भिडियोमा मैले देखेको मेलबर्नको सामाजिक जिबनशैलि र शहर!
आज फरक अनुभब गरिरहेको छु । पहिलो पटक मेलबर्नतिरको सिटीलाई प्रत्यक्ष देखेको जस्तै अनुभब हुने गरि रुमन सँग भिडियो कन्फेरेन्स गर्ने मौका मिल्लो । कामबाट फर्कँदै गरेको उसले ट्रेनमा र पछि बसमा प्रत्यक्ष भिडियो कलिङ्ग गर्दै गर्दा शहरको केहि हदसम्मको रहनशहन र पर्याबरणहरुको झलक देख्न पाईयो । यो बिल्कुलै अनौठो अनुभब हुने रहेछ । भिन्न परिबेश र शहरलाई हेर्दै गर्दा रमाईलो लाग्ने रहेछ त्यसमा पनि त्यति ब्यबस्थित शहरलाई हेर्दै गर्दा तुरुनै त्यहाँ पुगौं जस्तो हुने रहेछ ।
करिब मध्यरात तिर मेलबर्न एयरपोर्टबाट घर फर्कँदै गर्दा गरिएको भिडियो कन्फेरेन्सले चकित पारेको छ । बाटोमा एक तमासले गाडिहरु गुडिरहेका छन् । कुनै गाडिले पनि अलिकति पनि बाँङ्गो टिङ्गो हाँकेको छैनन् । कोहि हतासमा छैनन्, कसैले हर्न बजाएका छैनन् । बाटोमा एताबाट र ऊताबाट बाँङ्गो टिङ्गो छिर्ने मोटरसाईकल छैनन्, गाडिहरु मात्रै छन् र एकनाशको गतिमा गुडिरहेका छन् । स्पिड कति छ भनेर गरेको प्रश्नको उत्तरमा आएको जबाफले चकित पार्यो । ८०-८५-९० । हेर्दा निकै मन्द गतिमा गुडिरहेको जस्तो देखिने गाडिको गति निकैनै हुने रहेछ ।
सबैतिर सडक बत्तिहरु छन् । बाटोमा राखिएका ट्राफिक लाईट कति प्रष्ट सँग देखिने स्थान तथा एङ्गलमा छन् । एयरपोर्ट देखि घरसम्म पुग्दा बाटोमा कतै पसलहरु देखिएन, न त हिँडिरहेका मानिसहरु ।
कुनै ह्यासल छैन । कुनै झन्झट छैन । कति सहज सामाजिक जिबनशैलि र शहर !

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home