Tuesday, September 11, 2018

प्रामको कथा

नयाँ ठिमि, भाभाटेनिमा बेच्न राखिएका बच्चाको प्राम । 
आज फुलको गमला किन्नलाई भाटभाटेनि जानु पर्यो । बाटो मिच्दै घरै पिच्चे हुने पसलै पसल जसले गर्दा दैनिक आवतजावतमा पर्ने कष्टलाई निरुत्साहित गर्नलाई भएपनि म भाटभाटेनिमै किनमेल गर्ने गर्दछु  । हुनत मेरो लागि भाटभाटेनि पनि तेसि असल संस्था त हुन सकेको छैन किनकि यस भाटभाटेनिले मेरो कार्डबाट पचास पैसा बढि काटेको छ । मैले मेरो पचास पैसा बढि काटियो भनेर जानकारि गराउँदा कुनै वास्ता गरिएन पछि ठुलो घम्साघम्सि पछि फिर्ता गराईदिने तर बैंकको प्रक्रिया लाग्ने भएकोले केहि समय लाग्ने भनेका ठिमि बान्चका भाटभाटेनि ब्रान्च म्यानेजर भनिएका गुरुङ अनुहारका मानिसको बाचा अहिले सम्म पुरा भएको छैन । ठीकै छ मैले पचास पैसा दानै दिनुपर्ने भयो ।


कुरा आयो यो प्रामको । लौन प्रभु कता गुढाउने हो यो प्राम?

हरेक समाजको सामाजिक ब्यबस्था त्यहाँ बस्ने मानिसहरुको चेतनास्तर प्रतिबिम्बित गर्ने गर्दछ ।

अब मैले चाँहि यो प्राम गुढाउने ठाउँ देखेको छैन है, कसैले देखेको छ भने खबर पाउँ ।


मेरो रायनले गुढ्छ आनन्दको बाटोमा मज्जाले प्राममा ।





Add caption


Friday, August 10, 2018

भिडियोमा मैले देखेको मेलबर्नको सामाजिक जिबनशैलि र शहर!

आज फरक अनुभब गरिरहेको छु । पहिलो पटक मेलबर्नतिरको सिटीलाई प्रत्यक्ष देखेको जस्तै अनुभब हुने गरि रुमन सँग भिडियो कन्फेरेन्स गर्ने मौका मिल्लो । कामबाट फर्कँदै गरेको उसले ट्रेनमा र पछि बसमा प्रत्यक्ष भिडियो कलिङ्ग गर्दै गर्दा  शहरको केहि हदसम्मको रहनशहन र पर्याबरणहरुको झलक देख्न पाईयो । यो बिल्कुलै अनौठो अनुभब हुने रहेछ । भिन्न परिबेश र शहरलाई हेर्दै गर्दा रमाईलो लाग्ने रहेछ त्यसमा पनि त्यति ब्यबस्थित शहरलाई हेर्दै गर्दा तुरुनै त्यहाँ पुगौं जस्तो हुने रहेछ ।

करिब मध्यरात तिर मेलबर्न एयरपोर्टबाट घर फर्कँदै गर्दा गरिएको भिडियो कन्फेरेन्सले चकित पारेको छ । बाटोमा एक तमासले गाडिहरु गुडिरहेका छन् । कुनै गाडिले पनि अलिकति पनि बाँङ्गो टिङ्गो हाँकेको छैनन् । कोहि हतासमा छैनन्, कसैले हर्न बजाएका छैनन् । बाटोमा एताबाट र ऊताबाट बाँङ्गो टिङ्गो छिर्ने मोटरसाईकल छैनन्, गाडिहरु मात्रै छन् र एकनाशको गतिमा गुडिरहेका छन् । स्पिड कति छ भनेर गरेको प्रश्नको उत्तरमा आएको जबाफले चकित पार्यो । ८०-८५-९० । हेर्दा निकै मन्द गतिमा गुडिरहेको जस्तो देखिने गाडिको गति निकैनै हुने रहेछ ।

सबैतिर सडक बत्तिहरु छन्  । बाटोमा राखिएका ट्राफिक लाईट कति प्रष्ट सँग देखिने स्थान तथा एङ्गलमा छन् । एयरपोर्ट देखि घरसम्म पुग्दा बाटोमा कतै पसलहरु देखिएन, न त हिँडिरहेका मानिसहरु ।

कुनै ह्यासल छैन । कुनै झन्झट छैन । कति सहज सामाजिक जिबनशैलि र शहर !

Labels: ,

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older