यात्रा संस्मरण- पोखरा - सौराहा - २०७४-०१-२५
नियमित दिनचर्याको एक प्रक्रिया जिममा जिम सकेर घर फर्कन थाल्दा मोबाईलमा देखिएको मिसकल हेर्दै गर्दा आएको बिनय दाईको फोनले भोलिदेखि पाँच दिनको लागि पोखरा, सौराहाको यात्रा हुने पक्का भयो । कपट बानि ब्यहोरा र जिबनशैलि नभएकोले मन खोलेर सौराहा जाँदै गरेको कुरा सबै जिमका साथिभाईहरुलाई सुनाएँ । त्यो जिममा आउने पातलि केटिले खुब चाख दिएर मेरो कुरा सुनुरहेकि कुरा मैले याद गरेको थिएँ ।
यसपटक मैले ब्यागप्याक सानो बनाउने निर्णय गरेको थिएँ । एक दुई जोर लुगा, क्यामेरा र श्रृङ्गारको सामाग्रि पोको पारेपछि मेरो ब्याज प्याक तयार भयो ।
कुनैबेला कलेजको शिक्षक भएर बिद्यार्थिहरु माझ मुस्ताङ जानथाल्दा मेरो बाबा अन्टिको मनमा जुन हर्ष थियो त्यो चाँहि पक्कै थिएन यद्यपि सौराहा जान थालेकोमा खुसि चाँहि हुनुहुन्थ्यो ।
छिमेकि दाईलाई सल्लाघारि छोड्न लगाएर त्यो मोटि केटिले खुवाएको चिया भन्दा पनि मोटि केटिको शरिर माथि मोहित हुँदै नगरकोट बाट आउँदै गरेको हाम्रो पोखरा जाने बस कुर्न सडक पेटिको भुईमै बसिदिएँ ।
यसपटक मैले अलि मिलाएर र आफुलाई सम्हालेर प्रस्तुत हुने निर्णय गरेको थिएँ । तेसै अनुरुप गर्दै थिएँ ।
पोखरा कयौं पटक गएको शहर भएतापनि पोखरा पुग्नुको मज्जा बेग्लै हुने गर्छ ।
बसको अन्तिम सिट खालि रहेछ । त्यस अन्तिम सिटको बिचमा बसेर सबै भारतिय गेष्टलाई हेर्दै गर्दा आफ्नो सिट भन्दा ठिक अगाडि बाँया पट्टि सिटमा झ्याल छेउ बसिरहेकि माथि ध्यान केन्द्रित भयो । त्यो मोटि देखिने केटि त्यस बेला मैले ठ्याक्कै छुट्याउन कि ऊ केटि हो या बिबाहित महिला ।
जिबनको यात्रामा समय सँधै एकनाश नहुने रहेछ । पछि ऊ केटि थिई भन्ने त पक्का भयो तर आजभोलि कुनै केटिहरु प्रति खुला मनले कुरा गर्ने जाँगर छैन । उनिहरु प्रति मोहित हुनपनि छोडिसकें । यद्यपि यात्रामा एकजना केटि भएकोले मनमा खुसि लागेको चाँहि पक्कै थियो ।
थानकोटबाट बस पहाडको छेउ हुँदै तलतिर झर्दै गर्दा पर पर सम्म नागबेलि बाटोहरु देखिन्छ । सानो बेलामा आमाको काखमा बसेर मामाघर जाँदै गर्दा त्यो नागबेलि देख्दा मनमा आउने जुन खुसि हो त्यो अब कहिलै नआउने रहेछ । यद्यपि दाजुले दिएको म्यानुयल क्यामेराले फोटो खिच्दै थिएँ ।
बाहिर बाताबरण गर्मि छ, धुलो उडिरहेको छ, तर म चडेको बस भित्र शितल र स्वच्छ बाताबरण छ । मैले एकैछिन ट्रक चडेर हेटौंडा मामाघर गएको ति दिनहरु लाई संझिए र एस्तो आनन्ददायक प्रबिधिको बिकाश गर्ने सबै प्रयास हरुलाई मनमनै धन्यबाद दिएँ ।
हाम्रो आजको बसाई पोखरा थियो । ११ बजे थानकोटबाट बाहिरिएको हामि पोखरा पुग्दा करिब सात बज्ने पक्का थियो । बाटोमा चियाको लागि रोकिँदै गर्दा ति सेतो कपाल भएको बुढा मानिसले आफ्नो फोटो खिच्नको लागि मलाई अनुरोध गरे । साथमा आफ्नो श्रिमतिलाई पनि बोलाएर फोटो खिच्नको लागि सँगै राखे । मलाई भाषागत समस्या भईरहेको थियो ।
ति मानिसको फोटो खिच्दै गर्दा मलाई मनमा संकोच थियो किनकि अघिल्लो सिक्किम यात्रामा मैले फोटोहरु खिच्ने गरेकोले यात्रा अबधि लम्बिएको भन्ने बिनय दाईको गुनासो थियो । तेसैले मैले खुलेर फोटो खिच्न सकिरहेको थिईन ।
सँगै यात्रारत ति गौरि नाम गरेकि भारतिय केटिले मलाई पटक पटक हेरिहेको मैले याद गरिरहेको थिएँ तर याद नभएको जस्तो गरिदिएको थिएँ । यद्यपि एउटा केटिले हेरिरहँदा मनमा हर्ष चाँहि हुनेनै भयो ।
लेकसाईड नजिकैको होटलमा पाहुनाहरुलाई राख्ने प्रबन्ध गरिएको रहेछ । पोखरामा लेकसाईड बाट तेति नजिकै बस्ने ब्यबस्था हुँदा रात्रिकालिन हिँडाई आनन्द दायक हुनेमा म पक्का थिएँ । तेसै अनुरुप मैले राति लेकसाईड तिर हिडें । पोखराको सफा सडकमा अति कम भिड शरहमा राति लेकसाईडको छेउतिर हिँड्नुको मज्जा बेग्लै हुन्छ ।
यसपटक सफा शहर पोखरामा मलाई कपाल कटाउने ईच्छा भयो । बिहान बिनय दाई गेष्टहरुलाई शहर देखाउने काममा गईसक्नु भएको थियो । म बिस्तारै ऊठेर कपाल काट्न गएँ । "कति सफा ठाँउ हई" भनेर मैले हजाम सँग गफ गर्न शुरु गरें ।
हँसिलो मिजासको त्यो हजामले गफ हुँदै जाँदा मलाई अनायसै सोध्यो "दाई तपाँईले खैरेनिलाई गर्नु भएको छ?" । एक क्षण म त छक्क परें र के जबाफ दिने भयो । "छैन" । त्यसपछि ऊसले भन्न थाल्यो "दाई मैले त धेरै देशको खैरेनिलाई भ्याएको छु, जापानिज, चाईनिज, अमेरिकन, ईटालियन, फ्रेन्च ... तर दाई जर्मनिलाई गर्न पाएको छैन अहिले सम्म "। त्यस पछि ऊसले फेरि थप्यो "दाई चाइनिजहरु त खुब सेक्सि हुन्छन, ठुलो ठुलो स्वरले कराउँछन गर्दा दाई" । उसको यस प्रकारको कुराहरुले मलाई चाख जगाई रहेको थियो र कपाल काट्नमा आनन्द आईरहेको थियो । त्यो बिहान मैले आफुलाई निकै फ्रेस अनुभब गरें ।
बेलुकाको मादहरु अब सामान्य आदत बन्न थालि सकेका छन् । त्यसमा पनि खासै हर्ष र समाईलो केहि छैन । एक सामान्य दिनचर्याको निरन्तरता जस्तै हुन थालेछ । यसबाट पनि बिस्तारै अब टाढा हुने ईच्छा मनमा जाग्दै छ ।
अति सफा देखिने सेता फर्निसिङ्ग ले सजिएको होटलको कोठामा आनन्दको साझ बिताई रहँदा हामि फेरि लेकसाईड तिर घुम्न गयौं । त्यो दाउराको ओभनमा पकाएको पिज्जाको स्वाद करिब रोटि जस्तै थियो तैपनि मलाई मिठै लाग्यो । बेलुकाको खानाको सट्टामा हामिले त्यो पिज्जा र लसाङ्गे खायौं ।
बिहानै मिठो परिकार युक्त ब्रेकफास्ट लिएर हामि चितवन सौराहा तिर गयौं । सौराहा चाँहि मेरो लागि पहिलो पटक थियो तेसैले कस्तो ठाँउ होला भनेर कौतुहल थियो । आज मुग्लिन देखि चितवनको त्यो बिग्रिएको सडक खन्डमा ऊराठ लाग्दो यात्रा गर्नु थियो ।
बसको अगाडि सिटमा बसेर मैले पोखरा देखि मुग्लिन सम्म यात्रा गरें र अनगिन्ति फोटोहरु लिएँ ।
सौराहातिर लाग्दै गर्दाको तराईको त्यो सम्म शहरहरु मलाई मनोरम लग्यो । तर अब्यबस्थित रुपमा बिकाश हुँदै गरेको बस्तिले कता कता मनमा खल्लो लागिरह्यो ।
राप्ति नदि किनारामा रहेको हाम्रो होटल पुग्दा मनमा रमाईलो लागिरहेको थियो । सँगै यात्रा गरिरहेकि एउटै मात्र केटि गौरिले पनि ध्यान नखिचेको होईन । मध्यान्नमा सौराहा पुगेर बार्दलि प्रकारको डायनिङ्गमा बसेर तयारि भैसेकेको लन्च खाँदा खुब आनन्द भयो ।
अगाडि देखिएको घना जंगल चितवन राष्ट्रिय निकुञ्ज भन्ने थाहा पाएपछि त्यस जंगलले मन लोभित गरायो । आजभोलि बिस्तारै प्रकृति सँग सामिप्यता र घनिष्टता बढाउन मन लाग्न थालेको छ ।
होटलको अर्जुन दाई खुब सरल मनका देखिन्थे तेसैले भारतिय गेष्टहरुले पनि ऊनलाई खुब मनपराएर बोलाई रहेका थिए । मलाई पनि अर्जुन दाईको सरलता मन परिरहेको थियो । र आफुपनि बिस्तारै तेस्तै सरल प्रकृतिको बन्ने चेष्टा शुरु भएको छ ।
बर्ड वाचिङ्गको लागि साँझमा होटल छेउतिरैको बफरजोनको जंगलमा जाँदा सिक्रिले बानिएका हात्तिहरु देख्दा मनमा धेरै नरमाईलो लागिरह्यो । हात्तरिको दाराको चुच्चोलाई काटेर मोडिएको थियो । मानबले आफ्नो सुरक्षाको लागि जस्तो सुकै काम गर्न पनि पछि पर्दैनन् । चितवनको त्यो गर्मिमा जस्ताको छानामुति ति हात्तिहरुलाई बानेर राखिएको देख्दा मन छिया छिया हुने रहेछ ।
बिहानि सबेरै एउटै रुखबाट बनेको डुङ्गामा क्यानोईङ्ग गरेर राप्ति नदिमा गोहिहरु, वरपर दायाँ बायाँ किनारामा रहेका रुखहरुमा देखिने चराहरु हेर्दै पानिको तालमा बग्दै गर्न भिन्दै अनुभिति हुने रहेछ । जङ्गल सफारिको लागि केहिबेर जंगलतिर हिड्यौं । त्यो बाटो हुँदै हात्ति प्रजनन केन्द्र, ईलफेन्ट बाथिङ हेर्दै गर्दा काममा लगाईएका हात्तिहरु देखेर मन बिरक्तिएर आयो । जनाबरमाथि गरिएको अत्याचारहरु देख्न नसक्ने मलाई एस्तो ठाँउमा जानको लागि मन कहिलै हर्षित हुँदैन ।
जिप सफारिमा करिब चार घन्टा जंगल घुम्दा मलाई खुब रमाईलो लाग्यो, मैले कयौं बेर जिपको सिटमा नबसिकन ऊभिएरै हेरिरहें । बाटोमा जरायोहरु, बिभिन्न चराहरु, गैंडा, गोहि, मयुरहरु देख्न पाईयो ।
यो दिन साँझ बिनय दाई र मैले राम्रै रमाईलो गर्यौं ।
फर्कँदा गेष्टहरुलाई बिच बाटोमा मनकामना पनि लैजाने प्लान रहेछ । एक्लै तल के बस्नु भनेर मैले पनि माथि मन्दिर जाने निर्णय गरें । हतार हतार खाना खाएर हामिले माथि मन्दिर जाने केबलकारमा लाईन बस्यौं । लाईन बढो ठेलमठेल र घम्सा घम्सिको थियो । पर्यटकहरु लिएर हिँड्दा एस्तो अब्यबस्था देखेपछि चाँहि मनमा खल्लो महशुस हुने रहेछ ।
उसको मनकामना तिर खिचेको तस्बिर फेशबुकमा देखेको थिएँ , त्यसबाट मैले अन्दाज लगाउन सक्थें कि उ हालसालै मनकामना गएको हुनुपर्छ । तेसैले मैले पनि मन्दिर परिसरमा एउटा तस्बिर खिचाएँ ।
मैले खुब कुदाकुद गरेर यसपटक पनि किरिङ्ग किनेर लेराएको छु । म सँधै किन्नेछु ।
राति अबेर एयरपोर्ट होटलमा आईपुगेर डिनर खाएपछि, रिभल्भिङ्ग रेष्टुरेन्टमा एयरपोर्टको लाईट हेर्दै डिजर्ट खाएर हामि दुबैजना दाईले गर्नुभएको निकै सस्तो ट्याक्सि भाडा डिलमा घर आयौं । चुनाबको माहोलले गर्दा कहिलै चेकिङ् नहुने दुबाकोटको भित्री बाटोमा दुई ठाउँमा पुलिस चेकिङ् पार गरेर हामि घर आई पुग्यौं ।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home