Sunday, July 22, 2018

स्कुल संझना

प्रायस हाल्फ टाईम भन्दा पछाडि अति बृद्द शरिर भएका पाले दाईले हरियो रङ्गको मोटो कभर भएको कापि बोकेर आएपछि जस्तो हर्षित कहिलै हुईदैन थियो । सानै बेला देखि स्कुल जान भनेपछी पटक्कै मन नलाग्ने हामि दुबै जनाको बानि थियो । त्यो हरियो मोटो कभर भएको कापि बोकेर बृ्द्द पालेदाईले ढोकाबाट सरलाई बोलाएपछि हामिलाई पहिल्यै थाहा हुन्थ्यो भोलिको लागि स्कुल बिदा हुने सुचना ।
जनै पुर्णिमा , जाईजात्रा , घोडे जात्रा, तिज सबै स-साना पर्बहरुमा पनि हाम्रो स्कुल तेहि हरियो कापिमा लेखिएको बेहोरा पढेर बन्द गरिन्थ्यो । आज त्यो हरियो कापि देखेर हुने हर्ष गुमाएको बाह्र बर्ष भएछ ।
जनै पुर्णिमाको बिदा चाँहि अलि बढि उत्साहापुर्ण हुन्थ्यो । सबैले बिदाको भोलिपल्ट नारिमा डोरो लगाएर आउने । कसको नारिमा कस्तो रङ्गको डोरो लगाएको रहेछ भनेर हेर्न उत्सुक हुने । प्राय जसोको नारिमा पँहेलो रंगको डोरो हुने गर्दथ्यो । अनि कोहि कोहिको नारिमा चाँहि स्पेशल रंङ्गको धागोको डोरो देख्दा आफुलाई पनि तेस्तै लगाउन मन कल्पिन्थ्यो ।
अर्को बर्ष पनि फेरि पुरेत बाजे तेहि पँहेलो रंङ्गको डोरो बोकेर आएको देखेपछि मन खिन्न हुन्थ्यो । गोह्रो नारिमा त तेहि पंहेलो रंङ्गको डोरो पनि आकर्षक नै देखिन्थ्यो, तर आफ्नो नारि चाँहि सँधै साईकल खेलेर अनि घामले डढेर सामान्य भन्दा पनि बढिनै कालो । सामान्यमा पनि गोह्रो त कहाँ हो र ।
अनि त्यो रंगिन डोरो लगाउने ईच्छा पछि सम्मपनि पुरा भएन । पछि एक बर्ष मैले सानो बेलामा खोजेको रंगिन डोरो बोकेको बृद्द पुरेत आईपुग्दा चाँहि मलाई झल्यांस्स याद भयो मेरो सानोबेलाको रंगिन डोरो लगाउने रहर । तर तेतिबेला सम्म मेरो बालापन हराई सकेको थियो । डोरोको रंगहरुले मनलाई हर्षित गराउन छोडिसकेको थियो ।

आजभोलि डोरो भन्दा पनि बयस्क ईच्छाहरुले डोरोलगाउने दिनको महत्वलाई कम गर्दै लगेको अनुभुत गरेको छु । यद्मपि अझै पनि मलाई गोरो नाह्रिमा लगाईएको रंगिन डोरोले चाँहि लोभ्याउन छोडेको छैन किनकि मेरो नारिको रंग त परिबर्तन भएको छैन नि !

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older