कत्रो कत्रो हई दाइ ..
पुर्ण कालो बर्ण, गोलाकार अनुहार, नाक अलि थेप्चो, कपाल मसिनो गरेर काटेको करिब करिब खौरिएको जस्तो देखिने, ठिक्क उचाई भएको अनि दुई महिनाको छोटो समयमानै आकर्षक शरिर बनाई सकेको भाईले अति हँसिलो अनुहार लगाएर मलाई भन्यो । झट्ट भन्नु पर्दा ऊ चाँहि 'मेरि बास्सै' मा हुने बुढो पासा दाई जस्तै ।
नेवार समुदायको बच्चा भएकोले बच्चै देखि पुष्ट शरिर हुनु स्वभाबिकै हो । सबै चिनेजानेका केटाहरुसँग हात मिलाउँदा प्रायस मैले मेरो हत्केला चाँहि अलि बढिनै साह्रो भएको अनुभब गरेको हुन्छु । तर दुई महिना अगाडि त्यो हँसिलो अनि अतिनै सरल स्वभाबको पासा सँग हात मिलाउँदा चाँहि आफ्नो हात त मानौ कुनै केटिको हो जस्तो लाग्यो, कि पासाको हात तेति साह्रो रहेछ ।
धेरै महिना भनौं या बर्ष भईसकेको थियो मैले कुनै केटाहरु सँग बसेर केटिको फिगरको बर्णन नगरेको । अचानक पासाले आज मेरो अनुहार तिर हेर्दै भन्यो अतिनै हँसिलो अनुहारमा मलाई "कत्रो कत्रो हई दाइ ..." भन्दा एकछिन त म छक्क परें । पासा संग मुस्किलैले दैनिक हात मिलाउने र “कुन बेला आएको” भन्ने बाहेक कुनै गफ भएको थिएन ।
जिम क्लबको ढोकाबाट छिर्दै गर्दा लागेको थियो कि आज किन जिम सुनसान छ, खै सबै केटाहरु अनि जिमको दाई । आखिर कुरा तेस्तो होईन रहेछ, एउटा नयाँ केटि भर्खरै आजबाट आएकि रहिछ तेसैले सबैजाना तेतैतिर झुम्मिएका रहेछन् । मैले पनि एकनजर तेतैतिर पुर्याए । पासाले भनेको कुरा ठिकै थियो । आखिर पासाले तेसै म सँग भनेको थिएन तेति हँसिलो अनि भित्रै देखि गदगद भएर । शब्दहरुले पासा भाईको त्यो अनुहार बर्णन नै गर्न सकिन्न ।
“अँ , हो , मैले पनि याद गरेको थिएँ “ मैले पासालाई हँसिलो भएर जबाफ दिएँ । त्यसपछि पासाले अझै थप्यो “एदि हई दाई केटिले हुन्छ भन्यो भने हामि सबै केटाहरुले के गर्थ्यो होला हई दाई” त्यसपछि चाँहि मलाई पासाले सोचमग्न गरार्यो कि मलाई आजभोलि एस्ता गफहरुमा बास्तबमै रुचि थिएन । मैले जबाफ दिएँ “ तिमिले याद गरेको छौ भाई, बाटोमा कुकुरहरुको पोथि कुकुरको लागि भएको झगडा देखेको छौ? हो तेस्तै हुन्छ ।“ त्यसपछि पासा भाई धेरै बेर सम्म खित्का छाडि छाडि हाँस्यो , म चाँहि एस बिषयमा थप कुरा गर्न मन नभएकोले एक जोडि गह्रौ डमबेल बोकेर लागे परतिर भएको बेन्चमा । त्यसपछि पनि मैले त्यो कालो बर्णको साह्रै सोझो पासालाई हेरिराखेको थिएँ, खुब सँग खित्का छाडि छाडि एक्लै हाँस्दै थियो, पासालाई मेरो कुरा साह्रै घत परेछ ।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home