Wednesday, December 28, 2016

मुस्ताङ्ग - यात्रा संस्मरण-2073-मंसिर-20


I know you are, Mr. Rujan Neupane” । - चोरि औंलाले, बन्दुक जस्तो अबस्थाको ऊनको हात म भएतिर तेर्साउँदै यो भन्दै गर्दा ऊनको अनुहारको मोहित अभिब्यक्ती जुन थियो त्यो शब्दबाट ब्यक्त नहुने कुरा हो । ऊनको त्यो चञ्चलता र नशाको मादबाट प्रष्फुटित सामिप्यताले मलाई अगिदेखिबाट मेरा बिद्यार्थिहरुले गराई रहेको रमाईलोबाट पुर्ण ध्यान ऊनितिर केन्द्रित गराउन थाल्यो । 

त्यो बन्दुकबाट गोलि नआउने कुरामा म निश्चिन्त थिए तर नङले मेरो आखाँ घोच्न सक्ने कुरामा चाँहि म पुर्ण सचेत थिएँ ।  कहिबेर अगाडि मात्रै “हाम्रो बसका केटिहरु अतिनै भगलर भए, पानिमा भोड्का मिसेर पिएछन्” भन्दै म बसेको माईक्रो बस तिर ऊक्लिएकि ति होचि, मोटि, भद्दा देखिने, चारपाटे ठुलो रातो रङ्गको फ्रेम भएको चश्मा लगाएकि, झट्ट हेर्दा खासै आकर्षक नलाग्ने त्यो केटि एकाएक एति स्वरुप लाग्न थाल्छ भन्ने कल्पनै थिएन ।

अन्तिम दुईमहिना देखि मार्केटिङ्गको अति सामान्य अनि आधारभुत तत्व 4ps अफ मार्केटिङ्ग पढाएर, आफ्ना बिद्यार्थिले एक तत्व पनि भन्न नजानि रहेको अबस्थामा ऊनले आफैंले “तपाँई मार्केटिङ्गको टिचर होईन?” भन्दै भुटुटु मार्केटिङ्गको संझना भएजति अनि नशाबाट बाहिरिएर संझनामा लेराउन सकेको जति कुराहरु भन्न थालिन् । एक मार्केटिङगको लेक्चररलाई यो भन्दा बढि के चाहिन्थ्यो, उनलाई बोल्ने प्रशस्त समय दिएर मैले एकोहोरो सुनिरहें । 

तेतिकैमा मेरो क्लासको बिद्यार्थि फस्ट बोईले बिचमा प्वाक्क Production भनिदियो, Production word भुईमा झर्न नपाउँदै, Production होईन Product भनिन् ऊनले । नशामा चुर भएको बेलामा पनि एक एक शब्दको ख्याल थियो ऊनलाई । त्यसपछि मलाई फेरि एकपटक BBA को बिद्यार्थिलाई पढाउन उत्सुकता जागेर आएको थियो ।

“.......... is my boyfriend, I am his girlfriendभन्दै जुन हर्कतहरु गरिरहेकि थिईन, त्यो सब मेरो लागि पहिलो पटक देखिएको अनुभब थियो । मेरो अर्थपुर्ण र असमञ्जस हेराईको क्रमलाई देखेर, मेरो अर्को बिद्यार्थिले “सर ऊनिहरु कपल हुन” भनेर मेरो हेराईको क्रमभंगता लाई टुटाउन खोज्दै थियो ।

उ सँगै सँगै आएकि,  सेतो लुगा र कालो प्यान्टको कम्बिनेसमा केहि  मोटि देखिएकि आकर्षक देखिने केटि केहि अप्ठेरो मान्दै कम मात्रै बोलिरहेकि थिईन तर ऊनि पनि तेहि प्यारो चटपटे स्वभाभको केटिको बेस्टफ्रेन्ड भएपछि बास्तबमा कम बोल्ने चाँहि पक्कै होईन भन्ने कुरामामा पुर्ण बिश्वस्त थिएँ । पछि मैले यो यात्रा संस्मरण लेख्ने बेला सम्ममा उसलाई केहि धेरै चिनिसकेको छु ।

अगाडि भेटेजति सबै नशाको प्याकहरु, कसै सँग मागेर, कसैको जबरजस्ति लुटेर एकै-एकै पटक मा निलेपछि अब नशा शिखरमा थियो । यो बिचमा “यु आर मार्केटिङ्ग सर, यु आर रुजन न्यौपाने” कयौं पटक भन्दै थिईन, आफ्नो नाम उच्चारण गरेर कसैले बोलाई दियो भने पुर्ण मोहित हुने मेरो बानि कायमै छ त्येसैले त्यो दिनपनि म यो बाट मुक्त हुन सकिन ।

फोटो र भिडियोमा बाहेक कहिलै कुनै कटिहरुले त्यो जोड सँग हुक्का तान्तै धुँवा उडाएको र नशाको मातहरु मैले कहिलै देखेको थिईन । पहिलो अनुभब भएर होला म खुब सँग कथाहरु बुन्दै थिएँ । तर यो बिचमा समयले निकै ठुलो कोल्टे फेरेछ । अति ठुलो असामाजिक कार्य लाग्ने कुराहरु सामान्यझैं भईसकेका रहेछन् , तर जतिनै सामान्य भएनि मेरो ब्यक्तिगत जिबनको लागि चाँहि मेरो पुर्बजहरुको सामाजिक ब्यबस्था, संस्कार प्यारो छ तर एसो भन्दैमा म कुनै ऊदाराणार्थ “छाउपडि” जस्ता सामाजिक कुसंस्कृतिको पक्षपोषण गर्ने “अति पुरुष” होईन  ।

म बिद्यार्थिहरु सहित छ दिने मुस्ताङ्ग ‘SO CALLED शैक्षिक’ भ्रमणमा  थिएँ । बिश्वबिद्यालयको आँगिक कलेजमा पढाउने म लेक्चररलाई, उक्त कलेजको आधिकारिक भ्रमणमा प्रशासनबाट खबर तथा कुनै निम्तो थिएन यद्यपि मेरो बिद्यार्थिहरुको प्यारो सामिप्यता र चाहानाको महत्वलाई बुझेर कदर गर्दै मैले बिना निम्ता, अबहेलना को बिच मेरो बिद्यार्थिहरुको लागि उक्त भ्रमण जाने निर्णय गरें । मलाई त्यो तेह्र हजारको शुल्क तिर्नुपर्ने भ्रमण सित्तैंमा चाहिएको चाँहि पटक्कै थिएन ।
Tour to Mustang ( Modern Nepal College )
Tour to Mustang ( Modern Nepal College )
कलेज प्रशानले BBS को बिद्यर्थिहरुलाई पनि बिद्यार्थि हुन् भन्ने कदर गर्न मैले पढेको बेला देखिनै नजानेको मैले महशुस गरेको थिएँ । एउटा शैक्षिक संस्थाको लागि बिद्यार्थिहरु सबै समान हुन्छन्, तर ब्यबसायिक संगठको लागि केहि असमान हुनु अनौठो होईन । अब शैशिक संस्था हुने वा ब्यबसायिक संस्था हुने छनौट आफ्नै कार्य शैलिबाट दर्शित हुन्छ । त्येसैले भ्रमणको लागि निम्ता नपाएको म BBS को शिक्षक भएकाले म मेरा बिद्यार्थिहरु सहित सँगै भएको आरामदाई बसको तुलनामा असजिलो सानो बसमा बस्न बाध्य थिएँ ।


भ्रमणको बारेमा निम्ता, जानकारि तथा अन्य केहि सल्लाहा तथा आधिकारिक मिटिङ्ग गर्न नपरेको प्रशासनको तर्फबाट होला संभबत गाडि गुड्नु भन्दा केहि मिनेट पहिले, “यो बिद्यार्थिहरुको लिस्ट, पाँच जना केटा, तिन जना केटि” भन्दै नाम र नम्बर मात्रै भएको अति सामान्य काजग हातमा थमाईयो । मैले टाउको हल्लाउँदै लिईदिएँ किनकि टुरको शुरुवातको बिहानिमै मैले किन सबैको हर्षलाई छिन्नु ।

यद्यपि त्यो साँघुरो माईक्रो बसमा मेरो आफ्नो बिद्यार्थिहरुको हर्ष, उल्लास, म प्रतिको अति सामिप्यता र सँग सँगै ऊनको प्रबेश, नशाको हर्ष र सामिप्यताले मेरो त्यसदिनको बाग्लुङ्ग सम्मको यात्रा निकै उल्लसित भएको थियो । 
My BBS Students, Manita, Bimal, Hari, Nisha, Sita, Ashish, Sanjya (Left to right )
रिभरसाईड रेष्टुरेन्टमा लन्चको लागि गाडि अडियो, दुई बर्ष अगाडि त्येहि रेष्टुरेन्टमा खाना खाएपछि, पोखरायात्रा भरि पखला चलेको फेरि याद भयो, तेसैले यसपटक पनि लन्च गर्नु कि नगर्नु भयो तर भोक भन्दा ठुलो अरु के हुन सक्थ्यो र ।


पहिलो रात बाग्लुङ्ग मा बसिदै छ रे भनेर मैले मेरो बिद्यार्थिबाटै थाहा पाउनु पर्ने म  प्रशासनबाट अबहेलित लेक्चरर थिएँ ।  बिहान सात बजे बागबजार बाट यात्रा शुर गरेका हामि, बागलुङ्ग साँझ आठ बजेतिर पुग्यौं । 

Students Waiting for Hotel Room on Baglung | Samriddhi, sita, nisha, sanjaya, bimal, ashish, hari, manita

आफुलाई ठुलो पिर चाँहि एउटै कोठामा जतिजना बसेपनि, सुत्ने बिछ्यौना चाँहि एक्लै भईदिए हुने भन्ने पिर थियो । हुनत म टुर जानु भन्दा एकदिन अगाडि ठमेल गएको थिएँ स्लिपिङ्ग ब्याग किन्नलाई, तर अठ्ठाईस हजार मुल्य सुनेपछि पसलबाट भागेको थिएँ । J तेसैले जस्तो मिल्छ तेस्तैमा सुत्नलाई मानशिक रुपमा चाँहि तयारि थिएँ । 



 त्यसरात मैले मनकामनामा मेरो पुर्ब क्रसलाई संझिदै किनेको एउटा सामान्य औंठि हराएछु । मेरो दाजुले भन्ने गरेको जस्तो यो अब्यक्त संकेत पनि हुन सक्छ कि मेरो पुर्ब क्रसलाई अरु कसैले धेरै उपहार दिन थालिसक्यो होला तेसैले त्यो मेरो औंठि पनि हराएको । 


राति मेरो बिद्यार्थिको जन्मदिन रहेछ । जन्मदिने ठिटो बाहेक बाँकि कसैलाई खासै हर्ष नभएको मैले अनुभुति गरिरहेको थिएँ । यद्यपि सबैले साथ दिएको कुरालाई भुल्न हुँदैन । ऊनि चाँहि उनको बोईफ्रेन्डको हेरचाहमा जन्मदिने ठिटोको केक सेलिब्रेसन भन्दा निकै पहिले निदाएको जस्तो देखिएकि थिइन्। 

नशामा मस्त चुर भएर लडेका ठिठाहरुको बिझोग बाट म छिट्टै निन्द्रा बाट ब्युँझिएर, नित्यकर्म सकाएर ढोकाबाट बाहिर निस्किदा, बाग्लुङ्गको ठन्डिमा नुहाएर निस्किईसकेकि  उको र मेरो भेट ठ्याक्कै ऊहि समयमा भयो जतिबेला मैले हाम्रो कोठाको ढोका ऊघारेको थिएँ, तेसैले उनले मेरो मन फेरि एकपटक जितिन किनकि पढाई सँगसँगै नित्य जिनबशैलि पनि तेतिकै ठिकठाक रहेछ । 

 “DSLR- Digital Single Lens Reflect” “मलाई DSLR को फुल फर्म थाहा छ” । हिजो यो सब सुन्दै गर्दा मैले अनुमान लगाई सकेको थिएँ कि ऊनलाई DSLR किन्ने ईच्छाले यो सब कुरा खोज गराएको थियो । मैल अघिल्ले दिननै निर्णय गरिसकेको थिएँ कि जसलाइ कुनै कुरामा यति मोह छ भने मैले सहयोग गर्दैमा केहि बिग्रिदैन, आखिर म एक अबहेलित लेक्चरर थिए कलेज प्रशासनको तर्फबाट तेसैले मैले जो कोहिलाई साथि बनाउने सक्थें टुर अबधिभरि । तेसै अनुसार मैले यात्रा अबधिभर ऊनको धेरै तस्बिरहरु आफुले जानेजति प्रयास गरेर लिएँ ।   

दोस्रो दिन, आज हामि घासामा लन्च गर्ने र जोमसोममा बास बस्ने योजना थियो । बाग्लुङ्ग देखि जोमसोमको बाटोको दुरी पटक्कै धेरै होईन तर बाटो अति असजिलो भएकोले पुरा दिन गाडि चढ्नु पर्ने रहेछ । बाटोमा झरिदिएको पहिरोले हाम्रो यात्रामा अबरोध आयो, तर सबै प्रफुल्लित बिद्यार्थिहरुको माझमा त्यो बाटोमा आएको अबरोधले यात्रालाई कत्तिपनि दु:खी बनाउनै सकेन । हामि हिड्दै तातोपानि भन्ने ठाँऊमा गएर कयौं घन्टा बितायौं  । हामिले अतिनै नमिठो चाउचाउ लाई लन्चको रुपमा लिनु पर्यो, आखिर बिकल्प पनि त केहि थिएन त । तातोपानि भन्ने ठाऊँमा बाटो अबरोध खुल्नलाई पर्खिने समय सम्ममा, हामिले कालिगन्डगिको किनारामा केहि तस्बिरहरु लियौं ।

Student photo on Tatopani, kaligandai River
पाँच बजेतिर आधिकारिक लन्च लिन बस्दा ठुला महाभारत पर्बतको बिचको डोलमा, कालिगन्डगिको किनारामा रहेको त्यो घासा भन्ने त्यो ठाउँमा करिब अँध्यारो हुन थालिसकेको थियो । अहिले त सल्लाका कोणधारि बनस्पतिहरुले ढाक्न थालिसकेका रहेछन त्यस महाभारत पर्बतहरुलाई, जहाँ कुनै समय हिमपात हुने गर्दथ्यो रे । 


साँझको अँध्यारो, पहिलो पटक यात्रा गर्दै गरेको बाटो अनि हिमालि चिसोको महशुस हुन थालेको त्यो साँझ बसमा बिद्यार्थिहरुले खुब सँग अन्ताक्षरि खेलिरहेका थिएँ । मैले पनि सँगै गाईरहेको थिएँ किनकि म पनि सँगै रमाई रहेको थिएँ । 

अर्को ग्रुप तर्फबाट अन्ताक्षर बाट हरेक पटक गित शुरु गर्ने  ऊनिनै थीईन भन्ने मैले उनको हालसालै परिचित स्वरबाट अडकल लगाएको थिएँ । अहो ! गितमा पनि तेतिनै स्मार्ट । नाच्न पनि खुब रहर लाग्छ अनि कम्पिटिसन गर्नु पर्छ भनेर भन्दै गरेको अघिल्लो दिन माईक्रो बसमा याद गरेको थिएँ । पढाईमा अब्बल हुनाको साथै लेडिज सेन्न अफ हुयुमर पनि तेतिकै मात्रामा रहेछ भन्ने कुराहरु थाहा पाएँ ।

एक पुरुषलाई यि सबैकुराहरुले मोहित पार्नु अति सामान्य कुरा थियो । यदि मेरो मन कसैले छिन्न भिन्न पारेर नगईदिएको भए म दृढताका साथ यो भन्न सक्छुकि म यो पटक पनि फेरि मायामा पर्ने थिएँ तर ऊनलाई धन्यबाद अन्तिम पटक यति छिन्नभिन्न पारिदिएकि छिन् कि मानौ बाँच्नु सब बेकार हो ।

घासा र जोमसोम बिचको कुनै अनकन्टार, निकै फराकिलो फैलिएको  कालिगन्डगि बगरको त्यो जुनेलि रातमा, नजिकै टल्किएको हिउँ देखिएको हिमाल तिर फर्किदै बिशाल कमोठमा शुशू गर्दा चाँहि बढा मजा भयो ।


राति आठ बजेतिर हामि जोमसोम पुग्यौं । होटलको लबि देख्दा आनन्द दायक थियो । अघिल्ला दिनहरुमा जस्तै होटलको कोठाहरु को भागबन्डा हुँदै थियो, कलेज प्रशासनबाट वास्ता नगरिएको मेरो लागि कहिलै कुनै होटलमा कोठाको ब्यबस्था भएन, मेरा बिद्यार्थिहरुको मायाले मैले उनिहरुकै कोठा तिर वा अन्य बिकल्प खोज्नु पर्दथ्यो । 

ट्राभल एजेन्सि [ REFLECTION HIMALAYAN TOURS AND TRAVEL PVT. LTD (www.ghumnajau.com) ] को तर्फबाट ब्यबसायिक टुर गाईड चारजना रहेछन्  । संयोगबस त्यसमध्ये एकजाना मेरो साथि नै रहेछ । होटलको त्यो आनन्ददायक लबिमा उसले “मेरो आज जन्मदिन हो” भन्दै सबैको ध्याउ ऊतिर आकर्षित गर्न खोज्यो । ऊसले भोलिपल्टको लागि यात्रा ब्रिफिङ्ग गर्न खोजेको रहेछ । सबैले ऊसको कुरा ध्यानपुर्बक सुनिरहेको देखियो । अन्तमा ऊसले बिद्यार्थिहरुलाई रक्सि उपहार दियो ।

साथिभाई बिचमा रक्सि उपहार दिनु त सामान्य हुनसक्छ तर ट्राभल एजेन्सिको तर्फबाट, शैक्षिक भ्रमण नामाकरण गरेर हिडिएको टुरमा र अझ म्यानेज्मेन्टले जानि जानि ७०% स्त्रि बिद्यार्थि भर्ना गर्ने कलेजमा  आधिकारिक रुपमा रक्सि उपहार दिनु, रक्सि को नशाको संस्कार थप गर्नु खासै उचित कुरा थिएन  जस्तो मेरो बुझाई हो ।

ब्यैक्तिक स्वतन्त्रता र संगठानिक मर्यादा दुइ  नितान्त अलग बिषय हुन जसलाई सुझबुझ पुर्ण रुपले परिभासित गर्नु पर्दछ ।

त्यो रात मैले बिल्कुलै नयाँ अनुभब गरें । राजनितिक कसरतले गर्दा जातियताको कुरा गर्न बन्देज गर्ने  कानुन बनेतापनि, जातियताले जहिलै भिन्न अर्थ राखेको हुन्छ । तेसैले मैले सँधै पुरा नाम सोध्ने गर्दछु । सबै बाहुन अनुहार देखिने केटिहरु नशाको घुड्को लिईरहेका थिए । हुक्काबाट कुईरिमण्डल धूँवा निकालिरहेका थिए  । मस्त नाचिरहेका थिए

मेरो एउटा केटि बिद्यार्थि, नशाको शुरमा घन्टौं देखि एउटा केटाको जिउमा झुन्डिई रहेकि थिई । लिप्सिई रहेकि थिई । हग्नेलाई भन्दा देख्नेलाई लाज भएको हामि मध्ये कोहि कोहिले अनुभब गरिसकेको थियौं ।

कलेजका सरहरु भनिएका यात्रा शुरु गरेको दिन देखि चरेसको डल्ला कोट्याउँदै चिलिम बनाउने अनि तान्नेमा ब्यस्त थिए । उनिहरुको आफ्नै संसार थियो । ऊनिहरुको बारेमा यो भन्दा धेरै लेखेर मेरो समय बर्बाद गर्दै तिनिहरुलाई संझिन चाहान्न ।

मैले सबैलाई साथ दिँदै थिएँ, यसबिचमा मैले ऊको नाचको भिडियो खिचें । भिडियो सजिब हुन्छ तेसैले मैले एउटा भिडियो पनि बनाउने निर्णय गरें । मैले मरो पुर्ब क्रस(माया) को एउटा भिडियो दिनमा ९४ पटक हेरेको छु  ।  किनकि त्यसमा ऊनि चलायमान हुन्थिन जुन फोटोमा हुँदैन  थियो ।

त्यो रात मेरो लागि जिबनकै दु:खदायि रात भन्यो । “अरुको नुन खान गाह्रो हुन्छ” भन्थे हो रहेछ । मैले धेरै बिकल्पहरु सोचेको थिएँ, कि पुसिल बोलाएर चरेस सहित समात्न लगाईदिँउ या अन्य अन्य तर मैले पुलिसलाई पनि राम्रो चिनेको छु तेसैले मेरो यो संसारमा मेरो बाबा,आमा दाजु, भाउजु बाहेक कोहि छैन भन्ने मैले प्रष्ट बुझेको थिएँ, तेसैले त्यस रात मैले जोमसोमबाट प्लेन लिएर काठमाडौं फर्कने निर्णय गरेको थिएँ, टुर गाईड निर सारु जि को सल्लाहा अनुरुप मैले यात्रा निरन्तर गरिदिएँ तर पछि यो लेख्दै गर्दा मेरो दाजुको अनुसार मैले टुर तेहि दिन टुङ्गयाउनै पर्थ्यो । के गर्नु मेरो एउटै मात्र साथि सँग तेति सजिलै फोनमा झट्ट कुरा गर्न मिल्दैन किनकि उ अलि पर बस्ने गर्दछ ।

मेरो पुर्ब क्रस(माया)ले भन्ने गर्थि, “तिमिले म जस्तो ज्ञानि केटि त टेलिस्कोप लगाएर पनि पाउँदैनौ” । तर मैले आज यो लेख्दै गर्दा तिमि कति ज्ञानि छौ, कहाँ छौ, के गर्दै छौ मलाई केहि थाहा छैन अनि मैले तेस्तो ज्ञानि केटिलाई चाहेको थिएँ तर मैले चाहेर मात्रै के हुने रहेछर त ?  आज म त तिमिले भन्ने अज्ञानि अनि संस्कृति लाई  अलि भुल्दै गरेका केटिहरुको माझमा, नालायक म्यानेजमेन्ट र केहि प्यारा बिद्यार्थिहरु सँग हिँड्दैछु  । तिमि साथ भईदिएको भए प्रकृतिको यति मनोरम छटाले भरिपुर्ण त्यस ठाँउमा तिमि सँगै पक्कै हिँड्ने थिएँ, तेसो गर्न पाएको भए म साँच्चैनै हर्षित हुने थिएँ । मैले तिम्रो हजारौं फोटि खिच्ने थिएँ । मैले तिमिलाई कति माया गर्ने थिएँ ।

हिजोरातको असभ्य केहि मानिसको आक्षेपले गर्दा म बिहान ऊनलाई सिधा आँखाले हेर्न पनि नसक्ने अबस्थामा थिएँ । कति कुपुर छ हाम्रो समाज । म तेसै ओशो प्रति अन्धभक्त होईन । ओशोले भन्ने गरेका थि “एउटै सत्य सेक्स हो” । हो मैले पनि धेरै बुझैर नै ओशो र जे कृष्ण मुर्तिलाई पछ्याएको ।

अन्डा र चनाको नास्ता पछि भारि ठिक पारेर बाहिर निस्किँदा थाहा पाएँकि म हिजो बेलुका ठ्याक्कै जोमसोम एयरपोर्ट अगाडि होटमा बसेको रहेछु । त्यहाँबाट देखिने निलगिरि हिमालमा परेको घामको पहिलो झुल्को क्यामेरामा कैद गर्दा बडो रोमान्चित महशुस गरें । मन बहलाउन एसो एयरपोर्टतिर बरालिएँ ।

Nilgiri Mountain, Jomshom, Nepal
अघिल्लो दिन गाईडले भनेका थिएँ, “यतातिर आईपुगेपछि आफ्नो साथि, एहि गाडि भनेर नरोज्नु जहाँ मिल्छ त्येहिँ बस्नु” तेसै अनुरुप करिब बिस मिनेटको हिँडाई पछि कालिगण्डगी तरेर हामि बस चढ्ने ठाँउमा आई पुग्यौं  र मैले जुन बस देखें तेसैमा चढि हालें । मैले अगाडि तिरको बर्नेट रोज्दै थीएँ किनकि तेसो गर्दा कसैलाई डिस्टर्ब नहुने थियो तेतिकैमा “सर आउनुहोस, यहाँ” भनेको कानमा पर्यो । त्यो स्वरलाई मैले राम्रो चिन्ने भईसकेको थिएँ, त्यो स्वरमा सामिप्यताको महशुस भईसकेको थियो । संयोगबश ऊ तेहि बसमा पछाडिको सिट भन्दा एक सिट अगाडि बसिरहेकि रहिछन् । मैले सहर्ष स्विकार गरेर तेतारिर लम्किएँ । जोमसोमको ठन्डिमा अघिल्लो दिन गाईडले कपडा टन्न लगाउनु भनेकोले उनि कपडाले यसरि पुरिएकि रहिछनकि आँखापनि देखिएको थिएन किनकि चश्माको माथिको आधाभाग सम्म टोपि र तलको आधाभाग मफलरले छोपिएको थियो । संभब भएसम्मको दुरि कायम गर्दै म सँगैको सिटमा बसें ।

रोसन प्रताप र उसको प्रेमिका बसको अन्तिम सिटमा हामि भएभन्दा पछाडि आनन्दले प्रेमिका सँग प्रकृतिको यो मनोरम ठाउँमा कलेज टुरमा हिँडिरहेको देख्दा खुब लालाहित भएँ । 

अघिल्लो रातको मार्फा, वाईन अनि थरि थरि नशाको प्याकको नमिठो गन्ध बिहान बाक्लो मफलर र मास्कलाई ऊछिन्दै बाहिर आईरहेको थियो । मलाई गन्ध कत्तिपनि नराम्रो लागेन । किनकि म मेरो पुर्ब क्रस(माया)लाई भुल्ने सार्थक प्रयास खोज्दै थिएँ । यसपटक म ट्रानजेस्नल फेजमा अड्किएर यो मेरो शिलशिला बन्द गर्न चाहेको थिएँ । अनि यो ठूलो मौका साबित हुने थियो । मैले कसैको पुरा नाम अथवा थर मात्र दुई वटा अबस्थामा बोलाउने गर्दछु, कि सामान्य परिचयको प्रारम्भिक अबस्थामा या त ...

म ऊको पुरा नाम बोलाउँदै थिए अनि घरि घरि थर मात्रै । ऊ जानिजानि बेमतलबि बन्दै थिईन् । मलाई पनि निकै रमाईलो लाग्दै थियो ।  तर साँच्चैमा मैले अनौठो अनुभब बटुल्न पाएँ  । 
 तेस्रोदिन, आज हामि मुक्तिनाथ मन्दिर, लामो हिँडाई र कागबेनि हुँदै छुक्सांग भ्यालिमा गएर बास बस्ने योजनामा थियौं ।

मुक्तिनाथ मन्दिरको फेदि आईपुगेपछि बस रोकियो । ऊकालो चढ्नु भन्दा पहिले बिश्राम र भारि छोडेर जानको लागि अनुभबि टुर गाईडहरुले पहिलैनै होटलको प्रबन्ध गरेका रहेछन्, तेसै अनुरुप मैले मेरो भारि छोडेर आफ्नो क्यामेरा साथ लिएर, टुर गाईडबाट पहिलो पटक लेक्चरर को रपमा आथित्य सत्कार सहित प्राप्त गरेको एक कप कफि पिएर ऊकालो लागें । कोहि घोडामा गएछन् त कोहि हिँड्दै ।

रोशन प्रताप ऊसको गर्लफ्रेन रुबिसा र म बिस्तारै ऊकालो लाग्यौं । बाटोको बिचमा थुप्रै मानेहरु  बनाईएको हुने रहेछ । किन बनाईएको एस्तो भन्ने मेरो जिज्ञासामा कसैले जोडि बस्नको लागि भनेको सुनें, हतपत मैले पनि ठुलो ढूङ्गाको कापमा बढो जतनले बर्षौं सम्म टिकोस भन्ने ईच्छाले हाम्रो लागि घर बनाएँ ।

ठुलो देखिने क्यामेराबाट राम्रो फोटो आऊँछ भनेर सबैले सोच्नु सामान्य हो तर ति चमकिलो एटमसपियर भएको मुक्तिनाथ क्षेत्रमा दिनको ऊज्यालोमा सबैको आनरोईड तथा आईफोनले मेरो क्यामेराले भन्दा राम्रो फोटो खिच्न सक्ने कुरामा म दृढ निश्चिन्त थिएँ तर मैले एसो उत्तर दिएको भए फोटोपनि खिचिदिन नहुने कति ठूलो भएको भन्ने सबैले सोचिहाल्ने कुरा भयो तेसैले मैले सबैको फोटो आफुले जानेजति मिलाएर खिचिदिने प्रयत्न गरें र तेसो गर्नुमा मलाई कहिलै दु:ख, झन्झट र घमण्ड भएको थिएन ।

मैले मुक्तिनाथ मन्दिरलाई फुर्सदले अर्थपुर्ण हेर्न पाईन । तर केहि छैन, म फेरि फेरि जानेछु प्रकृतिको त्यो सोन्दर्यले भरिपुर्ण स्थलमा ।

भारि बिसाएको होटलमा हाम्रो लन्च छ भनेर टुर गाईहरुले पहिलै जानकारि गराउनु भएको थियो । बिस्तारै हामि सबै फोटो खिच्दै रमाउँदै त्यतातिर लाग्यौं । बाठो साथिहरु पहिलै होटल पुगेर लन्च गरेर घाम ताप्न थालि सकेका रहेछन्, मलाई चाँहि कहिलै यस्ताकुरा हरु याद नहुने, हर समय आफैंमा जिल्ल हराईरहने बानिले गर्दा धेरै कुरा ख्याल नै नहुने रहेछ त्यसमा पनि मुस्ताङ्गको ल्यान्डस्केप कैद गर्न पाँउदा अरु कुराहरु याद हुन सक्ने अबस्था नै थिएछ ।

आज हाम्रो यात्राको सबैभन्दा रमाईलो दिन थियो,  मुक्तिनाथ मन्दिरबाट कागबेनिसम्म हामि करिब पाँच घन्टा हिँड्दै थियौं । यो हिँडाई सबैजना सँगै हिड्नु नपर्ने, सबैले आफ्नो सुरमा बिस्तारै अगाडि बढ्दै गर्ने  र अनि आफुलाई मन लागेको साथि वा ग्रुप सँग हिड्न पाईने थियो । 

ऊसले साथिहरु सँगै जाँउ भन्ने संकेत गरिन मैले पनि खुसिसाथ हर्षित मुद्रामा अघि बढें । बिगत तिन दिन देखि २४ घन्टा लगाई रहेको ट्रेकिङ गियर अब आफैंलाई स्टिङकि लाग्न थालि सकेको थियो ।


मध्यान्न पछिको समय, बाटोमा हिँड्दै गर्दा मौसमि हिँमपातले बनाएको ऊजाड पहाड, त्यसको पार्शमा ग्लोबल वार्मिङ्ले दपेटेको हिमाल अनि प्रदुशण रहित चम्किलो निलो आकाश । म खुबै रमाएँ ।  मैले अनगिन्ति फोटोहरु खिचें ।  मैले उसको धेरै फोटोहरु खुसि खुसि खिचें । 
Hills and Mountain range from Muktinath, Nepal

बर्षात नहुने त्यो उजाड ठाउँमा पुर्बजहरुको ट्रेकिङ्ग ट्रेलमा खोलिएको मोटरबाटो जुन शासकहरुले बनाएको भौतिक संरचना “काठमाडौंको पिच” सडकमा भन्दा निकै कम मात्रै धुलो ऊडिरहेको थियो ।

म आजभोलि कमै मात्र बोलचाल गर्न थालेको छु, किनकि सबैतिर बाट ठक्कर खाईसकेपछि मानिस सँग भन्दा प्रकृति सँग रमाउन थाल्नु पर्ने रहेछ । त्यसैले मैले यो प्रकृतिले दिएको अनुपम सौन्दर्यलाई प्रत्येक पल नछुटाई हेरेर आनन्द लिईरहें । मैले फोटो खिच्ने क्रमले गर्दा होला यसबिचमा हामि सँगै हिँड्दाको साथिहरु कतै अगाडि त कतै पछाडि परिसकेका रहेछन् ।

पहिलो दिन सेतो र कालो लुगाको कम्बिनेशमा देखेकि सँगै हिड्न शुरु गरेकि ऊसकि साथि, ओरालोमा जुन तरिकाले ओर्लिँदै थिईन त्यो हुबहु मेरो पुर्ब क्रस(माया)को जस्तो बानि थियो । “ओरालोमा मेरो ब्रेकनै लाग्दैन के” एसो भन्दै गर्दा म मेरो पुर्ब क्रस(माया)लाइ संझिएर खुब भाबुक बनें  किनकि मेरो मायाले ठिक तेसै भनेकि थिई । तर कसैले मेरो भिजेको आँखा याद गरेरनन् । याद गरेर सोधेको भए तयारि उत्तर बनाई सकेको थिएँ “बालुवा पस्यो” । तेतिकैमा ऊसको साथि ब्रेक नलागेर कहाँ पुगिसकिन पत्तो भएन ।

अहिले म सँग प्रकृति अनि दुई दिन अगाडि सामान्य परिचय भएको उ सँग थिएँ ।

मैले ऊसलाई एकैछिन नहिँड्न अनि चुप रहन, र अड्किन आग्रह गरें । बच्चा बेलामा रन रन स्टप खेल्दा टक्क अड्किने जस्तैगरि हामि आ-आफ्नो ठाउँमा एकैछिन अडियौं ।

पुर्ण शुनसान....... प्रकृतिको बिशाल सौन्दर्य ..... अनि बढ्दै गरेको अपरिभाषित सामिप्यता । मैले यसलाई अर्थपुर्ण आनन्द लिए अनि त्येहि ठाँउमा तुरुन्तै छोडेर अगाडि बढें त्यसो गर्नुपर्ने कुरा मैले मेरो पुर्ब भोगाईहरुबाट राम्रो सिकेको छु ।

बेला बेलामा बाटोमा भेट हुने अनि फेरि हराउने मेरो बिद्यार्थिहरु, “सर हाम्रो चाँहि फोटो नखिच्दिने” भन्दै गर्दा मनमा बढो आनन्द आउँथ्यो कि उनिहरुले स्वच्छन्द दिलले गरेको कति मिठो आग्रह । मैले आफुले जानेजति र संभब भएसम्म मेरो प्रयास सबैलाई बराबर थियो मात्रै कोहिलाई छोडेर ।

“ऊफ! अब म हिँड्न सक्दैन” भनेको मैले कयौं पटक सुनें अनि अर्थपुर्ण पर्खिएँ । मैले ऊसलाई भएको शारिरिक थकान र असहजलाई लिकर्ट स्केलमा नाप्न लगाउँथें किनकि मैले स्त्रि शब्दहरु र भाबनामा धेरै झुक्किएको छु । त्यसो गर्दा सँगै हिँडिरहेको साथिको स्वाथ्यको राम्रो मिटरिङ्ग गर्न सकिन्थ्यो भाबनाहरु भन्दा पर हटेर ।

स्त्रिहरुलाई अति सामान्य लाग्ने स-साना कृयाकलाब मलाई चाँहि जिबनमा सँधै अर्थपुर्ण लाग्यो ।  अप्ठेरो बाटाहरुमा मैले हात समाएर ओर्लन वा ऊक्लन मद्दत गर्दा अनौठो महशुस गरिरहेको हुन्थें, मलाई अर्थपुर्ण लाग्ने स-सना कृयाकलाबहरु, जिउमै हर हेमेसा लिप्सिईरहने पुस्ताको लागि आजभोलि खासै महत्व राख्दैन । मैले महत्वपुर्ण र मिठो संझनाको रुपमा उतै मुस्ताङ्ग तिरै छोडेर आउन सफल भएकोमा म धेरै खुसि छू ।

मध्यान्नमा करिब शुरुको जस्तै ग्रुप भएर हिँडेको हामि कागबेनि पुग्दा अन्तिम भईएछ र  झमक्क भईसकेको थियो ।
kaagbeni, Mustang Nepal
कलेजको म्याडमले गोठालो जस्तो भाकामा “छिटो छिटो खाने” भनेको सुन्दै हतार हतार चिया पिएँ, कप सानो थियो तेसैले भान्छामा फेरि अर्को पटक चिया लिन गएको थिएँ, करिब दश बर्ष जतिको बच्चिले ठुलो क्यामेरा झुन्डाएर रातो ज्याकेट लगाएको मलाई पहिलेनै याद गरिसकेकि रहिछन् तेसैले ऊनले “दुध चिया त सकियो” भनिदिईन । मैले खासमा पैसा तिरेर खानको लागि माग्न गएको थिएँ । बच्चाहरुसँग पैसाको कुरा नगर्ने मेरो बानि अनुसार मैले कालो चिया भएपनि देऊन भनेर मागें ।

ऊसले कोकोनट बिस्कुट र चिया लिएर अर्को टेबलमा बसेर खाँदै गरेको मैले देखिरहेको थिएँ । दिनभर सँगै हिडेको हामि सँगै टेबलमा बसेर चिया पिउँदैमा केहि आपत्ति हुने त थिएन होला । यद्यपि म  त्यति ठुलो भिड माझमा एक्लै चिया पिईरहँदा पनि उनलाई मेरो नजिक एकैछिन बसेर चिया पिईदिने र हातमा भएको बिस्कुट खान प्रस्ताब गर्ने कुनै चेष्टा भएन । पेट सबैको एउटै थियो, भोक मलाई पनि लागेकै थियो त्यसमा पनि हेर्दा सजिलो देखिने फोटो खिच्न तेति सजिलो कुरा पनि कहिल्यै होईन ।  मेरो बिद्यार्थि अषिसहरु म देखि दु:खी भएर अहिले केहि अप्रसन्न मुद्रामा मलाई केहि वास्ता नगरि आफ्नै तालमा बसिरहेका थिए मलाई पनि त्यो संस्कार हराएको केटि भएतिर बस्न मन नभएर हर हमेशा ऊनिहरुबाट टाढा हुन बाध्य भएँ । 

त्यसैदिन हिँडेर कागबेनि आईपुगेपछि त्यहाँबाट छुक्साङ्ग फेरि बस चढेर जानु थियो । टुर गाईडले भने अनुसार जुन जिप देखें तेसैमा चढिहालें । दिनभर थाकेका केटि बिद्यार्थिहरुलाई केहि सजिलो होस भनेर जिपको पछाडितिरै बसिदिएँ । दिउँसो हिँड्दा याद गरेको चुटुक्क अनुहार परेको केटि बिद्यार्थि मेरो सिट भन्दा सामुन्ने भएको मैले अँध्यारो जिप भित्र मुसकिलले देखें । 

पैसाको मादमा हराएको कलेज ब्यबस्थापन बाट लेक्चररलाई गर्नुपर्ने सम्मान नभए पनि, चिनेका नचिनेका हरेक बिद्यार्थिले  यात्रा अबधिभर हरेक भिन्न भिन्न क्षणहरुमा “सर” भनेर आदर भाबले बोलाउँदाको पल निकै अनि निकै  मिठो हुने रहेछ ।

हो त्यो चुटुक्क अनुहार परेकि बिद्यार्थिले बोलाउँदा मैले तेस्तै अनुभब गरें  । मलाई यो लेख्दै गर्दा ऊनको नाम, ब्याच केहि याद छैन तर त्यो अँध्यारोमा देखिएको अनुहार र आदरभाब सँधेको लागि संझिएको हुनेछु ।

जिप गुड्न थालेपछि मैले जिपको छत मेरो टाउको बिचको दुरि अन्दाजि हातले नापें र अड्कल लगाएँ कि मैले मेरो टाउको ठोक्किनबाट जोगाउन निकै निहुरिएर बस्नु पर्ने हुन्छ । मैले एक नजर ऊ भएतिर पनि लगाएकै थिएँ । जिप गुडेको केहि क्षणमै फेरि रोकियो । बाटोमा फेरि सामान्य पहिरो झरेछ । कालिगन्डगिको बगरबाट दुई-चार तल्ला घर माथि जस्तो अग्लो ठाउँमा, बाटोको छेउबाट चिप्लिएमा सिधै कालिगन्डगिमा पुगिने थियो । त्यस ठाउँमा हामिलाई जिपको ड्राईभरले ओर्लिनको लागि मोर्डन नेपाल कलेजको ब्यबस्थापनले बोल्ने शैलिमा जस्तै गरि बोले । 

त्यस ठाउँमा जिपबाट ओर्लँदा चाँहि मैले निकै चिसो महशुस गरें । आधुनिक युगमा पनि कुनै जिपिस लोकेटर, डाटा प्लान, नक्सा किनेर हिँड्न नसेकेको म सँग भएको एउटै चिज आईफोनको कम्पास थियो त्यो भनि भित्र पकेटमा कता हो कता, तेसैले म घरि घरि ताराहरुको पोजिसनलाई हेरेर आफुहरु कुन दिशातिर गईरहेको छौं भनेर अन्दाज लगाउँथें ।

जोमशोममा मध्यरातमा चरेस र रक्सिको मातमा भएका असभ्यहरु सँगको घटनाले मेरो दिल चाँहि नराम्रो गरि दुखाएको थियो । एदि मेरो दाजु सँग छिट्टै सम्पर्क स्थापित भईदिएको भए ऊसले मलाई मेरो निर्णयमा साथ दिने रहेछ र म त्यतिबेला जोमसोम बाट प्लेनमा काठमाडौं आफ्नै घरमा हुने थिएँ । 

लन्ठ्याङ मन्ठ्याङ्ग ऊभिँदै गर्दा पहिरोले छेकेको बाटो खुलेको खबर आयो, हामि सबै जिपमा चढ्न पायौं । एकपटक टाउको गन्ति सहित सबै जना जिपमा चढे नचढेको हिसाब लगाएँ र ऊसको टोपिलाई पक्का नहुन्जेल सम्म हरें । 

करिब एक डेढ घन्टा गाढि चढेपछि हामि छुक्साङ्ग भ्यालि पुगेछौं । यात्रामा आज पहिलो पटक पुरै तिब्बतियन लवजको भोटे अंकल अन्टि अनि काम गर्ने भक्तपुरे केटा ध्रुब बास्ताकोटि पनि पुरै भोटे लबजमा बोल्दै गरेको सुन् पाईयो । त्यसपछि बल्ल धेरै ऊत्तरतिर आईपुगेको महशुस भयो । छुक्साङ्ग भ्यालि आईपुग्दा चाँहि अलि धेरै पर आईपुगेको महशुस भयो । 

होटलमा झुन्डिएको मेनुमा कफिको रेट पढ्दा, दर्बारमार्गको कफि भन्दा महँगो रहेछ। तर काम गर्ने हँसिलो केटा एउटै जिल्ला भक्तपुरको भाई भएकाले सह्रदयताको आधरमा  सित्तैंमा मिठो कफि खुवाए । 
बेलुकाको डिनर मुडामा बसेर अर्को मुडालाईनै टेबल बनाएर गरिदिएँ । धेरै जनालाई बनाएको भएर हो कि, कुनै दिन कतैपनि लन्च, डिनर कहिल्यै मिठो लागेन यद्यपि भोक मिठो थियो । 

होटल साहुनिले काम गर्ने केटालाई “किन फालेको ऊई यो साग तेतातिर” भन्दै चौंरिगाई बानेको भाडा माझ्ने ठाउँ नजिकै बाट फालिएको सागको बाल्टिन बोकेर भित्र लेराएको मैले देखिरहेको थिएँ, अब एकैछिनमा तेहि साग हो हाम्रो थालमा आउने भन्ने म निश्चिन्त थिएँ । नभन्दै तेहि साग भटाभट थालमा सर्भ हुन थाल्यो, पछि मैले तेहि सागलाई नचपाई कपाकप निलेको थिएँ, भोलिको लागि तागत ।


छुक्साङ्गको ठन्डा पानिले मुख कुल्ला गर्दै भिजेको हातलाई पछाडि चाकतिर पुछेपछि  फेरि एकैछिन आकाशमा ताराको पोजिसनलाई हेरेर आफ्नो घर कतातिर छ भनेर अन्दाज लगाएँ । मैले हिँडेको दिन देखि खासै घर तिर फोन गर्ने गरेको थीइन किनकि म प्रकृति सँग र घरबाट दुइचार दिन हराउन चाहान्थें । त्यस रात ताराको पोजिसन हेर्दै घरभएको दिशा अन्दाज लगाएर मैले घरमा सबैलाई संझिए, मेरो बाबा, अन्टि र जेसि । तेहि पोजिसनकै आधारमा भूमन्डलको अर्को भाग अन्दाज गरेर दाजु भाउनुलाइ पनि संझिए । तैपनि मैले घरमा फोन गरिन किनकि म अलिकि पुर्ब समयमा फर्किन चाहान्थें सँग सँगै कहिले काँहि अँग्रेजि मुभि INTO THE WILD को नक्कल गर्न मन लागथ्यो ।

रातको अनकन्टारमा प्रेत्येक दिन बास बस्न पुगेको होटको बाहिर निस्किएर आकाशतिर हेर्दै, ताराहरु को स्थितिबाट दिशाको अन्दाज लगाउँथें । कालिगन्डगि खोलामा बग्ने हिमपानिबाट निस्किएको चिसो सिरेटोलाई,  जिउमा लगाएको आधुनिक ट्रेकिङ गियरले चुनौति दिँदै, राति जुनको ऊज्यालोले हिमालमा टल्किएको हिउँलाई हेर्दै आफ्नै दुनियामा हराउनुको मजा बेग्लै हुने रहेछ । हातमा पन्जा हतपत लगाउन मन नलाग्ने मेरो बानि, त्यसरि उभिँदै गर्दा ठिराएको हातलाई छेवैबाट प्रेमिकाले आएर मायालु स्पर्श सहित दुई हातले रगडेर तातो बनाईदिँदै गरेको कल्पनामा हराउन पनि भ्याएछु ।

आज बस्ने कोठा आनन्द लाग्ने खालको पाईएको थियो । त्यसमा पनि भक्तपुरे हँसिलो भाईले म कलेजको सर हुँ भन्ने थाहा पाएर सम्मान पुर्बक कोठामा आएर सेटअप बक्स हरु अन गरेर टिभि खुलाईदिएर गएको थियो । ऊसले एसो गर्दै गर्दा मलाई ऊप्रति खुब स्नेह जागेर आयो । मैले उसलाई भक्तपुर आएको बेला मलाई फोन गर्नु भनेर मेरो कार्ड छोडेर आएको थिएँ, उसले मंसिरको २५ गते आऊछू भनेको थियो तर खै, आजसम्म फोन गरेन, ऊ यता आयो अथवा आएन मैले थाहा पउन सकिन किनकि मैले उसको नम्बर लिन चाँहि भुलेछु ।

भोलिपल्ट कालिगन्डगिको बगरमा सालिग्राम खोज्न पाईने समय हुनेछ भनेरको सुनेर म रोमान्चित थिएँ, कतै मैले मेरो आमालाई र माईलो बुवालाई शालिग्राम भेटाएर लेराईदिन सक्ने छु कि भनेर म उत्साहित थिएँ । मनमा अनेक कुराहरु खेलाउँदै, दिनभरिको हिँडाईलाई संझिदैं, फेरि एकपटम आफ्नो पुर्ब क्रस(माया) लाई मनभरि सजाउँदै, आँखा रसिलो पार्दै,  टिभि खुल्लै राखेर निदाएछु । 
Kaligandagi Bank, Chhuksang, Mustang Nepal

त्यतिकैमा केहि क्षणमै मेरा होनहार बिद्यार्थिहरु चाँहि रातिको अर्को साथिको बर्थडे सेलिब्रेसनको लागि निम्ता गर्न आइपुगेछन् । हो त्यो निम्ता, त्यो आग्रह मेरो लागि निकै महत्च राख्दथ्यो र मैले ऊनिहरुको म प्रतिको स्नेह मैले राम्रो बुझेको थिएँ । तर जोमशमको रातले मलाई निकै मर्माहत बनाएको थियो । तेसैले मैले जन्मदिनको निम्ता आग्रहलाई स्विकार गर्न सकिन । मलाई जान नपाउँदा दु:ख पक्कै लागेको थियो । 

म फेरि टिभि तेसै खुल्लै छोडेर निदाएछु । 

घाम भन्दा छिटो ऊठेर छुक्साङ्गमा मैले मेरो नित्य कर्महरु सकाएर भान्छामै पुगेर सह्रदयि हँसिलो बास्ताकोटि भाई सँग कफि पिईसकेको थिएँ । ब्रेक फास्ट लिएर मैले क्यामेरा बोकेर एता ऊता डुल्न थालि सकेको थिएँ । ऊफ! फेरि आजबाट फेरि कसैको पर्खाई गर्न थाल्ने आदन बस्न थालि सकेको रहेछ । तुरुन्तै यो उद्बेगहरुलाई बिर्को लगाएर म कालिगन्डगिको छेउतिर, याकहरु, घोडाहरु तिर गएर आफ्नो मन मोड्न थालें ।

चौथो दिन, आज हामिहरु आधादिन सम्म छुक्साङ्ग घुमेर, जोमशोम हुँदै, डुम्बालेकतिर को बाटो हिँड्दै मार्फा भन्ने ठाँउमा बास बस्ने थियौं ।

Chuksang Valley, Mustang Nepal
हामिले लन्च अगाडि सम्म खुब सँग छुक्साङ्ग भ्यालि घुम्यौं । मैले कालिगन्डगिको किनारामा शालिग्राम खोज्ने प्रयास गरें तर मैले केहि भेटिन । त्यो रातो देखिने पहाड र कालिगन्डगिलाई चाँहि मैले मेरो प्यारो लाग्ने अमेरिकाको एरिजोना, कोलोराडि, ओरिगन तिरको कानोन सँग तुलना गरें र सँग सँगै  अनगिन्ति फोटोहरु खिचें । 

गुफाहरु, गुम्बागरु, हिमनदिको बगर, सुनसान ठाउँ,  भौतिक प्रदुषण बिनाको बाताबरण, चम्किलो निलो आकाश, स्याउको बोटहरुमा टिप्न अल्छि लागेर छोडिएका स्याउहरु, रमाईला बिद्यार्थिनै बिद्यार्थिहरुको माझमा  “सर” को आदरभाब परिचय सहितको यात्रा गर्न पाउँदा मैले जिबनको अहिले सम्मकै मिठो समय बिताएको महशुस गरेको छु । 

त्यो बिहान मैले निकै राम्रो समय बिताएँ । मैले सोचेको फेभरेट लोकेसनमा जसोतसो मेरो पनि फोटो खिच्न लगाएँ । ऊसको मैले मेहेनत गरेर धेरै फोटोहरु खिचें जसलाई ठ्याक्कै टुरअगाडि DSLR किन्ने रहग जागेको थियो । पैसा नभएर त हुँदै होईन तेसैले अरुनै कारणहरु (छनौट र दुर्लभताको नियम) ले नकिनेको हुन सक्ने मेरो ब्यक्तिगत बुझाई छ । 

मेरा बिद्यार्थिहरु हिजो रातिको  जम्नदिन सेलिब्रेसनको निम्ता मैले गरेको ईन्कारले गर्दा रिसाएको मैले बुझेको थिएँ । ऊनिहरु आज फोटो खिच्नलाई आग्रह गरिरहेका थिएनन्  हुनत तेसैपनि सबैले फोटो खिच्न आग्रह गर्न कम गर्न थालिसकेका । कारण  आजभोलि म खासै धेरै बोल्न रुचाउन छाडिसकेको छ, र हँसिलो अनुहार मेरो बसमा भएको कुरा भएन, मन मात्रै हँसिलो भएर नहुने रहेछ अनुहारले पनि साथ दिनु पर्ने रहेछ ।

दिउँसो मध्यान्नमा लन्च पछि हामिहरु गाडिबाट जोमसोमको लागि हिँड्यौं  जोमशोम पुगेपछि जहाँ हामिले छोडेको ब्यागहरु लिएर दुई बिकल्प रोज्न सक्ने थियौं, एक गाडिमा मार्फा भन्ने ठाँउमा बास बस्नको लागि पुग्न पाईन्थ्यो अर्को हिँडेर डुम्बा लेक हेर्दै करिब ३ घन्टाको हिँडाई बाट मार्फा भन्ने ठाँउमै पग्ने बिकल्प थियो । मैले डुम्बा लेक हुँदै हिँडेर जाने बिकल्प रोजेंको थिएँ  । 

छुक्साङ्ग बाट जोमशोमको लागि बस रोज्ने क्रममा मैले यसपटक जानिजानि ऊ भएको बस रोजें । ऊसले पनि “सर हामि यो बसमा छौं” भनेकि थिई । आफुले जानिजानि ऊ भएको बस खोज्न जानु र निम्ता पाउनु दुबैको अपार संयोग पछि मैले त्यस बसमा अगाडिको सिट रोजेर बसें जहाँ बस्दा भर्खरै खाइएको भात कमै मात्र हलिन्थ्यो । 😆

मलाई ठुलो आक्षेप लगाउने ब्यक्ति र चोथाले ब्यबहार भएको म्याडम मेरो सँगैको सिटतिर बसेपछि चाँहि मैले मेरो हेडफोनको साहारा लिनु पर्यो । कानमा हेडफोन जोडें, ब्लुतुथको अयाप नभएकोले गित बजाउन मिलेन तैपनि मैले जोमशोम नपुग्ने बेलासम्म हेडफोन कानैमा घुसारि रहें ।

जोमशोमा आईपुगेपछि आषिस अल्छि केटाले बसको बिकल्प रोज्यो, बिमल आफ्नो प्रेमिका भएतिरै जाने निर्णय गर्यो । प्रतापले पनि आफ्नो प्रेमिका सँग मकै भटमास खाँदै बसकै बिकल्प रोज्यो । प्रतापले दिएको भटमासको मुठ्ठि ले राति बगरमा हिँड्दै गर्दा भोकलाई बिर्साउन काम गर्यो ।

डुम्बा लेक पुग्दा झमक्क भईसकेको थियो, मेरा बिद्यार्थिहरुको चाहाना अनुसारको फोटो आउने संम्भाबना थिएन, त्यसमा पनि सुर्यास्त हुने दिशा र लेक अबलोकनको दिशा एकै भएकोले फोटो खिच्न निकै कठिन कार्य थियो, जसोतसो मैले हुने सम्म प्रयास गरें ।

डुम्बा लेक पुगेर त्यताबाट मार्फातिरको रात्रि हिँडाई सँधै संझन योग्य पलहरु मध्येको एक भयो । त्यसमा पनि मेरो बिद्यार्थि हरिले गलत बाटोतिर हिँडाई दिँदाको अलमल ले रात्रि यात्रामा रोमान्चकता बढाएको थियो ।

रात्रि हिँडाईको क्रममा मैले फेरि तारालाई हेरेर कुन दिशातिर लम्कदै गरेको थियौं भनेर अनुमान लगाएँ । हामि स्याउको रक्सिको लागि प्रसिद्द ठाउँ मार्फातिर बास बस्नको लागि हिँड्दै थियौं । रोमान्चक यात्राहरु भएर हो या कसरि हो मलाई घरबाट हिँडेको दिन देखि कुनै दिन अलिकति पनि  थकान महशुस भएको थिएन । मुक्तिनाथ देखि कागबेनि सम्म पाँच घन्टा हिँडेको दिन होस या मार्फातिरको हिँडाईको दिन, मलाई कुनै दिन कत्तिपनि थकान महशुस भएन ।

मैले साथमा अति आबश्यक कुराहरु हर हमेशा बोकेर हिँडेको हुन्थें, हलुका हुने आशाले बोकेको एउटा सामान्य टर्चले चाँहि त्यो रात आधिबाटो सम्म मात्रै साथ दिन सक्यो । चश्माको पावर मैले अघिल्ले दिननै सोधेको थिएँ कि कति आँखा कमजोर छ भनेर अडकल लगाउनको लागि । रातको अन्धकारमा ढुङ्गाको बगरमा हिँड्दा असहज हुनु स्वभाबिकनै थियो, तर मेरो मनमा पनि किन तेति असहज भईरहेको हो मैले बुझ्न सकिरहेको थिईन । सामान्य परिस्थितिमा टर्चले बाटो ऊज्यालो बनाउने प्रयास गर्न बाहेक म सँग बिकल्प केहि हुन सक्दैन थियो र भएपनि गर्न मिल्दैन थियो ।

हिँड्दै गरेको बाटोको निकै पर केहि बत्तिको ऊज्यालो गुचुमुच्च परेको मैले अघिनै याद गरि सकेको थिएँ । मैले बिद्यार्थिहरुलाई यो कुरा बताईन किनकि गन्तब्य थाहा भएपछि यात्राको रोमान्चक पाटो अलि सेलाउँथ्यो । कोहि भन्दै थिए “अझै कति बेर होला हिँड्नु पर्ने” तैपनि मैले गन्तब्यको बत्ति बताईन ।

हामि हिँडेर आएको बाटो र हामि बस्ने होटल भन्दा निकै पर अगि हाम्रो झोलाहरु बोकेर आएको गाडि रोकिएको रहेछ । मैले बिद्यार्थिलाई मेरो झोला हेरिदिन आग्रह गरेको थिएँ । बिहान ऊज्यालो भएदेखि मार्फा गाँउ आईपुग्ने बेलासम्म सँगै खाएको हिडेको हामि, मार्फा गाँउ प्रबेश गर्ने बित्तिकै उ हराई सकिछन् । बसमा ब्याग लिन गएको मैले मेरो गह्रौं दुईओटा झोला साथमा बोकेर पाँचवटा प्रत्येक बसमा  ऊक्लँदै, ओर्लँदै उनलाई खोजें । ऊनि मलाई छोडेर, भन्दै नभनि आफ्नो शुरमा हराई सकेकि रहिछन् । त्यबेला चाँहि मलाइ बढो दु:ख लाग्यो । हिँड्नै अल्छि लागेर बाटैमा घरको पेटिमा बसिदिएँ । दिनभरि हिँड्दा नथाकेको म ऊनको एकैपलको ऊपेक्षा र बेवास्ताले पुरै गलित बनाई दिने रहेछ ।

पटक पटक एस्तो ऊपेक्षा, बेवास्ता हरु भोगेको मलाई यो अनौठो भने पक्कै थिएन । यसैबिच एक अर्कि  सह्रदयालु बिद्यार्थिले मेरो झोला बोक्न सहयोग गरिदिएर बास बस्ने होटलतिर हिँड्नलाई मद्दत गरिन । साह्रै दु:ख लागेर मैले ऊनलाई सुनाएँ , “मेरो सँगै हिँड्ने साथि बेपत्ता भईन, शायद राति भएर होला” ।
Tired |  back pack on Marpha village | Marpha, Nepal

ठुलो लबि भएको मार्फाको होटलले मलाई नशा लिनको लागि उत्तेजित पार्न खोज्दै थियो । आफ्नो भागमा परेको होटलको कोठामा बिश्राम लिएर, लबिको एउटा कुनामा आएर बसें । त्यो रात होटलको त्यो ठुलो टेबलको वरपर भएका बिद्यार्थिहरु बिचमा कुराहरु गर्दे गरेका टुर गाईड निर सारु जि को कुराहरु मैलै खुब ध्यानपुर्बक सुनें।   केटाहरुले त्यो दिन पनि फेरि जन्मदिन मनाए । फराकिलो त्यो टेबलमा आज मैले पनि जन्मदिनको रमाईलो मनाएँ ।

राति केटाहरुले अबेर सम्म जन्मदिन मनाई रहँदा ऊनिहरुको बोलि मात्रै भएपनि मेरो कोठामा सुनिई रहेको थियो, अरु दिनको तुलनामा आफुलाई वास्ता गर्ने बिद्यार्थिहरुको आवाज मात्रै भएनि सुन्न पाउँदा खुसि लागिरहेको थियो । म मस्त निदाएछु । मिठो निन्द्रा आएछ ।

दा झैं छिट्टै तयार भएर होटलको बा सँग एक कप कालो कफि पिईसकेर लबिको एक कुनामा बस्दै गर्दा “मान्छेलाई कहाँ कहाँ खोजे, यहाँ कुनामा आएर बसिरहेको” भन्दै गरेको ऊसको ऊपस्थिति पाएँ । बेलुका जे भएपनि बिहान फेरि मन हर्षित भईहाल्यो, आखिर सृष्टिको सबैभन्दा कोमल मन हुने पुरुष न परें ।

जेरि फिलिममा भएको हिरोईनको जस्तो फोटो चाहिएको मेरो केटि बिद्यार्थिहरुको ईच्छा बिहानिको लो लाईटमा, फ्ल्यासको उपकरण हरु बिना कसरि संभब हुन्थ्यो र । जसोतो मैले मिले जति प्रयास गरें । मलाई चाँहि मेरो गलित अनुहार, मैलो लुगा र बिहान सबेरै देखि फोटो खिच्ने जोस नभएकोले मार्फा गाँउमा फोटो खिचिएन । 

 पाँचौ दिन, आज हामिहरु मार्फाबाट दिनभरि गाडि चढेर अबेर राति पोखरा बास बस्न पुग्ने थियौं । 

बिहानको नास्ता पछि गाडि चढेर पोखरातिर जानुपर्ने नियमित टुर योजना बताएका थिए टुर गाईडहरुले । नास्ता पनि नमिठो लाग्न थालि सकेको थियो । जबरजस्ति खाईदिएँ फेरि लन्च कहाँ पुगेपछि पाईने हो ठेगान थिएन । आज यात्राको सबैभन्दा धेरै समय गाढि चढ्ने दिन थियो, मार्फा देखि पोखरा सम्म । हाम्रो नियमित लन्च घासामा थियो ।

गाढि एकैछिन गुढेको मात्रै  थियो हाम्रा  बिद्यार्थिहरु छुटेछन् । हामिले गाडि फर्काएर लिन गयौं । बिद्यार्थिहरु छोडेर हिँडेछन् भनेर रिसाउँदै गाडिमा उक्लिए । त्यपछि हामिहरु घासातिर लाग्यौं । अबत गाढिले बाटोमा गुढ्डाखेरि हल्लाउने हल्लाई पनि बानि लागि सकेको थियो । 

आजको नियम चाँहि अस्ति आउँदा  चढेकै गाढिमा चढ्नु पर्ने थियो । कपाल रातो रँगको, अनि गजब स्टाईलले काटेको, नाकमा कोठी फुलि जस्तै देखिने खलाँसि देखेर मैले  अस्ति आऊँदाको आफ्नो बस हो भनेर ठम्माएँ । टुरको करिब करिब अन्त्यतिर आईपुग्दा खल्लो लाग्न थालि सक्ने रहेछ । आफु बसेको सिटतिर घामको पार पर्न थालेपछि जिउबाट पसिना निस्कन थालेपछि, चार दिन देखि  लगाएको बाहिरि लुगा बाट निस्किएको गन्ध आफैंलाई गार्हो भएपछि लाज मानि मानि बसैमा बडि स्प्रे छर्किने निर्णय गरेर पसिनाको गन्धलाई बडि स्प्रेले जित्न बल गरें ।

हाम्रो टुर गाईडले शुरु गराएको अन्ताक्षरि खासै सफल भएन । सबैलाई खासै रुचि भएको जस्तो लागेन, झन त्यसमा पनि उसलाई झन खासै रुचि भएन । मलाई पनि आज स्वरमा स्वर थप्ने रुचि थिएन । मन नहुँदा नहुँदै पनि केहि कारणले गर्दा म मेरो बिद्यार्थिहरु बाट पर पर हुन खोजेको थिएँ त्येसैले पनि म एक्लै थिएँ ।

घासामा सामान्य समयमै लन्च गर्न रोकियौं ।
Ghasha, myagdi Nepal
दिउँसोको मध्यान्नमा ठुला महाभारत पर्बतको बिचमा रहेको त्यो डोलमा एकैछिन बिश्राम लिएर खाना खान बस्नु आनन्ददायक थियो, तर धेरै जना भएर हो कि के हो , होटलले सर्भ गरेको खाना देखेर मनै दिक्दारि हुने । उसले तेसै एक्लै ऊभिइरहेको देखेर, “सर बस्नुहोस , खाने होईन” भनि मैले हुन्छ भनेर तुरुन्तै बसिहालें । ह्यान्ड स्यानिटाईजर दलेर भात कुर्दै गर्दा , आफु भन्दा सामुन्नेमा बसेकि निक्कै चुटुक्क अनुहार भएकि सानि देखिने, नम्र बोलि भएकि बिद्यार्थि उनि नै रहिछन् जसको  मैले तातोपानिमा चोरेर परबाट फोटो खिचेको थिएँ । मैले उ सँग दुई ओटा चम्मा माग्ने बाहेक अरु केहि नबोलि चुपचाप,  धेरै रौंहरु भएको साग र तरकारि हरु सँग भात खाएँ जसलाई हामिले बिदेशि चालचलन अनुसार लन्च भन्दै थियौं । एक पटक मैले झन्डै त्यहिँ बान्ता गर्न थालि सकेको थिएँ । तर बाध्यता मैले एस्तो सबै परिस्थितिलाई पचाउन सिक्नै पर्छ ।

बेनिबाट पोखरा जाँदा, पहिलो दिन काठमाडौं बाट बेनि गएको माईक्रो बसमा हामि पहिले आउँदा दिनको जस्तै सबैजना भएर पोखरातिर गयौं तर उनिहरु दुईजना चाँहि आज थिएनन्  । हामिले डिरिममम्मस फिलिम हेर्दै गयौं, डिरिम्स फिलिमलाई खुब जिस्कयाउँदै पोखरा गयौं ।

आज पोखरामा बेलुकाको समय बिताउन सबै बिद्यार्थिहरु खुब हौसिएका थिए । मेरो बिद्यार्थि आषिश गएको दिन देखिनै  प्रत्येक दिन बेलुका बर्थडे सेलिब्रेसन गर्दै थियो । आज पोखरामा पनि फेरि उ बर्थडे सेलिब्रेट गर्दै थियो । उसले मलाई न्यानो निम्ता गर्न कुनै दिन छुटाएको थिएन । यसको लागि म निकै खुसि र आभारि छु ।

म चाँहि जोमशोमको हावाले फुटेको ओठमा लगाउने चिपिस्टिक किन्न पसल पाईने भयो भनेर दङ्ग थिएँ ।  मलाई रात्रि जिबनशैलिको मनोरञ्जनमा खासै रुचि थिएन त्यसैले मैले होटलमै छिट्टै निदाउने बिचार गरेको थिएँ ।
बेनिबाट पोखरा आईपुगेर होटलको लबिमा बस्दै गर्दा झट्ट सुनें  “आज त ईन्जोव्याए गर्ने दिन हो” । “खईरे छन् कि छैनन आज यहाँ?” । “छैनन्” । “तेसो भए त झन ढुक्क भयो” । 

एस्तो कुरा गर्दे गरेको सुने पछि मैले थपें  “होटको नियम सबैलाई एउटै हो नि, खैरे र नेपालि बिचमा कसरि फरक हुन सक्छ र?, मेरो लागि दुबै समान छन् चाहे नेपालि हुन या खैरे” । 

मैले एसो भन्दै गर्दा उताबाट ऊनले रुखो स्वरमा बोलिन “सरले अहिले सम्म एस्तो होटलमा बस्नु नै भएको छैन कि क्या हो” ।  ऊनि थिईन सोभा डङ्गोल । 

त्यसपछि एक सानो बिद्यार्थिको समुह मेरो समर्थनमा ऊनलाई गिज्याउने हाँसो हासें । मैले चाँहि मौन बस्नु नै ऊचित ठानें  । मैले ऊनलाई पहिले होटलमा बसे नबसेको, कुन, कस्तो होटलमा बसेको याबत किन बताउनु पर्यो र । ऊनको जति बिबेक थियो त्यति नै बोलिन् त्यसैले मैले सुनिरहने बिकल्प रोजें ।

साजसज्जाले भरिपुर्ण डाईनिङ्गमा सामान्य स्वादको डिनरपछि म बाहिर निस्किएँ । एकैछिन लेक तिर घुम्न जाउँकि जस्तो लागको थियो, तर बाटो पनि राम्रो थाहा नभएको, एक्लै हिँड्न मन लागेन त्यसपछि होटलमा आफ्नो भागमा परेको कोठामा गएर, रातभर बेडको आधाभागमा असजिलो गरेर सुतिरहें । 

पोखरामा भएकोले म आज सामान्य भन्दा निकै छिटो ऊठेर, नित्य कर्म सकेर, पाँच दिन देखि लगाईरहेको ट्रेकिङ्ग गियर खोलेर नयाँ लुगा लगाएँ । पाँच दिनपछि आज बिल्कुलै नयाँ भेषमा आफुलाई होटलको कोठाबाट निस्किन आँट्दै गर्दा निकै ताजा, योङ्ग र कन्फिडेन्ट महशुस गरें । टुरकै लागि भनेर एक दिन अगाडि किनेको उलन पुलओभर निकै तातो रहेछ । एउटा अति पालतो कटनको लुगा बाहिर लगाएको पुलओभरले मलाई मंसिरको ठन्डामा गर्मि गराई रहेको थियो ।

बिहानिको ऊज्यालो हुनु अगाबै होटलबाट बाहिर निस्किएर फेवातालको किनारामा आनन्दले बिचरण गरें ।
Before the Sunrise, Pokhara's Street lights... Pokhara, Nepal

धेरैदिन पछि फेरि आफ्नो फेबरेट ब्ल्याक कफि मस्तले पिएँ । साथमा सामान्य ब्रेकफास्ट पनि लिएँ । बाटोमा हिँड्दै गर्दा करिब बिस पच्चिस जना ट्याक्सि ड्राईभरले “सर कता जाने” भने । जता पनि सर भनेको सुन्दा निकै अप्ठेरो पनि महशुस हुने रहेछ  । आफुलाई अझैपनि आफु सानै छु जस्तो लाग्छ ।

ग्लोबल वार्मिङ्गले नराम्रिरि कुरुप बनाएको माछ्छापुच्छ्रे हिमालको तस्बिर लिन प्रयास गरें । एक फोटोग्राफरलाई आफुले लिएको तस्बिर कहिलै चित्त नबुझ्ने रहेछ । मलाई पनि तेस्तै हुन्छ । बिहानिको घामको झुल्को परेको माछ्छापुच्छ्रेको तस्बिर लिनलाई मैले प्रयोग गरेको क्यामेरा अहिलेको समयमा त्यति पर्याप्त क्षमताबान थिएन । तेसैले स्फुर्त महशुस गरेर पोखरातिरको सफा देखिने सडकमा हिँडिरहें ।

आफु बसेको होटलको बाटो बिर्सिएर फर्कने बेलामा एकैछिन अलमल पर्यो । तर ऊमेर सँगै बढ्ने आँटले गर्दा होटलको बाटो भुलिएतापनि कत्तिपनि हतास हुनुपर्दैन रहेछ ।

होटलको सबैभन्दा माथिल्लो तल्लाबाट एकपटक फेरि माछ्छापुच्छ्रेको तस्बिर लिने प्रयास गर्न मन लाग्यो । अलिकरि पनि कसरत नगरि आठौं तल्लामा पुग्न पाईने ईलिभेटर देख्दा देख्दै सिँडि चढ्ने झन्झट कसले गर्ने र तेसैले मैले पनि ईलिभेटर रोजें ।

आठौं तल्लामा रहेको कौसिमा बाहिर निस्कँदा एकपटक फेरि अकस्मात ऊ र ऊसको साथिहरु फोटो खिच्नमा मस्त भईरहेको देखें ।  एकपटक मनमा असजह महशुस भयो कि मैले ऊसको पिछा गरेजस्तो म ऊ भएकै बेलामा कौसिमा पुगेछु । तर तुरुन्तै मनबाट बिकृत सोचलाई हटाई हालें कि नबिराउनु नडराउनु, मैले ऊसको पिछा गरेको थिईन, म त आफ्नै शुरमा पुरै लेकसाईड फन्को मारेर माछ्छापुच्छ्रेको फोटो लिनलाइ कौसिमा ऊक्लिएको थिएँ । 

आज ऊ र ऊसको साथिहरु सबैजाना निकै चमकधमक पहिरनमा स्फुर्त महशुस गरिरहेको पाएँ ।  मैले क्यानडिड सटको लागि लेन्स ऊ भएतिर तेर्साएँ , चित्त बुझ्दो आएन ।

मेरा बिद्यार्थिहरु सँग मैले अहिले सम्मकै निकै रोमान्चक काम गरें । यात्रामा हिँडेको बेलामा मैले कहिलै साईकलिङ्ग गरेको थिईन । पोखरमा साईकल भाडामा लिएर हामिहरुले खुब सँग साईकल चलायौं ।
Memorable and lovely moment in Pokhara with my beloved students. Rujan, Roshan, Rubisha, Bimal, Sanjaya, Hari ( left to right)
तेतिकैमा मेरो एक अल्छि बिद्यार्थि अबेर सम्म सुतेर पछि बुलेट भाडामा लिएर आएछ । ऊसले बाईक भाडामा लिनलाई मलाई हौसित गरायो । पछि हामिले बाईक लिएर फेरि पोखराको फेवातालाई फन्को लगायौं । हामिले बोटिंङ्ग गरेनौं । मैले बोटिंगको केहि फोटोहरु खिच्नलाई छुटाएँ । 

एकपटक फेरि उ, उसका साथिहरु र मैले एउटै टेबलमा लन्च गर्यौं  । आज पनि मैले एक्लै खाना खानु परेन । मैले अलि छिट्टै खाईसकेर क्यामेरामा आसिसले फोटो हेर्दै गरेको रिभ्युलाई नजर लगाइ रहेको थिएँ । अकस्मात सुनें “अड्कियो” । खाना खाईरहेको एकजना केटि बेहोस भएर पल्टिनै थाल्दा सबैजना सामान्य रुपमा “अँ एस्तै हो” भन्दै आफ्नै तालमा थिए, न कोहि सहयोगको लागि तत्पर थिए न कुनै माया दया भाब ।

ऊसको बोईफ्रेन्ड मेरो बिद्यार्थिले उसलाई मद्दत गर्न पुगेको केहि पलमै म त्यहाँ पुगिसकेको थिएँ  ।

म एकदम हतास थिएँ । पाँच दिन अगाडि माईक्रो बसमा भेट भएकि केटि, यात्रा अबधिभर धेरै जसो समय सँगै भएको र अनगिन्ति पटक ति आँखाको गहिराईमा भ्युफाईन्डरको मद्दतले पुगेको र  केहि प्यारो मद्दत गरेको, ऊनलाई बेहोस भएर ढल्दै गरेको देख्दा खुबै मन आत्तिईने रहेछ । नढाटि भन्नु पर्दा माया लाग्ने रहेछ । माया ।

ति क्रुद्द आचरण भएकि कलेजको म्याडमले म भएतिर हेर्दै भनिन, “एसलाई एस्तो भई राख्छ, मोजा सुँघाईदिनु पर्ने यसलाई” ।

मैले जब यो बाक्य सुनें तब लाग्यो यो संसारमा कति क्रुर मानिसहरु छन् । मेरो मनको यो प्रश्न अनुत्तरितनै छ, हाम्रो सामाजिक चलन अनुसार ऊनको बाक्यलाई बुझ्दा ति आईमाईले उनलाई छारे रोग भएको भन्न खोजेकि थिई  । 

सबैको समय सँधै एउटै हुँदैन, त्यसैले मैले उनलाई खुब सँग मायाले सहयोग गरें । त्यसपछि ऊनले आफ्नो बोईफ्रेन्ड सँग कम्फर्ट महशुस गरेको देखेपछि मैले आफुलाई अलि समालेर पछाडि हटाएँ ।

मलाई सोध्न मन थियो “के तिमिलाई epilepsia छ र” । तर मैले ब्यक्तिगत प्रश्न सोध्ने आँट गर्न सकिन । यो प्रश्न अझैपनि बिशेष उत्तरको अपेक्षा राख्ने प्रश्न हो मेरो लागि  ।

छैठौं दिन, आज हामि लन्च पछि पोखराबाट काठमाडौं फर्किने थियौं र टुरको अन्तिम दिन थियो ।

मलाई मन पर्ने शहर पोखरामा मैले बिद्यार्थिहरु सँग रमाईलो अबिस्मरणिय क्षणहरु बिताएँ । ।

लन्चपछि हामि आज टुरको अन्तिम दिन काठमाडौं फर्किने तयारिमा थियौं । मैले आफ्नो सबै झोलाहरु साथबाट पन्छाएर एउटा क्यामेरा मात्रै लिएर बसमा बसें । मलाई सबैकुरा राम्रो महशुस भईरहेको थियो तर मनको एक कुनामा मैले मेरो बिद्यार्थिहरुलाई सेसनको बिचबाटै क्लास कन्टिन्यू गर्न  बाध्यात्मक कु- परिस्थिले सिर्जित अबस्थाले छोड्नुपर्दा दु:ख महशुस भईरहेको थियो ।


Lights near kathmandu valley
म काठमाडौं उपत्यकताको चिसो निकै टाढबाटै छिटो महशुस गर्दछु । रातको करिब आठबजेतिर काठमाडौं उपत्यकातिर आईपुग्दा, थानकोट तिर सडक छेउमा देखिने कुरुप संरचनाहरु, धुलो, तारका गुजुल्टा हरु र शताब्दिऔं सम्म एउटै बाटो बिस्तारको योजना बाट सृजित चरम अब्यबस्था देख्दा लाग्छ तुरुन्तै यो काठमाडौं बाट बसाई सरेर सँधैको लागि कुनै भौतिक समुन्नत मुलुकको अति गरिब आप्रबासि भएर बस्न गईदिउँ ।


अघिपछि काठमाडौं भ्यालि आईपुग्दा जस्तो होईन रहेछ । साथिहरु जस्तै बिद्यार्थिहरु सँग रमाईलो यात्रा सकाएर काठमाडौं आईपुग्दा चाँहि मन उल्लसित कत्तिपनि भएन । बरु ऊल्टै फर्किएर फेरि कुनै नयाँ ठाउँको लागि अर्को हप्ता भरि डुल्न जाउँ जस्तो लाग्ने रहेछ । बिमल पनि तेस्तै भन्दै थियो ।

जति अबेर आईपुगे पनि मलाई कत्तिपनि हतारो थिएन, किनकि मैले मेरो मोपेडलाई कलेज परिसरमा छोडेर गएको थिएँ तेसैले म जतिबेला भएपनि ढुक्कले घर फर्कन सक्ने थिएँ ।

कलेज गेट अगाडि यात्रा शुरु गरेकै ठाउँमा आईपुगेर हाम्रो माईक्रो बस अडियो । आफ्नो ब्याकप्याक लिएर बागबजारको सडक पेटिमा कलेज अगाडि उभिँदै गर्दा दिउँसो बिरामि भएर ढलेकि सहयात्रि उसको याद आयो ।

मैले कस्तो छ भनेर सोधेको म्याजेस ढिला देखें भनेर ढाँट कुरा गरेको जस्तो मलाई लागेको कारण के थियो भने, मैले म्यासेज गरेको केहि समय पश्चात ऊसले आफ्नो बोईफ्रेन्डलाई गरेको फोन, ऊसको बोईफ्रेन्डले रिसिभ गर्दै गर्दा मैले  देखेको थिएँ, त्येतिबेला पक्कै उसले मेरो म्यासेज त देखेको हुनु पर्ने हो तर जे होस ढिलै भएपनि म्यासेजको प्रतिउत्तर पाएकोमा खुसिनै थिएँ ।
साथिकोमा बस्छु भनेर मलाई भनेकि उसले आफ्नो बोईफ्रेन्ड र दाई सँग ट्याक्सि शेरय गरेर घरै जाने योजना बनाएको मैले निकै अगाडि थाहा पाई सकेको थिँए ।

सँगै आएको हामि मध्ये सबैजनाले आ-आफ्नो घर फर्किने बिकल्प बनाएर बाटो लागि सकेका थिएँ । हाम्रो बसमा भएको मेरो बिद्यार्थिको  प्रेमिल जोडि मध्ये केटिलाई घरबाट लिन आउनु भएको रहेछ अनि केटाले ट्याक्सो शेयर गरेर बाटो तताई सकेछ र बाँकि सबैले आ-आप्नो बाटो लागि सकेछन्  ।

यात्रा अबधिभर खुब रमाईलो गर्नु पर्छ भन्ने केटाले मलाई एकैछिन बागबजारको सडक छेउ अझै केहिबेर सँगै बसिरहन मन लागेको बेलामा ऊ आफ्नो प्रेमिकाको बस आईपुग्नको लागि प्रतिक्षा गर्दै गर्दा मलाई सँगै बस्नको लागि आग्रह गरेन । मलाई घरतिर लाग्न कत्तिपनि हतार नभएको बुझ्दा बुझ्दैपनि ऊसले मलाई सँगै बस्नलाई आग्रह गरेन । मलाई सबै बिद्यार्थिहरुलाई फेरि एकपटक यात्राको अन्त्यमा देखेर रमाईलो संझना बनाएर हिँड्न मन लागेको थियो र उसलाई पनि एकपटक देखेर बाई भन्न मन थियो ।

कसैले  चाहा नगर्दा नगर्दै लिप्सिने बानि चाँहि कहिलै भएन तेसैले अधिकांश समय एक्लै हुने गर्दछु । तर मलाई जे छ त्यसमा पुरा सन्तुष्ट छु ।

“सर बिस्तारै जानुहोस” भनेर दुई पटक भनेर बिदा दिने अल्छि र झनक्क रिसाउने आषिसको मायालाई अर्थपुर्ण लिएर मैले रातको समयमा ठुला पोकाहरु ले कसिएर मन्द गतिमा बाईकमा घरतिर फर्किएँ ।

हजार रुपैँयाको कोठामा लगेर ठोक्ने बानि भएका होला तेहि भएर तेस्तै अरुलाई पनि भन्ने कुबुद्दि  भएकाहरुको आक्षेप, “तपाँई एस्तो होटलमा पहिले कहिलै बस्नु नै भएको छैन कि कसो” ..... भन्ने अति सामान्य स्तरको बिबेक भएको बोलिचालि .... प्रत्येक दिन होटलको रुम शेयर गर्दा  बिबिस का बिद्यार्थिहरु सहित अन्तिम सम्म कुर्नुपर्ने जस्ता संझिदा निकै नरमाईलो लाग्ने र
“आफ्नो फुटप्रिन्ट मात्रै छोडेर जाने, हाम्रो सन्तततिको लागि बाताबरण जोगाई राख्ने प्रतिबद्दता“ गर्ने ब्यबसाईक टुर गाईड र कम्पनिहरुको प्रकृति संरक्षणको कदम सुन्दा, आफ्नै साथि टुर गाईड पर्नु, सबै चिने नचिनेका बिद्यार्थिहरुले गरेको आदरभाब सहितको बोलिचालि र सामिप्यता, प्रकृतिको अनुपम सौन्दर्य, आफ्नो क्लासको बिद्यार्थिहरुको म प्रतिको अनुपम चाहना, सह्रदयता, र ठट्टाहरु, र एस्तै अनगिन्ति राम्रा समयहरु सँग सँगै ऊसले आफ्नो बोईफ्रेन्डलाई छोडेर, एक्लै यात्रा गरिरहेको ‘सर’ मसँग हिँडिदिएर मैले बिताउन पाएको संझन योग्य मिठो पलहरुले यात्रा अबिस्मरणिय रह्यो ।





Tour date: 2073/08/20
Tour Place: Mustang, Nepal
Tour End: 2073/08/25



Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older