Sunday, July 22, 2018

नाकाबन्दि २०७२ संझना



आजको दिन चाँहि एस्तो भयौ है साथिहो !

तेल सकिएपछि गाडि चढेर हिँडेको । लुगा लगाँउदा देखि , कपाल मिलाउँदा सम्म मन फुरङ्ग कारण , नारि डढ्ला भनेर जाकेट लगाउनु नपर्ने, जेल हालि हालि ठाडो ठाडो पारेको कपाल हेल्मेटले थिच्ला भन्ने चिन्ता भएन अनि त के चाहियो , तै मौकामा फेरि आज धेरै नै हिरो बन्न ब्याग पनि नबोकि लन्ठङ लन्ठङ हिडेको ।

हाम्रो गाँउको गाडि चाँहि रत्नपार्क सम्म जान्थ्यो अगिपछि, आज सल्लाघारि सम्म मात्रै रे, हतपत मैले "यो गाडि यहाँ सम्म मात्रै हो र?" भनेको थिएँ, ड्राईभरले फेरि मलाई भर्खरै अमेरिकाबाट आएको भन्ठान्योकि के हो कुन्नि, "यहाँ ओर्लिनुहोस, त्यो पुल तरेर पारि जानुहोस, तेताबाट काठमाडौं जाने गाडि पाईन्छ" मैले "धन्यबाद" भने, त्यसपछि मनमनै खुबै खुसिलाग्यो कि म त साह्रै स्पेशल पो देखिएछु त , कारण चाँहि मलाई थाहा भएन ।

मलाई चाँहि खुब रमाईलो लाग्यो है गाढि चढ्न, आफूले चालाउन नपर्ने , , राम्रि नराम्रि केटिहरु बाटोको छेउमा हिडेको हेर्दै, फिगर राम्रो नराम्रो मनमनै निर्णय गर्दै , झ्यालको छेउमा बसेर गाढि चढ्न खुब मज्जा आयो । तर पुरानो मोटरसाईकल, त्यो पनि ४० को स्पिडमा गुडाएर चढ्ने बानि लागेको मलाई पब्लिक बसको स्पिड चाँहि लाग्यो म रकेट चढिरहेको छु । झट्ट याद आयो म अरु दिन एस्तै तुफान र बेमतलबि तरिकाले बाङ्गो टिङ्गो चलाउने गाढिहरुको अगाडि हुन्छु , धन्न कति बचेर हिँड्नु ।

मुभि हेर्न गएको म पुग्दा छिटो भयो तेसैले न्युरोड हुँदै सिभिल मल जाने निर्णय गरें, हल्लिदै न्युरोडको बाटोमा हिँड्दै गर्दा , पाको मा एउटा पसलको बाहिर राखेको ब्याग देखें झट्ट चलाएँ, खुब मन पर्यो, भिरेर हेरें, असाध्यै मन पर्यो , पैसा भन्यो २०००, पैसा मरु , अभ कसो गरु ? झट्ट याद आयो , बैंकमा पो छकि, ATM मा गएर लेराएर भएनि किन्नै मन लाग्यो, गएँ ATM, खै, पैसा आएन, शायद पैसा मरुनै भा'को होला नत्र आई हाल्थ्यो नि , साहुजिलाई चाँहि सिस्टम डाउन भएर पैसा आएन भनिदिएँ, के पैसा रहेनछ बैंकमा भन्नु ।

ब्याग खुब किन्न मन लागेको ले एसो दिमाग घुमाएँ , कोहि साथिभाई छन् कि आज मागेर भोलि तरौंला, खुब सँग दिमाग रट्काएँ , साथि पनि छैनन् , कता कता पैसा बनाउनै मन लाग्यो । बच्चा भएको भए रुनु हुन्थ्यो त्यो पनि होईन । के गर्नु आखिरिमा मन नहुँदा नहुँदै ब्याग छोडें ।

एसो घडि हेरेको मुभिको टाईम भएर गएँ मल तिर, स्क्यालेटरमा मिनिस्कट लगाउने केटि अगाडि गए भने चाँहि म कहिलै पछाडि जान्न , कारण लाउनेे लाई भन्दा देख्ने लाई लाज भयो नि , सो एक छिन अलमल गरेर जान्छु यो चाँहि मेरो खान्दानि बानि एक्लै हुँदा , केटाहरु सँग भए चाँहि , सक्यालेटरको खुड्किलामा बस्नै पनि बेर लगाईन्न है , एक पटक ईलिभेटरको मुनि केटा सँग हदा बसेकै हो हाहाहा । आज मिनिटकट लगाउने अगाडि परि तेसैले झट्ट याद आएको यो कुरा चाँहि ।

कुरा फुस्कि हाल्यो, बैंक खातामा पैसा कति छ भन्ने चाँहि जानकारि मलाई नभएको होईन , बैंक खातामा ६०० रुपैया छ, म बास्तबमा अर्को बैंक खातामा पैसा छ कि भनेर ATM धाएको थिएँ, मुभि टिकट चाँहि घराबाटै किनेर गएको हुन्छु , तेसो भयो भने रोजेको प्लेसमा बस्न पाईयो, ढिला पु्दा पनि भयो नि ।

मैले खाने तिन चिज छ, लाटे, कोल्ड कफि, या कफि , मुड अनुसार, आज लाटेको पालो । मुभि चाँहि खासै मजाको लागेन तैपनि ठिकै छ , खैरेले नि गल्ति गरेछन मुभीमा त्यो चाँहि अचम्म लाग्यो । १९६० को काठमाडौं को एयरपोर्टको सिन तेस्तो नहुनु पर्ने हो बाबाहरुले भन्नु भए अनुसार त ।

चश्माको खोल हराएर ५० रुपैया फाइन तिर्नु पर्यो , म कहिलै सामानको लापारबाहि नगर्ने मानिस आज कसरि हराएँ थाहा भएन ।

आज बाईक नभएको , हेल्मट, ब्याग केहि नभएको , म त खालि खालि , खुब मज्जा लाग्यो , अनि धेरै बेर सम्म सिभिल मलमा मुभि सकिए पछि पनि घुमिरहें , एनडिज को आईसक्रिम होल्डर फ्रिज देखेपछि चाँहि नखाई भएन , बटर स्कज र थाहा नभएको अर्को फ्लेभर मिक्सस गरेर एक कोन आईस्क्रिम खाएँ भित्तातिर राखेको बेन्चिमा बसेर । तेहि बस्ता एउटा सेल्फि खिचेको छु , त्यो पनि त फेशबुकमा अहिले हाल्नु छ ।

न्युरोड , बसन्तपुर तिर हिँडेर बसपार्कमा आईपुग्दा त गाडिहरु त केहि छैन , परि हाल्यो नि फसाद, घर कसरि जाने होला अब , केहिबेर कुरेपछि आयो एउटा भिडमभिडा गाडि थिमि भन्दै , अनि चढें तेसैमा ।

सार्बजनिक गाढि चढ्न नि गाह्रो , मोटरसाईकल चढ्न नि गाह्रो । मानिसलाई जे गरे नि गाह्रो । जे होस मलाई चाँहि गाढि चढ्न मज्जा लाग्छ किनकि आफुले चलाउनु परेननि ।

थिमि देखि दुबाकोट सम्म हिड्नु पर्ने भयो, मारि हाल्यो ज्यानै जाने भयो अब ! बिस्तारै हिड्दै थिएँ , बसमा सँगै भएका कलेज बाट फर्किएका दुई केटि र एकजना केटाको ग्रुपलाई मैले बसबाटै अर्थपुर्ण हेरिरहेको थिएँ । पछि राधे राधे आईपुग्दा सम्म मैले ऊनिहरुलाई हेरिरहें ।

तर सल्लाघारि आईपुग्नु भन्दा अगाडिनै एउटा दाईले बाईक रोकेर "भाई घर जाने होईन" भनेको सुन्दा चाँहि साह्रै मनै दङ्ग भयो ...

Portion of my diary ....

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older