Sunday, July 22, 2018

‌‍+2 संझना


कजराजे, कजरारे, तेरे कारे कारे नैना, तेरे नैना तेरै नैना तेरे नयनमे छुपके रहेना.....

केटाहरुले रक्सि पिएका थिए भन्ने मैले गन्धबाट थाहा पाएँ, नाचको ताल हेर्दा धेरैनै पिएका थिए, उता दाजुले पनि पिएको हो कि के हो मैले पत्ता पाउन सकिन ।

साक्षर संस्थापकहरुको कलेजमा पढ्दा भोग्नुपर्ने समस्या धेरै खाले हुनु रहेछ भन्ने मैले अहिले भन्न सक्छु । हुनत शिक्षित संस्थापकहरु ले अहिले संच्ञालन गरिरहेका कलेजहरु पनि कम्ति साम्यबादि नियमको झझल्को दिने हुँदैन होला भन्ने मैले - मोबाईल बोक्न नपाईने, मोटरसाईकल लैजान नपाउने एस्तै एस्तै नियमहरु सुनेर अड्कल लगाउन सक्छु ।

अँग्रेजि फिलिम अनि ईन्टरनेटको प्रयोगले मैले प्रोम नाईट, वेलकम, फेरवेएल प्रोग्रामहरुमा लगाईने लुगाहरु जानकारि राम्रै राखेको थिएँ । मैले तेतिबेला कालो सुट लगाएर गएको भए ति साक्षर संस्था्पक बुढाबुढिले मलाई कलेजको कुनै कोठामा लगेर थुनेर राख्नेका हुन्थे भन्ने कुरामा म निश्चित छु, कि मैले ति बुढाबुढि संस्थापकहरुलाई दुई बर्ष झेलेको थिएँ ।
हरियो प्यान्ट माथि सेतो मा हरियो धर्का भएको सर्ट लगाएर अर्को अनिबार्य कुरा चाँहि बोर्डिङ् स्कुलमा प्रयोग हुने फलामको टाउको भएको कपडाको बेल्ट लगाएपछि , हरियो स्वेटर लगाउने कि नलगाउने भन्ने दुबिधा गरेर नलगाएपछि फेरवेलको लागि तयारि भईयो ।

म अहिले भन्न सक्दिन हाम्रो समयका केटिहरुलाई फेरवेयलमा आउँदा - वानपिस, सारि, गाउन या एस्तै एस्तै लुगाहरु लगाउन मन थियो या थिएन, र अनि किन साक्षर संस्थापकहरु सँग बिरोध गरेरनन् ति लुगाहरु लगाउन पाउनको लागि, तर मलाई चाँहि त्यो हरियो कलेज ड्रेस लगाएर फेरवएल याटेन्ड गर्न पटक्कै मन थिएन, कालो सुट किन्ने पैसा नभएपनि , कालो टिसर्ट र निलो जिन्स चाँहि लगाउन असाध्यै मन थियो ।

कलेजकै प्राङ्गणमा प्लाष्टिककको मेचहरुको लाईन हरु राखेको, र आकाश तिर हरियो पाल टाँगेको , अनि अगाडि स्टेज । ति मेचहरुमा हरियो कलेज ड्रेसमा भएका केटाकेटिहरु भरिए पछि मनै खिन्न भयो अनि मैले झट्ट अङ्ग्रेजि फिलिम मा हेरेको पोर्म नाईट लाई याद गरेर परिहरनहरुमा कल्पिएँ अनि मनमनै साक्षर संस्थापकहरु सँग बिरोध गरें ।

उचाई सानो, ऊमेर अरुको दाँजोमा सानो, अनि तेति खुलेर बोल्न आँट नआउने लजालु स्वभाबको थिए म तेतिबेला । मैले पछाडिको हरफ रोजें बस्नलाई तेति भयो भने लाज कम हुने महशुस गरेर । तेतिबेलै देखि म चाँहि एक्लै हुने, सबै कता हो कता । रक्सि चुरोट ईत्यादि ईत्यादि को सँगत थिएन अनि त झनै एक्लो हुनुपर्ने त थियो नै । अनि त्यसपछी मलाई त्यो पछाडिको हरफमा बसेर स्टेजतिर हेरेर दिन बिताउन कति पनि रमाईलो लागेको थिएन । कुनै उत्साहा थिएन । कुनै रमाईलो थिएन । मैले तेतिबेलै देखि हो आफु सँगै केटि साथिको सामिप्यताको कल्पना अनि ईच्छा गर्न थालेको ।

क्लासमा सँगै पढ्ने केटिहरुले कजरारे, कजरारे गितमा नाचेको हेर्दा चाँहि खुबै अचम्म लागेको थियो कि नाच्न पनि मज्जाले जानेका हुन्छन भनेर । तेतिबेला सम्म चाँहि मलाई बुबिज, चाक, तिघ्रामा खासै रुचि थिएन, यो कुरा मलाई तेतिखेर याद भयो जतिबेला म पछाडि हरफमा बसिरहेको केटाहरुले “हेरन तेसको चाक कस्तो दामि छ” भनेको मैलै झट्ट सुनेपछि । अनि मलाई पनि नाच हेर्दै गर्दा , आफुपनि स्टेजमा गएर नबिन के. भट्टराईको गित गाएर पर्फर्मन्स गरौं जस्तो नलागेको होईन, तर खै र कला, शरिर, अनि सहयोगि सामिप्यताहरु !

याहु म्यासेन्जरमा आफुले प्रयोग गर्ने ईमेल बाट याड गर्ने आँट नआएर फेक याहु अकाउन्ट बनाएर याड गरेपछि लभसब को यात्रा शुरुभएको हो कि जस्तो लाग्छ । लबसभ भन्दा नि केटिप्रतिको आर्षण । बिनाअर्थको माया अनि सामिप्यता को खोजिको शुरुवात । तेतिबेलाको आकर्षण चाँहि तेहि फेक याहुबाट याड गरेर , एक पटक म्यासेन्जरमा hi भनेपछि सकिएको मलाई राम्रो याद छ । अहिले त्यो सबैथोक संझदा , यो माया, सामिप्यता, साथको भोक अनि त्यसको तिब्रता र म्याचुरिटि चाँहि उमेर सँगै बढ्ने रहेछ अनि तेति नै चोट पनि । त्यो याहुबाट hi भनेपछि को समय र अहिलेको समय सम्म आईपुग्दा धेरै प्रबिधिको प्रयोगको मात्रा बढेको छ र तेहि अनुसारको सामाजिक बिकाश पनि । प्रबिधिको अहिलेको अबस्थामा चाँहि कसैलाई फेरि मनैबाट hi लेख्ने ईच्छा छैन अब ।

काले, कालु, हिटलर, ओई, रुजने, भुजने, रु.... ..... ..... एस्तै एस्तै भनेको सुनेपछि चाँहि आफुलाई माया गरेको हो कि जस्तो लाग्ने रहेछ । तर बास्तबिकता चाँहि धेरै पर हुने कुरा चाँहि कजरारे कजरारे देखि अहिले सम्म आईपुग्दा राम्रो बुझेको छु । बास्तबमा ओसो, जे कृणमुर्ति हरुले बुझेरै भनेका हुने रहेछन् कि स्त्रिले पुरुषलाई कहिलै माया गर्दैनन् , ऊनिहरुले पहिला आफुलाई माया गर्छन् अनि सन्तान प्राप्ति पछि आफुलाई भन्दा बढी माया सन्तान लाई अनि यो बिचमा पुरुष कहिलै पर्दैन । पुरुषको आबश्यकता सन्तान प्राप्ति अति रक्षाको लागि मात्रै हुने गर्दछ भनेर लेखेको मैले कयौं पटक पढेको छु । ऊनिहरुले अझै बृस्तितमा के भनेका छन् भने स्त्रिहरु न्याचुरुएल्लि लेसबियन हुन्छन अनि यो पछी सम्मपनि तेहि स्वभाबमा हुन्छन् र कहिलै पुरुषलाई बिश्वास अनि माया गर्दैनन् । जे होस ओसोहरु, जे कृणमुर्ति ले भनेको साँचो नहोस भन्ने ठुलो कामना मात्रै गर्न सकिन्छ एक पुरुष भएको नाताले ।

पछि मैले फेरवेएलमा कालो कोट लगाएर जाने रहर चाँहि ग्याजुएड पढ्दा पुरा गरें । तर अफसोच, कोट लगाउने चाँहि म एक्लै थिए, कारण कलेजको संस्थापक फेरि ऊहि साक्षर नेवार थियो जसलाई कुनै औपचारिक कार्यक्रमको महत्व के हो थाहा थिएन, टिचरहरु पनि भाङ्ग्रे नै रहेछन भन्दिऊँ न अनि केटाहरु पनि सबै तेस्तै रहेछन् भन्नु पर्‍यो खै मलाई एक्लै पारिदिईहाले । अनि फेरवेएलको बास्तबिका मज्जा पनि गरें यो पटक चाँहि , कारण थियो आफुलाई समाजमा घुलमिल गराएँ । आफुलाई परिबर्तन गरें सामाजिक ढाँचा अनुसार ।

बेला अति सामान्य थियो, अनि म पनि तेहि अनुरुपको थिएँ । आफुलाई प्रोग्राम भन्दा पनि घर फर्किनु पर्ने समस्याले झस्काईरहेको हुने थियो, कारण मेरो घर पर गाँउमा थियो अनि तेसमा गाडिको ब्यबस्था नहुने तेसैले घाम आकाशमा निकै माथि हुँदा देखिनै घर फर्कनु पर्ने समस्या मेरो दिमागमा हुने गर्दथ्यो । म अतिनै सरल स्वभाबको थिएँ । मलाई आज पनि याद छ म त्यो दिन कार्यक्रम सकिन नपाई हतार हतार कोटेश्वरको बस स्ट्यान्ड तिर लम्किएर घर फर्किएको थिएँ, मेरो ऊपस्थितिको याद गर्ने कोहि थिएन भन्ने मा म निश्चित छु ।

क्यामेरा थिएन, मोबाईल थिएन, फेशबुकमा अपलोड गर्ने कभर , र प्रोफाईल पिस खिच्नु थिएन, साथीभाई अनि ग्रुप थिएन, जाँड रक्सि, चुरोट र गाँजा तान्नु र पिउनु थिएन - अनि त काम के भयो , फेरवेएल प्रोग्राम खासै रमाईलो हुने कुनै कारणनै भएन दाजुको साथि एकजना चाँहि बेतमासले नाचिरहेको देख्दा चाँहि लाग्थ्यो ऊसले टन्नै पिएको थियो जस्तो ।

लामो समयपछि आज याद गर्दा पनि मलाइ त्यो पातलो केटाको नाच उतिकै झलझलि आँखामा आईरहेको छ कारण हो ऊसले नाचेको बेतमासको नाच । आज मलाई तेस्तै नाच्न मन छ । बेतमासको नाच...

धेरै बर्ष पहिले बजेको यो गित अहिले सुन्दापनि तेहि दिनको याद आउने रहेछ । अहिले भन्नुपर्दा त्यो दिन रमाईलो थियो या थिएन मैले एसै भन्न सक्दिन तर तर बास्तबमै संझिदा प्यारो लाग्ने क्षण बन्ने रहेछ ।
Portion of my diary….

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older