आमा
“तैँले
खाईस?” ज्यादै मसिनो स्वरमा, शरिरमा बाँकि भएको थोरै शक्ति सँगै बढो मुस्किलले
हातको ईशाराको सहयोगमा ऊँहाले सोध्नुहुँदा मैले टाउको हल्लाउँदै “खाएँ आमा” भनें ।
हजुरआमा सँगको यो नै मेरो अन्तिम कुराकानि थियो । यहि बातचित सँगै पच्चिस
बर्षदेखिको सामिप्यता सदाको लागि छुट्दै थियो ।
बाह्र
बर्षको ऊमेरमा बिबाह गरेर आउनु भएको रे । संझना भएको दिनहरुमा उँहाले भन्नु
हुन्थ्यो । “नब्बे सालको भूँइचालोमा एघार बर्षको थिएँ रे म” भन्ने गर्नु हुन्थ्यो
। यस आधारलाई मानेर गणना गर्दा ऊँहा सत्तरी दशकको अन्तिममा जन्मनु भएको हुनुपर्छ ।
(बिं सं - १९७९) । त्यस समयबाट, बयानब्बे बर्षको ऊमेरमा जिबनबाट मोक्ष प्राप्त
गर्नुहुँदा उँहाले करिब पुरै शताब्दिलाई देख्नु भयो । त्यो ज्यादै ठुलो समय
अन्तराल हो ।
मृत्यु
शैयाबाट सहजताको लागि
केहि दिन अस्पतालको शैयामा रहनु हुँदा, अशभ्य, निर्दयि, क्रुर
अमानब एक डाक्टरले हातमा भएको साँचोले ऊँहाको पैतालामा जोडले कोट्याएर सोध्यो
“थाहा पाउनु भयो“ । आमालाई धेरै दुख्यो र
निकै असजिलो अनुहार लगाएर “थाहा पाएँ” भन्दै गर्नुहँदा मलाई त्यो डाक्टर
भनिएकोलाई एक मुक्का हानिदिन मन लागेको थियो । मेरो बाबा र दुई जना ठुलो बुवाहरु
नहुनु भएको हुँदो हो त्यो डाक्टरले मुक्का अबश्य खाने थियो । “तपाँईको नाम के हो
?” त्यसले फेरि सोध्यो, र आमाले एकैछिन समय लिएर संझिएर “अन्नपुर्ण” भन्नु भयो ।
म
ब्यक्तिगत रुपमा भाबनात्मक हिसाबले निकै भाबुक मानिस हुँ । मैले आज ठिक दुई
बर्षपछि मात्रै यो लेख्ने सहाँस गर्न सकें किनकि यतिबेला सम्म मैले आफुलाई यो
लेख्दै गर्दा रोकिन नपर्ने मानशिक बलहरु जुटाई सकेको छु । आज आँखाहरु रसाउँदैनन्
अब ।
![]() |
| आमा । 20६९ साल । ९० बर्षको ऊमेर । |
“आमालाई
कस्तो छ?” दाजुले प्रत्येक फोन कलको शुरुवात यहि बाक्यबाट गर्न थालिसकेको थियो ।
यसैबिचमा मैले एकदिन सच्चा बताउनु पर्ने नै थियो र भनिदिए “अब आमालाई ठिक हुँदैन”
। मैले यति भनिसक्दा उसले “मेरो सबै हातगोडाहरु गल्यो, पछि कुरा गरौंला हई” भन्दै
फोन राखिदियो । मेरो दाजुलाई पनि आमाप्रति अपार श्रद्दा र माया थियो । ऊ आमाको
खाटमा गएर सँगै बसेर लामो समय गफ गर्ने गर्थ्यो ।
लिनुपर्ने सबैकुराहरु लिईसकेपछि, हरेक बृद्दहरु
चाँहि आफ्नो सन्ततिबाट अबहेलित हुनुपर्ने रहेछ । यो समाजको सामान्य नियम रहेछ । आमाले चारजना छोराहरु मध्ये
दुईजनाको घरमा मात्रै बस्न पाउनु हुन्थ्यो । तो तितो यथार्थले कसैलाई चोट पुगेमा
मैले केहि भन्न सक्दिन आखिर म त लेखक मात्र हो । मैले समय लेखेको हुँ ।
पहिलो
मुलघर दुबाकोट भक्तपुर, जहाँ ऊहाले आफ्नो जिबनको आधा समय बिताउनु भएको थियो, र
करिब म जन्मिएकै सालतिर बानेश्वरमा थपिएको हाम्रो अर्को पारिबारिक मुलघरमा वँहा
बर्षको धेरै समय बस्नेगरि जाने गर्नु भएछ । यो चाँहि घरेलु अंशबन्डाहरु होलान् ।
केहि
अबिस्मरणिय कुराहरुले गर्दा मैले सँदै
श्रद्दा गर्ने गरेको करिब बा ऊमेरको दाई कपिल हुनुहुन्छ, जसको को सुझबुझपुर्ण
निर्णयले गर्दा उँहा अधिकांश समय बानेश्वरमा बस्न थाल्नु भएको थियो । म यो कुरा
दाबिको साथ भन्न सक्छुकि, ऊँहा यो बिषयमा एकदमै बुझक्कड मानिस हुनुहुन्थ्यो ।
आमा
यता मेरो बाबाको भनिएको मुलघरमा घरमा प्रत्येक जाडो याममा आउने गर्न थाल्नु भएको
मलाई पनि राम्रो याद छ । मलाई चाँहि आमा घरमा आउनुभएको निकै रमाईलो लाग्थ्यो तर
बच्चै देखि पारिबारिक र ब्यक्तिगत जिबनको केहि पाटाहरु अति गोप्य हुनुपर्छ भन्ने
मान्यता आफैं बिकाश भईसकेको हुने रहेछ । यस अर्थमा आमाको पुरानो युगको बानि र नयाँ
समय बिचमा आएको अन्तराल अनुसार आफैंलाई परिबर्तन गर्न नसक्नु हुँदा ऊँहाले बाँकि
समाज सँग सबै कुराहरु खुलस्त गर्ने गर्नु हुन्थ्यो, त्यसले आफुलाई(हामिलाई) त्यति
गहकिलो जिबन शैलिमा प्रस्तुत हुँन मद्दत गर्दैन थियो । यस कारणले मैले वहाँ यता
गाँऊको घर भन्दा बानेश्वमा बसिदिनु भए हुने भन्ने लाग्दथ्यो । तर कम बुझ्नुभएको
आमाको त के कुरा परिबारको बाँकि धेरै सदस्यहरुलाई पनि थाहा कहिलै भएन गोपनियता
भनेको के हो । त्यसैले ऊँहाहरुको सबै मानिस हरु सँधै तुरुन्तै मित्रु भई हाल्दथे ।
मलाई
चाँहि मेरो बाबाको(हाम्रो) घर आमाले कहिलै फोहोर गर्नु भएको महशुस भएन । आमाको
जिबनको केहि अन्तिम बर्षहरुमा मेरो बाबाले बनाउनु भएको आधुनिक घरमा बाँकि अरु
केहिलाई हुने जस्तो आमाबाट फोहोर कहिल्यै भएन । मैले, मेरो बाबाले, अन्टिले, नयाँ
नातिनि बुहारि, दाजुले हरेक दिन सफा गर्यौं तर आमाले गर्दा कहिलै फोहोर भएन । यदि
मेरो बाबाको घर दुबाकोटमा नभएर बाँकि अन्त कतै भईदिएको भए आमा हामि सँगै सँधै
बस्नु हुन्थ्यो ।
अन्तिम
पटक ठुलोबुवाहरु बिदेश भ्रमणमा जानुहुँदा, आमा हाम्रो घरमा अन्तिम पटकको लागि बस्न
आईपुग्नु भएको रहेछ, यो कुरा मलाई पछि थाहा भयो कि ति केहि महिनाको बसाई चाँहि
अन्तिम पटक हुँदै थियो । आमालाई ति महिनाहरुमा यता बस्दा आफु कुन ठाउँमा छु,
गाँउमा छु या बानेश्वरमा पटक्कै थाहा भएको थिएन । कोठाबाट कहि पर देखिने बत्तिलाई
सांझमा ऊँहाले “उद्योगमा बत्ति बल्यो” भन्नु हुन्थ्यो । बिहान ऊठेर कौषिबाट वरपर
हेर्दा चाँहि “कटुवाको गर्हो, केशेको गर्हा, लुसिको गर्हा,” भन्नु हुन्थ्यो । यसरि
ऊँहा आफुले आधा दशक बिताएको आफ्नो पुर्ख्यौलि थलोमा आफैंलाई बिर्सिएर ठुलो
दिग्भ्रममा हुनुहुन्थ्यो ।
मलाई
आजपनि याद छ, आमालाई ठुलोबुवाले अन्तिम पटक बानेश्वर लैजाँदै गर्नुहुँदा, हतपत
कहिलै आँशु नखस्ने मेरो बाबाको आँखा आँशुले भरिएका थिएँ । हतार हतार तलबाट दौडिँदै
माथि कौषिमा आएर, पर बाटाको गर्हामा आमा चढेर जानुभएको ट्याक्सिलाई हेरेर बाबा
रुनु भयो ।
ऊमेरमा
जति आबश्यक झगडा गरेतापनि, बृद्द अबस्थामा चाँहि मेरि आमाले कहिलै ऊँहाप्रति
प्रतिसोधको भाबना राख्नु भएन । एक बुहारिको रुपमा ऊँहालाई आमाको अपार माया, वा
माया बिल्कुलै कमै भएपनि, हेय भाब वा घृणा वा तिरस्कार कहिलै गर्नु भएन । मेरि
आमाले सासुको लुगा नारि चुँडिएपनि ति तेलले लतपतिएका लुगाहरु पुर्ण सकुकिलो
नहुन्जेल सम्म धोईरहनु हुन्थ्यो ।
कोहि
नातिले आफ्नो बिबाहको ईन्गेजमेन्टको दिन ईन्गेजमनेन्ट सेरोमनिमा जान नसकेर घरैमा
आफ्नो त्यहि ओछ्यानमा बसिरहनु भएको हजुरआमा सँग बेलुका आईपुगेर अमिलो अनुहार लगाएर
फोटो खिचेको अमिलो अनुहारको फोटो मेरो सँग्रहमा छँदै छ, कसैको घरमा नातिको बिबाहको
एकदिन लैजान पनि नसकेको, कसैले साँझमा माथितिर लेगेर छोडेको सबै कुराहरु संझनाबाट
हराउने कुरा होईनन् रहेछन् । त अर्कोतर्फ
बिबाहमा आफ्नो प्रेमिकालाई दुलई भेषमा लिएर आउनको लागि जानु अगाडि आमालाई च्याप्प
समातेर फोटो खिच्दै, बेलुका ठुलो श्रद्दाले आफ्नो दुलहि सँगको पहिलो फोटो आफ्नो हजुरआमा सँग खिच्न आतुर नातिपनि
देख्न पाएँ ।
“मैले
यहि कपिलको मात्रै बिहे देख्छु अरुको देख्न भ्याउन्न” आमा यसो भन्नु हुन्थ्यो र
क्रमश, “यहि उज्जवलको” “यहि उमेश, कमल, सरोज..... “ भन्नु हुन्थ्यो । पछि दाजुले
चाँहि आमाको शरिर गलित हुँदै गईरहेको देखेपछि, आफ्नि प्रेमिकाको फोटो “यि आमाको
नातिनि बुहारि” भनेर सुटुक्क मोबाईल फोनमा देखाउँथ्यो । यसो गर्दै गर्दा म चाँहि
मनमनै खुब ईर्स्यालु हुन्थें । मैले पनि आमालाइ नातिनि बुहारि देखाउन पाए । पछि
रुमनले फोनमा मात्र होईन घरमै लेराएर आफ्नो हजुरआमालाई सेवा गर्ने मौका दिन भ्यायो
।
मैले
यि दुबै कुरा पाईन । न मोबाईलमा सुटुक्क प्रेमिकाको तस्बिर देखाउन पाएँ, न घरमै
लेराएर देखाउन पाएँ । मलाई पहिलो मोबाईमा देखाउने चाँहि ठूलो ईच्छा थियो ।
“चिठ्ठि लेख भनेको छु मैले त्यसलाई” आमाले
भन्ने गर्नु हुन्थ्यो । रुमनले चिठ्ठि नलेखे पनि स्काईपको माध्यम बाट र म सँग फोटो
मागेर अनगिन्ति पटक आमालाई हेर्ने गर्थ्यो ।
ऊसलाई
मैले “आमालाई अब ठिक हुँदैन” भनेर भनेपछि, आमालाई भेट्न आउन ठुलो ईच्छा थियो ।
अलिकति मात्रै जगेडा पैसा भएको भएपनि आउने थियो । तर भर्खरै गएको ऊ सँग मासिक घर
चलाउने खर्च पनि मुस्किलले हुने गर्दथ्यो रे त्यसमा पनि बिश्वबिद्यालयको किस्ता
भर्खरै भुक्तान गरेको रहेछ ।
पछि
परिबारकै एक सदस्य हाम्रो भाउजु आफ्नो मामाघरको हजुरबुवा बिरामि भनेको सुनेपछि,
म्याद सकिएको पाटपोर्ट र ट्राभल डकुमेन्ट जस्ता निकै झन्झटिला कागजि प्रक्रियाहरु
गरेर भएपनि आफ्नो हजुरबुवालाई भेट्न आएको खबर सुनेपछि मलाई एक पटक फेरि बिदेशतिर
बस्ने सबै नातिनातिनाहरुको याद आयो । ऊनिहरु प्रत्येकले मैले भन्दा करिब दशक बढि
समय आमा सँग बिताएका थिए । तर खै, मन निकै दह्रो हुने रहेछ, कसैलाई पनि आमालाई
भेट्नु पर्ने माया पलाएनछ । जबकि ति भाउजुले स्ट्रेट ३६ घन्टा यात्रामा बिताईछन
आफ्नो हजुरबुवालाई भेट्न ।
“लौसेवा
दे न” “जागिर पाईनस हई छिट्टै पढेर पनि” । भनेर आमाले अन्तिम बर्षहरुमा मलाई देखे
पिच्छे भन्ने गर्नु हुन्थ्यो र कहिले काँहि मलाइ यि कुराहरुले झर्को पनि लागथ्यो ।
मैले आमा सँग झर्किएँ पनि । रिसाएँ पनि । तर आमामाथि याबत दुष्कर्महरु गरिन जुन
मैले प्रत्यक्ष देखेको छु । मैले अहिले सम्म नि लौसेवा पनि दिईन, जागिन पनि पाईन ।
आमाले
मोक्ष प्राप्त गर्नु भन्दाको केहि महिना अगाडि सम्म नित्य नुहाएर खानु भयो ।
आमालाई निकै सफा र चोखो चाहिने थियो ।
बुहारिहरुलाई सफा र चोखो गरिनस भनेर खुब कर्कर गर्नु हुन्थ्यो । तर
जिबन सँधै एकनाश नहुने रहेछ । जिबनको अन्तिम बर्ष ओछ्यानबाट खासै हिँडुल गर्न
सक्नु भएन । पछिपछि मुख धोएर मात्रै खान थाल्नु भयो ।
त्यसदिन
म ठुलोबाको त्यो कर्तुत देखेर, निकै बिक्षिप्त भएँ । र मैले भगबान सँग प्रार्थना
गरें मेरि आमा पनि यसै गरि ९२ बर्ष सम्म बाचिदए हुने र मैले आमालाई के त्येसैगरि
आचि धुने ट्वाकले मुख धुवाउने थिएँ होला?
मेरि
आमाको छोरि नभएतापनि, हामि बच्चा हुँदा हामिलाई साबित्रि दिदिले खुब माया गर्नु
हुन्थ्यो । मलाई अहिले पनि मिठो याद छ, ठिक घटस्थापनाको दिन उँहा बानेश्वरबाट
दुबाकोट आउनु हुन्थ्यो । हामि दुबै दाजुभाईको सबै लुगाहरु मिलाएर एक एक गरि
पट्याएर, र ऊता शहरमा सिमेन्टको घरमा चिसो हुन्छ भनेर धेरै लुगाहरु मागि मागि सबै
हिफाजतले पट्याएर झोलाहरु बनाउनु हुन्थ्यो । बसको सिसाको झ्यालबाट मुस्किलले बाहिर
देखिन्थ्यो किनकि हामि साना थियौं । म निरन्तर झ्यालबाट बाहिर हेरिरहेको हुन्थें र
त्यो फुटबल जस्तो देखिने रातो रङ्गको अग्लोमा राखिएको संरचना देखेपछि मलाई थाहा
हुन्थ्यो अब बसबाट ओर्लेर केहिबेर हिँडेपछि घर आईपुग्छ । शहरको सफा सिमेन्टिको घर जहाँ पैतलाले टेक्दा
सिकसिक लाग्दैन थियो । हामि दुबैजना खुब रमाएका हुन्थ्यौं दशैं बिदामा त्यो शहरको
घरमा माया गरेर लैजाने दिदिको घरमा जानको लागि । हो मैले जानाजन “दिदीको घर” लेखें
र लेख्छु ।
बानेश्वर
पुग्दा घाम पँहेलो भइसकेको हुन्थ्यो, पुग्नासाथ लुगा फेराईदिएर हात गोडा धोईदिनु
हुन्थ्यो । खाजा खुवाउनु हुन्थ्यो । शहरमा बाहिर मधिसेले “आलु, भन्टा, गोलभेंडा”
भनेर कराएको आवाज अनौठो लाग्थ्यो । दिदिले नौरथाभरि तातोपानिले नुहाईदिनु हुन्थ्यो
। धेरै माया गर्नु हुन्थ्यो ।
बिहान
आमाको भिभा हर्लिक्स हाथ थापेर चाट्न पाउँदा र दिँउसो कोहि नभएको बेला आमाको
खाटमुनि राख्नु भएको त्यो भिभा चोरेर खान पाउँद निकै मिठो र रमाईलो लाग्थ्यो ।
दिदिको
बिबाह भएको बर्षदेखि दिदि हामिलाई लिन आउन मिल्ने भएन, त्यपछि देखि सँधैको लागि
त्यो शहरको सिमेन्टिको घरमा दिदिले गर्ने मायाको हर्ष सकियो ।
दिदिले
आमाको खुब स्याहार गर्नु हुन्थ्यो । सँधै ओछ्यान मिलाउने, सफा धोईदिने, र खुब
रेखदेख गर्नु हुन्थ्यो । एउटै नातिनि जसले अन्तिम बर्षहरु सम्म निरन्तर माया र
सेवा गरिहिन् ।
“सानोबाबुलाई
तरकारि नै चाँहिदैन” भन्नुहुन्थ्यो । आमा तपाँईले छोरालाई बुझ्नु भएन, सानोबाबुलाई
तरकारि नचाहिने होईन सानोबाबुले नखाईदिने ताकि अरु सबै परिबारलाई भाग पुगोस बिशेश
गरि दाईका छोराछोरिहरु र आमालाई ।
सानोबाबुले
आमालाई धेरै समय रेखदेख गर्नु भएछ, धेरैनै सहयोग गर्नु भएछ । एक त बाबाको जागिर
तेस्तै परेछ जुन नियमित हाजिरि हुनु नपर्ने, दोश्रो ऊहाँ बढिनै शहनशिल प्रबृतिको
हुनुहुँदो रहेछ । जागिर, खेतिपाती, दाईको बच्चाबचिहरुको रेखदेख, आमाको अटल सेवा यि
सबै मेरो बाबाको युबा अबस्थाको जिबनको अभिन्न अङ्ग रहेछ । तुलनात्मक पारिबरिक
रुपमा अमौद्रिक सहयोग ज्यादा गर्नुभएको ऊँहा सबैभन्दा कान्छो भएकोले खासै कसैले
वास्ता नगर्ने र सबैको हेपाई खानुपर्ने चाँहि सामान्य नियम रहेछ ।
“तपाँईले सानो बेलामा पढ्नु भएको थिएन” भन्दै
मैले त्यो पुरानो मुलघरको मझेरि बिचमा हुनुभएको आमाको कपाल भुतलाईदिएछु । मलाई के
थाहा मेरो हजुरआमा निरक्षर हुनुहुन्छ भनेर । मलाई स्कुलको होमओर्क सिकाईदिन मैले
आग्रह गर्दा आमाले “मलाई आउँदैन” भन्नु भएपछि मैले त्येसो गरें । आज मलाई मेरो
बालापनको जिद्दि स्वभाभ देखेर अनौठो लाग्छ त अहिले पनि म त्यतिनै जिद्दि छु तर
केहि फरक सुझबुझको साथ ।
हाजमोला
पाचक, भुटेको चना, मुगिको दालमोठ, डाईजेष्टिभ वा हर्लिक्स बिस्किट, भिभा, दुध,
दुधको तर, काजु, डायिजिन झोल, र सुन्तला आमाको मनपर्ने खानेकुरा हरु थिए । म सँग
हुने पैसाले मैले किन्न सक्ने पाचक थियो जुन म हमेशा किनेर लैजान्थें । आमा पाचकको
धेरैवटा पाकेट एक साथ देखेर कति धेरै रमाउनु हुन्थ्यो । भरि सिसि भिभा, भरि सिसि
डायिजिन झोल देखेर आमा गदगद बन्नु हुन्थ्यो ।
मैले
आमालाई देखेदेखि नै एक्लै हिँडडुल गर्न छोडि सक्नु भएको थियो । आखिर जानु नै कहाँ
थियो र यहि घर र बानेश्वर र मौका मिले आफ्नो माईतिघर मच्छेगाँउ । अशिक्षित, निरक्षर र स्त्रि हुनुको फरक मैले
त्यतिबेला पाँए जतिबेला ऊहि समान ऊमेरको नेपालको राजनैतिक नेता गिरिजा प्रसाद
कोईराला सँग आमालाई तुलना गरें । तर आमाको आफ्नै मौलिकता र असिम बिशेषता थियो जुन
मलाई राम्रो थाहा छ । जुन कुनै राजनितिक ब्यक्ति सँग तुलना गर्न कत्तिपनि मिल्दैन
। यद्यपि मैले आमाको शताब्दि लामो जिबनलाई
समेटेर जिबनि लेख्ने जमर्को गरेर हरेक दिन उँहा सँग बातचित लम्ब्याउँथें तर अन्तत
एक समान जिबनशैलि मात्रै हुने रहेछ जसमा पृथकताहरु नहुँदा बायोग्राफिको लागि पर्याप्त
प्लटहरु नहुने रहेछ।
बाह्र
बर्षको ऊमेरमा बिबाह बन्धनमा बाँधिएर यस घरमा भित्रिनु भएको आमा करिब ४६ बर्षको
ऊमेर हुँदा ऊहाँको पतिले छोडेर जानुभयो । त्यसपछि
आफ्ना चार सन्तानहरु सँग पतिको अनुपस्थितिमा रहनु भएको ऊँहाले मोक्ष प्राप्ति
भन्दा करिब पन्ध्र बर्ष अगाडि सम्म चाँहि छोराहरुको आगाध माया र स्नेह प्राप्त
गर्नु भएको थियो र पछि त्यो स्नेह चाँहि एकजनामा मात्र सिमित भएको थियो । तर
सन्तानहरुले गर्नुपर्ने हरेक कर्तब्य मोक्षका केहि बर्ष अगाडि सम्म ऊँहाले
सामान्यता तुलनात्मक रुपले धेरैनै पाउनु भएको थियो । यस अर्थमा उहाँ धेरै
भाग्यमानि हुनुहुनथ्यो ।
आज
मैले यो लेख्दै गर्दा मैले धेरै कुरा संझिएको छैन त्यसैले यो अपुर्ण छ ।
आमालाई
छोराहरुले पोकाको पोका फलफुल लेराएर खाट नजिकैको टेबलमा राखिदिने गर्नु हुन्थ्यो ।
आमा त्यसलाई खाटमुनि राख्नु हुन्थ्यो । मैले कहिले काँहि अँगुरहरु झुप्पाबाट चोरेर
खान्थें । त्यतिबेला म निकै सानो थिएँ । आमाको शिरानि मुनि ठुलो थैलि हुन्थ्यो,
मैले आमा नहुनु भएको बेला थैलि चाँहि पक्कै खोलें तर कहिलै पैसा झिकिन । म
साँच्चिकै ईमानदार रहेछू बच्चै देखि, र अहिले यो ईमानदारिले चाँहि राबणको मुलुकमा
जिउन असजिलो हुने रहेछ ।
आमाको
दराज, आमाको बाक्सा सबै मेरो कौतुहलको बिषय थियो जतिबेला म सानो थिएँ । मलाई
लाग्दथ्यो के हुन्छ होला त्यो दराज भित्र, के हुन्छ होला त्यो बाक्सा भित्र ।
आमाको
लामो कपाल काटिएर मुडुल्लो देख्दा बाबा दु:खी हुनु भएको थियो सँग सँगै म पनि । जुन
दिन हामि बानेश्रर गयौं आमालाई लिएर आउनको लागि त्यसदिन हामिले पहिलो पटक आमाको
लामो कपाल काटिएर मुडुल्लो टाउको भेषमा पायौं । यो संसारको नियमनै रहेछ, बृद्द अबस्थामा
सबै महिलाले आफ्नो लामो कपाल गुमाउनु पर्ने रहेछ । म चाँहि यो कुराको दुबिधामा छु
।
त्यो
रातको फोन कलले हामि निकै आत्तियौं । आमा बिरामि हुनुभयो भनेर खबर आयो । हामि बा
छोरा रातिनै गयौं बानेश्वर तिर । हेर्दा ठिकै जस्तो देख्यौं । त्यस दिन आमा
लड्नुभएको हुनसक्ने मैले अन्दाज गरेको छु । तर जे होस ऊहाँको बृद्दा अबस्था थियो र
खानपिन बृद्दलाई हुनुपर्ने जस्तो पटक्कै थिएन ।
त्यस
रातपछिका पछिका महिनाहरु आमा पुर्णरुपमा अरुको भर पर्न पर्ने हुनुभयो । हामिले खुब
रेखदेख गर्यौं । क्रमश मेरो बाबा, ठुलोबा, मैले
र साईलोबा ले आमाको स्याहार गर्यौं
। आमालाई संभब भएसम्म सहज गराउने प्रयत्न गर्यौं ।
आज
आमा मृत्यु शैयामा हुँनुहुँदा मैले सँगै टेबलमा रहेको भिभाको बट्टा देखेर केहिबेर
घोत्लिएँ । आमा त्यो भिभा कति मन पराउनु हुन्थ्यो, कहिले त भोक लागेर होला भिभाको
धुलो कचौरामा हालेर खाने पनि गर्नु हुन्थ्यो त्यसो गर्दा आमाले थाहा नपाई सबै धुलो
अनुहार तिर ज लुगाभरि लागेको हुन्थ्यो । आमा कहिले काँहि भिभाको धुलोमा लटपटिएर
घट्टमा पिठो पिँध्ने घटेरा जस्तै बन्नु हुन्थ्यो ।
अन्तिम
महिना आमाको सबै नित्यकर्म हामिले पुर्ण रुपमा गराईदिने गर्नु पर्यो । एकदमै थोरै
समयमात्रै अरुको सहारामा ऊठेर बस्ने गर्नु हुन्थ्यो ।
दिनप्रतिदिन
शारिरिक कमजोर हुँदै, क्रमश चेतनाहरु
शुन्य हुँदै गएपछि बिकल्पहरु केहि बाँकि नहुने रहेछ , मात्र मोक्ष ।
नब्बे
बर्षसम्म कुनैपनि दाँतहरु नहल्लिएका, नबिग्रिएका र टम्म दन्ते लहर मिलेका थिए ।
आमा खुसि हुँनुहुँदा खुब सँग गदगद भएर सबै दाँत देखाएर हाँस्नु हुन्थ्यो । एउटा आँखा
मोतिबिन्दुको अप्रेशन गर्दा बिग्रिएपछि बाँकि भएको एउटा आँखा आमाले अन्तिम समय
सम्म एकनाश राम्रो देख्नु भयो । अन्तिम महिना सम्म आफ्नो बिछ्यौनामा भएको कपडाका
भुवा, खानेकुराका केहि मसिना देखिने टुक्रा टिपेर मिल्काई रहनु हुन्थ्यो ।
त्यस
दिन हामि सदाझैं आमाको स्याहार सकेर पुषको चिसोमा घाम ताप्न कौशितिर बसेका थियौं ।
आमालाई तल कोठामा चिसो हुन्छ होला भनेर म सिरकको पत्र थप गरिदिन्थें त ग्यासँ हिटर
चलाई राख्थें तर अफसोच, ग्यास हिटर घरि घरि बन्द गरिएको हुन्थ्यो । मलाई यस प्रकारको
लोभको पराकाष्ठा देखेपछि भयानक रिस ऊठेको
हुन्थ्यो तर मैले बोल्ने ठाऊँ थिएन, म आर्थिक सहयोग गर्न नसकेको सबैको हेपाई
खानुपर्ने बाबाको छोरा थिएँ । र मेरो पनि कुनै आर्थिक सहयोग गर्ने सक्ने सक्षमता
थिएन ।
मैले
मृत्यु र मोक्ष बिचमा अन्तरको अध्यन गरें । मृत्यु त्यो हो जहाँ बाँच्ने ईच्छा
हुँदा हुँदै संसार छोडेर जानुपर्छ र मोक्ष त्यो हो जहाँ बाँच्ने ईच्छा र चेतना सबै
शुन्य भईसक्दा पनि सास रहिरहन्छ । हो आमाले मोक्ष प्राप्त गर्नुभयो । आमा निकै अनि
निकै भाग्यमानि हुनुहुनथ्यो ।
दिदिले
लैजाने ल्याउने गर्न नपाउनु भएपछिको बर्षमा बिस्तारै कलेजको शिलशिलामा बानेश्वरको
त्यो घरमा जाने लत लाग्न थालेछ । बच्चा बेलाको मामाघर भनेपनि जे भनेपनि सबै रमाईलो
लाग्ने शहरको त्यो सिमेन्टिको सफा घरमा बिताएका पलहरुले गर्दा कता कता आ-फ्नै घर
महशुस हुने रहेछ । अफसोच त्यस बिचमा मैले धेरै तिरस्कार पाएको छु । नमिठो तिरस्कार । आफ्नो बाबाले खुला आकाशमुनि
सुतेर बनाएको घरमा केहि बासहरु बस्न जाँदा, केहि रहर हरु पुरा गर्न जाँदा भोगेको
तिरस्कार कहिलै भुल्न नसकिनै रहेछ । तर साबित्रि दिदि र कपिल दाईको सह्रदयताले मैले
शहर देखें , कम्युटर जाने, कम्युटरमा रस बसाउने मौका पाएँ । प्रबिधि सँग परिचित
हुन पाएँ ।
त्यो
अन्तिम दशबर्ष मैले गएको त्यो बानेश्वरको मेरो अनि मेरो बाबाको घरमा म ढोकाबाट
छिर्ने बित्तिकै पहिले सरासर पश्चिम उत्तर कुनाको त्यो कोठामा आमालाई खोज्थें । मैले कुनै एकदिनपनि त्यो कोठामा आमालाई नखोजि
र नभेटि अन्त लाग्दैन थिएँ ।
त्यसपछि
....
फेरि
अर्को एक सामान्य दिनमा मैले त्यहाँ जाँदा सदाझैं पश्चिम उत्तर कुनाको त्यो कोठामा
आमालाई पाईन ... कोठामा परिबर्तन हरु भएछन् । त्यहाँ सँधै बसिरहनु हुने आमा मैले
पाईन ।
त्यसपछि
मैले सरासर जाँदा फेरि कहिलै पश्चिम उत्तर कुनाको त्यो कोठातिर ध्यान दिईन... मलाई
थाहा थियो मेरो आमा अब हुनुहुन्न ।
Labels: संझना


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home