यात्रा संस्मरण - बन्दिपुर - पोखरा २०७५-२०७६
Labels: Bandipur, Pokhara, Travel Diary, Travel Memoir, पोखरा, बन्दिपुर, यात्रा संस्मरण
My Personal Diary and Writings ! - RUJAN NEUPANE
Labels: Bandipur, Pokhara, Travel Diary, Travel Memoir, पोखरा, बन्दिपुर, यात्रा संस्मरण
![]() |
| नयाँ ठिमि, भाभाटेनिमा बेच्न राखिएका बच्चाको प्राम । |
![]() |
| Add caption |
![]() |
| रुमन भाउजु र रायन । |
| रुमन र भाउजु प्रतिक्षा मेलबर्न शहरमा । |
![]() |
| ठुलो बन्दोबस्तिको सामाग्रिको झोला सहित ह्यान्डसम म । |
Labels: Travel Diary, Travel Memoir
आज भन्दा तेस्तै ३ बर्ष अगाडि मलाई मलाई मिस एस एल सि हेर्न जान मन एकदमै लागेको थियो । तर जान पाईन । टिभिमा लाईभ टेलिकास्ट हेरेर चित्त बुझाउँदै जर्दा झ्याप्प बत्ति गयो । त्यसपछि म सँग कुनै बिकल्प थिएन । तर आज आफैं फेरि मिसटिन हेर्न जाने निर्णय गरें । बिहिबार हेर्न गएको मिस टिन २०१५ को बारेमा केहि लेख्न मन लाग्यो । आज फुर्सद भएको अबस्था हो । सर्बप्रथक आयोजक तथा प्रतियोगि सबै सहभागिहरुलाई धन्यबाद अनि सम्मान । आयोजना गर्नु एकदमै सकारात्मक बिषय हो तर उहि आयोजकको पाचौं संस्करणको आयोजना स्तरलाई देख्दा सन्तोषजनक हुनसक्ने कुरै रहेन । २ बजे को शुरुवात समय पढेको थिएँ आधिकारिक आयोजना आयोजकको ईभेन्ट क्यालेन्डरमा । ल्यापटपलाई थर्मल पेस्ट लगाउनको लागि पुतलिसडक पुग्दा अलि अलमल परेछ सडकको छेवैमा बेच्न राखोएको टपरिमा पाईने भेज मो:मो खान थाल्नाले । १:२० मा पुतलिसडकमा भएको म, पचास नागिसकेको ठुलो भुँडि भएको, भयंकर साजसज्जा सहितको सफा पसलको ढोका छेउमै आरामदायि कुर्सिमा ढल्किएको मारवाडिले, आधा घन्टामा थर्मल पेस्ट हालिदिने बचन गरेकोलाई, खल्तिमा भएको मोबाईल झिकेर घडि हेर्दै ऊनको कुरा लत्याएर बेलुका ७ बजे फेरि आउने बाचामा हतार हतार राष्ट्रिय नाचघर तिर लागिहालें । नाचघरमा पहिले कहिलै प्रबेश नगरेको म यधपि नाचघर कँहा छ भन्ने थाहा थियो । बाईकलाई पार्किङमा राखेर भेज मो:मो ले पानि मागेको ले, पानि किन्नु भन्दा ऊखुको जुस किनेर पिउनु नै राम्रो लागेर नाचघरबाट उत्तरतिर फटाफट लम्किएँ । हिलाम्मे बाटोमा जसोतसो पाईन्टलाई र क्याटरपिलरलाई सफा राख्न हिलो अनि मान्छे छल्दै हिड्नु कम्ति मुस्किल काम थिएन । मान्छेहरु छल्दै हिलाम्मे बाटोतर्फ टाउको घोप्याएर ढिड्दै गर्दा अचानक अति सामान्य चप्पल लगाएका सेतासेता स्त्री तिघ्राहरुको हुलै देखेपछि टाऊको ठडाएर नहेर्ने कुरै भएन, कारण अझ भन्नु पर्दा सामान्य अबस्थामा जस्तो ऊनिहरुले लगाएको अति साधारण चप्पल र तिघ्राको सेतोपनाको सामन्जञ्य पटक्कै थिएन, तेसैले मैले हेर्नै पर्ने भयो । मैले हतपत टाउको ऊठाएर अनुहारतिर हेरें । पुरुषबानि न हो, अनुहार हेरि सक्दा नसक्दै आँखा ऊनिहरुको छातितिर पनि ठोकिईहाल्यो नि । अनुहारमा सामान्य अबस्थाको भन्दा अधिक श्रिङ्गार देखेपछि मैले तुरुन्तै अनुमान लगाई हालें यो ठुलो हुलमा हिँडिरहेका सुन्दर देखिने स्त्रिहरुनै हुन अहिले हुनलागेको प्रतियोगिताका सहभागिहरु । हातमा भएका पोकाहरु लाई हेर्दै गरेर स्त्रिहरुको सामुन्ने बाट अघि बढ्दा म निश्चय भएँ श्रिङ्गार अनुसारको लत्ताकपडा र जुत्ताहरु अबश्यनै ति पोकाहरु भित्र छ । पाँच मिनेट सोधपुछ सहित टिकट खरिद गर्न, दश मिनेट सरुक्षा जाँच अनि लाईन, अब मुस्किले पन्ध्र मिनेट बाँकि रहेको मनगणन्ते हिसाब लगाएर जुस पसल तिर हान्निदै गर्दा पुस्तक पसल देखेपछि झल्याँस्स याद आयो नगरककोटिको ‘मिस्टिका’ किन्नु पर्ने थियो । पुस्तक पसलमा भित्र पुगिसकेर पसलेको अगाडि ऊभिएको थिए “कुन किताब खोज्नु भएको ?” भन्ने प्रश्न सुनिसक्दा सम्मपनि मेरो आँखामा भर्खरै देखेको तिघ्राहरु झलझलि आईरहेको थियो । झसंग हुँदै “मिस्टिका” भनेछु । उसले हातैमा राखेर बसेको रहेछ किताब, तुरुन्तै म तिर तेर्साईदियो । प्रबिधिको बिकाशको लागि स्वाप मेसिनको आबश्यकता भएको वकालत गर्दै साहुजि सँगको एकैछिनको तितो पोखाई पछि पुस्तक लिएर हतार हतार निस्किएँ । हुत्तिँदै नाचघरको गेटैमा पुग्दा लाग्यो ठेगाना उल्टो परेछकि कसो ! कहि चहलपहल छैन सबै भन्दा ढिला पुगेको महशुस गर्दै हान्निएको म, चरो मुसो नदेख्दा छक्क परें । गटैमा ऊभिएका लुरे गार्डदाईलाई सोधेपछि पक्का भयो आयोजना स्थल तेहिनै रहेछ । “दुई बजे भनेको कोहि आएका छैनन , चार बजे शुरु होला , बस्नुहोस न, टिकट दिने मानिसहरु पनि अहिले अब आउलान्, एतै हो बस्नुहोस न ।“ अहो ! लुरे गार्ड दाईले यति भनिसक्दा खुट्हरुको बेग कम भईसकेका थिए । अब मैले परिस्थिलाई बुझिसकेको थिएँ , थर्मल पेस्ट हालेर आएको भएपनि कत्तिपनि ढिला नहुने अब्यबस्थित आयोजना रहेछ भन्नेमा पक्का भएँ । “हल जानेबाटो” लेखिएको सुचनासन्देश पढ्दै सामान्य भन्दा ढिला गतिले बाहिर बाटोबाट देखिने चाईनिज ईट्टाले सजिएको भब्य सभाहलतिर लम्कदै गर्दा, हिलाम्मे पाईन्ट र क्याटरपिलर लाई हेर्दै सोचें “साह्रै फोहोर छ कतै हलमा मैलाई सबैले हेर्नेछन, फोहोरि मानिस आएछ भन्नेछन् , सफाभुँईमा हिलाम्मे भएर प्रबेश निषेध छ भनेर फर्काउने पो हुन् कि , कतै पानि पाए धुनु हुन्थ्यो” भन्ने अनगिन्ति कुराहरु मनमा खेलाउँदै गर्दा भर्यांङ्ग ऊक्लिई सकेछु । आहा बचियो !!! म हिलाम्मे मान्छे त त्यो बाहिर बाटोबाट भब्य देखिने महलको लागि त अतिनै सुग्घरि मानिस रहेछु । भित्र हलै सम्म छिरें, हलको बाल्कोनिमा गएँ अनि स्टेजमा पनि गएँ । “आहा म त सर्बेसर्बा” आखिर कोहि त छैन हलमा, बाहिर लेज र चाउचाउहरु बेच्न बसेकि महिला बाहेक । हलबाहिरको लबितरबाट आएको दुर्गन्धलाई सहनै नसकेपछि सहनै नसकेर सोधिदिएँ लेज बेच्ने महिलालाई “सरकारि भबन हो ?” । “हो” । हलबाहिरको लबितरबाट आएको दुर्गन्धलाई अतिनै सहन नसक्दा फेरि ति श्रिङ्गारले सजिएका सेता तिघ्रा गरेका स्त्रिहरुको हुललाई संझिए, backend मा पनि एस्तै दुर्गन्ध त होलानि अनि ति सुन्दर स्त्रिहरु एहि दुर्गन्धको माझमा आप्नो पहिरन अनि शरिरमा अत्तर छर्दै होलान् । प्रतेक महिना या महिनामा दुई पटक सम्म पुग्ने QFX सिनेमा घरलाई घरिघरि संझिए । आखिर अधिकांश चाँहि तेहि हिलाम्मे शहर छिचोल्दै पुग्ने सिनेमा घर चाँहि सफाहुन सक्छ भने यो भबन चाँहि कम्तिमा नगनाहुने सम्म पनि किन हुन सक्दैन । दुर्गन्धलाई पचाउनै नसक्ने अबस्था भएपछि एकमन सोचें भैगयो टिकट किन्दिन अनि हेर्दिन “मिस टिन २०१५” । के एस्तै हलभित्र बस्दापनि निरन्तर गन्हाउने हो भने कम्तिमा २ घन्टा कसरि बस्नु ? एस्तो सोच्दै गर्दा, झट्ट मनमा आयो दर्शकहरुको हुल पक्कै ति सुन्दरिहरुको आफन्तहरु हुनेछन अनि तिनिहरुले पनि चर्कै अत्तर छर्किएका हुने छन् अलिअलि अत्तर मेरो जिउमा पनि छ, हामि सबैको अत्तर भएपछि त यो दुर्गन्धलाई माथ गर्न सक्ने छौं , अहिले पो म एक्लै छु मेरो अत्तरले मात्रै जित्न नसकेको हो । एस्तै एस्तै कुरा मनमा खेलाउँदै गर्दा म अडिटेरियमको प्रबेश द्वारमा घरि घरि पुगिरहेको हुन्छु कि कोहि मानिस त देखियोस यो दुई बजे शुरु हुने कार्यक्रममा । बन्दोबस्तिको ठुलो पोको भिरेको एउटा आकर्षक पहिरनको ठिटोलाई देखेपछि सोधें “सुन्नुहोस न ! टिकट कता किन्न पाईने हो?” ठिटो त छाँगाबाट खेसेको जस्तो अनुहार लगाएर हतपत “एकैछिन बस्नुहोस अहिले टिकट लिएर आईपुग्छन” । मनमनमा हलको दुर्गन्धबाट असन्षोस मैले भनिदिएँ “कताँ बसौं र म, बर्षौं देखि मप नगरिएको मार्बलको खालि भुँईमा?” तुरुन्तै जबाफ फर्कायो ठिटोले “एसो जानुहोस न बाहिर तिर घुमेर आउनुहोस एक घन्टामा” । बाहिर नजाने निधो गरेर बाटोतिर देखिने ठाउँमा नाचघरको मुलद्वार बाट भित्र छिर्ने प्रत्येकलाई हेर्ने, अनि एकजनालाई देख्ने आशामा ऊभिईरहें । करिब करिब एक घन्टापछि, अघिनै सोधपुछ गरेको ठिटोले झम्टिदै नजिकै आएर भन्यो, “तपाँईलाई टिकट चाहिएको होईन आऊनुहोस “ । ठिटोले तेति भनिसक्दा दुई बजे देखि टिकट किन्न ब्यग्र म ऊसको पुच्छर लागिसकेको रहेछु । किनेको टिकटमा नम्बर र स्थान केहि ऊल्लेख नगरेको देखेपछि मैले थाहा पाएँ जति पहिले अडिटेररियममा प्रबेश गर्यो तेति राम्रो स्थानमा बसेर हेर्न पाईने । ईन्टरनेटबाटै आफुले रोजेको स्थानमा सिटमा पँहेलो चिन्हो लगाए टिकट खरिद गरेर सिनेमा शुरुहुनु भन्दा, अझ कहिले काँहि त बिज्ञापन सहितको समयलाई पनि कटाएर ठिक समयमा पुग्ने बानि लागेको मलाई आज मेरो खुट्टा राष्ट्रिय नाचघर मा मिस टिन हेर्न जाँदा नराम्रमो संग गल्यो । एतिबेला कालो रंगको टिसर्ट लगाएको सेकुरेटिले अडिटेरियमको प्रबेश द्वार छेकेको रहेछ । म उसैको पछाडि ऊभिईदिएँ आखिर जता ऊभिएपनि ऊभिनुनै त छ । मलाई ऊभिएको देखेर एक पछि अरु मेरो पछाडि लामबद्द भएर ऊभिन थालेछन्, भित्र छिर्ने ढोकामा म पहिलो नम्बरमा ढोकामा ऊभिएछु । एकैछिनमा एउटा मिलेको अनुहार गरेको गोरे मानिसले आफुपछि पछि दुई चार जना मानिसलाई लेराएर मलाई बढो जोडले ठेल्दै ति मानिसलाई सँगै लिएर भित्र पस्यो । मैले बिरोध गरिन कुनै स्पेशल मानिस होला त सेकुरेटिले छोडिदियो । तर म भन्दा पछाडि ऊभिएकाले बिरोध गरे । “आयोजकको बुवा आमालाई नछिराए कसलाई छिराउने” अघिको त्यो अनुहार मिलेको मानिसले जबाफ फर्कायो बिरोधि हुललाई । ढोकामा सामान्य तबरले ऊभिएको मलाई ऊसको आत्मविश्वासी ठेलाईको जोडबाटै मैले पहिलेनै अनुमान लगाई सकेको थिए पक्कै आयोजक प्रमुख या उसको मानिस । ऊसको हेपाहा ठेलाई बाटै मैले अनुमान लगाई सकेको थिएँ ऊ कत्तिको लायक मानिस हो । पछि ऊद्घोषण भाषणमा थाहापाएँ मलाई हेपाहा ठेल्ने मानसि CEO महोदय हुनुहुँहो रहेछ आयोजक कम्पनिको । एक घन्टा पन्ध्र मिनेट ऊभिएपछि बल्ल अडिटेरियममा प्रबेश पाईयो । पहिलै कहिलै नाटक या सभाहलमा जानुपर्ने काम नपरेको, फिलिम हलको लास्टतिर बस्ने बानि लागेको मलाई थाहा थियो को लाईभ स्टेज प्रोग्राममा जति अघाडिको सिटमा बस्यो तेति राम्रो । जान पाहिने जति ठाउँ सम्मको लाईनको अग्रभागको बिचमा बसें । कार्यक्रम शुरु भयो, एकपछि अर्को गर्दै शुन्दर युबतिहरु र्याम्पमा हिँड्ने थालें । पाँचौं संस्करण आयोजना गरिरहेका आयोजकले, थोरै भएपनि ब्यबस्था गरेका साजसज्जा र बत्तिमा आकर्षक पहिरन लगाएर हिंडेका ति युबतिहरु सबैनै मिस टिन हुन लाएक थिए । एकपछि अर्को प्रतियोगिले आफ्नो परिचय दिन थाले , धन्न धेरै जसो प्रतियोगिले नेपालीमा भाषामा दिए आफ्नो परिचय । नेपाली शब्दावलिको कत्तिपनि ज्ञान नभएका अनि जिबनमा स्कुले पढाईको अनिबार्य नेपाली बिषय बाहेक कहिलै नेपाली पुस्तकहरु नपढ्नेहरुलाई कसरि नेपाली शब्दहरुको ज्ञान होस अनि जसको मद्दतले ऊकृष्ट शब्दाबलिको प्रयोग गरुन । मुस्किलले आफ्नो परिचय स्तरिय तरिकाले दिने प्रयत्न गरे । प्रतियोगिहरुको कमजोर स्तरको ब्यक्तिव्त अनि फराकिलो ज्ञानको दायराको कुरा गर्नु भन्दा अगाडि , पाँचौ संस्करण सम्म प्रतियोगिता आयोजना गरिसकेका आयोजकको क्षमता देखेर दया लागेर आयो । कार्यक्रम ढिला शुरु गरेर हो वा ब्यबस्थापन क्षमता नभएर , आयोजनाका ऊद्घोषक रोजिन साक्य शुरुदेखिनै हतार हतार आयोजना लाई कुदाउने शैलिमा प्रश्तुत थिए । हुनत प्रतियोहोहरुलाई शाक्यजि ले महिनौं देखि सँगत गरेका भएर होला, भर्खरै जजहरुको प्रश्नको ऊत्तर दिईसकेकि प्रतियोगिलाई ऊनले “भाषण होकि ऊत्तर हो” भन्न सम्म भ्याए । कुनै औपचारिक कार्यक्रममा प्रतियोगिहरुलाई गर्ने ब्यबहार कति सम्मको जायज हो मलाई थाहा भएन । एकपटक म जागिरको ईन्ट्रभ्यु दिन एउटा ठुलै कम्पनिमा पुगेको थिए । ईन्ट्रभ्यु ग्रुप डिस्कसनन शैलिको हुने जानकारि पाएँ । पछि थाहा पाएँ ग्रुप डिस्कसन चाँहि अँग्रेजिमा गर्नुपर्ने कुराको निर्देशन पाएपछि “म रुजन न्यौपाने , म भक्तपुर बाट आएको हुँ, अधिकांश समय नेपाली क्लाईन्ट सँग काम गर्ने यो संस्थामा काम गर्नको लागि, अँग्रेजि भाषामा ग्रुप डिस्कसन गर्नुपर्ने यो ईन्ट्रभ्यु मलाई दिन कुनै रुचि छैन, मलाई माफ गर्नुहोला !” भन्दै जुरुक्क ऊठेर हिँडिको थिएँ । यो प्रसंग जोड्नुको तात्पर्य चाँहि प्रतियोगिहरुको अति कमजोर अँग्रेजि भाषाको प्रयोग । मैले कुरा नबुझेको यो हो कि आखिर कनि कनि कुनै टुटे फुटेको अँग्रेजि बोल्दैमा कार्यक्रम बिशिष्ट हुने हो र ? अनि मिस टिनहरु ट्यालेन्ट हुने हुन् ? कट्रिना, ज्ययाकलिन अनि हार्सा भोग्ले को अँग्रेजि लाई बाँकि बलिउडमा हिरोईन र प्रस्तोताहरु सँग तुलना गरेर एकै छिन सबैले सोच्नु पर्दछ, कि उल्था गर्दै बोल्ने होकि या आफुलाई अभिब्यक्त गर्ने । मेरि पाँच बर्षिय भतिजि अमेरिकामा जन्मेर हुर्कदै छे, ऊसले अँग्रेजिमा गरेको “वेदर फोरकास्ट” को भिडियो म प्रायस हेर्छु किनकि त्यहाँ छ बास्तबिक अभिब्यक्ति न कि ऊहि पाँच बर्षिय या भनौ रातो बंगलामा हाईस्कुल पढ्दै गरेको घोकन्ते अँग्रेजि घुसाईएका अरु बच्चाहरुले बोल्ने अँग्रेजि बिचको अन्तर । फ्रान्स, स्पेन, चाईना, जापान ले अँग्रेजि प्रयोग नगरिनै ठुला ठुला फुटबल लिग, ब्यापार, प्रबिधिको दुनियामा आफुलाई अग्रस्थानमा पुर्याउन सकेका छन भने हामिले कनि कनि अँग्रेजि बोल्ने कहिले सम्म ? मेरो मान्यता अँग्रेजि जान्ने हो, बुझ्ने हो, अति सुन्दर अँग्रेजि साहित्य पढ्ने हो अनि बोल्ने बेलामा जोड जोडले खुलेर नेपाली बोल्ने हो । मलाई आफ्नो ब्यक्तिगत रुपमा भन्नु पर्दा मिटटिन लगायतका ब्युटि कन्टेस्टमा प्रतियोगिहरुको बौदिक स्तर जाँच्न गरिने प्रश्नहरु बिनाअर्थको लाग्दछ । मेरो मान्यता सबैभन्दा राम्रि, राम्रो र्याम्पमा हिँड्ने अनि हट सेक्सि प्रतियोगिले मिस टिन लगायतका कन्टेस्ट जित्नु पर्दछ । भित्रै अनि मनै देखि एक्पोजिभ, सेक्सको बिषयमा एकदमै खुल्ला, कुनैपनि कुराहरुमा स्त्रि भाबना बाट परिस्थिति अनुसार बाहिर निस्कन सक्ने, सामाजिक रुपमा अतिनै खुल्ला, भाबना भन्दा प्रस्तुतितामक चातुर्यता भएका केटिहरु मोडलिङ, मिसटिन लगायतका कन्टेस्टका लायक हुन् । मैले पटक्कै नबुझेको बिबादास्पद बिषय चाँहि के हो भने , अधिकांश समय पुरुषलाई सुझबुझपुर्ण बेवास्ता गर्ने, कतिपय अबस्थामा या सामुहिक संगठनात्मक उदेश्य सहित पुरुष प्रति हेय भाबले प्रस्तुत हुने अनि तेहि पुरुषै पुरुषहरुको बाहुल्य भएको सुन्दरि प्रतियोगिता, मोडलिङ, मा पुरुषहरुबाटै ऊतकृष्ट छानिन चाहानु को लालच चाहि मैले बारम्बार नबुझेको बिषय हो । बास्तबमै यो सोचनिय कुरा हो मेरो लागि । यद्यपि एक नारिले समाजमा पुरुषहरुबाट सास्ति पाउनु परेको छ भन्ने आम मानिसको सोचाईप्रति मेरो पुर्ण सहमत कहिलै छैन । पुरुष सृष्टिको सुन्दर सृजना हो जसले आफ्नो आमालाई पहिलो माया दिन्छ अनि दोश्रो स्त्रिलाई । मनैबाट भित्रैबाट र अति कोमल भाबनाले हरपल कमजोर भएर मायामा लिप्त भईरहन्छ । एउटा पुरुष एउटै अनि एउटै अबस्थामा मात्र आफु कमजोर हुन्छ कि स्त्रिको मायामा । यो बास्तबिकतालाई बास्तबमै समाजमा प्राथमिकता दिईदैन । पाँचौं संस्करण सम्म आईपुग्दापनि पनि आयोजना ब्यबस्थापनमा एकदमै कमजोर थिए फ्यासन प्लस । कार्यक्रमको बिच बिचमा बत्ति निभिरहनु सामान्य भईसकेको थियो । एकपटक बत्ति निभेर हल पुरा अन्धकार भयो, लगत्तै कार्यक्रमा ऊद्घोषक आएर ब्यंगात्मक धन्यबाद दिए नेपाल बिधुत प्राधिकरणलाई । यसमा मेरो बुझाई चाँहि एस्तो भयो, सिधा भन्नुपर्दा जो चोर ऊसको ठुलो स्वर भने झैं बिगत सात आठ बर्षदेखि हुन थालेको चरम लोडसेडिङ्ग अनि पाँचौ पटक आयोजना गरिरहेमा आयोजना ब्यबस्थापकलाई थाहा थिएन र बिचैमा बत्तिजान सक्छ भन्ने कुरा ??? बैक्लपिक ब्यबस्थापनमा असफल हुँदा बिधुत प्राधिकरणलाई ब्यङ्गात्मक रोष पोख्नु मुर्खता हो बरु मेरो सल्लाहा छैठौं संसकरणमा बत्तिको बिकल्प ब्यबस्था गर्नु सोच्नु ऊपयुक्त होला रिसाऊनु भन्दा । प्रतियोगिहरु घरि सगरमाथाले आशिर्बाद दिएको छ मलाई भन्छन त घरि बिजनेश म्यान भएर समाजलाई सेवा गर्छु भन्छन । अनि अझै हास्यास्पद लागेको चाँहि ब्युटि प्याजेन्टमा सहभागि एकजना बाहेक सम्पुर्णको जिबनको ऊदेश्य चाँहि डाक्टर, नर्स, ईन्जिनियर बन्ने सपना रहेको रहेछ । कति भ्रमात्मक सपना । ऊदेश्यहिन यात्रा । मलाई दया लाग्यो हाम्रो समाजले हामिलाई नराम्रो सँग लादेको भबिष्यको सपना । एक नम्बरमा सगरमाथाले आशिर्बाद दिँदैन अनि अर्को बिजनेशम्यान ले सेवा होईन नाफा गर्छ । मलाई पनि बच्चा बेलामा सबैले सोध्दथे “तिमि ठिलो भएर के बन्ने भनेर ?” मेरो तैयारि जबाफ भनिहाल्थें “डाक्टर” । मनमनै चाँहि मलाई ड्राईभर बन्न मन लागेको हुन्थ्यो । यो ड्राईभर बन्ने सपना चाँहि कहाँबाट आएको भने, हाम्रो गाउँमा चल्ने जर्मनि गाडिमा ड्राईभर छेउकै अगाडिको सिटमा बा-आमाको काखमा बसेर अगाडि बाटो हेरेपछि त संसारै आफ्नो हुने रमाईलो सुरु हुन्थ्यो । घरि घरि ड्राईभरले स्टेरिङ र गियर चलाउँदै हाँकेको हेर्दै बाटोमा अगाडि देखिएको दृष्यहरु हेर्दै बागबजार सम्म पुग्दा त ड्राईभरनै बन्ने धोको लागेर आउँथ्यो । तेतिबेला सम्म मलाई थाहा थिएन नि आफैंले निजि गाडि किनेर चलाउन पाईन्छ भन्ने मलाई लागथ्यो कि त्यो स्टेरिङ त तब मात्रै छुन पाईन्छ जब ड्राईभर हुईन्छ । पछि ठुलो भइसक्दा पनि मेरो जर्मनि गाडिको अगाडि सिटमा बस्दा लाग्ने रमाईलो कम नभएको थाहा पाएँ जब एकदिन म सल्लाघारिबाट जर्मनि गाडिको अगागिको सिटमा बसेर यात्रा गरे त्यो दिन सिँहदरबार झर्नु पर्ने म रमाउँदै सोह्रखुट् पुगिसकेछु । अहिले चाँहि लाग्दै छ कि प्राण प्यारि सँग डेटिङ्ग नि तेहि जर्मनि गाडिको अगाडिकै सिटमा बसेर पो गर्ने हो कि हाहाहा । जब ति प्रतियोगिले “बाह्र गते भुईचालो गएको छ” भनिन तेतिखेर त म छक्कै भएँ, न नेपाली भाषा आउँछ न अँग्रेजि , अति कमजोर बौदिक स्तर । कार्यक्रमको सुरमा रिजाल हो कि रिसाल थर गरेकि एक पुर्ब प्रतियोगिले प्रस्तुत नाच हेरेर चाँहि नतमस्तक भए । गोडाहरु १८० डिग्रिमा फाटिन सक्छन, जिउ तेतिनै लचिलो छ, चाक साकिराको भन्दा पनि गज्जब हल्लिएको छ, अनि अद्भुत नाच । कति क्षमताबान हुन्छन यस्ता कुराहरुमा स्त्री । आहा कति सुन्दर सृजना प्रकितिको । साँच्चैनै रिजाल / रिसाल थरकि पुर्ब प्रतियोगि को नाच अदभुत थियो । प्रतियोगि पाँचै जनाको स्टेज प्रस्तुति चाँहि निकै तारिफ गर्न योग्य थियो । करि सुन्दर भेषभुषा, परबाट देखिएको सुन्दर जिउडाल अनि बयानै गर्न गाह्रो सुन्दर नाच । कन्टेस्टेन्ट नम्बर एक मेरो रोजाई थियो । ऊनले दिएको परिचय अरुको भन्दा ओजिलो थियो । मलाई चाँहि मिटटिन एक नम्बर कन्टेस्टन्ट लाई बनाउन मन लागेको थियो । रातो पहिरनमा सजिएकि ऊनि परबाट हेर्दा सुन्दर देखिएकि थिईन । ऊनका प्रश्नहरुको जबाफ शैलि पनि ऊत्कृष्ट थियो । जजहरुले गरेको पुरुष छनौटको प्रश्नमा सबैको रोजाई बुवा नै थियो एकजनाको बाहेक । सायद उनैले सिमटिन जितिन जस्तो लागेको छ मैले राम्रो ठम्याउन सकिन, एक त परबाट राम्रो सँग प्रतियोगिहरु बिच अन्तर छुट्याउन नसक्दा सबै एक समान झैं लाग्दै थियो दोश्रो कन्टेस्टेन्ट नम्बर ट्याग लगाईएको अलि सानो भएकोले त्यो पनि देख्न सकिएन । टोकन अफ लभ अनि याप्रिसिएसन हरु बाँड्दै गर्दा लुईटेल थरका आयोजक प्रमुखको बाबु घरि घरि स्टेजमा आईरहँदा सँगै आऊनुभएको आमा स्टेजमा ननिम्त्याईनुको कारण चाँहि ऊनले गोडा भन्दा निकै माथि लगाएको सामान्य गाढा रँगको रातो सारि थियो भन्नेमा मा बिश्वस्त छु । मेरो सुझाब या त परिबर्तन गर्न सहगोय गर्नु पर्यो या यथास्थितिलाई आत्मसाथ गर्दै आफ्नो आमाको सम्मान गर्नसक्नु पर्दछ । आयोजक हरु बढो हतासमा थिए, सहि ढँगबाट टोकन अफ लभ अनि याप्रिसिएसनहरु, बिजेता ब्याज लगाईदिन हतार हतार गरिरहेका थिए कारण मैले बुझ्न सकेको छैन । त्यो मलाई नाम थाहा नभएको बिजेता बिधा ऊल्लेख गरिएको सेतो रँगको खादा लाई अति हेपाहा पाह्राले भिराईदिनु लज्जास्पद थियो । अलिकति समय लिएर अनि स्मार्ट बनेर लगाईदिन सक्नु आयोजक अनि भिराईदिन स्टेज पुगेका प्रत्येक ब्यक्तिको दाईत्व थियो । जजले सोधेको प्रश्नमा सुरिएर अँग्रेजि भाषामा ऊत्तर दिन थालेकि प्रतियोगि बिचैमा अड्किएर रुने अबस्थामा पुग्दा चाँहि एकैछिन माया लाग्यो प्रतियोगिको । तेसैले त म बारम्बार आफ्नो भाषा प्रयोग गर्नुपर्ने कुरामा जोड दिन्छु , ओजिलो शब्द र ब्यक्तिव्त सहितको नेपाली भाषा अनि प्रस्तुति । अति आकर्षक पहिरनहरुमा सजिएका सुन्दर युबतिहरु, कालो सुटमा आँटिलो भएर ठडिएको आयोजक प्रतिनिधिहरु, प्रसंसा गर्न लायक उद्घोषण शैलि भएका रोजिन शाक्य, र्याम्पमा हिडेमा लचिला हिडाई, नृत्यहरु, प्रस्तुतिहरु, धिरज दाईको स्टेज पर्फमेन्स, बादलको “ठुलोदाई” गित सबै अति प्रसंसनिय कुराहरु थिए जसले मेरो मिसटिन २०१५ को हेराईलाई आनन्ददायक बनायो । समसाँझै घरछिर्नुपर्ने मेरो सामान्य आदद अनुसार आज त निकै ढिला भईसकेको थियो । कार्यक्रम सकिन नपाउँदै हतपत पार्किङमा हान्निए, महँगो पार्किङ्ग शुल्क बुझाएर , पुतलिसडकमा थर्मलपेस्ट हाल्न गएँ । मोटरसाईकलको एक घन्टामा घर पुग्न सकिने अबस्थामा पनि मलाई अगि रोजिन शाक्यलाई भएको हस्तो मनमा हताश भईरहेको थियो किनकि म सात बजे सम्म पुतलिसडकमै थिएँ । जति हतास भएपनि कहिलै हर्न नबाजाउने, कुनै गाडिलाई अनाबश्यक ओभरटेक नगर्ने, पैदल यात्रिलाई सकेसम्म प्राथमिकता दिने अनि अति सामान्य गतिमा मोटरसाईकल गुडाउने मेरो शुरुदेखिको आदत छ । धेरै सिसिको स्टाईलिस मोटरसाईकल, कहिले काँहि तिब्र गति अनि अल्याङ्ग पल्याङ्ग गर्दै मोटरसाईकल चलाउने काम मैले युबा अबस्थामा गर्न नपाएको/नसकेको कुरा मध्येको एक हो । पानिले रूझ्दै , अति मुस्किलले मोटरसाईकल हाँक्दै गर्दा पछाडिबाट कारले बजाउने हर्न चाँहि अति झर्को लाग्ने र रिस ऊठ्ने कुरा हो । अनि तेतिखेरै म आफुलाई कार्लमार्क्स बनाई हाल्छु अनि सुन्दर समाजको कल्पना गर्छु । अलि पर पुगेर साईकललाई ओभरटेक गरेपछि चाँहि म्याक्स वेबर, डेभिड रिकार्डो लाई संझिन्छु । दर्जनौ ठूलागाडिको हेपाहा हँकाई बाट बच्दै ज्यान जोगाउँदै, सयौं पानिले भरिएका खाल्डाखुल्डि छल्दै बाईकको सकको तालमा जिउलाई ऊफार्दै घर आईपुग्दा थकित हुन्छु । आफ्नो जेसिलाई माया गरेर, बाआमा सँगको गफ पछि, अनि कोठामा छिरेर मोबाईल खल्तिबाट झिकेर एसो स्क्रिनमा थिचेर हेर्छु कतै मिठो म्यासेज आएको छ कि, बाईकमा थाहा नपाएर प्यारो फोनकल छुटाएको पो छु कि । --- |