आमा
“तैँले
खाईस?” ज्यादै मसिनो स्वरमा, शरिरमा बाँकि भएको थोरै शक्ति सँगै बढो मुस्किलले
हातको ईशाराको सहयोगमा ऊँहाले सोध्नुहुँदा मैले टाउको हल्लाउँदै “खाएँ आमा” भनें ।
हजुरआमा सँगको यो नै मेरो अन्तिम कुराकानि थियो । यहि बातचित सँगै पच्चिस
बर्षदेखिको सामिप्यता सदाको लागि छुट्दै थियो ।
बाह्र
बर्षको ऊमेरमा बिबाह गरेर आउनु भएको रे । संझना भएको दिनहरुमा उँहाले भन्नु
हुन्थ्यो । “नब्बे सालको भूँइचालोमा एघार बर्षको थिएँ रे म” भन्ने गर्नु हुन्थ्यो
। यस आधारलाई मानेर गणना गर्दा ऊँहा सत्तरी दशकको अन्तिममा जन्मनु भएको हुनुपर्छ ।
(बिं सं - १९७९) । त्यस समयबाट, बयानब्बे बर्षको ऊमेरमा जिबनबाट मोक्ष प्राप्त
गर्नुहुँदा उँहाले करिब पुरै शताब्दिलाई देख्नु भयो । त्यो ज्यादै ठुलो समय
अन्तराल हो ।
मृत्यु
शैयाबाट सहजताको लागि
Labels: संझना
