Monday, July 15, 2013

जनाबरहरुको हकहितको लागि ।

जनाबरहरुको हकहितको लागि ।
यो शहर मेरो होईन । 
झम्टेर छोप्नेहरुको हो । 
यो सडक मेरो होईन । 
कुद्नेहरुको हो । 
मत शहरमा मान्छेहरु 
देख्न छाडिसकें । 
आबेग र रफ्तारनै छ । 
यो शहर मेरै हो । 
तर म यो शहरको होईन । 
त्यो रफ्तार मेरै थियो । 
दौडाई माथि पछि परेछ । 
त्यो स्वतनत्रता मेरै थियो । 
कुल्चिएर सिनो भएछ । 
भैगो,
यो शहर मेरो होईन रहेछ । 
लम्केर कुद्नेहरुको । 
यो सडक मेरो होईन । 
कुदाउनेहरुको । 

Written by : Ruman A'mant
© Ruman A'mant











Sunday, July 14, 2013

माईक

आज भन्दा करिब ४ -५ महिना अघि , मैले नाम दिएको 'माईक' आएको थियो हाम्रो घरमा । करिब करिब मर्ने अबस्थामा अति चिसोमा हावा अनि हिऊ पर्ला जस्तो चिसो साँझमा आएर हाम्रो पिँडिमा सुतेको थियो , मैले खुवाए , तातोमा सुताए । बिस्तारै बढ्यो । मेरो जेसिकालाई कत्ति पनि मन परेको थिएन । तैपनि मैले खुवाउन छोडिन । एक दिन साथि सँग खेलेर सरुवा रोग जिउमा सल्काएर आएछ । लुतो । मैले एक जना भेटेनरि डाक्टर बोलाएर सुई दिन सकेको भए मलाई पश्चाताप हुने थियन । तर मेरो गिब अर्थतन्त्रको पैसा त ९६ = 1 . के म सँग पैसा हुन्थो र सबै भात खाँदै सकिहाल्छ नि । तर आएको दिन देखि कुनै दिन घर नछोडेको र पिँढि मा सुतेको माईक ले लुतो आएको दिन देखि अकस्मात घर छोड्यो । फर्केर जम्मा १ दिन आयो । आज मलाइ थाहा छैन माईक छ कि छैन । तर माईक लाई सम्झेर माया लाग्यो किनकि आज निकै ठुलो बर्षाद भै'रहेको छ । माईक सँधै मेरो माया। अर्को जिबनमा कुनिल घरमा भएछु भने अबश्यनै भेटेनरि डाक्टर बोलाएर सुई दिने छु ।

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older