Saturday, July 21, 2018

माया

"मैले तिमिलाई पुर्ण माया गरें । ह्वातै एकैपटक । मैले पनि तिमिले जसरि अड्कलेर समय मिलाएर माया गर्न जानेको थिएँ तर तेसो गरिन । मैले सम्पुर्ण म तिमिलाई दिएछू । मैले अन्धो भएर माया गरें । मैले अरु केहि हेर्न चाहिन किनकि मैले साँचो माया गरेँ अनि सामिप्यताको लागि हतारिए । समय भन्दा महत्वपुर्ण केहि छैन । लगन पछिको पोते के काम भयो र । " - रुजन न्यौपाने ।

Monday, July 16, 2018

१६ बर्षपछि स्वयंम्भू पुग्दा !



कर्मचारि तथा प्रशासनहरुले काम नगर्ने बानिले गर्दा पेट्रोल हाल्न हलचोक स्थति पेट्रोल पम्प पुग्नु पर्ने भयो । त्यसैले सोह्र बर्षपछि स्वयंम्भु पुग्ने साईत आईपुगेछ । यो  बिश्व सम्पदा सुचिमा सुचिकृत छ सँग सँगै काठमाडौं आईपुग्ने मध्ये अधिकांश बिदेशि तथा स्वदेसि पर्यटकहरु पुग्ने स्थल हो ।  



स्कुलको शैक्षिक भ्रमणमा कक्षा ९ मा पढ्दा पुगेको ठाउँ, काठमाडौं उपत्यकाको स्थानिय बासिन्दा भएतापनि फेरि पुग्नको लागि अर्को सोह्र बर्ष समय बितेछ । यसो हुनुमा बिभिन्न कारणहरु छन् । पहिलो, घर भक्तपुर देखि त्यहाँ पुग्नु अब्यबस्थित शहरिकरण तथा बाटोहरु र लापार्बाहि चालकहरुको माझ निकै चुनौतिपुर्ण कार्यहरु मध्येमै पर्दछ ।  दोश्रो स्कुल जिबन देखिनै अहिले सम्म कहिलै पनि साथिहरु भएनछन् । तेश्रो मन मिल्ने मायाको साथ  बनाउने भाग्यमा रहेनछ ।



भक्तपुर दुबाकोट घरबाट पश्चिमपट्टि स्वयम्भू स्तुपालाई देखिएको ।
घरको छतबाट पश्चिम पट्टि हेर्यो भने अस्पष्ट तर सजिलै स्वयम्भुको स्तुपा क्षेत्र देखिन्छ । तर त्यस स्थानमा पुग्न देउसि भैलो खेल्ने जस्तो सबैको घर-घर पसल-पसल पार्दै लैजानु पर्ने बाटोहरुको कारण लगभग २५ किलोमिटर हुन आउँछ । काठमाडौं शहर र भक्तपुरको बिचमा पसारो परेर सुतिदिएको एयरपोर्टले गर्दा पनि बाटो लामो पर्ने गर्दछ ।

दिनभर स्वयम्भु डुल्नुपर्छ भनेर, बाटोहरु मध्येको पनि छोटो बाटो बनाउने तय मनमा गरेर घरबाट निस्किएँ । घर घर देउसि भैलो गर्दै सल्लाघारि, कोटेश्वर, बानेश्वर, सुन्धारा, भोटेबहाल, लगन, भीमसेनस्थान, ताहाचल, छाउनि, स्वयम्भु । यसरि पुगें । 


Reckless Driver and Vehicle at BaneshworNepal
बाटोमा बानेश्वरमा चोकै नजिक झन्डै एउटा सरकारि गाढिले देब्रेपट्टिबाट ठक्कर दिएको थियो । चनाखिलो ऊमेर र भाग्यमानि आँखा भएकोले झट्ट आफुलाई बचाँए । त्यो सरकारि गाडिलाई  फलो गरेरअलि अगाडि जाममा रोकिएको बेला ड्राईभरलाई मजाको गालि गरिदिएँ र आफ्नो मनको तितो तेतै पोखें साथसाथै मोटरसाईकल चालकहरुको हितमा एकदमै सहयोगि नेपाल ट्राफिक प्रहरिको सडक सुरक्षा काममा सहजता होस भनेर पहिचानको लागि यो फोटोपनि खिचेर राखिदिएँ । कसैलाई काम लागे लिनुभए हुन्छ ।




आज टाईमल्याप्स फोटो खिच्छु भनेर बिहानै मनमा बिचार गरेर हिँडेको थिएँ । स्कुलको शैक्षिक भ्रमणको दिन खिचेको स्थानमा फेरि फोटो खिच्छु भन्ने पहिलै सोच बनाएर निस्किएको थिएँ ।



त्यस बेलाको एउटा तितो संझना सबैसामु सुनाएपछि आजबाट त्यस बेलाको गल्ति प्रायश्चित गर्नु पर्यो । 

के भएको थियो भने, स्कुलको शैक्षिक भ्रमणमा कक्षा ९ मा पढ्दा हामिलाई स्वयम्भू पनि लगिएको थियो । हामिले क्यामेरा लगेको थियौं । क्यामेरा पनि हामि दाजु भाईकै थियो क्यारे । रिल चाँहि सबैले पैसा ऊठाएर किनेको थियौं । २८ देखि ३२ ओटा जति सम्म फोटो आउने रिल ले  ६ जनाको फोटो खिच्न, दिनभर पुर्याएर  फोटो खिचेर फर्किएका थियौं ।  स्कुलको रिजर्भ बसको अन्तिम सिटमा बसेर फर्किएका हामि हरु मध्ये सबैजना खुब सँग गितमा रमाई रहेका थिए । कसरि हो कुन्नि मैले अचानक सिटको अन्तरमा फोटो खिचि सकेर निकालेको रिलको बट्टा भेटाएँ । झट्ट थाहा भईहाल्यो कि हाम्रै रिल हो ।   साथि मदनले खसालेछ । मैले त्यो रिल चुपचाप खल्तिमा हालें । मैले त्यसबेला किन त्यसो गरें भने हामि दाजु भाइ अरु साथिरहु भन्दा साना दिखिन्थ्यौं अनि हामिलाई कुनै साथिहरुले खासै वास्ता पनि नगर्ने तथा हेप्ने तथा भनेको कुरा नसुन्ने गर्दथे । मलाई त्यो दिनपनि त्रास भएछ कि कतै फोटोहरु धुलाएर हामिलाई नदिने पो हुन् कि । उनिहरुले जितेर आफैंले पो राख्ने हुन् कि । त्यस्तो असुरक्षित भाबना मनमा आएछ तेसैले मैले सोचेछु कि त्यो रिल राख्यो भने त सबै फोटो आफैंले धुलाउन पाईन्छ अनि आफैंले बाँडचुड गर्न पाईन्छ ।



बच्चा दिमाग न हो । सबैले तेत्रो खैलाबैला गरेर तस्तरि खोजेका रिलको डब्बा आफुले सुटुक्क लुकाएपछि पछि कसरि फोटो दिन मिल्यो र । तेसैले त्यो फोटोहरु दिन पनि सकिएन अन्त्तत सबै फोटोहरु तेतिकै एल्बममा थुप्रिए । पछि बुझ्ने भएपछि नराम्रो गरिएछ भन्ने ग्लानि त भयो तर बच्चा दिमादले गरेको गल्ति भएर अहिले चाँहि पश्चातप छैन । अब एहि कुरा बताएर यो फोटो शेयरिङ्गको दशकमा साथिहरुलाई Surprise गराईदिनु पर्ला हेरौं के हुने हो ।





Timelaps - 2059( Age-12) left and 2075(age-28) Right.
त्यसरि त्यसबेला खिचेको फोटो सँग म्याचिङ्ग फ्रेममा टाईमल्याप्स खिचें । 

स्वयम्भू स्तुपा नजिकैको जिर्ण भबन ।
पुर्बि मोहडाबाट ऊक्लिएकोले ठाडै सिँडि चढ्नु पर्यो । थकाई मारि मारि माथि पुग्दा दायाँपट्टिको भत्किएको जिर्ण भबनले मलाई स्वागत गरेको महशुसु भयो । 


देब्रेपट्टिका सुरक्षा गार्डले फेरि अङ्ग्रेजिमा प्रश्न सोधे कहाँबाट आएको भनेर । अचम्मित भएँ म कसरि बिदेशि जस्तो देखिएँ । मैले गार्डलाई नेपालीमा उत्तर दिएपछि ऊनले भने

“ए मैले त बिदेशि भन्ठानेको, के गर्नु हाम्रो कामै यहि सोध्नै परिगो”

मैले नक्कलि मुस्कान दिँदै “ठिकै छ नि” भनिदिएँ ।



स्वयम्भू स्तुपा ।
ठिक अगाडि पट्टि नाकै ठोसिने गरि ठुलो स्तुपा देखियो । भर्खरै कलर पनि गरेका रहेछन् तेसैले चम्किलो देखिएको थियो ।



मौसम सफा भएको दिन उपत्यकाको धेरैजसो भाग देख्न सकिने त्यस टाकुरामा पुगेर ऊपत्यकाको कोलाहाल मानब बस्ति हेरें । धन्न कुहिरोले ढाकिदिएको रहेछ धेरै अब्यबस्थित बस्तिलाई देख्नु परेन । पहिले त्यस ठाउँमा टेलिस्कोप पनि राखेका थिए आजभोलि रहेनछ ।

मैले केहिबेर ऊपत्यकालाई हेरें । बर्षैको करिब आठ-नौ महिना २०-२८ डिग्रि तापमान रहने एस्तो प्राकितिक एयरकुलर, उत्तरपट्टि हिमाल देख्न सकिने, अमृत जस्तो पानि पिउने पाईने, ताजा तरकारिहरु प्रसस्त फलाउन सकिने यस प्रकृतिको मनोरम स्थलाई आधुनिक अब्यबस्थित बसाईले कति कुरुप बनाईदियो । 
स्वयम्भूबाट काठमाडौं ऊपत्यकाको पुर्बि भागतिर हेर्दा ।
 



फोटो सेसन ।
भर्खरै स्कुल सकाएकि जस्ति देखिने बहिनि उसको अर्कि साथि र दाजु भाई जस्तो देखिने अर्को केटा सँग घुम्न आएकि रहिछ । ऊसको आईफोन 7 बाट अनगिन्ति सेल्फिहरु खिचिरहेकि थिई । मैले हामि स्कुलबाट शैक्षिक भ्रमण आएको दिनलाई फेरि संझिए । हामिले बढिमा ३२ ओटा फोटोलाई रिलमा कैद गर्न सक्थ्यौ त्यसमा हामि ६ जनाको फोटो खिच्नु पर्ने थियो ।  त्यो रिललाई हामिले धुलाएर फोटो बनाउनु पर्थ्यो ।



 स्वयंम्भू मन्दिर परिसरमा हुने मानेहरुलाई घुमाउँदै एक पटक स्तुपालाई पुर्णरुपमा दाहिने घुमें । मन्दिर परिसरमा बेच्न राखिएका पेन्टिङ्गहरु किनै आकर्षक थिए । गोह्रा छाला भएका बिदेशि पर्यटकहरु खुब सम्मानित हुन पाएर घुमिरहेका हुन्छन् ।
स्वयमभू परिसरमा देखिएको पसलहरु ।

उत्तरि भागबाट स्तुपालाई हेर्दै गर्दा अब क्यामेराले फोटोहरु खिच्न शुरु गर्नुपर्यो भनेर बिहानै देखि ब्यागमा बोकेर हिँडेको क्यामेरा झिकेर स्तुपा तिर तेर्साएँ क्लिक भएन । ऊफ!



Camera without Memory Card.
मेमोरि कार्ड झिकिएको रहेछ । हिजो फोटो ईक्पोर्ट गर्नको लागि झिकेको क्यामेराको मेमोरि कार्ड बिहान हिँड्ने बेलामा हाल्नै बिर्सिएछ । म यस्ता स-साना कुरा हरु सँधै बिर्सने गर्दछु । 



सबै उत्साहा एकैछिनमा खत्तम भयो । एउटा फोटोग्राफि हबिस्टलाई २ किलोको क्यामेरा बोकेर आएको ३ घन्टापछि क्यामेरा प्रयोग गर्न थाल्दा मेमोरि कार्ड नहुनुको पिडा ठुलै हुने रहेछ । मनग्य पैसा हुँदोहो र नजिकै पसल पाएको भए एउटा किन्ने थिएँ । 



कोलाहाल अब्यबस्थित आधुनिक मानब बस्ति । काठमाडौं नेपाल ।
मैले  स्तुपाको उत्तर पश्चिम भागतिर रातो छाना भएको फराकिलो क्षेत्रमा फैलिएको ठुलो भबन देखेर मनमा जिज्ञासा भयो । स्थानियलाई सोधें के हो भनेर । एक नेवारले कुटिल जबाफ फर्काए   “कलेज हो” ।



प्रेमिल जोडि मिठो समय बिताउँदै ।
पछाडिपट्टिको भागमा रहेको जँगलमा सिँडि ओर्लँदै गर्दा एक मायालु जोडिले मेरो ध्यान आकृष्ट गर्यो । कति राम्रो समय बिताई रहेका थिए । सँगै बन्दै गरेको भबन जँगलको बिचमा शान्द मनोबिनोद स्थलको रुपमा निर्माण गरिँदै गरेको होला ।



बाँदरले झम्टिएर खानेकुरा हरु लुट्ने, झम्टिने, ऊस्तै अबस्था परे कोपर्ने लगायतको गतिबिधि गर्न सक्ने भएकोले मलाई बाँनर त्यति मन पर्दैन । मैले बानरको फोटो पनि खिच्न सकेको छैन कारण क्यामेरा बाँनर भएतिर फर्काउने बित्तिकै कतै कोपर्न झम्टिन पो आउने हो कि । धन्न आज त क्यामेराले कामै गरेको छैन तेसैले ढुक्कै भयो ।



ओसोलि चिप्लो भेगमा बनमा हिँड्दै गर्दा चिप्लिएर झन्डै खुरमुरिएको थिएँ जसोतसो ज्यानलाई अडाएँ । अगि भोज खाँदै गरेको स्थानबाट बाईकमा हाल्नुपर्ने दश लिटर तेल ट्याङ्किमा नअटेको खन्डमा बोतलमा राख्नुपर्ला भनेर नेवार्नि आन्टि सँग मागेको एउटा कोकाकोला को बोत्तल भिरमा चिप्लिँदा झन्डै कच्याककुचुक भएको ।



प्रेमिल जोडि मिठो समय बिताउँदै ।
स्वयम्भूको सेरोफेरो सबै बिहार गर्दै गर्दा एक अर्को प्रेमिल जोडिको तस्बिर कैद गरें । मलाई एस्ता मायालु जोडिहरु मन पर्दछ । मैले तेस्तो समय बिताउन नपाएको कारणले मलाई यस्तो प्यारो समय बिताईरहेका सबै जोडिले मोहित बनाउने गर्दछन् ।







आँप किनेर घर फर्कनु पर्ने अनुसुचि मनमा भएकोले धेरैबेर बिचरण नगरि मैले फर्कने निर्णय गरे ।



कालिमाटि चोकमा मेरो देब्रे पट्टिबाट बाय बेगमा कुद्दै गएको टाटा मोबाईलले (जिप) ले अगाडि ड्युटिमा रहेको ट्राफिकलाई झन्डै झन्डै ठक्कर देला जस्तरि देब्रेपट्टि कुलेश्वर पट्टि गयो । भर्खरै ज्यान बचेको ट्राफिकले त्यस जिपलाई रोकाउने चेष्टा कत्तिपनि गरेनन् । आफैलाइ झन्डै ठक्कर दिनै आँटेको, बाटोमा अनियन्त्रित गुडाईएको एउटा साधनमाथि नियन्त्रण गर्न खोज्ने चेष्टा कत्तिपनि छैन, बाँकि अरु सबारिसाधनको चालकको ज्यानको जोखिमको कसलाई वास्ता । कैमे ऊनमा कत्तिपनि अहमता पाईन । आबश्यक  रिस, आबेग, क्रोध पनि जिबनको पाटो हो । यदि म त्यस ट्राफिक प्रहरि हुँदो हुँ त, आठ घन्टा होईन अठार घन्टा काम ड्युटि गरेर भएपनि त्यो जिपलाई समातेर मिल्ने सम्मको या नयाँ कानुन पारित गराएर भएपनि कार्बाहि गरेरै छाड्ने थिएँ । 



जाँदा जाँदै त्यस दिन खिचिएको अरु तस्बिरहरु । 

स्वयमभू् स्तुपामा पुर्बि बाटो हुँदै ऊक्लँदा ।

आकर्षक घोडाको मुर्ति ।

बिदेशि पर्यटक स्वयम्भू स्तुपालाई हेर्दै ।

स्वयम्भू स्तुपा ।

स्वयम्भू स्तुपा परिसर ।

स्वयम्भू स्तुपा ।

स्वयम्भू स्तुपा ।


कथाको मुख्य पात्र ।

ब्यह्तिगत फोटोसुट हुँदै ।

स्वयम्भू स्तुपाको उत्तर पश्चिमि भागमा निर्माणाधिन आनन्द बिहार कुटि ।

Abandon House at Swyambhu, Kathmandu Nepal .

सम्पुर्ण स्वयम्भु क्षेत्रलाई ब्यबस्थापन गर्न स्थापित कति सानो अफिस । अफिस अगाडि मुल ढोकामा चुरोट पिउँदै भित्रबाट आएको मानिस ।

Love Around Swaymbhu, Kathmandu Nepal

स्वयम्भू स्तुपाको पश्चिमि भाग तर्फ ऊपत्यकालाई हेर्दा ।

बजारमा बेच्न राखिएको झुम्का ।

स्वयम्भू को पश्चिम पट्टि परिसको अर्को संरचना ।

बुद्द । Buddha . Photographed at Kathmandu Nepal

युक्ति ।

स्वयम्भू परिसरको दक्षिण पश्चिमि भाग बाट उपत्यकालाई हेर्दा ।

बेच्न राखिएको कलात्मक सामान ।

घन्टिलाई नबजाउन भनेर बानेर राखिएको । बरु घन्टि नै हटाईदिए भैगयो नि ।

स्वयम्भू स्तुपाको पुर्बि भागबाट काठमाडौं ऊपत्यकाको  अबयबसथित कोलाहाल आधुनिक मानब बस्ति । 











 

यात्रा मिति : २०७५/ ०३ / २४ गते।



पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् ।















Labels: ,

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older