दै थिए । एसो एकछिन मनमा कुरा खेलाएँ, धेरै केटिहरुले पनि चाख दिएर आकर्षित हुन्छन होला उसलाइ ।  जे होस आफु ति यात्रारत बिद्यार्थिहरु सँग उमेरको तुलनामा धेरै फरक थिएँ तेसैले त्यो परिपक्क केटा सँग आकलझुकल हुने एकैछिनको अन्तरकृयामा अलि बढि सजिलो र ठिक महशुस हुन्थ्यो ।

मुल बाटोमै जोडिएर रहने पसलहरु ।
छाङ्गु लेकमा नपुगेपनि तेतातिरको हिँउको चिसो हावापनिले मोहित बनायो र सँग सँगै त्यँहाको चिल्लो र मसला ज्यादै न्युन भएको तिब्बति प्रकारको मोमो खुब स्वादिष्ट लाग्यो ।







 
हिउँको माजा लिँदै मुख्यपात्र ।




त्यो दिन हाम्रो SEVEN POINT SITE SEEING को पनि कार्यक्रम पनि थियो ।  सबै पोईन्ट हरुमा हतार हतार घुमघाम गरियो किनकि हामिले धेरै समय दिँउसो छाँगु लेक जाने बाटोमा बितायौं । फोटो लिन सौखिन मैले त्यसदिन फोटो लिँदै गर्दा आर्मिको ब्यारेकको गेटको फोटो खिच्न पुगेछु । त्यो गेट आर्मिको गेट जस्तो देखिने थिएन त्यसमा पनि फोटो खिच्न निषेध जनाउ चिन्न नदेखिने ठाँउतिर थियो । त्यो क्षण मेरो लागि डरलाग्दो क्षण रह्यो । मैले आर्मि सँग माफि मागेर हतपत उसलाई देखाएर फोटो मेटाएँ । यो  चाँहि सिक्किम यात्राको नमिठो संझनाको रुपमा रह्यो ।

चिसो ठाँउ भएर होला मस्तको डिनर, लन्च गर्न थालेको थिएँ । यात्रा रमाईलो चल्दै थियो । भोलि बिहानको खानापछि हाम्रो प्रस्थान दार्जलिङ्ग तिर थियो । म दार्जलिङ्गको लागि उत्सुक थिएँ । दाई हमेसा ब्यबस्थापनको लागि सोचमग्न हुनुहुन्थ्यो । 



काकडभित्तामा  बिजय दाईले भन्नु भएको जस्तो गरि हामिले रातिको समयमा महात्मा गान्धि रोडतिर घुम्यौं । जसतस सफा सार्बजनिक स्थल नपाईने दक्षिण एसियालि भुभागमा हामिले घुमेको त्यो रोड चिल्ला ढूङ्गा छापेको ठाँउ तुलनात्मक रुपमा निकै सफा थियो । धेरै मानिसहरुको भिड नहुने त्यस ठाउँमा राति अबेर सम्मपनि बसिरहुँ जस्तो लाग्ने   रहेछ ।  मैले भर्खरै किनेको 1.8 आपेचरको लन्सको ट्रायल चाँहि महात्मा गान्धि रोडतिर गर्यौ । त्यबेला खिचिएका  केहि राम्रा तथा केहि हास्यास्पद फोटाहरु 
 
माहात्मा गान्धि रोडमा रातिको समयमा । लेन्सको फोकस गान्धिमा पो  परेछ 🤣 ।


 
रातको समयमा महात्मा गान्धि रोड सिक्किम ।


 
ढङ्ग मिलाएर खिच्न नजानेको महात्मा गान्धि रोडको तस्बिर ।


भोलिपल्ट सक्किम बाट दार्जलिङ्ग प्रस्थान गर्नेदिन, आयुष भाईको आग्रहमा हामि दुबैजना ति केटाहरु भएको गाडिमा बस्यौं । ऊमेर धेरै अन्तर भएको हामि दाजुभाई र ति ठिटाहरु सँग कुरा खासै मिल्ने कुरा भएन तेसैले ऊनिहरुले सोचेजस्तो यात्राको दौरान जिपमा कुनै रमाईलो भएन, बरु ऊल्टै हामि हुनाले असमञ्जस सिर्जना भईदियो ।

राति अबेर जस्तै दार्जलिङ्ग पुगेर राम्रो ईन्टेरियर भएको होटलको लबिको सिटमा बस्दै गर्दा मैले मेरो क्यामेराको ट्राईपोड संझिए जुन मैले बिनय दाईलाई अगाडिको सिटमा सजिलो सँग बसिरहुनु भएकोले समातिदिन आग्रह गरेको थिएँ तर उँहाले त्यो ट्राईपोट गाडिमै भुलिदिनु भएछ । मैले त्यो ट्राईपोड हराउने भयो भन्ने सोचेर दु:खीत भएको थिएँ जुन मैले त्यो यात्रामा जानु भन्दा केहि दिन अगाडि मात्रै किनेको थिए । तर पछि फोन सम्पर्कबाट त्यो सज्जन ड्राईभर भाईले लेराईदियो । उसलाई अहिले पनि मैले धन्यबाद भनेको छु ।

ब्यबस्थापनको ठुलै झमेला पछि बिनयदाईको फुर्सदको समय निस्कियो । अब मलाई अलि अलि बानि परि सकेको थियो तेसैले मैले उहाँको ब्यबसायलाई पुरै बेवास्ता गर्दै एक आगन्तुक जस्तै भईदिन थालेको थिएँ । हामिले त्यस दिन हाम्रो भागमा राम्रो कोठा पाएको थियौं । हामिलाई खुब खुसि लागेको थियो हाम्रो सजिलो कोठाको लागि । ति दुई जना सरहरु पनि हाम्रो कोठा कस्तो छ भनेर निन्धोचर्चो गर्न आईपुगेका थिए । हामिले त्यो रात खुब रमाईलो समय बितायौं ।  

सनराईजको तस्बिर कैद गर्दै पर्यटक ।
भोलिपल्ट बिहान ४ बजेतिरनै दार्जलिनङ्गको सनराईज पोईन्टबाट सनराईज हेर्नको लागि जानुपर्ने भएकोले ढिला नगरि बेलैमा सुत्यौं । पुसको ठन्डिमा दार्जलिङ्ग होटलमा सुतेको बिछ्यौना भर्खरै हिँउको पानि पोखिएको जस्तो थियो । तैपनि जसोतसो आफ्नो शरिरको तातोले ओछ्यान तताउँदै पछि निदाईएछ ।

प्रसिद्द दार्जलिङ्गे रेल ।
सिमक्किम जस्तै दार्जलिङ्ग पनि एक दिनको घुमघाम मात्रै थियो । हामिले त्यो दिन बिहानिमा दार्जलिङ्गको धेरै ठाउँहरु घुम्यौं । “दार्जलिङ्गको रेल” भनेर खुब चर्चित रेल नचढेतापनि फोटोहरु खिचियो । पहाडि भागमा पनि रेलको लिग बनाएर रेल सँञ्चालन गरेको भएर होला त्यो रेल चर्चित भएको नत्र खासै चर्चा कमाउनु पर्ने केहि देखिएन । पानिको असाध्यै दु:ख रहेछकि भन्ने चाँहि ट्याङ्करहरुले पानि खेपिरहेका तथा भाँडाहरु भरेर सँचय गरिरहेको देखेपछि अड्कल गर्न सकियो ।

जताततै फोहर र अब्यबस्थित  बजार देखिनु सामान्य जस्तै रहेछ । अति उष्ण हावापानिमा बस्ने मध्य तथा दक्षिण भारत तिरका भारतिय पर्यटकहरु माझ मात्रै प्रसिद्द हुनुपर्ने ठाउँ नेपालीहरु माझ कसरि चर्चित हुन थालेको होला ।  हामि पहाडमा बर्षैभरि शितल हावापानिमा बस्नेले दार्जलिङ्गको त्यो पहाड र त्यो कन्चन्जँङ्गाको केहि भाग हेर्नको लागि त्यसरि धाएर जानुपर्ने हो जस्तो लागेन । जे होस यात्रा गर्दा जतापुगेपनि रमाईलो त हुने नै भयो तैपनि त्यसको बिकल्प चाँहि खोज्दा राम्रै हुने मेरो अनुभब रह्यो ।


अर्को महत्वपुर्ण अनुभब के भयो भने बाटो जतासुकै बिग्रिएपनि, घर जतासुकै बनेतापनि या जतासुकै फोहोर भएतापनि केहि मन नदुख्ने रहेछ कारण बिदेशि भुमि । त्यस बेला मैले आफ्नोको महत्व बुझें ।  मलाई काठमाडौं ऊपत्यका वरपर जता हिँड्दापनि प्रत्येक बाटोघाटो तथा अब्यबस्थाले मन चिढ्याउने गर्दछ । बिस्तारै उपत्यका बाहिरिँदै गर्दा कम माया मोह हुन थाल्दछ । हो यो नियम सबैमा लागु हुन्छ, अहिलेको यो अब्यबस्थित काठमाडौंको कोलाहाल सबै उपत्यका बाहिर बाट बसोबास गर्नेहरुले भित्र्याएका हुन भन्ने मेरो बुझाई छ ।


भानुभक्तको सालिक ।
साँझको समयमा भानुभक्तको शालिक भएको भानुचोकतिर बरालिँदा यत्राको सबैभन्दा मिठो संझनलयक घुमघाम भयो । सबैले घर लेराउनको लागि संझनाको सामाग्रीहरु किन्दै गर्दा मैले चाँहि संझनाको लागि आफैंलाई गलबन्दि किनेर राखें । पछि अहिले सम्म पनि त्यो गलबन्दि लगाईएन ।

सानो होटलमा आफ्ना  धेरै बिद्यार्थिहरु पर्यटकहरु माझ घन्चमन्च गर्दै त्यो ठन्डिमा दार्जलिङ्गे अचारको स्वादमा भात खाँदा चाँहि अमृतै खाएजस्तो भयो । घर फर्कँदा एउटा अचारको सिसि पनि बोकेरै आईयो ।

दार्जलिंङ्ग तिर करको प्राबधानको कारणले होकि रक्सिहरु चाँहि सस्तो हुने रहेछ । रक्सि पिउने  प्रायस नेपालीहरु सबैले त्यताबाट फर्कँदा रक्सिको केहि सिसि बोकेर आउने रहेछन् । आफुलाई त्यसमा खासै चासो नभएकोले वास्ता गरिएन ।

साँझको डिनर पश्चात सबै बिद्यार्थिहरु स्वएच्छिक रुपमा दार्जलिङ्ग शहर घुमघाम गर्न निस्किएका थिए हामि दाजुभाई भने होटलतिरै बसेर बितायौं । पछि सबैले रात्रि भ्रमणको अनुभब सुनाउँदा एउटा भाईले “केटि भ्याईयो दाई” भनेको चाँहि अहिले सम्म संझना रहेछ । जे होस ठिक गरेछ केटाले । आखिर रुप पनि त पाएकै थियो नि त उसले । तेस्तैले त हो सबैकेटिहरु भ्याउने ।

प्रेम दाई ।
बिहान सबेरै जिप चढेर हामि पशुपतिनगरको लागि प्रस्थान गर्यौं । निकै मिलनसार प्रेम नामका दाईको जिप चढेर दार्जलिङ्गको पहाडि बाटो हुँदै नेपालको पशुपतिनगर तिर लाग्दै गर्दा घर फर्किन थालेको महशुस हुने रहेछ ।  प्रेम दाईले यात्रारत सबैलाई ऊनको फेशबुकमा आ्याड गर्नु भनेर अनुरोध गरेका थिए, बिशेष गरेर ति छ जना केटिहरुलाई अनुरोध गरेका थिए । मैले चाँहि ऊनको अनुरोध मानें बाँकि अरुले के गरे थाहा पाईएन ।

चियाको लागि फेमश दार्जलिङ्गमा चियाको ब्यापार गर्ने तरिका पनि राम्रै गरेका रहेछन् । सबै गाडिहरुले फर्कँदा भिन्न भिन्न  चिया पसल अगाडि लगेर अनिबार्य रोक्नै पर्ने रहेछ । हाम्रो गाडि पनि एउटा चिया पसल अगाडि लगेर रोकियो । हामिलाई complimentary को रुपमा पिलाईएको चियाको  स्वाद त बेमिशाल थियो तर त्यहाँ किनेर घर लेराएर पिएको चिया फेरि जस्ताको तेस्तै सामान्य स्वादको मात्रै थियो ।

पशुपति नगरतिर आईपुग्न थालेपछि । सबैजना हातमा कोसेलिको पोको सहित ।
ईलाममको पशुपतिनगर भन्ने ठाऊँमा नेपाल भारत सिमाको बोर्डर मा देखिएको सामाजिक तथा प्रशासनिक अस्तब्यस्तता लाई हेर्दै आधुनिक समाजका अल्छि प्रशासन तथा कर्मचारिहरुलाई  मनमनले दु:ख ब्यक्त गर्दै ईलामको पहाडि बाटोमा अघि बढियो । ईलाम बजारतिरको चिया अनि त्यसपछिको प्रसिद्दि कमाएको छुर्पि आधाकिलो  किलो किनेर बोकेको थिएँ । प्रसिद्दि कमाएको  ईलामको चिया बगान भनेको कुन हो चाँहि मैले थाहा पाईन तर त्यहाँ खिचिएको चिया बगान देखिने केहि फोटोहरु एस्ता छन् । 
ईलामको चिया बगान ।
ईलामको चिया बगान ।
ईलामको चिया बगानमा फोटो खिचाउँदै म । 
ईलामको चिया बगान ।

कति जुम गर्न मिल्छ भनेर दाईलाई जुम गरेर देखाईदिएको 🤣🤣
क्यामेरा खासै प्रयोग नगर्ने दाजुले उत्सुक भएर सोध्नुभयो कति सम्म जुम गर्न मिल्छ यसले, मैले पनि देखाइदिएँ यति मिल्छ भनेर । यस्ता पुरुष ठट्टाले गर्दा महिलाले सँधै पुरषलाई हेय भाबले हेर्ने गर्छन् भन्ने बुझ्दा बुझ्दै पनि हामि कहिलै पनि कपटि बन्न सक्दैनौं । सरल अनि मायालु । सृष्टिको कोमल कृयचर पुरुष ।




ईलामबाट पुर्बपश्चिम राजमार्ग भेट्टाउन को लागि पहाडि बाटो हुँदै तल तराईतिर झर्दै गर्दा  साँझतिर बसको सिसाबाट बाहिर हेर्दै गर्दा- झापातिरको भुभाग तथा बनोटले मलाई लोभ्याएको थियो । बुधबारे, आईतबारे, यस्ता यस्ता नाम भएका ठाउँहरु हेर्दा मनोरम देखिन्थे । आप्रबासिहरुको थलो काठमाडौंको घन्चमन्च देखि वाक्क भएको मलाई त्यतातिरको पातलो बस्तो तथा समथर भुमिले लोभ्याउन भ्यायो ।

रात्रि बस बाट काठमाडौं फर्कँदै गरेको मैले साँझ बढ्दै जाँदा सुत्नुको बिकल्प भएन । जति यात्राको शुरुवात दिनमा रमाईलो तथा हर्ष हुन्छ घर फर्कने दिनमा हुँदैन तेसैले थकित मुद्रामा केहि अप्रसन्न हुँदै एकोहोरो बाहिर जुनको ऊज्यालो हेरिरहे ।

थानकोट बाट पुर्बतिर काठमाडौं ऊपत्यकालाई देखिँदा बिहानको सात बजिसकेको थियो । यस ऊपत्यकाले कहिलै मिठो स्वागत गर्दैन । थानकोट देखी कलँकि सम्मको अब्यबस्थित घरहरु, बसाई तथा बाटोघाटोले गर्दा बिनाकारणमा गाडिहरु जाममा फस्ने गर्दछन् । बाह्रै मास धुलो तेतिकै ऊडिरहने तथा घन्चमन्च कोलाहाल देखेर दिक्क लाग्छ । तैपनि आफ्नो घर फर्किनुनै पर्यो ।

नागढुङ्गा देखि कलंकि सम्मको बाटो भनेपछि एक भुतपुर्ब प्रधानमन्त्रिको फेशबुके स्ट्याटस याद आयो । त्यसलाई यहाँ राख्दै केहि प्रतिक्रिया लेख्दा मनमा सन्तोष महशुस भएकोले तेसो गर्ने जाँगर गरे । 


कलंकि नागढुण्गा सडकको बारेमा सरकार प्रति रिस ब्यक्त गर्दै प्रकाशचन्द्र लोहनि ।

 उखान–टुक्का प्रयोग नगरी कलंकीदेखि नागढ¬ गासम्मको बाटो हेरेर मात्र पनि सरकारी क्षमताको यथार्थ थाहा ह¬न्छ ।
बजेटअनुसार काम हुने भएको भए, नेपाल समाजवादी ‘स्वर्ग’ भइसक्ने थियो । तर यथार्थ के छ भने, बजेट पास भइसकेपछि बजेटमा के भनेको छ भन्ने सबैले बिर्सन्छन् ।



  


प्रत्यक्ष राजनिति गर्दै सत्तामा पुग्न नपाएको अलि लामो समय भएपछि सबैलाई गालि गलौजको भाषा प्रयोग गर्दै नयाँ राजनिति गर्दै गरेका लोहनिलाई जीलाई पनि मेरो प्रश्न

Ø आफ्नो समयमा के गर्नु भयो ? नागढुंगाको बाटो बनाउन कसले छेकेछ तपाँईलाई ?
Ø नुवाकोट बाट काठमाडौं आएर काठमाडौंमा घरबार कसरि सम्भब भयो त ? राजनिति र भत्ताले सबै पुग्लार ? (पैतिक सम्पत्ती काठमाडौंमा थियो भने मलाई थाह छैन र तपाँईको बारेमा धेरै जानकारि लिने फुर्सदपनि छैन कि तपाँई ईन्पिरेसनल ब्यक्तित्व कहाँ हो र ।
Ø प्रधान मन्त्रिलाई सम्बोधन गर्दा “सम्माननिय” शब्द प्रयोग गर्न राजा महाराज हरुसँग को हिमचिम घटेसँगै भुल्नु भयो कि कसो ?
Ø यस्ता अनगिन्ति प्रश्नहरु .... छन मेरो समय पनि अमुल्य छ ।

दाई कलंकिमै छुट्टिएर घर पुगेर आनन्दले सुतिसक्दा म चाँहि कोटेश्वर सम्म पनि पुगेको थिईन । बाटोघाटो तथा सामाजिक ब्यबस्था लथालिङ्ग भएपछि कसरि सहज यात्रा गर्न सकिन्छ र ।  सबै देश बिकाश गर्ने राजनिति गर्ने । प्रत्येक ब्यक्तिले राजनिति गर्ने समाज भएपछि तेस्तै हो ।

यो सबैको मुख्य कारक भनेको आप्रबासिहरुले काठमाडौंको शत्ता केन्द्रमा आएर राजनिति गर्ने मौका पाउनाले हो । उपत्यकाको शासन ब्यबस्था उपत्यकाको आदिबासिले गर्नु पर्दछ । गणराज्य स्थानिय तहबाट सिर्जित हुनुपर्दछ न कि माथिबाट लादिएको । पछिल्लो दशकमा भुलिएको शब्दाबलि  नाम, ईज्जत तथा प्रतिष्ठा कमाउने चेष्टा हुनुपर्दछ ।


नेपालको मेचि हुँदै सिक्किम र दार्जलिङ्ग फेरो मारेर ईलाम हुँदै काठमाडौं आईपुग्दा एउटा संझन योग्य यात्रा गरियो । जसले आफूमा केहि ऊर्जा थप्यो साथसाथै अनुभब हरु बढ्यो । केहि बढि परिपक्व पनि भईयो । 


यात्रा प्रस्थान मिति : २०७३-०९-२८
घर आईपुगेको मिति:
२०७३-१०-०४


पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् । 




यात्रामा खिचिएको अन्य केहि तस्बिरहरु । 

पशुपतिनगर तिर बेच्न राखिएको छुर्पि ।

दार्जलिंङ्गमा भानु चोकमा रहेको पुस्तक पसल तथा आकर्षक देखिने घर ।

पशुपतिनगर ।

दार्जलिङ्ग बजार ।

दार्जलिङ्ग ।

पशुपतिनगर नजिक आईपुग्न थाल्दा ।

कन्चनजँगा हिमाल ।

प्रसिद्द दार्जलिङ्गे रेल तथा बाटो ।

दार्जलिङ्गको चिया बगान तथा डाँडाहरु ।

गान्तोक सिक्किम ।

कन्चनजँगाको पार्श्वमा सैनिकको सालिक ।

दार्जलिंङ्ग बाट सुर्योदय हेर्दा ।

गान्तोक सिक्किम ।

गान्तोक सिक्किम ।

प्रसन्न मुद्रामा छात्राहरु ।

केटिहरुले पहिलो पटक म सँग फोटो खिच्न रुचाएर आफैंले बोलाएका ।

यात्रारत बिद्यार्थिहरुको आंशिक सामुहिक तस्बिर ।

महात्मा गान्धि रोड, गान्तोक सिक्किम, भारत ।

Prayers Flag.



रोडको छेउमा देखिएको युक्ति ।

छाङ्गु लेक सिक्किम जाँदा बाटोमा लिईएको तस्बिर ।

प्रसन्न मुद्रामा बिनय दाई ।

एउटि छात्राको प्राकृतिक लाईटमा खिचिएको पोटरेट धेरैहद सम्म मिलेको ।
पुर्ब युबराजधिराज दिपेन्द्र बिर बिक्रम शाहादेब ले पढ्नु भएको स्कुल रे ।
  

पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् । 






Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older