Wednesday, July 25, 2018

यात्रा संस्मरण- सिक्किम - दार्जलिङ्ग (२०७३)


मैले पहिले कहिलै रात्रि बसमा यात्रा गरेको थिईन । पहिलो पटक म रात्रिबस चढेर नेपालको पुर्बि भित्ता काकडभित्ता हुँदै सिक्किम जाँदै थिएँ । यात्राको प्रस्ताब देखिनै खुब रोमान्चित थिएँ ।  

बिनय दाईले आफ्नो ट्राभल कम्पनि NEPAL ONE TOURS & TRAVEL को कामको शिलशिला तथा भ्रमणको लागि सिक्किम जाँदै हुनुहुन्थ्यो तेसैमा मलाई पनि ऊँहाले जानको लागि प्रस्ताब गर्नु भयो । हामिले पहिले पनि धेरै ठाउँमा सँगै यात्रा गरेको थियौं । तेसैले मैले सँगै यात्रा गर्न तयार भएँ र स्विकार गरें ।

ठुलो बन्दोबस्तिको सामाग्रिको झोला सहित ह्यान्डसम म ।
दाजुले गाडि कलंकि आईपुग्यो भनेर खबर गरेपछि हतार हतार दिउँसोको सामान्य खाजा खाएर, २-३ दिन अगाडि देखि तयार पारिएको निकै ठुलो ब्यागप्याक बोकेर म यात्राको लागि निस्किएँ । त्यसदिन मैले लामै यात्रा भएकोले खुब सँग तयारि गरेर खुब चट्ट परेर स्मार्ट बनेर निस्किएको थिएँ । म खासै सामान्य दिनहरुमा तेति पहिरन र रुपमा ख्याल गरेर हिँड्ने गर्दिन थिएँ । तर यसपटकको यात्रामा म अलि बढिनै उत्साहित थिएँ किनकि यो टाढा नभएतापनि आफुले बुझ्ने भएपछिको पहिलो बिदेश भ्रमण थियो । त्येसैले मेरो ब्याग खुब ठुलो थियो त्यसमा पनि पुस माघको मध्य चिसोमा सिक्किम र दार्जलिङको यात्राको लागि खुबै कपडाहरु बोक्नु पर्ने थियो सँग सँगै फोटोहरु राम्रो देखियोस भनेर चाहिने भन्दा केहि बढि लुगाहरु र बन्दोबस्तिको सामाग्रि सहित निसकिएको थिएँ ।

हाम्रो गाँउको बस चढ्ने मेरो बस स्टप चौर हो जहाँ हर हमेसा टिनएजर, युबा, बयस्क तथा बृद्द हरु बिनाकाममा गफिएर, क्यारमबोर्डमा झुमिएर, चिया पिएर, एकले अर्काको रिस गरेर र कुरा काटेर बस्नमा ब्यस्त हुने गर्दछन् । मलाई सानैबेला देखि त्यो चौरमा पुगेर बस चढ्ने काम निकै असमञ्जस लाग्ने गर्द्थ्यो । सबैले खुब सँग याद गरेर हेर्ने र चाहिने भन्दा बढि चासो राख्ने त्यहाँको सामान्य नियमनै हो । तेस्तै असमञ्जस तथा अप्ठेरो मान्दै टिनएज र शुरुवाति बयस्क उमेर
Read more »

Labels: ,

Sunday, July 22, 2018

Quotes

"आमाले दिन्छिन, बाँकि सबैले लिन्छन् ।" — Rujan Neupane

Quotes

"प्रेम अप्रत्यक्ष रुपमा सामाजिक बर्ग सँग लटपटिन्छ ।" —  RUJAN NEUPANE

होलिको संझना

घरै छेउको पँधेरामा गएर, प्लाष्टिकको थैलोमा पानि भरेर, थैलोको सानो प्वालमा ५ रुपैँयाको स्टारलाई डटपेनलाई घुसारेर जोडले थैलोलाई थिचेपछि बेलुन पानिले भरिएर लोला बन्थ्यो... धेरै लोलाहरु बनाएर बाल्टिनिमा जम्मा गरेर घरछेउको बाटोमा मानिसलाई हान्न कुर्दै गर्दा कसैलाई हान्ने आँट आउँदैन थियो सबै लोला चल्दा चल्दै फुटेर सकिन्थ्यो , दाजुले भाईलाई भाईले दाजुलाई हानिन्थ्यो । एक पटक बढो आँट गरेर एक अधबैंशे पुरुषलाई हानेको झन्डै मारेथे !
बयस्क भएपछि मैले कहिलै होलि खेलेको पाएको छैन । एक पटक एउटा साथि र म दिनभर ठमेलतिर हिँड्यौं । सबैजना खैरेनिको गालामा पो अबिर दल्न जान्थे कसैले हामिलाई किन वास्ता गर्थे र !

HAPPY HOLI !!!

२०७२ सालको भूँईचालो को संझना

उसको देब्रे हातमा बजारमा पाईने ठुलो खालको सलाईको बट्टा भन्दा सेखै ठुलो गुलाफि रँगको बट्टा थियो । त्यस भित्र गुलाफि रँगकै सेतो रँगको किप्याड भएको फोल्डिङ मोबाई थियो । हँसिलो मुस्कानले म भएतिर हेर्दै गर्दा मैले सोधें "कसले किनिदियो एति राम्रो मोबाईल" । मिठो स्वरमा उसले भन्यो"बाबाले किनिदिनुभएको हिजो" । त्यसपछि मैले मनमा कुरा खेलाए कि उ पनि म अनि हामि जत्तिकै सामानहरुको किफायत गर्दो रहेछ यो
कुराको ठम्याई मैले कसरि गरें भने उसको बाबाले हिजो किनिदिनु भएको मोबाईल अझै पनि उसले कागजको बट्टामा नै राखेको थियो ।

"अँ ठिकै छ, तिमिलाई" ..... "म एहि छु अनि तिमि" ...."काँ हो" .... "ल त ल" ... देब्रेपट्टि कानमा गुलाफि फोल्डिङ मोबाईमा उसले एसो भन्दै गर्दा म माथि बरन्डाबाट ऊसलाई चिह्याई रहेको थिएँ ।

"भूँईचालो भित्र छ हई बाबा आज पनि हामि बाहिरै बस्ने हो?"
यसो भनेको सुनेपछि मलाई फेरि एकपटक बालक हुन मन लागेको थियो । उसको बाबा र मैले बारिलाई सम्याएर त्रिपालको अस्थाई घर बनाउँदै गर्दा उसले सोध्यो - ''बाबाले घर बनाउन थाल्नु भएको हो बाबा" "बाबा घरमा कुन कलर लगाउने" । यि यस्ता कुराहरु उसले सोध्दै गर्दा मैले उसको भलाद्मि, प्रायस मुस्कुराउने अनि शान्त प्रबृतिको उसको बालापन निकै मोहित भएर हेरिरहेको हुन्छु ।

दाजु भाउजु बिदेशमा भएको मौकामा शितल कोठा खोज्दै दाजुको कोठामा भएको होचो खाट(भुँईखाट) मा ढल्न मात्रै थालेको थिएँ एक्कासि सारा का सारा घर मच्चिन थाल्यो । सँधै तिन जाना अनि जेसि हुने हाम्रो परिबारमा आज सानो पारिबारिक भेटघाट थियो त्येसैले बानेश्वरबाट ठुलोबा र आमा आउनु भएको थियो ।

बाक्लो निन्द्राबाट आमाले झटपट बोकेर तल आँगनमा पुर्याएपछि निन्द्रा खुल्दै गर्दा कानमा पर्थ्यो "भुँईचालो आयो" । भुँईचालो कुन रहेछ भनेर देख्नलाई म खुब जिज्ञासु बनेर, आमाको देब्रेपट्टि पिठ्युँमा बोकिएर आँखा माड्दै वरपर हेर्दै गर्दा मैले अँध्यारोमा रङ्गिन बुट्टे आकृतिहरु देख्थें र सोच्थें त्यहि रहेछ भुँईचालो । अहिले पो थाहा भयो निद्रामा आँखा माडेर अँध्यारो तिर हेरियो भने तेस्तै आकृतिहरु देखिने रहेछ ।

सानै देखि भाग्ने गरेकोले भुँईचालो आएपछि भाग्नु पर्छ भन्ने दिमागमा छापिएकै हुँदो रहेछ । जेसिलाई समातेर बोकेर भाग्न खोज्दा ऊ झन बढि अत्तालिएर म भएतिरबाट माथिल्लो तल्ला तिर दौडियो । उसले आफुलाई माथिल्लो तल्लामा सुरक्षित महशुस गर्ने बानि गरेको थियो । फराकिलो चिप्लो टायले भुँईको बाटो हुँदै जेसिको पछि लाग्दै गर्दा पाईला कत्ति पनि सरेन अब त शरिर ढल्नै थाल्यो । त्येसैले टाँग फट्याएर हातलाई दायाँ बायाँ सके जति फैलाएँ एसो गर्दा शरिर लाई ढल्न बाट जोगाउन सकिन्थ्यो । जेसि त कुद्दै माथि गएको देखिहालेको थिएँ — आमा, बाबा, दाजु, भाउजु सबैको स्थान सँझिदै गर्दा आमा भर्खर लुगा सिलाउन दिन खुला चौरतिर जानु भएको सँझिए । दाजु भाउजु सात समुन्द्रा पारि झनै निश्चिन्त । माथिल्लो तल्लामा हुनुभएको बाबा लाई सँझिदै त्यसपछि पिलारहरु भाँचिएर आफुहरुलाई घरको अस्भार ढलानले थिच्ने कुरामा निश्चिन्त हुँदै गर्दा एकजनाको फेरि याद आयो । यो यादले खुबै बल दियो । अबत आफुलाई जसरि भएपनि घरबाहिर निस्कनु नै थियो । दाँयाबाँया फैलाएको हातलाई हटाएर ठुलो बल लगाएर माथिल्लो तलातिर बाबा र जेसि लिन गएँ ।

बारिको पाटामा सबै जनाको जमघट हुँदै गरेर आफुलाइ सुरक्षित महशुस गर्दै गर्दा बिदेश तिर खबर लेखिदिए "हामि सुरक्षित छौं" ।

"नो मोर धरहरा भन्छ नि त" दाजुले एसो लेखेको पढ्दै गर्दा त पुरै जिउ सिरिङ्ग भयो । मनमा एस्तो आयो कि "धरहरा चढ्न नपाई लड्यो" कुर्दा कुर्दै रहर तेसै भयो । फेरि मनलाई सान्त्वना दिएँ "आ धरहरा मात्र हो र मैलै धेरै कुराहरु गर्न पाएको छैन नि समय त बिति सक्यो फर्किएर आउँदैन" ।

नाङ्गै खुट्टाले चैतको घामले सुकेको बारिको डल्लामा जेसि बोकेर ऊभिएको धेरै बेरपछि सहनै नसकेर एकपटक चप्पल त लगाएर आउँछु भनेर आँट गरेर घरभएतिर जाँदै गर्दा, आज घरको अग्लाई पटक्कै मन परेन । मुलढोका अगाडि लडिरहेको निलो रँगको मोटरसाईकल लाई तैसै छोडेर छिटो छिटो चप्पल लगाएर फेरो बारिको पाटामा पुगें ।

एकैछिनको लागि म सबैलाई बारिको पाटामा छोडेर मोटरसाईकल लिएर हिँडे । यस अंशलाई पछि पुर्णता दिनेछु । :)

बाटोमा जाँदै गर्दा काँचो ईट्टा पोल्न ऊभ्याईएका भट्टहरु ढलेको देखें । यो दृश्य भयानक थियो । घरपछाडि छिमेकिहरुको घर पनि भत्तकिएको थियो ।

हजुर आमा ११ बर्षको हुनुहुन्थ्यो रे ९० सालको भुँईचालो जाँदा । मैले हाम्रो हजुरआमालाई सँझिएँ । सबैजाना हजुरआमा,बाबा,ठुलोबा छिमेकिहरुको बिचमा, रातोमाटोले चटक्क लिपिएको पिँढिमा डिलमा बसेर चिया पिउँदै गर्दा सबैजाना कुरा गर्ने गर्नुहुन्थ्यो ९०सालको, ४५सालको भुँईचालो । आफुलाई कत्तिपनि थाहा नभएको कस्तो हो भुईचालो भनेको । तरपनि सबै जाना ले भन्नु हुन्थ्यो "काठमाडौं मा ठुलो भुईचालो आउँछरे, केहि बाँकि रहँदैनरे, सखापै हुन्छनि" यसो भनेर गफ गरेको सुन्दा मन थरथरि काँप्थ्यो , काठमाडौं छोडेर अन्तै जाँउ भन्न मन लाग्थ्यो । कतिपटक त यस्ता ९० साल ४५ सालको भुँईचालोको कुरा गर्न सुरु गर्नु भएपछि डरले चियाको गिलाँस बोकेर घर पछाडिको करेसातिर जान्थें, यसो गर्दा उँहाहरुको गफ सुनिदैन थियो ।

यस्तै थियो होला ९० सालको भूईचालो भनेको मनमनै कुरा खेलाएँ । अरु सबै सँग कुराकानि गर्न कत्तिपनि मन थिएन किनकि मलाई केहि अझै ढुक्क भईसकेको थिएन ।

निलो रँगको मोटरसाईकललाई रोकेर झर्दै गरेका ठुला कदका, काला र सेता मिश्रित दारि, पानले दाँतको बिचमा पँहेलो बसेको, हँसिलो दाईले भन्नु भयो "हामि ठमेलबाट आएका सारा ध्वस्त छ" ।

यसो भनि सक्दा मैले सोचें अब स्थिति भयानक भयो । भोलि देखि झन स्थिति खराब हुँदै जानेछ । सामान्य हावाहुरि चल्दा दुईदिन बत्ति नआउने मेरो गाँउमा अब कतिदिन होला बत्ति नआउने । खानेपानिको सरकारि धारा बत्ति नभए नआउने ।

बाह्र बजेदेखि बारिको पाटामा ऊभिएको ३ बजि सक्दा पनि जमिन हल्लिन छोडेको छैन । एक पछि अर्को क्रमश धक्काहरु आईरहे । यतिबेला मेरो मन हलुका भईसकेको थियो किनकि म मोटरसाईकल लिएर घुमेर आईसकेको थिए । अब पिर केहि बाँकि रहेन, खालि कम्पन रोकिईदिए हुने ।



भुकम्प , महाभुकम्प चाहे जे सुकै आवोस न यो पेटमा चल्ने भुकम्प चाँहि त्यो भन्दा महान छ क्या ! ज्यानको बाजि राखेको जस्तै मनमा लिँदै , बा छोरा मिलेर ग्याँस चुलो अनि खाने सामाग्रि बोकेर हतार हतार घरको भुईतलामा आईयो ।

हँसिलो अनुहारको मानिस, छिमेकि दाईको परिबार र भाडावाल क्याम्पसे केटाहरु सहित करिब १५ जना जति घर अगाडिको बरन्डामा सुत्ने निधो भयो । त्यो रात कयौं पटक बरन्डा बाट भाग्दै बारिको पाटामा गयौं । यो भागदौडको क्रम रातै भरि चलिरह्यो । मध्यरातमा बारिको पाटामा आगो बालेर बस्यौ । ति हँसिला दाईले कम्ति हौसला दिएनन् यो भागदौडमा । साना धक्काहरुमा मजाक गर्दै भन्थे "के भाग्ने हो त भाई?" । मेरो उत्तर पनि कम्ति थिएन "आsss नभागौं" ।

आज भोलि हुँदै भँईचालो कम हुँदै गयो । तर भौतिक बस्तुमा लिप्त जिबन शैलिलाई आ-आफ्नै किसिम अनि तहको बिपद पर्ने रहेछ । खँड्कुलो , बाटा, राईसकुकर के के हुन्छ त्यसमा पानि तताएर मात्रै नुहाउने गरेको, अनि पछिल्लो केहि बर्ष घरै भरिका धारामा तातोपानि आउने भएका थिए ।

भुईचालोले तातो चिसो सबै पानि नआउने , टिभि , बत्ति, लुगाधुने लगायतका भौतिक दैनिन्दिमा पनि नराम्रो सँग धक्का दियो । अब यि सबथोक ले काम गर्न छोडेको ले मैले भुँईचालो पछिको पाचौं दिनमा दाँत माझें, नुहाएँ ।

मेरो मोबाईल फोन एक किसिमको घरको फोनको बिकल्प जस्तै हो । सबैले मलाई फोन गर्ने कारण एस्तो थियो बाबा ले मोबाईल कहिलै साथमा नराख्ने अनि आमु को नम्बर धेरैलाई थाहानै नहुने । देशि बिदेशि फोन कलहरु ले कयौं पटक झन्झट लगायो । त्यस मध्येका कुनै फोन कल अति प्रिय हुन्थे जुन आउँदै आउदैनथे । या गर्ने मान्छे बना'कै छैन :P :)

कयौं दिनदेखि लगाएको मैला लुगाहरु लगाएर भत्किएको संरचना हेर्न शहरतिर हिँडेको म , भक्तपुर, धरहरा, बसन्तपुर तिर हिँड्दै गर्दा अचानक मेरो आँखा पाँच ईन्चको हिल र लपक्क रातो लिपिष्टिकले सजिएको युवति तिर गयो । आफ्नो त शरिर भुँईचालो गएको दिन देखी आजसम्म काँपेको जस्तो, हल्लिएको जस्तो अनि रँगटा लागेको जस्तो भईराखेको बेलामा , शहरका यत्रतत्र भत्किएका सँरचनाहरुको माझमा करिब पाँच ईन्चको हिल लगाएर पैदल हिड्ने युबतिलाइ देख्दा आश्चर्यचकित भए । अनि मेरो शरिर तिर आफैंलाई हेरें , कयौदिन देखिको मैला लुगा, हात्तिछाप चप्पल, पुरानो हेल्मेट हल्लाउँदै लन्ठङ लन्ठङ हिडिरहेको म अनि ति युबतिलाई तुलना गरें । यि तुलनालाई तेतै न्युरोडमै छोडिदिएँ ।

"धरहरा यता पर्छ" न्युरोडको समोसा पसल जाने बाटोबाट पर दक्षिण पट्टि चोरिऔंलाले देखाउँदै उसले आफ्नो प्रियसिलाई भन्दै गरेको मेरो कानमा झट्ट पुग्यो । करिब १५ १६ बर्षिय ति मायालु बनिरहेका जोडिलाई मैले आँखाले भ्याएसम्म परसम्म अर्थपुर्ण हेराई हेरें ।

अरनिको हाईवेको राधे राधे र सृजनानगर खन्ड अतिनै मन पर्छ । मन्द गतिमा मोटरसाईकलमा सोहिबाटो हुँदै घर फर्किएँ ।

फेशबुकलाई हेर्न र ईन्टरनेट सर्फिङ गर्न नपाएको ५ दिन भएको थियो तेसपछि झट्ट फेशबुको होमपेजमा फालिएको नयाँ "are you safe?" Logic देखेर मन खुखि भयो, कसैले कँहि कतै परबाट केहि कामहरु लगाब लगाएर गरिरहेका छन जसको मज्जा हामिले लिन पाएका छौं ।

त्यसपछि पनि भुँईचालो हरु नआएका होईनन् अब त बानि नै परि सक्यो ।

ऊसले बाबालाई फेरि तेस्तै अर्को मोबाईल मोबाईल किन्न लगाएछ । खुब रोईकराई गरेर उसले अर्कोपनि त्येस्तै गुलाफि रँगको मोबाईल किन्न लगाएछ । आज उसले दुबै हातमा कागजको बट्टाभित्र मोबाईललाई बोकेर सधाझैं उसको मुस्कान सहित माथितिर हेर्दै गर्दा म कौशिबाट ऊसलाई हेर्दै थिएँ ।

म चकित भएर किन दुईओटा मोबाईल हो उसको हातमा भनेर मनमा खेलाउँदै गर्दा ऊसको आमाले भनेको सुनें कि अर्को मोबाईल प्रास्नाको लागि किनाएको रे ।

प्रास्ना भर्खरैको भुँईचालोले घर भत्किएकोले अलिपर घरमा बस्न थालेकि थिई जसले गर्दा अब उसले फेरि प्रास्नालाई कौशिबाट बोलाउन पाएको छैन तेसैले होला ऊसले खुब जिद्दि गरेर बाबालाई अर्को मोबाईल किनाएको ।

त्यसपछि उसले कयौं पटक आफ्नो आमालाई जिद्दि गरेर प्रास्नालाइ भेट्न प्राश्नाको घरमा लगेको रहेछ । त्यसदिनदेखि ऊसले आफुलाई निकै एक्लो महशुस गर्नेगरेको छ रे भन्ने मैले ऊसको आमाले भन्दै गरेको सुनें ।

ऊनिहरु खेल्दै गर्दा आमाले सागहरु टिप्ने काम सकाएपछि घर फर्किनु पर्ने भयो । उता प्राश्नाको घरबाट आएर उसलाई लिएर गए । त्यसपछि उसले प्राश्नालाई हेर्दै जोड जोडले रुन थाल्यो । आफ्नो आमालाई पनि छोडेर प्राश्ना भएतिर लम्कियो, खेतको बिचमा पुगेर जोड जोडले रुन थाल्यो । खेतको

बिचमा उभिएर रुँदै गर्दा ऊसको दुबै हातमा मोबाईल फोन थियो शायद प्राश्नाले गिफ्ट स्विकार गरिन होला । "नजाउ, नजाउ" उ जोड जोड ले चिच्याउँदै अनि रुँदै थियो । प्राश्नाले तेति परसम्म पुग्दा पनि एकपटक पनि फर्केर हेरिन । उसले आँखाले देख्ने सम्म प्राश्नालाई बोलायो त्यसपछि दुबै हातमा मोबाईल बोकेर रुँदै फर्कियो ।

मिस टिन २०१५



आज भन्दा तेस्तै ३ बर्ष अगाडि मलाई मलाई मिस एस एल सि हेर्न जान मन एकदमै लागेको थियो । तर जान पाईन । टिभिमा लाईभ टेलिकास्ट हेरेर चित्त बुझाउँदै जर्दा झ्याप्प बत्ति गयो । त्यसपछि म सँग कुनै बिकल्प थिएन । तर आज आफैं फेरि मिसटिन हेर्न जाने निर्णय गरें ।
बिहिबार हेर्न गएको मिस टिन २०१५ को बारेमा केहि लेख्न मन लाग्यो । आज फुर्सद भएको अबस्था हो । सर्बप्रथक आयोजक तथा प्रतियोगि सबै सहभागिहरुलाई धन्यबाद अनि सम्मान । आयोजना गर्नु एकदमै सकारात्मक बिषय हो तर उहि आयोजकको पाचौं संस्करणको आयोजना स्तरलाई देख्दा सन्तोषजनक हुनसक्ने कुरै रहेन ।
२ बजे को शुरुवात समय पढेको थिएँ आधिकारिक आयोजना आयोजकको ईभेन्ट क्यालेन्डरमा । ल्यापटपलाई थर्मल पेस्ट लगाउनको लागि पुतलिसडक पुग्दा अलि अलमल परेछ सडकको छेवैमा बेच्न राखोएको टपरिमा पाईने भेज मो:मो खान थाल्नाले । १:२० मा पुतलिसडकमा भएको म, पचास नागिसकेको ठुलो भुँडि भएको, भयंकर साजसज्जा सहितको सफा पसलको ढोका छेउमै आरामदायि कुर्सिमा ढल्किएको मारवाडिले, आधा घन्टामा थर्मल पेस्ट हालिदिने बचन गरेकोलाई, खल्तिमा भएको मोबाईल झिकेर घडि हेर्दै ऊनको कुरा लत्याएर बेलुका ७ बजे फेरि आउने बाचामा हतार हतार राष्ट्रिय नाचघर तिर लागिहालें ।
नाचघरमा पहिले कहिलै प्रबेश नगरेको म यधपि नाचघर कँहा छ भन्ने थाहा थियो । बाईकलाई पार्किङमा राखेर भेज मो:मो ले पानि मागेको ले, पानि किन्नु भन्दा ऊखुको जुस किनेर पिउनु नै राम्रो लागेर नाचघरबाट उत्तरतिर फटाफट लम्किएँ । हिलाम्मे बाटोमा जसोतसो पाईन्टलाई र क्याटरपिलरलाई सफा राख्न हिलो अनि मान्छे छल्दै हिड्नु कम्ति मुस्किल काम थिएन । मान्छेहरु छल्दै हिलाम्मे बाटोतर्फ टाउको घोप्याएर ढिड्दै गर्दा अचानक अति सामान्य चप्पल लगाएका सेतासेता स्त्री तिघ्राहरुको हुलै देखेपछि टाऊको ठडाएर नहेर्ने कुरै भएन, कारण अझ भन्नु पर्दा सामान्य अबस्थामा जस्तो ऊनिहरुले लगाएको अति साधारण चप्पल र तिघ्राको सेतोपनाको सामन्जञ्य पटक्कै थिएन, तेसैले मैले हेर्नै पर्ने भयो । मैले हतपत टाउको ऊठाएर अनुहारतिर हेरें । पुरुषबानि न हो, अनुहार हेरि सक्दा नसक्दै आँखा ऊनिहरुको छातितिर पनि ठोकिईहाल्यो नि । अनुहारमा सामान्य अबस्थाको भन्दा अधिक श्रिङ्गार देखेपछि मैले तुरुन्तै अनुमान लगाई हालें यो ठुलो हुलमा हिँडिरहेका सुन्दर देखिने स्त्रिहरुनै हुन अहिले हुनलागेको प्रतियोगिताका सहभागिहरु । हातमा भएका पोकाहरु लाई हेर्दै गरेर स्त्रिहरुको सामुन्ने बाट अघि बढ्दा म निश्चय भएँ श्रिङ्गार अनुसारको लत्ताकपडा र जुत्ताहरु अबश्यनै ति पोकाहरु भित्र छ ।
पाँच मिनेट सोधपुछ सहित टिकट खरिद गर्न, दश मिनेट सरुक्षा जाँच अनि लाईन, अब मुस्किले पन्ध्र मिनेट बाँकि रहेको मनगणन्ते हिसाब लगाएर जुस पसल तिर हान्निदै गर्दा पुस्तक पसल देखेपछि झल्याँस्स याद आयो नगरककोटिको ‘मिस्टिका’ किन्नु पर्ने थियो । पुस्तक पसलमा भित्र पुगिसकेर पसलेको अगाडि ऊभिएको थिए “कुन किताब खोज्नु भएको ?” भन्ने प्रश्न सुनिसक्दा सम्मपनि मेरो आँखामा भर्खरै देखेको तिघ्राहरु झलझलि आईरहेको थियो । झसंग हुँदै “मिस्टिका” भनेछु । उसले हातैमा राखेर बसेको रहेछ किताब, तुरुन्तै म तिर तेर्साईदियो । प्रबिधिको बिकाशको लागि स्वाप मेसिनको आबश्यकता भएको वकालत गर्दै साहुजि सँगको एकैछिनको तितो पोखाई पछि पुस्तक लिएर हतार हतार निस्किएँ ।
हुत्तिँदै नाचघरको गेटैमा पुग्दा लाग्यो ठेगाना उल्टो परेछकि कसो ! कहि चहलपहल छैन सबै भन्दा ढिला पुगेको महशुस गर्दै हान्निएको म, चरो मुसो नदेख्दा छक्क परें । गटैमा ऊभिएका लुरे गार्डदाईलाई सोधेपछि पक्का भयो आयोजना स्थल तेहिनै रहेछ । “दुई बजे भनेको कोहि आएका छैनन , चार बजे शुरु होला , बस्नुहोस न, टिकट दिने मानिसहरु पनि अहिले अब आउलान्, एतै हो बस्नुहोस न ।“ अहो ! लुरे गार्ड दाईले यति भनिसक्दा खुट्हरुको बेग कम भईसकेका थिए । अब मैले परिस्थिलाई बुझिसकेको थिएँ , थर्मल पेस्ट हालेर आएको भएपनि कत्तिपनि ढिला नहुने अब्यबस्थित आयोजना रहेछ भन्नेमा पक्का भएँ ।
“हल जानेबाटो” लेखिएको सुचनासन्देश पढ्दै सामान्य भन्दा ढिला गतिले बाहिर बाटोबाट देखिने चाईनिज ईट्टाले सजिएको भब्य सभाहलतिर लम्कदै गर्दा, हिलाम्मे पाईन्ट र क्याटरपिलर लाई हेर्दै सोचें “साह्रै फोहोर छ कतै हलमा मैलाई सबैले हेर्नेछन, फोहोरि मानिस आएछ भन्नेछन् , सफाभुँईमा हिलाम्मे भएर प्रबेश निषेध छ भनेर फर्काउने पो हुन् कि , कतै पानि पाए धुनु हुन्थ्यो” भन्ने अनगिन्ति कुराहरु मनमा खेलाउँदै गर्दा भर्‍यांङ्ग ऊक्लिई सकेछु ।
आहा बचियो !!! म हिलाम्मे मान्छे त त्यो बाहिर बाटोबाट भब्य देखिने महलको लागि त अतिनै सुग्घरि मानिस रहेछु । भित्र हलै सम्म छिरें, हलको बाल्कोनिमा गएँ अनि स्टेजमा पनि गएँ । “आहा म त सर्बेसर्बा” आखिर कोहि त छैन हलमा, बाहिर लेज र चाउचाउहरु बेच्न बसेकि महिला बाहेक ।
हलबाहिरको लबितरबाट आएको दुर्गन्धलाई सहनै नसकेपछि सहनै नसकेर सोधिदिएँ लेज बेच्ने महिलालाई “सरकारि भबन हो ?” । “हो” । हलबाहिरको लबितरबाट आएको दुर्गन्धलाई अतिनै सहन नसक्दा फेरि ति श्रिङ्गारले सजिएका सेता तिघ्रा गरेका स्त्रिहरुको हुललाई संझिए, backend मा पनि एस्तै दुर्गन्ध त होलानि अनि ति सुन्दर स्त्रिहरु एहि दुर्गन्धको माझमा आप्नो पहिरन अनि शरिरमा अत्तर छर्दै होलान् ।
प्रतेक महिना या महिनामा दुई पटक सम्म पुग्ने QFX सिनेमा घरलाई घरिघरि संझिए । आखिर अधिकांश चाँहि तेहि हिलाम्मे शहर छिचोल्दै पुग्ने सिनेमा घर चाँहि सफाहुन सक्छ भने यो भबन चाँहि कम्तिमा नगनाहुने सम्म पनि किन हुन सक्दैन ।
दुर्गन्धलाई पचाउनै नसक्ने अबस्था भएपछि एकमन सोचें भैगयो टिकट किन्दिन अनि हेर्दिन “मिस टिन २०१५” । के एस्तै हलभित्र बस्दापनि निरन्तर गन्हाउने हो भने कम्तिमा २ घन्टा कसरि बस्नु ? एस्तो सोच्दै गर्दा, झट्ट मनमा आयो दर्शकहरुको हुल पक्कै ति सुन्दरिहरुको आफन्तहरु हुनेछन अनि तिनिहरुले पनि चर्कै अत्तर छर्किएका हुने छन् अलिअलि अत्तर मेरो जिउमा पनि छ, हामि सबैको अत्तर भएपछि त यो दुर्गन्धलाई माथ गर्न सक्ने छौं , अहिले पो म एक्लै छु मेरो अत्तरले मात्रै जित्न नसकेको हो । एस्तै एस्तै कुरा मनमा खेलाउँदै गर्दा म अडिटेरियमको प्रबेश द्वारमा घरि घरि पुगिरहेको हुन्छु कि कोहि मानिस त देखियोस यो दुई बजे शुरु हुने कार्यक्रममा ।
बन्दोबस्तिको ठुलो पोको भिरेको एउटा आकर्षक पहिरनको ठिटोलाई देखेपछि सोधें “सुन्नुहोस न ! टिकट कता किन्न पाईने हो?” ठिटो त छाँगाबाट खेसेको जस्तो अनुहार लगाएर हतपत “एकैछिन बस्नुहोस अहिले टिकट लिएर आईपुग्छन” । मनमनमा हलको दुर्गन्धबाट असन्षोस मैले भनिदिएँ “कताँ बसौं र म, बर्षौं देखि मप नगरिएको मार्बलको खालि भुँईमा?” तुरुन्तै जबाफ फर्कायो ठिटोले “एसो जानुहोस न बाहिर तिर घुमेर आउनुहोस एक घन्टामा” । बाहिर नजाने निधो गरेर बाटोतिर देखिने ठाउँमा नाचघरको मुलद्वार बाट भित्र छिर्ने प्रत्येकलाई हेर्ने, अनि एकजनालाई देख्ने आशामा ऊभिईरहें ।
करिब करिब एक घन्टापछि, अघिनै सोधपुछ गरेको ठिटोले झम्टिदै नजिकै आएर भन्यो, “तपाँईलाई टिकट चाहिएको होईन आऊनुहोस “ । ठिटोले तेति भनिसक्दा दुई बजे देखि टिकट किन्न ब्यग्र म ऊसको पुच्छर लागिसकेको रहेछु । किनेको टिकटमा नम्बर र स्थान केहि ऊल्लेख नगरेको देखेपछि मैले थाहा पाएँ जति पहिले अडिटेररियममा प्रबेश गर्‍यो तेति राम्रो स्थानमा बसेर हेर्न पाईने । ईन्टरनेटबाटै आफुले रोजेको स्थानमा सिटमा पँहेलो चिन्हो लगाए टिकट खरिद गरेर सिनेमा शुरुहुनु भन्दा, अझ कहिले काँहि त बिज्ञापन सहितको समयलाई पनि कटाएर ठिक समयमा पुग्ने बानि लागेको मलाई आज मेरो खुट्टा राष्ट्रिय नाचघर मा मिस टिन हेर्न जाँदा नराम्रमो संग गल्यो ।
एतिबेला कालो रंगको टिसर्ट लगाएको सेकुरेटिले अडिटेरियमको प्रबेश द्वार छेकेको रहेछ । म उसैको पछाडि ऊभिईदिएँ आखिर जता ऊभिएपनि ऊभिनुनै त छ । मलाई ऊभिएको देखेर एक पछि अरु मेरो पछाडि लामबद्द भएर ऊभिन थालेछन्, भित्र छिर्ने ढोकामा म पहिलो नम्बरमा ढोकामा ऊभिएछु । एकैछिनमा एउटा मिलेको अनुहार गरेको गोरे मानिसले आफुपछि पछि दुई चार जना मानिसलाई लेराएर मलाई बढो जोडले ठेल्दै ति मानिसलाई सँगै लिएर भित्र पस्यो । मैले बिरोध गरिन कुनै स्पेशल मानिस होला त सेकुरेटिले छोडिदियो । तर म भन्दा पछाडि ऊभिएकाले बिरोध गरे । “आयोजकको बुवा आमालाई नछिराए कसलाई छिराउने” अघिको त्यो अनुहार मिलेको मानिसले जबाफ फर्कायो बिरोधि हुललाई । ढोकामा सामान्य तबरले ऊभिएको मलाई ऊसको आत्मविश्वासी ठेलाईको जोडबाटै मैले पहिलेनै अनुमान लगाई सकेको थिए पक्कै आयोजक प्रमुख या उसको मानिस । ऊसको हेपाहा ठेलाई बाटै मैले अनुमान लगाई सकेको थिएँ ऊ कत्तिको लायक मानिस हो । पछि ऊद्घोषण भाषणमा थाहापाएँ मलाई हेपाहा ठेल्ने मानसि CEO महोदय हुनुहुँहो रहेछ आयोजक कम्पनिको ।
एक घन्टा पन्ध्र मिनेट ऊभिएपछि बल्ल अडिटेरियममा प्रबेश पाईयो । पहिलै कहिलै नाटक या सभाहलमा जानुपर्ने काम नपरेको, फिलिम हलको लास्टतिर बस्ने बानि लागेको मलाई थाहा थियो को लाईभ स्टेज प्रोग्राममा जति अघाडिको सिटमा बस्यो तेति राम्रो । जान पाहिने जति ठाउँ सम्मको लाईनको अग्रभागको बिचमा बसें ।
कार्यक्रम शुरु भयो, एकपछि अर्को गर्दै शुन्दर युबतिहरु र्‍याम्पमा हिँड्ने थालें । पाँचौं संस्करण आयोजना गरिरहेका आयोजकले, थोरै भएपनि ब्यबस्था गरेका साजसज्जा र बत्तिमा आकर्षक पहिरन लगाएर हिंडेका ति युबतिहरु सबैनै मिस टिन हुन लाएक थिए ।
एकपछि अर्को प्रतियोगिले आफ्नो परिचय दिन थाले , धन्न धेरै जसो प्रतियोगिले नेपालीमा भाषामा दिए आफ्नो परिचय । नेपाली शब्दावलिको कत्तिपनि ज्ञान नभएका अनि जिबनमा स्कुले पढाईको अनिबार्य नेपाली बिषय बाहेक कहिलै नेपाली पुस्तकहरु नपढ्नेहरुलाई कसरि नेपाली शब्दहरुको ज्ञान होस अनि जसको मद्दतले ऊकृष्ट शब्दाबलिको प्रयोग गरुन । मुस्किलले आफ्नो परिचय स्तरिय तरिकाले दिने प्रयत्न गरे ।
प्रतियोगिहरुको कमजोर स्तरको ब्यक्तिव्त अनि फराकिलो ज्ञानको दायराको कुरा गर्नु भन्दा अगाडि , पाँचौ संस्करण सम्म प्रतियोगिता आयोजना गरिसकेका आयोजकको क्षमता देखेर दया लागेर आयो । कार्यक्रम ढिला शुरु गरेर हो वा ब्यबस्थापन क्षमता नभएर , आयोजनाका ऊद्घोषक रोजिन साक्य शुरुदेखिनै हतार हतार आयोजना लाई कुदाउने शैलिमा प्रश्तुत थिए । हुनत प्रतियोहोहरुलाई शाक्यजि ले महिनौं देखि सँगत गरेका भएर होला, भर्खरै जजहरुको प्रश्नको ऊत्तर दिईसकेकि प्रतियोगिलाई ऊनले “भाषण होकि ऊत्तर हो” भन्न सम्म भ्याए । कुनै औपचारिक कार्यक्रममा प्रतियोगिहरुलाई गर्ने ब्यबहार कति सम्मको जायज हो मलाई थाहा भएन ।
एकपटक म जागिरको ईन्ट्रभ्यु दिन एउटा ठुलै कम्पनिमा पुगेको थिए । ईन्ट्रभ्यु ग्रुप डिस्कसनन शैलिको हुने जानकारि पाएँ । पछि थाहा पाएँ ग्रुप डिस्कसन चाँहि अँग्रेजिमा गर्नुपर्ने कुराको निर्देशन पाएपछि “म रुजन न्यौपाने , म भक्तपुर बाट आएको हुँ, अधिकांश समय नेपाली क्लाईन्ट सँग काम गर्ने यो संस्थामा काम गर्नको लागि, अँग्रेजि भाषामा ग्रुप डिस्कसन गर्नुपर्ने यो ईन्ट्रभ्यु मलाई दिन कुनै रुचि छैन, मलाई माफ गर्नुहोला !” भन्दै जुरुक्क ऊठेर हिँडिको थिएँ । यो प्रसंग जोड्नुको तात्पर्य चाँहि प्रतियोगिहरुको अति कमजोर अँग्रेजि भाषाको प्रयोग । मैले कुरा नबुझेको यो हो कि आखिर कनि कनि कुनै टुटे फुटेको अँग्रेजि बोल्दैमा कार्यक्रम बिशिष्ट हुने हो र ? अनि मिस टिनहरु ट्यालेन्ट हुने हुन् ?
कट्रिना, ज्ययाकलिन अनि हार्सा भोग्ले को अँग्रेजि लाई बाँकि बलिउडमा हिरोईन र प्रस्तोताहरु सँग तुलना गरेर एकै छिन सबैले सोच्नु पर्दछ, कि उल्था गर्दै बोल्ने होकि या आफुलाई अभिब्यक्त गर्ने । मेरि पाँच बर्षिय भतिजि अमेरिकामा जन्मेर हुर्कदै छे, ऊसले अँग्रेजिमा गरेको “वेदर फोरकास्ट” को भिडियो म प्रायस हेर्छु किनकि त्यहाँ छ बास्तबिक अभिब्यक्ति न कि ऊहि पाँच बर्षिय या भनौ रातो बंगलामा हाईस्कुल पढ्दै गरेको घोकन्ते अँग्रेजि घुसाईएका अरु बच्चाहरुले बोल्ने अँग्रेजि बिचको अन्तर । फ्रान्स, स्पेन, चाईना, जापान ले अँग्रेजि प्रयोग नगरिनै ठुला ठुला फुटबल लिग, ब्यापार, प्रबिधिको दुनियामा आफुलाई अग्रस्थानमा पुर्‍याउन सकेका छन भने हामिले कनि कनि अँग्रेजि बोल्ने कहिले सम्म ? मेरो मान्यता अँग्रेजि जान्ने हो, बुझ्ने हो, अति सुन्दर अँग्रेजि साहित्य पढ्ने हो अनि बोल्ने बेलामा जोड जोडले खुलेर नेपाली बोल्ने हो ।
मलाई आफ्नो ब्यक्तिगत रुपमा भन्नु पर्दा मिटटिन लगायतका ब्युटि कन्टेस्टमा प्रतियोगिहरुको बौदिक स्तर जाँच्न गरिने प्रश्नहरु बिनाअर्थको लाग्दछ । मेरो मान्यता सबैभन्दा राम्रि, राम्रो र्‍याम्पमा हिँड्ने अनि हट सेक्सि प्रतियोगिले मिस टिन लगायतका कन्टेस्ट जित्नु पर्दछ ।
भित्रै अनि मनै देखि एक्पोजिभ, सेक्सको बिषयमा एकदमै खुल्ला, कुनैपनि कुराहरुमा स्त्रि भाबना बाट परिस्थिति अनुसार बाहिर निस्कन सक्ने, सामाजिक रुपमा अतिनै खुल्ला, भाबना भन्दा प्रस्तुतितामक चातुर्यता भएका केटिहरु मोडलिङ, मिसटिन लगायतका कन्टेस्टका लायक हुन् ।
मैले पटक्कै नबुझेको बिबादास्पद बिषय चाँहि के हो भने , अधिकांश समय पुरुषलाई सुझबुझपुर्ण बेवास्ता गर्ने, कतिपय अबस्थामा या सामुहिक संगठनात्मक उदेश्य सहित पुरुष प्रति हेय भाबले प्रस्तुत हुने अनि तेहि पुरुषै पुरुषहरुको बाहुल्य भएको सुन्दरि प्रतियोगिता, मोडलिङ, मा पुरुषहरुबाटै ऊतकृष्ट छानिन चाहानु को लालच चाहि मैले बारम्बार नबुझेको बिषय हो । बास्तबमै यो सोचनिय कुरा हो मेरो लागि । यद्यपि एक नारिले समाजमा पुरुषहरुबाट सास्ति पाउनु परेको छ भन्ने आम मानिसको सोचाईप्रति मेरो पुर्ण सहमत कहिलै छैन । पुरुष सृष्टिको सुन्दर सृजना हो जसले आफ्नो आमालाई पहिलो माया दिन्छ अनि दोश्रो स्त्रिलाई । मनैबाट भित्रैबाट र अति कोमल भाबनाले हरपल कमजोर भएर मायामा लिप्त भईरहन्छ । एउटा पुरुष एउटै अनि एउटै अबस्थामा मात्र आफु कमजोर हुन्छ कि स्त्रिको मायामा । यो बास्तबिकतालाई बास्तबमै समाजमा प्राथमिकता दिईदैन ।
पाँचौं संस्करण सम्म आईपुग्दापनि पनि आयोजना ब्यबस्थापनमा एकदमै कमजोर थिए फ्यासन प्लस । कार्यक्रमको बिच बिचमा बत्ति निभिरहनु सामान्य भईसकेको थियो । एकपटक बत्ति निभेर हल पुरा अन्धकार भयो, लगत्तै कार्यक्रमा ऊद्घोषक आएर ब्यंगात्मक धन्यबाद दिए नेपाल बिधुत प्राधिकरणलाई । यसमा मेरो बुझाई चाँहि एस्तो भयो, सिधा भन्नुपर्दा जो चोर ऊसको ठुलो स्वर भने झैं बिगत सात आठ बर्षदेखि हुन थालेको चरम लोडसेडिङ्ग अनि पाँचौ पटक आयोजना गरिरहेमा आयोजना ब्यबस्थापकलाई थाहा थिएन र बिचैमा बत्तिजान सक्छ भन्ने कुरा ??? बैक्लपिक ब्यबस्थापनमा असफल हुँदा बिधुत प्राधिकरणलाई ब्यङ्गात्मक रोष पोख्नु मुर्खता हो बरु मेरो सल्लाहा छैठौं संसकरणमा बत्तिको बिकल्प ब्यबस्था गर्नु सोच्नु ऊपयुक्त होला रिसाऊनु भन्दा ।
प्रतियोगिहरु घरि सगरमाथाले आशिर्बाद दिएको छ मलाई भन्छन त घरि बिजनेश म्यान भएर समाजलाई सेवा गर्छु भन्छन । अनि अझै हास्यास्पद लागेको चाँहि ब्युटि प्याजेन्टमा सहभागि एकजना बाहेक सम्पुर्णको जिबनको ऊदेश्य चाँहि डाक्टर, नर्स, ईन्जिनियर बन्ने सपना रहेको रहेछ । कति भ्रमात्मक सपना । ऊदेश्यहिन यात्रा । मलाई दया लाग्यो हाम्रो समाजले हामिलाई नराम्रो सँग लादेको भबिष्यको सपना । एक नम्बरमा सगरमाथाले आशिर्बाद दिँदैन अनि अर्को बिजनेशम्यान ले सेवा होईन नाफा गर्छ ।

मलाई पनि बच्चा बेलामा सबैले सोध्दथे “तिमि ठिलो भएर के बन्ने भनेर ?” मेरो तैयारि जबाफ भनिहाल्थें “डाक्टर” । मनमनै चाँहि मलाई ड्राईभर बन्न मन लागेको हुन्थ्यो । यो ड्राईभर बन्ने सपना चाँहि कहाँबाट आएको भने, हाम्रो गाउँमा चल्ने जर्मनि गाडिमा ड्राईभर छेउकै अगाडिको सिटमा बा-आमाको काखमा बसेर अगाडि बाटो हेरेपछि त संसारै आफ्नो हुने रमाईलो सुरु हुन्थ्यो । घरि घरि ड्राईभरले स्टेरिङ र गियर चलाउँदै हाँकेको हेर्दै बाटोमा अगाडि देखिएको दृष्यहरु हेर्दै बागबजार सम्म पुग्दा त ड्राईभरनै बन्ने धोको लागेर आउँथ्यो । तेतिबेला सम्म मलाई थाहा थिएन नि आफैंले निजि गाडि किनेर चलाउन पाईन्छ भन्ने मलाई लागथ्यो कि त्यो स्टेरिङ त तब मात्रै छुन पाईन्छ जब ड्राईभर हुईन्छ । पछि ठुलो भइसक्दा पनि मेरो जर्मनि गाडिको अगाडि सिटमा बस्दा लाग्ने रमाईलो कम नभएको थाहा पाएँ जब एकदिन म सल्लाघारिबाट जर्मनि गाडिको अगागिको सिटमा बसेर यात्रा गरे त्यो दिन सिँहदरबार झर्नु पर्ने म रमाउँदै सोह्रखुट् पुगिसकेछु । अहिले चाँहि लाग्दै छ कि प्राण प्यारि सँग डेटिङ्ग नि तेहि जर्मनि गाडिको अगाडिकै सिटमा बसेर पो गर्ने हो कि हाहाहा ।

जब ति प्रतियोगिले “बाह्र गते भुईचालो गएको छ” भनिन तेतिखेर त म छक्कै भएँ, न नेपाली भाषा आउँछ न अँग्रेजि , अति कमजोर बौदिक स्तर ।
कार्यक्रमको सुरमा रिजाल हो कि रिसाल थर गरेकि एक पुर्ब प्रतियोगिले प्रस्तुत नाच हेरेर चाँहि नतमस्तक भए । गोडाहरु १८० डिग्रिमा फाटिन सक्छन, जिउ तेतिनै लचिलो छ, चाक साकिराको भन्दा पनि गज्जब हल्लिएको छ, अनि अद्भुत नाच । कति क्षमताबान हुन्छन यस्ता कुराहरुमा स्त्री । आहा कति सुन्दर सृजना प्रकितिको । साँच्चैनै रिजाल / रिसाल थरकि पुर्ब प्रतियोगि को नाच अदभुत थियो ।
प्रतियोगि पाँचै जनाको स्टेज प्रस्तुति चाँहि निकै तारिफ गर्न योग्य थियो । करि सुन्दर भेषभुषा, परबाट देखिएको सुन्दर जिउडाल अनि बयानै गर्न गाह्रो सुन्दर नाच ।
कन्टेस्टेन्ट नम्बर एक मेरो रोजाई थियो । ऊनले दिएको परिचय अरुको भन्दा ओजिलो थियो । मलाई चाँहि मिटटिन एक नम्बर कन्टेस्टन्ट लाई बनाउन मन लागेको थियो । रातो पहिरनमा सजिएकि ऊनि परबाट हेर्दा सुन्दर देखिएकि थिईन । ऊनका प्रश्नहरुको जबाफ शैलि पनि ऊत्कृष्ट थियो । जजहरुले गरेको पुरुष छनौटको प्रश्नमा सबैको रोजाई बुवा नै थियो एकजनाको बाहेक । सायद उनैले सिमटिन जितिन जस्तो लागेको छ मैले राम्रो ठम्याउन सकिन, एक त परबाट राम्रो सँग प्रतियोगिहरु बिच अन्तर छुट्याउन नसक्दा सबै एक समान झैं लाग्दै थियो दोश्रो कन्टेस्टेन्ट नम्बर ट्याग लगाईएको अलि सानो भएकोले त्यो पनि देख्न सकिएन ।
टोकन अफ लभ अनि याप्रिसिएसन हरु बाँड्दै गर्दा लुईटेल थरका आयोजक प्रमुखको बाबु घरि घरि स्टेजमा आईरहँदा सँगै आऊनुभएको आमा स्टेजमा ननिम्त्याईनुको कारण चाँहि ऊनले गोडा भन्दा निकै माथि लगाएको सामान्य गाढा रँगको रातो सारि थियो भन्नेमा मा बिश्वस्त छु । मेरो सुझाब या त परिबर्तन गर्न सहगोय गर्नु पर्‍यो या यथास्थितिलाई आत्मसाथ गर्दै आफ्नो आमाको सम्मान गर्नसक्नु पर्दछ ।
आयोजक हरु बढो हतासमा थिए, सहि ढँगबाट टोकन अफ लभ अनि याप्रिसिएसनहरु, बिजेता ब्याज लगाईदिन हतार हतार गरिरहेका थिए कारण मैले बुझ्न सकेको छैन । त्यो मलाई नाम थाहा नभएको बिजेता बिधा ऊल्लेख गरिएको सेतो रँगको खादा लाई अति हेपाहा पाह्राले भिराईदिनु लज्जास्पद थियो । अलिकति समय लिएर अनि स्मार्ट बनेर लगाईदिन सक्नु आयोजक अनि भिराईदिन स्टेज पुगेका प्रत्येक ब्यक्तिको दाईत्व थियो ।
जजले सोधेको प्रश्नमा सुरिएर अँग्रेजि भाषामा ऊत्तर दिन थालेकि प्रतियोगि बिचैमा अड्किएर रुने अबस्थामा पुग्दा चाँहि एकैछिन माया लाग्यो प्रतियोगिको । तेसैले त म बारम्बार आफ्नो भाषा प्रयोग गर्नुपर्ने कुरामा जोड दिन्छु , ओजिलो शब्द र ब्यक्तिव्त सहितको नेपाली भाषा अनि प्रस्तुति ।
अति आकर्षक पहिरनहरुमा सजिएका सुन्दर युबतिहरु, कालो सुटमा आँटिलो भएर ठडिएको आयोजक प्रतिनिधिहरु, प्रसंसा गर्न लायक उद्घोषण शैलि भएका रोजिन शाक्य, र्‍याम्पमा हिडेमा लचिला हिडाई, नृत्यहरु, प्रस्तुतिहरु, धिरज दाईको स्टेज पर्फमेन्स, बादलको “ठुलोदाई” गित सबै अति प्रसंसनिय कुराहरु थिए जसले मेरो मिसटिन २०१५ को हेराईलाई आनन्ददायक बनायो ।
समसाँझै घरछिर्नुपर्ने मेरो सामान्य आदद अनुसार आज त निकै ढिला भईसकेको थियो । कार्यक्रम सकिन नपाउँदै हतपत पार्किङमा हान्निए, महँगो पार्किङ्ग शुल्क बुझाएर , पुतलिसडकमा थर्मलपेस्ट हाल्न गएँ । मोटरसाईकलको एक घन्टामा घर पुग्न सकिने अबस्थामा पनि मलाई अगि रोजिन शाक्यलाई भएको हस्तो मनमा हताश भईरहेको थियो किनकि म सात बजे सम्म पुतलिसडकमै थिएँ ।
जति हतास भएपनि कहिलै हर्न नबाजाउने, कुनै गाडिलाई अनाबश्यक ओभरटेक नगर्ने, पैदल यात्रिलाई सकेसम्म प्राथमिकता दिने अनि अति सामान्य गतिमा मोटरसाईकल गुडाउने मेरो शुरुदेखिको आदत छ । धेरै सिसिको स्टाईलिस मोटरसाईकल, कहिले काँहि तिब्र गति अनि अल्याङ्ग पल्याङ्ग गर्दै मोटरसाईकल चलाउने काम मैले युबा अबस्थामा गर्न नपाएको/नसकेको कुरा मध्येको एक हो ।
पानिले रूझ्दै , अति मुस्किलले मोटरसाईकल हाँक्दै गर्दा पछाडिबाट कारले बजाउने हर्न चाँहि अति झर्को लाग्ने र रिस ऊठ्ने कुरा हो । अनि तेतिखेरै म आफुलाई कार्लमार्क्स बनाई हाल्छु अनि सुन्दर समाजको कल्पना गर्छु । अलि पर पुगेर साईकललाई ओभरटेक गरेपछि चाँहि म्याक्स वेबर, डेभिड रिकार्डो लाई संझिन्छु ।
दर्जनौ ठूलागाडिको हेपाहा हँकाई बाट बच्दै ज्यान जोगाउँदै, सयौं पानिले भरिएका खाल्डाखुल्डि छल्दै बाईकको सकको तालमा जिउलाई ऊफार्दै घर आईपुग्दा थकित हुन्छु । आफ्नो जेसिलाई माया गरेर, बाआमा सँगको गफ पछि, अनि कोठामा छिरेर मोबाईल खल्तिबाट झिकेर एसो स्क्रिनमा थिचेर हेर्छु कतै मिठो म्यासेज आएको छ कि, बाईकमा थाहा नपाएर प्यारो फोनकल छुटाएको पो छु कि । ---

स्कुल संझना

प्रायस हाल्फ टाईम भन्दा पछाडि अति बृद्द शरिर भएका पाले दाईले हरियो रङ्गको मोटो कभर भएको कापि बोकेर आएपछि जस्तो हर्षित कहिलै हुईदैन थियो । सानै बेला देखि स्कुल जान भनेपछी पटक्कै मन नलाग्ने हामि दुबै जनाको बानि थियो । त्यो हरियो मोटो कभर भएको कापि बोकेर बृ्द्द पालेदाईले ढोकाबाट सरलाई बोलाएपछि हामिलाई पहिल्यै थाहा हुन्थ्यो भोलिको लागि स्कुल बिदा हुने सुचना ।
जनै पुर्णिमा , जाईजात्रा , घोडे जात्रा, तिज सबै स-साना पर्बहरुमा पनि हाम्रो स्कुल तेहि हरियो कापिमा लेखिएको बेहोरा पढेर बन्द गरिन्थ्यो । आज त्यो हरियो कापि देखेर हुने हर्ष गुमाएको बाह्र बर्ष भएछ ।
जनै पुर्णिमाको बिदा चाँहि अलि बढि उत्साहापुर्ण हुन्थ्यो । सबैले बिदाको भोलिपल्ट नारिमा डोरो लगाएर आउने । कसको नारिमा कस्तो रङ्गको डोरो लगाएको रहेछ भनेर हेर्न उत्सुक हुने । प्राय जसोको नारिमा पँहेलो रंगको डोरो हुने गर्दथ्यो । अनि कोहि कोहिको नारिमा चाँहि स्पेशल रंङ्गको धागोको डोरो देख्दा आफुलाई पनि तेस्तै लगाउन मन कल्पिन्थ्यो ।
अर्को बर्ष पनि फेरि पुरेत बाजे तेहि पँहेलो रंङ्गको डोरो बोकेर आएको देखेपछि मन खिन्न हुन्थ्यो । गोह्रो नारिमा त तेहि पंहेलो रंङ्गको डोरो पनि आकर्षक नै देखिन्थ्यो, तर आफ्नो नारि चाँहि सँधै साईकल खेलेर अनि घामले डढेर सामान्य भन्दा पनि बढिनै कालो । सामान्यमा पनि गोह्रो त कहाँ हो र ।
अनि त्यो रंगिन डोरो लगाउने ईच्छा पछि सम्मपनि पुरा भएन । पछि एक बर्ष मैले सानो बेलामा खोजेको रंगिन डोरो बोकेको बृद्द पुरेत आईपुग्दा चाँहि मलाई झल्यांस्स याद भयो मेरो सानोबेलाको रंगिन डोरो लगाउने रहर । तर तेतिबेला सम्म मेरो बालापन हराई सकेको थियो । डोरोको रंगहरुले मनलाई हर्षित गराउन छोडिसकेको थियो ।

आजभोलि डोरो भन्दा पनि बयस्क ईच्छाहरुले डोरोलगाउने दिनको महत्वलाई कम गर्दै लगेको अनुभुत गरेको छु । यद्मपि अझै पनि मलाई गोरो नाह्रिमा लगाईएको रंगिन डोरोले चाँहि लोभ्याउन छोडेको छैन किनकि मेरो नारिको रंग त परिबर्तन भएको छैन नि !

कत्रो कत्रो हई दाइ ..


पुर्ण कालो बर्ण, गोलाकार अनुहार, नाक अलि थेप्चो, कपाल मसिनो गरेर काटेको करिब करिब खौरिएको जस्तो देखिने, ठिक्क उचाई भएको अनि दुई महिनाको छोटो समयमानै आकर्षक शरिर बनाई सकेको भाईले अति हँसिलो अनुहार लगाएर मलाई भन्यो । झट्ट भन्नु पर्दा ऊ चाँहि 'मेरि बास्सै' मा हुने बुढो पासा दाई जस्तै ।

नेवार समुदायको बच्चा भएकोले बच्चै देखि पुष्ट शरिर हुनु स्वभाबिकै हो । सबै चिनेजानेका केटाहरुसँग हात मिलाउँदा प्रायस मैले मेरो हत्केला चाँहि अलि बढिनै साह्रो भएको अनुभब गरेको हुन्छु । तर दुई महिना अगाडि त्यो हँसिलो अनि अतिनै सरल स्वभाबको पासा सँग हात मिलाउँदा चाँहि आफ्नो हात त मानौ कुनै केटिको हो जस्तो लाग्यो, कि पासाको हात तेति साह्रो रहेछ ।

धेरै महिना भनौं या बर्ष भईसकेको थियो मैले कुनै केटाहरु सँग बसेर केटिको फिगरको बर्णन नगरेको । अचानक पासाले आज मेरो अनुहार तिर हेर्दै भन्यो अतिनै हँसिलो अनुहारमा मलाई "कत्रो कत्रो हई दाइ ..." भन्दा एकछिन त म छक्क परें । पासा संग मुस्किलैले दैनिक हात मिलाउने र “कुन बेला आएको” भन्ने बाहेक कुनै गफ भएको थिएन ।

जिम क्लबको ढोकाबाट छिर्दै गर्दा लागेको थियो कि आज किन जिम सुनसान छ, खै सबै केटाहरु अनि जिमको दाई । आखिर कुरा तेस्तो होईन रहेछ, एउटा नयाँ केटि भर्खरै आजबाट आएकि रहिछ तेसैले सबैजाना तेतैतिर झुम्मिएका रहेछन् । मैले पनि एकनजर तेतैतिर पुर्‍याए । पासाले भनेको कुरा ठिकै थियो । आखिर पासाले तेसै म सँग भनेको थिएन तेति हँसिलो अनि भित्रै देखि गदगद भएर । शब्दहरुले पासा भाईको त्यो अनुहार बर्णन नै गर्न सकिन्न ।

“अँ , हो , मैले पनि याद गरेको थिएँ “ मैले पासालाई हँसिलो भएर जबाफ दिएँ । त्यसपछि पासाले अझै थप्यो “एदि हई दाई केटिले हुन्छ भन्यो भने हामि सबै केटाहरुले के गर्थ्यो होला हई दाई” त्यसपछि चाँहि मलाई पासाले सोचमग्न गरार्‍यो कि मलाई आजभोलि एस्ता गफहरुमा बास्तबमै रुचि थिएन । मैले जबाफ दिएँ “ तिमिले याद गरेको छौ भाई, बाटोमा कुकुरहरुको पोथि कुकुरको लागि भएको झगडा देखेको छौ? हो तेस्तै हुन्छ ।“ त्यसपछि पासा भाई धेरै बेर सम्म खित्का छाडि छाडि हाँस्यो , म चाँहि एस बिषयमा थप कुरा गर्न मन नभएकोले एक जोडि गह्रौ डमबेल बोकेर लागे परतिर भएको बेन्चमा । त्यसपछि पनि मैले त्यो कालो बर्णको साह्रै सोझो पासालाई हेरिराखेको थिएँ, खुब सँग खित्का छाडि छाडि एक्लै हाँस्दै थियो, पासालाई मेरो कुरा साह्रै घत परेछ ।

रातो युनिकर्न



बाटोमा आफ्नै शुरले मोटरसाईकल गुडाई रहँदा छेवैबाट धेरै सिसि को रातो रंगको युनिकर्न मोटरसाईकल ले ठक्कर दिनै लागेको जस्तो गरि ओभरटेक गर्‍यो । म झसंग भएर सकेजति आफुलाई बचाउन प्रयास गरें । अँ आजको लागि एति नै होला, यो भन्दा बढि समस्या झेल्न पर्दैन होला बाटोमा अब भन्ने सोचेर फेरि बिस्तारै अगाडि गुड्दै थिएँ ।

रातो युनिकर्नको पछाडि, अति तल कम्मर बाट ढाड सम्म, अनि तिघ्राको सम्पुर्ण भाग देखाउन मिल्ने ठाउँ सम्म देखाएर लुगा लगाएकि युबति थिई । मैले तेति याद गर्दै गर्दा रातो युनिकर्न देखिन छोडि सकेको थियो । बाटोमा दिनहुँ जसो एस्तै मोटरसाईकल, कार अनि ठुला गाढिहरुले हरेक दिन पछाडिबाट ठक्कर दिउँला जस्तो गरेर ऊछिन्ने हुनाले मलाई यो सामान्य लाग्न थालि सकेको थियो । यद्मपि मनमा डर त लागि हालेको हुन्छ । आखिर बाँच्न सबैलाई मन लाग्छ ।

हामि प्लस टु पढ्दा दुई जना केटाहरुले मात्र मोटरसाईकल लेराउँथे । एउटाले भर्खरै बजारमा आएको नयाँ रातो युनिकर्न चढेर आउँथ्यो । अनि बाहिर बाट हेर्दा निकै भद्र देखिन्थ्यो । अर्को चाँहि अग्लो कद गरेको , कलेजले दिएको हरियो प्यान्टलाई सुरिलो चुज बनाएर लगाउने कलेजको डन । बिस्तारै थाहा पाउँदा ऊ कलेजको मात्रै नभई पुरै उसको ईलाकाको डन रहेछ । उसले चाँहि थोत्रो जस्तो देखिने , पछाडिको पाँग्रा बढिनै मोटो भएको CBZ मोटरसाईकल लिएर आउँथ्यो । मोडिफाईड गरेको बाईक हो तेसको भन्थे, के के भन्थे मैले चाँहि बुझेको प्याडल मार्नु नपर्ने आफैं चल्ने अनि मट्टितेल होईन पेट्रोल हाल्नु पर्ने भन्ने अडकल लगाएको थिएँ । अनि मनमनै तेस्तै मोटरसाईकल चलाउन सक्ने हो भने त कलेज आऊनलाई चार बजे नै ऊठ्नु पर्दैन थियो होला भन्ने लाग्दथ्यो ।

रातो युनिकर्न चढ्ने भद्र देखिने हुनाले कहि समय पछिनै एउटि डल्लि अनि मोटि केटिलाई पछाडि राखेर हिँड्न थालेको देखियो । अनि CBZ चढ्ने डनको चाँहि पछि सम्म पनि कोहि केटि मोटरसाईकलको पछाडि बसेको देखिएन । हुन पनि कसरि होस हरेक एक शब्द को पछाडि छुद्र शब्द पनि झुन्ड्याएकै हुन्थ्यो । कहिले काँहि त सुन्नै मात्र पनि दिक्क लाग्ने । मलाई अहिले पनि याद छ, जे भएपनि त्यो CBZ चढ्ने डन केटा बास्केटबल चाँहि असाध्यै राम्रो खेल्दथ्यो ।

पछि केटाहरु कुरा गरेको सुनेको रातो युनिकर्न चढ्ने ले त केटि भगायो रे । अहो ! तेसको लगत्तै एक महिना पछि फेरि सुनियो तेसले त त्यो केटि छोडिदियो रे । तेसपछि बर्षै भरि त्यो केटाले हरेक नयाँ नयाँ केटिहरु भ्याउन थाल्यो रे भन्ने मात्रै सुनियो । आखिर समय थियो तेस्तै, मोटरसाईकल तेसमा पनि नयाँ रातो युनुकर्न अनि के लाईन नलागावोस केटिहरुलाई ।

करिब एघार, बाह्र बर्षबाटै शुरु हुने हरेक केटाहरुको यौबन अबस्था अनि त्यसको भोक मलाई चाँहि थिएन भनेर ढाँट्नु अनि असल देखिनु कुनै काम छैन । प्लस टु पढ्दा म पन्ध्र बर्षको मात्रै थिएँ । यौबनको भोक चढेको नि धेरै बर्ष भईसेको । केटिहरुको शरिरले लोभ्याउन थालेको तेतिबेलै बाट हो भन्दा फरक पर्दैन । मोटरसाईकल नभएपनि, आकर्षक शरिर नभएपनि, अनि एउटा केटि सँग कसरि गफ शुरुवात गर्ने सम्मको ज्ञान नभएपनि, केटिलाई हेर्दै मनमनै आफ्नो गर्लफेन्ड भएको कल्पना गरेकै हो । रातो युनिकर्न चढ्नेको जस्तो लाईन लगाउँदै नयाँ नयाँ बनाउने चाहाना नभएपनि , कलेजको क्यान्टिनमा खाजा खान जाँदा पनि एक्लै भएको दिन चाँहि कोहि केटि साथि भए हरेक दिन कलेजमा एक्लै हुनु पर्दैन थियो भन्ने लागेको थियो ।

टिक-टिक टिक-टिक आवाज आएपछि चाँहि असाध्यै मन रुन्थ्यो किनकि मलाई बिहान ऊठ्न भनेपछि पटक्कै मन नलाग्ने त्यसमा पनि जाडो महिनाको बिहान चार बजे ऊठ्नु पर्दा कसको मन नरोला । कहिले काँहि त्यो कुखुराको आकारको फ्रेम भएको घडिले समयमा घन्टि नबज्दिदाँ चाँहि आज कलेज जान भ्याइदैन भनेर सुतिदिन्थे । अहिलेको जस्तो सजिलो थिएन अलार्म राख्ने काम । अहिले प्लटु पढ्नेहरुलाई यो त अचम्मै हुन्छ होला । तेसबेला मोबाईल थिएन, फेशबुक थिएन । अहिले मलाई लाग्छ यदि म सँग तेसबेला मोबाईल फोन हुँदो हो त आफुले चाँहिएको समयमा अलार्म राख्न पाउँथे । कि झुक्किएर मध्यरातमा ऊठेर घरनजिकैको चौरमा बस कुर्न जानु पर्दैन थियो ।

फेशबुक नभएपनि, अलार्म राख्ने मोबाईल नभएपनि म प्रबिधि संगको परिचयमा चाँहि अगाडिनै थिएँ । त्येतिबेला ६ क्लासमा पढ्दा पहिलोपटक कम्पयुटर चलाउँदा, कम्युटर हतपत सबैले प्रयोग गर्ने बस्तु थिएन । मैले चाँहि ठुलोबाको घरमा चलाएको थिएँ । पछि घरमा डायलअप ईन्टरनेट चलाउँदै, फेशबुक नभएर के भयो त, याहुको पब्लिक च्याट रुममा च्याट गर्न बसेकै हो । बढो मुस्किलले पोर्नसाईटको भिडियो नखुले पनि नाङ्गा युबतिहरुको फोटोहरु खुलाएकै हो । केटिहरु सँग घन्टौं फोनमा कुरा गर्न नपाएपनि, पोर्नसाईट खुलाएर टेलिफोनको बिल धुनधान लेराएकै हो । कसरि यत्रो बिल आएको टेलिफोनमा भनेर घरमा सोधिने प्रश्नमा चाँहि , ईमेल चलाएर, गुगलमा चाहिनेकुरा हरु खोजेर, पढेर भनिदिने अनि आनन्दै । यो संझिदा चाँहि अहिले मज्जा लाग्छ । अहिलेको जस्तो त्यसबेलाको तुलनामा यति द्रुतगतिको अनलिमिटेड ईन्टरनेट तेतिबेला हुँदो हो त के हुन्थ्यो होला । दिनभर पोर्नसाईट हेरिन्थ्यो होला हा हा हा ।

प्लसटुको अन्त्य अन्त्य तिर मेरो मोबाईल भन्ने प्राईभेट कम्पनिको शुरुवात भएपछि चाँहि एक दुई जना केटाहरुले मेरो मोबाईलको सिम हालेर अति सामान्य मोबाईल फोन बोकेर आउन थालेका थिए । त्येसबेमा मेरो मोबाईलले प्रति मिनेट एक पैसामा फोन गर्न दिन्थ्यो त्यसो हुँदा ति दुई केटाहरु जुनैबेला फोनमा कुरा गरिरहेका हुन्थे । तेतिखेर नेपाल टेलिकमको सिमकार्ड चाँहि ३५०० पर्थ्यो , ईनकमिम कलमा पनि प्रतिमनेट चार रुपैया लाग्थ्यो अनि फोन गर्नलाई प्रतिमिनेट आठ रुपैयाँ भन्दा बढी लाग्थ्यो र अति सामान्य नोकियाको ब्याकेन ह्वाईट फोनलाई पन्ध्र हजार जति पर्थ्यो । एस्तो मा मोबाईल फोन बोक्ने कुरा सामान्य कुरा थिएन । आफुले आँखा लगाएको केटिले नि मोबाईल बोक्थि रे भन्ने गाँईगुई सुनेपछि चाँहि मोबाईल फोन चाहिएको थियो ।
जाडोमहिनाको ठन्डिमा पनि झ्यालमा सिसा नभएको भएपनि लास्ट बेन्चमा बस्नै पर्ने अनि अलि फटाहा जस्तो देखिनु पर्ने भुत चढेको थियो कलेज लाईफ भरि । पछि सम्मपनि त्यो भुत कायमै थियो । बसन्तपुरमा दिनहुँ कलेज बङ्क गरेर जाने । अहिले संझिदा चाँहि तेस्तो बेकारमा गरिएछ जस्तो लाग्छ । त्यसको औचित्य नै छैन बेकारको काममा लागिएछ ।

रिकरिङ ड्रिम भन्ने स्टोरि पढाउँदै गर्दा कयौं पटम बेन्चमै निदाउन खोज्ने कुरा मलाई अस्ति भान्जाको किताब हेरेपछि फेरि याद भयो । मलाई स्कुल कलेज जान मन कहिलै लाग्दैन थियो । पहिलै देखि क्रान्रिकारि स्वभाबको म, मलाई टिचरहरुले नोट लेखाएको पटक्कै मन पर्दैन थियो । मलाई ऊनिहरुको त्यो लेखाउने त्यो नोट भन्दा किताब किनेर पढ्न ठिक लाग्थ्यो । तर बाँकि कक्षामा हुने अरु साथिहरुलाई चाँहि नोट लेख्न पाए दंग हुने थिए ।

बिबिस थर्ड यएर, जिबनमा पहिलो पटक केटिलाई फोन गर्दा मुटु बढो जोड जोडले धड्किएर मानौं फुट्नै आँटेको जस्तो भएको मलाई अहिले पनि याद छ । आफुले मनपराएको केटिको, अनेक लामो बाटोबाट पत्ता लगाएको नम्बरमा फोन गर्ने ठुलो हिम्मत जुटाएपछि, अठार घन्टाको चरम लोडसेडिङको मार खेपिरहेको बेला बत्ति नभएर एक्लै बसिरहेको एक साँझ नम्बर डायल गरें । झन्डै फोन नऊठेको, अन्तिम रिङ्ग जस्तोमा फोन ऊठेपछि के बोल्ने के । जोड जोडले मुटु ढ्डकिएको मात्रै याद छ बाँकि एक मिनेट थर्टिनाईन सेकेन्ड के कुरा गरें मैले भन्ने मलाई याद छैन ।


समय सधै एकैनाशको हुँदैन । पहिलो पटक मुटुनै फुट्ला जस्तो डराएर फोन गरे देखि अहिले सम्म मैले कयौं केटिहरुलाई फोन गरें होला ति मध्ये कतिलाई मन पराएँ होला, कतिलाई प्रेम प्रस्ताब पनि राखें होला, कतिलाई बिनाकारण फोन गरें होला, अनि कसैलाई अथाहा माया अनि बिश्वाश गरेर फोन गरें । ति मध्ये कतिले मलाई मन पराए वा पराएनन मलाई थाहा छैन । मलाई अप्रत्यक्ष संकेतहरु पछ्याउन आउँदैन अनि कसैलाई मायाको बाचामा झुलाउन पनि जानेको छैन । मलाई समय भन्दा ठुलो केहि कुरा लाग्दैन, तेसैले समय भन्दा पछि प्राप्त हुने कुरामा कुनै स्वाद हुँदैन भन्ने राम्रो बुझेको छु । आखिर जिबन एक सझौता रहेछ । कसैले भनेको या लेखेको पढको थिए कि लाखौं मा कुनै कुनै मात्र त्यस्ता जोडि हुन्छन् जसले आफ्नो सच्चा जिबन साथि पाउँछन् । शुरुशुरुमा त मैले आफैंलाई तेहि लाखौ मध्यको एक भएको अनुभब पनि गर्थें । र अझै पनि भनौं न लाखौं मध्यको एक नै हो ।

आज अचानक बाटोमा रातो युनिकर्नले ठक्कर देला जस्तो गरेर लेराए पछि मैले प्लस टु देखिको मेरो समयलाई फर्केर संझिने मौका पाएँ । धन्यबाद छ रातो युनिकर्नलाई !

‌‍+2 संझना


कजराजे, कजरारे, तेरे कारे कारे नैना, तेरे नैना तेरै नैना तेरे नयनमे छुपके रहेना.....

केटाहरुले रक्सि पिएका थिए भन्ने मैले गन्धबाट थाहा पाएँ, नाचको ताल हेर्दा धेरैनै पिएका थिए, उता दाजुले पनि पिएको हो कि के हो मैले पत्ता पाउन सकिन ।

साक्षर संस्थापकहरुको कलेजमा पढ्दा भोग्नुपर्ने समस्या धेरै खाले हुनु रहेछ भन्ने मैले अहिले भन्न सक्छु । हुनत शिक्षित संस्थापकहरु ले अहिले संच्ञालन गरिरहेका कलेजहरु पनि कम्ति साम्यबादि नियमको झझल्को दिने हुँदैन होला भन्ने मैले - मोबाईल बोक्न नपाईने, मोटरसाईकल लैजान नपाउने एस्तै एस्तै नियमहरु सुनेर अड्कल लगाउन सक्छु ।

अँग्रेजि फिलिम अनि ईन्टरनेटको प्रयोगले मैले प्रोम नाईट, वेलकम, फेरवेएल प्रोग्रामहरुमा लगाईने लुगाहरु जानकारि राम्रै राखेको थिएँ । मैले तेतिबेला कालो सुट लगाएर गएको भए ति साक्षर संस्था्पक बुढाबुढिले मलाई कलेजको कुनै कोठामा लगेर थुनेर राख्नेका हुन्थे भन्ने कुरामा म निश्चित छु, कि मैले ति बुढाबुढि संस्थापकहरुलाई दुई बर्ष झेलेको थिएँ ।
हरियो प्यान्ट माथि सेतो मा हरियो धर्का भएको सर्ट लगाएर अर्को अनिबार्य कुरा चाँहि बोर्डिङ् स्कुलमा प्रयोग हुने फलामको टाउको भएको कपडाको बेल्ट लगाएपछि , हरियो स्वेटर लगाउने कि नलगाउने भन्ने दुबिधा गरेर नलगाएपछि फेरवेलको लागि तयारि भईयो ।

म अहिले भन्न सक्दिन हाम्रो समयका केटिहरुलाई फेरवेयलमा आउँदा - वानपिस, सारि, गाउन या एस्तै एस्तै लुगाहरु लगाउन मन थियो या थिएन, र अनि किन साक्षर संस्थापकहरु सँग बिरोध गरेरनन् ति लुगाहरु लगाउन पाउनको लागि, तर मलाई चाँहि त्यो हरियो कलेज ड्रेस लगाएर फेरवएल याटेन्ड गर्न पटक्कै मन थिएन, कालो सुट किन्ने पैसा नभएपनि , कालो टिसर्ट र निलो जिन्स चाँहि लगाउन असाध्यै मन थियो ।

कलेजकै प्राङ्गणमा प्लाष्टिककको मेचहरुको लाईन हरु राखेको, र आकाश तिर हरियो पाल टाँगेको , अनि अगाडि स्टेज । ति मेचहरुमा हरियो कलेज ड्रेसमा भएका केटाकेटिहरु भरिए पछि मनै खिन्न भयो अनि मैले झट्ट अङ्ग्रेजि फिलिम मा हेरेको पोर्म नाईट लाई याद गरेर परिहरनहरुमा कल्पिएँ अनि मनमनै साक्षर संस्थापकहरु सँग बिरोध गरें ।

उचाई सानो, ऊमेर अरुको दाँजोमा सानो, अनि तेति खुलेर बोल्न आँट नआउने लजालु स्वभाबको थिए म तेतिबेला । मैले पछाडिको हरफ रोजें बस्नलाई तेति भयो भने लाज कम हुने महशुस गरेर । तेतिबेलै देखि म चाँहि एक्लै हुने, सबै कता हो कता । रक्सि चुरोट ईत्यादि ईत्यादि को सँगत थिएन अनि त झनै एक्लो हुनुपर्ने त थियो नै । अनि त्यसपछी मलाई त्यो पछाडिको हरफमा बसेर स्टेजतिर हेरेर दिन बिताउन कति पनि रमाईलो लागेको थिएन । कुनै उत्साहा थिएन । कुनै रमाईलो थिएन । मैले तेतिबेलै देखि हो आफु सँगै केटि साथिको सामिप्यताको कल्पना अनि ईच्छा गर्न थालेको ।

क्लासमा सँगै पढ्ने केटिहरुले कजरारे, कजरारे गितमा नाचेको हेर्दा चाँहि खुबै अचम्म लागेको थियो कि नाच्न पनि मज्जाले जानेका हुन्छन भनेर । तेतिबेला सम्म चाँहि मलाई बुबिज, चाक, तिघ्रामा खासै रुचि थिएन, यो कुरा मलाई तेतिखेर याद भयो जतिबेला म पछाडि हरफमा बसिरहेको केटाहरुले “हेरन तेसको चाक कस्तो दामि छ” भनेको मैलै झट्ट सुनेपछि । अनि मलाई पनि नाच हेर्दै गर्दा , आफुपनि स्टेजमा गएर नबिन के. भट्टराईको गित गाएर पर्फर्मन्स गरौं जस्तो नलागेको होईन, तर खै र कला, शरिर, अनि सहयोगि सामिप्यताहरु !

याहु म्यासेन्जरमा आफुले प्रयोग गर्ने ईमेल बाट याड गर्ने आँट नआएर फेक याहु अकाउन्ट बनाएर याड गरेपछि लभसब को यात्रा शुरुभएको हो कि जस्तो लाग्छ । लबसभ भन्दा नि केटिप्रतिको आर्षण । बिनाअर्थको माया अनि सामिप्यता को खोजिको शुरुवात । तेतिबेलाको आकर्षण चाँहि तेहि फेक याहुबाट याड गरेर , एक पटक म्यासेन्जरमा hi भनेपछि सकिएको मलाई राम्रो याद छ । अहिले त्यो सबैथोक संझदा , यो माया, सामिप्यता, साथको भोक अनि त्यसको तिब्रता र म्याचुरिटि चाँहि उमेर सँगै बढ्ने रहेछ अनि तेति नै चोट पनि । त्यो याहुबाट hi भनेपछि को समय र अहिलेको समय सम्म आईपुग्दा धेरै प्रबिधिको प्रयोगको मात्रा बढेको छ र तेहि अनुसारको सामाजिक बिकाश पनि । प्रबिधिको अहिलेको अबस्थामा चाँहि कसैलाई फेरि मनैबाट hi लेख्ने ईच्छा छैन अब ।

काले, कालु, हिटलर, ओई, रुजने, भुजने, रु.... ..... ..... एस्तै एस्तै भनेको सुनेपछि चाँहि आफुलाई माया गरेको हो कि जस्तो लाग्ने रहेछ । तर बास्तबिकता चाँहि धेरै पर हुने कुरा चाँहि कजरारे कजरारे देखि अहिले सम्म आईपुग्दा राम्रो बुझेको छु । बास्तबमा ओसो, जे कृणमुर्ति हरुले बुझेरै भनेका हुने रहेछन् कि स्त्रिले पुरुषलाई कहिलै माया गर्दैनन् , ऊनिहरुले पहिला आफुलाई माया गर्छन् अनि सन्तान प्राप्ति पछि आफुलाई भन्दा बढी माया सन्तान लाई अनि यो बिचमा पुरुष कहिलै पर्दैन । पुरुषको आबश्यकता सन्तान प्राप्ति अति रक्षाको लागि मात्रै हुने गर्दछ भनेर लेखेको मैले कयौं पटक पढेको छु । ऊनिहरुले अझै बृस्तितमा के भनेका छन् भने स्त्रिहरु न्याचुरुएल्लि लेसबियन हुन्छन अनि यो पछी सम्मपनि तेहि स्वभाबमा हुन्छन् र कहिलै पुरुषलाई बिश्वास अनि माया गर्दैनन् । जे होस ओसोहरु, जे कृणमुर्ति ले भनेको साँचो नहोस भन्ने ठुलो कामना मात्रै गर्न सकिन्छ एक पुरुष भएको नाताले ।

पछि मैले फेरवेएलमा कालो कोट लगाएर जाने रहर चाँहि ग्याजुएड पढ्दा पुरा गरें । तर अफसोच, कोट लगाउने चाँहि म एक्लै थिए, कारण कलेजको संस्थापक फेरि ऊहि साक्षर नेवार थियो जसलाई कुनै औपचारिक कार्यक्रमको महत्व के हो थाहा थिएन, टिचरहरु पनि भाङ्ग्रे नै रहेछन भन्दिऊँ न अनि केटाहरु पनि सबै तेस्तै रहेछन् भन्नु पर्‍यो खै मलाई एक्लै पारिदिईहाले । अनि फेरवेएलको बास्तबिका मज्जा पनि गरें यो पटक चाँहि , कारण थियो आफुलाई समाजमा घुलमिल गराएँ । आफुलाई परिबर्तन गरें सामाजिक ढाँचा अनुसार ।

बेला अति सामान्य थियो, अनि म पनि तेहि अनुरुपको थिएँ । आफुलाई प्रोग्राम भन्दा पनि घर फर्किनु पर्ने समस्याले झस्काईरहेको हुने थियो, कारण मेरो घर पर गाँउमा थियो अनि तेसमा गाडिको ब्यबस्था नहुने तेसैले घाम आकाशमा निकै माथि हुँदा देखिनै घर फर्कनु पर्ने समस्या मेरो दिमागमा हुने गर्दथ्यो । म अतिनै सरल स्वभाबको थिएँ । मलाई आज पनि याद छ म त्यो दिन कार्यक्रम सकिन नपाई हतार हतार कोटेश्वरको बस स्ट्यान्ड तिर लम्किएर घर फर्किएको थिएँ, मेरो ऊपस्थितिको याद गर्ने कोहि थिएन भन्ने मा म निश्चित छु ।

क्यामेरा थिएन, मोबाईल थिएन, फेशबुकमा अपलोड गर्ने कभर , र प्रोफाईल पिस खिच्नु थिएन, साथीभाई अनि ग्रुप थिएन, जाँड रक्सि, चुरोट र गाँजा तान्नु र पिउनु थिएन - अनि त काम के भयो , फेरवेएल प्रोग्राम खासै रमाईलो हुने कुनै कारणनै भएन दाजुको साथि एकजना चाँहि बेतमासले नाचिरहेको देख्दा चाँहि लाग्थ्यो ऊसले टन्नै पिएको थियो जस्तो ।

लामो समयपछि आज याद गर्दा पनि मलाइ त्यो पातलो केटाको नाच उतिकै झलझलि आँखामा आईरहेको छ कारण हो ऊसले नाचेको बेतमासको नाच । आज मलाई तेस्तै नाच्न मन छ । बेतमासको नाच...

धेरै बर्ष पहिले बजेको यो गित अहिले सुन्दापनि तेहि दिनको याद आउने रहेछ । अहिले भन्नुपर्दा त्यो दिन रमाईलो थियो या थिएन मैले एसै भन्न सक्दिन तर तर बास्तबमै संझिदा प्यारो लाग्ने क्षण बन्ने रहेछ ।
Portion of my diary….

नाकाबन्दि २०७२ संझना



आजको दिन चाँहि एस्तो भयौ है साथिहो !

तेल सकिएपछि गाडि चढेर हिँडेको । लुगा लगाँउदा देखि , कपाल मिलाउँदा सम्म मन फुरङ्ग कारण , नारि डढ्ला भनेर जाकेट लगाउनु नपर्ने, जेल हालि हालि ठाडो ठाडो पारेको कपाल हेल्मेटले थिच्ला भन्ने चिन्ता भएन अनि त के चाहियो , तै मौकामा फेरि आज धेरै नै हिरो बन्न ब्याग पनि नबोकि लन्ठङ लन्ठङ हिडेको ।

हाम्रो गाँउको गाडि चाँहि रत्नपार्क सम्म जान्थ्यो अगिपछि, आज सल्लाघारि सम्म मात्रै रे, हतपत मैले "यो गाडि यहाँ सम्म मात्रै हो र?" भनेको थिएँ, ड्राईभरले फेरि मलाई भर्खरै अमेरिकाबाट आएको भन्ठान्योकि के हो कुन्नि, "यहाँ ओर्लिनुहोस, त्यो पुल तरेर पारि जानुहोस, तेताबाट काठमाडौं जाने गाडि पाईन्छ" मैले "धन्यबाद" भने, त्यसपछि मनमनै खुबै खुसिलाग्यो कि म त साह्रै स्पेशल पो देखिएछु त , कारण चाँहि मलाई थाहा भएन ।

मलाई चाँहि खुब रमाईलो लाग्यो है गाढि चढ्न, आफूले चालाउन नपर्ने , , राम्रि नराम्रि केटिहरु बाटोको छेउमा हिडेको हेर्दै, फिगर राम्रो नराम्रो मनमनै निर्णय गर्दै , झ्यालको छेउमा बसेर गाढि चढ्न खुब मज्जा आयो । तर पुरानो मोटरसाईकल, त्यो पनि ४० को स्पिडमा गुडाएर चढ्ने बानि लागेको मलाई पब्लिक बसको स्पिड चाँहि लाग्यो म रकेट चढिरहेको छु । झट्ट याद आयो म अरु दिन एस्तै तुफान र बेमतलबि तरिकाले बाङ्गो टिङ्गो चलाउने गाढिहरुको अगाडि हुन्छु , धन्न कति बचेर हिँड्नु ।

मुभि हेर्न गएको म पुग्दा छिटो भयो तेसैले न्युरोड हुँदै सिभिल मल जाने निर्णय गरें, हल्लिदै न्युरोडको बाटोमा हिँड्दै गर्दा , पाको मा एउटा पसलको बाहिर राखेको ब्याग देखें झट्ट चलाएँ, खुब मन पर्यो, भिरेर हेरें, असाध्यै मन पर्यो , पैसा भन्यो २०००, पैसा मरु , अभ कसो गरु ? झट्ट याद आयो , बैंकमा पो छकि, ATM मा गएर लेराएर भएनि किन्नै मन लाग्यो, गएँ ATM, खै, पैसा आएन, शायद पैसा मरुनै भा'को होला नत्र आई हाल्थ्यो नि , साहुजिलाई चाँहि सिस्टम डाउन भएर पैसा आएन भनिदिएँ, के पैसा रहेनछ बैंकमा भन्नु ।

ब्याग खुब किन्न मन लागेको ले एसो दिमाग घुमाएँ , कोहि साथिभाई छन् कि आज मागेर भोलि तरौंला, खुब सँग दिमाग रट्काएँ , साथि पनि छैनन् , कता कता पैसा बनाउनै मन लाग्यो । बच्चा भएको भए रुनु हुन्थ्यो त्यो पनि होईन । के गर्नु आखिरिमा मन नहुँदा नहुँदै ब्याग छोडें ।

एसो घडि हेरेको मुभिको टाईम भएर गएँ मल तिर, स्क्यालेटरमा मिनिस्कट लगाउने केटि अगाडि गए भने चाँहि म कहिलै पछाडि जान्न , कारण लाउनेे लाई भन्दा देख्ने लाई लाज भयो नि , सो एक छिन अलमल गरेर जान्छु यो चाँहि मेरो खान्दानि बानि एक्लै हुँदा , केटाहरु सँग भए चाँहि , सक्यालेटरको खुड्किलामा बस्नै पनि बेर लगाईन्न है , एक पटक ईलिभेटरको मुनि केटा सँग हदा बसेकै हो हाहाहा । आज मिनिटकट लगाउने अगाडि परि तेसैले झट्ट याद आएको यो कुरा चाँहि ।

कुरा फुस्कि हाल्यो, बैंक खातामा पैसा कति छ भन्ने चाँहि जानकारि मलाई नभएको होईन , बैंक खातामा ६०० रुपैया छ, म बास्तबमा अर्को बैंक खातामा पैसा छ कि भनेर ATM धाएको थिएँ, मुभि टिकट चाँहि घराबाटै किनेर गएको हुन्छु , तेसो भयो भने रोजेको प्लेसमा बस्न पाईयो, ढिला पु्दा पनि भयो नि ।

मैले खाने तिन चिज छ, लाटे, कोल्ड कफि, या कफि , मुड अनुसार, आज लाटेको पालो । मुभि चाँहि खासै मजाको लागेन तैपनि ठिकै छ , खैरेले नि गल्ति गरेछन मुभीमा त्यो चाँहि अचम्म लाग्यो । १९६० को काठमाडौं को एयरपोर्टको सिन तेस्तो नहुनु पर्ने हो बाबाहरुले भन्नु भए अनुसार त ।

चश्माको खोल हराएर ५० रुपैया फाइन तिर्नु पर्यो , म कहिलै सामानको लापारबाहि नगर्ने मानिस आज कसरि हराएँ थाहा भएन ।

आज बाईक नभएको , हेल्मट, ब्याग केहि नभएको , म त खालि खालि , खुब मज्जा लाग्यो , अनि धेरै बेर सम्म सिभिल मलमा मुभि सकिए पछि पनि घुमिरहें , एनडिज को आईसक्रिम होल्डर फ्रिज देखेपछि चाँहि नखाई भएन , बटर स्कज र थाहा नभएको अर्को फ्लेभर मिक्सस गरेर एक कोन आईस्क्रिम खाएँ भित्तातिर राखेको बेन्चिमा बसेर । तेहि बस्ता एउटा सेल्फि खिचेको छु , त्यो पनि त फेशबुकमा अहिले हाल्नु छ ।

न्युरोड , बसन्तपुर तिर हिँडेर बसपार्कमा आईपुग्दा त गाडिहरु त केहि छैन , परि हाल्यो नि फसाद, घर कसरि जाने होला अब , केहिबेर कुरेपछि आयो एउटा भिडमभिडा गाडि थिमि भन्दै , अनि चढें तेसैमा ।

सार्बजनिक गाढि चढ्न नि गाह्रो , मोटरसाईकल चढ्न नि गाह्रो । मानिसलाई जे गरे नि गाह्रो । जे होस मलाई चाँहि गाढि चढ्न मज्जा लाग्छ किनकि आफुले चलाउनु परेननि ।

थिमि देखि दुबाकोट सम्म हिड्नु पर्ने भयो, मारि हाल्यो ज्यानै जाने भयो अब ! बिस्तारै हिड्दै थिएँ , बसमा सँगै भएका कलेज बाट फर्किएका दुई केटि र एकजना केटाको ग्रुपलाई मैले बसबाटै अर्थपुर्ण हेरिरहेको थिएँ । पछि राधे राधे आईपुग्दा सम्म मैले ऊनिहरुलाई हेरिरहें ।

तर सल्लाघारि आईपुग्नु भन्दा अगाडिनै एउटा दाईले बाईक रोकेर "भाई घर जाने होईन" भनेको सुन्दा चाँहि साह्रै मनै दङ्ग भयो ...

Portion of my diary ....

Quotes

The man will come in search of her. She will not take the initiative, she simply waits – and she can wait infinitely. -- OSHO

मोटरसाईकल सर्भिसिङ्ग डायरी ।


मलाई टेम्पो चढ्न बच्चैदेखि रमाईलो लाग्ने जुन अहिले पनि तेतिकै रमाईलो लाग्छ । टेम्पोको ढोकाबाट ऊक्लिने ठाँऊ नजिकै सिटमा बसेर, एउटा हातले डन्डिलाई समातेर बसिरहँदा आफ्नो टेम्पो मन्द गतिमा अगाडि गुडिरहँदा, बाहिर पछाडिबाट आईरहेका अरु गाडिहरु, मोटरसाईकल, कार, साईकल हेर्न खुब रमाईलो लाग्छ ।

मलाई सानै पेट्रोल सर्टेजले पनि दु:ख दिई हाल्छ, हो हिजो तेस्तै भयो । पेट्रोल किन्न नपाएको र ट्याङ्कि पनि रित्तो भएको मौका छोपेर हिजो बाईकलाई सर्भिसिङ्ग गर्नको लागि छोडिदिने वा छिट्टै भए कुरेरै लेराउने निधो गरें ।

बाईकलाई दश बजे सर्भिसिङ्ग सेन्टर पुर्याउँदा अरु थुप्रै आईसकेका रहेछन् । पालो ढिला भयो । बेलुका पाँच बजेमात्रै लिन आउनुहोला भनिदिई । अब फसाद ! दुई तिन घण्टा त जसोतो बिताउने गरेको थिए तर हिजो त सात घण्टा कुर्नु पर्नेभयो ।

काठमाडौं शहरतिर बरालिने निधो गरें ।

सल्लाघारिको बस स्टपमा पुगेर बस कुर्दै गर्दा एउटा बस बसस्ट्यान्ड भन्दा परै रोकि हाल्यो, मौका एहि हो चढ्ने, त्यो एउटा सफा देखिने बस चढिहालें । बसमा सिट खालि रहेनछ । एसो उभिदै गर्दा खलाँसिले तुरुन्तै बस्ने ब्यबस्था मिलाईदियो ड्राईभर भन्दा पछाडिको बर्नेट माथिको तातो सिट ।

एक त गाडि गुडिरहेको भन्दा फरक दिशामा फर्केर बसिरहेको म अर्को अधबैंशे ड्राईभरको हँकाई । मैले हर्ने अँग्रेजि फिलिममा पुली सको गाडिले अर्को गाडिलाई चेज गर्दा खुबसित दायाँ र बाँया गर्दे बेतमासले कुद्ने गरेको देखेको थिएँ हो ठिक तेसैगरि कुदायो म चढेको बसको ड्राईभरले । म चाँहि दुईहातले बल गरेर डण्डि र भेटाएसम्मका कुरा समातेर अडिईन खोज्दै थिएँ । भारतिय नाकाबन्दि पछि फेरि हिजो निकै समयमा गाढि चढेर काठमाडौंतिर जाँदै थिएँ । झन्डै झन्डै दुई ठाँउमा बाईकलाई अनि एक ठाऊमा अर्को बसलाई ठक्करदिन बाट जोगिएर बस काठमाडौंतिर बेतमासले कुद्दै थियो । मैले चाँहि तेति तिब्र गतिमा अब्यबस्थित तरिकाले गाडि चलाउनुको कारण बुझ्न सक्दिन थिएँ तर अघिल्लो हप्ताबाट राम्रै बुझेको छु ।

तेहि मलाई अघि सिट मिलाईदिने खलाँसिले फेरि अर्को युबतिलाई तेहि म बसेको ठाँउतिर देखाउँदै “ अलि अलि मिलेर बस्नुहोस न” भन्यो । अलिकति पनि अरुको ख्याल नगरि आएर बसि खुब सँग धक्का दिँदै मलाई । तेसैगरि म बसेको भए सेक्सुल ह्यारासमेन्ट गरेको बिल्ला पाईन्थ्यो । मैले केहि नभएको जस्तो गरि निरन्तर झ्यालतिर हेरेर सकेसम्म गाडि हँकाईबाटबाट जिउलाई थमाउने प्रयासमा थिएँ ।

त्यो अगिको केटि घरि घरि कपाल चलाएर मलाई तेसैगरि हातले मेरो पाखुरामा ठक्कर दिइनै रहेकि थिई । बाहुन अनुहारकि सोह्र, अठार वा बिस बर्ष देखिने केटिको हर्कत झन झन बढ्दै गयो । म खलासिँले मिलाईदिएको तातो बर्नेट सिटबाट ऊभिएँ । खलाँसिले तुरुन्तै सोध्यो “दाई किन ऊभिनु भएको, झर्ने हो ?” । मैले होईन भने । फेरि अब त करायो “अनि किन ऊभिएको त अरु मान्छे चढ्दैन बाहिर बाट” । मैले घुँडाको बिरामि छु धेरै बेर बस्न हुँदैन भनिदिएँ ।

शहरतिर बरालिँदै गर्दा दुई ठाँउमा टेम्पो चढें । टेम्पोमा पनि अघि बसमा परेको समस्या झन बढि मात्रामा दोहोरियो । ज्ञानेश्वर जाँदै गरेको म जमलमै झरें ।

आखिर के केटिहरुले चाँहि जे गर्दापनि ठिक हुने हो त?

न्युरोडमा हिँड्दा या अन्य कुनै ठाँउमा बाटोमा अलिकति पनि पन्छिएर हिँड्नु नपर्ने रहेछ । यदि मैले पन्छिईन भने, शरिर छुनको लागि उद्द केटाको सँङ्ग्या दिए भईहाल्ने रहेछ । अनि छाताको घोचाई, जिउको ठेलाई, कपालको गन्ध, र अपरिचित छुवाई , अपरिचित गन्ध ।

हो म पनि हेर्छु हरेक पुष्ट छातिमा, हरेक नाङ्गिएका तिक्राहरुमा, हरेक छिनेका कम्मरहरुमा, हरेक क्रप टिसर्टबाट देखिने बाँकि भागहरुमा र हरेक चाकहरुमा तर मलाई हेर्नमा मात्रै पर्याप्त छ ।

मलाई अपरिचित मुस्कान बाहेक अरु केहिपनि चाँहिदैन । एदि अनुहारमा एक अर्कामा सन्मुख परेर हेरियो देखियो भने मन्द मुस्कान गरेर हिँडिदिए पुग्छ अनि मलाई पनि तेसै गर्न ठिक लाग्छ ।

दिनभरि ठमेल, न्युरोड, बनसन्तपुर, दरबारमार्ग, ज्ञानेश्वर, लाजिमपाट, नक्साल, तिर हिँड्दा खुब सँग पुष्ट छातिहरु, नाङ्गिएका तिक्राहरु, छिनेका कम्मर, र चाकहरु हरें ।

प्रेमिल जोडिहरु हरें । नाम्लोले कपाल जम्मै झरेका परिश्रमि ईमान्दार देखिने मानिसहरु हेरें । पसलहरुमा सजाएर राखेमा पहिरनहरु हेरें । फुर्सदमा म जस्तै बरालिएर हिँडिरहेका केटाहरु हेरें । टाई सर्ट लगाएर कालो ब्याग हातमा झुन्डाएर हतारमा हिँडिरहेका अधबैंशे पुरुषहरु देखें । पान खाँदै गरेका ठुलो भुँडि भएका मारवाडिहरु देखें । पानिपुरि बेचिरहेका कालो मधिसेको ढाडिएका हातरहरु अनि त्यस वरपर झुमिएका अति राम्रा देखिने गोरा केटिहरु हेरें । अति महँगो रेष्टुरामा प्रेमसाटासाट गरिरहेका प्रेमिल जोडिहरु देखें । अति सामान्य खाजाघरमा म जस्तै पेट भर्न पुगेका केटाहरु देखें । बसन्तपुरमा मस्तसँग गाँजा तान्दै गरेका युबा युबतरिहरु देखें । नेपालको झन्डा बोकेर दिनभर बसन्तपुरतिर रलिईरने मानिस देखें । खैरे खेरिनिहरु ठमेलतिर ठुलो ब्याग पछाडि भिरेर लम्किँदै गरेको देखें ।

दुईपटक खाजा खाएँ, दिउँसो १ बजे समोसा खाएँ अनि पछि तिन बजे चाउमिन खाएपछि भक्तपुर तिर फर्किनको लागि एउटा अर्को सिट खालि भएको बस खोजेर चढें ।

अर्को दुई घण्टा सरभिसिङ्ग सेन्टरमा बसेर बाईकलाई कुरेपछि बल्ल घर फर्किने समय भयो ।
टिलिक्क टल्किएको भर्खरै मर्मत गरेको मेरो निलो बाईक चढेर दङ्ग हुँदै घर फर्किएँ ।

LOVE

.......कपालमा रँग लगाउनु अगाडि, आँखामाथिको आँखिभूँई प्राकृतिक रुपमा जथाभाबि छरिएर ऊम्रिएको बेलामा, आँखामा तल वा माथि गाजलहरु लगाउनु भन्दा अगाडि, हातका अम्लाका नङ्गहरु टोक्दा टोक्दा निकै भित्र दबिएर कुरुप भएको बेलामा, नङ्गमा रँग लगाउनु अगाडि, ओठमा लालिको रंग थप्नु भन्दा पहिले,पुरुषहरुको पाखुरामा तिम्रो नारिले बेरेर झुन्डिनु भन्दा अगाडि, अनेकौं साथिहरुको आलिङ्गनमा बेरिनु भन्दा पहिले, म्यासेजको लामो लामो रिप्लाई गर्नलाई आग्रह अनि जिद्दि गर्ने बेलामा, फोन कल गर्नलाई आग्रह गर्ने बेलामा, तिम्रो फोन चलाउँदा बिना संकोच चलाउने दिने बेलामा, त्यो मेरो कपालको झराहरु ऊख्लिने गरि तान्ने बेलामा, आफु सँगैको साथिलाई छोडेर परतिर लगेर कुरा गर्ने बेलामा न कि यो किन आएको होला यो यहाँ भनेर मनमनै सोच्ने बेलामा, समाजको अनगिन्ति कुराहरु सिकेर धनसम्पति र सुरक्षाको छनौट गर्न सिक्नु भन्दा अगाडि, मैले सिमा नाघेर जानिजानि गरेका ति गर्ननहुने कुराहरुपनि सजिलै सुनिदिने बेलामा, जुठो मोमो जबरजस्ति कोचाईदिएको दिनमा, अनुहार बाट सनस्कृन र क्रिमको कृतिम बास्नाको साटो प्राकितिक छालाको अरोमा आउने बेलामा, च्यातिएका पाईन्ट कहिले ढाड देखिने कहिले भूँडि देखिने त कहिले तिक्रा देखिने पहिरन छनौट गर्नु भन्दा अगाडि, मेरो अनुहारमा हेरेर मनैदेखि हाँस्दा ति देखिने दाँतहरु पँहेलो भएकै बेलामा, बाटोमा हिँड्दै गर्दा सुसु गर्ने ठाँउ सोध्ने बेलामा, तिम्रो खुला र एकदमै प्यारो दिलले म सँग ठुलो ठुलो स्वरले बिना संकोच कुरा गर्ने बेलामा, पहिलो पटक भेट हुँन थाल्दा भागेर अन्तैतिर बसेको बेलामा ........... हो तेहि बेलामा हो मैले तिमिलाई माया गरेको, मैले तिमिलाई अँगालोमा बेर्न चाहेको , तिमिलाई छुन चाहेको, तिम्रो स्पर्शको महशुस गर्न चाहेको, तिमिलाई फेरि फेरि देखिराख्न चाहेको र तेतिबेलै देखि सँधैकोलागि आफुसँगै राखिराख्न चाहेको ।

एकदिन फोटो कन्सर्नमा फोटो खिचाँउँदा

फोटो कन्सर्नमा फोटो खिच्न गएँ आज, पैतृक जगमा सन्चालित नाम चलेको फोटो स्टुडियोको क्षमता पनि जाँच्न पाँए ।
कमजोरि यस प्रकार रह्यो ।
> आँखाको नानि अलि बढि माथितिर हेरेको जस्तो भयो, मैले फोटोग्राफरलाइ एक पटक भनेको थिएँ "अलि माथि भएन र ट्राईपोड" । ऊसले सुनेन मेरो कुरा । म अति सामान्य ग्राहक थिएँ उसको लागि ।
> फ्ल्यास धेरै भएर आँखाको नानिमा रेड आई टाईपको फ्ल्यास बर्न आयो प्रस्टै सँग ।
> टाउको ढल्किएको कुरालाई फोटोग्राफरले भन्नु पर्थ्यो ।
> फोटो काटेर दिँदा एकनास साईजमा छैन , अति सामान्य कैंचिको प्रयोग अझै गर्दै छन् ।
> फोटो प्रिन्ट गरेर दिएको पेपरको क्वालिटि सबैले नचिने पनि मैले चिनें तेस्तै अरु पनि कोहि हुन्छन् जसले चिन्छन् । कम गुणस्तरको काजग प्रयोग गरेको पैसा लिएको तुलनामा ।
> बिल दिने प्रचलन जतिसुकै ठुलो सँस्था भएपनि छैन ।
> ग्राहाक सँग बोल्न जानेका छैनन् । सँस्थागत कुशलता पटक्कै छैन ।
> पार्किङ्ग छैन ।

यसरि मैले फोटो कन्सर्नको क्षमता जाँच्ननैको लागि आज म त्यहाँ फोटो छिचाउन गएँ ।
पैतृक जगमा ब्यबसाय गरिरहँदा पनि अझैपनि कार्यकुशलता अनि क्षमताको बिकाश पटक्कै भएको छैन । मैले त्यो पैतृक जग पाएको भए आज मल्टिनेशनल कम्पनि बनाईदिई सक्थें अनि म यो दाबिको सााथ भन्छु हो म जे पनि राम्रो काम गर्न सक्छु ।
म हरेक काम निकै कुशलताका साथ गर्न सक्छु । मेरो बाबाको कुशलता र गुण म मा अझै निखारिएर थपिएर आएको हो । मलाई देउ CEO कुनैपनि सँस्थाको जहा मेरो रुचि छ तेसलाई म बिश्व स्तरिय मल्टिनेशनल ब्रान्ड बनाएर स्थापित गराईदिन सक्छू ।
हो म सबैभन्दा बेस्ट छु मेरो लागि । म सारा बिश्वलाई नेतृत्व गर्न सक्छु र राम्रो गर्न सक्छु ।

Sorry for my grammertical error

I saw her waiting something on bus stand right after I dropped brother's brother-in-law from my favorite blue color motorcycle. Looking tall and standing right up on the bus stand's road brim which making her ever taller among others. Beautifully putting black sun glasses on glowing white face, wearing skinny black pant and glimpse of white foot in between of those pant and the footwear. I'm hardly trying to remember the upper part of the cloths and her body but I failed just because I love her, else I will first notice the chest and the top rather than others. I saw her frequently on so many places even I'm driving bike because I was searching her every second on my eyes and that is my biggest mistake ever. Last time I saw her was while she was crossing road with her best friend in so negligence way, even so fast running car on AH42 have to stop for her.

Suddenly I feel like stopping my motorcycle throttle slow slow and slow for forever to stop right in front of her and couldn't stop myself form requesting her to ride together with me on my back. I don't feel like going ahead. If there is on road divider I would take U turn and keep look at her again and again until she disappeared.

...and I started to take a look at bus window whoever overtakes me from right of left of me in search of her. I kept doing that until I reached the Putalisadak. My mistake!!! I should have look at bike other bike's back too!

She was my final crush ! (based on physiological study Crush is only last for four months if it is more than 4 then it is Love). I don't have any word to call her.

Its already 2 days past but on my eyes I only see that lady Standing on bus stand.

.....

LOVE

कान समातेर ऊठबस गर्छु भनेको हिजै जस्तो लाग्छ ... # 5

LOVE

ईन्स्टाग्राममा फोटो सेभ गर्न मिल्ने अप्सन नहुँदा, हरेक फोटोको स्क्रिन सट लिएर फोटोसपमा क्रप गरेर चट्ट पारेर सबै फोटो फेशबुक र ईन्स्टाग्राम बाट बटुलेर आईफोनमा फोटो हाईड गर्ने पेड आ्याप किनेर लुकाएर राख्ने मै हुँ ।

I like this Quote

“ Which of my photographs is my favorite? The one I’m going to take tomorrow. – Imogen Cunningham

Love

"तिमीले म भन्दा धेरै राम्रो पाउँछौ"
ऊसले धेरै अगाडीनै मलाई बिदा दीईसकेकी रहिछ । बिस्तारै अहिले बुझ्दै छु । मुर्ख म नै हो ।

LOVE

तिमीले बिदेश जान थालेको भन्ने सुनेपछि, अाकाशमा ऊड्ने सबै जहाज देखि रिस उठ्थ्यो । जहाजको आवाज सुन्दा मनै चिसो हुन्थ्यो ।

LOVE

कपालमा रँग, आँखिभुँइ सिरीक पारेर मिलाउन थाल्नु भन्दा अगाडि, लिपस्टीक र गाजल लगाउन थाल्नु भन्दा पहिले नै मैले तिमीलाई खुब राम्री देखेको हुँ । तेति बेलैदेखि मनपराउन थालेको । माया लागेको । साथ पाउने आशा लागेको ।

New Year Wishes

ठ्याक्कै एक गते आज । गणित अनुसार नयाँ बर्ष । तर जिबन गणित जस्तो पक्कै छैन । गणित दुई चरम बिन्दु जस्तो हुन्छ, एक सहज र अर्को जटिल तर जिबन यो दुई बिन्दुहरु बिचमा हुने गर्दछ । जिबन रिलेटिभिटि को सिद्धान्तमा चल्ने रहेछ ।
जिबन भुतकालको समग्र योग जस्तै रहेछ ।
कुनै भु-भागहरु, ब्यक्तिहरु अति असल वा अति खराब दुबै पक्कै रहेनछ, यि सबैले रिलेटिभिटिलाई पछ्याउने रहेछन् ।
अलिकति शालिन, अलिकति धैर्यबान, अलि कम मोह, अलि बढि माया र अलि बढि कोमल बन्ने प्रयत्न गरौंन, र समग्र योगलाइ अझै बढि उत्कृष्ट बनाएर छोडौं न ।
सबैलाई नयाँ बर्षको शुभकामना ।

LOVE

अहिले थाहा पाउँदै छु, कान कमजोर रहेछ । तेतिबेला तिमीले त्यो ठुलो ठुलो स्वरमा बोलेको प्रस्ट सुनेछु । स्त्रि कपटता सुरुहुनु भन्दा पहिलेनै भेट भएको तिमीलाई मैले तेतीबेला भनेको थिएँ "चेन्ज नहुनु है" । पछी सबै बिस्तारै बदलिँदै गयो । मैले त्यो प्रस्टसँग सुनेको तिम्रो त्यो स्वर सुन्न पाउन छोडें । "गर्लफ्रेन्ड बनायौ ?" एस्तै एस्तै भन्दै अप्रत्यक्ष बिदा दिएको पनी बुझेको थिएँ, तर के गर्नु त्यो प्रस्ट सुनेको तेतिबेलाको स्वच्छन्द बोलि र आवाज बाँचुन्जेल सुन्ने मोह पलाएछ ।

Love

दाजुले बिदेश बाट आउँदा लेराको चकलेट तिमीलाई खुवाउन एक मुठि लुकाएर राखेको थिएँ ।

Labels:

Remembrance

Now, back in home. A very nice trip to Janakpur. I am so glad for loving hospitality, little love and way more respect.
Thank you Mukund Buwa for giving a lot of time and togetherness, for arrangement of easy ride and site seeing Pratik did very nice job and after all for those grand lunch, dinner Rama Momy was very excellent.
How could I forget this trip!
Actually, That was awesome relatives visit.

LOVE

साँचेर राखेको केहि जोर नयाँ जिन्स पाईन्टहरु, टिसर्टहरु, हेयर क्रिमहरु, परफ्युमहरु अब ढुक्कले लगाउन, मैलाउन र सिध्याउन पाउने भएँ । अब तिनिहरुको चमक फिक्का हुनेछन्, बासना कमै फैलिनेछ र ति हत्केलाहरुले मेरो कपाल फेरि कहिलै समात्ने छैनन् त्येसैले अमेरिकन हेयर क्रिम थुपार्नु र साँच्नु बेकार छ ।

Labels:

LOVE

म त तिम्रो निश्चल बालापन आँखामा मोहित भएको नि, सनग्लास पहिरिएको भब्य शहर र समुन्द्रको पार्श्वमा होईन ।

LOVE

I don't remember when I like your shiny sunglass which always covers your eyes, the most expensive perfume which resist the world best fragrance which nobody can buy, the short cloths which make you naked, the tight jeans which always make you uncomfortable to stretch your leg freely, your colored hair which change you to blond girl from my cute child, your posed photos for Facebook post which is not the real one which is you.....

LOVE |

Now, how to impress you?
I don't know the food other than भात, Chow min and Momo. I only know few coffee, tea and the Lassi of indrachock. I don't live in the physically enriched country. I don't have a cozy 4 wheeler or not even a nice motorbike. I don't earn single penny. I have a plenty of ATM card but zero bank balance. My physical appearance is not well structured like Salman Khan. Never traveled alone, and barely know the places. The home where i live is very far from public transport where you can't choose quickest bus brand, rather you have to practice all short of things to get enter into bus... and so on...
I know you don't even time to read all this senescence or you hardly remember me once in a day.

But I'm together with you every millisecond....

Feelings | Love

आँखा झिम्क्याउने समय बाहेक, बाँकि अरु सबै समय उसलाई देखिरहुँ भईरहेको मिठो पलमा उसलाई चाँहि आईब्रो थ्रेडिङ्ग गर्न जानुपर्ने कामले महत्व राखेको थियो । सृष्टिको आदि -देखि अन्त्य सम्म यो चलिनै रहने छ ।

Labels: ,

युक्ती (Qoutes)

"जब सम्म स्त्रिहरु पुरुषको जाङ्घ र चाकबाट लोभिँदैनन् त्यतिबेलासम्म ऊनिहरुले पुरुषहरुलाई आफ्नो प्रयोजनको लागि मात्र मतलब गर्दछन् ।" — Rujan Neupane

Original Date Posted" 2013 Dec 14"

Labels: ,

Saturday, July 21, 2018

ओम शान्ति यात्रा संस्मरण- राजस्थान, भारत ।


सगमाथा बेस क्याम्पतिरको यात्रा सकाएर घर आईपुगेको साता बित्न नपाउँदै छिमेकि अंकलले अर्को यात्राको लागि बताउनु भयो ।

यो यात्राको ठेगाना जसरि प्रष्ट सँग दिन सकिन्छ तेतिनै यात्राको गन्तब्यमा पुगिने सँगठनको परिचय दिन तेतिनै मुस्किल छ । यस बखत म यसलाई के नाम दिउँ निकैनै जटिल भईरहेको छ । सबैले भन्ने ओम शान्ति भनिदिँदा उचित होला । ऊनिहरुको धेरै किसिमको नाम र परिचयहरुको माझमा म मेरो यात्रा संस्मरणको यो पुरै लेखभरिमा ओम शान्ति ऊल्लेख गर्ने छु ।

यस यात्राको लागि ओम शान्तिको सँगठनमा हुनुभएको अंकलले सह्रदयि भाबले मलाई पनि छान्नु भएकोमा म ऊहाँप्रति आभारि छु ।

अध्यात्म छ नै तेस्तै तेसैलेत होला यस संस्था सँग सम्बन्धित प्रश्नहरुको उत्तर मैले पनि कहिलै सहज किसिमको पाएको छैन, यद्मपि मनमा धेरै किसिमको प्रश्नहरु तथा जिज्ञासा हुनु स्वभाबिक नै हो ।

यो यात्रा अहिले सम्म मैले गरेको यात्रा मध्येको निकै टाढाको थियो । माऊन्ट आबु, राजस्थान, भारत । पहिलो पटक यातायातको साधन रेल चढ्दै थिएँ ।

एघार दिनको यात्रामा पहिलो दिनको बसाई ओम शान्ति बिरगन्ज थियो ।

एकाबिहानै प्रफुल्ल मुद्रामा फोटोहरु खिच्दै घरबाट बिदा भएर छिमेकि अंकलको घरमा पुगियो । ओम शान्ति समुहको मुरलि सुनेर यात्राको लागि बिदाई सत्कार पछि  हामि बिरगन्जको लागि चढ्नुपर्ने टाटा सुमो(जिप) को लागि गौशाला पुग्ने भयौं । ब्यागको ठुलो भारि पछाडि भिरेर अंकलको मोटरसाईकमा बसेर गौशालाको लागि बढियो । सहयात्रिको रुपमा छिमेकि चिनजानका दाजु थिए तर पहिला खासै गफगाफ हुने गरेको थिएन । यस अर्थमा म यसपटक नितान्त एक्लै यात्रा गर्दै थिएँ ।

बिस्तारै मलाई एक्लै यात्रा गर्न मन लाग्न थालेको छ । सहयात्रि सँग धेरै थरिका सामञ्जस्यता तथा तालमेल मिलाउनु पर्ने याबत नियमहरु देखि वाक्क भएर म नितान्त एक्लै यात्रा गर्न रुचाउने भईसकें । कि म मेरो बाबा सँग यात्रा गर्छु अथवा एक्लै । यो नै सबैभन्दा उत्तम बिकल्प रहेछ ।  

दक्षिणकालि, भिमफेदि हुँदै हेटौंडा सम्मको यात्रा  टाटा सुमोको यात्रा त अभ्यस्त भईसकेको थिएँ तर यसपटको यात्रा बिरगन्ज सम्मको थियो । बिरगन्ज तेतिकै पनि प्यारो लाग्न थालिसकेको थियो / छ। अध्यात्मले थोर बहुत प्रभाभित गरेको मलाई, मैले दृढ निश्चय गरिसकें मैले उसलाई नपाए पनि म सँधैभरि संझिरहने छु ।  म यो भन्दिन सबै पलहरु संझन लायक थियो तर जसरि मैले शुरुवाति केहि सप्ताहा जिबनकै मिठो क्षण बिताएँ त्यो नै अमुल्य थियो । सधैंभरिलाई । मैले गरेको स्नेह र तिमिलाई पाउने चाहाना सँधैभरिलाई ।

दिपेश दाई रमाईलो गर्न रुचाउने तथा बहिर्मुखी स्वभाभको हुनुँहुँदो रहेछ । सुमोको लास्ट सिटमा बसेर हामिले दिनभरि खुब सँग हाँस्यौं । बयस्क ऊमेरमा दुई केटाहरु दिनभर बिहानै देखि शुरु भएको लगातारको हाँसो सुनेर सँगै यात्रारत अरु सबैजनाले शंकालु प्रतिक्रिया दिन थालिसकेका थिए । उनिहरुको मनमा शंकोच थियो कि कतै नशालु पदार्थको नशामा त छैनन यिनिहरु । उनिहरुको बुझाई पनि ठिकै थियो । हामि सामान्य भन्दा बढिनै हाँसिरहेका थियौं त्यसमा पनि दिपेश दाईको हाँसो अनौठो प्रकारको थियो ।

बिचबाटो कुलेखानि ड्याम नजिकै रोकिन परेको हाम्रो गाडि । 
कुलेखानि जलबिद्मुत ड्याम नजिकै बाटो फराकिलो बनाउने दैनिक कार्यले गर्दा करिब मध्यान्न देखि चार बजेसम्म बाटो बन्द हुने रहेछ । हामि बाटो बन्द भएपछि रोकिनमा पर्ने पहिलो गाडि भयौं । भन्नुको आशय हामि पुग्नु र ठ्याक्कै बाटो बन्द हुनु एकसाथ भयो । सँगै यात्रारत टोलिले बिबाहको गाडि भनि ढाँटेपछी गाडिलाई जान दिन्छन् कि भनेर प्रयास नगरेका होईनन् । त्यस प्रयास बिफल भएपछि हामि केरि पर फर्किएर दिउँसोको खाना खान गयौं । खानपिन पछि यात्रारत दाजुलाई कुलेखानि ड्यामतिर घुम्न जाँउ भन्ने प्रस्ताब गरेको उँहाले आनाकानि गर्नुभयो । पछि धेरै दिनको यात्रापछि थाहा भयो कि उँहा मानिसहरुको झुन्डमा वातचितमा रमाउने स्वभाबको हुनुँहुदो रहेछ, फोटोहरु तथा प्रकृति मोहि मेरो र उँहाको स्वभाब मिल्ने छाँट नभएको अडकल मैले लगाएको थिएँ ।


पानि पिउन पहाडको खोँचमा पुगेको मुख्यपात्र ।
हामिले निकै तल खोँचमा गएर प्राकृतिक खोल्चाको पानि पियौं । मुख स्नान गर्यौं । धेरैबेर जस्तो खोल्चाको चिसोपानिमा रमायौं । बस्तुभाउले जस्तो मुख पानिमा डुबाएर पानि पिउँदाको आनन्द बयानै गर्ने नसकिने किसिमको थियो ।


बाटोको बिचमा दिऊँसो रोकिने गाडिहरुले गर्दा कसैलाई अस्थाई ब्यापारको अबसर सृजना गरेको रहेछ त कसैलाई आफ्नो बारिको डिलतिर यात्रुहरुले दिशा गरिदिने हुन् भन्ने पिर थपिएको थियो । एकजना स्थानिय भोटेदाई रक्सीको शुरमा हामि छेउ आएर बिलौना गर्न थाले
मकै हातले गोड्नु पर्छ, सबैतिर हगिदिएका छन्, तल तिर गएर गर्नुनि
ऊनको समस्या पनि जायज नै थियो ।


बाटो खुलेपछि दिनभर रोकिएर बस्नु परेका सुमो ड्राईभरहरु तछाड मछाड गर्दै बेतमासले हुँईकिन थाले । कुलेखानि ड्याम बाट हेटौंडा पुग्न १ घन्टा जति लाग्छ त्यसपछि बिरगन्ज डेढ घन्टा गर्दा साँढे दुई घन्टाको यात्रा बाँकि थियो । हामिहरु सुमोमा बसेका सबैजना बिस्तारै चिनजान बढ्दै थियो । यात्राको पहिलो दिनको जोशले होला सबैजना प्रफुल्ल मुद्रामा थियौं । हटौंडा बजार पुगेपछि हेटौंडा मेरो मामाघर हो भनेर मैले सबैलाई बताएँ । कर्रा खोलाको को पुलबाट दक्षिणतर्फ गाडि बढ्दै गर्दा मैले सिसाबाट पछाडि मामाघर देखिन्छकि भनेर हरें, देखेको होकि जस्तो लाग्यो किनकि मामाघरको कौशिबाट त्यो हाईवे देखिन्छ ।

उच्च ओहदामा काम गर्ने कसैको चुरियामाईको दर्शन रहेछ तेसैले बेतमासले सुरक्षाका गाडिहरुको लस्कर हुईकिदै आएको देखियो । लाभालस्कर देख्दा अनुमान लगाउन सकिन्थ्यो कि ठुलै ओहदा ओगटेका ब्यक्तिको सबार हुनुपर्दछ ।


गुगल म्यापको प्रयोग गर्दै बाटोको कीमि तथा गन्तब्यलाई लाग्न सक्ने समयहरुको अडकल गर्न सकिने कुराको प्रयोग मैले गरेको देखेपछि मात्रै यात्रारत दाजुहरुले तेस्तो पनि गर्न सकिने रहेछ भन्ने थाहा पाएको हो कि जस्तो मैले अडकल गरें । मेरो अडकल बिल्कुलै सहि हुनुपर्दछ । 



Alternative name of Toilet(restroom) Photographed at Mount abu Rajasthan India
साँझ र रातको सँघारमा हामि आश्रममा पुग्यौ । फराकिलो सेतो भबनको परिसरमा ठुलो पहेंलो बत्ति बलिरहेको, रेडियोमा सुरिलो मधुर मधुर स्वागत गान बजिरहेको थियो । दिनको यात्रा सहज भएकोले थकान महशुस भएको थिएन । भबनको एकातिर कुना छेउको भित्तामा सुबिधाएँ । भाईयोलेखिएको थियो । पहिलो पटक मैले  Toilet, Restroom, चर्पिबाहेकको शब्द प्रयोग भएको देखें । अनौठो लाग्ने रहेछ । त्यहाँबाट शुरु भएको सुबिधाएँशब्द पुरै यात्राभर धेरै देखियो र गरियो ।


चलन चल्तिको मझ्यौला आकारको कोठामा लहरै राखिएको ५ ओटा खाटहरु भएको कोठा हामिले पायौं । बिश्राम गर्नु पुर्बनै भोजनको लागि बोलावट भयो । हामिले थाल थापेर भोजन लियौं । भोजनपछि आफुले खाएको भाँडाकुँडा माझ्नु पर्ने रहेछ । नयाँ अनुभब गर्न पाईयो । 

आफ्नो कोठामा सुत्नुपुर्ब बिरगन्जको गर्मिमा शान्ति भबनको बाल्कोनि बाट केहि छणको लागि शितल बतासको आनन्द लिनलाई म आफ्नो रात्रिकालिन पहिरन (स्लिभलेस टिसर्ट र हाल्फ प्यान्ट) मा प्यारो बिरगन्जलाई अनुभुत गर्दै यसो दिशाको अड्कल गर्दै थिएँ, छेउबाट सेतो पहिरनमा एकजना मानिस आएर मलाई मैले लगाईरहेको बस्त्रप्रति आपत्ति जनाउँदै, लगाउन नपाईने कुरा प्रष्टसँग राखे । यसले मैले लिईरहेको बतासको आनन्द र ध्यान भँङ्ग गराईदियो ।

ऊनि र सँस्थाको यसप्रकारको रुलिङ्ग म आध्यात्मिक चिन्तनले भरिपुर्ण मानिसलाई स्वतन्त्रता तथा आत्मिक न्याय बिपरितको कुरा जस्तो महशुस भयो, तैपनि मैले उक्त आदेशलाई मानिदिँदै पुर्ण यात्रा अबधिभर शरिरि छोपिने पहिरन लगाईदिएँ । 

यात्राको दोश्रो दिन बिहान ब्रह्ममुहर्तमा(३ बजे) ऊठेर तयारि गर्नुपर्ने भएकोले मैले छिटै सुत्ने बिचार गरें तर सहयात्रि साथिले मोबाईलमा ठुलो अवाज सहित मुभी हेरिदिनाले राम्रोसँग निदाईहाल्न पाईएन ।


ओम शान्ति आश्रम छपकैया बिरगन्ज बाट रक्सौल जान चढेको टेम्पो ।
हाम्रो रेल बिहान ८:५० मा रक्सौलबाट दिल्लीको लागि थियो । बिहानको ७ बजेभित्रै मस्तसँग पुर्ण भोजन गरेर, बिरगन्जतिर चल्ने झिलिमिलि साजसज्जा भएको टेम्पो चढेर हामि रक्सौलतिर लाग्यौं ।

काठमाडौं ऊपत्यका जस्तो फोहर र अस्तब्यस्ततामै हुर्किएको  भएतापनि मैले पहिलोपटक तेति फोहर र अस्तब्यस्तता देखें जति बिरजन्जमा थियो । जति जति सिमाना नजिक पुगियो तेतिनै अस्तब्यस्तता । रिक्सा, साईकल, मोटरईकल, टेम्पो, टाँगा, बस र नानाथरि सबारिका साधन, जताततै छरिएका आधुनिक फोहरहरु, खाल्डाखुल्डि बाटो, धुलो..... अहो !!!

बयानै गर्न नसकिने आधुनिक सामाजिक अस्तब्यस्तथा थियो ।

मलाई अलिकति पनि लागेको थिएन कि हाम्रो देश भित्रिने प्रमुख नाका त्यति अस्तब्यस्त होला भनेर । छिटपुट प्रहरिहरु एउटा लौरो र सिठ्ठिको भरमा बर्दिमा ऊभिएका मैले देखें । सिमानामा न कतै चेक पोईन्ट छ, न ब्यबस्थित तरिकाले प्रहरिहरु रहेका छन् । जताततै पानपसल र जथाभाबि थुकिएका पानको रातो झोल, घरै पिच्छे मोटरसाईकल तथा मोटरको मर्मत गर्ने पसल, बाटोको केहि भाग ओगरटेरै भारु साट्न बसेका लहर । यस्तो भौतिक कुरुपताको माझबाट हामि शान्ति यात्राको लागि अघि बढदै थियौं ।

मेरो घडिलाई भारतिय लोकल समय बनाउँदै ।
बिहानिको पहेंलो घाममा ७:३० बजेतिर रक्सौल जक्सन पुग्दा बिदेशि भुमि तथा पराई अनुभब हुन थालिसको थियो । मैले मेरो घडिको समयलाई भारतको समय बनाएर बदलें ।   एकजना टेम्पो चालकलाई मैले मेरो पुर्णकदको तस्बिर लिन लगाएँ उनले राम्रो सँग खिचिदिएछन् । हाम्रो सहयात्रिहरुलाई यात्राको अनुभब कमै भएर पो होकि अलि हतास मुद्रामा देखेको थिएँ । म चाँहि सबैभन्दा कम ऊमेरको भएतापनि आनन्दले पुर्ण अनुभबि जस्तो भएर ढुक्कले दाँयाबाँया हेर्दै फोटो खिच्दै 

हिँडिरहेको थिएँ ।
मुख्यपात्र रक्सौल जक्सन, रक्सौल, भारत मा ऊभिएको ।


हतास हुनु स्वभाबिक पनि होला किनकि हामि सबैले हाम्रा अघिल्ला पुस्ताको भारत तिर्थयात्राको संझना हरु सुन्दा, ठगिने, चोरिने र लुटिने बाहेक नौलो अनुभब सुन्न पाईएको थिएनौं, यसरि भारत यात्रा भन्ने बित्तिकै सबैको मनमा चोरिने ठगिने र लुटिने त्रास हमेशा रहने गर्दछ । नहोस पनि कसरि, ईन्दिरा गान्धि अन्तराष्ट्रिय एयरपोर्टमा  आफ्नो बन्दोबस्तिका गुन्टाहरु टर्मिनल भबनबाट प्राप्त गर्नु पुर्बनै चोरिन्छन या हराउँछन रे । यस अर्थमा हामिले शुरु देखिनै असुरक्षाको त्रासले मन भरेर हिडेका थियौं । तेसैले होला यात्रारत सबैजना बढि सजग भएको महशुस गरेको थिएँ । मैले पनि बिहानै सिमापारि लाग्नु पुर्बनै मेरो ब्यागमा ताल्चा मारिसकेको थिएँ ।

यात्रा अबधिभर मैले आफुसँग हमेशा हुने र भएको SLR क्यामेरा निकालेर फोटो खिच्ने आँट गर्न सकिन, यसबाट अनुमान गर्न सकिन्छ कि कतिसम्म अशुरक्षित महशुस हुने रहेछ भनेर ।

रक्सौल देखि दिल्लिसम्म २३ घन्टा रेलमा बस्नुपर्ने थियो । ट्रेनमा खान पाईन्छ कि पाँईदैन वा बिचमा स्टेसनमा किनेर खान पाईएलाकि नपाईएला पहिलो पटक यात्रा गर्दै गरेको मैले अनुमान गर्न नसकेर स्टेसनमा बेच्न राखेको भर्खरै पकाएर लेराएको जस्तो देखिने  ४ ओटा कचौडि किनेर ब्यागमा हालें । पछि त्यो कचौडि थिचिएर धुलो पिठो जस्तो भएर क्यामेराको लेन्सतिर दलिएछ । नलिएको भएपनि हुने रहेछ ।   

रक्सौल जक्सन, रक्सौल भारत ।
पहिलो पटक ट्रेन स्टेसन भित्र परिसमा डुल्दै गर्दा मैले बिहानिको ताजा हावाको साट्टो गु को गन्धहरु लगातार सुँघिरहनु पर्यो । बिहानिको समय भएर होकि स्टेसन त्यति भिडभाड थिएन ।

Book Shop at Raxoul Junction, Raxoul India.
दुई चार ओटा स्टेसनमा भएका पसलहरु खुलेका थिए । एउटा पुस्तक पसलले मेरो ध्यान आकृष्ट गर्यौ । तर मैले पुस्तक किन्ने आँट गरिन किनमि म सँग सिमित पैसा मात्र थियो ।
यात्रारत सबै जनाले त्यति हतार गरेर ट्रेनमा  ऊक्लिएकि मानौं  मनकामना मन्दिर जान चढिने गन्डोला जस्तो ट्रेन रोकिँदै नरोकिई गईहाल्छ । त्यसरि उक्लिन पर्छ जस्तो मलाई लागेको थिएन, तेसैले मैले पछाडि बिस्तारै ऊक्लिएँ । मलाई कत्ति पनि हतास वा त्रास थिएन ।

ट्रेन भित्र छिर्ने बित्तिकै दुई डिब्बाको बिचमा हुने Toilet हरुको दुर्गन्धले स्वागत गर्यो । पान खाएर थुकिएका कुनाकाप्चाका फोहरि ईन्टेरियर आँखामा ठोकिन पुग्यो ।

एउटा धोका धकलेर भित्र छिर्दा  बाहिरि बाताबरण भन्दा निकै शितल त महशुस भयो तर एकप्रकारको गुम्सिएको गन्ध कायमै थियो । यात्रा अबधिभर पछि नाकले त्यो गन्धलाई आत्मसाथ गर्यो होला ।

सबैजना कुन सिट र कता बस्ने भनेर बठ्याई गरिरहेको बेला म चाँहि ट्रेनमा हुने सिट हरुको स्थितिलाई अबलोकन गर्नमा ब्यस्त हुन्थें ।  मोबाईल चार्ज गर्न मिल्ने ठाउँ  देखेपछि ढुक्क हुन्थ्यो किनकि ढुक्कले मोबाईलबाट प्रशस्तै फोटोहरु खिच्न पाईने भयो ।

को कता बस्ने भनेर मिलाऊँदै गर्दा, एकजनाले बोले
“माता माता एकतातिर, भाई भाई एकातिर बसौं” ।
उताबाट झट्ट प्रतिक्रिया आयो
“हुँदैन तेसो नगरौं”  ।
यस पछि मैले अडकल लगाएँ अब समाजमा बल्ल अघिल्लो पुस्ताको बिभेदको अन्त्य हुन थालेछ । पुरुष र महिलामा एकले अर्काको चहाना खुलेर गर्न थालेछन् ।  “हुँदैन तेसो नगरौं”  तेसो नगरौं भन्ने महिलानै थीईन् ।

ट्रेन भित्रको ईन्टेरिरय हिन्दि फिलिमहरुमा त प्रशस्तै देखेको हो तरपनि आफैंले देख्नु र अनुभब गर्नुजस्तो चाँहि अरु केहि हुन सक्दैन । एसिको शितल, ट्रेनको गुम्सिएको गन्ध, डिब्बा भित्रको क्याबिनेट हरु, सिसा बाहिरको दृष्य  र अगाडिको लामो यात्रा सबैले मलाई रोमान्चित गरिरहेको थियो ।

आफ्नो ट्रेन गुड्यो भनि ठानेको  तर अर्को लिकमा रोकिएको  ट्रेन गुडेको रहेछ । तेस्तो ईल्युजन पहिलो पटक महशुस गर्दा अनौठो लाग्ने रहेछ । हामि धेरै ठुलो टोलि भएकोले धेरै जसो सिटहरुमा हाम्रै टोलिको मान्छेले भरिएको हुन्थ्यो । अरु  अपरिचित मानिसहरु पनि नभएका चाँहि होईनन् ।

२८ बर्षको केटा, मैले अगल बगलको क्याबिनेटमा बस्दै गरेका या पहिले देखिनै बसिरहेका केटिहरुलाई राम्रो सँग याद गरेर हरेको थिएँ । झट्ट पहिला अनुहार , त्यसपछि छाति त्यसपछि मिलेमा चाक ... यो हरेक पुरुषले महिललाई हेर्ने बिधि हो । मैले पनि सबैलाई तेसै गरि हेर्छु । हो तेसैगरि मैले ट्रेनको सिटहरुमा भएका सबै केटिहरुलाई हेरेको थिए ।

केहि घन्टामै त्यो हेराई सँगै फेरि सामिप्यताको पनि महशुस गर्ने पुरष नै हो । यस अर्थमा पुरुष भगबानको सरल क्रियचर पनि हो ।

चाकरि शब्दावलि र हाउभाउ प्रयोग गरेर जसोतसो एउटा भारतिय सिमकार्ड पाएको थिएँ । त्यसमा ब्यालेन्स १ रुपैंया पनि रहेनछ तेसैले रिचार्च गर्नुपर्ने भयो । सिमकार्ड प्राप्त गरेकै ब्यक्तिसँग रिचार्जको लागि अनुरोध गरेको थिएँ तर खासै वास्ता नगरेको बुझेपछि तुरुन्तै नयाँ जुक्ति निकालें । ट्रेनमा यात्रारत कोहि भारतियलाई अनुरोध गरौं भन्ने झट्ट दिमागमा आयो र तेसै गरें ।

केशब अनि म ।
यस रिचार्जको  प्रकृया बाट मैले ट्रेनमा नयाँ साथि पाएँ ‘केशब’ । म आजभोलि किशोर केटाहरु सँग अन्तरक्रिया गर्न रुचाँउछु । मैले रिचार्चको अनुरोध गर्दै गरेको सुनेर ट्रेनको सिटको बाल्कोनि बाट एक १२-१४ बर्षिय केटाले म सँग बोल्दै उसले गरिदिन सक्ने कुरा राख्यो ।

मैले सोध्दै नसोधेको केटाले मलाई तेसरि आफैंले बोलेर रिचार्च गरिदिन्छु भनेको सुनेपछि म निकै दँङ्ग भएँ ।


आफ्नो दाईहरु, आमा र बुवा सँग दाईहरुको कलेज भर्ना गर्ने मौकामा जयपुर घुम्न जाँदै गरेको त्यो केटा मेरो एकजना मैले असाध्यै चाहाना गरेको “उसको/ मेरो मायाको” भाई जस्तै देखिने थियो । तेसैले पनि होला मैले त्यो केटालाई खुब सँग मन पराएँ । उ लगभग उहि उमेरको तेस्तै देखिने थियो जतिबेला मैले ऊसको भाईलाई देखेको थिएँ ।


हामिले खुब सँग लुँडो खेल्यौं । मैले उसको लुँडोको अर्के नियमले गर्दा एक गेम पनि जित्न सकिन । बिच बिचमा उसले भन्ने गर्थ्यो
“यो दाई केहि जान्नु हुन्न, दिमाग लगाउनुहोस न” ।
एसो भन्दै ऊसले मलाई निकै गेमहरु जित्यो । ऊ खुब सँग रमाएको थियो । मैले उसको हर्षमा आफुलाई सन्तोष महशुस गर्दै थिएँ । मैले उसलाई जतिबेर देंखे तेबिबेर मैले मेरो माया र उसको भाईलाई संझिएँ ।

केशब र उसका दाजुहरुलाई ट्रेनको यात्रा आदत भईसकेको मैले बुझें, किनकि उनिहरु हर समय कि त गेम खेलिरहेका हुन्थे कि त सुतिरहेका । उनिहरु सँगै यात्रारत केटिको चाँहि हर समय एयरफोन कानमा हुन्थ्यो र प्रायस झ्याल बाहिर हेरि  रहेकि हुन्थि ।  

जुत्ता लगाएरै मैले सिटमा पलेटि मारेर बसेर झ्याल बाहिर हेर्दै थिएँ, एउटा अधबैंशे पुरषले मलाई आएर तेसरि नबस्नको लागि थर्काए झैं बोलिमा भन्यो । मैले चुपचाप उसले भने जसो गरें । किनकि त्यो आफ्नो मुलुक थिएन तेसैले मैले प्रतिबाद गर्नु उचित देखिन । शायद त्यो पुरुषको छोरि हुनुपर्छ, कानमा एयरफोन ठोसेर झ्याल बाहिर हेरेर बसिरहँदा स्कर्ट बाट  त्यसको कट्टु देखिईरहेको थियो । त्यसलाई तेसरि देखाईदिएर बस्दा कुनै मतलब भइरहेको थिएन । हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको ऊखानको चरितार्थ भयो ।


ट्रेनमा कालो कोट लगाएको टिकट चेकिङ्ग आएको रहेछ । उसँग हाम्रो ग्रुप लिडर(ओम शान्तिका भाईजिहरु) हरुले टिकट देखाउने काम गर्दै रहेछन्  । यस बिचमा मैले शुदर्सन भाईजिलाई एउटा टिकट हेरौं न कस्तो हुँदो रहेछ ट्रेनको टिकट भनेर  अनुरोध गरें । ऊनले मलाई टिकट दिएनन् । त्यसपछि उनको सामिप्यतालाई मैले मेरो मनबाट टाढा पन्छाएँ । किनकि मलाई यस्तो बानिले दु:खी बनाउँछ । 


नजिक नजिकै जस्तो आउने स्टेसनहरुले गर्दा रेल तेति धेरै तिब्र गतिमा चाँहि गुडिरहेको हुँदैन थियो तर एकोहोहो अगाडि देखिईरहने समथर भुभाग हेर्दा लाग्थ्यो पृथ्बि कति फराकिलो छ तर हामि शहरबासि कति सानो भागलाई आफ्नो भनेर तछाडमछाड गरेर बस्न बाध्य छौं । मैले चुरेको पहाड देखेपछि राजस्थान नपुग्ने बेला सम्म कहिँ कतै पहाड वा डाँडाहरु देखिन । एकोहोरो समथर भुभाग आईरहयो ।  
ट्रेनबाट बाहिर देखिएको समथर भुभाग ।


घर भन्दा पारि मुलपानि र डाँछितिरको सहयात्रि १८ जना जतिको टोलि, उनिहरु छिमेकि छिमेकि मिलेर आएका होलान्, सबैजना मिलेर ब्यागमा प्रशस्तै खानेकुरा लिएर आउनु भएको रहेछ । दिउँसो सबैजना बाँडचुँड खाजा खायौं,  मादल बजाएर नाचगान भयो । यसरि नाचगान गरेको वरपर बसेका मानिसहरु ध्यानकृष्ट भएर हेर्दै थिए सँग सँगै कसैकसैलाई झर्को पनि लागेको थियो ।



हाम्रो दिपेश दाई खुब नाच्नमा सौखिन हुँनुहुँदो रहेछ । उनलाई नाच्न, बोल्न र रमाईलो गर्न खुब सौंख रहेछ । त्यो नाचगानमा उहाँ प्रमुख पात्र हुनुहुन्थ्यो ।

ट्रेनमा किनेर खाएको चिया ।
दिँउसोको चिया खान नपाएर मलाई खुब चिया र कफिको न्यास्रो लागिसकेको थियो । ट्रेनमा बेच्न लेराएको चिया किनेर खाई हेरेको गुलियो असाध्यै हुने त्यसमा पनि निकै सानो कागजको गिलाँसमा । त्यहि वाक्क आउने चिया पिएर भएपनि चियाको धित मार्ने काम भयो ।

रेल कर्मचारिले कागजको प्याकेटमा सुत्नको लागि तन्ता र पातलो कम्बल लेराईदिने रहेछन् । सेतो देखिने कागजमा प्याक भएर आएको त हो तर कागज सिलबन्दि चाँहि थिएन तेसैले  त्यो धोएको अथवा नयाँ हो भन्नेमा चाँहि प्रशस्तै संका गर्ने ठाँउ थियो । जे भएपनि त्यो बिछ्याएर मजाले सुतियो ।


बिहान छिट्टै ऊठेर म बडि स्प्रे ले नुहाएर यता उता रहलिन थालि सकेको थिएँ । मलाई यात्रामा सुत्न तेति मन लाग्दैन । म हरेक कुरा अनुभब गर्न चाहान्छु तेसैले म जुनसुकै यात्रामा पनि एकदमै थोरै समय सुत्ने गर्दछु ।


रेलको झ्याल बाहिर हेर्दा जति जति दिल्लि नजिक आउन थाल्दछ त्यति त्यति भिडभाड र अब्यबस्थित बसाइ देखिन थालेको थियो । बिहान रेलमा बेच्न लेराएको चिया पिएर, सहयात्रि अन्टिहरुले बाँड्नु भएको केहि नास्ता खाई आईपुग्नै आँटेको देल्लि स्टेसनमा झर्नको लागि आतुर थिए । घरि घरि मोबाईलमा म्याप हेरेर कुन ठाँउ आईपुगेको छ भन्ने नाम पत्ता पाईरहेको थिएँ र कति जति दुरि बाँकि छ भन्ने अडकल गर्न पाईएको थियो । यसमा एस्तो गजबको प्रबिधि बनाउने दिमाग र मेहनतलाई मैले मनैबाट धन्यबाद दिएँ ।

दुर्गन्धित रेलको लिग । भारत ।
सबैजना सहयात्रिहरु अतासिदै रेलबाट ओर्लिन तरखर गर्दै गर्दा म आनन्दले बस्दै थिएँ । भित्र एसिमा बसिरहेको मलाई रेलबाहिर निस्कँदा दिल्लिको गर्मिले एक्कासि नमिठो स्वागत गर्यो , त्यसमा पनि त्यो भिडभाड र अब्यबस्थित ट्रेन स्टेसन र मानिसहरुको भिड उच्याट लाग्दो थियो । ट्रेन स्टेन हर समय गु गनाई रहेको हुन्थ्यो तेसमा पनि लगभग मध्यान्नको धुपले गुलाई तताएर मजाको दुर्गन्ध फैलिईरहेको थियो । 

ट्रेनबाट ओर्लिएर मैले केशबलाई बिदाईको अंकमाल गरें । मैले उसलाई निकै मनपराएँ । उसले पछि आमाले सिकाएर हुनुपर्छ “बिरगन्ज आउनु भएको बेलामा मलाई म्यासेज गर्नुहोस न” भन्दै थियो । मैले ट्रेनमा केशबलाई भेट्टाएर राम्रो समय बिताउन पाएँ ।

दिल्लिबाट नयाँ दिल्लितिर जाँदै गर्दा बाटोमा देखिएको ।
हामिले राजस्थानको लागि अर्को ट्रेन चाँहि नयाँ दिल्लिबाट चढ्नु पर्ने थियो तेसैले पुरानो दिल्लि र नयाँ दिल्लि बिचको दुरिमा हामिले बस चढेर जाने भएको थियौं । यो दुई दिल्लि बिचको बस चढाईले भारतको शहरको झलकहरु देख्ने  निकै गजबको मौका मिल्यो ।

मानिस भन्दा धेरै पसलहरु छन् जस्तो लाग्छ ।
तेहि त हो नि,  आहा र सुन्दर बयान गर्ने केहिपनि छैन । जताततै फोहर, शहरको बिच भएर बग्ने खोला कालो न कालो छ । अब्यबस्थित संरचना हरु । बाटोहरु हाम्रो तुलनामा केहि फराकिलो भएतापनि त्यो बिशाल जनसँख्यालाई कसरि सहज हुन सक्ला र । मध्यान्नको समय भएर होकि हामिले कतै जाममा पर्नु नपरि गुढ्न चाँहि पायौं तर बाटोमा सबारिको चाप चाँहि बाक्लै थियो ।

मैले हाम्रोमा जस्तो गाढि हरुलाई हात हल्लाउँदै र सिठ्ठि फुक्दै बस्ने
बाटोभरि छरिएरका ट्राफिक पुलिस तेता देखिन । तारका गुजुल्टाहरु पनि खासै देखिएन । तरपनि त्यो शहर कत्तिपनि आकर्षक थिएन । त्यो बाहिरबाट आएको तातो बतास अनि त्यो कुरुप भग्रदोल संरचना हरु उच्याट लाग्दो थिए । शहरको बिच भएर बगिरहेको त्यो कालो खोला के नामको हो मलाई थाहा छैन तैपनि त्यो अतिनै दुर्गन्धित थियो । नाम जे सुकै होलस गुगल पनि गर्दिन ।


अलि धेरै नाम सुनिएको लाल किल्ला भन्ने भबनलाई गुडिरहेको बसको सिसाबाट हेरियो ।  नाम प्रसिद्द भएतापनि त्यो भबन र वरपरको स्थिति कत्तिपनि ब्यबस्थित देखिँदैन थियो  ।

केहिबेरमै हामि नयाँ दिल्लि पुग्यौं । आनन्द बिहार ट्रर्मिनलमा प्रबेश गरेर हामिले वेटिङ्ग रुममा सबै सामानहरु राख्यौं । मैले ट्रेनको टोईलेटमा आचि गर्न मन नलागेर गरेको थिएन । मैले सर्बप्रथम जसोतसो सफा ट्वाईलेट खोजेर आचि गरें । हरेक यात्रामा मलाई पर्ने सबैभन्दा ठुलो दुख चाँहि एहिनै हो ।

आनन्द बिहार रेल स्टेसन नयाँ दिल्लिमा रेल पर्खँदै यात्रुहरु ।
आनन्द बिहार रेल स्टेसन नयाँ दिल्लिमा देखिएको
यो मानिसको असभ्यताको पराकाष्ठा
अरु सयौं मानिस भूँइमा बसिरहेका छन् ।
मैले शितल एसि कोठामा बसेर ट्रेन कुर्दै गर्दा बर्ग बिभेद देखें । बाहिर सयौं मानिसहरु धुपले सेकाएको जस्ताको छानामुनि ट्रेनको प्रतिक्षामा बसिरहेका, तन्ना बिछाएर सुतिरहेका वा तेतिकै खालि भूँइमा सुतिरहेका थिए । हाम्रो कोठा तेति फराकिलो र राम्रो चाँहि त थिएन । मुस्किलको १००० बर्गफिटको ठाउँमा केहि बस्ने चेयरहरु थिए त्यसमा पनि कोहि असभ्य मानिस ३-४ ओटा चेयर ओगटेर लम्पसार निदाईरहेका हुन्थे । अरु कोहि भूँईमा वा यत्रतत्र छरिएर शितल एसि कोठाभीत्र अटाउन खोजिरहेका हुन्थे ।

सबै साथिहरुलाई सुचना भइसकेर खाना खानको लागि गईसकेका रहेछन्, मलाई न कसैले कुनै कुरा बताउँथ्यो न मैले थाहा पाउँथें । म मानिसहरुको चालचुलमा ख्याल नगर्ने भएर होला मैले धेरै कुरा थाहा पाउँदैन थिएँ । म हतार हतार खाना खानको लागि गएँ ।

म्याकडोनलको दुई-चार सिता भातको थालिलाई १५५ बुझाएपछि लाईनमा कुरेर भातको थालि पाईयो । स्वादिस्ट त थियो तर भोक बुझाउनको लागि पर्याप्त खाना थिएन । 


अर्को ट्रेनलाई कुर्ने बेला सम्म मैले धेरै पटक त्यो आनन्द बिहार टर्मिनललाई चक्कर लगाएँ । झट्ट दिमागमा याद आयो डायमन शमशेरको यो यक्ति "बाबु हो, मैले देश बिदेश घुम्दा देखेर आएँ, त्यहाँ जहाँ पनी हातहातमा किताब लिएर बस्छन। स्टेसनमा होस, एयरपोर्टमा होस उनका हातबाट किताब छुट्दैनन्। किताब पढ्ने बानि बसाल्नुस। त्यसले धेरै लाभ हुन्छ। म नब्बे बर्षको बूढोले भनेको मानिदिनुस। मैले त्यसै भनेको होइन, पुस्तक द्वारानै देशको बिकास हुन्छ, यो मेरो दृढ बिश्वास हो । डायमन शमशेर राणा" ।

कसैको हातमा पुस्तक देखिन बरु चार्टिङ् पोर्टमै बसेर मोबाईलमा फेशबुक लगातार घिसारिरहेका थिए ।


कसैको हातमा पुस्तक देखिए मलाई खबर गर्नुहोला ।

कसैको हातमा पुस्तक देखिए मलाई खबर गर्नुहोला

कसैको हातमा पुस्तक देखिए मलाई खबर गर्नुहोला


आश्रम एक्स्प्रेस ट्रेनको अगाडि दिपेश दाई ।
अब हामिले चढ्नुपर्ने ट्रेनको नाम ‘आश्रम एक्प्रेस’ थियो । जुन नयाँ दिल्लीबाट अहमदाबाद जाने रहेछ, हामि चाँहि बिचमा आबुरोड भन्ने ठाउँमा झर्नु पर्ने थियो । बेलुका करिब चार बजे हाम्रो ट्रेन नयाँ दिल्लि बाट गुड्ने थियो । हिजो आएको ट्रेन भन्दा अलि बढि सफा र राम्रो हुन्छ भन्ने सुनेको थिएँ तेसैले म सफासुघ्गर ट्रेनको लागि उत्सुक थिएँ ।

प्रतेक पटक ट्रेनमा उक्लने र बस्ने ठाउँको लागि अलमल हुने स्वभाभिक प्रकृया भैसकेको थियो । डिब्बामा उक्लिँदा टोईलेटको गन्धले यसपटक पनि स्वागत गरिहाल्यो अनि भित्र डिब्बामा उकुस मुकुसिएको गन्ध ।  

हामि सबैजना सँग सँगै जस्तै बस्ने ठाउँ मिल्यो । बिस्तारै ट्रेन गुड्न थाल्यो । अन्जान ठाउँ र पहिलो पटकको यात्रा रोमान्चक हुने रहेछ । हाम्रो टोलिमा सँगै यात्रारत एक अधबैंशे पुरुष म बसिरहेको सिसा छेउ आएर बस्नुभयो । हामिले अध्यात्मको गफ गर्यौं । उँहाले ओशोको बारेमा थोरबहुत पढ्नुभएको तथा ओशोप्रति झुकाब रहेछ । मलाई अध्यात्मले धेरै पहिले देखि आकर्षित गरेको ।  मैले गफ गर्नु भन्दा पनि  नबराज खनाल अंकलको बिचारहरु लाई सुनिदिएँ । यसरि यो गफगाफको शिलशिला अघि बढ्दै गर्दा साझ पर्न थालेको तथा दुर दजारमा थेप्चा उजाड पहाडहरु देखिन थालेको थियो ।  आफ्नो देशको चुरेपार गरेपछि पहाड देख्न पाईएको थिएन । अचानक त्यो देखिन शुरुभएको त्यो पहाडि श्रङ्खलाले मलाई ध्यान आकृष्ट गर्यो । 
उँहा गफ गर्दै गर्नुहुन्थ्यो म आनन्दले गफ सुन्दै बाहिरको दृष्य हेर्दै तस्बिरहरु लिईरहेको हुन्थें । करिब साँझ समययको यो माहोलले मलाई खुब आनन्दित बनायो । अघि बढ्दै गर्दा बाहिर अचानक आँधिबेहरि आउन थाल्यो । ठुलो आँधिले त ट्रेनलाई पनि हल्लान सक्छ होला जस्तो मनमा आभाष हुँदै थियो ।


करिब करिब पुर्ण रेलको लम्बाई ।
सानै बेलादेखि रेलको चर्चा खुबै सुनिएको थियो । रेल त निकै लामो हुन्छ रे । यो गाँउ देखि त्यो गाँउ सम्म लामो । अहो रेल त खुब बेगले कुद्छ, आँखै नदेखिने गरि कुद्छ । रेलमा खुब चोरि लाग्छ । आखिर सबैकुरा आफैंले भोगेपछि मात्र थाहा हुने रहेछ । रेल तेति बेगले कुद्ने पनि होईन रहेछ जति मेरो मनले सोचेको थियो । औसत स्पिड ४५ किमि प्रतिघन्टा जति हुने रहेछ , कहिले ८०-८५किमि प्रतिघन्टा देखि २०-३० किमि प्रतिघन्टा सम्मको बिचमा गुड्ने रहेछ । रेल तेति धेरै लामो यो गाँउ देखि त्यो गाँउ सम्मको पनि हुने होईन रहेछ । गाडिहरुको तुलनामा निकै लामो त हो तर यो गाँउ देखि त्यो गाँउ सम्मकै चाँहि होईन रहेछ ।  एसि क्लास टिकट भएर होला भाग्यबस लगाई सकेको मोजाहरु जम्मा गरेको एउटा सानो मोजाको पोको बाहेक केहि  चोरिनु पनि परेन ।  मैले सोचेको थिए रेल त एकनाश बेगमा गुडिरहन्छ होला तर तेस्तो पनि होईन रहेछ, निकै छोटो छोटो दुरिमा स्टेसनहरु आईरहेने र त्यहा करिब २ मिनेट जस्तो अडिने र सामान्य जक्सनमा ५ मिनेट र ठुलो जक्सनमा करिब १५ मिनेट जस्तो ट्रेन रोकिने रहेछ, यस क्रममा हरेक स्टेसन आईपुग्नु निकै परबाट गति कम गर्दै जानु पर्ने र स्टेसनबाट गति फेरि तिब्र गति समाउन समय लाग्ने र फेरि स्टेसन आईपुग्न थाल्दा गति कम हुँदै जाने प्रकृयाले रेल तेति छिटो गुडेको जस्तो नलाग्ने रहेछ ।




रेलमा लेराईएको खाना ।
साँझ झमक्क हुँदै जाँदा सहयात्रिहरु बिस्तारै खानेकुरा खान थाल्नु भयो । मैले केहि खानेकुरा बोकेको थिईन । हिजो किनेको कचौडि र यात्रा बिदाईमा ओम शान्तिहरुले दिनुभएको यात्रा भोजन लाई मैले सबैलाई बाँडिदिएर आफुले पनि खाएँ । मैले रेलमा खानेकुरा खान पाईने तथा बिच बिचमा आउने स्टेसनमा ओर्लिएर खानेकुरा किनेर खान सकिने कुरा सिकें त्यसैले अब खानेकुराको जोहो गर्नु नपर्ने बुझेर मैले सबैलाई बाँडेर आफुले पनि खाएँ । उँहाहरुले पनि मलाई सँधै नछुटाई सबै खानेकुराहरु दिनुहुन्थ्यो । मैले चाँहि शुरुको दिन देखिनै रेलमा किन्न पाईने भात किनेर खाएँ । यात्रारत मेरै ऊमेरको सुमन जि र मैले सँधै भात नै अर्डर गरेर खायौं । बिछ्यौना जस्तो लामो सिटमा माथिल्लो तलामा, गुडिरहेको रेलमा बसेर भात खानुको मजा पनि बेग्लै हुने रहेछ ।

आज नबराज अंकल र मेरो सिट एकै ठाँउमा रहेछ । हामिले ट्रेनमा आएका अपरिचित ब्यक्तिहरु सँग गफको शिलसिलामा ट्रेन यात्रा सँग उपयोगि Mobile Application हरुको बारेमा थाहा पायौं । जसले स्टेसनहरुको बारेमा, निर्धारित समय भन्दा ट्रेन ढिला भईरहेछ वा चाँढो लगायतको सुचनाहरु दिन्थ्यो । हामि दुबै जना झटपट सुतिहाल्न नरुचाउने खालको रहेछौं । दुबैजना अबेर सम्म बसिरहेका थियौं । छोटो दुरिमा ओर्लने मानिसहरु सँग हामिले गफ गर्दे गर्थ्यो । कसैले आफु रेल कर्मचारि भएको भनेर झुट्टा बोल्थे त कसैले आफुले जाने किसिमको झुट । पुर्बिय समाजमा झुट बोल्नु अति सामान्य नियम जस्तै हो जुन मलाई पटक्कै मन पर्दैन ।



भोलिपल्ट बिहान ३ बजेनै हाम्रो ट्रेन आबुरोड पुग्नेवाला थियो जहाँ हामिले ओर्लनु पर्ने थियो । २:३० को अलार्म राखेर मैले सुत्ने बिचार गरें । मेरो सिट को छेउमै भर्खरै पार भएको स्टेसनबाट ऊक्लिएको असम्भार मोटे केटा सुत्ने तरखर गरेर तन्ना मिलाउन थाल्यो । उसको शरिर निकै भद्दा थियो । एउटा ब्यागलाई सिट मुनि छिरायो अनि चस्मा खोलेर ट्रेनको सिसा नजिक हुने सानो टेबल जस्तो तखतामा राख्यो र ढल्न नपाई भुसुक्कै निदायो । म चाँहि ढिला सम्म निदाएको थिईन ।

बिहान २:३० बजे तिर नै ओम शान्ति तर्फको प्रतिनिधित्व कर्ता ग्रुप लिडर आउनुभयो । सबैलाई ब्युँझाउँदै हिड्नु भयो । उँहालाइ जिम्वेबारि थियो तेसैले सबै चाँजोपाँजो मिलाउने मा ब्यस्त हुनुहुन्थ्यो । म ऊँहा आईपुग्नु भन्दा अगाडि उठेर बसिसकेको थिएँ । नबराज अंकलपनि तयारि गर्न थालि सक्नु भएको रहेछ ।

तुलनात्मक रुपमा निकै सफा देखिएको आबुरोड रेल स्टेसन को पछाडि को भाग।
  राजस्थान भारत ।
हामि ३:३० बजे भन्दा अगाडिनै आबुरोड भन्ने ठाउँमा ओर्लियौं । स्टेसनमा बिहानिको ३:३० मा ओर्लिएको हामिलाई  राजस्थानको तातो र सुख्खा बतास ले स्वागत गर्यो । स्टेसन केहि सफासुघ्गर थियो । हामिलाई त्यहाँ ओम शान्तिको तर्फबाट बस लिन आईरहेको हुनेछ भन्ने बुझेको थिएँ । बस चढेर हामि ओमशान्ति तर्फ अगाडि बढ्यौं ।
हामिलाई आबुरोडमा लिन आएको ओमशान्ति को बस ।

बिहान झिसमिसेमा बस राम्रै गतिले गुढ्दै थियो । अलमले बानि र यता उता फोटो खिच्न रमाउने मैले ढिला बसमा ऊक्लिएकोले बस्ने सिट पाईन । धेरै बेरको दुरि नभएकोले खासै असहज हुने थिएन । भारतिय लबज भएकि एक सफेद पहिरनकि ओम शान्ति दिदिले तेता तिरको बारेमा अलिअलि बताईदिँदै हुनुहुन्थ्यो । आखिर वहाँ भारतिय नभएर नेपालीनै हुँनुहुँदो रहेछ ।

घरको माथि छतमा एउटा सेतो अर्को पँहेलो रँगको ठुलो बत्ति बलेको घरको सामुन्ने गेट बाट हामिलाई बसले भित्र प्राङ्गढमा पुर्यायो । यात्रुलाई पहिले प्राङ्गढमा वा निश्चित स्थानमा ओरार्लु पर्ने गाढिले हामिलाई असभ्य तरिकाले पार्किङ्गको दुई गाढिहरुको बिच चेप ठाँउमा रोकिदियो । त्यो असभ्यतालाई मैले कुनै शब्दाबलि प्रयोग गरेर रोष ब्यक्त गर्न सक्दिन । पाहुना(गेष्ट) सत्तकारको त्यो चरम लापारबाहि थियो । मैले जस्तै महशुस अरु कति सहयात्रिले गर्नुभयो त्यो त मलाई थाहा भएन यद्मपि म कतिपनि सन्टुष्ट थिईन त्यस प्रकारको हेपाहा प्रबृतिमा । सफेद लुगा लगाएका ओम शान्तिको ब्याच लगाएका ड्राईभरलाई अरु आत्माको असहजता महशुस गर्ने क्षमता पट्टकै थिएन र म्यानेजमेन्टको ध्यान हमेशा बर्ग चाकरिमै बित्ने गर्दछ । 
झिसमिसेमा पुगेपछिको पहिलो हेराई ओमशान्ति परिसरलाई ।
गाडिको अन्तरबाट ‍आफ्नो ठुलो पोको सम्हालेर सकि नसकि खूला प्राङ्गढमा अढिएँ,  रेलको मोसन हेलोसिनियसनले गर्दा मलाई ऊभिन मन नलागेर भुँईमै बसिदिएँ ।  एक पछि अर्को गर्दै धेरै जना तेसैगरि भुँईमानै बस्न थाल्नु भयो । अलि अलि उज्यालो हुन थालेको तथा  ब्रम्हमुहुर्तको संजिबनि बतासले मन रमाईरहेको थियो । नौलो ठाँउमा के गर्ने वा दिनचर्याको बारेमा अनबिज्ञ भएर त्यसरि बिना उदेश्य बत्तिको प्रकाश हेर्दै टोलाएर बस्नुको छुट्टै मजा हुने हरेछ । पर टिकट काउन्टर जस्तो देखिने “रिसेप्सन” प्रकारको घरमा हाम्रो ओम शान्ति लिडरहरु ऊभिएर केहि काजगहरु लिँदै गरेको देखेर मैले अन्दाज पाएँकि हाम्रो बस्ने कोठा वा भबनको तजबिज मिलाउन थालेका होलान ।

हामिलाई फेरि बस ले हाम्रो बस्ने भबनमा पुर्याईदियो । बिहानिको ऊज्यालोले भन्दा बत्तिको प्रकाशले जितिरहेको समयमा हाम्रो भबन वरपरको बँगैचा तथा कलाकृति युक्त साजसज्जा हरु हेर्दै आनन्न लिँदै हिँड्दै गर्दा, ज्ञान सरिता लेखेको ठूलो भबनले मेरो ध्यान आकृष्ट गर्दै थियो ।

रुमको भाग लगाउने स्लिप दिँदै गरेका ओम शान्तिको ग्रुप लिडरले मलाई स्लिप दिन अपरिपक्क ठानेपछि मैले स्लिप समात्न लम्काएको हात रित्तो फर्काउन पर्यो । मैले सोचें दाह्रि कपाल काटेर कमिज सुरुवाल लगाएर हिड्नु पर्ने रहेछ ।

दिपेश दाईले माग गरे अनुसारको हामिले ९ जनाको शेयरिङ रुम पायौं । फ्रेस भएर चियापान पछि हामि ‘ओम शान्ति क्लास’ मा जानेछौं भन्ने सुनेको थिएँ । घरबाट निस्किएको तेस्रो दिनको दिन नुहाउन पाउँदा स्वर्गिय आनन्द भयो । यो यात्रामा पहिरनहरु को ब्यबस्था सबै खत्तम भएको थियो । छिमेकि अंकलले राम्रो सँग बताईदिन नजान्नु भएको हो वा मेरो बुझाई गलत हो जे होस मैले सबै हाल्फ पाईन्ट बोकेर गएँ र बोकेरै आएँ । पहिलो दिन असहज भई भई एउटा जगेडा बोकेको ‘ग्रन्ज चुज जिन्स’ पाईन्ट लगाउनु पर्यो । त्यस पछिका  दिनहरुमा राति सुत्न भनेर लगेको पाईजामा प्रकारको जिन्स जस्तो देखीने पाईन्ट सँधै धुँदै लगाउन थालें ।


पहिलो दिन

पहिलो दिन चियापान पश्चात खिचेको पहिलो फोटो ।
प्रभुमिलन जहाँ छ दिन सम्म ज्यादा गुलियो
चिया पिईयो ।
चिया पिउनको लागि भबनको प्राङ्गढमा निस्कँदा उज्यालो भईसकेको थियो । हाम्रो भबनको मुलढोकाबाट बाहिर निस्कँदा ठ्याकै नाकैमा जोरिएला जस्तो निर्जन पहाड केहि मिटर पर थियो । ढुङ्गाको बल जस्तो देखिने त्यो ऊजाड पहाड पहिलो पटक हेर्दा केहि अनौठो देखिन्थ्यो  ।  त्यसरि भबनै अगाडि निर्जन पहाड सन्मुख पर्ने गरि बाहिर निसक्दा मैले बिल्कुल अनौठो महशुस गरें ।  हामिहरु दायाँपट्टि परको भबनतिर गयौं । ‘ज्ञान सरिता’ ‘प्रभु मिलन’ ‘अमृत कलश’ ‘प्लाटिनियम हाउस’ एस्तै एस्तै बिभिन्न नामहरुले सबै भबनहरु नामाकरण भएका रहेछन् । प्रतेक भबनहरु लगभग २०० जति कोठाहरु भएका जस्तो अनुमान मैले हाम्रो भबनमा राखिएको कि-बोर्डको साँचो गन्ति गरेर पत्ता लगाएको थिएँ ।  सफासुघ्गर प्राङ्गढ, ब्यबस्थित बँगैचा, हरियो फराकिलो चौर । फलफुलका बृक्षहरु । छेउमै निर्जन पहाडले पर्खालको काम गरेको जस्तो भान हुने अग्लो पहाड । त्यसमा पनि काँडेतारबार सहितको पर्खाल नलगाएको चाँहि होईन ।

पहिलो दिनको सामुहिक चियापान ।
प्रभुमिलन भबनको लबिमा चिया पाईने रहेछ । त्यो हरेको दिनको दिनचर्या रहेछ । बिहान र साँझको चिया प्रभु मिलनको लबिमा गएर पिउन पाईने रहेछ । सबैजना चिया पिउन जम्मा भएको सयौंको भिडमाझ पहिलो दिन प्रभुमिलनको लबिमा बसेर सामुहिक चियापान गरियो । यो बेग्लै अनुभब रह्यो ।  यो अनौठो र पहिलो अनुभब थियो ।


चियाको गिलाँस ।
चियाको ठुलो ठुलो थर्मस जस्तो देखिने ट्याङ्कि जसमा करिब १०० लिटर जति चिया, कफि वा दुध अटाउने होला जसलाई ब्यबस्थित टेबलमा राखिएको हुन्थ्यो र ट्याँकिमा जडित धाराको माध्यम बाट चिया, कफि वा दुध लिन पाईन्थ्यो । हामिले गिलाँसहरु राखिएको टब बाट आफैं गिलाँस लिएर जानु पर्थ्यो र आफैंले या त्यहाँ बसेकाहरुको माध्यमबाट लिन पाईन्थ्यो । सँगै राखिएको अनगिन्ति टेबल र मेचहरुमा भिड नभईकन सजिलै बसेर चिया खान पाईन्थ्यो ।  हामिहरु स-साना क्लस्टरमा बिभाजित भईरहन्थौं । र चिया, नास्ता र खानाको समयमा भेट हुने र छुट्टिने क्रम चलिरहन्थ्यो ।

डायमन्ड हल ।
चियापछि हामि पहिलो दिनको ‘ओम शान्ति क्लास’ को लागि हामि राति बस्ने परिसर भन्दा केहिपर रहेको “ओम शान्ति” को मुल परिसरमा पुग्नु पर्ने थियो जुन हलको नाम “डाईमन्ड हल” थियो ।

डायमन्ड हल भित्र ।
“डाईमन्ड हल” निकै बिशाल थियो । तेति बिशाल कन्फेरेन्स हल मैले पहिले देखेको थिईन । प्लास्टिकको सेता कुर्सिहरु लहरै ब्यबस्थित राखीएको, आँखाले अन्तिम तिरको कुर्सिपनि राम्रो सँग ठम्याउन नसकिने बिशाल भबनमा फैलिएको थियो । स्ट्यान्ड फ्यानहरु त प्रशस्तै थिए तर  सेन्ट्रल कुलिङ सिस्टम चाँहि थियो जस्तो मलाई लागेन । शिब बाबाको सेतो पार्शमा भएको तस्बिरले गर्दा मन्चमा बस्ने सेतो पहिरनधारि दादि, दिदि, भाई कसैलाई पनि राम्रो देखिदैन थियो । त्यो मन्च ब्यबस्थापनको कमजोरिनै हो भन्छु म ।

सेतो पार्श भएको मन्च जसले गर्दा मन्चमा केहि देखिँदैन ।
दुईतिर छेउमा राखिएको ठूला स्कृनको भरमा प्रबचन वा मन्चमा के भईरहेछ भनेर हेर्नुपर्ने हुन्थ्यो । साऊन्ड सिस्टम ब्यबस्थित ढँगले मिलाईएको थियो जसले गर्दा सुन्नमा कुनै असजिलो हुँदैन थियो । बिशाल हलको छाना भने जस्ताको थियो । नेपाल भारततिर मात्रै होला यो जस्ताको प्रचलन । त्यो जस्ताको छानो देखेपछि मेरो मन कत्तिपनि आकर्षित हुँदैन । त्यो जतिसुकै मिलाएर लगाएतापनि मलाई त्यो कुरुप जस्तो लाग्छ । 

निदाईरहेका मेरा सहयात्रि साथिहरु ।
अनगिन्ति राखिएका स्ट्यान्ड फ्यानले कसैलाई शितलता दिन्थ्यो त कसैलाई निन्द्रा भगाउन मद्दत गर्दथ्यो । हलमा प्रबचन सुनिरहेका अधिकांश पट्यार मानिरहेका, हाई काढिरहेका, निदाईरहेका देखिन्थे ।

ओमशान्तिहरुको 'शान्तिबन' परिसर । राजस्थान भारत ।
मुख्य ओम शान्ति परिसर ५४ एकर जति क्षेत्रफलमा फैलिएको रहेछ । त्यसमा सबै भबनहरु र बँगैचाहरु ब्यबस्थित तरिकाले बनाईएका रहेछन् । फलफुलका बृक्षहरुले परिसरको सोभा बढाएका थिए । फुलहरु तेति धेरै नभएपनि हरियो चौरहरु प्रशस्तै थियो । परिसरमा बाबाको कमरा धेरै ठाँउमा बनाईएको हुने रहेछ । 

बााबको कमरा  ।
बाबाको कमरा भन्नाले ओम शान्तिको मुख्य बाबाको फोटो राखिएको शितल कोठा जहाँ भुईमा बसेर बाबाको फोटोतिर हेरेर ध्यान गर्न सकिन्थ्यो ।  त्यो कोठा प्रायस एसि चालु राखेर शितल बनाईएको हुने रहेछ । त्यहा जाने सबैले त्यस कमरामा एक न एक पटक प्रबेश गरेर ध्यान गर्ने रहेछन् । ध्यान फेरि निकै छोटो समय करिब २ मिनेट जस्तो ध्यान गर्दै एक पछि अर्को मानिस आउने जाने क्रम भईरहने रहेछ । म चाँहि ध्यानमा लिन हुन नसकेतापनि त्यो सुख्खा र गर्मि पर्याबरणमा बाबाको कमरा भित्र भएको एसिको शितलताको लागि दिनमा धेरै पटक जाने गर्दथें तर यस क्रममा मलाई बिस्तारै ध्यानप्रति आकर्षण बढ्न थालेको थियो ।

ओमशान्ति "शान्तिबन" परिसर भित्रको आलिशान महल ।
सबै भबनहरु बाहिर सेतो रङ्ग गरिएको र ठिक्क उचाईका मात्रै रहेछन् । त्यो परिसरलाई मैले हाम्रो राजदरबार, सिंहदरबार परिसर सँग तुलना गरें । मेरो नजरमा त्यो कुनै भब्य धार्मिक स्थल वा सबैले भन्ने स्वर्ग नभएर एउटा आलिशान कुन्ज हो जहाँ सबै किसिमको सुबिधाहरु केहि हदसम्मको गणितिय तबरले ब्यबस्थापन गरिएका छन् ।


माउन्ट आबु एरिया ।
भुगोलको ज्ञान भएको जो कसैलाई राजस्थान नाम सुन्ने बित्तिकै मरुभिको ठाँउ भन्ने लाग्दछ । मलाई पनि पहिले तेस्तै लागेको थियो । तर बास्तबमा ओम शान्तिको आश्रम आबु एरिया राजस्थानको हरित भाग मध्येमा पर्ने रहेछ जसले गर्दा त्यहाँ सोचे जस्तो उजाड छैन । गाँउमा खेति भएका छन् । बालिहरु हुर्काईएका छन् । रुखहरु १२-१५ बर्ष उमेरका देखिन्छन् । मौशमको चक्रिय प्रकृति अनुसार केहि बर्षयता त्यहाँ बर्षा हुन थालेको भन्ने बुझियो । यो मेरो निजि बुझाई र अडकल ।
आनन्द सरोबर परिसर भित्र बस्नको प्रबन्धको लागि बनाईएको भबनहरु ।
त्यसमा पनि साधनमाथि बिजय प्राप्त गरेका बर्गद्वारा खडा गरिएको सिर्जनामा बँगैचा, सुबिधा ऊपभोग र दैनिक हजारौं मानिसलाई खानपिन गर्न गराउनको लागि पानिको पर्याप्त ब्यबस्था गरिएको छ । बस्ने कोठाहरुमा भएका एटेज बाथमा मनग्य पानिको प्रबन्ध छ । पिउनको लागि पानिको धारा पुर्ण परिसरभरि अनगिन्ति ठाँउमा ब्यबस्था गरिएका छन् । 
पानि जम्मा गरिएको कृतिम तलाउ ।
मैले त्यहाँ सुनेंकि बाथुरुममा प्रयोग गरिएको पानिलाई रिफाईन गरेर बोटबिरुवाहरुमा हाल्नको लागि प्रयोग गरिन्छ रे । त्यहाँ देखेको एउटा ठुलो पानिको तलाउ देख्दा त्यो प्रयोग गरिएको पानिलाई जम्मा गरिएको जस्तो देखिन्थ्यो ।  यसरि त्यहाँ सुख्खा स्थानमा पनि पानिको ब्यबस्था राम्रै गरिएको छ । छिमेक बस्तिबाट मानिसहरु पानि लिनको लागि ओम शान्ति परिसरमा आएको देख्दा अडकल लगाउन सकिन्थ्यो कि आम मानिसलाई चाँहि पानिको त्यति सहजता छैन ।

शान्तिबन परिसमा बँगैचाको आनन्द लिँदै राजयोग शिबिरमा सहभागि ।
मुख्य शहरको बासिन्दा, जताततै आधुनिक फोहरहरु र  सानो टुक्रा जमिनमा(आनामा) बनाईएको घर र घन्चमन्च मानब बस्ति र कोलाहाल बाट यात्राको रुपमा त्यहाँ पुग्ने जो कोसैलाई पनि त्यो आलिशान कुन्जले लोभ्याउँथ्यो । मानिस स्वभाभले नै प्रकृति प्रेमि हो । गहिरिएर मानब शात्रको अघ्यन गर्दा मानिसलाई प्रकृतिले जस्तो पुर्णता केहिले महशुस गराउन नसक्ने रहेछ ।


डायमन्ड हल अगाडिको दादिजि बाटिका ।
नास्ता खाएर हामिहरु आज पहिलो दिन माऊन्ट आबुतिर घुम्न जाने कार्यक्रम थियो । हामिले दादिजि बाटिकामा भेला हुनुपर्ने थियो रे ।

दादिजि बाटिका भोजनगृहको नजिकै थियो । बिशाल भिडमा भोजन गर्दा अलमल भएर साथि र ग्रुप छुट्टिईने क्रम भईनै रहन्थ्यो तेसैले भोजनपछि बाटिकामा सबैले सबैलाई कुर्न सजिलो हुन्थ्यो ।

माउन्ट आबु पर्बत चढ्दै गर्दा देखिएको प्रबेशद्वार ।
माउन्ट आबुतिर जानको लागि दुईओटा गाडिको प्रबन्ध गरिएको रहेछ । मैले भिडियो बनाउने बिचार गरेर गाडिको पहिलो सिट रोजें । तेसो गर्दा सिसा बाहिरको दृष्यको गज्जबको भिडियो बनाउन सकिन्थ्यो । गाडि बिस्तारै माथि पर्बततिर ऊकालो लाग्न थाल्यो । कालो अनुहार त्यसमा सेता ठुटा दाह्री देखिएको र पातलो शरिर भएका, शान्त स्वभाब देखिने ५० कटिसेका ड्राईभर गाडि हाँक्दै थिए  । माथि ऊकालो लाग्दै गर्दा तेताको अनौठो पर्याबर्णले मलाई सोच्न बाध्य बनायो । कडा पत्थर र उजाड जस्तो देखिने पहाडमा रुखहरु बढीमा १२-१५ बर्ष जतिको भएका थिए, त्यसमा हरियालि कमै देखिन्थ्यो र पहाडका खोंचहरु रसिला थिएनन् । कँहि कतै पानिहरु, सिमहरु, र झर्नाहरु थिएनन्  । उजाड र कडा पत्थर देखिने पहाडमा पनि रुखहरु हरियानै छन् । बाटो छेउतिरै लामा लामा पुच्छर गरेका लङ्गुरे बाँदरहरुको बाक्लो उपस्थिति देखियो ।  आफ्नो निजि गाडिमा भ्रमण गर्न नसक्नुको पिडा त्यतिबेला हुन्छ जतिबेला तेस्ता आकर्षक देखिएका बाँदरहरुको झुन्डको फोटो खिच्न पाँईदैन ।

सुमन दँगाल जि सँग छोटा मिठा गफ गर्दै गर्दा गाडि माथि उकालो चढीरहेको थियो । म गफहरुमा भन्दा बाहिरको दृयाबलोकनमा रमाउँथें । करिब मध्यान्न तिरको समयमा उजाड देखिने पहाडि   पर्याबरणमा दिनको घामको चमकले आँखालाई सास्ति भईरहेको थियो । हावामा आद्रता कम भएकोले होला जति गर्मि भएतापनि शरिर बाट खासै पसिनाको धारा बहँदैन थियो ।

ज्ञान सरोबर ।
हामि ज्ञान सरोबर भन्ने परिसर घुम्नको लागि अडियौं । आबु पर्बतमा बनाईएको त्यसको नामाकरण चाँहि ‘Academy for a Better World’ गरिएको थियो । यस्ता अलमल अलमल किशिमका नामाकरणहरु बाट मैले सजिलै अन्दाज लगाउन सक्थेंकि ओम शान्तिहरुले आफ्नो अस्तिव्तको लडाँईको लागि ठुलै सास्ति खेप्नु पर्ने रहेछ जस्तो छ । कतै राजयोग एजुकेशन फाउन्डेशन कतै बिश्बबिद्यालय एस्तै एस्तै नामाकरण गरिएको छ । जसले सामाजिक र कानुनि अड्चनहरु सँग जुद्घ मद्दत गर्ने होला जस्तो मैले अडकल लगाएँ ।


यात्रारत नेपाली टोलि जो-जो आसपासमा थिए ऊनिहरुलाई समेटेर लिईएको ग्रुप फोटो  ।

ज्ञान सरोबरमा हामिले ग्रुप फोटो लियौं । जो जो नजिक आसपासमा हुनुहुनथ्यो ति सबैजना बसेर ग्रुप फोटो लियौं । ज्ञानसरोबर परिसर पनि ठुलै रहेछ । पहाडको फेदि ( आबु रोड ) तिर सर्नु भन्दा पहिले ओमशान्तिको अधिकांश गतिबिधिहरु यस पर्बतमा हुने रहेछ तेसैले त्यो सरोबर पनि राम्रो सँग ब्यस्थापन गरिएको र सजाईएको थियो ।

हाम्रो काठमाडौंको जस्तो पर्याबरण र हावापानि भएर त्यस किसिमको कुन्ज स्थापित भएको भए चाँहि पक्कै ध्यान तथा योग गरुँ गरुँ जस्तो लाग्ने थियो होला तर त्यो आद्रता नभएको सुख्खा निर्जन पहाडको त्यो गर्मिमा ध्यान र योग गरौं जस्तो अनुभब चाँहि पटक्कै थिएन । बसन्त ऋतुको मध्यतिर पुग्दापनि कुनै चराहरुको अबाज खासै सुनिएको थिएन यद्यपि बँगैचा र परिसरको भौतिक र प्राकृतिक साजसज्जा र ब्यबस्थापन चाँहि तारिफ गर्न योग्य थियो ।

पुस्तकालय, ध्यान केन्द्र, बँगैचाहरु एस्तै एस्तै प्रकारले सजित थियो ज्ञान सरोबर ।

सबैजना फोटोहरु लिन ब्यस्त देखिन्थे, प्राय गरेर सबैले सेल्फि खिचिरहेका हुन्थें । मलाई फोटोग्राफिको अनुभबले निखार्दै लगेकोले गर्दा मध्यान्नको त्यो चर्को प्रकाशमा फोटो राम्रो नआउने कुरा थाहा थियो तेसैले मैले फोटोमा समय बिताईन । त्यसको साटो बरु पानि पिउने तथा परिसर बाहिर कुल्फि बेचिरहेका हरु सँग कुल्फि खाएर शितलताको अनुभुति गर्दै थिएँ ।

नक्की झील ।
हामि त्यँहाबाट नजिकैको नक्की झिलमा गयौं । झीलको सोभा खासै केहि देखिएन ।
झिल वरपरको ब्यापार, घोडाचढि, उँट, राजस्थानि पहिरनमा खिचिने फोटोहरु, नयाँ किसिमको फलफुल र सँगै यात्रारत सबैले थरि थरि कुराहरुमा रमाईरहेको देख्दा रमाईलो हुने रहेछ ।

नक्की झील वरपर राजस्थानि पहिरनमा तस्बिर खिचाएर रमाउँदै पर्यटक ।
जनाबरहरुको मायाले गर्दा मैले घोडाचढि, उँटचढि गर्दिन । त्यसैले मैले सँगै बेचिरहेको पुदिनाको जुस पिएर आनन्द लिएँ । 

पुदिनाको जुस ।
मुख सुख्खा हुने त्यो गर्मिमा त्यो पुदिनाको जुस बढा सन्टुष्टि दिने थियो त्यसमा पनि मैले ब्यापारिलाई म काठमाडौं बाट आएको हुँ, मलाई यादगार जुस पिलाउनुहोस भनेर बनाउन लगाएँ, पहिलो पटक कसैले मेरो कुरा सुनेर मलाई मान्यो । उसले मेहनत गरेर बढा गज्जबको जुस पिलायो ।

हिन्दि बोल्नलाई गाह्रो हुने । फिलिमहरु प्रशस्तै हेर्ने गरिएको ले गर्दा बोलेको बुझ्न त राम्रै बुझिने तर बोल्नलाई चाँहि अप्ठेरो हुने । म अँग्रेजि लै बोलिदिन्थें त्यसो गर्दा एक प्रकारको आत्मसम्मान महशुस हुने थियो कि मैले ऊनिहरुको भाषा किन बोल्ने जबकि उनिहरु चाँहि हाम्रो भाषा बोल्दैनन् भने । दोश्रो अङ्ग्रेजि बोल्ने अभ्यास पनि हुन्थ्यो नि ।  र कहिले कहिले चाँअ आफैं ईन्जोए गर्नको लागि हिन्दि बोल्दथें ।

हाम्रो टोलिको बिबाहित जोडि रामबोल र उँहाकि श्रीमति राजस्थानि पहिरनमा फोटो खिचाईरहनु भएको थियो  । सुमन जि घोडाचढिमा रमाई रहनु भएको थियो । दिपेश दाई पनि घोडाचढि र फोटो खिचाउनमा ब्यस्त हुनुहुन्थ्यो । म चाँहि फलफुल र जुस सेबनमा ब्यस्त थिएँ । सबैले आ-आफ्नै प्रकारले रमाई रहेका थियौं ।

पान्डब भबनको मुलद्वार ।
हामिले दिउँसको भोजन पान्डब भबनमा गर्यौं । पान्डब भनबमा पनि भोजनको प्रबन्ध राम्रो थियो । फराकिलो भबन अनि खानपिनको ब्यब्स्था राम्रो थियो । मैले सहयात्रि कसैलाई पनि नकुर्दै एक्लै भोजन गर्ने बिचार गरेर भोजन लिएँ त्यसो गर्दा मलाई फोटो खिच्ने समय पर्याप्त हुने थियो ।
भोजन लिँदै गरेको बालक ।
संयोगबस सुमनजि पनि भोजन लिएर म भएकै टेबलतिर आईपुग्नु भएछ । हामिले सँगै भोजन गर्यौं । मेरो टेबलमा ठिक मेरो सामुन्नेमा बसेर भोजन गरिरहेको बालक निकै कालो बर्णको थियो । मैले ऊसको फोटो चोरेर खिचें । ऊसको त्यो आँखा र ऊसले खुब श्रद्दाले गरिरहेको भोजले मलाई ऊ प्रति ध्यान आकृष्ट गरेको थियो । ऊसले भातमा मनग्य दाल हालेर खुब सँग हत्केला र नारि सम्म पुराएर खाँदै थियो ।
                                                                             

माउन्ट आबुको पाण्डब भबन भएको त्यो स्थान चाँहि लेखराज { Lekhraj Khubchand Kripalani (15 December 1876 – 18 January 1969), also known as Dada Lekhraj, was the founder of the Brahma Kumaris. } ले ध्यान गर्न रोजेको स्थान रे भन्ने अपुर्ण कुराहरु सुनियो ।  मैले परिसरमा तस्बिरहरु लिएँ । तेसै परिसरमा मलाई बर्जित भनिएको पहिर हाल्फ पाईन्टमा एक किषोरिको तस्बिर पनि लिन भ्याएँ ।

दिलवाडा मन्दिर ( जैन मन्दिर) वरपरको भिड तथा अब्यबस्था ।
हामि भोजन पश्चात दिलवाडा मन्दिर(जैन मन्दिर) गयौं । भित्र प्रबेशको लागि मोबाईल फोनहरु बाहिर जिम्मा लगाउनु पर्ने भएपछि मैले भित्र नजाने निर्णय गरें । मेरो निर्णय ठिकै भएछ पछि एकजनाको मोबाईल हराएको कुराहरु सुनियो । तेसैले त म जसतस कसैलाई बिश्वास गर्दिन । 
एसैपनि मैले मन्दिर परिसरमा फोटो खिच्न नपाउने भएपछि मैले भित्र जानको लागि तेति चेष्टा गरिन किनकि मेरो प्रगाढ रुचि फोटोहरुमा छ । 
संगमरमरमा गरिएको आकर्षक शिल्पकला तथा प्राचिन समयमा स्थापित जैन मन्दिर( दिलवाडा मन्दिर) एक प्रसिद्द पर्यटकिय गन्तब्य मध्येको एक रहेछ । मैले क्यामेरा निषेध गरिएको तथा भिडभाड देखेर भित्र प्रबेश गरिन तर अहिले केहि पश्चाताप भयो कि मैले एक पटक हेर्नु पर्थ्यो । तर मैले त्यस समयमा मेरो पाउन नसकेको तथा गुमाएको मेरो आफ्नो मायाको लागि मायाको चिनो बनाउन लगाएर किनें । मैले त्यो मायाको चिनोको फोटो चाँहि जानाजान यहाँ पब्लिस नगर्ने बिचार गरें । पछि कुनै समयमा गरौंला नि ।

एक ब्यापारिलाई मायाको चिनो बनाउन लगाउँदै ।
स्मरण योग्य कुरा के भयो भने बजार तिरको बाटोमा राखिएको पसलमा मैले मायाको चिनो बनाउन लगाउँदै गर्दा टुर गाईड आईपुग्नु भएछ । उँहाले पुरा नाम पढ्नुहोला भनेर एउटा लेटर मात्रै लेख्न लगाएँ । पछि उनलाई अन्तैतिर भुलाएर फेरि तेहि पसलमा आएर अक्षरहरु थप्न लगाएर पुर्ण नाम बनाएँ ।

घरमा लेराउन यात्राको चिनोको रुपमा एउटा राजस्थानि सँस्कृति झल्कने फ्रेम किनेर लिएँ । पछि टुर गाईडको असाबधानि पुर्ण बसाईको कारणले गर्दा फ्रेमको सिसा टुट्यो । कम्तिमा एक पटक माफि माग्नु त पर्ने हो तर तेति पनि गरेरनन् ति थोरै बोल्ने तथा घमन्डि स्वभाभ देखिने टुर गाईडले ।
दिलवाडा मन्दिरको कलात्मक सौन्दर्यता जति होला तर त्यस मन्दिर वरपरको बजार तथा मानब बस्तिको अब्यबस्थाले गर्दा मन्दिरको सौन्दर्यता ओझेलमा पारिरहेको थियो । सार्बजनित तथा प्राचिन महत्वको स्थानहरुलाई आकर्षक गन्तब्य बनाईराख्न कत्तिपनि प्रयास भएको देखिँदैन ।

पिस पार्क । माउन्ट आबु ।
हामि ब्रहम्कुमारि पिस पार्क हेर्नको लागि गयौं । आर्किटेक तथा डिजाईन तेति मन छुने नभएतापनि त्यहाँ फुलाईएका फुलहरु तथा गार्डेनिङ्ग राम्रै थियो ।

पिस पार्क भित्रको सजावट ।
फोटोखिच्न निषेध गरिएको बोर्ड त्यहाँपनि नभएको चाँहि होईन । तर सबैले फोटोचाँहि खिचिरहेका थिए । मैले नबुझेको यो हो कि यो भारत तथा नेपालमा हरेक सार्बजनिक स्थानहरुमा फोटो खिच्न निषेध गर्नुको कारण चाँहि के रहेछ कुन्नि ?
I hate this!


टुर गाईड तथा सामुहिक टुर प्याकेजमा यात्रा गर्दा आफ्नो मनखुसि पर्याप्त समय लगाएर हिँड्न खासै पाईदैन तेसैले गर्दा हर समय समय प्रति सजग भईरहनु पर्दछ यो चाँहि सामुहिक घुमघामको बेफाईदा हो । मैले एक्लै फटाफट हिँडेर पिसपार्क डुलेर बाहिर निस्किएँ तेसो गर्दा बाहिर बजारको भ्रमण गर्न सकिन्थ्यो । मैले त्यहाँ राजस्थानि पहिरनमा फोटो खिचाएँ ।

ओम शान्ति राजयोग शिबिरकै अर्का टोलि मध्येको तिनजना केटाहरु पिस पार्क नजिकैको बजार भन्दा अलि पर क्यान बियरमा रमाई रहेका थिए । अल्लारे ऊमेरको टिनएजर केटाहरु भएकाले आध्यात्मिक यात्रामा बर्जित कुराहरु पिउन नहुने कुरालाई अटेर गरेछन्  । मैले मेरो एउटा पुर्णकदको तस्बिर खिचाउने अभिप्रायले ऊनिहरु सँग बोलें र तस्बिर खिच्न लगाएँ । पछिसम्म पनि ति केटाहरु म सँग शिबिर वरपर भेट हुँदा प्रसन्न भएर बोलचाल गर्ने गर्दथें ।

सुमन जि र बिनोद अंकल को तस्बिर प्रभुमिलनमा चियापान गर्दा लिएको ।
सुमन जि मन उदार भएको मिजासिलो मानिस हनुहुन्थ्यो । सँगै यात्रारत एक अबिबाहित  स्त्रि र यात्रा अबधिभर  उक्त स्त्रिको पुच्छर लागिरहेका ति अर्को अधबैंशे पुरुष  सँग बसेर सुमनजि खाजा खाँदै हुनुहुँदो रहेछ ।  बजारतिर डुल्दै गरेको मलाई खाजा खाईरहनु भएको सुमनजिले पसल भित्रबाट देखेर मलाई बोलाउनु भयो । मैले निम्ता सहर्ष स्विकार गर्दै सँगै बसेर कफि पिएँ ।

हामि त्यसदिनको भ्रमण सकाएर शान्ति आश्रम आबुरोडको लागि फिर्ता भयौं । पहाडि साँघुरो बाटोमा त्यो अति दुब्लो ख्याउटे कालो बर्णको बस ड्राईभर एक तमासले अति चर्को प्रेशर हर्न बजाउँदै बेगले ओरालोमा गाडि हाँक्दै थियो । हाम्रो बसमा भएका टुरगाईडले अलि बिस्तारै हाँक्नुहोस न भनेको आग्रहलाई ऊनले सुने नसुनेकै झैं गर्दै हर्न बजाउँदै कुदाईरहेका थिए ।  पराग को खोल च्यातेर मुखमा हालेपछि त्यो खोललाई बसको झ्याल बाट फुत्त बाहिर फालिदिए । त्यसपछि घरि घरि पानपराग को झोल बसको सिसा बाहिर पिच्च पिच्च थुक्दै थिए । म ड्राईभर भन्दा ठिक पछाडि थिएँ । म ति ड्राईभरको चर्तिकला देखेर वाक्क भईसकेको थिएँ ।

पाँच दिने शिबिरको  बसाईको पहिलो दिन हामिलाई सन्ध्याकालको प्रबचनमा शत्रमा स्वागत कार्यक्रम पनि तय गरिएको छ भन्ने कुरा टुर गाईडले जानकारि गराएका थिए ।  माउन्ट आबु जानु पहिलेनै बन्दोबस्तिको सामाग्रि मध्येमा नेपाली ढाका टोपी पनि बोक्नु भनेर घर नजिककैका यात्रा प्रस्ताब लेराउने अंकलले सुझाब दिएका थिए । नेपाली ढाका टोपि चाँहि बिशेष गरि त्यहि स्वागत समारोहको लागि बोक्नु तथा पहिरिनु जसले गर्दा नेपाली भनेर पहिचान हुन्छ भन्ने नेपाली ओम शान्तिहरुको धारणा तथा आग्रह रहेछ ।

मैले ढाका टोपि बोकेको थिएँ तर स्वागत समारोहको लागि उक्त टोपी पहिरिन किनकि त्यो ढाका टोपीले नेपाली भनेर पहिचान त गराउला तर नेपाली भएर हामिले गर्ब गर्ने र प्रस्शतु गर्नलाई हामि सँग के नै छ र ? हामिले पछिल्लो शताब्दिमा नेपाली भएर गर्ब गर्नको लागि के नै गर्यौ र ? पछिल्लो दशकमा कुन नेपालीले बिश्व सामु आफ्नो परिचय स्थापित गराउन सकेको छ र ? नेपाली हुनुमा मलाई गर्ब देखाउनु छैन । मैले केहि गर्न सकेको छैन । नेपालीको पहिचानले सम्मानित हुन तथा गर्ब गर्ने ठाउँ मैले देखिन । तेसैले मैले ढाका टोपि पहिरन गरिन ।

ठुलो हलमा जम्मा भएका करिब ५-६ हजार सबैलाई एक एक गर्दै स्वागत स्वरुप डायरि अथवा भगबान रुपि तस्बिरको फ्रेम बाँड्ने काम एकदमै सरल रुपले गर्न सकिने रहेछ । डायरि अथवा फ्रेम छनौट गर्न राजयोग शिबिरमा उपस्थित जो कोहि स्वतन्त्र थिए ।   मैले कलम र डायरिनै छनौट गरें ।   

९ बेडको शेयरिङ्ग रुम ।
भोजन पश्चात हामि आफ्नो सुत्ने कक्षमा गयौं । ठुलो कोठामा तिन-चार वटा पँखा तथा कुलर चलाएर नौ जाना एउटै कोठामा सुत्यौं । हामि प्रत्येकलाई छुट्टा छुट्टै बेड थियो । घरहरु, बस्त्रहरु, कुर्सिहरु, याबत सबैकुराहरु सेतो प्रयोग गर्ने ओम शान्ति हरुले हामिलाई सुत्नको लागि तयार राखिदिएको कोठाको बेड सिट चाँहि खैरो रङ्गको थियो । ताकि मैलो नदेखियोस र मेहनत गरेर सफा गर्न नपरोस । खैरो तन्नामै भएपनि ब्रह्मबाबाको घरमा राम्रै निदाइयो ।




दोश्रो दिन 


बिहान ब्रह्म मुहर्त(३ देखि चार बजेको अबधि) मा ऊठ्ने ओम शान्तिहरुको नियम अनुसार हामिले पनि बिहान छिट्टै ऊठेर नित्यकर्म थालि हाल्यौं । नौ जना एउटै कोठामा सुतेको र एउटा एटेच बाथ हुने भएकोले  मैल झन छिट्टै ऊठेर नित्यकर्म थालिहालें । चार बजे अगाडिनै हामि सबैजना तयार भईसकेको थियौं ।

प्रभुमिलन नामक भबन ।
बाबाको कमरामा ध्यान पश्चात मैले चियाको लागि प्रभुमिलन तिर गएँ । हामिले चिया पियौं । चियाको प्रबन्ध सँधै राम्रो हुन्थ्यो । मलाई चिनिको गुलियो तेति मन नपर्ने भएकोले आफ्नो स्वाद अनुसारको चिया वा कफि पिउन चाँहि पाईएन । तेपैनि सहयात्रिहरु सँग सँगै चिया पिउँदा आनन्द अनुभब हुने रहेछ ।

शान्तिबन परिसर मा देखिएको महल ।
मैले त्यसदिनको नियमित बिहानिको शत्रमा डायमन्डहलमा बसेर प्रबचन सुनिन  तेसो गर्नुको कारण मैले पुर्ण शान्तिबन (जहाँ ओम शान्तिको मुख्य भबनहरु स्थापित छ) परिसरमा डुलेर राम्रो तस्बिरहरु लिने सोच गरें । मैले थुप्रै तस्बिरहरु लिएँ । कता कता कक्षा नबसेर भागेको जस्तो पनि महशुस भइरहेको तथा थोरै भय पनि भईरहेको थियो । कि मैले यसो गर्नु हुँदैन कि भनेर तर फोटोको मोहले जित्यो ।

बिहानको नास्ता ।
नाम थाहा नभएको मासको दालको स्वाद आउने अनौठो डल्लो सहितको नास्ता गरें । पहिलो दिन बिहान आठ बजेको नास्ता चाँहि मुख्य खाना नै होला भनेर दिपेश दाई र मैले थपि थपि खाएको थियौं । पछी आफैंलाई अप्ठेरो लागेको थियो कि नास्ता पनि थपि थपि खाईयो ।

नास्ता पछिको शत्रको क्लास पनि मैले बसिन । फेरि पनि तस्बिरहरु खिच्नमै ब्यस्त भएँ साथ साथै राजयोग शिबिरको लागि आईपुगेका मानिसहरुलाई अर्थपुर्ण हेराईमा ब्यस्त भएँ ।

सफा सुघ्गर बाटो तथा पेटिहरु ।
निजि परिसर भित्रको बाटोहरु तथा निजि संस्थासम्म पुग्ने साहायक बाटोहरु ऊकृष्ट मापदन्डको आकर्षक देखिने गरि बनाईने तर सार्बजनिक स्थान भन्ने बित्तिकै अति न्युन गुणस्तरको संरचनाहरु बनाउने प्रचलन  नेपालमा त सामान्य चलननै थियो तर भारतमा पनि यो चलन पर्याप्त देखियो ।  शान्तिबन परिसरको बाटोहरु तथा सडक पेटिहरु उत्कृष्ट थिए तर परिसर बाहिर पुग्ने बित्तिकै समाजको बास्तिबक चेतनाको स्तर तथा गुणस्तरियता झझल्कि हाल्थ्यो । एसो हुनुमा नाम कमाउने चेष्टा नहुनु तथा अर्थोपार्जन लाई नै सर्बोपरि ठान्ने निम्नस्तरिय बिबेकको ऊपज हो भन्ने मेरो ठहर छ ।

ओम शान्ति परिसर बाहिर निस्किनि बित्तिकै तारका लठ्ठाहरु, खुला ढल, जताततै राखिएको अब्यबस्थित बजार र जताततै फालिने फोहरहरु, लापर्बाह तरिकाले हाँकिने गाडिहरु, चर्को हर्न, ढाँट छल र आफुलाई सजिलो भए पुग्ने-- यहिनै हो समग्र एसियाको परिचय र भारतको पनि ।

शान्तिबन परिसरको ब्यबस्थित बाटो तथा बृक्षहरु ।
दुबोले ढाकिएको फराकिलो मैदान, आँप तथा अन्य बृक्षहरु ब्यबस्थित ढङ्गले ब्ययबस्थापन गरिएको तथा घर तथा संरचनाहरु सुझबुझपुर्ण गणियित सिद्दान्तलाई अपनाएर बनाईएकोले गर्दा शान्तिबन परिसर अति अब्यबस्थित र बाहिरि कोलाहाल मानब बस्ति अनि जिबन शैलिको माझ सबैले भन्ने स्वर्ग भईदिइको हो अन्यथा एक सामान्य बसोबास शैलि बाहेक केहिपनि होईन ।

अध्यात्मिक मानिसहरुको शान्तिबन परिसरमा
राखिएको सुचना ।
मैले परिसरमा आध्यात्म भेटिन । शान्तिबन परिसरमा खिचिएको यो तस्बिरमा देखिएको सुचनाले अध्यात्मको नियमलाई ठाडै ऊल्लङ्घन गर्दछ । कसरि अध्यात्मिक सँगठनमा यस्तो सुचना राख्न मिल्यो र ? आखिर सबै आत्मा बराबर हुन रे नि होईन? त सबै आत्माले सबै ठाउँमा भ्रमण गर्न पाउनु पर्यो नि ।

हजारौंको सँख्यालाई खाने प्रबन्ध हुने भबन  प्रबेशद्वार।
मैले दोश्रो दिन बिहान नै शिब भोलानाथ का भन्डारा नामक भोजन गृह तथा त्यसको बैज्ञानिक पद्दति अनुसारको खाना बनाउने ब्यबस्था हरुलाई हेरिसकेको थिएँ ।  त्यहाँ सुनिएको भनाई अनुसार बिस-तिस हजार जना मानिस सम्मलाई खाना खुवाउन सक्ने क्षमता त्यस भन्डाराको छ रे । हेर्दा पनि त्यस कुरालाई असत्य मान्नु पर्ने चाँहि छैन ।
भाँडाकुँडाहरु ।


सहयात्रिहरु सँगै कोठामा खाजा खाँदै । सबैजना प्रसन्न मुद्रामा ।
हामिले दिनको खाजा भुजिया, चिउरा, तथा फलफुलहरु खायौं । अति उष्ण बाताबरणको सजिलो भनेको चाहि धोएको लुगाहरु सुकाएको दश पन्ध्र मिनेट देखि आधा घन्टामै सुकिसक्ने रहेछ । तेसैले गर्दा धेरै लुगाहरु बोक्न नपर्ने रहेछ । तर आफ्नो ब्याग चाँहि ओम शान्तिहरुको बर्जित हाल्फ पाईन्टले भरिएको थियो ।

साँझको शत्रमा प्रभुमिलनमा चियापान पछि हामिले फेरि डायमन्ड हलमा प्रबचन सुन्न भेला भयौं । प्रबचन भन्दा बढि ध्यान चाँहि हामि मध्ये सबैजसोको  त्यो ठीक अघिल्लो हरफमा बसेकि उमेरले बिस ननाघेकि देखिने चुटुक्क परेकि राम्रि देखिने स्त्रिमा थियो ।

रातको समयमा शान्तिबन परिसर ।
साझमा भोजन पश्चात मैले फेरि पुर्ण शान्तिबन परिसरको रात्रिकालिन भ्रमण  गरें । रातको समयमा ति बँगैचामा राखिएका कलात्मक मुर्तिहरुलाई कृतिम प्रकाशले ब्यबस्थित तरिकाले सजाईएको थियो । सुर्यास्त पछिको शितल बतासले गर्दा  बाहिर परिसरमा घुमिरहन आनन्द थियो । केहि बच्चाहरु दुबोमा बल खेल्दै थिए । सबै आ-आफ्नै तरिकाले आनन्द लिईरहेका थिए । 
बँगैचामा सजाईएका मुर्तिहरु ।

शान्तिबन परिसर भन्दा बाहिरको बजारलाई पनि रातको समयमा हेरें । छिट्टै करिब आठ बजेभित्र सबै पसलहरु बन्द भईसक्ने रहेछन् ।  बजारमा  मैले चिनोको रुपमा एउटा शिबलिङ्ग खरिद गरें । परिसरको एकान्त जस्तो  छेकडोमा रहेको झुलामा झुलेर मैले  भिन्न अनुभब लिन प्रयास गरें ।    झुलालाई पनि पिङ्ग जस्तरि मच्चाएर मच्चिरहने अधिकांशको माझमा मेरो झुलाको बसाई साँच्चिकैको झुलिरहेको मात्रै थिएँ ।

कोठामा सँगै सबैले म एक्लै कता गयो भनेर खोजि गर्न थाल्ने होला भनेर ढिला नगरि मुख्य ओमशान्ति परिसर शान्तिबन भन्दा केहिपर रहेको आनन्द सरोबरमा रहेको हाम्रो अमृत कैलाश भबनमा छिट्टै गईहालें ।

शिबबाबा को बत्ति । 😉
केटाहरु बोका बानि देखाउँदै ठट्टा गर्नु स्वभाभिक नै हो तर पचास कटि सकेका अधबैंशे पुरुषहरुको माझ म करिब करिब तिस हुन थालेको केटाको कुरा खासै मिल्ने भएन त्यसमा पनि म एक्लो केटा जो त्यो समुह मध्येको अबिबाहित थिएँ । अझ बढिभन्नुपर्दा म खासै “बोका ठट्टा” गर्ने स्वभाबको मानिस पनि होईन । बाबाको यादमा कोठामा शिरानि पट्टि  भएको बाबाको  तस्बिर हेर्दै आत्मा केन्द्रित आकार देखाउने रातो बत्ति बालेर सुतियो ।

तेस्रो दिन

बिहान सबेरैको नृत्यकर्म, बाबाको कमरामा ध्यान, प्रभुमिलनमा सामुहिक चियापान तथा शान्तिबन परिसरको राजर्षि बँगला शैलिको जिनबयापन त्यसले सबैलाई मोहित पार्ने नै भयो । मलाई पनि जिबन सँधै तेसैगरि बिताउन रमाईलो पो हुने हो कि भन्ने भान हुन थालेको थियो । तर त्यसरि कम्युन शैलिको आ-आफ्नै फाईदा तथा बेफाईदाहरु छन् । तेसैले त्यो बाटो कठिन हो भन्न सकिन्छ सँग सँगै अति स्वर्गिय एश्वर्य पनि हुनसक्छ ।

आनन्द सरोबर परिसर ।
प्रभुमिलनमा सामुहिक चियापान पछि म फेरि एक्लै भ्रमणको लागि निस्किएँ । म एकान्त प्रेमि पनि हो । सँगै भएपनि मानिसहरु नबोलि केहिबेरको लागि भएपनि शान्त रहनै सक्दैनन् तेसैले गर्दा मैले एक्लै हिँड्ने बिकल्प रोज्नै पर्ने हुन्छ । म यस दिन त्यसरि एक्लै शान्तिबन परिसर घुम्दै गर्दा सँगै सहयात्रि साथिहरु नजिकैको डाँडाको चोटिमा रहेको मन्दिरतिर गएछन् । मलाई सबैले खोजि गरेका रहेछन् । म त्यस ठाउँमा घुम्नको लागि छुटेँ भनेर ति ढकाल अन्टिलाई खुबै नमजा लागेको रहेछ । ऊहाँ शान्त स्वभाबको हुनुहुन्थ्यो ।

ओमशान्ति परिसरबाट बाहिर देखिएको राजस्थानि बस्ति ।
मैले अमृत कैलाश भबनको दक्षिण पट्टि रहेको राजस्थानि बस्तिलाई अध्यात्मिक पर्खाल माथि लगाइएको काँडे तारबारको बिचबाट हेरें । मैले पहिले कहिलै त्यति समय दिएर त्यस प्रकारको बसोबास शैलिलाई हेरेको थिईन तेसैले मलाई त्यो हेर्नमा आनन्द भयो ।

एउटा आँखा नभएको कुकुर ।
एउटा आँखामा नभएको त्यो कुकुर शान्तिबन आनन्द सरोबर परिसरमा आएर दुबोमा सुत्न खुब मन पराउने रहेछ । परिसको ढोकामा रहेने गार्डको आँखा छलेर भित्र पसि आनन्द सरोबर परिसरमा रमाउने बानि लागेको रहेछ ।  त्यो पनि मेरो ओम शान्ति राजयोग शिबिर बसाईको मित्र भएको थियो । 

दुबोमा मस्तले आनन्द लिएर सुत्तदै गरेको कुकुर ।

ओमशान्ति परिसरलाई रक्षागर्न दुई ओटा मुलगेटहरुमा कुकुरलाई मैले देखेजति समय सिक्रिमा बाँधेर राखेको देखेको थिएँ । सफेद बस्त्रधारि शान्ति आत्माहरुले त्यो बाँधिएको जनाबरको चित्कार कहिलै सुन्न सकेका रहेनछन् । सकेका भए आफ्नो स्वार्थपुर्तिको लागि तेसरि बाँधेर राख्ने थिएनन् । 

राजस्थानमा देखेको गाई ।
नेपालको तराईतिर मैले सेतो तथा काँध ऊँडिल्लो परेको गाई देखेको थिएँ तर राजस्थानि गाईको चाँहि सिङ्ग लामो हुने रहेछ । बिहानिको प्रहरमा बसिरहेको यो लामो सिङ्ग भएको गाईको तस्बिर मलाई मन परेको मध्येको एक हो ।


चम्चा, थाल, गिलाँस, कचौराको थुप्रो रास राखिदिएको ठुलो ठुलो भाडाबाट आफुलाई मन परेको ढङ्गको गिलाँस, कचौरा, थाल, चम्चा बोकेर आफुलाई मन लागेको हरफमा गएर थापेपछि, मागे जति पर्याप्त खानेकुरा पाईन्थ्यो । यसरि थाल थापेर भोजन गरेको अनुभब पहिलो पटक थियो । मलाई भिन्दै मज्जा लागिरहेको थियो । बुफेटमा आफैंले झिकेर त कयौं पटक खाएको हो तर अरुले हालिदिएको थापेर खाएको चाँहि पहिलो पटक थियो तेसैले नयाँ अनुभब गर्न मजा भईरहेको थियो । एबं रितले ६ दिन सम्म थाल थापेर दिनको तिन पटक भोजन गरियो ।


आनन्द सरोबरको आर्किटेकचर ।
बिहानिको शत्रको कुनैपनि कक्षा नबसि मोबाईल क्यामेराफोन फोटोग्राफिमा ब्यस्त भएपछि एक थाल भोजन पश्चात अमृत कैलाश भबनमा आफ्नो भागमा परेको कोठामा  गएर मजाले आराम गरियो ।

सबैजना प्रफुल्लित मुद्रामा भएपछि कोठामा गरिएका स-साना गफहरु पनि बढो ठट्टायुक्त तथा प्रसन्न हुने खालको हुने रहेछ । नबराज खनाल अंकल त्यो ऊमेरमा पनि मजाले ठट्टा गर्न रुचाउने रहेछन् ।  भर्खरै बिबाहित रामबोल नरम बोल्ने मिजासिला मनिस थिए । सुमन दङ्गाल तथस्ट खालको सरल मानिस थिए । बटुकृष्ण ढकाल अंकल जुनबेलै मोबाईल फोनमा फेशबुक तथा भिडियो कन्फेरेन्समा ब्यस्त रहने तथा सानो स्वरमा बोल्ने साठि नाघेका पुरुष थिए । दिपेश दाई सरल तथा बहिर्मुखि स्वभाबका रहेछन् साथसाथै राजनिति बाट नाम कमाउने उदेश्य बनाएका रहेछन् । ढुङ्गेल थरका होचा अंकल जुनबेलै मोबाईलको ब्याक कभर ऊक्काएर क्यामेराको कम्पार्टमेन्ट फिक्स गर्न ब्यस्थ हुन्थे र बचेको समय कोठामा हुँदा बोका कुरा कोट्याउन उद्दत रहन्थे । बिनोद खनाल अंकल चाँहि ढिला हाउभाउ देखिने तथा भद्र स्वभाबका थिए तर चलाख मानिस थिए । म अन्तरमुखि स्बभाबको हुन रुचाउँदै गरेको मानिस भएकोले सबैसँग ठिकै थोरै मात्र संबाद गर्दथें ।


नरिवलको जटाको पानि बेच्दै एक ब्यापारि ।
साँझ हुनुभन्दा अगाडि घाम केहि कम चर्किलो भएपछि हामि सबै ऊहाँहरुका आ-आफ्ना श्रीमति सहित परिसरको पुर्ब पट्टि बाहिर बजारमा किनमेल गर्न निस्कियौं । मेरो मात्रै केहिपनि किनमेल गर्नु थिएन, बाँकि सबैजना आ-आफ्नो सामान्य किनमेलमा ब्यस्थ हुनुहुन्थ्यो । बर्षौं पहिले देखि काठमाडौंमै खाने बिचार गरेको काँचो निरवलको जटाको पानिको स्वाद पहिलो पटक राजस्थानमा पुगेर लिईयो । खासै केहि मजाको लागेन । मन पराएको उसले मेरो गर्लफ्रेन्ड बन्छे अनि सँगै धरहरा चडौंला भन्दा भन्दै धरहरानै भत्कियो तेसैले यो पटक नरिवलको पानि पिउनको लागि गर्लफ्रेन्डलाई नकुर्ने निर्णय गरें । 



साहुनि जसले नेपाल लाई भारतकै भन्ठानेकि रहिछन् ।
बजारतिर सबैले सामानहरु किन्दै गर्दा मैले चाँहि तस्बिरहरु खिच्ने कार्यमै समय बिताउँथें । मैले पनि एउटा रुमाल किन्न पर्यौ भनेर एउटा पसलमा गफगाफ गर्दै रुमाल किन्दै गर्दा पसलमा देखिने यि साहुनिले त 
"नेपाल बाट आएको म" भन्ने मेरो भनाईमा कति सजिलै 
"नेपाल पनि त भारतकै त हो नि होईनर?" पो भनिनन् । उनि पुरै अनजान थिईन । ऊनले त्यो नियतबस भनेकि चाँहि थिईनन् । 

मैले ऊनलाई थप बताएर नेपाल छुट्टै राज्य स्थापित गर्न चाहिन । मैले छुट्टै राज्य स्थापित गराउनाले झन मलाई बेफाइदा छ । बरु भारतकै भईदिँदा मलाई सजिलो हुन्छ । मैले देखाउने राष्ट्रियताले सानो  भाग्यमानि चतुर समुहलाई  किन फाइदा गराइदिने । म न देश द्रोहि न त अरु सबैजस्तो राष्ट्र नक्कलि राष्ट्रबादि । तथस्ट ।


बिदाई कार्यक्रम ।
साँझको शत्रको प्रबचन तथा भोजन पश्चात आनन्द सरोबर परिसमा रहेको खुला मैदानमा बेला अगाडिकै बिदाई कार्यक्रममा सहभागि भईयो । हाम्रो बसाई अझै दुई रात बाँकि थियो तर खै अर्को कुनै ग्रुपको लागि राखीएको बिदाई कार्यक्रममा हामिलाई पनि बिदाईको सौगात दिईयो ।  मैदानमा बिदाई कार्यक्रम पश्चात नाचगान कार्यक्रम भयो । हामि नेपालीहरुको समुहको नाचगानलाई बाँकि अरु धेरैले वरपरबाट हेरिरहेका थिए ।  त्यस मध्ये कोहि कोहि हाम्रो नाचगानमा सामेल भएर नाचिरहेका थिए । मलाई नाच्न आउँदैन । मन प्रसन्न नभई कसरि नाच्न आऊँथ्यो र । हाँस्न सजिलो छ तर नाँच्न तेतिकै गाह्रो छ ।

नबराज अंकल भन्दै थिए कि
“मलाई नाच्न कर गर्नु पर्दैन, नाच्न मन लाग्यो भने म समचारमा पनि नाच्ने मान्छे हो”  ।
ऊनको कुरा पनि ठिकै हो । हो नाँच्नलाई कसैले कर गरेर कसरि हुन्थ्यो र नाच्न मन लाग्न पर्यो नि ।

नाचगान कार्यक्रमा नेपाली आधुनिक गितहरु, दोहोरि, झ्याउरे भाका तथा भजनहरु मिश्रित गितहरु गाईँदै थियो । रामकृष्ण भाईजिले राम नाम ऊच्चारण गर्दै मच्चाएको भजनलाई टुरगाईड ओम शान्ति अंकलले बिचैमा सुटुक्क रोक्नको लागि आदेश गरेको मैले याद पाई रहेको थिएँ । राम नाम लिनै नहुने हो र ?  कसरि अध्यात्म भयो र ? आत्मा तथा परमात्मा कता भुलियो ?

नाचगानमा सहभागिहरुलाई मन नहुँदा नहुँदै बिचैमा कार्यक्रमलाई टुङ्गाईयो । ठिकै पनि हो किनकि हामि सबैलाई ब्रह्म मुहुर्तमा ऊठ्नु पर्ने भएकोले समयमै सुत्नुपर्ने थियो ।


चौथो दिन

त्रिलोक भबन ।
प्रभुमिलनमा सामुहिक चियापान पछि हामिलाई शान्तिबन परिसर भन्दा ऊत्तरि भागमा रहेको ओम शान्ति समुहले स्वागतार्थ प्रबन्ध गरेको सबैभन्दा ठुलो बस्ने खाने  भबन “त्रिलोक भबन” परिसरमा घुम्नको लागि गयौं । बिहानको झिसमिसेमै त्यहाँ पुग्दा त्यो भबन परिसर तथा धेरै कोठाहरु भएजस्तो देखिने त्यो बिशाल भबनले ध्यान आकृष्ट गर्ने खालको थियो । हामिले सामुहिक तस्बिर पनि खिच्यौं । मैले अघिल्लो दिन जान छुटाएको डाँडाको चोटि त्यहि बाटो भएर देब्रेपट्टि एकैछिन माथि रहेछ तेसैले रामबोल को जोडिले मलाई उक्त चोटि सम्म सँगै गएर साथ दिएका थिएँ । मैले उक्त चोटिबाट पानोरमा तस्बिर लिएँ ।
आबु एरिया राजस्थानको पानोरमा ।


डायमन्ड हलमा प्रबचन सुन्न बस्दा सबैजना प्रायस निदाई रहेका हुन्थें । म चाँहि एसो मजाकको लागि निदाइको तस्बिर खिच्ने गर्दथें । म चाँहि निदाउँदैन थिएँ ।

भोलेबाबाको भन्डारामा तयार गरिँदै गरेको खानेकुरा ।
नियमित भोजन पश्चात शान्तिबन परिसर, भोलेबाबा का भन्डारा हेर्ने कार्यक्रम राखेका रहेछन् । मैले चाँहि जान्ने भएर पहिलै दिनमा सबै हेरि सकेको थिएँ । तैपनि मैले फेरि सामुहिक रुपमा भ्रमण गरें ।

त्यो मध्यान्नको घाममा गाईफार्म, तपोबन, सोलार प्लान्ट भ्रमण गर्ने योजना राखेका रहेछन् । घुम्नलाई छुटाउन भएन तेसैले राजस्थानको त्यो ऊष्णिय हावापानि तथा गर्मि, राफ र तापमा टेम्पो चढेर घुम्न गईयो । 

राजस्थानि जिबनशैलिको केहि झलक ।  म्यानुएल क्यामेरा प्रयोग गर्न नसक्नाले फोटो राम्रो देखिएन ।


राजस्थानि आदिबासि सँग तस्बिर खिच्दै ।
मैले राजस्थानि फेटा गुथेका त्यहाँको लोकल मानिस सँग सेल्फि खिचें । बलिया र अजँघको देखिने गाईहरु तथा साँढेहरुको तस्बिर खिचें । तपोबन परिसरमा एक्लै बिचरण गरें । 

सहयात्रिहरु तुलनात्मक रुपमा निकै शान्त स्वभाबका थिए । तेसैले पनि भ्रमण रमाईलो भईरहेको थियो । मध्यान्नको चर्को घाममा  तपोबनमा म एक्लै बिचरण गर्दै गर्दा  ऊनिहरुले पर गाडिबाट देखेर मलाई बोलाउँदै गाडिमा ठाउँ नहुँदा पनि कोचिएर र चेपिएर सँगै लिएर फर्किने चेष्टा गरेकोमा मैले निकै सह्रदयालु पाएँ । मलाई सहयात्रि अन्टि, दिदहरु तथा अंकल तथा दाजुभाई ले गरेको ब्यबहार निकै असल लाग्यो । 

बस्तुभाउ चराउँन लैजाँदै राजस्थानि पुरुष ।

तपोबन परिसरमा मध्यान्नको राजस्थानि घामबाट जोगिँदै हामि नेपाली ।

ब्रह्मकुमारि हरुको गाई फार्म रे ।

शान्तिबन तथा समग्र ओमशान्ति परिसरको लागि पानिको मुल श्रोत ।

बाबाको झोपडिरे । 🤣

तपोबन तिर घुम्न जाँदै हाम्रो टोलि ।

तपोबन ईलाका ।

पिउने पानि ।


हामि सबैलाई मध्यान्नको घामले गर्दा भ्रमण गर्नुको साटो ओम शान्ति परिसरमै फर्किएर आ-आफ्नो कोठामा बस्न चाहाना पो भैरहेको मैले महशुस गरेको थिएँ । हतार हतार सोलार प्लान्ट लगायतको स्थानमा भ्रमण गरिदियौं  यो सबैको कारण चाँहि मध्यान्नको चर्को घाम थियो ।

सामुहिक तस्बिर । म चाँहि छैन है, मैले खिचेको  । 😅
साँझको समयमा अमृत कैलाशकको फराकिलो चौरमा बसेर फलफुल खाँदै बढ्दै गरेको रमाईलो सामिप्यतालाई अझै थप गर्यौं । साँझको समयमा फेरि नाचगान कार्यक्रम भयो । सबैले नाचगानमा रमाई रहदा मैले चाँहि फोटो तथा भिडियोहरु खिच्नमा आफुलाई ब्यस्त गराएँ ।  भोलिपल्ट हाम्रो यात्रा माउन्ट आबु बाट करिब १६० किमि पर उदयपुरको थियो । तेसैले छिट्टै खानपिन गरेर आ-आफ्नो कोठामा लाग्यौं ।



पाँचौ दिन

ब्रह्म मुहुर्तमा ऊठेर नित्यकर्म पछि हामिले फेरि प्रभुमिलनमा सामुहिक चियापन गर्यौं । धरै पर उदयपुर घुम्न जाने योजना भएकोले सबैजना प्रफुल्ल मुद्रामा थियौं । ढिला नगरि ६ बजेतिरै उदयपुरतिर प्रस्थान गयौं ।

बसको सिसा छेउ बसेपछि फोटोहरु खिच्न पाईने भएकोले मैले सिसा छेउ रोजें । हाम्रै नेपाली समुहकै तर अर्को टोलिको एकजना भद्र देखिने करिब बृद्द उमेरका मानिस मेरो सिट छेउमै आएर बसे ।  सामान्य परिचय चाँहि अघिल्लो दिननै आनन्द सरोबरको खुला फराकिको चौरको रुखमुनि भएको थियो । जनकपुर घर भएका बुढाले काठमाडौंमा पनि घर जोडिसकेका रहेछन् ।

आबु बाट उदयपुर राजस्थान तिर जाँदा बिचबाटोमा देखिएको दृष्य ।
मैले बसको सिसाबाटै भएपनि तस्बिरहरु खिचिरहें । आफ्नो देशमा यात्रा गर्दा  जुन बाटोमा आफ्नो गाढि गुडिरहेको हो त्यो भन्दा अर्को मुल सकड वरपर देखीदैन थियो तर राजस्थानमा पहिलो पटक आफ्नो बस गुडिरहेको हाईवे सँगै अलि पर अर्को हाईवे देख्दा फरक अनुभब भयो । अझ पश्चिमा तथा बिकशित देश हरुमा त तेस्तो हाईवे नै हाईवे देखिन्छरे भनेर दिनहुँ जसो हुने गफहरुमा सुन्नुपर्ने हुन्छ । आफैंले अनुभब गरेको जस्तो कसैले सुनाएको वा पढेर हुन सक्दैन ।


खानाको मेनु ।
बिहानको नास्ता हाईवे सँगैको होटल सागर एन्ट रेष्टोरेन्टमा गरियो । नयाँ ठाउँमा खानाको मेनुले केहि अलमल पार्ने रहेछ । आफ्नो देशबाट अलिकति पर पुग्ने बित्तिकै रहनसहन तथा खानपिन तथा शब्दावलिहरुमा  फरक पर्ने रहेछ । हामिले धेरैबेर कुरेर बल्ल नास्ता पायौं । हाम्रो बाटोको होटलहरुमा त तयारि हुन्थ्यो तर त्यहाँ हामिले अर्डर गरेपछि मात्रै बनाउन थालेछन् । 


उदयपुर घुम्नको लागि हामिले प्रयोग गरेको गाडि ।
बाटो घाटो नेपालको तुलनामा केहि फराकिलो तथा अलि धेरै त रहेछन् तर ट्राफिक नियमको संस्कारमा केहि फरक छैन । ड्राईभरले हामि चढेको लामो बसलाई एक्सप्रेस हाईवेमा दाँया बाँया बाट तिब्र गतिमा आईरहेका साधनहरुलाइ कत्तिपनि वास्तै नगरि ह्वातै बिच सडकमा घुसाईहाल्यो । आफुलाई सजिलो भए पुग्ने एसियन जिन लाई पश्चिमा जिन सँग बर्णसंकर गरेपछि मात्रै यो समस्याहरु हल हुनेछन् ।

हाम्रो पहिलो गन्तब्य हल्दिघाटि थियो । हल्दिघाटि ऐतिहाँसिक महत्वको स्थान रहेछ । मुगल हरुसँग युद्द भएको तथा प्राचिन साम्राज्यहरु को ईतिहाँस सँग जोडिएको रहेछ ।

हल्दिघाटि को प्रबेशद्वार ।
सबैजना आ-आफ्नो फोटोहरु खिच्नमा ब्यस्त भईरहेको बेला मैले चाँहि संरचनाहरु तथा आकर्षणका केन्द्रबिन्दुहरु हरुको तस्बिरहरु लिँदै थिएँ ।

हामिले बोटिङ्ग गरेको डुङ्गा ।
नबराज अंकल र मैले बोटिङ्ग गरेको बोटको प्याडल बिग्रिएर हो कि निकै साह्रो रहेछ । बेकार चढेको जस्तो भयो । तर रमाईलो ठट्टा गरियो ।

हाम्रो दोश्रो गन्तब्य  राजस्थान उदयपुरकै श्रीनाथ भन्ने मन्दिर थियो । मन्दिर क्षेत्र भन्ने बित्तिकै अब्यबस्थित बजार, भिडभाड तथा कुरुप संरचना हरुले घेरिएको क्षेत्र संझिदाँ हुन्छ । मैले क्यामेरा निषेध गरिएको मन्दि र भित्र प्रबेश गरिन । मैले जहाँ जहाँ क्यामेरा निषेध गरिएको हुन्छ तेस्तो सार्जजनिक स्थललाई बहिस्कार गर्ने मेरो निजि नियम बनाईसकेको छु ।  

श्रिनाथजी को त्सबिर खिच्न मनाहि भएपछि एस्तै तस्बिर खिचियो । श्रीनाथजी, उदयपुर राजस्थान भारत ।
“श्रीनाथजी” मन्दित वरपर निकैनै गर्मि थियो । असली राजस्थानि गर्मि चाँहि मैले त्यस क्षेत्रमा महशुस गरें । बसमा ड्राईभरले तेल जोगाउन एसि बन्द गरिहालेका हुन्छन बाहिर अत्यधिक धुप । तेसैले पनि कुन बेला त्यस स्थान बाट फर्किहाल्न मन भएको थियो । बिहानको नास्ता पनि थोरै तथा बाटो हरुमा कतै पसलमा किनेर खाईहाल्ने खानेकुरा पाईएन तेसैले गर्मि र भोकले मलाई गलित बनाएको थियो ।  दिनभरमा जति धरै पानि पिएतापनि पिसाब नलाग्ने त्यसप्रकारको उष्ण पर्याबरणलाई भोगेपछि मैले मेरो काठमाडौं ऊपत्यकालाई गरिएको हेलत्तो र सिर्जना गरिएको आधुनिक कुरुप बस्ति तथा सामाजिक पद्दतिलाई संझिएँ ।

मार्बलको खानिहरु ।
बाटोमा छेउहरुमा  थुप्रै मार्बलको खानिहरु तथा बेच्न राखिएका ठुला ठूला सोरुम हरु हेर्दै हामिले दोपहरको भोजनको लागि बिश्राम लियौं । अर्डर गरिएको गुजराति थालि को थोरै भात र खानेकुराले कत्तिपनि पेट अघाएको होईन तैपनि चित्त बुझाउनु नै पर्यो । त्यसबेला शिब बाबाको भन्डालाई खुब सँग संझिएँ ।



महाराणा राजा प्रतापको दरबार । ऊदयपुर राजस्थान भारत ।


त्यसदिनको अर्को गन्तब्य महाराणा राजा प्रतापको दरबार थियो । त्यो बिशेष महत्वको केन्द्र रहेछ ।  त्यस स्थानमा चाँहि तेस्रो मुलुकको पर्यटकहरु पनि प्रशस्तै पुग्ने रहेछन् । तलाउको नजिकै  उदयपुरको सबैभन्दा उत्तम स्थलमा बनाईएको प्राचिन महत्वको महाराणा राजा प्रतापको दरबार भब्य देखिन्थ्यो । खासै ईतिहाँसको बारेमा जानकारि नभएपछि त्यो जिर्ण हुँदै गरेको भब्य भबनलाई ठाडो घाँटि लगाउने र फोटो खिच्ने बाहेक अरु केहि काम नहुनेर रहेछ । त्यहाँ हाएर गरेको  टुर गाईडले हिन्दिमा भुटुटु भनिरहेको थियो, जे जे भन्यो उसैले बुझ्यो होला । मैले त केहि बुझीन । बिचमा गाईडलाई एउटा प्रश्न अङ्ग्रेजि भाषामा सोधेको थीएँ त्यसपछि ऊसले खुब सँग मलाई अरु थपकुराहरु बुझाईरहेको थियो मैले चाँहि बुझेजस्तो गरेर टाउको हल्लाईदिँदै थिएँ ।   अर्काको ईतिहाँस कसरि थाहा पाउनु, आफ्नै प्राचिन महत्वको शहर काठमाडौं ऊपत्यकाको त ईतिहाँसको केहि ज्ञान छैन ।


महाराणा राजा प्रतापको दरबार बाट देखिएको ऊदयपुर शहरको केहि भाग ।

पश्चिम पट्टि देखिइको तलाउ ।


महाराणा राजा प्रतापको दरबार बाट देखिएको ऊदयपुर शहरको केहि भाग ।

बिशेष महत्वको बिबाह मण्डप । भाडा धेरै महँगो पर्ने यस मन्डपमा प्राय ईन्डियन फ्लिम आर्टिस्ट हरुले बिबाह गर्ने गर्दछन् रे ।


हल्दिघाटि परिसरमा ।

श्रीनाथझी उदयपुर वरपरको धर्मशाला ।

ऊदयपुर राजस्थानको खेतहरु ।

महाराणा राजा प्रतापको दरबार ईलाकातिरको कृतिम बाँध ।

महाराणा राजा प्रतापको दरबार ईलाकातिरको कृतिम बाँध ।

हँसिलो मुख्यपात्र र संस्मरणमा उल्लेख नबराज अंकल ।

टेम्पो चढ्ने गर्मि खाने ।


मैले नाम बिर्सिएको पार्क ।
पँहेलो हुन थालेको घामले साँझ पर्न थालेको आभाष गराउन थालेको थियो, तेसैले हामिले हतार हतार त्यसदिनको अन्तिम गन्तब्य एउटा सानो पार्कमा एक चक्कर लगाएर दिनभरको ऊदयपुर यात्रालाई टुङ्ग्यायौं  र गाडि ओमशान्ति आश्रमलाई गन्तब्य बनाएर अगाडि बढन थाल्यो ।

बिहानै एसिको बानि नपरेका मानिसहरुले पैसा तिरिएको एसि बसको एसि बन्द गर्न भनेपछि फेरि ड्राईभरले बसमा त्यसरि राम्रो सँग एसि नै चलाएनन् । सजिलो एसि बस  तथा तुलनात्मक गुणस्तरिए बाटो भएकाले दिनभर करिब चार सय किमि यात्रा गर्दापनि कतिपनि थकान चाँहि थिएन । एकै किसिमका धेरै बाटोहरु तथा एकैनासको रुख तथा घरहरु भएको अलमलिने खालको  शान्तिबन परिरमा भित्र पसेपछि थाल तथा भाँडाकुँडाको अवाज आईरहेको स्थानलाई पछ्याउँदै भोजन गृहलाई भेट्टाउन सजिलो भयो ।  मैले त्यसरि भोजनगृह भेटाएँ किनकि तेसो गर्दा आफैंले आफैंसँग ठट्टा गरिरहेको महशुस हुन्थ्यो र एक प्रकारको मनमा रमाईलो  हुने रहेछ । 

साँझको भोजन पश्चात कोठामा सबैजना भेला भयौं । आज हाम्रो ओम शान्तिको अमृत कैलाश भबनमा अन्तिम बसाई थियो । भोलि नजिकै रहेको गुजरात प्रान्तको अम्बाजिको मन्दिर तथा गन्डोला चढ्ने कार्यक्रम तय भएको थाहा पायौं । प्रत्येक दिन घुम्ने खाने कति रमाईलो जिबन । के जिबन सँधै तेसैगरि चल्ने हो भने त्यसबाट पनि निरस हुन थालिन्छ होला ?

छैठौं दिन

म ।
ब्रह्म मुहुर्तमा ऊठ्ने, बाबाको कमरामा ध्यान गर्ने, प्रभुमिलनमा चियापान गर्ने, आनन्द सरोबरको प्राङ्गढमा घुमफिर गर्ने नियमित दिनचर्या जस्तै बानि लागिसकेको थियो । मैले त्यस दिन बिहान आफ्नो सेल्फिहरु खिचें । बँगैचाहरुमा रहेका मुर्तिहरुको तस्बिर लिएँ । म प्रायजसो समय एक्लै बिचरण गरिरहेको हुन्थें, तेसो गर्दा मलाई आनन्द लागिरहेको हुन्थ्यो ।

बिहानको नास्ता । जानि जानि धेरैवटा लाईनबाट
थुपारिएको पराठा ।
नबराज अंकलले ३-४ ओटा लाईनबाट जम्मा पारेर लेराएको १०-१२ ओटा पराठालाई सबैजनाले मिलेर बिहानको हेभि नास्ता गर्यौं । तेसो गर्दा ठट्टा पनि हुने भोक पनि मजाले मेटिने । दुबैहातमा लड्डु ।

भाडामा ब्यबस्था गरिएको जिप चढेर हामि  करिब २० किमि दुरिको नजिकै गुजरात प्रान्तमा अबस्थित अम्बाजि मन्दिरको लागि प्रस्थान गर्यौं । बाटोहरु आफ्नो देशको तुलनामा राम्रो देख्दा मन कल्पिने रहेछ । गाडि चलाउने तरिका र रफ्तार चाँहि पुर्ण लापार्बाहि थियो ।

फोहर भूँईमा टेक्न जुत्ता खोल्न पर्ने, क्यामेरा निषेध हुने, भिडभाड र ठेलमठेल—यस्ता झमेला हरु बिचमा मन्दिर प्रबेशको झमेलामा नलागि बाहिरै बसेर आफुले नबुझ्ने गुजराति अक्षरहरुमा हराईरहें ।
आफनो बच्चालाई काखमा सुताउँदै एक आमा । गुजरात भारतमा खिचिएको तस्बिर । 



गुरजात भारत मा मोटरसाईकलमा सबार मानिसहरु ।

गुरजात भारतमा खिचिएको ह्रदय बिदारक गरिबि ।

आमाको माया ।  गुरजात भारत ।

मैले नाम बिर्सिएको मन्दिर । गुरजात भारतमा खिचिएको । 

अम्बाजि मन्दिरको टाकुराबाट खिचिएको तस्बिर ।

राजस्थान र गुजरातको सिमाबर्ति ऊजाड क्षेत्र ।

गुजराति अक्षरहरु तथा गुजराति पसल ।

ब्यापर सँगै आफ्नो सन्तानलाई सुताउँदै गरेकि महिला । गुजरात भारत।

संस्कृत छात्राबास । गुजरात भारत ।




साँझमा ८ बजे पछिको ट्रेन भएकोले हामि ओमशान्ति(राजयोग शिबिर) बाट घर प्रस्थानको समय चाँहि साँझको भोजन पश्चात थियो मात्रै थियो । तेसैले दिनभर पर्याप्त समय थियो ।

घर फर्कने तयारिमा ओमशान्ति हरुको कार्टुन सहित ।
नेपालमा रहने ओम शान्ति सेन्टरको लागि लेराईने सामान हामि मध्ये धेरै जनालाई जबरजस्ति जिम्मा लगाईएको थियो । मैले पनि एउटा कार्टुन सम्हाल्नु पर्ने थियो । बोर्डरमा भन्सार भएर जानुपर्ने भएकोले  मैले अघिल्लो दिननै कार्टुनमा राखीएको सामान जाँचबुझ पश्चात मात्रै जिम्मा लिने जानकारि दिएतापनि ओम शान्ति मानिसले मेरो कुरालाई हुन्छ त भने तर पछि अटेर गरि ढाँटेर नदेखाई कार्टुन चाँहि मेरो जिम्मा लगाई छोडे । मैले मन नलागि लगानि जिम्मा लिईदिएँ ।

फर्कँदै गरेको हाम्रो टोलिको दिपेश दाई र कुँईकेल अंकल ।

फर्कँदै गरेको हामि ।



ब्रह्मकुमारि राजयोग  एन्ड एजुकेशन तथा रिस्रच सेन्टर लेखिएको ओमशान्तिको बसले हामिलाई आबुरोड स्टेसनमा छोडिदिएपछि हामि त्यहाँबाट बिदा भयौं ।

आनन्दको आध्यात्मिक यात्राको अन्त्य हुँदै गरेकोमा मन खल्लो चाँहि हुने रहेछ तरपनि आफ्नो घर भनेको घर नै हो ।

अहमदाबाद बाट नयाँ देल्लितिर जाने ट्रेनलाई हामिले आबुरोड स्टेसनबाट चढ्ने थियौं । 
स्टेसनमा जताततै आचिहरु तथा फोहर चाँहि सामान्यनै लाग्न थालिसकेको थियो तर त्यसदिन साँझ लिकमा हिडिरहेको गाई देखेपछि चाँहि मन आत्तियो । कतै ट्रेन आईपुगिहाल्यो भने ठक्कर दिने हो कि भनेर । ऊक्त गाईको सहयोगको लागि मैले स्टेसनको स्थानियलाई सोधें तर ऊनिहरुको उत्तरले काम सहज भईदियो कि त्यो गाईलाई बानि लागि सकेको रहेछ ट्रेन आएपछि आफैं छेउ लाग्छ रे ।


फर्कँदा ट्रेनको यात्रा अचम्म भएन । अब ट्रेनको यात्रा केहि हदसम्म अनुभब भईसकेको थियो । बाहिरको दृष्यहरुपनि नदेखिने रातको समय भएकोले मजाले सुतियो ।

भारत गएर रेलको यात्रा गरेपछि रेलको ढोकामा झुन्डिएर फोटो नखिचि कसरि यात्रा पुर्ण होला र तेसैले झटपट मौका मिलाएर मैले एउटा फोटो खिच्न लगाएँ । 













आनन्द बिहार टर्मिलनमा आएर हामिले धरैबेर ट्रेन कुर्नपर्दा शान्ति चटपट बनाएर खायौं । शान्ति चटपट निकै मलिन स्वादिष्ट हुने रहेछ ।
 


जाँदाको जस्तै ऊहि बाटो भएर, नयाँ दिल्लि स्टेसनमा रहेको म्याकडोन्ल्डको भात खाएर, दिल्लि बाट रक्सौलको ट्रेन चढेर, ट्रेनमा रमाईलो सँग समय बिताउँदै रक्सौल आईपुगियो ।



फर्कँदा रक्सौल देखि ओमशान्ति आश्रम छपकैया, बिरजन्ग सम्म टाँगा चढ्ने प्रबन्ध थियो । मैले टाँगा नचढ्ने कुरा पहिलेनै ग्रुप लिडरलाई जनाउ दिएको थिएँ । म जनाबर माथिको अत्याचारलाई बिस्तारै बहिस्कार गर्दै ऊनिहरुको बाँच्ने अधिकार तथा सच्चा आत्मिक मार्गमा लाग्न पर्यास गर्न थालिसकेको छु । म एक्लै रिक्सा चढेर छपकैयातिर लागें । ओमशान्तिको गलपासो कार्टुनलाई उनिहरुकै सदस्यलाई जिम्मा लगाईदिएर म रिक्सा चढेर अगाडि बढें ।

रेलमा नेपाल घर बताउने एकजना नेपाली बोल्दै म सँग गफिँन रुचाएका पेशाले डाक्टर बताउने तर हेर्दा आयुर्बेद डाक्टर हो कि फार्मेसिको साहुजि के हो कुन्नि रक्सौलबाट ट्रेन स्टेसनबाट अलिकति अगाडि बढने बित्तिकै दक्षिणतर्फ लागेको मैले रिक्साबाट देखें । अब ऊनको घर नेपाल नभएर भारत रहेछ भन्ने पक्का भयो । ढाँटछल त ठुलै रोग हो एसियाको । जे होस ति डाक्टर बताउने मानिसको सँगै यात्रारत उसको छोरिको छाति चाँहि संझन लायक थियो । मैले दिल्लि देखि रक्सौल सम्म अधिकांश समय उक्त केटिलाई याद गरेको थिएँ तेसो गर्दा यात्रा अझै संझन योग्य भईदिने थियो ।  

रक्सौलबाट बिरगन्ज तर्फ आउँदै गर्दा ।
जताततै अब्यबस्थित बसाई, मानिस भन्दा धेरै पसलहरु हो कि जस्तो देखिने, साँघुरा बाटो, जताततै धुलो र यस्तो अति अब्यबस्थित स्थान चाँहि हाम्रो मुलुकको मुल प्रबेशद्वार रहेछ । यो  दुबै देशको कमजोरि कि सिमालाई ब्यबस्थित, सुरक्षित तथा मर्यादित बनाउन नसक्नु । 

टाउकोमा पहिरिएको नर्थफेशको एउटा कालो ह्याट र टिसर्टमा झुन्डिएको अलि  शानदार देखिने सनग्लासले गर्दा होला सिमातिर  एउटा लठ्ठि बोकेर बसिरहेका प्रहरिले  सिठ्ठि फुक्दै,  उनिभन्दा अगाडि बढिस सकेको म चढिरहेको रिक्सालाई रोकाए । मलाई चाँहि प्रहरि देख्ने बित्तिकै डरलाग्ने बानि भईसकेको छ, किनकि निर्दोषले सजाँय भोग्ने तथा दु:ख पाउनु पर्ने कानुनि राज्य तथा प्रजातान्त्रिक मुलुक रहेछ मेरो जुन मेरो बिगतको अनुभबले संझाएको छ । केहि गल्ति नहुँदा पनि  मनमा  केहि हतास हुँदै प्रहरिको अनुहारमा एकपटक हेरिदिएँ । ऊनले मेरो ब्याग खोल्न लगाए । मैले देखाईदिएँ । रिक्साबाट झर्न लगाएर रिक्साको सिटखोलेर हेरे । जय होस ! एसैगरि सबैको राम्रो सँग स्कृनिङ्ग होस र समाजको प्रगति होस् ।

अबैध ब्यापारिले फुर्ति गर्दै मलाई औंला ठड्याउँदै
फोटो नखिच्न तर्साएका ।
रिक्साचाँहि रेल आउन थालेको भएर बाटो बन्द भएर रोकिनेमा पर्यो । त्यहि मौकामा ओर्लिएर एताउता फोटो खिच्दै गर्दा नोट साट्न बाटै ओगटेर बसेकाहरु को अबैध कृयाकलापले ध्यान आकृष्ट गर्यौं । मैले उनिहरुको फोटो खिच्न थालेको देखेर मलाई औला तेर्दाएर थर्काउँदै गरेको फोटोमा देख्न सकिन्छ । मैले औंला तेर्साएको देख्नेबित्तिकै झटपट एउटा फोटो खिचिहाँले र नखिचेको जसरि हाउभाउ देखाईदिएँ ।

छपकैया ओम शान्ति आश्रम पुग्दा साँझ परिसकेको थियो । मैले रिक्सावाला लाई भारु सय दिनुपर्नेमा पैसा सकिएर नब्बे मात्रै दिनसकें । आफ्नो देश भनेको आफ्नो देश, सिमाबाट केहि भित्रतिर आईसकेपछि बिरगन्जले आफ्नोपनाको आभाष दियो । यो पोलिटिकल बाउन्डरि, यो बैमनश्यता लाई मायाले जित्नुपर्छ । यो सबै भागबन्डा बेकार हो ।

ओम शान्ति आश्रम बिरगन्जको प्राङ्गढमा झोला बिसाउने बित्तिकै यात्रारत सबैले आफ्नो मोबाईल फोनमा सिमकार्ड बदल्दै थिए । म यसलाई प्रबिधि र संचाले ग्रसित बनाएको एक किसिमको रोग नामाकरण गर्दछु । मैले निकै समयपश्चात मात्रै सिमकार्ड बदलें र घरमा अबेर फोन गरें, यो नै हो मैले ११ दिन पश्चात घरमा सम्पर्क गरेको ।

खबर सुनें भतिज जन्मियो रे । ओमशान्ति आश्रम ईन्डियामै हुँदा एकदिन दिउँसो भाउजुको फेशबुक म्यासेन्जर कलले गर्दा भतिज जन्मिएको होला भन्ने अनुमान गरिसकेको थिएँ । तरपनि हतार हतार सम्पर्क गरिहाल्न पर्ने जस्तो चाँहि लागेन किनकि मैले तत्काल देख्न पाउने होईन ऊहि खबरै सुन्ने त हो । खबर त तेसैपनि थाहा हुनेनै थियो । प्रबिधिको युगमा अनुमान सजिलै गरिएकै थियो । भतिज लाई स्वागत भयो मनबाट ।

काठमाडौं बाट आएको करिब ८५ जनाको टोलि सबैले साँझमा आश्रममा खानपिन पश्चात रात्रिबस मार्फत   काठमाडौंतिर लागे । मैले पहिलै देखी बनाएको योजना अनुरुप त्यसदिन आश्रममा बसेर भोलिपल्ट बिरगन्ज शहरलाई हेरेर मात्रै फर्कने निर्णय गरें । मलाई बिरगन्जको पनि माया छ ।

सिटको झम्टिने हतारोले होकि के हो कुन्नि-- हुनत अभिबादन, बिदाई जस्ता औपचारिक कुराहरुमा ढङ्ग कमैको पाएको छु तेसैले पनि होला दशदिनको सामिप्यतालाई टुङ्गाउँदै मसँग कसैले औपचारिक बिदा चाँहि मागेनन् ।  मैले एक दुई जनालाई भन्न भ्याएँ क्यारे ।

यात्रारत बिनोद अंकलको बुढाबुढि पनि काठमाडौं नगई त्यहि आश्रममै बस्ने हुनुभएछ । कारण ऊहाँहरुले आफ्नै गाडिमा आउनु भएको रहेछ । मलाई पनि साथि भयो ठिकै भयो ।


बिदाई गर्दा दक्षिणा संकलनको लागि अप्रत्यक्ष रुपमा एउटा थाल वा ढक्किहरु थापेर टिका लगाईदिँदै बिदागर्ने ओमशान्तिको चलन बिहान हामि तिनजना निस्किदाँ चाँहि बिर्सिएछन् । एकाबिहानै नित्यकर्मपछि आँगनमा डुल्दै गरेको हामिलाई चियापनि अफर नगरि मुलगेट खोलिदिएर अप्रत्यक्ष बिदा पो गरिदिए । हामि पनि निस्किदियौं ।

हामिले फेरि दिउँसो भेट्ने योजना बनाएर बिरगन्ज घन्टाघर नजिकै एउटा मिठाई पसलमा नमिठो चिया खाएर छुट्टियौं । 

बिरगन्ज घन्टाघर ।
त्यसपछि मैले करिब २३किमि पैदल हिँडेर बिरगन्ज शहरलाई हेरें । ट्रिप एडभाईजरमा गुम्नको लागि स्थान सर्च गरेपछि नतिजा मध्येको दुई स्थानमा पुगें अर्को स्थान सिमानातिर थियो तेसैले गईन । मलाई कत्तिपनि थकान महशुस भएको थिएन ।  अनगिन्ति फोटोहरु खिच्दै पुरा बिरगन्ज शहरलाई पैदल हिँडे ।  
न घामले थकित बनायो न भोकले । बिहानको नास्ता वा खानाको रुपमा आधा किलो आँप खाएर २३किमि हिँडिएछ ।
ठाकुराम मल्टिपल क्याम्पस ।
एघारदिन पश्चात ठाकुरराम मल्टिपल क्याम्सको पर्खालमा भएको चिया पसलमा खाएको चियाले चाँहि असलमा धित मार्यो । मानबसेवा आश्रम भएको ईलाकामा धेरैपटक घुमें । तेसो गर्दा मनलाई सन्टुष्टि हुने रहेछ ।

म।
धेरैदिन देखि लगाईरहेको एउटै लुगाहरु देखि दिक्क भएर मुलसडक तिर भएको एउटा पसलमा हाल्फ प्यान्ट र टिसर्ट किनें । संझना पनि भयो चिनो पनि भयो । मुलसडकमा भएको पसल छान्नुको कारण चाँहि गुणस्तरिए कपडा पाईन्छकि भनेर थियो । नयाँ शहरमा खासै अनुभब भएन कि कहाँ किन्नु ठिक हुन्छ । बान्ड नेम स्थापित गर्दै चेन सुपरमार्केट बनाउने ब्यबस्थापकिय कौशल नभएको समाजमा धेरै किसिमका जटिलता हुने गर्दछन् । यस्ता धेरै झमेला बेहोर्नु पर्दछ ।


बिरगन्ज मुल सडकतिर ।
शार्बजनिक शौचालय ब्यबस्था गर्नु नपर्ने आधुनिक शहरि समाजमा दिसा पिसाबले ठुलै समस्या निम्त्याउँछ । अपरिचित शहरमा घुम्दै गरेको मलाई अचानक दिशा आईदिए पछि कता जाने ?  झट्ट दिमाग खेलाएँ खोलाको तिर । गुगल गेरेर खोला खोजें । सिर्सैया । सम्भब भएसम्म छोटो बाटो तय गरेर सिर्सैयाको तिरमा पुगियो ।  एकाबिहानै पाईएको बिदाले गर्दा आचि चाँहि सिर्सैया खोलाको तिरमा खुला चौरमा गर्नेमा परियो । कमोठमा पो आचि गरेपछि तल गहिरो प्वालमा लत पुग्छ, बानि नभएको मैले रोजेको भूँई सम्म घाँसै मैदान थियो तेसैले आचिको थुप्रो चाकै सम्म आईपुग्न थालेपछि दुई ठाउँमा सर्दै आचि गरियो । 😆😆😆 धेरै कालपछि प्राकितिक आनन्दिले आचि गरियो । बढा मजाको अनुभब भयो ।



योजना बमोजिम हामिले दुई बजेतिर घन्टाघर नजिकै भेटेर सँगै काठमाडौंतिर अघि बढ्यौं । बिनोद अंकलको गाडि हँकाई निकै भलाद्‌मी र राम्रो थियो । आकल झुकल कसैको कहिले काँहि शहरको छोटो दुरिमा मात्रै निजि गाढि चढेको मैले बिरगन्ज देखि हेटौंडा सम्म आईपुग्दा कत्तिपनि समय लागेको जस्तो अनुभब भएन। लोकल गाढि चढ्दा हल्लिने र बज्ने सिसा तथा जथाभाबि लापार्बाहि हँकाई नभएपछि गाढि पनि कुदिरहेको जस्तो महशुस नहुने रहेछ । त्यसैले एकैछिनमा हटौंडा आई पुगिसकेछ ।

ओम शान्ति सुमो ।
मामाघरमा तिनदिन बसेपछि पन्धौं दिनको दिन काठमाडौं ऊपत्यका आईपुगियो । संयोगबस सुमो पनि ओम शान्ति यातायात नाम भएकै परेछ ।  शितल बतासले सँधै स्वागत गर्ने काठमाडौं ऊपत्यका आजभोलि अत्याधिक जनघनत्व, कोलाहाल मानब बस्ति तथा सबारि साधनहरुले होला त्यति शितल छैन । 

बल्खु काठमाडौं ।२०७५ साल ।
तैपनि आफु जन्मिएर हुर्किएको भएर होला यहिँ आईपुग्दा मात्रै आफ्नो ठाउँ आईपुगेको जस्तो लाग्दछ । जिपबाट बल्खुमा ओर्लिएपछि पँहेलो हिलो माटोले भरिएको राजधानि शहरको सडकले स्वागत गर्यौं । अनपढ ठेकेदारको अडकल बाट बनेको बस्ति तथा शहरि संरचनाहरु देखेर मनमनै चित्त बुझाएँ कि धन्न यति भएपनि यताउता हिँडडुल  गर्न पाईएको छ । 
सल्लाघारि चौरमा रोकिएका ट्याक्सिहरु ।
जतिसुकै थकित होस या अप्रसन्न मुद्रा, ट्याक्सिवाला सँग पैसा बार्गेनिङ् गरेर चढ्नपर्ने ट्याक्सि सर्भिस पुस्तौं सम्म कायमै हुने भयो । ट्याक्सि लेखेको देखेपछि तुरुन्तै ढोका खोलेर चढ्दै आफ्नो गन्तब्य बताएर   ठाउँमा पुग्न पाईयोस् न । दिसा र पिसाबले च्यापिरहेको मलाई ट्याक्सिवाला सँग बार्गेनिङ्ग गर्न झर्को लागेर जति माग्यो तेतिनै दिएर घरसम्म आईपुगें ।

धेरैदिन पछि घर आईपुग्दा आनन्द महशुस भयो । राजस्थानको यात्रा निकै यादगार भयो । 







 

यात्रा प्रस्थान मिति : 2075/01/017
घर आईपुगेको मिति: 2075/01/31

पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् । 




यात्रा संस्मरण लेख्न छनौट गरिएका तस्बिर तर लेख्न अल्छि लागेपछि तेसै राखिदिएको । 



त्रिलोक परिसर ।

सामुहिक तस्बिर महिला मात्र ।

भोेलेबाबाको भन्डारामा रहेको दुग्ध बिभाग ।

भोेलेबाबाको भन्डारामा रहेको चाय बिभाग ।

डाँडाको टाकुराबाट आबु एरिया देखिएको साथमालामा सिङ्ग भएका गाईहरु खानेकुरा खाँदै ।

म ।

मन्दिरै अगाडि फोहरको पहिरो ।

भारत तिर चलनचल्तिको सबारो साधन टेम्पो ।

आबुपर्बतबाट दिल्लितर्फ अगाडि बढेको सडक लाई फर्केर हेर्दा ।

जल घडा ।

बन्दै गरेको नयाँ आश्रम ।

गाई फार्म रे ।

अजङ्गको साँढे ।

रेलमा खाएको खाना ।

बँगैचामा राखीएको मयुरको मुर्ति ।

बँगैचामा राखीएको गाईको मुर्ति ।

दिल्लि जक्सन रेल स्टेसन ।

चाय पिउँदै भारतिय महिलाहरु ।

आश्रम रे ।

जर्मनि सहयोगको सोलार प्लान्ट ।

रातको समयमा देखिएको आनन्द सरोबरको दृष्य ।

Angel

तपोबनमा फुलिरहेको आकर्षक फुल ।

भोलेबाबाको गाई हेर्ने मानिस रे । ऊसले भनेको ।

Happy Soul


बिरगन्जबाट  घर फर्किने तयारिमा ।

सबारिको साधन रिक्सा ।  बिरगन्ज नेपाल ।

बिद्मालय अगाडिको नालि र फोहरको थुप्रो । बिरगन्ज नेपाल ।

गर्डिअवा तलाउ । बिरगन्ज नेपाल ।

बिरगन्ज शहर सिर्सैया खोलापारिको बस्ति । 

अन्नपात थुपार्न बनाईएको भकारि ।

बिरगन्ज नेपाल ।

Swimming Pool, बिरगन्ज नेपाल ।

Wall art, बिरगन्ज नेपाल ।

टाँगा, बर्डवअा नेपाल ।

टेम्पोलाई तान्दै चालक , दिल्लि भारत।

आनन्द बिहार रेल स्टेसन नयाँ दिल्लि भारत ।

काठमाडौं शहरको बाटोको हिलोले सेतो जुत्तालाई पँहेलो बनाएको । बल्खु काठमाडौं नेपाल ।

बल्खु नेपाल ।

स्कुल प्रा. ली ।  हेटौंटा नेपाल ।

हामि भु-माफीया ।

फलफुल बेच्दै ब्यापारि , आनन्द बिहार, नयाँ दिल्लि भारत ।

आनन्द बिहार रेल स्टेसन, नयाँ दिल्लि भारत ।

रेल स्टेसन ।

ओम शान्ति । राजस्थान भारत ।

ज्ञान कुञ्ज मान्ट आबु, राजस्थान भारत ।

Universal Peace hall माउन्ट आबु,  राजस्थान भारत ।

Om Shanti Flag . Abu, Rajasthan India

Main Entrance, Om Shanti, Rajasthan India.

बाबाको कमरा ।



बजार । देलवाडा मन्दिर । राजस्थान भारत ।

Universal Peace hall माउन्ट आबु,  राजस्थान भारत ।

बाबाको कमरा ।

शान्तिबन परिसरमा अबस्थिर महलहरु ।

भोजनालय ।

डायनिङ्ग हल ।

रातको समयमा देखिएको शान्तिबन परिसरको महल ।

अमृत कैलाध भबन, अानन्द सरोबर  ।

Interior

बाबाको कमरामा ध्यान गर्दै ।

डाुनिङ्ग हल ।

Happy Soul.

साँझको समयमा बँगैचामा मनोबोनोड गर्दै राजयोग शिबिरमा सहभागिहरु ।

बँँगैचामा राखिएको कलाकृति ।

भोलेबाबाको भन्डारामा तरकारि केलाउँदै ।


तपस्याधाम ।

पुर्ण भोजन ।

हाम्रो कोठामा राम्रो समय बिताउँदै गफ गर्दै सहयात्रिहरु ।

शान्तिबन परिसरको पुर्बि गेटमा अबस्थित  बजार ।

बाबाको कमरा बिहान ४ बजे ।

किनमेल गर्दै दिपेश दाई ।

अम्बाजी को मन्दिर जानको लागि चढेको गन्डोला ।

धेरैपछि पिएको स्वादिस्ट चिया ।

श्रीनाथजी वरपरको बजार । उदयपुर राजस्थान भारत ।

मुलरि सुन्ने स्थान ।

म सँग नेपाली नोट साटेर रमाउँदै राजयोग शिबिरका सहभागि भारतियहरु ।

ट्रेन स्टेसनमा रहेको पसल ।

दिल्लि ।

दिल्लिमा सेल्फि ।

भाँडाकुँडा माझ्दै, शान्तिबन परिसर, ओम शान्ति । राजस्थान भारत ।

शान्तिबन परिसर बाहिरबाट खिचिएको । । ॐ

शिब बाबा याद है ? 😆

ओम शान्ति परिसर बाहिर हुँदै आनन्द सरोबर तिर जाँदा ।

कलाकृति । आनन्द सरोबर परिसरमा देखिएको ।

भारतिय मानिस ।

जुत्ता खोल्नै पर्ने भयो के गर्नु । पृथिबिकै कुनै भागहरुमा सुत्ने बेलामा पनि जुत्ता खोल्नु पर्दैन ।

जलघडालाई बोराले बेरेर चिसो बनाई राख्नको लागि । राजस्थान भारत ।




पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् । 








Labels: ,

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older