Friday, September 2, 2016

MBS Thesis 'Viva-Voce' Experience ! ( MY PERSONAL DIARY)


पोस्ट ग्र्याडुएटको थेसिस राम्रो गर्न कसलाई मन नलाग्ला र । त्यो मध्येको म पनि एक हुँ । थेसिस प्रपोजल बुझाए देखि यो सात महिना सम्ममा मैले सामान्य हन्डरहरु बाहेक तेस्तो ठुलो कुनै दु:ख झेल्नु परेन । र काममा खासै रमाईलो पनि लागेन ।

मैले अपेक्षा गरे बिपरति ठिक तेस्तै भयो जतिबेला रिसर्च डिपार्टमेन्ट हेडले मेरो थेसिस गाईडको रुपमा महिला शिक्षिका लाई तोकिदिनुभयो । मलाई महिला शिक्षिका सँग ब्यबहार गर्न अप्ठेरो लाग्छ । यसो लेख्दै गर्दा आजको समाजमा चर्को आवजमा महिला अधिकारको लागि लागिपरेको देखिने महिलाहरुबाट म प्रति नकारात्मक सोचाई उब्जाउन सक्छन् तर मेरो पनि त ब्यक्तिगत जिबन, रुचि, र छनौट गर्न पाउने अधिकार तेतिकै मात्रामा छ नि ।

मैले पोष्ट ग्र्याडुएटको सुरुको बर्षहरुमा निकै ऊत्कृष्ट रिसर्च गरेर थेसिस सक्ने र सम्भब भए सम्म निकै नौलो बिषय रोज्ने सोच बनाएको थिएँ तर परिक्षा प्रणालि र बिश्वबिधालयको पढाईको नियम अनुसार मैले तेसो गर्न नपाउने रहेछु । तेसपछि मेरो थेसिस लेख्ने रुचि हराएर गयो । सोझो कुरा गर्नुपर्दा, जसोतसो एउटा बिषय छानेर मैले टारटुर पारिदिएर पोष्ट ग्रयाडुएट लाई पुरा गर्ने बाटो समातें अनि म दृढटाका साथ भन्न सक्छुकि मैले रोजेको बिकल्पनै अति उत्तम बिकल्प हो, भुमण्डलको जुन ठाँउमा म बसोबास गरिरहेको छु  ।

मैले गफको शिलशिलामा एउटा साथीलाई भनेको थिएँ
“बुझिस यो माष्टर लेभलको थेसिस छ नि, यो सब कागजको सत्यानाश मात्रै रहेछ। देशको ईकोनोमिलाई केहि मात्रामा भएपनि ब्यापार घाटामा लैजाने।” एसो भन्दै गर्दा उसले मेरो यो गम्भिर बिशलेषण र निष्कर्षलाई पटक्कै बुझेको थिएन । आखिर हुँदो रहेछ पनि तेस्तै मैले राम्रै अनुभबहरु बटुलिसकेको छु जुन लेखेर साध्य नै हुँदो रहेनछ बास्तबिक जिबनमा । मलाई अहिले पनि मेरो थेसिमा सबैभन्दा मन परेको कुरा र मैले जिबन पर्यन्त संझने कुरा भनेको चाँहि एकनलेजमेन्ट सेक्सनमा एउटा नाम राखेर मेरो नाम सँगै बिश्वबिधालयको लाईब्रेरिमा पठाउन पाएँ त्यो नै  मेरो लागि ठुलो ऊपलब्धि लागेको छ । पँहेको रँगको मेरो थेसिसको गाता पनि निकै आकर्षक छ ।

एसो लेख्दै गर्दा पढ्नेले यो कुरा सोचिसकेको हुनुपर्दछकि यो मानिस कति मुर्ख रहेछ थेसिस भन्दा पनि ऊसलाई पँहेलो गाता र एकनलेजमेन्टमा ऊल्लेख नाममा गर्ब छ । तर मलाई मात्रै एसको गहिरो उत्तर थाहा छ किन मलाई थेसिको मुख्य बिषयमा चासो भएन ।

भुमण्डलको यो भागमा रहेका मानिसहरुमा जतिबेला संस्थागर ब्यबहार बिकाश हुनेछ तेतिबेला मात्रै म फेरि अर्को पोष्ट ग्रयाडुएर गरेर नयाँ थेसिस गर्ने छु अनि तेतिबेला मात्रै म मेरो थेसिसको मुल बिषयमा प्रबेश गर्ने छु । नत्र अहिलेलाई एकनलेजमेन्टको नाम र पँहेलो गातानै मेरो मुल बिषय हो ।

यो बिचमा पटक पटक मैले गरेको फोनकलहरु ऊठाउन नपाउँदा कल ब्याकको रुपमा पोष्टपेड मोबाईलबाट मिसकल मात्रै गर्नुहुने मेरो थेसिस गाईड म्याडम सँग मैले कयौं पटक भेटभाट गरें, थेसिसको माईक्रोसफ्ट फरम्याटिङ् ठिक भए वा नभएको बिषयमा जाँचबुझ गर्नलाई । हामि दुबै जनाले थेसिसको मुल बिषयमा प्रबेश कहिलै गरेनौं । दुबैको भद्र बुझाई थियो कि यो थेसिस एक प्रक्रिया मात्रै हो जसको मुल बिषयमा कुनै दम छैन ।

मलाई आजपनि अचम्म लाग्छ आखिर किन ऊनले त्यो पोष्टपेड मोबाईबाट पनि मलाइ मिसकल मात्रै गर्दथिन । के एसमा महिला घमण्ड त थिएन । म्याडमको सट्टा सर भईदिएका भए के गर्दथे होलान ? । उत्तर मै सँग छ । ----सायद त्यो मिसकल पनि गर्दैन थिए होला ।

सात महिनाको अति सामान्य मेहेनत पछि मैले मेरो थेसिस पुर्णताको अनिमति पाएँ मेरो थेसिस गाईडबाट ।

अन्तिम पाँच बर्ष देखि त्यो झ्यालहरुमा धाउदै थिएँ । शंकरदेब कलेजको प्रशासनमा हरेक झ्यालहरु बाट कुनै सोधपुक्ष गरियो भने कोहि कसैले राम्रो सँग बोल्दैनन् या बोल्दै बोल्दैनन, अनि बोलि हालेमा झर्किएर बोल्दछन् । त्यो त्यहाँको बलियो नियम रहेछ । तेस्तै कलेज भर्ना गर्न गएको दिनदेखि शुरु भएर थेसिको प्रपोजल बुझाउने दिन हुँदै थेसिसको ‘भिभा भोसे’ को दिन सम्म मैले निकै ठुलो सास्ति खेप्नु पर्यो ।

एकदिन रिसर्च डिपार्टमेन्टको बुढि म्याडम मेरो अनुहारमा हेरेर मुसुक्क मुस्कुराएको बाहेक कुनै तेस्तो अरु दिनको मलाई संझना छैन कि म क्याम्पसमा प्रशासनको मानिसहरु सँग कुरा गरिरहेको छु ।

थेसिमा साईन गर्न थाल्दै गर्दा दशैंमा खेल्ने तास जस्तैगरि फालिदिए ति आचार्य थरका क्याम्पस प्रमुखले मेरो थेसिस, जतिबेला ऊनको नाम र  पदको  अगाडि मैले ACT. झुन्ड्याएछु ।

ऊनको तेहि क्याम्पसमा मैले अन्तिम चार दिनमा, दिनको तिन या चार पटको दरले करिब १६-१८ पटक फोन गरेको थिँए ऊनको नाम पदको बारेमा बुझ्नको लागि । बिचरा तुलनात्मक रुपमा उमेरमै क्याम्पस प्रमुख पद पाएको जोशले आफ्नो केहि गल्ति छ कि भनेर सोच्नै नभ्याई फालिदिए मेरो थेसिस । त्यस सँग सँगै ऊनले पुस्कत, ज्ञान, र बिधा फालेको महशुस गरेनन् । तेति सम्मको बिबेक थियो भने पक्कै फाल्ने थिएनन् ।

पिँडौला सम्म पुग्ने हाल्फपाईन्ट लगाएर जान हुने थियो या थिएन मलाई थाहा छैन तर ति रिसर्च डिपार्टमेन्ट हेड र क्याम्पस प्रमुखले एक पटक पनि मेरो अनुहारमा हेरेनन् जतिबेला म दोश्रो पटक साईन गराउन पुगें । त्येसैबाट मैले दुबैजना माननिय शिक्षकहरुको ब्यक्तित्वको अन्दाज लगाई हालें ।


 मेरो बक्सर भन्दा आधा छोटो या त्यो भन्दा पनि छोटो लगाएर तिक्रा र चाकको कालो फिलासम्म देखिने पहिरनमा थेसिस साईन गराउन जाने पनि पक्कै थिए नि, ऊनिहरुलाई कस्तो ब्यबहार गरे होलान ?

बाहिर थेसिस प्रिन्ट र बाईन्डिङ गर्ने ठाँउको दाईहरुपनि ऊतिकै गजकिएका थिए । ऊनिहरुपनि उहि केटिहरु देखे ममुस्कुराउने बानि परेका रहेछन् ।  धन्न! केटिहरुले ठुलै भाग्य लिएर आएका रहेछन् । कम्तिमा सबै ठाँउमा राम्रो मानबिय ब्यबहार त पाउने गर्दछन ।

एकदिन म थेसिस प्रिन्टको पालो कुरेर बस्दा ति दाईले म सँग मन खोलेर कुरा गरे । दाई अबिबाहित रहेछन् । सामान्य नियम अनुसार बिबाह गर्ने उमेर भईसकेको थियो तर पनि अबिबाहित रहेछन् । एउटा निकै सुन्दर देखिने केटि आएर ऊनको सर्टिफिकेट फोटोकपि गर्न दिएकि थिईन् । लगत्तै त्यो केटि बाहिर निस्किएपछि ऊनले भने “हेर्नुहोस त भगबानले कसैलाई त सब थोक दिएर पठाएका हुन्छन् ।” मैले ऊनको भाबको आंकलन गरेर उत्तर दिएँ “हो हई, मलाई पनि तेस्तै लाग्छ ।” पछि फेरि कुरालाई तन्काएर मैले सोध्ने बिचार गरें, आखिर ऊनले कस्तो भाबलाई ब्यक्त गर्न खोजेका थिए जान्न मलाई ऊत्सुकता भएर आयो । मैले सोधें “दाई किन र के थियो त्यो केटिमा तेस्तो?” । ऊनले फोटोकपि गर्दै गर्दा त्यो कटिको पढाई याद गरेका रहेछन् । ऊनि CA सकाएकि रहिछन् । रुप पनि तेस्तै बर्णन गरि नसक्नुको थियो । तेहि भएर ऊनले आफुललाई रोक्न नसकि म सँग त्यो केटिको तारिफ गर्न खोजेका रहेछन् । मैले उत्तर फर्काएँ “ए तेस्तो पढाई अँ होत हई सबै कुराले राम्रिपो रहिछे ।”

मेरो थेसिस प्रिन्ट गर्दै गर्दा पछि त्यो दाईले अझै बर्णन गर्न छोडेनन् । “हेर्नुहोस त कति मिलेको थियो शरिर अनि रुप रङ्ग ।” ऊनले आफ्नो छाति तन्काउँदै र आफ्नो चाकलाई पछाडितिर धकेलेर एसो भन्दा मैले बुझिसकेको थिएँ ति दाईलाई त्यो केटिको छाति र चाकहरुले निकै लोभ्याएको थियो ।

करिब मेरो थेसिस प्रिन्ट गरि सकेर मलाई दिने तयारि गर्दै गर्दा ऊनले फेरि भने “कसले पाउँछ होला तेस्तो राम्रि केटि?” । मैले तयारि उत्तर फर्काईदिएँ “ग्रिनकार्ड, पि आर, र सम्पति हुनेहरुले ।”  उनले गज्जबले दिल खोलेर मेरो उत्तर सहर्ष स्विकार गरे र भने “हो केटिहरु धनको पछाडि चाँहि लागेका हुन्छन् ।”

‘भिभा भोसे’ को अघिल्लो दिनदेखि खुब सँग ईन्टरनेटमा त्यसको लागि तयारि गर्ने तरिका हरु पढ्न थालेको थिएँ । पढ्दै जाँदा अनुभब एस्तो हुन थाल्यो कि मैले ठुलै रिसर्च तयार पारेको छु अनि निकै ठुलै ब्यक्तित्व सहित प्रस्तुत हुनुपर्दछ । मैले भोलिपल्टको तयारि भन्दा पनि बढि समग्र ब्यक्तित्ब बिकाशको लागि पनि खुब सँग धेरै अध्यन गरें । त्यो पढ्दै गर्दा मलाई निकै रमाईलो अनुभब भयो जुन बिदेशिहरुले पुर्बतयारि र आफ्नो अनुभबको ब्लगहरु लेखेर ईन्टरनेटमा हालेका थिए । तेसैपछि मैले पनि यो निर्णय गरेको थिएँ कि मेरो पनि अनुभबहरु लेखेर ईन्टरनेट तिर सबैलाई बाँड्नु पर्दछ ।



‘भिभा भोसे’ को पुर्बतयारिको क्रममा मैले आफुलाई एसरि तयारि गरें ।

  •  मैले तयार गरेको थेसिसको बारेमा मलाई जति थाहा हुन्छ बाँकि मौखिक परिक्षामा बस्ने अरु कसैलाई थाहा हुँदैन । तेसैले म पुर्ण साँहासको साथ उत्तर दिन सक्छु भन्ने मैले निर्णय गरें ।
  •   सर्बप्रथम मैले प्रश्नहरुलाई एकदमै ध्यानपुर्बक सुन्ने निर्णय गरेको थिएँ ।
  • मेरो आफ्नो ब्यक्तिगत रुचि, उदेश्य, र रिसर्च प्रति मेरो भित्रि चासो भएको झल्काउने रुपमा प्रस्तुत हुनुपर्ने निर्णय गरेको थिएँ ।

  • आफ्नो थेसिस अध्यनबाट आफुले पाएको निष्कर्षहरुको सारासंलाई संझिले र प्रस्तुत गर्न सकिने तयारि गरेर गएको थिएँ ।

  • आफुले थेसिसमा गर्न चाहेर पनि नगरेको कुराहरु जुन भबिष्यमा गर्न सकिने सम्भाबनाहरुको छोटो बिषयगत बुँदाहरु को ज्ञान राखेर जानुपर्ने थियो ।

  •  प्रश्नको उत्तरदिनुभन्दा पुर्ब केहि क्षणको बिचार र सोचाई गर्ने हाउभाउसहितको चुतुर कलाको बिकाश गरेको थिएँ ।
  •  केहि गरि कुनै प्रश्नको उत्तर आएन भनें चाँहि अकमकाउनु भन्दा “मलाई यो बारेमा थाहा भएन, मैले यसको लागि अझ धेरै अध्यन र तयारि गर्नै पर्ने हुन्छ” भन्ने उत्तर तयारि राखेको थिएँ ।

  • पहिलो प्रश्नलाई सकेसम्म लामो र आफुले जानेजति कुराहरुलाई मिलाएर बृस्तित रुपमा भन्ने प्रयास गर्नुपर्ने सोचेको थिएँ । यसो किन गर्नुपर्ने थियो भने केहि गरि पहिलो प्रश्न बिषय सँग गहिरिएर उत्तर दिइएन भने ईक्जामिनरलाई लाग्न थाल्छ कि मलाई थेसिको बारेमा तेति धेरै ज्ञान छैन । तेसैले पहिलो प्रश्नलाई  जति सक्यो गहिरिएर उत्तर दिनुपर्ने थियो  ।

  • नेताले जस्तो सम्पुर्ण जानेको जस्तो भएर मैले प्रस्तुत हुनु हुँदैन भन्ने कुरालाई बिशेष ख्याल राखेको थिएँ ।  केहि उपयुक्त ठाँउहरुमा लुपहोल छोड्नुपर्ने हुन्थ्यो । तेसैले ज्यादा तयारि पनि गर्नु हुँदैन थियो ।

  • केहि हदसम्म अरु लिखित परिक्षाहरुको दाँजोमा यो मौखिक परिक्षालाई चाँहि अलि बढि आनन्द भएर दिने बिचार बनाएको थिएँ ।
  • आफुभन्दा पहिला भिभा भोसे दिएका कलेजको साथिलाई फोन गरेर उसँग भएको बास्तबिक सहाँसलाई बुझ्ने प्रयास गरेको थिएँ ।
  • मेरो सामान्य जिबनशैलिको नियम अनुसारनै म जो कोहि सँग कुरा गर्दा आँखामा हेरेर कुरा गर्न रुचाउँछु । एसले मलाई बलिष्ठ रुपमा प्रस्तुत हुन सहयोग गर्दछ । तेसैगरि यो मौखिक परिक्षामा पनि ईक्जामिनर सँग आई कन्ट्याक्ट गरेर उत्तर दिनुपर्छ भन्ने मलाई राम्रो थाहा थियो । जस्तै भूईतिर हेर्ने, झ्यालतिर हेर्ने, सिलिङ तिर हेर्ने जस्तो कार्यले आफ्नो ब्यक्तित्व कमजोर बनाउँछ भन्ने मलाई थाहा थियो ।
  • मुख्य कुरा चाँहि के थियो भने , शान्त सँग त निर्धक्क भएर प्रस्तुत गर्नुपर्छ भन्ने मेरो मनमा हर हमेशा थियो ।
  • पुरै थेसिसलाई करिब एक दुई मिनेटमा साराशंमा भन्न सकिने गरि दिमागमा थेसिसलाई खेलाएर गएको थिएँ ।
  •  थेसिसको बारेमा भन्नुपर्दा, खुब सँग पाना एता र उता पल्टाएर खोज्नाले राम्रो प्रभाब पार्दैन जाँचकिलाई भन्ने कुरा ईन्टरनेटमा पढेर बुझेको थिएँ ।
  •  टेबल अफ कन्टेन्टको पानालाई छापेर लगेको थिएँ एउटा लुज सिटमा जसले गर्दा बिषयमा प्रबेश गर्न निकै सजिलो हुने थियो ।



मैले चाँहि पुरै तयारि गरेको थिएँ  तर उता शंकरदेवमा चाँहि मलाई बोलाएको समयमा पुग्दा , रिसर्च डिपार्टमेन्टको म्याडम पानाहरु बोकेर यता उता कुद्दै थिईन, ऊनिहरुको तयारि पुगिसकेको थिएन । समयको खासे के मतलब भयो र जुब बेला जे गरिदिए पनि भैगयोनि अन्तिममा “नेपाली समय” भन्ने बाक्यांश झुन्डाईदिए भईहाल्छ ।


मेरो पालोमा म भित्र कोठामा छिरेपछि मेरो तयारि जम्मै सत्यानाश भयो । मैले सोचेको थिएँ – ठुलो कोठा, ठुलो सफा टेबल, टेबलको उता पट्टि बिश्वबिध्यालयका प्रधायपक थेसिस सुपरभाईजर, रिडर्च डिपार्टमेन्ट हेड बसेक अनि एता पट्टि मलाई बस्ने मेचको ब्यबस्था गरेर अनि म भित्रि छिरेको केहि क्षणमा बस्नलाई आग्रह गर्नेछन् ।

म भित्र छिर्दा एउटा सानो क्याककुचुक परेको कोठामा पुगें । टेबल अलपत्र थियो । मधेसि समुदायको ठुलो भुँडि भएको कालो बर्णको दाँतहरु झरिसकेका या निकै भित्र दबिएका एक प्राध्यपक सिँगै एक्लै टेबलमा मेरो अयाटेन्डेन्ट सिट बोकेर बसेका रहेछन् । कोठामा प्रकाश निकै कम थियो । मैले मेरो थेसिसको अक्षरहरु मुसकिललके देख्न सक्ने थिएँ ।

भित्र छिरेको मलाइ बस्नको लागि प्राध्यापकले कुनै अनुमति दिएका थिएनन् । म ऊभिईरहेको थिएँ तेतिनै बेला रिसर्च डिपार्टमेन्टको प्रशासनको म्याडम भित्र छिरेकि थिईन । उनले नै मलाई भनिन “यहाँ नजिक बस्ने तपाँई” भन्दै प्राधापकको टेबलको दाँया पट्टि भएको गहिरो मेच देखाईदिईन  । त्यो चाहिने भन्दा निकै गहिरो मेचले मेरो ब्यक्तित्व प्रस्तुत गर्नमा बधा थियो जुन मलाई पटक्कै मन परेको थिएन ।

उनले हाजिरि गर्नको लागि पाना तेर्साए, तर अफसोच काम तेहि त हो सबैको फोहोरि असपष्ट अक्षरले लेखिएको मेरो नाम गलत लेखिएको थियो । मैले सोझै ईनकार गरिदिए हाजिरि गर्न, जहाँ मेरो नाम गलत लेखिएको थियो । अब शुरु भयो असभ्यताको पराकाष्ठ, त्यो पेपर मैलेनै लिएर गएर प्रशासनमा गएर मेरो नाम सच्याएर आउनु पर्ने आदेश भयो मेरो भिभा भोसे लिने प्राधापक बाट । प्रशासनिक मर्यादा बिपरित भएको काममा पनि  मैल नाजबाफ मानिदिएँ ।

ऊनको असाध्यै अस्पष्ट बोलिले मलाइ प्रश्न सोध्न थाले । शायद उनको दाँतले गरेर तेस्तो भईरहेको थियो । मलाई ऊनको बोलि बुझ्न निकैनै गार्हो भयो र मैले प्रश्नलाई दोहोराएर सोध्नु पर्ने हुन्थ्यो जुन मेरो थेसिस भिभाको पुर्ब तयारिको मान्यता अनुसार गलत थियो । तर मेरो बाध्यता मलाई तेस्तै प्राधापक सँग बेहोर्नु पर्यो ।

टेबलमा रहेको ऊनको दुध चिया पिउँदै गर्दा कपमा ओठले चुस्कि लगाउँदा त्यो चियामा लागेको तर पनि ल्याप्राक्क झुन्डिदै उनको ओठ हुँदै मुख भित्रतिर जाँदै थियो । म चाँहि “भिभा भोसेको महत्व झल्काउनु पर्ने पहिरनमा ठाँटिएर मैलो कोठामा उनको चिया पियाई लाई हेर्दै थिएँ । यो बिचमा मैले ठुलो ब्यक्तित्व अन्तरको ग्याप पाएँ । जुन आम नेपालीहरुको मुल बिषय कहिलै भएको छैन अहिले सम्म ।

टेबलको पल्लो कुनातिर हेर्दै मलाई हाजिरि गर्न पाना म भएतिर दिँदै गरेका प्राधापकलाई थाहा थिएन कि कसो हो, कि मेरो अनुहारमा हेर्दै त्यो पाना म भएतिर दिनु पर्दथ्यो । भैगयो ऊनले जे जाने तेहि गरे ऊनको क्षमता तेति नै थियो ।

अस्पष्ट बोलिसहितको प्रश्नहरुको बिच मेरो थेसिसको भिभा भोसे करिब पाँच मिनेट भन्दा कम समयमै सकियो । ऊनले मलाई “भयो जानुहोस” भनेका रहेछन त्यो पनि मैले ठिक सँग बुझीन । र अन्तत मेरो करिब सय पानाको थेसिस पुर्ब तयारिको ज्ञानहरु उपयोग गर्नुनै परेन किनकि त्यो तहको शैक्षिक ब्यबहार प्रस्तुत गर्ने अनि ब्यक्तित्व प्रस्तुतिको अपेक्षा राख्ने प्रचलननै छैन यहाँ ।

Good Luck!

 


Labels: , , , , , ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older