Saturday, July 14, 2018

पशुपतिमा क्षेत्रमा एक दिन !


फोटोहरु खिचेर राख्ने तिब्र सोंखको कारणले कहिले कहिले म एसै क्यामेरा बोकेर दिनभर बरालिने गर्दछु । यसलाई फोटोग्राफरहरुका अघिल्ला पुस्ताले फोटवाल्क नाम दिएकोले मैले पनि तेहि नाम दिएको छु । “मेरो फोटो वाल्क” ।

ठुला-साना गाढिहरुको लापारबाहि तरिकाले सडकमा बेतमासमा गाडि गुडाउने शैलिहरु, त्यस शैलि र पद्दतिलाई पुस्तौंदेखि बेवास्ता र कतिपनि ध्यान नदिने ट्राफिक प्रहरिहरुको माझ, सबैभन्दा कठिन पाटो चाँहि दुबाकोट भक्तपुर देखि मोटरसाईकलमा गन्तब्य सम्म पुग्नु हुन्छ । यो मोटरसाईकल चढेर गन्तब्य पुग्ने काम मेरो लागि युद्दमा ज्यान जोगाएर भाग्दै गरेको जस्तो महशुस हुन्छ । यस्तो मानशिक अबस्था अधिकांशले महशुस गर्दछन् । एस्तो अबस्थामा पनि ट्राफिक प्रहरिको ध्यान मोटरसाईकलको ब्लुबुक 'मापसे' मा मात्र केन्द्रित भएको मेरो ठहर छ ।

अन्टि(आमा) लाई सँगै लिएर बानेश्वर बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको पश्छिम पट्टि गेटको बाटो पारि बानेश्वर पिपल बोटको छेउमा छोडेपछि मेरो बास्तबिक फोटोवाल्क शुरु भयो । 

गौशाला चोकमा देब्रेपट्टिबाट गएर दाहिने पट्टि गएँ तेसो गर्नुको कारण चाँहि बाटोमा कुनैपनि लेन मार्किङ्ग नहुनु हो । मैले किन लाईन लागेर चलाईदिनु पर्ने नि जबकि ठुला साधनले कतिपनि मानबियता देखाउनै नपर्ने ठाउँमा । प्रायस सँधै  खुईलिएको पोशाक  लगाएर चोकमा बस्ने  ट्राफिक प्रहरि देखि मलाई कहिलै श्रद्दा छैन किनकि ऊनिहरुले म सँग कहिलै पनि चालक र प्रहरि बिचको औपचारिक सम्बन्धयुक्त संस्थागत  आनिबानि देखाउने तथा शिष्टाचार युक्त बोलिचालि गरेका छैनन् ।

मेरो हेलमेट चोरि भयो भनेर अनुरोध गर्दा, कतिपनि सहानुभुति तथा सहयोग गर्न तत्पत नभएका, मेरो मोटरसाईकल रोक्न अनुरोध गर्नुको सट्टा झम्टिँदै ह्यान्डल समाउन आउने, मेरो साधनको साँचो थुत्ने लगायतका याबत किसिमको नाजायज बिभेदले भरिपुर्ण सँस्था र सँस्था सँग सम्बन्धित प्रहरिलाई मैले किन श्रद्दा देखाउनु र । मेरो तिरस्कार र रोष समग्र सँस्था, पद्दति र सँगठनात्मक ब्यबहार सँग मात्रै हो, एक मानबको रुपमा अति धुलो तथा ध्वनि प्रदुषणले युक्त स्थानमा बसेर कार्यरत कर्मचारिको लागि मानबिय साहानुभुति चाँहि सँधै रहने गर्दछ ।

पशुपति क्षेत्रको दक्षिणपट्टिको प्रबेशबाट भित्र छिर्रै गर्दा जताततै सबारि प्रबेशको लागि बन्देज गरिएको देखियो तब अडकल लगाएँ नयाँ नियम आएछ फेरि । सम्मभब भएसम्म पार्किङ्ग नलाग्ने स्थानमा मोटरसाईकल अड्याउन पाए हुने भनेर खोजें तर त्यो सम्भब नभएपछि एकातिर राखिदिएँ ।

सुन्धाराको पार्किङ्गमा हेल्मेट हराएपछि फोटोवाल्कमा जाने दिन पुरानो हेल्मेट लगाउने र बाईकमै छोड्ने नयाँ नियम शुरु भएको छ ।

पशुपति आर्यघाट नजिकै थुपारिएको मुढाहरु ।
बाङ्गोटिङ्गो, प्वाकलहरु परेका र फर्निचर र हाउजिङ्गमा काम नलाग्ने किसिमको कमसल काठहरुको मुडाहरुको थुप्रो देखेपछि अडकल भईहाल्यो आर्यघाटमा शबदहन गर्नको लागि प्रयोग गर्नको लागि ब्यबस्था गरिएको होला । त्यो बिशाल काठको ठुटोको थुप्रोले केहिछिन जिबन सोच्न बाध्य बनायो । तेहि ठुटा मध्ये कुनै ठुटोले मलाई पनि कुरिरहेको छ ।

बर्खा समय बागमतिमा बाढिआईरहेको थियो । बाढि आएपछि तेसैपनि सफा देखिने भईहाल्यो त्यसमा पनि पछिल्लो बर्षदेखि चम्किएको बागमति सफाई अभियानले होला केहि हदसम्म बागमति नदि सफा देखिएको थियो । मढारिँदै आईरहेको बागमतिको हिलो पानि र देब्रेपट्टि ढूङ्गा छापेर ब्यबस्थित बनाउन प्रयत्न गरिएको आर्यघाट र निकै पर पशुपति मन्दिरको पहेंलो छानाले त्यो ल्यान्डस्केपको सोभा बढाउन खोज्दै थियो । मैले तेहि ल्यान्डस्केपलाई १०० बर्ष अगाडिको समयमा फर्केद हेर्दा कस्तो देखिँदो हो भनेर कल्पना गरें ।

पिपलको रुखमुनि बसिरहेका केहि कालो बर्णको करिब ख्याउटे अनुहार र पातलो शरिर भएका तथा आँखाको सेतो भागहरु मैलो देखिने अधबैंशे पुरुषलाई मैले नोटिस गरिसकेको थिएँ जतिबेला म बागमतिको तिरै तिर अगाडि बढ्दै थिएँ । पिपलको फेदमुनितर ति मानिले आफु बसेको छेउमै बस्नको लागि ईशारा गर्दै मन्ध मुस्कान मतिर दिए । म एकदम सँग छक्क परें । जिबनमा पहिलो पटक कोहि अपरिचित मानिस म सँग तेसरि मुस्कुराउँदै आफुभएतिर रुखको छाहारिमा बस्नको लागि अनुरोध गर्दै थिए ।

तेतिकै दिन कटाउन बसेका होलान बागमतिको बाढि हेर्दै । ति मानिस हेर्दा झट्ट तेस्तो अशुरक्षित महशुस गर्नुपर्ने देखिएकोले गर्दा मैले सँगै रुखमुनि एकैछिन बसिदिने बिचार गर्दै ऊनिभएतिर गएँ ।

-   -  “छैन तपाँई सँग ?” ।
अ !!! .... मैले बुझिहालें । गाँजा !

मैले भने
-      “छैन” ।
-     “खै एसो तान्न पाए हुने भनेको ?” भन्दै कुरा शुरु गरे । 

मैले भनिदिएँ, म तेस्तो खाने मानिस परिन । तर खानेहरुलाई पनि हिनभाबले नहेर्ने लिबरल मानिस थिएँ  । तेसैले मैलेपनि प्रतिप्रश्न गरिदिएँ ।
-    
 “तपाँई सँधै खानेकि आकलझुकल?
ऊनले भने
-     “सँधै नभई हुन्न, कि बिहान कि त साँझमा, अहिले पनि बिहान त हानिसकेको छु, तैपनि फेरि मन लाग्यो”
पछि अडकल लगाईयो कि ति आफुपनि तान्ने अनि बेच्ने पनि गर्ने मानिस रहेछन् । ऊनले बिक्रि गर्न खोजेका रहेछन्  ।

कपाल लामो र त्यसलाई पछाडि चुल्ठा बानेको, पातलो लामै दाह्रि, भद्दा भूँडि लाग्ला भन्ने त्रासले मिलाएर खानपिन गर्दागर्दै पातलै देखिने शरिर । ऊनले अडकल लगाए होलान्, करिब मध्यान्न तिर बरालिँदै बागमतिको तिरतिर आएको यो केटो गाँजाको खोजिमा आएको होला ।

मलाई ऊनको अडकल प्रति कुनै रोष छैन । मैले त पशुपति क्षेत्रको फोटोवाल्कको बोनि राम्रो भएको महशुस गरें किनकि ऊनको त्यो एकैछिनको गफगाफले केहि पुराना दिनहरु ताजा गराईदियो । मैले ऊनिसँग हात ठाडाउँदै बिदा भएको ईशारा गरेर तेताबाट आर्यघाट हुँदै मन्दिरतिर अगाडि बढें ।
पशुपति क्षेत्रको दक्षिणी भागबाट उत्तरतिर रहेको मन्दिरलाई आर्यघाट तिरबाट हेर्दा ।

मडारिएको बाढि सँगै हिलो पानिको तिब्र बहाबमा एक अर्का अधबैंशे पुरुष नदि किनारामा पाईन्ट लगाएरै नुहाउँदै थिए । पाईन्ट लगाएर पाईन्ट बाहिर साबुन लगाउँदै नुहाउँदै गरेको मानिस देखेपछि ऊनि सँगपनि बोलौंन किन तेसो गरेको भन्दा रहेछन् भन्ने मनमा राखेर  प्वाक्क बोलिदिएँ
-     “दाई नुहाँउँदै?
-     “हो नि हेर्नुहोस न ।”

कति मिठो मुस्कान सहित प्रतिउत्तर गरे । एस्तो बिरलै पाईन्छ हाम्रो समाजमा । जति जति आर्थिक अभाबको बर्गसँग गफिन थालिन्छ तेति तेति मुस्कानहरु र सामिप्यता पाईन्छ । हुनत म पनि आर्थिक सम्पन्न बर्गत कहाँ हो र, मात्रै फरक म चाँहि बाबाले सम्पुर्ण जिबनभरको कमाईबाट सिर्जित आधुनिक घरको बाथरुममा नाङ्गै नुहाउनै मात्रै हो ।

झट्ट याद भयो परबाट दुईजना केटिहरु अगाडि बढ्दै गर्दा मैले ल्यान्डस्केप लिएको ठाउँमै अडिएर फोटो खिच्दै थिए ।  मैले सोचें जसले यो ल्यान्डस्केप फोटो खिच्न उपयुक्त छ भनेर देख्यो ऊसले पक्कै राम्रो तस्बिर खिचिदिने छ । यस्तो मनमा खेलाएर ऊनिहरु भएतिर अगाडि बढेर मैले भने
-     “मेरो एउटा फोटो खिचिदिनुहोस न” ।
सेतो टिसर्ट पहिरिएको, गर्दनमा ठुलो देखिने क्यामेरा झुन्डाएको गधा पच्चिसे देखिने केटाले गरेको अनुरोध ति केटिहरु मध्येको सेतो छाला भएकिले अगाडि बढ्दै सहर्ष स्विकारेको मैले अनुमान लगाएँ ।  किनकि मैले कुनै निश्चित केटिलाई अनुहारमा हेर्दै या तोकेर अनुरोध गरेको थिईन ।

मैले मेरो फोनले फोटो खिचिदिनको लागि फ्रेमिङ्ग सिकाएरै मात्रै मेरो फोन ऊनलाई दिएँ । मैले निकै असमञ्जस गर्दै  र बढो साबधानिले मेरो फोन ऊनको हातमा हालिदिएँ किनकि, साबधानि बेगर फोन दिउँ भने एक हात बाट अर्को हातमा दिँदा फोन भूँईमा झर्न सक्थो र अर्को मेरो असमञ्जस चाँहि यो थियो कि म ऊनले बेपरबाह मेरो हात बाट फोन लिँदै गर्दा मेरो हातहरुमा ऊनका अम्लाहरुको स्पर्शलाई रुचाईरहेको थिईन । म बनेको छु नै तेसैगरि । जसको अम्लाहरु र हत्केला महशुस गर्न चाहेको थिएँ उसले कत्तिपनि वास्ता गरिन र गरेनन् ।
 
मेरो हाल्फ पाईन्टको लेन्थमा क्रप हुनेगरि फोटो खिचि दिईछन् तर मेलै चाँहि बास्तबमा फुल लेन्थ फोटो चाहेको थिएँ नत्र म सेल्फिले काम चलाई हाल्ने थिएँनि ।  हाल्फ पाईन्टको लेन्थमा फोटो ऊनले क्रपहुने गरि खिच्नुको मनोबैज्ञानिक कारण चाँहि मेरा बाक्लै रौंहरुले भरिएका पातला र काला पिँडौंला तेति आकर्षक देखिएका हुँदैनन् । ऊनले जे गरेकि थिईन त्यो एकदम ठिक थियो मात्रै मेरो चाहाना फरक भएको हो ।

फेरि अर्को एक युबकले भने
-“दाई लिने हो?

ऊफ यो कपाल र द्हारिले त साँचिकै गँजेडि पो देखियो कि कसो ।


आर्यघाट पशुपति, काठमाडौं नेपाल । 
आर्यघाटको ढुङ्गा छापिएको, शब जलाउने ठाउँ र वरपर तुलनात्मक आकर्षक देखिएको थियो पछि थाहा पाएँकि त्यो नेपाल ईन्भेष्टमेन्ट बैंकको सहकार्य तथा सहयोगमा बनेको रहेछ । आखिर राम्रो संस्थाको सहकार्यबाट भएको कार्य भएर केहि हदसम्मको राम्रो भएको रहेछ । नेपाल ईन्भेष्टमेन्ट बैंकको धेरै कुराहरु सह्रानिय तथा तुलनात्मक गुणस्तरिय छन् । हुनत मैले यो बैंकबाट पनि दु:ख तथा ब्यग्तिगत अबहेलना, मानहानि तथा संस्थागत थ्रियटन नपाएको चाँहि होईन । यद्यपि ओलोगोपोलि मार्केटमा म यस बैंकको बिद्यमान कस्टुमरनै हुन परेको छ ।



मृत्यु संस्कार सकाएर घर फर्कन थालेका मलामिहरुको समुह । 
"ल अब जाँऊ"
"सकियो हैन त सबै" 
"गए भयो होईनत"
कति सजिलै बोलिईरहेको शब्दहरुमा मैले चाँहि सम्पुर्ण जगतको नियमलाई अर्थपुर्ण चिन्तन गर्दै थिएँ । एउटा मलामिहरुको टोलि भर्खरै आर्यघाटको मृत्यु संस्कार सकाएर घर फर्कन थालेका थिए । 


अगाडिको एउटा ठुलो भिडबाट जोड जोडको चित्कार सुनियो । मैले बुझिहालें कसैको भर्खरै मृत्यु भएको छ ।  चित्कारको तुलनात्मक चिच्याहटबाट मैले अन्दाज लगाएँकि यो कसैको सडेन डेथ हुनु पर्दछ । सामान्य चलनचल्तिको गणितिय  नियम अनुसार कसैले कम ऊमेरमा मृत्युबरण गरेको छ । यस चित्कारले मलाई पनि दु:खि बनाएरै छोड्यो ।  मैले त्यो जोड जोडले चिच्याएर रोहिरहेकि केटिलाई अर्थपुर्ण हेरें । मृतकलाई पनि हेर्ने ईच्छा भएर एसो भिडको खालि भागबाट मुस्किलले चिहाएँ ।

पशुपति मन्दिर परिसरको  पुर्बि ढोकामा राखिएको हास्यास्पद सुचना । 
पशुपति मन्दिरको आर्यघाटपटिको पुर्बि ढोका बन्द हुने गर्दछ । घडिको गणितिय नियम अनुसार ढोका खोल्ने र थुन्ने मन्दिरको चलन मलाई पटक्कै मन पर्दैन । ढोकातिर जाने सिंडिमा राखिएको नोटिस बोर्डले ध्यान आकृष्ट गर्यो ।
हिन्दुहरुलाई मात्र प्रबेश

अचम्म लाग्यो, त्यो बोर्डले कानुनको नियमलाई लत्याउँदै गरेको भान भयो  । निश्चिच समुह र ब्यक्तिहरुको चाहाना र जिद्दिले देशमा पहिलेनै धर्म निरेपेक्षता, संघियता, गणतन्त्र याबत याबत घोषणा गराईसकेका छन नि होईनर ?

“राज्य ब्यबस्थामा कुनैपनि परिबर्तन भएको होईन मात्रै ब्यक्ति र समुहहरु बदलिएका हुन्, न प्रजातन्त्र आएको न न कुनै शासन पद्दतिमा परिबर्तन न त शक्तिको बिकेन्द्रिकरण, समय भन्दा सबै कुराहरु पछाडिनै छन् ।“ – RUJAN NEUPANE ( 2075/00/00बिं सं)

मृ्त्यु सँग जुद्धै गरेको मलेवा । 
मृत्यु सबै एकै हुन । आत्मा अबर्णनिय हो । मैले त्यो सिडि नजिकै अर्को मृत्यु पनि देखें फरक एति हो कि त्यो मृत्य कसै कसैले मात्रै देखे होलान् । मलाई हरेक मृत्यु देखी डर लाग्दछ । मैले त्यो अर्को भयानक मृत्युलाई आउँदै गरेको देखें । त्यो परेवा अब केहि बेरमै मर्ने थियो । झरिले ढाडिएको झिर्ण शरिरलाई बढो बलले अढ्याउन प्रयास गर्दै थियो । मसँग त्यसलाई साहायता गर्ने कुनै बिकल्प थिएन ।


ब्रह्मनालमा मृत्यु संस्कारलाई हेर्दै गरेका मानिसहरुको फुर्सदिला समुह । 
मुख्य मृत्युलाई अरु धेरै फुर्सदिला जमातहरुले हेरिरहेका थिए । बागमति पारि मृगस्थलि पट्टिको टाकुराबाट फुर्सदिला देशि बिदेशि मानिसरहरु एकनाश हेरिरहेका थिए । मलाई पनि त्यो टाकुराबाट हेर्न मन भएर तेतातिर ऊक्लिएँ ।

पबित्र पाशुपत क्षेत्रको महत्व शब्दमा मात्रै त हो नि । मैले सार्बजनिक महत्वको स्थानहरुमा बढो अर्थपुर्ण नियाल्ने गर्दछु । त्यसपछि मलाई राम्रो अन्दाज हुन्छ कि हाम्रो हरेक क्षेत्रको प्रशासनहरुले कत्तिको मेहनत र लगनशिल भएर कार्य गर्दछन् ।  म सँग सकारात्मकता बयान गर्ने शब्दहरु छैनन् । नकारात्मकता हरुलाई औंलाएर किन आफु दु:खी हुनु ।

अनगिन्ति सोलार प्यानलहरु र अब्यबस्थित तारहरुलाई राम्रो तरिकाले फोटो लिईदिएको।
एउटा फोटोग्राफि हबिस्टको रुपमा मैले सार्बजनिक स्थलहरुमा आर्किटेक्चर फोटोग्राफि गर्दा, हमेशा तारको लठारोहरु बाट दु:खी हुनु पर्दछ । जलश्रोतको धनि देश र प्रचुर जलबिद्मुतको सम्भाब्यता भएको देशमा सार्बजनिक तथा बिश्वसम्पदा सुचिमा सुचिकृत स्थलहरुमा बिदेशि साहायतामा पाईएका सोलार बत्तिहरु जसले रातमा मलिन ऊज्यालो दिनुको साथसाथै कलाकृतिले भरिपुर्ण प्राचिन कौशललाई  छेकिरहेको हुन्छ । कहिँ कतै राखिएका फोहरको भाँडो अति बेठिक ठाउँमा राखिएका हुन्छन् । नोटिसबोर्डहरु जहिँततै कलाकृतिलाई कुरुप पार्ने गरि राखिएका हुन्छन् । यस्ता अनगिन्ति समस्याहरु मेरो आखाँले देख्ने गर्दछ जसले गर्दा मेरो Creative joy of Living गुम्ने गर्दछ ।


लेखको मु्ख्य मृत्यु । 
पारिपट्टि पुग्दा थाहा भयो, ऊनको मृत्यु ट्रिपरको ठक्करले भएको रहेछ । एस्तो दुर्घटना नहोस पनि कसरि प्रशासनलाई तथ्याङ्कहरुको आधारमा निर्णय गर्ने क्षमता कहिलै छैन । मोटरसाईकल चालकले गर्ने लापारबाहि हँकाईले दोश्रो पक्षलाई हानि हुने सम्भाबना निकै न्युन हुने गरेको छ अर्कोतिर ठुला सबारि साधनको लापारबाहिको कारण निर्दोषले ज्यान गुमाउनु परिरहेको छ यस्तो अबस्थामा ट्राफिक प्रहरिको ध्यान दूई पाङ्ग्रे अबोध साधनको खेदो गर्नु, जुध्नु या सँघर्ष गर्नुमा सिमित रहेको छ । भर्खरै यो संझना लेख्दै गर्दा मैले खबरमा पढेंकि काठमाडौं ऊपत्यकामा ट्रिपर दिनको समयमा चलाउन नपाईनेरे । के यो सहि निर्णय होला त? सहि होला अपरिपक्क बौदिक क्षमता तथा बुद्दिमताहरुको लागी, मेरो लागि होईन ।



ब्रह्मनालको लागि पालो कुर्दै गरेको अर्को शब । 
सरकारि अफिस, मन्दिरहरु, धारा, पानि, बिजुलि, टेलिफोन, केबलकार, शौचालय, ATM लगायतको स्थलहरुमा लाईनमा बसेर पालो कुर्दा कुर्दा हत्तु भएको हामिले मृत्युपछि  ब्रहम्मनालको लागि पनि पालो  कुर्नै पर्ने रहेछ । । 


पशुपति क्षेत्रमा प्रहरिले गर्ने अनौठो खेदो तथा खबरको संझना आयो जतिबेला मैले मृगस्थलि, श्लेसमान्तक बनतिर बरालिन थालें ।

सहमतिमा घुमफिर गरिरहेका जोडिहरु, बनजँगल, सार्बजनिक स्थल तथा पार्कहरुमा रमिरहेका जोडिहरुलाई प्रहरिले अश्लिल कार्यको नाममा खेदो गर्ने गरेको छ । होटलका चोटा कोठामा नग्न अबस्थामा सहमतिमा यौन सम्पर्क गरिरहेका लाई “आपत्तिजनक अबस्थामा” भेटाउँछन प्रहरिहरु ।  निकै अनौठो प्रजातन्त्र तथा मानब स्वतन्त्रता आएको छ देशमा ।

मृगस्थलि बाटिका लाई बन्द गर्न बनाईएको तारबार ।
त्यो मृगस्थलि बनलाई पुरै तारबारले घेरेर ढोका बन्द गरेर बनको सुरक्षा गरिएको रहेछ । यसले मलाई एकैछिन सोच्न बाध्य बनायो ।

रिष्ट ब्यान्ड बनाउनको लागि राखिएको Letters
लेटरहरुलाई बुनेर रिस्ट ब्यान्ड बनाउने मधिसेहरुको कला तथा ब्यापरलाई धेरैबेर हेरेर बसें । मैले पनि केहि आबश्यक लेटरहरु किनेर लिएँ । बनको मुलबाटोमा सिँडिमा छेउको बत्ति तथा तारको खम्बा ढल्किएर दुर्घटना गराउने अबस्थामा तेतिकै रहिरहेको देखें, सोचें त्यो कहिले देखि त्येस्तो अबस्थामा ढल्किरहेको होला ? प्रशासन कता छ होला?

गुह्यश्वरि मन्दिर परिसरमा पुगेर लत्रिएका तारहरु तथा खम्बा तथा ब्यानरहरुको माझ सबैभन्दा ठिक एङ्गलबाट एउटा  फोटो किल्क गरेको थिए, पर बाट चर्को सिठ्ठिको अवाज सुनियो । कालो बर्णकि महिला प्रहरि म भएतिर निधार खुम्च्याउँदै झोकिदै आईन ।
रुखो र थर्काउने स्वरमा भनिन
-     “  त्यो डिलिट गर्नुस” ।
मैले बिना शब्द उच्चारण नगरि तथा ऊनको अनुहारमै नहेरि, क्यामेराको डिसप्ले तिनितिर देखाई दिएर जाजानको अलमल गरेर डिलिट गरिदिएँ । मैले  डिलिट बटन नथिचिन्जेल ति महिला प्रहरिको सास रोकिईरहेको जस्तो भान मलाई गराउँदै थिईन, मानौ मैले भर्घरै जघन्य अपराध गरेको छु ।
चाहाना भयो भने मैले त्यो फोटो रिकभर गर्न चाँहि मजाले सक्दछु ।

एस्तै तितो याद चाँहि शसत्र प्रहरिको पेट्रोल पम्पमा करिब एक बर्ष अगाडि भोगेको छु । मैले पेट्रोल हाल्दै गर्दा पेट्रोल पम्पको मेशिन को फोटो खिचेको थिएँ । त्यो फोटो खिच्नुको कारण चाँहि त्यो मेसिन नन ईलोक्ट्रोनिल डिटिटल थियो  । सबै पेट्रोल पम्पहरुले डिटिटल मिटर राख्नु पर्ने नियम भइसकेको निकै समय पश्चात पनि प्रहरिको पम्पमा पुरानै ब्यबस्था दखेर मलाई फोटो खिच्न मन लागेर फोटो लिएँ ।

पेट्रोल हाल्दै गरेका प्रहरि झोकिदैँ र मलाई प्रहरि ब्यबहार देखाउँदै थर्काउँदै भने

“त्यो मेटिहाल्नु”
त्यो दिन मैले आईफोन बाट खिचेको थिएँ । मैले मेट्दै गरेको मेरो मोबाईलमा हेर्दै मैले मेटाई सकेपछि मात्र पेट्रोल हाल्न थालेका थिए ।
आईफोनमा डिटिटेड फोल्डर पनि हुने कुरा थाहा रहेनछ । मैले रिकभर गरें । मैले के गत्लि गरेको थीएँ र? तेसैले आज यसलाई यहाँ पब्लिस गरिदिदैँ छु, हेरौं अगाडि के के दु:ख झेल्नु पर्ने पो हो कि । त्रास छ । किनकि प्रजातन्त्र त ब्यक्तिक स्वतनत्रताको महशुस मैले चाँहि अनुभब गरेको छैन ।

पशुपति मन्दिर परिसरमा फोटो खिच्न नपाईने सुचनाले कुरुप देखिएको प्रबेशद्वार ।
पशुपति मन्दिर परिसरमा पनि फोटो खिच्न नपाईने रहेछ । म एतै ऊपत्यकामै हुर्केर पनि यस्ता ठाउँहरुमा बिरलै पुग्ने गरेको छु । पहिलो पटक थाहा भयो कि पशुपति मन्दिर परिसरमा पनि फोटो खिच्न नपाईने रहेछ । आखिर यो सब रेसट्रिक्सन किन हो ?
पशुपति मन्दिर परिसर भित्र पुग्दा पनि मेरो गर्धनमा क्यामेरा झुन्डिईनै रहेको थियो, त्यहाँ चाँहि मैले नोटिस पढिसकेको थिएँ मैले फोटो चाँहि खिच्ने थिईन, तर एक्कासि देब्रे कान पट्टि अर्को रुखो अवाज सुनियो
“त्यो क्यामेरा ब्यागमा हाल्नुस”

मलाई थाहा छैन, मेरो बुझाई गलत हो या यहाँमा मानिसले अर्को अपरिचित सँग कुरा गर्नुपर्दा शिष्टाचार, नम्रता प्रयोग गर्नु नपर्ने हो ? ढोकामा बर्दि लगाएको सँग ऊभिएको प्रहरिले मेरो गर्धनको क्यामेरा देख्दा पनि कुनै प्रतिकृया जनाएका  थिएनन् तर  त्यो बर्दि बिनाको परबसिरहेका रुखो स्वरमा मलाई थर्काएर बोल्न खोज्ने मानिस चाँहि “पशुपति क्षेत्र बिकास” को कोहि चल्तापुर्जा हुनुपर्दछ । मैले त्यो रुखो स्वरलाई नाजबाफ वास्ता नगरि मेरो क्यामेरा ब्यागमा हाल्न थालें, एसैपनि पानि पर्न थालिसेको थियो मैले मेरो क्यामेरालाई ब्यागमै हाल्नु पर्ने थियो  ।


जबकि त्यो स्थल जहाँ मलाई सुरक्षा जाँच बिना प्रबेश सम्भब छ भने तेस्तो स्थलमा मैले क्यामेरा प्रयोग गर्दिननै भन्ने कसरि ढुक्क हुन सकिन्छ र ? मैले स्पाई क्यामेरा बाट पुर्ण भिडियो तथा फोटोहरु खिच्नपनि त सक्छुहोला नि? तेतातिर ध्यान दिनपर्ने होकि ?

भैगो तेत्रो दु:ख गर्नु भन्दा फोटो खिच्न दिए भैहाल्यो नि फोटोको यो दशकमा झन मन्दिरले चर्चा तथा परिचर्चा पाउँछ नि । 

मन्दिर परिसरमा पहरा दिने सुरक्षा क्यामेरा एसबिआई ब्याङ्कको रहेछ । गर्नुपर्ने र सोच्नुपर्ने संबेदनशिल सुरक्षा बिषयमा गतिलो चतुराई चाँहि छैन हामिलाई रुखो बोलेर थर्काएर क्यामेरा पर्योग गर्न नदिएर के भयो र जे नहुन पर्ने थियो त्यो त भईनैरहेको छ त । 

पशुपति मन्दिर परिसरको मुल प्रबेशद्वार तथा सँगै रहेको बैंकको नेमबोर्ड ।
मन्दिर परिसर नजिकै बैंकको शाखा रुपि सँस्था राख्न दिनपर्ने कारण के हो मैले बुझिन । मन्दिर एक किसिमको स्थल हो, बैंक अर्को किसिमको सँगठन हो र सबैको आ-आफ्ने स्थापना स्थल हुनुपर्ने होला नि ।  तस्बिरमा पशुपतिनाथ मन्दिरको प्रबेशद्वार भन्दा सबिआई ब्याङ्कको नेम बोर्ड राम्रो देखिँदै छ।
पशुपति मन्दिर परिसरको मुल प्रबेशद्वार तथा सँगै रहेको बैंकको नेमबोर्ड ।


राम्रो बनाउन खोजिएको बँगैचाबाट रमिरहेका मानिसहरु लखटिँदै ।
मृगस्थलि जताततै घास ऊम्रिएको बनमा पनि जनताहरुले बस्न नपाउने तथा भर्खरै अलि अलि सुघ्गर तथा ब्यबस्थित बनाउन खोजिएको मन्दिर हाता प्रबेशको देब्रे पट्टिको बँगैचामा पनि ससत्र प्रहरिले बसिरहेका सबैलाई खेदो गर्दै थिए । मैले बुझिन आखिर जनताले बस्ने चाँहि कहाँ होला ?

प्रजातन्त्र आयो र ?


यो चाँहि  पाउन नसकेको प्रियसिको न्यास्रोमा हेरिने आँखाको फोकल लेन्थ ।
मृगस्थलिको सिँडिहरु ऊक्लँदै गर्दा देखिएको यि गोडाहरुले एक्कासि मेरो एक सुरको सिँडि ऊक्लाईहरुको क्रमबद्दता भङ्ग गराईदियो ।   ति गोडाहरु को छालाको चकम बेग्लै थियो । मैले यसरि यस्ता छनौट गरिएका चमकदार गोडाहरुमा ऊनको झझल्को पाउने गरेको थुप्रै बर्षहरु बितिस्यो । यद्यपि यो मेरो सामिप्यताको आशाको क्रम निरन्तर चलिरहने छ । मलाई थाहा छ, ति गोडाहरु मैले फेरि कहिलै नजिकबाट देख्न पाउने छैन । 


पशुपति परिसरमा रम्दै एक जोडि ।
प्रेमिल जोडिहरुको फोटो खिच्ने आदत भएको पनि थुप्रै बर्षहरु भईसक्यो । यि पशुपति परिसरमा आनन्दले रमाईरहेका जोडिहरुको एक अर्काको हात समाईलाई मैले क्यामेरामा कैद गरें । कति प्रेमिल बिचरण गरिरहेका छन् । जिबनमा सबैले एस्तो सौभाग्य प्राप्त नगर्ने रहेछ ।
पशुपति परिसरमा रम्दै एक जोडि ।


गुह्यश्वरि मन्दिर पट्टिबाट बागमतिलाई अबलोकन गर्दै हिँड्दै गर्दा एकैछिन बाईक पार्किंग अगाडि ऊभिएर मोबाईल चलाउँदै गर्दा एक निकै शिष्ट अधबैंशे मोटरसाईकल चालकले पार्किङ्गको लागि म ऊभिएको स्थान बाट मलाई हटिदिन आग्रह गरे । भर्खरै संस्थागत अपमानहरु खाईसकेर आएको मलाई त्यो शिष्टाचार अति प्रिय लाग्यो । ऊनले हर्न नबजाई मोटर साईकलबाट तन्किरए म भएरि ढल्कँदै कति शिष्ट भाषामा मलाई अनुरोध रहेका थिए ।  यो पुर्ण एक दिनको संस्मरणमा एहिनै एउटा हरफहोला जुन सकारात्मक संझना छ । 

 
पशुपति क्षेत्र भित्र भत्किन थाल्दै गरेको एक प्राचिन सम्पदा । 
गुगल गरेर एकर क्षेत्रफलको नापो लेखिरहनु साट्टो हचुवामा २००-३०० रोपनि क्षेत्रफल भनेर गफ ठोकिदिँदै त्यति सानो क्षेत्रफलको पशुपति क्षेत्र मा रहेका संरचना तथा कला कौशलहरुको जगेर्णा गर्न नसकिएको थुप्रै ऊदहारण हरु मैले दिनभरको हिँडाईमा अनगिन्ति पाएँ । 

मृगबाटिका को हालत । तर यहाँ प्रेमिल जोडिहरु बसे भने पुलिस लगाएर समात्ने थुन्ने तथा खेद्ने गर्नुे चलन छ ।



गुह्यश्वरिपट्टिको सफा देखिएको बागमति किनारा ।
बागमति किनारा चाँहि तुलनात्मक रुपमा निकै हद सम्म सफा देखिएको रहेछ । मैले निकै फोटोहरु खिचें । गुह्यश्वरि मन्दिरको केहि पर मुल बाटोमा थुपारिएको फोहरको थुप्रोलाई पनि क्यामेरामा कैद गरिदिएँ ।







निकै आकर्षक ढंगले टिका लगाएका सन्यासि तथा योगी रुप धारण गरेका आधुनिक मानिस बाटो छेउमा हात हेरेर भबिष्य बाँणि कामको लागि बसेका रहेछन् ।  ऊनको फोटो खिच्न मैले ऊनि सँग अनुमति मागें । अनकनाउँदै र अलिकति थोरै भयभाबमा ऊनले प्रतिउत्तर दिए
योहि रुप घारण गरेका मानिस ।
“किन खिच्नु र”
मैले बुझें, पत्रकार भनेर डराएका हुन्  तेसैले मैले तुरुन्तै बुझाउने प्रयास गर्दै भनें
“ मैले तेतिकै खिच्न खोजेको, आफुलाई राख्नको लागि, मलाई तपाँईको टिका लगाउनु भएको निकै राम्रो लाग्यो तेसैले, मलाई बिश्वास गर्नुहोस” ।

ऊनले त्यसपछि अनुमति दिए । मैले ऊनको एकै सटमा मैले जानेको ऊतकृष्ट पोटरेट खिचिहालें । हात राम्रै बस्न थालेछ ।

“किराँतेश्वर महादेब जाने बाटो” लेखिएको देखें तर अलि पर पट्टिको उचाईमा पहिले ऊक्लने निर्णय गरें । उचाईमा पुग्दा गौरिघाट पट्टिको अब्यबस्थित बसाई तथा शहरिकरण देखिन्थ्यो । एस्तो प्रकारको एरियल भ्यू ले जहिले पनि मन दु:खी बनाउँछ, किनकि आफ्नो काठमाडौंको माया छ नि हामिलाई ।
मृगस्थलिको चोटिबाट पारिपट्टि देखिएको अब्यबस्थित मानब बस्ति ।

फराकिलो मैदान, बच्चाहरु फुटबल खेल्दै गरेका, युबायुबतिहरु एसो सँगै गफिदै गरेका र बदाम, चनाचटपट को ब्यपारहरु भईरहेको त्यो ऊचाईमा मैले पनि चनाचटपट खाएर आनन्द लिएँ । चनाचटपट निकै स्वादिष्ट थियो । सुन्दरिजल घर बताउने तथा गौरिघाटतिर डेरामा बस्ने दिदले मेहनतका साथ बनाएकि थिईन ।

पशुपति मन्दिरमा स्वागत गर्न बनाईएको संरचना तथा त्यसको सँगैको तारहरुको गुजुल्टो।
पशुपतिको पुर्बि भाग हुँदै फेरि पशुपति मन्दिर परिसर भित्र छिर्नको लागि हिँड्दै गर्दा पशुपति मन्दिर ले स्वागत गरेको गेट देख्न पुगें जसको पुर्ण तस्बिरले सबै ब्यबस्थापकिय क्षमताको बयान आफैं गर्दछ । जे होस पशुपति क्षेत्रको बयान चाँहि राम्रै हुने गर्दछ ।

मन्दिर परिसरको पश्चिमि मुल गेटको शोभा केहि हदसम्म तारिफ गर्न योग्य छ । एसो बरालिँदै गर्दा छेउमै एक नेपालि दाजु अङ्ग्रेजिमा बोल्दै मलाई गाईड चाहिएको हो कि भनेर सोध्न थाले, मैले बेशुरमा “दाई म नेपाली हो, ल्याङ्ग नगर्नुहोस न” पो भन्दिएछु । कति मुर्ख म ।

एउटा घाँटिमा लगाउने लकेट किन्ने बिचारमा हेर्दै गर्दा फेरि अर्को ले पनि आएर अङ्ग्रेजिमा म सँग गफिन  थाल्यो । उसले पनि मलाई बिदेशि नै देखेछ । यस पटक झट्ट सोधिहालें
“ दाई म कुन देशको जस्तो देखिन्छु?
ऊनले भने
“ईजरालयि वा मिडल ईस्ट तिरको जस्तो”
। ढुक्क भयो धन्न म ईन्डियन जस्तो देखिनु परेन । 


प्लास्टिकका कुरुप भाँडाहरु बँगैचामा ।
यो प्लाष्टिकका आधा चिरिएको ड्रमहरु चाँहि बानरहरुको लागि पानि राखिदिएको होला तर बँगैकाको शोभा बिगार्ने कुरुप प्लाष्टिकका आधा चिरिएको ड्रमहरु भन्दा कुमालेलाई तेस्तै किसिमको माटोको आकर्षक देखिने भाँडो बनाउन लगाउन सकिन्थ्यो जसमा राखिदिएको पानि पनि चिसो हुने थियो ।


 मन्दिर परिसरमा छिर्न जुत्ता खोल्नु पर्ने नियम छ । हो भगबानलाई स्पर्श गर्दा होम वा यज्ञ यज्ञादि गर्दा जुत्ता खोल्नु सजिलो या धार्मिक हिसाबले ठीक हो तर मन्दिर परिसमा जताततै मैला भएको स्थानमा जुत्ता खोल्नु पर्ने नियम मलाई चाँहि मन पर्दैन ।
परिसर यति सफा हुनु पर्यो कि आफ्नो जुत्ता को मैला लाग्ने डरले स्वेच्छाले जुत्ता फुकाल्ने प्रेरणा मिल्नु पर्यो नि अनि पो जुत्ता खोल्ने । यसो भन्दै गर्दा भगबान प्रतिको श्रद्दा वा भक्ति कमि देखिएमा म एउटा उक्तिले मुख टालिदिने प्रयास गर्दछु “ I’m only responsible for what I say not for what you Understand”


यद्यपि छेउमै पानिको फोहराले केहि आधुनिक प्रबिधिको प्रयोग गर्दै भित्ताहरु धोईरहेका एकजना मानिसको कामले केहि सफा सुग्घरमा चासो बढाएको हो कि भन्ने भान गराउँथ्यो ।

मन्दिर परिसरमा क्यामेरा प्रयोग गर्न नपाईने थर्काउने बाणि सुन्दै स्वागत पाईयो । ठिकै छ “कुन्ड कुन्ड पानि मुन्ड  मुन्ड बुद्दि” । बुद्दिमताक एउटै गणित कसरि हुन्थ्यो र । 






चप्पलमा ऊभिएका प्रहरि । अलि नसुहाएको जस्तो देखियो ।
ढोकामा ऊभिएका प्रहरि आधुनिक परिपाटि अनुसारको सुरक्षा पहिरनमा त थिए तर खै किन हो चप्पल पो लगाई रहेका थिए, कता कता नमिलेको पो होकि?  




अर्का प्रहरि फेरि मोबाईल फोनमा ब्यस्त थिए र सँग सँगै घरि मन्दिर परिसर तिर त घरि परिसर बाहिर तिर कयौं पटक पिच्च पिच्च थुकिरहेका थिए । पानि रहनको लागि ओत लागुन्जेल ऊनले थुकिरहेको त्यो तरिका देखेर म दिक्क भईसकेको थिएँ । जुत्ता खोलेर प्रबेश गर्नु पर्ने हामिले नाङगो पैतालाले टेक्नुपर्ने मन्दिर जस्तो स्थानमा पनि एक ड्युटिमा रहेका प्रहरिले बिनाकारण थुकिरहनु कति सम्मको मर्यादित कार्य हो त?

मोबाईलमा ब्यस्त प्रहरि ।

एकैछिन परिसर हेर्दै गर्दा घोर बर्षाद शुरु भयो । मैले पहिले कहिलै दिनमा र खुल्ला दिनमा पशुपति मन्दिरको दर्शन गरेको रहेनछु । तेसैले यो दिन मैले खुब गहिरिएर मन्दिर परिरसलाई हेर्ने अबसर मिल्यो ।
हाम्रो पदच्युत गराईएको राजाहरुको शालिकले अझै शोभा कायम गरि राखेकै रहेछ । मलाई त्यो शालिक हटाउनु र राख्नु सँग कुनै सरोकार छैन तर शाशकिय कौशलता माथि गहिरो हेराई मात्रै हो । मलाई कुनै पनि शासन ब्यबस्था प्रति चासो छैन । म हालको शासन ब्यबस्था वा पद्दतिहरु को सामान्य सामाजिक नियम भन्दा माथिल्लो चिन्तनमा पुग्ने प्रयासमा लागिसकेको छु ।

मैले लुकारए ति तस्बिरहरु नखिचेको चाँहि होईन । तर नियम लाई सम्मान गर्दै म ति तस्बिरहरु यहाँ राख्दिन । तर मैले तस्बिर खिच्नाले नियम ऊल्लङ्घन गरेको महशुस गरेको छैन किनकि कुनै पनि नियम एस्तो हुनुपर्दछ जसमा नियम मान्नुपर्ने सबैले नियम बनाउँदा सगभागि हुनु पाउनु पर्दछ त्यो मात्रै सर्बोपरि नियम हो ।

बर्षादको कारणले कतै हिँड्न नपाएर मन्दिरको साँघुरो  पेटिमा करिब एक घन्टा ऊभिईदै गर्दा मलाई झट्ट दिनरात बन्धनमा राखिने पशुपन्छिहरुको याद भयो । मैले ऊनिहरुको मर्मलाई आफुसँग तुलना गरें । मलाई एक घन्टामै एति छटपटाहट भईसक्यो दिनरात बन्धनमा हुनुपर्नेलाई कस्तो हुँदो हो । बिशेसगरि सम्पतिको सुरक्षाको लागि सिक्रिमा वा खोरमा बाँधिएर /थुनिएर बस्नुपर्ने कुकुरहरु । 

पानि छिट्याउने बित्तिकै ओतमा सुत्न सरेका निदाईरहेका कुकुरहरु ।
जनाबरहरुलाई पनि आफ्नै जिबन जिउन दिनुपर्दछ जस्तो महशुस हुन थालेको छ । भेगान हुने बाटोमा प्रयास गर्दैछु । यसरि पानि छिट्याउने बित्तिकै ओत खोजेर सुतिरहेको स्थान बदल्नु पर्ने सौंखिन प्राणिलाई थुनेर दिनभर घाममा टट्याउँदा कति मन रुन्छ होला । 


बाईकमा ओढ्नको लागि किनेको पातलो प्लाष्टिक ओढेर तेताबाट बाहिर निस्किएर चिया पिउन हिँड्दै गर्दा बिचैमा रुद्राक्षको बोट खरिद गर्दै म तेताबाट बानेश्ररतिर लागें ।

बानेश्वर शहर बस्तिको बाटो ।


आफुलाई सँधै असाध्यै मनपर्ने स्थान बानेश्वरको बाटोको यो हालतको फोटो खिच्दै अनन्तत म आफ्नि आमा सँग घर फर्किएँ ।









जाँदाजाँदै यस दिन खिचिएका अरु थुप्रै तस्बिरहरु जुन अल्छि पाठकहरुको हति सोच्दै क्याप्सनमा मात्रै बताउँदै छोडिदिएँ ।




मानब अधिकार बिरुद्द जनताको बास भत्काउन लगाईने एस्ता चिन्हहरुको म घोर बिरोधि हो ।






  


पशुपति मन्दिरलाई आर्यघाटको पुछारबाट हेर्दा ।

पशुपति मन्दिरलाई आर्यघाटको पुछारबाट हेर्दा ।

पशुपति मन्दिरलाई आर्यघाटको पुछारबाट हेर्दा ।



मरेपछि पनि शब दर्ता शुल्क लाग्ने रहेछ । तेसैले 200 रुपैंया चाँहि दर्ताको लागि राख्नु पर्ने रहेछ :)

नाणि संकलन केन्द्रको बिजोग ।

राम्रो सँग सजाईएको चिता ।

राम्रो सँग सजाईएको चिता ।

बर्खाको बाढिले धमिलिएर पानिको बहाब बढेको बागमति ।

बर्खाको बाढिले धमिलिएर पानिको बहाब बढेको बागमति र सँगै ब्रम्हनालमा अन्तिम संस्कार गरिँदै । 

निकै मायालु मन हुने बफादार प्राणी ।

कलाको कदर गरौं ।

सबै फोटोग्राफर हरुले रुचाएको एङ्गल ।



पशुपति क्षेत्र नजिकैको अब्यबस्थित संरचना तथा मानब बसोबास ।



मृगस्थलि पट्टिको संरचनाले गर्दा होराईजन्टल अलाईनमेन्टको समस्याले क्रप्ड पिक्चर ।

पशुपति क्षेत्र, बागमति, काठमाडौं नेपाल ।

काठमाडौं उपत्यकामा कुनै तेस्तो  ठाउँ होला जहाँ पसल तथा ब्यापार गरिदैन ।

यो पनि पशुपति क्षेत्रभित्रै त हो नि, तर खै कसैको आँगन पो भएछ ।

अब यो सुचना राख्न मिल्छ होला र ?

गुह्यश्वरि मन्दिर सँगैको जिर्ण प्राचिन संरचनाहरु ।

यो फोहर चाँहि गुह्यश्वरि मन्दिरमा बिबाह भोज पकाउने क्याटरिङ्गको काम होला ।

गौरिघाटतिर बेवास्ता गरिएका कला कौशलहरु ।

गौरिघाटको पश्चिमि छेउमा खिचिएको यो तस्बित आफैं बोल्छ।

गौरिघाटको पश्चिमि छेउमा खिचिएको यो तस्बिरमा देखिएको बृद्द बृद्दा बिच कति मिठा कुराकानि हुँदै होला ।

मुल मन्दिको ठिक माथिपट्टि डाँडाको चोटिमा अति दुर्गन्धित स्थान ।

मन्दिर परिसरको मुल प्रबेशद्वार ।

ॐ नम शिबाय ! पशुपति नाथले सबैको कल्याण गरुन ।





यात्रा मिति : २०७४ / ०३ / २७ गते ।


पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् ।
 
 



    

Labels: ,

Tuesday, July 10, 2018

Quotes

"An innovation of female beauty depends on male testosterone hormone" - Rujan Neupane 

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older