Tuesday, April 16, 2019

यात्रा संस्मरण - बन्दिपुर - पोखरा २०७५-२०७६


उपत्यकाको कोलाहाल मानब बस्तिबाट अलि पर बाहिर प्रकृतितिर जाने भन्ने बित्तिकै मन रमाएर उन्माद हुन्छ । नयाँबर्ष आगमनको अघिल्लो हप्ता हाम्रो घरमा आएको भाईले जाँउ घुम्न भनेपछि नाई भन्न नसकेर यो यात्राको निर्णय भएको थियो ।

नयाँ बर्ष भन्दा दुई दिन अगाडि यात्राको लागि निस्किएर पहिलो रात बन्दिपुर, दोश्रो रात पोखरा बस्ने योजना तय भयो । ठिक एसै दिनहरुमा अघिल्लो नयाँ बर्षको दिन एभरेष्ट बेस क्याप्मतिरको यात्रा बाट फर्किएर जिबनमा पहिलो पटक हेलिकप्टर चढाईको आनन्द लिदैँ गरेको संझना भईरहेको छ । 

दुई दिन बसाईको यात्राको खर्चको अनुमान गरेर जाने पक्का निर्णय गरियो । यस पटक अरु यात्राहरुमा भन्दा निकै सानो ब्यागप्याक बोकेर निस्किएँ । यसपटक म निकै छरितो यात्रा गर्न चाहान्थें । 
Read more »

Labels: , , , , , ,

Monday, July 2, 2018

यात्रा संस्मरण - हेटौंडा


मामाले आँप लिन आउनको लागि बोलाउनु भयो, तेसैले फेरि महिना दिन जस्तैमा हेटौंडा मामाघर जाने भईयो यो पटक मैले मोटरसाईकलमा जाने बिचार गरें बाटो बाटोमा आफुले मन लागेको ठाँउमा रोक्दै मनग्य फोटोहरु खिच्न पाईने भएकोले मोटरसाईकलमा जाने बिचार गरें

हजुरआमालाई कुरिलो मन पर्ने भएकोले एकदिन पछि कुरिलो लिएरै जाने निर्णय भयो आफु बच्चा बेलामा, - दिन अगाडिनै पक्का गरेको लामो बसको टिकट, आमाको काखमा बसेर  दिनभरि लगाएर थकित भएर पुग्नु पर्ने छैन अहिले, तेसैले हेटौंडा चाँहि निकै नजिक लाग्न थालेको जति नजिक भएतापनि महाभारत पर्बत पार गरेर जानुपर्ने ठाँऊ तेसैले मैले बिहान खाना नखाई सकेसम्म छिट्टै जाने बिचार गरें

चित्लाङ्ग तिरबाट कुलेखानि हुँदै पनि जान सकिने सुनिएको थियो अघिल्लो दिन गुगल म्यापमा धेरैबेर घोरिएर सबैकुरा बुझेपछि चित्लाङ्ग भएरनै जाने निर्णय गरें चित्लाङ्ग तिरबाट जानुको भित्रि उदेश्य चाँहि उनले चित्लाङ्ग अर्गानिक भिलेज रिसोर्टमा साथीभाईहरु सँग पुगेर खिचाईएको तस्बिरहरु, जुन मैले ईन्टरनेटको मध्यस्ततामा देखेको थिएँ   तेसैले मलाईपनि पुगेको ठाँऊ हेर्दै फोटोहरु खिचेर हिँड्न मन लाग्यो

बाले बनाएर खुवाउनु भएको चिया ओटमियल खाएर हिँडे हेटौंडा तिर बिहान :३० मै घरबाट निस्किसकेको थिएँ आफ्नो घर उपत्यकाको पुर्बि काँठमा भएको मैले जानुपर्ने हेटौंडा सोहि उपत्यकाको दक्षिण वा पक्षिम काँठ हुँदै जानुपर्ने हुन्छ यो बिचको शहरहरुको अब्यब्स्थित बाटोलाई पार गर्नै झन्डै दुई घन्टा सम्म लाग्न सक्छ
थानकोट चेकपोष्ट नजिकबाट देब्रे बाटो लागेपछि चित्लाङ्ग तिरको हाईवे लागिने थियो तेसै गर्दै फराकिलो पिच भएको बाटोमा उत्साहित हुँदै   रमाउँदै माथि लागिसकेको थिएँ

हरे!  बाटो बन्द रे ! कारण ???

हालसालको बर्षमा शुरुभएको नब सामन्ति ब्यबसाईक(धन्दा) समुहको ज्याददि शक्तिको कारणले उक्त हाईवे सुचारु हुन नदिई बाटो बनाईरहेको बहानामा नियतबस बन्द गराईएको रहेछ भन्ने कुरा मैले अडकल लगाएँ यस कुरामा निकै बिश्वस्त छु त्यो चन्दागिरिको डाडाँमा गन्डोलाको ब्यबसाय गर्नेहरुले बाटो बन्द गराएका हुन त्यो बाटोबाट माथी ऊकालो लाग्दै जाँदा त्यो चन्दागिरि भन्दा माथिको अर्को डाँडामा पुगिन्छ यसो हुँदा उसको गन्डोलाको धन्धा नचल्ने संकाले गर्दा ऊनिहरुले त्यो बाटोनै बन्द गराईदिने बिकल्प रोजेछन हाम्रो समाजमा यसरि सार्बजनिक महत्वको बिषयमा पनि एक ब्यक्ति वा समुहले ठाडै हस्तक्षेप गर्दै ठुलो सँख्याको मानिसहरुलाई दु: दिन सक्ने कुरा अति सामान्य प्रबृति हो   याबत कारणहरुले होला अमेरिकी ईम्बेसिले Travel Advisory मा उक्त गन्डोला नचढ्न सुझाब गरेको छन्


यात्राको मेरो उत्साहा ऊमंग एक्कासि रिस आबेगमा परिबर्तन हुन पुग्यो जतिबेला मैले सुने बाटो बन्द रे मैले मेरो बाटो परिबर्तन पर्नुपर्यो मैले स्थानियलाई सोधें अब बिकल्प के ? एकजना सामान्य चियापसले दाजुले बताईदिएमातातिर्थ को बाटो हुँदै जान मिल्छ तर बाटो निकै अप्ठेरो मैले बाटो जस्तो भएतापनि तेतैबाट जाने निर्णय गरें किनकि फेरि बल्खु सम्म पुग्ने आँटमा थीईन

बाटोमा एकजना मोटरसाईकल चाललकलाई मातातिर्थ कताहोला जताबाट कुलेखानि हँदै हेटौंडा जाने बिचार गर्दै छु भनेर सोधें उनि पनि असल मानिस फेला परेछन् संयोगबस ऊनि त्येहि मातातिर्थको बाटोको छेउ हँदै अन्यत्र कतै जाँदै थिए मैले उनलाई फलो गर्दै गएँ उनले स्थानिलाई सोधि पक्का गरेर कुलेखानि तिर लाग्ने बाटो देखाई दिएर बिदा भए

उकालो तेर्सो अलि माथि पुगेपछि कुलेखानितिर जाने बाटो भनेर बोर्ड लेखेको देखेपनि फेरि एकजना दाजुलाई बाटो सोधियो उनले भनेबाटो एकदम अप्ठेरो कसरि जानुहुन्छ, एकदम गाह्रो ऊनको यो कुराले मनमा संकोच त्रास उत्पन्न भयो कि मैले यो बाटोको बिकल्प रोजेर ठिक गरें ?

ऊनले थपेजानुहोस एउटा मोड हो धेरै गाह्रो, सक्नुहुन्छ होला मैले सोधे अरु कोहि गएका छन यो बाटो? उनलेछन्भनेपछि ढुक्क भयो तेसैले मैले बाटो तताएँ

ति दाजु सँग बोलेर माथि लागेपछि बाटो एकदम सुनसान थियो पुरानो हुँदै गरेको मोटरसाईकलको ठुलो घ्याईयय... चराको अवाज बाक्लो सुनसान जँगल मन केहि त्रसित सँगसँगै रोमान्चित पनि हुँदै थियो यात्रा भनेकै एस्तै हो आखिर डर के को ? मृत्यु ! ..... त्यो अबस्य छँदै .... ढिला या चाँडो
मातातिर्थ माथिको जंगल, देखिएको बाटो हुँदै चित्लाङ् पुग्न सकिने ।
 

उकालो निकै ठाडो नै थियो चढ्दै गर्दा बिचमा एउटा सानि नानि माथि लाग्दै रहेछिन् केहि माथि सम्म छोडिदिनको लागि बाईकलाई रोकाउने ईशारा गरिन् सानि बच्चि भएकोले मैले बिश्वास गरें रोकिदिएँ तरपनि मैले तेसो नगरेको भए ठिक हुने थियो किनकि अरु निकै झमेला आईलाग्न सक्ने थिए
 
तैपनि जिबन हो सँधै एकनाश मेशिनरि नियममा के चल्नु बर्तमानमा जे निर्णय दिन्छ मनले तेहि गर्ने हो तेसैले मैले ति बच्चिलाई चढाई माथितिर लागें बच्चि भन्नु मात्रै कुरा बयस्कको जस्तो थियो मैले सोधेको प्रश्नमा मैले ऊनिबाट पाएको उत्तरबाट मैले यो कुरा भन्न सकेको हुँ मैले सोधें, “नानु बाटो यताबाट कुलेखानितिर जानेबच्चिले भनिन् , अस्ति सम्म थिएँ, डोजर लगाए खुलाएको , हामिले तपाँईहरुकै लागि खुलाएको हो नि

एक्लै जान लाग्नु भएकोऊनले तेसो भनिन् मैले भनेहो
-    चिपलिएर लड्यो भने के गर्नु हुन्छ?” ऊनले सोधिन
-    फर्किने ने जान सकिएन भने, तर तेस्तो हुँदैन होलानि 
एस्तै कुरा गर्दै गर्दा ऊनको घर आईपुगेछ मैले रोकिदिएँ उनको घरका मानिसलाई पनि एकपटक बाटोको बारेमा सोधखोज गरे ऊकालो लागें  

मकवानपुर तिरको कतै पहाडबाट ऊपत्यका लाई घेर्ने डाँडाको अनकन्टार जंगलमा घर बनाएर बस्न आएका रहेछन् मलाई पनि प्रकृतिले तेसरि घेरिएर बस्न मन लागेको

बच्चिको कुरा   चिपलिएर लड्यो भने के गर्नु हुन्छ?” ले मनमा त्रास चाँहि पक्कै थपेको थियो तर आजभोलि निडर भईसकेको छु मैले कतिपनि हतोत्साहि नभई ऊकालो चढि रहें

बाटोमा अगाडि फुटमार्क टायर मार्कहरुलाई याद गर्ने कोशिस गरें मैले केहि अस्पष्ट संकेतहरु देखें भन्दा अगाडि कुनै मोटरसाईकल गएको हुनसक्ने ठम्याएँ बर्खा महिना पानि परिरहने भएकोले अगाडि अस्पष्ट देखिएको टायर मार्क पुरानो टायरमार्क हुन सक्दैन थियो वाटर बोटल, चाउचाउको प्याकेट, चुरोटको बट्टा, परागका खोल यस्तै यस्तै खाएपछि जताततै फोरह फ्याँक्ने अरु सामान्य मानिसहरुको बानिले कहिले काँहि मलाई फाईदा हुन्थ्यो ति फोहरहरु बाटोमा देखिएको थियो कतिपय ताजा - दिन अघिको मात्रै जस्तो देखिन्थ्यो तेसैले गर्दा बाटोमा अगाडि बढ्न हुने निष्कर्ष निकालेको थिएँ


अघि एक जना दाजुले भनेका जस्तै अटि जटिल अप्ठेरो भागको मोड आईपुग्यो ठाडै ऊकालो, चिप्लो माटो, ढुङ्गाको काप ... बल्ल बल्ल पार गरें कति भाग्यमानि !  त्यो जटिल भागमा मोटरसाईकल ऊकाल्ने प्रयत्न मात्रै के गरेको थिएँ त्यो अनकन्टारमा एक्कासि पछाडि अर्को मोटरसाईकलमा दुईजना चढेर आईपुगेछन् मैले बढो मुस्किलले उकाँले, उसको मोटरसाईकल नयाँ थियो तेसैले सजिलै ऊकाल्यो 


जब मातातिर्थको जंगलको अनकन्टार पार गरेर टुप्पामा पुगियो, ईन्द्रसरोबर गाँऊपालिका शुरु भएको बोर्ड देखियो त्यो सँगै अनकन्टार जँगलको अन्त्य भयो त्यो टाकुरामा एउटा चिया पसल रहेछ मैले चिया पिउने निर्णय गरे ति अघि ऊकालोमा भेट भएका मोटरसाईकल वाला पनि चिया पिउँदै रहेछन्


चिया पिउँदै गर्दा सामान्य बातचित भयो प्रायस सबैले मलाई घर कता हो भनेर सोध्छन सामान्य जबाफभक्तपुरभनेर टुङ्ग्याउँछु मेरो दिमागमा जम्मा दुई थरि ठेगाना आउँछ, कि ऊपत्यका भित्र कि ऊपत्यका बाहिर

बढो रासिस्ट छु असलमा गणराज्य ब्यबस्थाको मानिस रहेछु मलाई मेरो ठाँउको माया मेरो उपत्यकाको माया उपत्यका बाहिर बाट आउने ले उपत्यकामा गर्ने सबै किसिमको हर्कतको गहिराई मैले बुझेको छु

ति चिया पिँउदै गरेमा मोटरसाईकलमा पछाडि बस्ने अधबैंशे पुरुषको घर चाँहि नुवाकोट(उपत्यका बाहिर) रहेछ हेटौंडामा पनि घर रे अनि काठमाडौंको बालाजुमा पनि छाप्रो रे ऊनकै ऊनकै शब्दमा

हाहा ! अफसोच ... महाशय तपाँइले बताउँनै पर्दैन तपाईको ऊपत्यका बाहिरको घरको ठिक जिल्ला बताउनु भयो भने पहिलेनै भनिदिने छू कि तपाँईको ऊपत्यकामा घर कतातिर किनकि ऊपत्यकाको आदिबासि हुँ

जे होस चाँहि नयाँ बाटोको बारेमा मात्रै उत्सुक थिएँ, मलाई ऊनको तिन ठाउँमा भएको घरहरुले आकर्षित गर्दथ्यो वा ऊनको तिन ठाऊँमा भएको घरले मेरो नजरमा ऊनको ब्यक्तित्वलाई बढावा दिन्थ्यो ति चालक दाजुले मेरो पनि चियाको पैसा तिरिदिएछन् अचम्म ! ऊफ त्यो ऋण कहिले भुक्तान गर्ने होला जे होस मैले पैसा तिरिदिने दाजु सँग मनमनै सामिप्यता धन्यबाद दिएँ

मातातिर्थको माथि टाकुरा जहाँबाट ईन्द्रसरोबर शुरु हुने रहेछ ।
ईन्द्रसरोबरतिर स्वागत गर्ने त्यो टाकुरा चाँहि बिशेस महत्वको थियो किनकि त्यो टाकुराबाट धेरै तिर जान मिल्ने रहेछ भालेश्वर महादेबको मन्दिर पनि त्यहि पर्ने रहेछ, पछि शत्तिसमुह हरुले आफ्नो ब्यग्तिगत आर्थिक स्वार्थकोलागि अन्यत्रै स्थापना गराएका छन् रे

मातातिर्थको टाकुराबाट चित्लाङ्गतिर झर्दै गर्दा, आकाशमा तुईन ।
चियापछि अब चितलाङ्ग तिर ओरालो झरिने थियो फोटोहरु खिच्दै, ऊपत्यकामा पहिले-पहिले सामान ढुवानि गर्न प्रयोग गरिएको तुईन हरु हेर्दै, करिब करिब सुनसान बाटोमा ओरालो झर्दै गर्दा मनमा बेग्लै आनन्द लागिरहेको थियो बर्खा मौसममा घाम त्यति नलागेको बादलले सुर्यको राफलाई पनि छेकेको, पानि पर्न पर्न खोजेको शितल मौशममा प्राकृतिक छटा हेर्दै उपत्यका भित्रिने पुरानो बाटो हेर्दै अघि बढ्दा भाग्यमानि महशुस गर्दै थिएँ

हाम्रो मौलिक घर । चित्लाङ्गमा खिचिएको ।
एउटा पुरानो तरिकाको घरको फोटो खिच्दै गर्दा घरको मालिक अन्टिले आफ्नो छोरोलाई स्कुल तिर जाने बाटोसम्म छोडिदिनको लागि अनुरोध गरिन मैले हुन्छ भनेर पुराईदिएँ बिच बाटोमा देखिएको ‘Organic Village Resort’ को न्याभिगेसन बोर्डले मलाई तेतातिर डोरायो

जता गयो तेतै अनकन्टार बाटोहरु मात्रै रहेछन् त्यतातिर मोडिए देखि निकै परसम्म फेरि कोहिपनि मानिसहरु देखा परेनन् बाटो सुनसान थियो प्राकृतिक सौन्दर्यता चाँहि मनमोहक थियो ति डाँडाहरु, पहाडहरु हरियालि अनि जँगलहरुले मलाई निकै मोहित तुल्यायो

XP- Wallpaler  रे  मेरै शब्दमा  :) ;)
बिचबाटोमा मैले Xp Opreating System को Wallpaper सँग करिब मिल्दो जुल्दो Landscape देखेको थिएँ मैले फोटोहरु लिने प्रयत्न गरें तर मौसम प्रकाशको तालमेल नमिल्नाले तेस्तो चाँहि अलि देखिएन त्यस ठाँऊमा - ओटा बढा बलिया देखिने गोरुहरु चराँउदै गरेको किषोर सँग मैले एकैछिन कुरा गरें, उसले तेति कुरा गर्न चाहेन त्येसैले मैले कुरा गरिन एउटा आफ्नो सेल्फि खिचेर अगाडि बढें

अगाडि आईपुगेको दुईओटा बाटोले मेरो ओर्गानिक भिलेज रिसोर्ट जाने बाटो अलमल्याई दियो कान्ला मुनितिरको घरमा गएर सोधेर निश्चित गरेर अगाडि बढें अन्तत बिचको गन्तब्य अर्गानिक भिलेज रिसोर्ट पुगें सोचे जस्तो आहा ! चाँहि थिएन नास्पातिका बोटहरु त्यसमुनिको हरियो घाँसे चौरले गर्दा तस्बिर खिच्दा राम्रो देखिएको शहरि कोलाहाल बाट एक दिनको लागि प्राकृतिक पर्याबरणतिर पुग्दा आनन्दि मिलेको मात्रै हो तर बास्तबमै आकर्षक मनमोहक स्थान चाँहि होईन

Organic Village Resort Chitlang
जताततै झुन्डाईएका बत्तिका तारहरु, यत्रतत्र राखीएका खानेपानिका ट्याङ्किहरु कुरुप जस्ता पाताहरुले बनाईका सेडहरुको त्यो ओर्गानिक भीलेज रिसोर्ट कत्तिपनि आकर्षक थिएन मैले त्यहाँ काम गरिरहेका एक पुरुषलाई ति बत्तिका तारहरु जमिनमुनिबाट राखेमा कति राम्रो देखिन्थ्यो नि भनेर सुझाब दिएर त्यताबाट आफ्नो अन्तिम गन्तब्यतिर अगाडि बढें

अगाडि एउटा चोकमा पुगेपछि उत्तरतिरबाट आईरहेको बाटो देखीयो त्यो चाँहि तेहि बाटो रहेछ जुन उपत्यकामा रहेका चन्दागरिका दादागिरिहरुले बन्द गराईएको बाटो तेहिँ नजिकै लेखीएको न्याभिगेसन बोर्डले काठमाडौं जाने बाटो भनेर देखाईएको थियो

सँगैको कुलोमा नेवार्नि दिदि सेता रहरलाग्दा मुलाहरु पखाल्दै रहिछन्  मैले उनि सँग कुरा उक्काएँ कि किन त्यो बाटो बन्द भएको हो भनेर ऊनको पनि तेहि सामान्य जबाफबाटो बनाउन थालेकोले बन्द भएको बिचरा कति लन्ठारा छन् आम जनसमुह

चित्लाङ्ग गाँउमा रहेको पुरानो नेवार समुदायको बस्ति ।
मैले ऊनिसँग एउटा मुला लिएर अगाडि बढें नेवार बस्ति, पाटि पौवा, काष्ठकलायुक्त झ्यालहरु मन्दिर देखेपछि अङ्कल लगाउन सकिन्छकि पुरानो(आदिबासि) हरुको स्थान त्यो बस्ति नजिकैको चौरमा चाँहि पहिले पहिले राणा महाराजाहरुको लागि तराईबाट लेराईने हात्तिलाई बिचबाटोमा बिश्राम तथा स्नान गराउने ठाऊँ रहेछ त्यो पुरानो बस्ति थियो कपल एयर अगाडिको भूँईचालोले गर्दा पुराना कलात्मक घर अरु जिर्ण तथा भत्किएका रहेछन्

मेरो अन्दाजमा यि नेवारहरु चाँहि परापुर्ब कालमा कुनै कारणबस गल्ति गरेपछि काठमाडौं ऊपत्यकाबाट खेदिएका हुनुपर्छ ।  

धन्न बिहानको ओटमियल ले बजे सम्म आड दिएको थियो बाटोमा खाने कतै ठाँउ भेटिएन भेटियोस पनि कसरि सबै बाटो सुनसान तथा कहि कतै अनकन्टार जँगल थियो केहि बेर अगाडि पुगेको अर्गानिक भिलेज रिसोर्टमा चाँहि खानेकुरा खाने आँट गर्न सकिन मैले महँगो ठाँउमा खानेकुराहरु खाने आँट गर्न छोडेको पनि केहि बर्ष हुन थालिसकेको कारण मेरो आर्थिक उपार्जन शुन्य

तेसैले परियो ढिँडो जस्तो चाउमिन खानेमा जसतोतसो खाईयो आखिर भोक मिठो रे नि !

हिलो अप्ठेरो बाटो बिहान देखिकै साथि भईसकेको थियो हरियो सफा कनभर्स जुत्ता मेरो बाईक पुरै पँहेलो माटोले छोपिई सकेको थियो हिलो चिप्लो भन्दा पनि एकान्त बाटोमा एक्लै गरिएको बाईक राईड निकै आनन्द दायक थियो

चित्लाङ्गको बाख्रापालन एरिया ।
बिचमा देखिएको बाख्रा पालन एरिया निकै मनकोहर थियो मैले तस्बिर लिन कसरि छुटाउँथे होला र । :)  

धान खेत, चित्लाङ्ग ।
त्यस दोबाटो देखि चाँहि बस्ति शुरु भयो तेसैले त्यपछि एकान्त अनकन्टार बाटोहरुको अन्त्य भयो मैले बिचबाटो मस्तले फुलिरहेको बगमबेलि फुलको एउटा सानो हाँगा काटेर घरमा लेराएर सार्नको लागि बोकेर हिँडे धानको गहराहरुको फोटो जानेसम्म मिलाएर खिच्ने प्रयत्न गरें यसो गर्दा मलाई सन्टुष्टि मिलिरहेको हुन्थ्यो

मार्खु भन्ने ठाँउ पुगेपछि कुलेखानि ईन्द्रसरोबरको झलक पाईयो बल्ल हेटौंडातिरको बाटो तिर लाग्न थालेको महशुस भयो त्यो ईन्द्रसरोबरलाई अलि माथि डाँडाबाट देख्दा राम्रो देखीने गर्दछ आजभोलि त्यहाँ बोटिङ्ग  पनि हुने गरेको रहेछ 

कुलेखानि ड्याम ( ईन्द्रसरोबर) ।
ड्याममा पुगेर मैले ड्यामको फोटो खिचें त्यो ड्याम निकै आकर्षक देखीएको थियो हुभर ड्याममा पुगेर तेसैगरि फोटो खिच्ने रहर प्रत्येक पटक त्यो ड्यामलाई देखेपछि हुने गर्दछ बर्खा महिना भएकोले धेरै Green टोनको फोटो आयो चित्त बुझाएँ

खानपिन  राम्रो नभएर अब बिस्तातै जिउमा थकान बढेको थियो तेसैले अब अलमल नगरि मामाघर हेटौंडा पुग्ने बिचार गरें तेसैले कमै ठाउँहरुमा मात्रै रोकिएर सरासर बाईक हाँकिरहें अबत कुलेखानि पछिको बाटोहरु मोडहरुनै लगभग कन्ठ हुन थालिसकेको छन

ति बेतमासले आउने सुमोहरु जसले बाटोको पुरै भाग आफ्नै भन्ठानेर हाँक्ने गर्दछन् ति कतिपय कारहरु जसले आफ्नै मात्रै बाटो जस्तो गरि हाँक्ने गर्दछन आफुलाई सजिलो भए पुग्ने अरुको हित तथा अहित कुनै ख्याल कसैलाई पनि छैन समाजका हरेक अंगगरुमा दैनिक भेटिने मानिसहरु सबै एस्तै मात्रै भेट्ने गरेको छु  जसलाई आफुलाई सजिलो भए भयो

चिसापानि गढि ।
बिस्तारै महाभारत पर्बत चढ्न थालें टाकुरामा देउरालि, अलि पर गढि हुँदै अगाडि बढ्दै थिएँ त्यो  चिसापानि गढि देखेपनि मनना अनगिन्ति कुराहरु आउने गर्दछन् पुरातात्विक महत्व तथा ईतिहाँस बोकेको स्थानको कति पनि संरक्षण सम्बर्धन तथा महत्व बढाउने किसिमले काम गरिएको छैन

टोल टोलमानगरपालिकालेखीएको बोर्ड टाँगिएका छन्, गाँउपालिका, नगरपालिका, लोकतन्तत्र, गणतन्तत्र.... यो .... त्यो ..... बाद ... समाजबाद..... कम्युनिष्ट.... प्रजातन्त्रिक.... याबत !!!!

मेरो लागि प्रजातन्तत्र आएको छैन मानब अधिकार ब्यक्तिक स्वतन्त्रता कतिपनि महशुस गरेको छैन मैले खानि एउटा सामन्ति राज्यब्यबस्था माथि अर्को नब सामन्तिहरुको उदय बिजय भएको


मेरो समाजमा हरेक दिन मलाईके गर्दै छौ/छस ?” प्रश्न गर्ने सबैलाई मेरो प्रश्न मेरो समाजमा के कस्ता किसिमका काम भईरहेका छन ? “तपाईले के काम गर्नु भएको ?के हाम्रो समाजमा काम गरिरहिएको ? “What’s your Job?”


Re think it What’s my job? What I’m I Doing?”

Then come back and Ask me…

चिसापानि गढि ।
बाटैबाट चिसापानि गढिको एउटा फोटो खिचेर अगाडि बढें आउने पुरानो बजार भिमफेदिलाई संझिदैदेउरालि उकालि चढेर... बिजयपुर खोला तरेर.....एक्लै गित गाँउदै आफैंमा रमेर अगाडि बढिरेहें

भिमफेदि बजारमा पुगेर खाजाको रुपमा आँप किनेर खाएँ आँप खाँदै गर्दा जिबनमा पहिलो पटक गँगटोलाई देखेछु मैले फोटो खिचेंको थिएँ पछि सोधेर थाहा पाएको
गँगटो ।
 मोटरसाईकलमा हेटौंमा केहि पटक गरेको छु तेसैले अगाडि आऊने एउटा खोल्चो(कजवे) जहाँ मोटरसाईकल जुत्ताको हिलो धोएर जानुपर्छ भन्ने योजना बनाउँदै अगाडि बडिरहेको थिएँ, अकस्मात त्यो कजवे(खोल्चो) नजिकै बाटै छेउ बनाईएको घरले एकपटक झस्काईदियो लौ ! अब कसरि धुने मोटरसाईकल जुत्ता सार्बजनिक प्रकृति छोटो समयमै अरुको कसैको कब्जामा भईसकेस, निजि सम्पत्ति पनि भईसकेको होला गालि गर्ने हुन कि भन्ने संकोच मनमा राख्दै, तैपनि मोटरसाईकल धुनलाई रोकें गालि खानु परेन तर पहिले पहिलेको जस्तो मोटरसाईकल धुँदा को प्राकृतिक आनन्द आएन अरुको बहसमा भएको जस्तो अनुभब भयो



दिनभरिको बाईक राईड सँगै साँझ हुनुभन्दा निकै अगाडि मामाघर पुगें माईजु भर्खरै घरबाट भरतपुरतिर जानको लागि टेम्पो चढिसक्नु भएको रहेछ पहिलो बार्दलिबाट आमाको सत्कार बोलि सुनें कति रमाईलो त्यो मामाघर चाँहि बच्चाबेलामा खेलेको संझना आउने भएर सँधै बिशेष लाग्दछ

भित्रि मधेशको ऊष्ण हावापनि महशुस भईरहेको थियो तर जति जति नयाँ नयाँ पर्याबरणहरुमा यात्रा गरिदै गईन्छ तेति तेति बाताबरणयिर परिबर्तनलाई आत्मसाथ गर्ने क्षमता बिकाश हुँदो रहेछ आजभोलि हेटौंडा तेति गर्मि अनुभुति हुँदैन जति पहिले पहिले हुने गर्दथ्यो

कटहर को बोट र फल ।
कटहरको रुखमा लटरम्म कटहरहरु फलेर पाक्न थालेका छन् आँपहरु बोटैभरि लटरम्म फलिरहेका छन् एस्तो देख्दा मन मोहित हुने रहेछ पारिपट्टिको कर्राखोलामा बढ्दै गरेको आबादि जमिन देखेर मन दिक्क हुने गर्दछ किनकि प्राकृतिक सौन्दर्य जस्तो उत्तम अरु केहि हुन सक्दैन त्यसमा पनि पुर्बिय साम्राज्यहरुमा हुने चरम अब्यबस्थित शहरिकरणले गर्दा शहर भन्ने बित्तिकै त्रशित हुन थालिने रहेछ


भाईहरु बिस्तारै -आफ्ना कामहरुमा लाग्न थालिसकेका छन् तेसैले अब बिदा बाहेकका दिनहरुमा तेतातिर पुग्दा एसो वरपर घुमफिर गर्नको लागि कोहि नहुने तर मलाई खासै कसैको साथ नचाहिने हुनाले सजिलै मलाई एक्लै बिचरण गर्नमा नै बढि आनन्द लाग्दछ

नबजात शिशु । भान्जी ।
नयाँ जन्मिएकि शिशु सहितको दिदिलाई भेट्न हेटौंडाको काँठतिर पुगियो चुरेतिरबाट बगेर आएको खहरे तर्रै दक्षिण पक्षिममा रहेको पदमपोखरि राटामाटे पुग्दा फेरि गाँउतिरको महशुस चाँहि हुने रहेछ आखिरमा शहर भनेको शहर रहेछ


आशिर्बाद भाईले साँझमा घुम्न निस्किऔं भन्ने प्रस्ताब गर्यौ, जाँदा जाँदै हामि मकवानपुर गढि पुग्यौं पहिले कहिलै  मकवानपुर गढि पुगेको थीईन जुन गढि गएपनि हालत तेहि हो नि चिसापानि गढिको बेहाल बयान गरि नसक्दै अर्को मकवानपुर गढिको के बयान गर्नु   जयमुनिले भन्ने गर्थे जे सुकै होस भन्नु पर्छ  हो क्यारे .... जे सुकै होस     

मकवानपुर गढि को भगनाबशेस ।

जे होस साँझको पँहेलो घामको किरण आउँदै गरेको ठीक समयमा पुगेकोले गर्दा निकै राम्रो तस्बिर हरुचाँहि खिच्न पाईयो


शान्त बाताबरणमा गढिबाट तलतिर हेर्दै बसेका प्रेमिल जोडि ।
शान्त बाताबरण तथा एकान्त स्थानमा साँझको उत्तम समयमा,  गढिको उचाईको त्यो अति मनोरम टाकुरामा बसेर तलतिर फराकिलो फैलिएको भुमिहरु, नदि हेर्दै नारिएर बसिरहेका युगल जोडिलाई देख्दा मन लोभिनु स्वाभाभिकनै हो मैले पनि आफु तेसैगरि बसिरहेको कल्पना गरें



Care about what other people think and you will always be their prisoner”-Lao Tzu  …. ले भनेका रहेछन्  

एक साल एक पटक मामाघर पुगेको बेला, भाई ठेउलाको बिरामि भएर सुतिरहेको थियो मैले भर्खरै केहि महिना अगाडि भाईलाई किनिदिएको भाईको मोटरसाईकल लिएर घुम्न निस्किएको थिएँ अनुमतिमै मोटरसाईकल लिएर निस्किएको थिएँ

मामाको साँझ बजे आएको आबेग रिसको फोन सुनेपछि चकित भएँ जिबन भन्दा कति प्यारो रहेछ त्यो भौतिक फलामे यन्त्र मलाई २६ बर्ष देखि गर्न नसकेको प्यार त्यो फलामे भाँडोलाई महिनामै भएछ मैले ढिला भएको बाहानामा गालि खाएको थिएँ करिब बैशाखको साझ बजे भनेको ढिला थियो या चाँढै स्वयं सोचनिय कुरा हो जे होस त्यसपछि मैले त्यो  मलाई बच्चा बेलामा बिहानै ओछ्यानमा आएर मलाई टङ किस गर्ने मामाको प्यार बुझिहाल्ने मौका पाईयो


यो पटक पनि मकवानपुर गढिमा भाईसँग आफ्नै मोटरसाईकलमा घुम्दै गर्दा मन चाँहि कति पनि शान्त हुन सकेको थिएन किनकि घडिमा :१५ भईसकेको थियो मनमा आतोश लिँदै हतार हतार गरेर फर्किएँ  



हेटौंडा बजारलाई भैरबडाँडाबाट हेर्दा ।
बिहान भाईहरु सँग हेटौंडाको मनकामना डाँडा चढने बिचार बनाएर तेतातिर जाने प्रस्ताब गरें गयौं तर बाटो बन्द रहेछ फर्किएर भैरब डाँडाँ गयौं त्यहाँबाट हेटौंडा बजारको निकै राम्रो एरियल भ्यु देखीने रहेछ बिहानको समय भन्दा साँझको समयमा जाँदा प्रकाशको दिशाको कारणले राम्रो तस्बिर लिन सकिने रहेछ बाजेले जबरजस्ति लगाईदिएका टिका लगाईदिन पनि भ्याएका थिएँ  सबैले -आफ्नै खाने बाटो बनाउनै पर्यो नि  


मोटरसाईकलमा आएको अनौठो अवाजलाई बनाउन दिउँसको समयमा बजारतिर गएँ सँग सँगै चेनमा डढेको मोबिल हालिदिए बापत २० रुपैंया तिर्नुपर्यो

पशुपति मन्दिर हेटौंडा ।
हेटौंडाको पशुपति मन्दिर चाँहि एसो हुप्राचौर तिरको बिदेशि रङ्ग ढङ्गको देखिने बाटोहरु हेर्नको लागि मोटरसाईकल यता उता राईड गर्दै गर्दा बिच बाटोमा पर्यो तेसैले एकैछिन रोकेर झट्ट छिरिहालें मध्यान्न भएर होला देउतालाई चाँहि तालाबन्दि गरिदिई सकेका रहेछन् ठेलमठेल घम्साघम्सि नगरि फुर्सदमा चाँहि जसोतसो देउतालाई भेट्न पाईदैन यो चाँहि सबै मन्दिरतिरको सामान्य नियम जस्तै हो जे होस फोटोहरु चाँहि खिचेर फर्किएँ


बन बिज्ञान अध्यन संस्था(हेटौंडा) को प्रमुख भबन को झ्याल ।
बन बिज्ञान अध्यन संस्थानको प्रमुख भबनको बेहाल लाई बाहिरबाट निल्यादै गर्दा प्रत्येक भेटमा आफ्नो बाल्यकालका संझनाहरु ताजा हुने दिदि अर्चना सँग भेट भयो आफ्नो शरिर आकर्षणलाई बिबाहको करिब दशक सम्मपनि कायम राखि राख्न सक्नु भएकोले उँहा सँधै राम्रि देखिने गर्नु हुन्छ त्यसमा पनि कोहि गोरो मानिस देख्ने बित्तिकै मोहित भईहाल्दछु

साह्रै भद्र स्वभाब नरम बोलिचालि भएका साँच्चिकै बच्चा स्वभाबका भान्जा भान्जिलाई भेट्न दिदीसँग एकैछिन भएपनि भेट्न दिदिको घर पुगियो बिभुति आरुष असाध्यै प्यारा स्वभाबका देखिन्छन् मिठो लवजमा बोलिचालि गर्दछन भद्र तरिकाले बालापन देखाउँछन्

सबैजना बिश्वकप फुटबलमा रमाउने बिश्वकपको माहोलमा हालसालै चट्र्याङ्गले बिग्रिएको  निकै ठुलो आकारको स्मार्ट टिभि को पछाडिको भागमा हुने मदरबोर्ड हेर्दै केहिबेर कुराकानि गरियो भिनाजु बहुआयामिक कौशल भएको हुनुभएर आफैं टिभि खोलखाल गरेर अघ्यन गर्दै हुनुहुँदो रहेछ


माछाप्लान्ट हेटौंडा बाट देखिएको सुर्यास्त।
भाई आशिर्बादको प्रस्ताबमा माछापोखरि(माछाप्लान्ट) तिर घुम्न गईयो केहि गोरो देखिने तस्बिरहरु खिचियो पोखरिको पानिमा सुर्यास्तको मोहक तस्बिब पनि लिन भ्याईयो पोखरिका डिलतिर हुने युगल जोडिहरुले मलाई सँधै मोहित पार्ने गर्दछन मैले ऊनिहरुको प्रेमलाई सँधै अर्थपुर्ण नियाल्ने गर्दछु

हिजो खाएको चटपटेको स्वादले गर्दा मलाई फेरि चटपटे खान मन भयो तेसैले ढिलै भएतापनि हामिले फेरि चटपटे खाएरै मात्र घर फर्किने निर्णय गर्यौं फर्कन ढिला होला भन्ने त्रास सँधै कायमै हुने भएछ


बिदेशिको बढ्याईको ‘HD’ नामक च्यानलमा फुटबल हेर्दै रमाईलो समय बिताईयो तर मलाई फुटबल लगायतका ईन्टरटेन्मेन्टमा खासै रुचि हुन छोडेको

Add caption
अघिल्लै दिनदेखि ठीक गरेको आँपको कार्टुन बक्सलाई मोटरसाईकलमा मिलाएर बाँधेपछि घर फर्कने तयारि पुरा भयो यसरि कार्टुन बक्सलाई मिलाएर बाँध्दै गर्दा मामाघरको तल्लो तलामा भाडामा बस्ने गोरो छाला भएका दुईजना केटिहरु मेरो मोटरसाईकलको छेउ भएरै भित्र छिर्दै थिए, ऊनिहरुको अनुहार घमन्डले भरिएको देखीन्थ्यो आफ्नो आँगनमा नयाँ ब्यक्तिले केहि अनियमित चहलपहल गर्दापनि ऊनिहरुलाई तेतातिर हेर्ने पटक्कै चाहा भएन त्यसको मुल कारण, पुरुष थिएँ  ऊनिहरुमा ब्याप्त स्त्री घमन्ड


खानपिन पछि बिदा भएर बिहान बजेतिरै घरतिर हिडें बर्खा महिना पानिले बाटोमा अबरोध गर्छकि भन्ने त्रासले गर्दा छिट्टै निस्किएँ बजारमा बाईकको पेट्रोल ट्यांकि फुल बनाएपछी काठमाडौंतिर लागियो

स्कुलको लागि स्कुलजाने समय भएको कारणले गर्दा बाटोमा स्कुले बिद्यार्थिहरुको चहलपहल देखिन्थ्यो । सबै बिद्यार्थिहरु चप्पल लगाएर स्कुल जाँदै गरेका देखीन्थे । तेस्तो देख्दा अलि नमिलेको जस्तो भान हुन्थ्यो ।

सामरि पुल, भैंसे, भिमफेदि, देउरालिको टाकुरा, कुलेखानि ड्याम । म सरासर कतै अलमल नगरि अगाडि बढिरहें । किनकि  मलाई फर्कने दिन तेति रमाईलो लाग्दैन । फोटोहरु खिच्नको लागिपनि आबश्यक भन्दा बढिनै बादल लागेको थियो । तेसैले म राम्रै गतिमा हाँकिरहें ।


 
ऊपत्यकाको दृस्य फाखेलतिर बाट ।
हिँडेको २ घन्टापछि पहाडको चोटिबाट ऊपत्यका देखिन्छ । अनि त्यो ऊपत्यका पुग्न फेरि अर्को १ घन्टा भन्दा बढिनै लाग्दछ । फाखेलको बाटो आएँ, बाटो लुतनात्मक रुपमा राम्रो रहेछ ।

ऊपत्यकाको शहरि घन्चमन्च पार गर्दै भक्तपुरको दुबाकोट आईपुग्ने काम अति कष्टकर हुने गर्दछ । जे भएतापनि आउनु परिहाल्यो ।

घर आईपुगेर आँपको कार्टुन मोटरसाईकलबाट झिक्दा  सबै आँप भूँईमा झर्यो कारण पाकेको आँप गिजोलिएर सबै लेदो झोलले कार्टुनलाई गलाईदिएछ तेसैले कार्टुन बक्स बिग्रिएछ । आँफ अकस्मात भूँईमा ओईरिए पछि अचम्मित भएँ । धन्न बिच  बाटोमा ओईरिएन ।       




यात्रा मिति : २०७५ / ०३ / १२ गते संगलबार शुरु ।
२०७५ / ०३ / १५ गते घर आईपुगेको ।


पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् ।




Labels: , ,

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

‹Older