यात्रा संस्मरण - बन्दिपुर - पोखरा २०७५-२०७६
उपत्यकाको कोलाहाल मानब
बस्तिबाट अलि पर बाहिर प्रकृतितिर जाने भन्ने बित्तिकै मन रमाएर उन्माद हुन्छ ।
नयाँबर्ष आगमनको अघिल्लो हप्ता हाम्रो घरमा आएको भाईले जाँउ घुम्न भनेपछि नाई भन्न
नसकेर यो यात्राको निर्णय भएको थियो ।
नयाँ बर्ष भन्दा दुई दिन
अगाडि यात्राको लागि निस्किएर पहिलो रात बन्दिपुर, दोश्रो रात पोखरा बस्ने योजना
तय भयो । ठिक एसै दिनहरुमा अघिल्लो नयाँ बर्षको दिन एभरेष्ट बेस क्याप्मतिरको
यात्रा बाट फर्किएर जिबनमा पहिलो पटक हेलिकप्टर चढाईको आनन्द लिदैँ गरेको संझना भईरहेको
छ ।
दुई दिन बसाईको यात्राको
खर्चको अनुमान गरेर जाने पक्का निर्णय गरियो । यस पटक अरु यात्राहरुमा भन्दा निकै
सानो ब्यागप्याक बोकेर निस्किएँ । यसपटक म निकै छरितो यात्रा गर्न चाहान्थें ।
Labels: Bandipur, Pokhara, Travel Diary, Travel Memoir, पोखरा, बन्दिपुर, यात्रा संस्मरण
