Tuesday, January 3, 2017

आमा

“तैँले खाईस?” ज्यादै मसिनो स्वरमा, शरिरमा बाँकि भएको थोरै शक्ति सँगै बढो मुस्किलले हातको ईशाराको सहयोगमा ऊँहाले सोध्नुहुँदा मैले टाउको हल्लाउँदै “खाएँ आमा” भनें । हजुरआमा सँगको यो नै मेरो अन्तिम कुराकानि थियो । यहि बातचित सँगै पच्चिस बर्षदेखिको सामिप्यता सदाको लागि छुट्दै थियो ।

बाह्र बर्षको ऊमेरमा बिबाह गरेर आउनु भएको रे । संझना भएको दिनहरुमा उँहाले भन्नु हुन्थ्यो । “नब्बे सालको भूँइचालोमा एघार बर्षको थिएँ रे म” भन्ने गर्नु हुन्थ्यो । यस आधारलाई मानेर गणना गर्दा ऊँहा सत्तरी दशकको अन्तिममा जन्मनु भएको हुनुपर्छ । (बिं सं - १९७९) । त्यस समयबाट, बयानब्बे बर्षको ऊमेरमा जिबनबाट मोक्ष प्राप्त गर्नुहुँदा उँहाले करिब पुरै शताब्दिलाई देख्नु भयो । त्यो ज्यादै ठुलो समय अन्तराल हो ।

मृत्यु शैयाबाट सहजताको लागि
Read more »

Labels:

Wednesday, December 28, 2016

मुस्ताङ्ग - यात्रा संस्मरण-2073-मंसिर-20


I know you are, Mr. Rujan Neupane” । - चोरि औंलाले, बन्दुक जस्तो अबस्थाको ऊनको हात म भएतिर तेर्साउँदै यो भन्दै गर्दा ऊनको अनुहारको मोहित अभिब्यक्ती जुन थियो त्यो शब्दबाट ब्यक्त नहुने कुरा हो । ऊनको त्यो चञ्चलता र नशाको मादबाट प्रष्फुटित सामिप्यताले मलाई अगिदेखिबाट मेरा बिद्यार्थिहरुले गराई रहेको रमाईलोबाट पुर्ण ध्यान ऊनितिर केन्द्रित गराउन थाल्यो । 
Read more »

Labels:

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older