Sunday, July 22, 2018

मोटरसाईकल सर्भिसिङ्ग डायरी ।


मलाई टेम्पो चढ्न बच्चैदेखि रमाईलो लाग्ने जुन अहिले पनि तेतिकै रमाईलो लाग्छ । टेम्पोको ढोकाबाट ऊक्लिने ठाँऊ नजिकै सिटमा बसेर, एउटा हातले डन्डिलाई समातेर बसिरहँदा आफ्नो टेम्पो मन्द गतिमा अगाडि गुडिरहँदा, बाहिर पछाडिबाट आईरहेका अरु गाडिहरु, मोटरसाईकल, कार, साईकल हेर्न खुब रमाईलो लाग्छ ।

मलाई सानै पेट्रोल सर्टेजले पनि दु:ख दिई हाल्छ, हो हिजो तेस्तै भयो । पेट्रोल किन्न नपाएको र ट्याङ्कि पनि रित्तो भएको मौका छोपेर हिजो बाईकलाई सर्भिसिङ्ग गर्नको लागि छोडिदिने वा छिट्टै भए कुरेरै लेराउने निधो गरें ।

बाईकलाई दश बजे सर्भिसिङ्ग सेन्टर पुर्याउँदा अरु थुप्रै आईसकेका रहेछन् । पालो ढिला भयो । बेलुका पाँच बजेमात्रै लिन आउनुहोला भनिदिई । अब फसाद ! दुई तिन घण्टा त जसोतो बिताउने गरेको थिए तर हिजो त सात घण्टा कुर्नु पर्नेभयो ।

काठमाडौं शहरतिर बरालिने निधो गरें ।

सल्लाघारिको बस स्टपमा पुगेर बस कुर्दै गर्दा एउटा बस बसस्ट्यान्ड भन्दा परै रोकि हाल्यो, मौका एहि हो चढ्ने, त्यो एउटा सफा देखिने बस चढिहालें । बसमा सिट खालि रहेनछ । एसो उभिदै गर्दा खलाँसिले तुरुन्तै बस्ने ब्यबस्था मिलाईदियो ड्राईभर भन्दा पछाडिको बर्नेट माथिको तातो सिट ।

एक त गाडि गुडिरहेको भन्दा फरक दिशामा फर्केर बसिरहेको म अर्को अधबैंशे ड्राईभरको हँकाई । मैले हर्ने अँग्रेजि फिलिममा पुली सको गाडिले अर्को गाडिलाई चेज गर्दा खुबसित दायाँ र बाँया गर्दे बेतमासले कुद्ने गरेको देखेको थिएँ हो ठिक तेसैगरि कुदायो म चढेको बसको ड्राईभरले । म चाँहि दुईहातले बल गरेर डण्डि र भेटाएसम्मका कुरा समातेर अडिईन खोज्दै थिएँ । भारतिय नाकाबन्दि पछि फेरि हिजो निकै समयमा गाढि चढेर काठमाडौंतिर जाँदै थिएँ । झन्डै झन्डै दुई ठाँउमा बाईकलाई अनि एक ठाऊमा अर्को बसलाई ठक्करदिन बाट जोगिएर बस काठमाडौंतिर बेतमासले कुद्दै थियो । मैले चाँहि तेति तिब्र गतिमा अब्यबस्थित तरिकाले गाडि चलाउनुको कारण बुझ्न सक्दिन थिएँ तर अघिल्लो हप्ताबाट राम्रै बुझेको छु ।

तेहि मलाई अघि सिट मिलाईदिने खलाँसिले फेरि अर्को युबतिलाई तेहि म बसेको ठाँउतिर देखाउँदै “ अलि अलि मिलेर बस्नुहोस न” भन्यो । अलिकति पनि अरुको ख्याल नगरि आएर बसि खुब सँग धक्का दिँदै मलाई । तेसैगरि म बसेको भए सेक्सुल ह्यारासमेन्ट गरेको बिल्ला पाईन्थ्यो । मैले केहि नभएको जस्तो गरि निरन्तर झ्यालतिर हेरेर सकेसम्म गाडि हँकाईबाटबाट जिउलाई थमाउने प्रयासमा थिएँ ।

त्यो अगिको केटि घरि घरि कपाल चलाएर मलाई तेसैगरि हातले मेरो पाखुरामा ठक्कर दिइनै रहेकि थिई । बाहुन अनुहारकि सोह्र, अठार वा बिस बर्ष देखिने केटिको हर्कत झन झन बढ्दै गयो । म खलासिँले मिलाईदिएको तातो बर्नेट सिटबाट ऊभिएँ । खलाँसिले तुरुन्तै सोध्यो “दाई किन ऊभिनु भएको, झर्ने हो ?” । मैले होईन भने । फेरि अब त करायो “अनि किन ऊभिएको त अरु मान्छे चढ्दैन बाहिर बाट” । मैले घुँडाको बिरामि छु धेरै बेर बस्न हुँदैन भनिदिएँ ।

शहरतिर बरालिँदै गर्दा दुई ठाँउमा टेम्पो चढें । टेम्पोमा पनि अघि बसमा परेको समस्या झन बढि मात्रामा दोहोरियो । ज्ञानेश्वर जाँदै गरेको म जमलमै झरें ।

आखिर के केटिहरुले चाँहि जे गर्दापनि ठिक हुने हो त?

न्युरोडमा हिँड्दा या अन्य कुनै ठाँउमा बाटोमा अलिकति पनि पन्छिएर हिँड्नु नपर्ने रहेछ । यदि मैले पन्छिईन भने, शरिर छुनको लागि उद्द केटाको सँङ्ग्या दिए भईहाल्ने रहेछ । अनि छाताको घोचाई, जिउको ठेलाई, कपालको गन्ध, र अपरिचित छुवाई , अपरिचित गन्ध ।

हो म पनि हेर्छु हरेक पुष्ट छातिमा, हरेक नाङ्गिएका तिक्राहरुमा, हरेक छिनेका कम्मरहरुमा, हरेक क्रप टिसर्टबाट देखिने बाँकि भागहरुमा र हरेक चाकहरुमा तर मलाई हेर्नमा मात्रै पर्याप्त छ ।

मलाई अपरिचित मुस्कान बाहेक अरु केहिपनि चाँहिदैन । एदि अनुहारमा एक अर्कामा सन्मुख परेर हेरियो देखियो भने मन्द मुस्कान गरेर हिँडिदिए पुग्छ अनि मलाई पनि तेसै गर्न ठिक लाग्छ ।

दिनभरि ठमेल, न्युरोड, बनसन्तपुर, दरबारमार्ग, ज्ञानेश्वर, लाजिमपाट, नक्साल, तिर हिँड्दा खुब सँग पुष्ट छातिहरु, नाङ्गिएका तिक्राहरु, छिनेका कम्मर, र चाकहरु हरें ।

प्रेमिल जोडिहरु हरें । नाम्लोले कपाल जम्मै झरेका परिश्रमि ईमान्दार देखिने मानिसहरु हेरें । पसलहरुमा सजाएर राखेमा पहिरनहरु हेरें । फुर्सदमा म जस्तै बरालिएर हिँडिरहेका केटाहरु हेरें । टाई सर्ट लगाएर कालो ब्याग हातमा झुन्डाएर हतारमा हिँडिरहेका अधबैंशे पुरुषहरु देखें । पान खाँदै गरेका ठुलो भुँडि भएका मारवाडिहरु देखें । पानिपुरि बेचिरहेका कालो मधिसेको ढाडिएका हातरहरु अनि त्यस वरपर झुमिएका अति राम्रा देखिने गोरा केटिहरु हेरें । अति महँगो रेष्टुरामा प्रेमसाटासाट गरिरहेका प्रेमिल जोडिहरु देखें । अति सामान्य खाजाघरमा म जस्तै पेट भर्न पुगेका केटाहरु देखें । बसन्तपुरमा मस्तसँग गाँजा तान्दै गरेका युबा युबतरिहरु देखें । नेपालको झन्डा बोकेर दिनभर बसन्तपुरतिर रलिईरने मानिस देखें । खैरे खेरिनिहरु ठमेलतिर ठुलो ब्याग पछाडि भिरेर लम्किँदै गरेको देखें ।

दुईपटक खाजा खाएँ, दिउँसो १ बजे समोसा खाएँ अनि पछि तिन बजे चाउमिन खाएपछि भक्तपुर तिर फर्किनको लागि एउटा अर्को सिट खालि भएको बस खोजेर चढें ।

अर्को दुई घण्टा सरभिसिङ्ग सेन्टरमा बसेर बाईकलाई कुरेपछि बल्ल घर फर्किने समय भयो ।
टिलिक्क टल्किएको भर्खरै मर्मत गरेको मेरो निलो बाईक चढेर दङ्ग हुँदै घर फर्किएँ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older