Tuesday, August 9, 2016

माया

दाईलाई सल्लाघारिमा लिन जानु थियो । मैले जडिबुटिबाट फोन गर्नु अनि म आँऊछु दुबैले कसैलाई पर्खनु पर्दैन समय ठिक्क मिल्छ भनेको थिएँ । त्यसको ठीक ऊल्टो ऊँहाले बानेश्रबाटै फोन गरेर मलाई ढाटेर म जडिबुटि आईपुगें भन्नु भएछ । मलाई झुट पटक्कै मन पर्दैन । मैले म काठमाडौं मध्य शहरबाट यति पर बसेर पनि कहिलै कसैलाई पाँच मिनेट पनि कुराको छैन अहिले सम्म (गर्लफ्रेन्डलाई चाँहि जानिजानि खुब कुराउने रहर थियो कुनै बेला) । मैले उँहालाई पनि कुराउने थिईन, तर अफसोच झुट्टा बोल्ने बानि कसरि हट्छ र सजिलै ।

यहि कारण मैले त्यस दिन उँहालाई कुर्दै गर्दा, हिडिंरहेका एक प्रेमिल जोडि देखें । केटि सुन्दर थिई, सबै रुप रङ्ग मिलेको, जिउडाल ऊत्तिकै बयान गरि नसक्नु थियो । स्किनि वेस्ट, कपडालाई सुहाउने छातिको ऊचाई, अनि नसुकेका नितम्ब । अनुहार तेतिकै राम्रो थियो , कुम भन्दा मात्रै केहि थोरै तर पुगेको सामान्य कालो अलि अलि घुमुर्किएको वेभि कपाल । बदामि आँखा, मिलेको सानो ओठ, गोह्रो बर्ण अनि अन्डाकार अनुहारको बनोट ।
कुनै भद्दा नाङगो पहिरन बिना नै कति राम्रि देखिएकि थिई । घुँडा सम्म पुगेको घाँगर, गोरा पिँडौला, गोडा, अनि अति पातलो कालो चप्पल ।

एति राम्रि ऊनले रोजेकि केटा पक्कै राम्रो भईहाल्छ । अग्लो कदको ठिक्क पातलो शरिरको केटा, हाल्फ प्यान्टमा छेउबाट सँगै राम्रो दुरि कायम राखेर हिड्दै थियो ।

अघिसम्म ऊनिहरु परबाट आँउदै गर्दा मैले ऊनिहरुलाई अगाडिबाट हेर्दै थिए, अब मैले पछाडिबाट मात्रै देख्दै छु ।

देब्रे हातले केटाको कम्मरमा बेरेर आफुतिर तान्दै ऊनले केटाले अगिदेखि बनाई राखेको दुरिलाई अन्त्य गरिदिईन । केटा अझै पनि आफ्नो दुबै हातहरुलाई आफ्नो छाति र पेटको अघिल्लतिर एकै ठाँउमा पुराएर सानो छेस्कालाई चिमोडै थियो ।

ऊनले एसो गर्दै गर्दा आफु भन्दा अग्लो कदको केटालाई आफ्नो टाउको सकेसम्म ढल्काएर माथितिर देब्रेपट्टि उसलाई हेर्दै थिईन । तर ऊनले तेति धेरै टाउको ढल्काएर हेर्न पर्ने थिएन तैपनि ऊनले तेसो किन गर्दै थिईन् भने उनि त्यो केटा सँग प्रेममा थीईन् । ऊनले उसलाई तेसैगरि हेर्दै अनि आफ्नो देब्रे हातले सकेसम्म बल गरेरे केटालाई आफुतिर च्याप्दै लगातार बोलिरहेकि थीई ।

केटाले अझै आफ्नै तालमा दुबैहातहरुले छेस्का चिमोट्न छोडेको थिएन, ऊ तेति प्यारि बनिरहेकि आफ्नो प्रेमिका भन्दा पनि बढि तेहि छेस्कामै केन्द्रित थियो । तर ऊसको त्यो छेस्का बाहाना मात्रै हो र आफ्नो प्रेमिकाको प्रेम ऊसले पक्कै महशुस गरिरहेको हुनुपर्दछ जस्तो मलाई लाग्दै थियो ।

पटक पटक आफ्नो हिपको देब्रेपट्टि भागले ऊनले एक दुई तिनको लयमा केटालाई हिर्काएर केटालाई अब थप आफुतिर केन्द्रित बनाउने प्रयास गर्दै गर्दा उ प्रत्येक हिर्काईमा अझ पर अझ पर ठेलिई रहेको थियो तर उनले उसलाई फुत्किन नदिन अघिनै आफ्नो देब्रेहातले बढो च्याप्प सम्म च्यापेर राखेकि थिईन् यसो गर्दै गर्दा बाटोको दाहिने पट्टि किनारामा हिडिरहेका ऊनिहरु बाटोको देब्रे पट्टि किनारामा आईपुगिसकेका थिए । किनकि ऊनको प्रत्येक पटकको हिर्काईले ऊ पर पर पुगेको थियो ।

मैले आँखाले देख्न सक्ने ठाऊँ सम्म देख्दा ऊनि तेसै गर्दै थिइन् ....

Labels: , , ,

Tuesday, July 26, 2016

मालेको अन्तिम संझनामा !

अन्तत मैले मालेलाई बालुवाको थुप्रो  नजिकैको आलिमा हाम्रो घर भन्दा केहि पर पाएँ । ऊसले मुख आँ गरिरहेको थियो । सामान्य भन्दा सानो आँखा अनि ठुलो शरिर थियो मालेको । तेसैले मैले उसको आँखा देखिन, खुला थियो वा चिम्लिएको थियो ।  हिजो रातभर परेको पानि ले ऊसको जिउ पुरै भिजेर ढाडिन थालेको थियो ।

सामान्य दिनमा, सामान्यतया म बिहानको सात बजे भन्दा अगाडि ऊठेको थाहा छैन । आज बिहानै पाँच बजे बाटै बेचैनि भयो । हिजो राति पनि अबेर करिब दुई बजे निदाएको थिएँ । मैले गरेको अनुरोध स्विकार गरेर "Snehas Care" नामक संस्थाले मालेलाई उपचार गर्न आउन आज समय दिएका थिए । अबेर राति कुकुरलाइ खोजेर बानेर राखिदिनुहोला भन्ने सन्देश पाएपछि मलाई झनै बेचैनि भयो कतै कुकुर भोलि पाईएन भने । तेसैले पाँच बजेबाट ओछ्यानमा छटपटाएर ऊठ्न मन लागेको मैले छ बजे ऊठेर बेतमासमा गाँउ डुल्न थालें । मालेलाई खोज्न थालें ।

छिमेकि अन्टिहरुलाई, कसैलाई ब्युझाउँदै, कसैलाई बोलाउँदै मालेलाई देख्नुभयो भने मलाई खबर गरिदिनुहोला भन्न थालें ।

अन्तत मैले आफैंले मालेलाई पाएँ तर माले अब पहिला जस्तो हिड्दैन थियो, पहिले जस्तो निडर अनि मलाई देखेर सामान्य खु:शी दर्शाउने सुचक पुच्छर हल्लिएको थिएन । उ लम्पसार मुख आँ गरेर पानिमा ढाडिएर लडिरहेको थियो ।

करिब आधा जिबन २३ घन्टा सिक्रिमा बाँधिएर  कुखुराको चोरि को सुचना दिनको लागि कुखुरा पालकको छाप्रो अगाडि, घाम , पानिमा बितायो । आधा जिबन स्वत्नत्र हिँड्दा सबैको खेदाई, लखेटाई, ढुङ्गा हिर्काई,  भोक र अन्तत शरिरमा लागेको सामान्य चोटको उपचार नपाउँदा घाऊ फैलिएर दर्दनाक अबस्थामा पिडा भोगेर मृत्यु भयो ।

आज ऊसको कुनै भब्य सम्मान जनक अन्तेष्टि कार्यक्रम छैन, किनकि ऊ सच्चा भक्त, ईमानदार अनि प्रेमि थियो ।

Labels: , , , ,

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older