माईक
आज भन्दा करिब ४ -५ महिना अघि , मैले नाम दिएको 'माईक' आएको थियो हाम्रो घरमा । करिब करिब मर्ने अबस्थामा अति चिसोमा हावा अनि हिऊ पर्ला जस्तो चिसो साँझमा आएर हाम्रो पिँडिमा सुतेको थियो , मैले खुवाए , तातोमा सुताए । बिस्तारै बढ्यो । मेरो जेसिकालाई कत्ति पनि मन परेको थिएन । तैपनि मैले खुवाउन छोडिन । एक दिन साथि सँग खेलेर सरुवा रोग जिउमा सल्काएर आएछ । लुतो । मैले एक जना भेटेनरि डाक्टर बोलाएर सुई दिन सकेको भए मलाई पश्चाताप हुने थियन । तर मेरो गिब अर्थतन्त्रको पैसा त ९६ = 1 . के म सँग पैसा हुन्थो र सबै भात खाँदै सकिहाल्छ नि । तर आएको दिन देखि कुनै दिन घर नछोडेको र पिँढि मा सुतेको माईक ले लुतो आएको दिन देखि अकस्मात घर छोड्यो । फर्केर जम्मा १ दिन आयो । आज मलाइ थाहा छैन माईक छ कि छैन । तर माईक लाई सम्झेर माया लाग्यो किनकि आज निकै ठुलो बर्षाद भै'रहेको छ । माईक सँधै मेरो माया। अर्को जिबनमा कुनिल घरमा भएछु भने अबश्यनै भेटेनरि डाक्टर बोलाएर सुई दिने छु ।
