Tuesday, September 18, 2018

जग्गाको लागि दु:खको दिन ।

छिमेकि भाई शिसिरको र मेरो ऊहि प्रकारको समस्या भएछ आज । भान्छा सफा गरौं भनेर कुच्चो हातमा समातेको थिएँ । भान्छाको झ्यालबाट ऊत्तरपट्टि हेर्दा केहि मानिस लामो टेप लिएर बारिमा यता ऊति गरेको देखें । थाहा भईहाल्छ । दलालि हरु ।

शिसिरको हाउभाउ बाटै अड्कल लगाएँ कि ति आगन्तुक भु-माफिया हरुले हामि पुर्खाौें देखिको स्थानिय बासिन्दालाई दमन गर्न खोज्दै थिए ।

एकैछिन हेरिरहें । छिमेकिलाई सहयोग गर्न जान पर्छकि भनेर ।  

मैले अडकल लगाएको त्यहाँको पहिरिमा एउटा सानो टुक्रा जमिन किन्ने चतुर मानिसको उदेश्य चाँहि त्यो जमिन बाट ऊत्तर पशिच्म भागमा रहेको बिशाल पर्ति भुमिलाई आ-फ्नो बनाउने ।

दिउँसो घर सफा गर्दै थिएँ । बढो जतन सँग फोटो फ्रेमको सिसालाई धोएर घाममा सुकाएको थिएँ ।

घरबाट दक्षिण पट्टि पारि एउटा प्लटिङ्ग भनिने कुरुप तथा अब्यबस्थित जमिनका टुक्राहरु पारिएका ठाउँ छ । त्यहाँ नजिकै साँधमा हाम्रो जमिनलाई मिचेर जबरजस्तो पर्खाल लगाएका छन् ।

मैले जमिन मिचिएको कुरा जानकारि गराईदिन हतार हतार तेतातिरा जाँदा तेति दु:खले धोएर सुकाएको फ्रेमको सिसा आफैंले लात्ताले लागेर फुट्यो । 

ऊपत्यकाको आदिबासि भएपछि ठुलो कष्ट पाउनु पर्ने रहेछ ।

> प्लटिङ्ग भनिने बस्तिहरुमा चाँहि आठ फिटको बाटो बनाएर बसेपछि त्यस बाटोमा हामिले प्रबेश पनि पाउँदैनौ। त्यो बाटो फराकिलो पार्ने कुनै मापदण्ड पनि हुँदैन ।
> हामि आदिबासि बसेको अति ब्यबस्थित बोसबासको माझबाट ब्यबसायिक बाटो बनाउने र हाम्रो घर फोडिदिने, जग्गा बाटोको नाममा तेतिकै खाईदिने ?


प्रजातन्त्रमा नाजायज बिभेद हुँदैन । नेपालमा पाईला पिच्छे नाजायज बिभेद छ त्यसमा पनि सरकारि सँस्थाहरु यस बिभेदकारि को प्रथम पङ्तिमा पर्दछन् ।





Wednesday, September 12, 2018

जिबनशैलिको आकांक्षा।

एस्तो एउटा सानो घर होस् । आफुले माया गर्ने र आफुलाई माया गर्ने सबैलाई यसमा अटाएर बस्न पाईयोस् । 

मेलबर्न अष्ट्रेलियामा खिचिएको तस्बिर । २०७४ साल ।

Bride on her Wedding Day


 दुलहिले आफ्नो घुम्टो आफैं पहिरिँदै गरेको यो तस्बिर देख्दा एकैछिन दु:ख लाग्यो । एस्तो सामाजिक खोक्रो जिबन हुँदाहुँदैपनि नयाँ पुस्तालाई बिदेशिनु पर्ने बाध्यता वा मोह के ले गरायो होला ?

दुलहि आफ्नो घुम्टो आफैं पहिरिँदै । अष्ट्रेलिया ।

Tuesday, September 11, 2018

प्रामको कथा

नयाँ ठिमि, भाभाटेनिमा बेच्न राखिएका बच्चाको प्राम । 
आज फुलको गमला किन्नलाई भाटभाटेनि जानु पर्यो । बाटो मिच्दै घरै पिच्चे हुने पसलै पसल जसले गर्दा दैनिक आवतजावतमा पर्ने कष्टलाई निरुत्साहित गर्नलाई भएपनि म भाटभाटेनिमै किनमेल गर्ने गर्दछु  । हुनत मेरो लागि भाटभाटेनि पनि तेसि असल संस्था त हुन सकेको छैन किनकि यस भाटभाटेनिले मेरो कार्डबाट पचास पैसा बढि काटेको छ । मैले मेरो पचास पैसा बढि काटियो भनेर जानकारि गराउँदा कुनै वास्ता गरिएन पछि ठुलो घम्साघम्सि पछि फिर्ता गराईदिने तर बैंकको प्रक्रिया लाग्ने भएकोले केहि समय लाग्ने भनेका ठिमि बान्चका भाटभाटेनि ब्रान्च म्यानेजर भनिएका गुरुङ अनुहारका मानिसको बाचा अहिले सम्म पुरा भएको छैन । ठीकै छ मैले पचास पैसा दानै दिनुपर्ने भयो ।


कुरा आयो यो प्रामको । लौन प्रभु कता गुढाउने हो यो प्राम?

हरेक समाजको सामाजिक ब्यबस्था त्यहाँ बस्ने मानिसहरुको चेतनास्तर प्रतिबिम्बित गर्ने गर्दछ ।

अब मैले चाँहि यो प्राम गुढाउने ठाउँ देखेको छैन है, कसैले देखेको छ भने खबर पाउँ ।


मेरो रायनले गुढ्छ आनन्दको बाटोमा मज्जाले प्राममा ।





Add caption


मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older