यात्रा संस्मरण- सिक्किम - दार्जलिङ्ग (२०७३)
मैले पहिले कहिलै
रात्रि बसमा यात्रा गरेको थिईन । पहिलो पटक म रात्रिबस चढेर नेपालको पुर्बि भित्ता
काकडभित्ता हुँदै सिक्किम जाँदै थिएँ । यात्राको प्रस्ताब देखिनै खुब रोमान्चित
थिएँ ।
बिनय दाईले आफ्नो
ट्राभल कम्पनि NEPAL ONE TOURS & TRAVEL को कामको शिलशिला तथा भ्रमणको लागि सिक्किम जाँदै हुनुहुन्थ्यो तेसैमा
मलाई पनि ऊँहाले जानको लागि प्रस्ताब गर्नु भयो । हामिले पहिले पनि धेरै ठाउँमा
सँगै यात्रा गरेको थियौं । तेसैले मैले सँगै यात्रा गर्न तयार भएँ र स्विकार गरें
।
![]() |
| ठुलो बन्दोबस्तिको सामाग्रिको झोला सहित ह्यान्डसम म । |
हाम्रो गाँउको बस चढ्ने मेरो बस स्टप चौर हो जहाँ हर हमेसा टिनएजर, युबा, बयस्क तथा बृद्द हरु बिनाकाममा गफिएर, क्यारमबोर्डमा झुमिएर, चिया पिएर, एकले अर्काको रिस गरेर र कुरा काटेर बस्नमा ब्यस्त हुने गर्दछन् । मलाई सानैबेला देखि त्यो चौरमा पुगेर बस चढ्ने काम निकै असमञ्जस लाग्ने गर्द्थ्यो । सबैले खुब सँग याद गरेर हेर्ने र चाहिने भन्दा बढि चासो राख्ने त्यहाँको सामान्य नियमनै हो । तेस्तै असमञ्जस तथा अप्ठेरो मान्दै टिनएज र शुरुवाति बयस्क उमेर
Labels: Travel Diary, Travel Memoir

