कर्मचारि तथा
प्रशासनहरुले काम नगर्ने बानिले गर्दा पेट्रोल हाल्न हलचोक स्थति पेट्रोल पम्प
पुग्नु पर्ने भयो । त्यसैले सोह्र बर्षपछि स्वयंम्भु पुग्ने साईत आईपुगेछ । यो बिश्व
सम्पदा सुचिमा सुचिकृत छ सँग सँगै काठमाडौं आईपुग्ने मध्ये अधिकांश बिदेशि तथा
स्वदेसि पर्यटकहरु पुग्ने स्थल हो ।
स्कुलको शैक्षिक
भ्रमणमा कक्षा ९ मा पढ्दा पुगेको ठाउँ, काठमाडौं उपत्यकाको स्थानिय बासिन्दा भएतापनि फेरि पुग्नको लागि अर्को
सोह्र बर्ष समय बितेछ । यसो हुनुमा बिभिन्न कारणहरु छन् । पहिलो, घर भक्तपुर देखि त्यहाँ पुग्नु अब्यबस्थित शहरिकरण तथा बाटोहरु र
लापार्बाहि चालकहरुको माझ निकै चुनौतिपुर्ण कार्यहरु मध्येमै पर्दछ । दोश्रो स्कुल जिबन देखिनै अहिले सम्म कहिलै पनि
साथिहरु भएनछन् । तेश्रो मन मिल्ने मायाको साथ बनाउने भाग्यमा रहेनछ ।
 |
| भक्तपुर दुबाकोट घरबाट पश्चिमपट्टि स्वयम्भू स्तुपालाई देखिएको । |
घरको छतबाट पश्चिम
पट्टि हेर्यो भने अस्पष्ट तर सजिलै स्वयम्भुको स्तुपा क्षेत्र देखिन्छ । तर त्यस
स्थानमा पुग्न देउसि भैलो खेल्ने जस्तो सबैको घर-घर पसल-पसल पार्दै लैजानु पर्ने
बाटोहरुको कारण लगभग २५ किलोमिटर हुन आउँछ । काठमाडौं शहर र भक्तपुरको बिचमा पसारो
परेर सुतिदिएको एयरपोर्टले गर्दा पनि बाटो लामो पर्ने गर्दछ ।
दिनभर स्वयम्भु
डुल्नुपर्छ भनेर,
बाटोहरु मध्येको पनि छोटो बाटो बनाउने तय मनमा गरेर घरबाट निस्किएँ । घर घर देउसि
भैलो गर्दै सल्लाघारि, कोटेश्वर,
बानेश्वर, सुन्धारा, भोटेबहाल, लगन, भीमसेनस्थान, ताहाचल, छाउनि, स्वयम्भु । यसरि पुगें ।
 |
| Reckless Driver and Vehicle at BaneshworNepal |
बाटोमा बानेश्वरमा चोकै नजिक झन्डै एउटा सरकारि गाढिले देब्रेपट्टिबाट ठक्कर दिएको थियो । चनाखिलो ऊमेर र भाग्यमानि आँखा भएकोले झट्ट आफुलाई बचाँए । त्यो सरकारि गाडिलाई फलो गरेरअलि अगाडि जाममा रोकिएको बेला ड्राईभरलाई मजाको गालि गरिदिएँ र आफ्नो मनको तितो तेतै पोखें साथसाथै मोटरसाईकल चालकहरुको हितमा एकदमै सहयोगि नेपाल ट्राफिक प्रहरिको सडक सुरक्षा काममा सहजता होस भनेर पहिचानको लागि यो फोटोपनि खिचेर राखिदिएँ । कसैलाई काम लागे लिनुभए हुन्छ ।
आज टाईमल्याप्स फोटो
खिच्छु भनेर बिहानै मनमा बिचार गरेर हिँडेको थिएँ । स्कुलको शैक्षिक भ्रमणको दिन
खिचेको स्थानमा फेरि फोटो खिच्छु भन्ने पहिलै सोच बनाएर निस्किएको थिएँ ।
त्यस बेलाको एउटा
तितो संझना सबैसामु सुनाएपछि आजबाट त्यस बेलाको गल्ति प्रायश्चित गर्नु पर्यो ।
के
भएको थियो भने, स्कुलको शैक्षिक
भ्रमणमा कक्षा ९ मा पढ्दा हामिलाई स्वयम्भू पनि लगिएको थियो । हामिले क्यामेरा
लगेको थियौं । क्यामेरा पनि हामि दाजु भाईकै थियो क्यारे । रिल चाँहि सबैले पैसा
ऊठाएर किनेको थियौं । २८ देखि ३२ ओटा जति सम्म फोटो आउने रिल ले ६ जनाको फोटो खिच्न,
दिनभर पुर्याएर फोटो खिचेर फर्किएका थियौं
। स्कुलको रिजर्भ बसको अन्तिम सिटमा बसेर
फर्किएका हामि हरु मध्ये सबैजना खुब सँग गितमा रमाई रहेका थिए । कसरि हो कुन्नि
मैले अचानक सिटको अन्तरमा फोटो खिचि सकेर निकालेको रिलको बट्टा भेटाएँ । झट्ट थाहा
भईहाल्यो कि हाम्रै रिल हो । साथि मदनले
खसालेछ । मैले त्यो रिल चुपचाप खल्तिमा हालें । मैले त्यसबेला किन त्यसो गरें भने
हामि दाजु भाइ अरु साथिरहु भन्दा साना दिखिन्थ्यौं अनि हामिलाई कुनै साथिहरुले
खासै वास्ता पनि नगर्ने तथा हेप्ने तथा भनेको कुरा नसुन्ने गर्दथे । मलाई त्यो
दिनपनि त्रास भएछ कि कतै फोटोहरु धुलाएर हामिलाई नदिने पो हुन् कि । उनिहरुले
जितेर आफैंले पो राख्ने हुन् कि । त्यस्तो असुरक्षित भाबना मनमा आएछ तेसैले मैले
सोचेछु कि त्यो रिल राख्यो भने त सबै फोटो आफैंले धुलाउन पाईन्छ अनि आफैंले बाँडचुड
गर्न पाईन्छ ।
बच्चा दिमाग न हो ।
सबैले तेत्रो खैलाबैला गरेर तस्तरि खोजेका रिलको डब्बा आफुले सुटुक्क लुकाएपछि पछि
कसरि फोटो दिन मिल्यो र । तेसैले त्यो फोटोहरु दिन पनि सकिएन अन्त्तत सबै फोटोहरु
तेतिकै एल्बममा थुप्रिए । पछि बुझ्ने भएपछि नराम्रो गरिएछ भन्ने ग्लानि त भयो तर
बच्चा दिमादले गरेको गल्ति भएर अहिले चाँहि पश्चातप छैन । अब एहि कुरा बताएर यो
फोटो शेयरिङ्गको दशकमा साथिहरुलाई Surprise
गराईदिनु पर्ला हेरौं के हुने हो ।
 |
| Timelaps - 2059( Age-12) left and 2075(age-28) Right. |
त्यसरि त्यसबेला
खिचेको फोटो सँग म्याचिङ्ग फ्रेममा टाईमल्याप्स खिचें ।
 |
| स्वयम्भू स्तुपा नजिकैको जिर्ण भबन । |
पुर्बि मोहडाबाट
ऊक्लिएकोले ठाडै सिँडि चढ्नु पर्यो । थकाई मारि मारि माथि पुग्दा दायाँपट्टिको
भत्किएको जिर्ण भबनले मलाई स्वागत गरेको महशुसु भयो ।
देब्रेपट्टिका
सुरक्षा गार्डले फेरि अङ्ग्रेजिमा प्रश्न सोधे कहाँबाट आएको भनेर । अचम्मित भएँ म
कसरि बिदेशि जस्तो देखिएँ । मैले गार्डलाई नेपालीमा उत्तर दिएपछि ऊनले भने
“ए मैले त बिदेशि
भन्ठानेको, के गर्नु हाम्रो
कामै यहि सोध्नै परिगो”
मैले नक्कलि मुस्कान
दिँदै “ठिकै छ नि” भनिदिएँ ।
 |
| स्वयम्भू स्तुपा । |
ठिक अगाडि पट्टि
नाकै ठोसिने गरि ठुलो स्तुपा देखियो । भर्खरै कलर पनि गरेका रहेछन् तेसैले चम्किलो
देखिएको थियो ।
मौसम सफा भएको दिन
उपत्यकाको धेरैजसो भाग देख्न सकिने त्यस टाकुरामा पुगेर ऊपत्यकाको कोलाहाल मानब
बस्ति हेरें । धन्न कुहिरोले ढाकिदिएको रहेछ धेरै अब्यबस्थित बस्तिलाई देख्नु परेन
। पहिले त्यस ठाउँमा टेलिस्कोप पनि राखेका थिए आजभोलि रहेनछ ।
मैले केहिबेर
ऊपत्यकालाई हेरें । बर्षैको करिब आठ-नौ महिना २०-२८ डिग्रि तापमान रहने एस्तो
प्राकितिक एयरकुलर,
उत्तरपट्टि हिमाल देख्न सकिने, अमृत जस्तो पानि पिउने पाईने, ताजा तरकारिहरु प्रसस्त फलाउन सकिने यस प्रकृतिको मनोरम स्थलाई आधुनिक
अब्यबस्थित बसाईले कति कुरुप बनाईदियो ।
 |
| स्वयम्भूबाट काठमाडौं ऊपत्यकाको पुर्बि भागतिर हेर्दा । |
 |
| फोटो सेसन । |
भर्खरै स्कुल सकाएकि
जस्ति देखिने बहिनि उसको अर्कि साथि र दाजु भाई जस्तो देखिने अर्को केटा सँग घुम्न
आएकि रहिछ । ऊसको आईफोन 7 बाट
अनगिन्ति सेल्फिहरु खिचिरहेकि थिई । मैले हामि स्कुलबाट शैक्षिक भ्रमण आएको दिनलाई
फेरि संझिए । हामिले बढिमा ३२ ओटा फोटोलाई रिलमा कैद गर्न सक्थ्यौ त्यसमा हामि ६
जनाको फोटो खिच्नु पर्ने थियो । त्यो
रिललाई हामिले धुलाएर फोटो बनाउनु पर्थ्यो ।
स्वयंम्भू मन्दिर परिसरमा हुने मानेहरुलाई
घुमाउँदै एक पटक स्तुपालाई पुर्णरुपमा दाहिने घुमें । मन्दिर परिसरमा बेच्न
राखिएका पेन्टिङ्गहरु किनै आकर्षक थिए । गोह्रा छाला भएका बिदेशि पर्यटकहरु खुब
सम्मानित हुन पाएर घुमिरहेका हुन्छन् ।
 |
| स्वयमभू परिसरमा देखिएको पसलहरु । |
उत्तरि भागबाट
स्तुपालाई हेर्दै गर्दा अब क्यामेराले फोटोहरु खिच्न शुरु गर्नुपर्यो भनेर बिहानै
देखि ब्यागमा बोकेर हिँडेको क्यामेरा झिकेर स्तुपा तिर तेर्साएँ क्लिक भएन । ऊफ!
 |
| Camera without Memory Card. |
मेमोरि कार्ड
झिकिएको रहेछ । हिजो फोटो ईक्पोर्ट गर्नको लागि झिकेको क्यामेराको मेमोरि कार्ड
बिहान हिँड्ने बेलामा हाल्नै बिर्सिएछ । म यस्ता स-साना कुरा हरु सँधै बिर्सने
गर्दछु ।
सबै उत्साहा
एकैछिनमा खत्तम भयो । एउटा फोटोग्राफि हबिस्टलाई २ किलोको क्यामेरा बोकेर आएको ३
घन्टापछि क्यामेरा प्रयोग गर्न थाल्दा मेमोरि कार्ड नहुनुको पिडा ठुलै हुने रहेछ ।
मनग्य पैसा हुँदोहो र नजिकै पसल पाएको भए एउटा किन्ने थिएँ ।
 |
| कोलाहाल अब्यबस्थित आधुनिक मानब बस्ति । काठमाडौं नेपाल । |
मैले स्तुपाको
उत्तर पश्चिम भागतिर रातो छाना भएको फराकिलो क्षेत्रमा फैलिएको ठुलो भबन देखेर
मनमा जिज्ञासा भयो । स्थानियलाई सोधें के हो भनेर । एक नेवारले कुटिल जबाफ फर्काए “कलेज हो” ।
 |
| प्रेमिल जोडि मिठो समय बिताउँदै । |
पछाडिपट्टिको भागमा
रहेको जँगलमा सिँडि ओर्लँदै गर्दा एक मायालु जोडिले मेरो ध्यान आकृष्ट गर्यो । कति
राम्रो समय बिताई रहेका थिए । सँगै बन्दै गरेको भबन जँगलको बिचमा शान्द मनोबिनोद
स्थलको रुपमा निर्माण गरिँदै गरेको होला ।
बाँदरले झम्टिएर
खानेकुरा हरु लुट्ने,
झम्टिने, ऊस्तै अबस्था परे कोपर्ने लगायतको गतिबिधि गर्न
सक्ने भएकोले मलाई बाँनर त्यति मन पर्दैन । मैले बानरको फोटो पनि खिच्न सकेको छैन
कारण क्यामेरा बाँनर भएतिर फर्काउने बित्तिकै कतै कोपर्न झम्टिन पो आउने हो कि । धन्न
आज त क्यामेराले कामै गरेको छैन तेसैले ढुक्कै भयो ।
ओसोलि चिप्लो भेगमा
बनमा हिँड्दै गर्दा चिप्लिएर झन्डै खुरमुरिएको थिएँ जसोतसो ज्यानलाई अडाएँ । अगि
भोज खाँदै गरेको स्थानबाट बाईकमा हाल्नुपर्ने दश लिटर तेल ट्याङ्किमा नअटेको
खन्डमा बोतलमा राख्नुपर्ला भनेर नेवार्नि आन्टि सँग मागेको एउटा कोकाकोला को बोत्तल
भिरमा चिप्लिँदा झन्डै कच्याककुचुक भएको ।
 |
| प्रेमिल जोडि मिठो समय बिताउँदै । |
स्वयम्भूको सेरोफेरो
सबै बिहार गर्दै गर्दा एक अर्को प्रेमिल जोडिको तस्बिर कैद गरें । मलाई एस्ता
मायालु जोडिहरु मन पर्दछ । मैले तेस्तो समय बिताउन नपाएको कारणले मलाई यस्तो
प्यारो समय बिताईरहेका सबै जोडिले मोहित बनाउने गर्दछन् ।
आँप किनेर घर फर्कनु
पर्ने अनुसुचि मनमा भएकोले धेरैबेर बिचरण नगरि मैले फर्कने निर्णय गरे ।
यात्रा मिति : २०७५/ ०३ / २४ गते।
पुनश्च
: लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र
छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि
कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home