Tuesday, July 26, 2016

मालेको अन्तिम संझनामा !

अन्तत मैले मालेलाई बालुवाको थुप्रो  नजिकैको आलिमा हाम्रो घर भन्दा केहि पर पाएँ । ऊसले मुख आँ गरिरहेको थियो । सामान्य भन्दा सानो आँखा अनि ठुलो शरिर थियो मालेको । तेसैले मैले उसको आँखा देखिन, खुला थियो वा चिम्लिएको थियो ।  हिजो रातभर परेको पानि ले ऊसको जिउ पुरै भिजेर ढाडिन थालेको थियो ।

सामान्य दिनमा, सामान्यतया म बिहानको सात बजे भन्दा अगाडि ऊठेको थाहा छैन । आज बिहानै पाँच बजे बाटै बेचैनि भयो । हिजो राति पनि अबेर करिब दुई बजे निदाएको थिएँ । मैले गरेको अनुरोध स्विकार गरेर "Snehas Care" नामक संस्थाले मालेलाई उपचार गर्न आउन आज समय दिएका थिए । अबेर राति कुकुरलाइ खोजेर बानेर राखिदिनुहोला भन्ने सन्देश पाएपछि मलाई झनै बेचैनि भयो कतै कुकुर भोलि पाईएन भने । तेसैले पाँच बजेबाट ओछ्यानमा छटपटाएर ऊठ्न मन लागेको मैले छ बजे ऊठेर बेतमासमा गाँउ डुल्न थालें । मालेलाई खोज्न थालें ।

छिमेकि अन्टिहरुलाई, कसैलाई ब्युझाउँदै, कसैलाई बोलाउँदै मालेलाई देख्नुभयो भने मलाई खबर गरिदिनुहोला भन्न थालें ।

अन्तत मैले आफैंले मालेलाई पाएँ तर माले अब पहिला जस्तो हिड्दैन थियो, पहिले जस्तो निडर अनि मलाई देखेर सामान्य खु:शी दर्शाउने सुचक पुच्छर हल्लिएको थिएन । उ लम्पसार मुख आँ गरेर पानिमा ढाडिएर लडिरहेको थियो ।

करिब आधा जिबन २३ घन्टा सिक्रिमा बाँधिएर  कुखुराको चोरि को सुचना दिनको लागि कुखुरा पालकको छाप्रो अगाडि, घाम , पानिमा बितायो । आधा जिबन स्वत्नत्र हिँड्दा सबैको खेदाई, लखेटाई, ढुङ्गा हिर्काई,  भोक र अन्तत शरिरमा लागेको सामान्य चोटको उपचार नपाउँदा घाऊ फैलिएर दर्दनाक अबस्थामा पिडा भोगेर मृत्यु भयो ।

आज ऊसको कुनै भब्य सम्मान जनक अन्तेष्टि कार्यक्रम छैन, किनकि ऊ सच्चा भक्त, ईमानदार अनि प्रेमि थियो ।

Labels: , , , ,

Monday, July 25, 2016

माले

खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ ।

मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई खप्नु पर्छ । आफ्नो शरिरमा भएको घाउले आफैंलाई कति गहिरो पिडा दिएको हुँदो हो, त्यसमाथि पनि सबैको पिटाई पनि खानु नै छ । बर्खा मौसम कतै ओत लागेर बस्न पाएको छैन,  घाउमा पानिले झन झन थप गहिरो पिडा थप्दै छ ।

अस्ति बिहान सयौं यजमानहरुको मा दिन भरि राम राम भन्दै जटिल संस्कृत पढ्ने बाहुनले आफुले उचाल्न सक्ने भन्दा ठुलो ढुङ्गा खोजेर मालेलाई हिर्काउदै गर्दा म बिहान सबैरैको कालो चिया बनाउँदै थिएँ । बाहुन र माले आमुन्ने सामुन्ने बाट आ-आफ्नो तिरबाट बाटोमा हिड्दै थिए, के दोश थियो र मालेको तेसरि तेति ठुलो ढुङ्गाले हिर्काउनु पर्ने ? शरिरमा भएको गहिरो घाउ देखेर साहानुभुति देखाउनुको सट्टा उल्टै ठुलो ढुंगाले हिर्काउनु पर्ने रहेछ?


माले कुकुर
माले कुकुर कति मस्तले हाम्रो बरण्डामा सुतिरहेको थियो कुनैदिनको रातमा ।


सम्भोगरत अबस्थामा, जबकि कुकुरहरुले आफुले चाहेर पछि आफ्नो यौनाङ्गहरुलाई एक अर्काको मिलनबाट छुट्टाउन नसक्ने रहेछन् । सँगैको छिमेकि बारिवाला दाईले झन ठुलो ढुङ्गाले त्यस अबस्थामा सम्भोगरत अबस्थामा हिर्कायो । एकपटक सोचौं न, त्येहि बेदना आफुमा पर्दा  कस्तो हुन्छ होला?  ऊसले  ठुला ठुला ढुङ्गाहरुले निर्मम तरिकाले निरन्तर बर्साद गरिर्हयो ति कुकुरहरु माथि । अन्तत मैले सहन नसकेर  गोरु बेचेको नाता पर्ने दाईलाई कडा बचन गरें । त्यसपछि पनि न उसलाई हिनताबोध भयो न म सँग रिसायो मैले केहि बुझ्न सकिन । चाहे जे सुकै होस अब मलाई ति दाईप्रति कुनै भातृभाब  छैन । ऊसले जसलाई जे पनि गर्न सक्छ कि ऊसको मुटु तेति दरिलो छ ।




मेरो अप्रत्यक्ष डरले हाम्रो घरमा बस्ने बिद्मार्थि युबकहरुले चाँहि झटपट तेसरि कुनैपनि कुकुरलाई कुट्न सक्दैनन् । आखिर कुट्नु नै किन पर्यो र ? हामिलाई बाँच्न मन लाग्छ , खुसि हुन मन लाग्छ भने बाँकि अरु प्राणीहरुलाई पनि तेहिनै हो नि होईनर ?


आजभन्दा दश दिन अगाडि घाउ फैलिन थाले पछि मैले फेसबुकमार्फत थाहा पाएको परोपकारि संस्थालाई उपचारको लागि पहल गरें । ऊनिहरुको कार्य ब्यस्तताले मलाई प्रतिउत्तर दिन पाएनन् होला । आज फेेरि चिया बनाउन लाग्दा , मृत्युको मुखमा भएको, गलित शरिर लिएर अझैपनि पुरानै जोसमा हिडिरहेको मालेलाई देखेपछि आखा अलिकति रसायो , हतार हतार अनुरोध गरें उपचारको लागि । यसपटक प्रतिउत्तर पाएकि "भोलि उपचारको लागि आऊछन्" ।

आशा गर्छु भोलि आउँछन् , मालेलाई ठिक हुन्छ ।

ऊ बिरामि(घाऊ) भएपछि फेरि हाम्रो घरको बरण्डामा आएर सुतेको छैन , जति पानिमा भिजेपनि फेरि ऊसले त्यो बेन्चमा आएर सुतेको छैन, पहिले एउटा माईक पनि लुतो आएको दिनपछि फेरि कहिलै बरण्डामा आएर फेरि सुतेन ..... सबै कुकुरहरुको स्वभाब अनि ज्ञान र बिबेक समान हुन्छ ....

आखिर ऊ किन फेरि हाम्रो बरण्डामा आएर सुत्दैन, थाहा छ कसैलाई ?  मलाई थाहा छ ।


सच्चा प्रेम अनि भक्ति !!!







Labels: , , , ,

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

‹Older