यात्रा संस्मरण - हेटौंडा
मामाले आँप लिन आउनको लागि बोलाउनु भयो, तेसैले फेरि महिना दिन जस्तैमा हेटौंडा मामाघर जाने भईयो । यो पटक मैले मोटरसाईकलमा जाने बिचार गरें । बाटो बाटोमा आफुले मन लागेको ठाँउमा रोक्दै मनग्य फोटोहरु खिच्न पाईने भएकोले मोटरसाईकलमा जाने बिचार गरें ।
हजुरआमालाई कुरिलो मन पर्ने भएकोले एकदिन पछि कुरिलो लिएरै जाने निर्णय भयो । आफु बच्चा बेलामा, ४-५ दिन अगाडिनै पक्का गरेको लामो बसको टिकट, आमाको काखमा बसेर र दिनभरि लगाएर थकित भएर पुग्नु पर्ने छैन अहिले, तेसैले हेटौंडा चाँहि निकै नजिक लाग्न थालेको छ । जति नजिक भएतापनि महाभारत पर्बत पार गरेर जानुपर्ने ठाँऊ तेसैले मैले बिहान खाना नखाई सकेसम्म छिट्टै जाने बिचार गरें ।
चित्लाङ्ग तिरबाट कुलेखानि हुँदै पनि जान सकिने सुनिएको थियो । अघिल्लो दिन गुगल म्यापमा धेरैबेर घोरिएर सबैकुरा बुझेपछि चित्लाङ्ग भएरनै जाने निर्णय गरें । चित्लाङ्ग तिरबाट जानुको भित्रि उदेश्य चाँहि उनले चित्लाङ्ग अर्गानिक भिलेज रिसोर्टमा साथीभाईहरु सँग पुगेर खिचाईएको तस्बिरहरु, जुन मैले ईन्टरनेटको मध्यस्ततामा देखेको थिएँ । तेसैले मलाईपनि ऊ पुगेको ठाँऊ हेर्दै फोटोहरु खिचेर हिँड्न मन लाग्यो ।
बा’ले बनाएर खुवाउनु भएको चिया र ओटमियल खाएर म हिँडे हेटौंडा तिर । बिहान ७:३० मै घरबाट निस्किसकेको थिएँ । आफ्नो घर उपत्यकाको पुर्बि काँठमा भएको र मैले जानुपर्ने हेटौंडा सोहि उपत्यकाको दक्षिण वा पक्षिम काँठ हुँदै जानुपर्ने हुन्छ । यो बिचको शहरहरुको अब्यब्स्थित बाटोलाई पार गर्नै झन्डै दुई घन्टा सम्म लाग्न सक्छ ।
थानकोट चेकपोष्ट नजिकबाट देब्रे बाटो लागेपछि चित्लाङ्ग तिरको हाईवे लागिने थियो । म तेसै गर्दै फराकिलो पिच भएको बाटोमा उत्साहित हुँदै र रमाउँदै माथि लागिसकेको थिएँ ।
हरे! बाटो बन्द रे ! । कारण ???
हालसालको बर्षमा शुरुभएको नब सामन्ति ब्यबसाईक(धन्दा) समुहको ज्याददि र शक्तिको कारणले उक्त हाईवे सुचारु हुन नदिई बाटो बनाईरहेको बहानामा नियतबस बन्द गराईएको रहेछ भन्ने कुरा मैले अडकल लगाएँ । म यस कुरामा निकै बिश्वस्त छु । त्यो चन्दागिरिको डाडाँमा गन्डोलाको ब्यबसाय गर्नेहरुले बाटो बन्द गराएका हुन । त्यो बाटोबाट माथी ऊकालो लाग्दै जाँदा त्यो चन्दागिरि भन्दा माथिको अर्को डाँडामा पुगिन्छ यसो हुँदा उसको गन्डोलाको धन्धा नचल्ने संकाले गर्दा ऊनिहरुले त्यो बाटोनै बन्द गराईदिने बिकल्प रोजेछन । हाम्रो समाजमा यसरि सार्बजनिक महत्वको बिषयमा पनि एक ब्यक्ति वा समुहले ठाडै हस्तक्षेप गर्दै ठुलो सँख्याको मानिसहरुलाई दु:ख दिन सक्ने कुरा अति सामान्य प्रबृति हो । याबत कारणहरुले होला अमेरिकी ईम्बेसिले Travel Advisory मा उक्त गन्डोला नचढ्न सुझाब गरेको छन् ।
यात्राको मेरो उत्साहा र ऊमंग एक्कासि रिस र आबेगमा परिबर्तन हुन पुग्यो जतिबेला मैले सुने बाटो बन्द छ रे र मैले मेरो बाटो परिबर्तन पर्नुपर्यो । मैले स्थानियलाई सोधें अब बिकल्प के छ त ? एकजना सामान्य चियापसले दाजुले बताईदिए “मातातिर्थ को बाटो हुँदै जान मिल्छ तर बाटो निकै अप्ठेरो छ ।” मैले बाटो जस्तो भएतापनि तेतैबाट जाने निर्णय गरें किनकि म फेरि बल्खु सम्म पुग्ने आँटमा थीईन ।
बाटोमा एकजना मोटरसाईकल चाललकलाई मातातिर्थ कताहोला जताबाट म कुलेखानि हँदै हेटौंडा जाने बिचार गर्दै छु भनेर सोधें । उनि पनि असल मानिस फेला परेछन् र संयोगबस ऊनि त्येहि मातातिर्थको बाटोको छेउ हँदै अन्यत्र कतै जाँदै थिए । मैले उनलाई फलो गर्दै गएँ र उनले स्थानिलाई सोधि पक्का गरेर कुलेखानि तिर लाग्ने बाटो देखाई दिएर बिदा भए ।
उकालो तेर्सो अलि माथि पुगेपछि कुलेखानितिर जाने बाटो भनेर बोर्ड लेखेको देखेपनि फेरि एकजना दाजुलाई बाटो सोधियो । उनले भने “ बाटो त एकदम अप्ठेरो छ कसरि जानुहुन्छ, एकदम गाह्रो छ ।” ऊनको यो कुराले मनमा संकोच र त्रास उत्पन्न भयो कि मैले यो बाटोको बिकल्प रोजेर ठिक गरें त ?
ऊनले थपे “जानुहोस न एउटा मोड हो धेरै गाह्रो, सक्नुहुन्छ होला” । मैले सोधे अरु कोहि गएका छन यो बाटो? उनले “छन्” भनेपछि ढुक्क भयो । तेसैले मैले बाटो तताएँ ।
ति दाजु सँग बोलेर माथि लागेपछि बाटो एकदम सुनसान थियो । पुरानो हुँदै गरेको मोटरसाईकलको ठुलो घ्याईयय... चराको अवाज र बाक्लो सुनसान जँगल । मन केहि त्रसित र सँगसँगै रोमान्चित पनि हुँदै थियो । यात्रा भनेकै एस्तै हो । आखिर डर के को ? मृत्यु !
..... त्यो त अबस्य छँदै छ.... ढिला या चाँडो ।
| मातातिर्थ माथिको जंगल, देखिएको बाटो हुँदै चित्लाङ् पुग्न सकिने । |
उकालो निकै ठाडो नै थियो । चढ्दै गर्दा बिचमा एउटा सानि नानि माथि लाग्दै रहेछिन् । केहि माथि सम्म छोडिदिनको लागि बाईकलाई रोकाउने ईशारा गरिन् । सानि बच्चि भएकोले मैले बिश्वास गरें र रोकिदिएँ । तरपनि मैले तेसो नगरेको भए ठिक हुने थियो । किनकि अरु निकै झमेला आईलाग्न सक्ने थिए ।
तैपनि जिबन हो सँधै एकनाश मेशिनरि नियममा के चल्नु । बर्तमानमा जे निर्णय दिन्छ मनले तेहि गर्ने हो । तेसैले मैले ति बच्चिलाई चढाई र माथितिर लागें । बच्चि भन्नु मात्रै कुरा बयस्कको जस्तो थियो । मैले सोधेको प्रश्नमा मैले ऊनिबाट पाएको उत्तरबाट मैले यो कुरा भन्न सकेको हुँ । मैले सोधें, “नानु बाटो छ यताबाट कुलेखानितिर जाने” बच्चिले भनिन् । “ छ, अस्ति सम्म थिएँ, डोजर लगाए खुलाएको छ, हामिले तपाँईहरुकै लागि खुलाएको त हो नि ।”
“एक्लै जान लाग्नु भएको” ऊनले तेसो भनिन् । मैले भने “हो” ।
- “चिपलिएर लड्यो भने के गर्नु हुन्छ?” ऊनले सोधिन ।
- “फर्किने ने जान सकिएन भने, तर तेस्तो हुँदैन होलानि” ।
एस्तै कुरा गर्दै गर्दा ऊनको घर आईपुगेछ मैले रोकिदिएँ । उनको घरका मानिसलाई पनि एकपटक बाटोको बारेमा सोधखोज गरे र ऊकालो लागें ।
मकवानपुर तिरको कतै पहाडबाट ऊपत्यका लाई घेर्ने डाँडाको अनकन्टार जंगलमा घर बनाएर बस्न आएका रहेछन् । मलाई पनि प्रकृतिले तेसरि घेरिएर बस्न मन लागेको छ ।
बच्चिको कुरा “चिपलिएर लड्यो भने के गर्नु हुन्छ?” ले मनमा त्रास चाँहि पक्कै थपेको थियो । तर आजभोलि म निडर भईसकेको छु । मैले कतिपनि हतोत्साहि नभई ऊकालो चढि रहें ।
बाटोमा अगाडि फुटमार्क र टायर मार्कहरुलाई याद गर्ने कोशिस गरें । मैले केहि अस्पष्ट संकेतहरु देखें । म भन्दा अगाडि कुनै मोटरसाईकल गएको हुनसक्ने ठम्याएँ । बर्खा महिना पानि परिरहने भएकोले अगाडि अस्पष्ट देखिएको टायर मार्क पुरानो टायरमार्क हुन सक्दैन थियो । वाटर बोटल, चाउचाउको प्याकेट, चुरोटको बट्टा, परागका खोल यस्तै यस्तै खाएपछि जताततै फोरह फ्याँक्ने अरु सामान्य मानिसहरुको बानिले कहिले काँहि मलाई फाईदा हुन्थ्यो । ति फोहरहरु बाटोमा देखिएको थियो र कतिपय ताजा १-२ दिन अघिको मात्रै जस्तो देखिन्थ्यो । तेसैले गर्दा बाटोमा अगाडि बढ्न हुने निष्कर्ष निकालेको थिएँ ।
अघि एक जना दाजुले भनेका जस्तै अटि जटिल र अप्ठेरो भागको मोड आईपुग्यो । ठाडै ऊकालो, चिप्लो माटो, ढुङ्गाको काप ...
बल्ल बल्ल पार गरें । कति भाग्यमानि म ! त्यो जटिल भागमा मोटरसाईकल ऊकाल्ने प्रयत्न मात्रै के गरेको थिएँ त्यो अनकन्टारमा एक्कासि पछाडि अर्को मोटरसाईकलमा दुईजना चढेर आईपुगेछन् । मैले बढो मुस्किलले उकाँले, उसको मोटरसाईकल नयाँ थियो तेसैले सजिलै ऊकाल्यो ।
जब मातातिर्थको जंगलको अनकन्टार पार गरेर टुप्पामा पुगियो, ईन्द्रसरोबर गाँऊपालिका शुरु भएको बोर्ड देखियो । त्यो सँगै अनकन्टार जँगलको अन्त्य भयो । त्यो टाकुरामा एउटा चिया पसल रहेछ । मैले चिया पिउने निर्णय गरे । ति अघि ऊकालोमा भेट भएका मोटरसाईकल वाला पनि चिया पिउँदै रहेछन् ।
चिया पिउँदै गर्दा सामान्य बातचित भयो । प्रायस सबैले मलाई घर कता हो भनेर सोध्छन । सामान्य जबाफ “भक्तपुर” भनेर टुङ्ग्याउँछु । मेरो दिमागमा जम्मा दुई थरि ठेगाना आउँछ, कि ऊपत्यका भित्र कि ऊपत्यका बाहिर ।
म बढो रासिस्ट छु । म असलमा गणराज्य ब्यबस्थाको मानिस रहेछु । मलाई मेरो ठाँउको माया छ । मेरो उपत्यकाको माया छ । उपत्यका बाहिर बाट आउने ले उपत्यकामा गर्ने सबै किसिमको हर्कतको गहिराई मैले बुझेको छु ।
ति चिया पिँउदै गरेमा मोटरसाईकलमा पछाडि बस्ने अधबैंशे पुरुषको घर चाँहि नुवाकोट(उपत्यका बाहिर) रहेछ । हेटौंडामा पनि घर छ रे अनि काठमाडौंको बालाजुमा पनि ‘छाप्रो’ छ रे ऊनकै ऊनकै शब्दमा ।
हाहा ! अफसोच ... महाशय तपाँइले बताउँनै पर्दैन तपाईको ऊपत्यका बाहिरको घरको ठिक जिल्ला बताउनु भयो भने म पहिलेनै भनिदिने छू कि तपाँईको ऊपत्यकामा घर कतातिर छ किनकि म ऊपत्यकाको आदिबासि हुँ ।
जे होस म चाँहि नयाँ बाटोको बारेमा मात्रै उत्सुक थिएँ, न मलाई ऊनको तिन ठाउँमा भएको घरहरुले आकर्षित गर्दथ्यो वा ऊनको तिन ठाऊँमा भएको घरले मेरो नजरमा ऊनको ब्यक्तित्वलाई बढावा दिन्थ्यो । ति चालक दाजुले मेरो पनि चियाको पैसा तिरिदिएछन् । अचम्म ! ऊफ त्यो ऋण कहिले भुक्तान गर्ने होला । जे होस मैले पैसा तिरिदिने दाजु सँग मनमनै सामिप्यता र धन्यबाद दिएँ ।
![]() |
| मातातिर्थको माथि टाकुरा जहाँबाट ईन्द्रसरोबर शुरु हुने रहेछ । |
ईन्द्रसरोबरतिर स्वागत गर्ने त्यो टाकुरा चाँहि बिशेस महत्वको थियो । किनकि त्यो टाकुराबाट धेरै तिर जान मिल्ने रहेछ । भालेश्वर महादेबको मन्दिर पनि त्यहि पर्ने रहेछ, पछि शत्तिसमुह हरुले आफ्नो ब्यग्तिगत आर्थिक स्वार्थकोलागि अन्यत्रै स्थापना गराएका छन् रे ।
| मातातिर्थको टाकुराबाट चित्लाङ्गतिर झर्दै गर्दा, आकाशमा तुईन । |
चियापछि म अब चितलाङ्ग तिर ओरालो झरिने थियो । फोटोहरु खिच्दै, ऊपत्यकामा पहिले-पहिले सामान ढुवानि गर्न प्रयोग गरिएको तुईन हरु हेर्दै, करिब करिब सुनसान बाटोमा ओरालो झर्दै गर्दा मनमा बेग्लै आनन्द लागिरहेको थियो । बर्खा मौसममा घाम त्यति नलागेको बादलले सुर्यको राफलाई पनि छेकेको, पानि पर्न पर्न खोजेको शितल मौशममा प्राकृतिक छटा हेर्दै र उपत्यका भित्रिने पुरानो बाटो हेर्दै अघि बढ्दा भाग्यमानि महशुस गर्दै थिएँ ।
![]() |
| हाम्रो मौलिक घर । चित्लाङ्गमा खिचिएको । |
एउटा पुरानो तरिकाको घरको फोटो खिच्दै गर्दा घरको मालिक अन्टिले आफ्नो छोरोलाई स्कुल तिर जाने बाटोसम्म छोडिदिनको लागि अनुरोध गरिन । मैले हुन्छ भनेर पुराईदिएँ । बिच बाटोमा देखिएको ‘Organic Village
Resort’ को न्याभिगेसन बोर्डले मलाई तेतातिर डोरायो ।
जता गयो तेतै अनकन्टार बाटोहरु मात्रै रहेछन् । त्यतातिर मोडिए देखि निकै परसम्म फेरि कोहिपनि मानिसहरु देखा परेनन् । बाटो सुनसान थियो । प्राकृतिक सौन्दर्यता चाँहि मनमोहक थियो । ति डाँडाहरु, पहाडहरु हरियालि अनि जँगलहरुले मलाई निकै मोहित तुल्यायो ।
| XP- Wallpaler रे मेरै शब्दमा :) ;) |
बिचबाटोमा मैले Xp Opreating System को Wallpaper सँग करिब मिल्दो जुल्दो Landscape देखेको थिएँ । मैले फोटोहरु लिने प्रयत्न त गरें तर मौसम र प्रकाशको तालमेल नमिल्नाले तेस्तो चाँहि अलि देखिएन । त्यस ठाँऊमा ४-५ ओटा बढा बलिया देखिने गोरुहरु चराँउदै गरेको किषोर सँग मैले एकैछिन कुरा गरें, उसले तेति कुरा गर्न चाहेन त्येसैले मैले कुरा गरिन । एउटा आफ्नो सेल्फि खिचेर म अगाडि बढें ।
अगाडि आईपुगेको दुईओटा बाटोले मेरो ओर्गानिक भिलेज रिसोर्ट जाने बाटो अलमल्याई दियो । कान्ला मुनितिरको घरमा गएर सोधेर निश्चित गरेर अगाडि बढें । अन्तत म बिचको गन्तब्य अर्गानिक भिलेज रिसोर्ट पुगें । सोचे जस्तो आहा ! चाँहि थिएन । नास्पातिका बोटहरु त्यसमुनिको हरियो घाँसे चौरले गर्दा तस्बिर खिच्दा राम्रो देखिएको र शहरि कोलाहाल बाट एक दिनको लागि प्राकृतिक पर्याबरणतिर पुग्दा आनन्दि मिलेको मात्रै हो तर बास्तबमै आकर्षक र मनमोहक स्थान चाँहि होईन ।
| Organic Village Resort Chitlang |
जताततै झुन्डाईएका बत्तिका तारहरु, यत्रतत्र राखीएका खानेपानिका ट्याङ्किहरु र कुरुप जस्ता पाताहरुले बनाईका सेडहरुको त्यो ओर्गानिक भीलेज रिसोर्ट कत्तिपनि आकर्षक थिएन । मैले त्यहाँ काम गरिरहेका एक पुरुषलाई ति बत्तिका तारहरु जमिनमुनिबाट राखेमा कति राम्रो देखिन्थ्यो नि भनेर सुझाब दिएर त्यताबाट आफ्नो अन्तिम गन्तब्यतिर अगाडि बढें ।
अगाडि एउटा चोकमा पुगेपछि उत्तरतिरबाट आईरहेको बाटो देखीयो । त्यो चाँहि तेहि बाटो रहेछ जुन उपत्यकामा रहेका चन्दागरिका दादागिरिहरुले बन्द गराईएको बाटो । तेहिँ नजिकै लेखीएको न्याभिगेसन बोर्डले काठमाडौं जाने बाटो भनेर देखाईएको थियो ।
सँगैको कुलोमा नेवार्नि दिदि सेता रहरलाग्दा मुलाहरु पखाल्दै रहिछन् मैले उनि सँग कुरा उक्काएँ कि किन त्यो बाटो बन्द भएको हो भनेर । ऊनको पनि तेहि सामान्य जबाफ “ बाटो बनाउन थालेकोले बन्द भएको” । बिचरा कति लन्ठारा छन् आम जनसमुह ।
| चित्लाङ्ग गाँउमा रहेको पुरानो नेवार समुदायको बस्ति । |
मैले ऊनिसँग एउटा मुला लिएर अगाडि बढें । नेवार बस्ति, पाटि पौवा, काष्ठकलायुक्त झ्यालहरु र मन्दिर देखेपछि अङ्कल लगाउन सकिन्छकि पुरानो(आदिबासि) हरुको स्थान । त्यो बस्ति नजिकैको चौरमा चाँहि पहिले पहिले राणा महाराजाहरुको लागि तराईबाट लेराईने हात्तिलाई बिचबाटोमा बिश्राम तथा स्नान गराउने ठाऊँ रहेछ । त्यो पुरानो बस्ति थियो । कपल एयर अगाडिको भूँईचालोले गर्दा पुराना कलात्मक घर अरु जिर्ण तथा भत्किएका रहेछन् ।
मेरो अन्दाजमा यि नेवारहरु चाँहि परापुर्ब कालमा कुनै कारणबस गल्ति गरेपछि काठमाडौं ऊपत्यकाबाट खेदिएका हुनुपर्छ ।
धन्न बिहानको ओटमियल ले १ बजे सम्म आड दिएको थियो । बाटोमा खाने कतै ठाँउ भेटिएन । भेटियोस पनि कसरि सबै बाटो सुनसान तथा कहि कतै त अनकन्टार जँगल थियो । केहि बेर अगाडि पुगेको अर्गानिक भिलेज रिसोर्टमा चाँहि खानेकुरा खाने आँट गर्न सकिन । मैले महँगो ठाँउमा खानेकुराहरु खाने आँट गर्न छोडेको पनि केहि बर्ष हुन थालिसकेको छ कारण मेरो आर्थिक उपार्जन शुन्य छ ।
तेसैले परियो ढिँडो जस्तो चाउमिन खानेमा । जसतोतसो खाईयो । आखिर भोक मिठो रे नि त !
हिलो र अप्ठेरो बाटो र बिहान देखिकै साथि भईसकेको थियो । हरियो सफा कनभर्स जुत्ता र मेरो बाईक पुरै पँहेलो माटोले छोपिई सकेको थियो । हिलो चिप्लो भन्दा पनि एकान्त बाटोमा एक्लै गरिएको बाईक राईड निकै आनन्द दायक थियो ।
| चित्लाङ्गको बाख्रापालन एरिया । |
बिचमा देखिएको बाख्रा पालन एरिया निकै मनकोहर थियो मैले तस्बिर लिन कसरि छुटाउँथे होला र । :)
| धान खेत, चित्लाङ्ग । |
त्यस दोबाटो देखि चाँहि बस्ति शुरु भयो तेसैले त्यपछि एकान्त र अनकन्टार बाटोहरुको अन्त्य भयो । मैले बिचबाटो मस्तले फुलिरहेको बगमबेलि फुलको एउटा सानो हाँगा काटेर घरमा लेराएर सार्नको लागि बोकेर हिँडे । धानको गहराहरुको फोटो जानेसम्म मिलाएर खिच्ने प्रयत्न गरें । यसो गर्दा मलाई सन्टुष्टि मिलिरहेको हुन्थ्यो ।
मार्खु भन्ने ठाँउ पुगेपछि कुलेखानि ईन्द्रसरोबरको झलक पाईयो । बल्ल हेटौंडातिरको बाटो तिर लाग्न थालेको महशुस भयो । त्यो ईन्द्रसरोबरलाई अलि माथि डाँडाबाट देख्दा राम्रो देखीने गर्दछ । आजभोलि त्यहाँ बोटिङ्ग पनि हुने गरेको रहेछ ।
![]() |
| कुलेखानि ड्याम ( ईन्द्रसरोबर) । |
ड्याममा पुगेर मैले ड्यामको फोटो खिचें । त्यो ड्याम निकै आकर्षक देखीएको थियो । हुभर ड्याममा पुगेर तेसैगरि फोटो खिच्ने रहर प्रत्येक पटक त्यो ड्यामलाई देखेपछि हुने गर्दछ । बर्खा महिना भएकोले धेरै Green टोनको फोटो आयो । चित्त बुझाएँ ।
खानपिन राम्रो नभएर अब बिस्तातै जिउमा थकान बढेको थियो तेसैले अब अलमल नगरि मामाघर हेटौंडा पुग्ने बिचार गरें । तेसैले कमै ठाउँहरुमा मात्रै रोकिएर सरासर बाईक हाँकिरहें । अबत कुलेखानि पछिको बाटोहरु र मोडहरुनै लगभग कन्ठ हुन थालिसकेको छन ।
ति बेतमासले आउने सुमोहरु जसले बाटोको पुरै भाग आफ्नै भन्ठानेर हाँक्ने गर्दछन् । ति कतिपय कारहरु जसले आफ्नै मात्रै बाटो जस्तो गरि हाँक्ने गर्दछन । आफुलाई सजिलो भए पुग्ने अरुको हित तथा अहित कुनै ख्याल कसैलाई पनि छैन । समाजका हरेक अंगगरुमा दैनिक भेटिने मानिसहरु सबै एस्तै मात्रै भेट्ने गरेको छु जसलाई आफुलाई सजिलो भए भयो ।
![]() |
| चिसापानि गढि । |
बिस्तारै महाभारत पर्बत चढ्न थालें । टाकुरामा देउरालि, अलि पर गढि हुँदै अगाडि बढ्दै थिएँ । त्यो चिसापानि गढि देखेपनि मनना अनगिन्ति कुराहरु आउने गर्दछन् । पुरातात्विक महत्व तथा ईतिहाँस बोकेको स्थानको कति पनि संरक्षण सम्बर्धन तथा महत्व बढाउने किसिमले काम गरिएको छैन ।
टोल टोलमा “नगरपालिका” लेखीएको बोर्ड टाँगिएका छन्, गाँउपालिका, नगरपालिका, लोकतन्तत्र, गणतन्तत्र.... यो .... त्यो ..... बाद ... समाजबाद..... कम्युनिष्ट.... प्रजातन्त्रिक.... याबत !!!!
मेरो लागि प्रजातन्तत्र आएको छैन । मानब अधिकार र ब्यक्तिक स्वतन्त्रता कतिपनि महशुस गरेको छैन मैले । खानि एउटा सामन्ति राज्यब्यबस्था माथि अर्को नब सामन्तिहरुको उदय त बिजय भएको छ ।
मेरो समाजमा हरेक दिन मलाई “के गर्दै छौ/छस ?” प्रश्न गर्ने सबैलाई मेरो प्रश्न मेरो समाजमा के कस्ता किसिमका काम भईरहेका छन र? “तपाईले के काम गर्नु भएको छ र?” के हाम्रो समाजमा काम गरिरहिएको छ र ? “What’s your Job?”
Re think it “What’s
my job? What I’m I Doing?”
Then come back and Ask me…
![]() |
| चिसापानि गढि । |
बाटैबाट चिसापानि गढिको एउटा फोटो खिचेर अगाडि बढें । आउने पुरानो बजार भिमफेदिलाई संझिदै “देउरालि उकालि चढेर... बिजयपुर खोला तरेर.....” एक्लै गित गाँउदै आफैंमा रमेर अगाडि बढिरेहें ।
भिमफेदि बजारमा पुगेर खाजाको रुपमा आँप किनेर खाएँ । आँप खाँदै गर्दा जिबनमा पहिलो पटक गँगटोलाई देखेछु । मैले फोटो खिचेंको थिएँ पछि सोधेर थाहा पाएको ।
![]() |
| गँगटो । |
मोटरसाईकलमा हेटौंमा केहि पटक गरेको छु । तेसैले अगाडि आऊने एउटा खोल्चो(कजवे) जहाँ मोटरसाईकल र जुत्ताको हिलो धोएर जानुपर्छ भन्ने योजना बनाउँदै अगाडि बडिरहेको थिएँ, अकस्मात त्यो कजवे(खोल्चो) नजिकै बाटै छेउ बनाईएको घरले एकपटक झस्काईदियो । लौ ! अब कसरि धुने मोटरसाईकल र जुत्ता । सार्बजनिक प्रकृति छोटो समयमै अरुको कसैको कब्जामा भईसकेस, निजि सम्पत्ति पनि भईसकेको होला । गालि गर्ने हुन कि भन्ने संकोच मनमा राख्दै, तैपनि मोटरसाईकल धुनलाई रोकें । गालि त खानु परेन तर पहिले पहिलेको जस्तो मोटरसाईकल धुँदा को प्राकृतिक आनन्द आएन । अरुको बहसमा भएको जस्तो अनुभब भयो ।
दिनभरिको बाईक राईड सँगै साँझ हुनुभन्दा निकै अगाडि मामाघर पुगें । माईजु भर्खरै घरबाट भरतपुरतिर जानको लागि टेम्पो चढिसक्नु भएको रहेछ । पहिलो बार्दलिबाट आमाको सत्कार बोलि सुनें । कति रमाईलो । त्यो मामाघर चाँहि बच्चाबेलामा खेलेको संझना आउने भएर सँधै बिशेष लाग्दछ ।
भित्रि मधेशको ऊष्ण हावापनि महशुस भईरहेको थियो । तर जति जति नयाँ नयाँ पर्याबरणहरुमा यात्रा गरिदै गईन्छ तेति तेति बाताबरणयिर परिबर्तनलाई आत्मसाथ गर्ने क्षमता बिकाश हुँदो रहेछ । आजभोलि हेटौंडा तेति गर्मि अनुभुति हुँदैन जति पहिले पहिले हुने गर्दथ्यो ।
![]() |
| कटहर को बोट र फल । |
कटहरको रुखमा लटरम्म कटहरहरु फलेर पाक्न थालेका छन् । आँपहरु बोटैभरि लटरम्म फलिरहेका छन् । एस्तो देख्दा मन मोहित हुने रहेछ । पारिपट्टिको कर्राखोलामा बढ्दै गरेको आबादि जमिन देखेर मन दिक्क हुने गर्दछ । किनकि प्राकृतिक सौन्दर्य जस्तो उत्तम अरु केहि हुन सक्दैन । त्यसमा पनि पुर्बिय साम्राज्यहरुमा हुने चरम अब्यबस्थित शहरिकरणले गर्दा शहर भन्ने बित्तिकै त्रशित हुन थालिने रहेछ ।
भाईहरु बिस्तारै आ-आफ्ना कामहरुमा लाग्न थालिसकेका छन् तेसैले अब बिदा बाहेकका दिनहरुमा तेतातिर पुग्दा एसो वरपर घुमफिर गर्नको लागि कोहि नहुने । तर मलाई खासै कसैको साथ नचाहिने हुनाले सजिलै छ । मलाई एक्लै बिचरण गर्नमा नै बढि आनन्द लाग्दछ ।
![]() |
| नबजात शिशु । भान्जी । |
नयाँ जन्मिएकि शिशु सहितको दिदिलाई भेट्न हेटौंडाको काँठतिर पुगियो । चुरेतिरबाट बगेर आएको खहरे तर्रै दक्षिण पक्षिममा रहेको पदमपोखरि राटामाटे पुग्दा फेरि गाँउतिरको महशुस चाँहि हुने रहेछ । आखिरमा शहर भनेको शहर रहेछ ।
आशिर्बाद भाईले साँझमा घुम्न निस्किऔं भन्ने प्रस्ताब गर्यौ, जाँदा जाँदै हामि मकवानपुर गढि पुग्यौं । म पहिले कहिलै मकवानपुर गढि पुगेको थीईन । जुन गढि गएपनि हालत तेहि त हो नि । चिसापानि गढिको बेहाल बयान गरि नसक्दै अर्को मकवानपुर गढिको के बयान गर्नु । जयमुनिले भन्ने गर्थे “आ जे सुकै होस भन्नु पर्छ” । हो क्यारे .... आ जे सुकै होस ।
![]() |
| मकवानपुर गढि को भगनाबशेस । |
जे होस साँझको पँहेलो घामको किरण आउँदै गरेको ठीक समयमा पुगेकोले गर्दा निकै राम्रो तस्बिर हरुचाँहि खिच्न पाईयो ।
![]() |
| शान्त बाताबरणमा गढिबाट तलतिर हेर्दै बसेका प्रेमिल जोडि । |
शान्त बाताबरण तथा एकान्त स्थानमा साँझको उत्तम समयमा, गढिको उचाईको त्यो अति मनोरम टाकुरामा बसेर तलतिर फराकिलो फैलिएको भुमिहरु, नदि हेर्दै नारिएर बसिरहेका युगल जोडिलाई देख्दा मन लोभिनु स्वाभाभिकनै हो । मैले पनि आफु तेसैगरि बसिरहेको कल्पना गरें ।
“Care about what other people think and you will always be
their prisoner”-Lao Tzu …. ले भनेका रहेछन् ।
एक साल एक पटक मामाघर पुगेको बेला, भाई ठेउलाको बिरामि भएर सुतिरहेको थियो । मैले भर्खरै केहि महिना अगाडि भाईलाई किनिदिएको भाईको मोटरसाईकल लिएर घुम्न निस्किएको थिएँ । अनुमतिमै मोटरसाईकल लिएर निस्किएको थिएँ ।
मामाको साँझ ७ बजे आएको आबेग र रिसको फोन सुनेपछि म चकित भएँ । जिबन भन्दा कति प्यारो रहेछ त्यो भौतिक फलामे यन्त्र । मलाई २६ बर्ष देखि गर्न नसकेको प्यार त्यो फलामे भाँडोलाई ४ महिनामै भएछ । मैले ढिला भएको बाहानामा गालि खाएको थिएँ । करिब बैशाखको साझ ७ बजे भनेको ढिला थियो या चाँढै स्वयं सोचनिय कुरा हो । जे होस त्यसपछि मैले त्यो मलाई बच्चा बेलामा बिहानै ओछ्यानमा आएर मलाई टङ किस गर्ने मामाको प्यार बुझिहाल्ने मौका पाईयो ।
यो पटक पनि मकवानपुर गढिमा भाईसँग आफ्नै मोटरसाईकलमा घुम्दै गर्दा मन चाँहि कति पनि शान्त हुन सकेको थिएन किनकि घडिमा ७:१५ भईसकेको थियो । मनमा आतोश लिँदै हतार हतार गरेर फर्किएँ ।
![]() |
| हेटौंडा बजारलाई भैरबडाँडाबाट हेर्दा । |
बिहान भाईहरु सँग हेटौंडाको मनकामना डाँडा चढने बिचार बनाएर तेतातिर जाने प्रस्ताब गरें । गयौं तर बाटो बन्द रहेछ । फर्किएर भैरब डाँडाँ गयौं । त्यहाँबाट हेटौंडा बजारको निकै राम्रो एरियल भ्यु देखीने रहेछ । बिहानको समय भन्दा साँझको समयमा जाँदा प्रकाशको दिशाको कारणले राम्रो तस्बिर लिन सकिने रहेछ । बाजेले जबरजस्ति लगाईदिएका टिका लगाईदिन पनि भ्याएका थिएँ । सबैले आ-आफ्नै खाने बाटो बनाउनै पर्यो नि ।
मोटरसाईकलमा आएको अनौठो अवाजलाई बनाउन दिउँसको समयमा बजारतिर गएँ सँग सँगै चेनमा डढेको मोबिल हालिदिए बापत २० रुपैंया तिर्नुपर्यो ।
![]() |
| पशुपति मन्दिर हेटौंडा । |
हेटौंडाको पशुपति मन्दिर चाँहि एसो हुप्राचौर तिरको बिदेशि रङ्ग ढङ्गको देखिने बाटोहरु हेर्नको लागि मोटरसाईकल यता उता राईड गर्दै गर्दा बिच बाटोमा पर्यो तेसैले एकैछिन रोकेर झट्ट छिरिहालें । मध्यान्न भएर होला देउतालाई चाँहि तालाबन्दि गरिदिई सकेका रहेछन् । ठेलमठेल र घम्साघम्सि नगरि फुर्सदमा चाँहि जसोतसो देउतालाई भेट्न पाईदैन यो चाँहि सबै मन्दिरतिरको सामान्य नियम जस्तै हो । जे होस फोटोहरु चाँहि खिचेर फर्किएँ ।
![]() |
| बन बिज्ञान अध्यन संस्था(हेटौंडा) को प्रमुख भबन को झ्याल । |
बन बिज्ञान अध्यन संस्थानको प्रमुख भबनको बेहाल लाई बाहिरबाट निल्यादै गर्दा प्रत्येक भेटमा आफ्नो बाल्यकालका संझनाहरु ताजा हुने दिदि अर्चना सँग भेट भयो । आफ्नो शरिर र आकर्षणलाई बिबाहको करिब दशक सम्मपनि कायम राखि राख्न सक्नु भएकोले उँहा सँधै राम्रि देखिने गर्नु हुन्छ । त्यसमा पनि म कोहि गोरो मानिस देख्ने बित्तिकै मोहित भईहाल्दछु ।
साह्रै भद्र स्वभाब र नरम बोलिचालि भएका साँच्चिकै बच्चा स्वभाबका भान्जा भान्जिलाई भेट्न र दिदीसँग एकैछिन भएपनि भेट्न दिदिको घर पुगियो । बिभुति र आरुष असाध्यै प्यारा स्वभाबका देखिन्छन् । मिठो लवजमा बोलिचालि गर्दछन र भद्र तरिकाले बालापन देखाउँछन् ।
सबैजना बिश्वकप फुटबलमा रमाउने बिश्वकपको माहोलमा हालसालै चट्र्याङ्गले बिग्रिएको निकै ठुलो आकारको स्मार्ट टिभि को पछाडिको भागमा हुने मदरबोर्ड हेर्दै केहिबेर कुराकानि गरियो । भिनाजु बहुआयामिक कौशल भएको हुनुभएर आफैं टिभि खोलखाल गरेर अघ्यन गर्दै हुनुहुँदो रहेछ ।
![]() |
| माछाप्लान्ट हेटौंडा बाट देखिएको सुर्यास्त। |
भाई आशिर्बादको प्रस्ताबमा माछापोखरि(माछाप्लान्ट) तिर घुम्न गईयो । केहि गोरो देखिने तस्बिरहरु खिचियो र पोखरिको पानिमा सुर्यास्तको मोहक तस्बिब पनि लिन भ्याईयो । पोखरिका डिलतिर हुने युगल जोडिहरुले मलाई सँधै मोहित पार्ने गर्दछन । मैले ऊनिहरुको प्रेमलाई सँधै अर्थपुर्ण नियाल्ने गर्दछु ।
हिजो खाएको चटपटेको स्वादले गर्दा मलाई फेरि चटपटे खान मन भयो । तेसैले ढिलै भएतापनि हामिले फेरि चटपटे खाएरै मात्र घर फर्किने निर्णय गर्यौं । फर्कन ढिला होला भन्ने त्रास सँधै कायमै हुने भएछ ।
बिदेशिको बढ्याईको ‘HD’ नामक च्यानलमा फुटबल हेर्दै रमाईलो समय बिताईयो तर मलाई फुटबल लगायतका ईन्टरटेन्मेन्टमा खासै रुचि हुन छोडेको छ ।
![]() |
| Add caption |
अघिल्लै दिनदेखि ठीक गरेको आँपको कार्टुन बक्सलाई मोटरसाईकलमा मिलाएर बाँधेपछि घर फर्कने तयारि पुरा भयो । यसरि कार्टुन बक्सलाई मिलाएर बाँध्दै गर्दा मामाघरको तल्लो तलामा भाडामा बस्ने गोरो छाला भएका दुईजना केटिहरु मेरो मोटरसाईकलको छेउ भएरै भित्र छिर्दै थिए, ऊनिहरुको अनुहार घमन्डले भरिएको देखीन्थ्यो । आफ्नो आँगनमा नयाँ ब्यक्तिले केहि अनियमित चहलपहल गर्दापनि ऊनिहरुलाई तेतातिर हेर्ने पटक्कै चाहा भएन त्यसको मुल कारण, म पुरुष थिएँ र ऊनिहरुमा ब्याप्त स्त्री घमन्ड ।
खानपिन पछि बिदा भएर बिहान ९ बजेतिरै घरतिर हिडें । बर्खा महिना पानिले बाटोमा अबरोध गर्छकि भन्ने त्रासले गर्दा छिट्टै निस्किएँ । बजारमा बाईकको पेट्रोल ट्यांकि फुल बनाएपछी काठमाडौंतिर लागियो ।
स्कुलको लागि स्कुलजाने समय भएको कारणले गर्दा बाटोमा स्कुले बिद्यार्थिहरुको
चहलपहल देखिन्थ्यो । सबै बिद्यार्थिहरु चप्पल लगाएर स्कुल जाँदै गरेका देखीन्थे ।
तेस्तो देख्दा अलि नमिलेको जस्तो भान हुन्थ्यो ।
सामरि पुल, भैंसे, भिमफेदि, देउरालिको टाकुरा, कुलेखानि ड्याम । म सरासर कतै अलमल नगरि अगाडि बढिरहें । किनकि मलाई फर्कने दिन तेति रमाईलो लाग्दैन । फोटोहरु खिच्नको
लागिपनि आबश्यक भन्दा बढिनै बादल लागेको थियो । तेसैले म राम्रै गतिमा हाँकिरहें ।
![]() |
| ऊपत्यकाको दृस्य फाखेलतिर बाट । |
ऊपत्यकाको शहरि घन्चमन्च पार गर्दै भक्तपुरको दुबाकोट आईपुग्ने काम अति कष्टकर
हुने गर्दछ । जे भएतापनि आउनु परिहाल्यो ।
घर आईपुगेर आँपको कार्टुन मोटरसाईकलबाट झिक्दा सबै आँप भूँईमा झर्यो कारण पाकेको आँप गिजोलिएर
सबै लेदो झोलले कार्टुनलाई गलाईदिएछ तेसैले कार्टुन बक्स बिग्रिएछ । आँफ अकस्मात
भूँईमा ओईरिए पछि अचम्मित भएँ । धन्न बिच
बाटोमा ओईरिएन ।
यात्रा मिति : २०७५ / ०३ / १२ गते संगलबार शुरु ।
२०७५ / ०३ / १५ गते घर आईपुगेको ।
पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् ।
पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् ।
Labels: Travel Diary, Travel Memoir, यात्रा संस्मरण
















