Monday, March 18, 2013

तिमिले सुनेनौ?

तिमिले सुनेनौ?

मैले बोलाएको धेरै भएछ 
म त जिद्दि प्रेमि सधैं बोलाउने
अबुझ मानिस सधैं कराउने

तिमि त सालिन थियौ
भिन्न आकृति, भिन्न समय
र शहनसिल सँधै सुनिरहने

त्यो पर सम्म मैले जानु पर्ने
प्रेमि रे म, जाँदा जाँदै थाक्ने
के तिमिले सुनेनौ?

मेरो मौनतामा पनि बुझिरहने तिमि
तिमिलाई थाहा छ मैले आशाको पोकाहरु बिसाएको
फेरि कहिल्यै नबोक्ने अठोटमा

आहा! तिमिलेत बोक्नै नपर्ने
ति आशाका पोकाहरु
बयानमा हिड्नै नपर्ने

त्यो पर सम्म सँगै हिड्दा
मलाई त कहिल्यै देखेनछौ
म त प्रेमि तिमि सँगै हिडिरहेको

म त नलेख्ने कबि, नबुझ्ने प्रेमि
तिमिले नसुनेकाले लेख्न थालेछु
खोज्नलाई परसम्म हिड्न आँटेछु

म त बालक रहेछु, कराउने
आफु आनन्दित, अरुलाई दुख
त्यसैलेत तिमिलेनि सुनेनौ

राति अबेर भएछ कति लेखौं
कम्तिमा हेरिदेउ नसुनेपनि
म त देखाउने अनि माग्ने मानिस

ए तिमि त हेर्न आएछौ, याँहासम्म
फेरि जिबनहरु समाउनेछु, भैगो नहेर
अब म बुढो प्रेमि, बाँकि जिबन बोक्न सक्दिन

तिम्रो बयान गर्ने आँटिन
सबै सकिनेछ तिम्रो बयानमा
म त गरिब प्रेमि, छैन केहि मसँग

सुन म त प्रेमि हुँ आशाको
गालि नगर्नु निदाएछु भने
किनकि तिम्रो बयान त अझै बाँकि छ ।

२०६९/१२/०४
रुजन न्यौपाने

Labels: , , ,

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

‹Older