Tuesday, April 16, 2019

यात्रा संस्मरण - बन्दिपुर - पोखरा २०७५-२०७६


उपत्यकाको कोलाहाल मानब बस्तिबाट अलि पर बाहिर प्रकृतितिर जाने भन्ने बित्तिकै मन रमाएर उन्माद हुन्छ । नयाँबर्ष आगमनको अघिल्लो हप्ता हाम्रो घरमा आएको भाईले जाँउ घुम्न भनेपछि नाई भन्न नसकेर यो यात्राको निर्णय भएको थियो ।

नयाँ बर्ष भन्दा दुई दिन अगाडि यात्राको लागि निस्किएर पहिलो रात बन्दिपुर, दोश्रो रात पोखरा बस्ने योजना तय भयो । ठिक एसै दिनहरुमा अघिल्लो नयाँ बर्षको दिन एभरेष्ट बेस क्याप्मतिरको यात्रा बाट फर्किएर जिबनमा पहिलो पटक हेलिकप्टर चढाईको आनन्द लिदैँ गरेको संझना भईरहेको छ । 

दुई दिन बसाईको यात्राको खर्चको अनुमान गरेर जाने पक्का निर्णय गरियो । यस पटक अरु यात्राहरुमा भन्दा निकै सानो ब्यागप्याक बोकेर निस्किएँ । यसपटक म निकै छरितो यात्रा गर्न चाहान्थें । 
Read more »

Labels: , , , , , ,

Thursday, October 25, 2018

मनोहरा संझना

घरको सामान्य मर्मत आफैं गर्ने मेरो बानि छ । अघिल्लो दिन बिहान कामिको मा गएको थिएँ टुल्सहरु धारिलो बनाउन (पाईन हाल्न ) दिएको थिएँ ।
"अब हुन्छ काम, बेलुका आउनु हुन्छ" भनेको कामि बेलुका जाँदा मजाले तासमा मस्त भईरहेको रहेछ ।
आज बिहानै फेरि गएँ । परैबाट घन ठटाएको आवाज सुनियो । पक्का भयो कि आज मेरो सामान बनाईदिने छ ।
भान्छामा ईकजस्ट फ्यानको प्वाल टालिसकेपछि, गमलामा माथिपट्टि राखेर सजाउन दर्शन ढुंङ्गाहरु बटुल्न मनोहरा खोला जाने बिचार गरेर मनोहरा खोलातिर बाईकमा गएँ । बाईकमा जानुको कारण चाँहि ढुङ्गा बोकेर घर आउन सजिलो होस भनेर ।

बेसि चौर पुग्नै थाल्दा एउटा कार खोल्चामा ( कलभर्टको खाँदमा ) एउटा पाङ्ग्रा खसेको देखें । फुर्सदै भएकोले सहयोग गर्ने बिचार गरें । बोकौं र यता साह्रौं भने । मेरो कुरा पत्याएनन् ।  तर त्यसरि बोकेर सार्हन मिल्ने रहेछ भन्ने कुराको ज्ञान चाँअि बिनय सँग भिमफेदिको बाटो काठमाडौं आउँदै गर्दा हाम्रो कोरोला गाडि तेसै गरि साईडको ड्रेनमा खसेको बेला  सुमो ड्राईभरहरुले बोकेरा बाटोमा अड्याईदिएका थीए । त्यसरि सिकेको ज्ञान लाई मैले उपयोग गर्ने बिचार गरेको मेरो कुरो खासै वास्ता गरेरनन् ।

मलाई खासै वास्ता गरेरनन् किनकि मेरो लामो कपाल र त्यसलाई चुल्ठा बनाएको थिएँ । यो कुरा मलाई पछि याद भयो ।

फुर्सदै भएकोले सहयोग गरेतापनि या नगरेतापनि उनिहरुको मनोबलको लागि छेउमै बसेर हेरिदिई रहें ।

बेसि चौरमा मस्तले कबड्डि खेलिरहेका काला देखिने ५-६ जना मधेसिहरुले गाडि भएतिर आएर सहयोग गरिदिन थाले । नभन्दै तुरुन्तै निस्कियो ।

ति गाडिमा सबार ३ जना मध्ये कसैले पनि ऊनिहरुलाई धन्यबाद सम्म पनि भनेनन् । मैले बरु धन्यबाद भनिदिएँ ।

मैले पनि धन्यबाद पाईन । म पनि आफ्नो बाटो लागें । राधिका आमा चाँअि त्यहि गाडिमा लिफ्ट मागेर( मैले लिफ्ट मागिदिएको) माथी जानुभयो । म लागें खोलातिर ढुङ्गा बटुल्ने कामको लागि ।

पुल छेउ बाईक रोकेर खोलातिर लाग्दै गर्दा बस बिसौनिमा बसिरहेका ड्युटिका प्रहरि देखें । २०७३ सालको जनै पुर्णीमाको अघिल्लो दिन मैले पुसिल बाट बिना कसुर हन्डर खान परेदेखि मलाई पुलिस पट्टक्कै मन पर्दैन । सबै पुसिलहरु एक समान लाग्न थालेको छ ।


मनोहरा खोला कन्चन हुन्थ्यो । बालुवाको बगर र खोलाको पिँधमा प्रसस्तै बालुवा हुन्थ्यो । पम्पसेटको नोजल डुबाउन बाबाले बालुवामा कोदालिले खाडल पार्न खोज्नु हुन्थ्यो एकैछिनमा फेरि माथिबाट बगेर आउने बालुवाले पुरिदिई हाल्दथ्यो ।  त्यो बालुवालाई सोरेर खोला थुन्ने खेल पनि खेल्न भ्याएका थियौं । खोला किनार वा खोलामा ऊभिएर चारैतिर मुन्टो घुमाउँदा निकै पर-पर सम्म कतैपनि घरहरु देखिँदैन थिए । जताततै हरियालि र मनोहराले बनाएको बिलाश मनोरम फाँट देखिन्थ्यो त्यसमा बाह्रै मास बालिहरुले भरिपुर्ण हुने गर्दथ्यो ।   बाबाले आलुमा पानि लगाउनु हुँदा खोलाको पानि अँझुलिले उबाएर पिउनु हुन्थ्यो ।धान रोपाँई, आलु रोप्दा, वा बाबाले आलुमा पानि लगाउँनु हुँदा हामि खोलामा मस्तले खेल्थ्यौें । मलाई संझना छ तर हामिले कहिलै पौडि खेलेनौं । किन पौडि खेलेनौं मलाई थाहा भएन । अहिले लाग्छ हामि बच्चै देखि निकै बुद्दिमान रहेछौं ।


आज म दु:खी भएँ । मेरो बालापनको तेस्तो प्यारो मनहरा खोला आज कति कुरप थियो । बालुवा छैन । पानि पुर्ण धमिलो भईसक्यो । बगरमा जताततै फुटेका सिसाका टुक्राहरु छन् । खोला किनारामा ऊभिएर हेर्दा जताततै कुरुप अब्यबस्थित बस्ति तथा संरचनाहरु छन् । यो झन बिकराल बन्ने छ ।


खोलामा ढूङ्गा बटुल्दै गर्दा पनि शान्ति दिँदैनन्  । मेरो शान्ति भङ्ग गरिदिँदै "के को लागि बटुलेको हो ढुङ्गा" भन्दै एउटा आईमाई खोलापारि बाट चिच्याईन् । सागमा बिषादि छर्किनको लागि पानि उबाउन खोलामा आएकि रहिछन् । आफ्नो काम गर्नु जानु । मेरो कामको बारेमा किन सोधखोज गर्न पर्ने होला ।

मैले जबाफ दिएँ ।
"तेतिकै"

ऊनि फेरि चिच्याईन । केहि गर्न मिल्ने भए हामिलाई पनि सिकाईदिनुस् न ।  उनको त्यो मरिहत्ते सुनेपछि मैले बताईदिएँ ।
"गमलामा राख्नलाई " ।

कृपया मलाई शान्ति दिनुहोस् । म सँग काम नपरि अनाबश्यक बातचित नगर्नुहोस ।

अघिल्लो दिन शान्ति खोज्दै सार्किडाँडा तिर पुगेको थिएँ । पहिलो पटक सार्कि डाँडामा टेक्दा म २८ बर्षको भईसकेछु । म पहिले कहिलै सार्कि डाँडा पुगेको रहेनछु जुन घर भन्दा मुस्किलले ५०० मिटर टाढा होला ।
  


लोभि मैले ढूङ्गा धेरैमे बटुलेछु । बा्यागले थाम्नै सकेन । सकिनसकि बल्लबल्ल बाईकमा पुराएँ र लिएर घर आएँ ।




 


Tuesday, September 18, 2018

जग्गाको लागि दु:खको दिन ।

छिमेकि भाई शिसिरको र मेरो ऊहि प्रकारको समस्या भएछ आज । भान्छा सफा गरौं भनेर कुच्चो हातमा समातेको थिएँ । भान्छाको झ्यालबाट ऊत्तरपट्टि हेर्दा केहि मानिस लामो टेप लिएर बारिमा यता ऊति गरेको देखें । थाहा भईहाल्छ । दलालि हरु ।

शिसिरको हाउभाउ बाटै अड्कल लगाएँ कि ति आगन्तुक भु-माफिया हरुले हामि पुर्खाौें देखिको स्थानिय बासिन्दालाई दमन गर्न खोज्दै थिए ।

एकैछिन हेरिरहें । छिमेकिलाई सहयोग गर्न जान पर्छकि भनेर ।  

मैले अडकल लगाएको त्यहाँको पहिरिमा एउटा सानो टुक्रा जमिन किन्ने चतुर मानिसको उदेश्य चाँहि त्यो जमिन बाट ऊत्तर पशिच्म भागमा रहेको बिशाल पर्ति भुमिलाई आ-फ्नो बनाउने ।

दिउँसो घर सफा गर्दै थिएँ । बढो जतन सँग फोटो फ्रेमको सिसालाई धोएर घाममा सुकाएको थिएँ ।

घरबाट दक्षिण पट्टि पारि एउटा प्लटिङ्ग भनिने कुरुप तथा अब्यबस्थित जमिनका टुक्राहरु पारिएका ठाउँ छ । त्यहाँ नजिकै साँधमा हाम्रो जमिनलाई मिचेर जबरजस्तो पर्खाल लगाएका छन् ।

मैले जमिन मिचिएको कुरा जानकारि गराईदिन हतार हतार तेतातिरा जाँदा तेति दु:खले धोएर सुकाएको फ्रेमको सिसा आफैंले लात्ताले लागेर फुट्यो । 

ऊपत्यकाको आदिबासि भएपछि ठुलो कष्ट पाउनु पर्ने रहेछ ।

> प्लटिङ्ग भनिने बस्तिहरुमा चाँहि आठ फिटको बाटो बनाएर बसेपछि त्यस बाटोमा हामिले प्रबेश पनि पाउँदैनौ। त्यो बाटो फराकिलो पार्ने कुनै मापदण्ड पनि हुँदैन ।
> हामि आदिबासि बसेको अति ब्यबस्थित बोसबासको माझबाट ब्यबसायिक बाटो बनाउने र हाम्रो घर फोडिदिने, जग्गा बाटोको नाममा तेतिकै खाईदिने ?


प्रजातन्त्रमा नाजायज बिभेद हुँदैन । नेपालमा पाईला पिच्छे नाजायज बिभेद छ त्यसमा पनि सरकारि सँस्थाहरु यस बिभेदकारि को प्रथम पङ्तिमा पर्दछन् ।





Wednesday, September 12, 2018

जिबनशैलिको आकांक्षा।

एस्तो एउटा सानो घर होस् । आफुले माया गर्ने र आफुलाई माया गर्ने सबैलाई यसमा अटाएर बस्न पाईयोस् । 

मेलबर्न अष्ट्रेलियामा खिचिएको तस्बिर । २०७४ साल ।

Bride on her Wedding Day


 दुलहिले आफ्नो घुम्टो आफैं पहिरिँदै गरेको यो तस्बिर देख्दा एकैछिन दु:ख लाग्यो । एस्तो सामाजिक खोक्रो जिबन हुँदाहुँदैपनि नयाँ पुस्तालाई बिदेशिनु पर्ने बाध्यता वा मोह के ले गरायो होला ?

दुलहि आफ्नो घुम्टो आफैं पहिरिँदै । अष्ट्रेलिया ।

Tuesday, September 11, 2018

प्रामको कथा

नयाँ ठिमि, भाभाटेनिमा बेच्न राखिएका बच्चाको प्राम । 
आज फुलको गमला किन्नलाई भाटभाटेनि जानु पर्यो । बाटो मिच्दै घरै पिच्चे हुने पसलै पसल जसले गर्दा दैनिक आवतजावतमा पर्ने कष्टलाई निरुत्साहित गर्नलाई भएपनि म भाटभाटेनिमै किनमेल गर्ने गर्दछु  । हुनत मेरो लागि भाटभाटेनि पनि तेसि असल संस्था त हुन सकेको छैन किनकि यस भाटभाटेनिले मेरो कार्डबाट पचास पैसा बढि काटेको छ । मैले मेरो पचास पैसा बढि काटियो भनेर जानकारि गराउँदा कुनै वास्ता गरिएन पछि ठुलो घम्साघम्सि पछि फिर्ता गराईदिने तर बैंकको प्रक्रिया लाग्ने भएकोले केहि समय लाग्ने भनेका ठिमि बान्चका भाटभाटेनि ब्रान्च म्यानेजर भनिएका गुरुङ अनुहारका मानिसको बाचा अहिले सम्म पुरा भएको छैन । ठीकै छ मैले पचास पैसा दानै दिनुपर्ने भयो ।


कुरा आयो यो प्रामको । लौन प्रभु कता गुढाउने हो यो प्राम?

हरेक समाजको सामाजिक ब्यबस्था त्यहाँ बस्ने मानिसहरुको चेतनास्तर प्रतिबिम्बित गर्ने गर्दछ ।

अब मैले चाँहि यो प्राम गुढाउने ठाउँ देखेको छैन है, कसैले देखेको छ भने खबर पाउँ ।


मेरो रायनले गुढ्छ आनन्दको बाटोमा मज्जाले प्राममा ।





Add caption


Friday, August 10, 2018

भिडियोमा मैले देखेको मेलबर्नको सामाजिक जिबनशैलि र शहर!

आज फरक अनुभब गरिरहेको छु । पहिलो पटक मेलबर्नतिरको सिटीलाई प्रत्यक्ष देखेको जस्तै अनुभब हुने गरि रुमन सँग भिडियो कन्फेरेन्स गर्ने मौका मिल्लो । कामबाट फर्कँदै गरेको उसले ट्रेनमा र पछि बसमा प्रत्यक्ष भिडियो कलिङ्ग गर्दै गर्दा  शहरको केहि हदसम्मको रहनशहन र पर्याबरणहरुको झलक देख्न पाईयो । यो बिल्कुलै अनौठो अनुभब हुने रहेछ । भिन्न परिबेश र शहरलाई हेर्दै गर्दा रमाईलो लाग्ने रहेछ त्यसमा पनि त्यति ब्यबस्थित शहरलाई हेर्दै गर्दा तुरुनै त्यहाँ पुगौं जस्तो हुने रहेछ ।

करिब मध्यरात तिर मेलबर्न एयरपोर्टबाट घर फर्कँदै गर्दा गरिएको भिडियो कन्फेरेन्सले चकित पारेको छ । बाटोमा एक तमासले गाडिहरु गुडिरहेका छन् । कुनै गाडिले पनि अलिकति पनि बाँङ्गो टिङ्गो हाँकेको छैनन् । कोहि हतासमा छैनन्, कसैले हर्न बजाएका छैनन् । बाटोमा एताबाट र ऊताबाट बाँङ्गो टिङ्गो छिर्ने मोटरसाईकल छैनन्, गाडिहरु मात्रै छन् र एकनाशको गतिमा गुडिरहेका छन् । स्पिड कति छ भनेर गरेको प्रश्नको उत्तरमा आएको जबाफले चकित पार्यो । ८०-८५-९० । हेर्दा निकै मन्द गतिमा गुडिरहेको जस्तो देखिने गाडिको गति निकैनै हुने रहेछ ।

सबैतिर सडक बत्तिहरु छन्  । बाटोमा राखिएका ट्राफिक लाईट कति प्रष्ट सँग देखिने स्थान तथा एङ्गलमा छन् । एयरपोर्ट देखि घरसम्म पुग्दा बाटोमा कतै पसलहरु देखिएन, न त हिँडिरहेका मानिसहरु ।

कुनै ह्यासल छैन । कुनै झन्झट छैन । कति सहज सामाजिक जिबनशैलि र शहर !

Labels: ,

Wednesday, August 8, 2018

तिमीलाई संझना


आफ्नो शरिर हेरेर छक्क परिरहेको छु । सानो देखिने शरिरको आकार, लुरे देखिने दुब्लो पातलो जिउ । हेर्दैपनि  सफा नदेखिने कालो छाला युक्त शरिर । मैले तिमिलाई चाहानु खासै सुहाउने पनि देखिन छोड्यो । ठिकै छ समयले पनि नेटो काटि सकेको छ । आशाहरु मरिसकेका छन् ।

मैले आफुलाई माया गर्ने भनेको आफ्नो मनलाई मात्रै हो । यो जन्ममा मन चाँहि निकै राम्रो पाएछु । ब्यक्त गर्न चाँहि जानिएन, बोलि तेसैमा पनि रुखो सुनिने रहेछ । मन र बोलिको तालमेल मिलाउन कहिलै जानिन । म हाम्रो बाबा जस्तै भएछु । प्यारो बाबा जस्तै ।

बिदेश गएपछि मैले खासै तिम्रो तस्बिरहरु हरु हेरेको पनि थिईन । चित्त दुखेपछि तेस्तो हुने रहेछ । बिदेश हिडिसकेको करिब हप्तादिन पछि जस्तो,  पहिलो पटक  बिदेश गईसक्यौ रे  भन्ने सुनेपछि तिम्रो मामुको फेशबुक बाट तिम्रो तस्बिर हेर्न खोजेको उँहाले पहिलै मलाई अनफ्रेन्ड गरिदिईसक्नु भइको रहेछ । आबेगमा तिमिलाई त मैले नै ब्लक गरेको थिएँ । रेष्टोरेन्टको टेबलमा एउटा केटा सँग खिचिएको सेल्फि देखेपछि असह्य पिडा भएर तिमिलाई त्यसदिन देखि मेटाएको थिए । फेशबुकबाट मेटाएपनि मन बाट त एक सेकेन्ड नि मेटाउएको थिईन अनि छैन नि । प्रत्यक्ष रुपमा तस्बिर नहेरेपनि कहिले काँहि आकल झुकल देखिन थालेको थियो । तेसले पनि पिडा भएपछि फेशबुकनै कम चलाउन थालें ।

पहिलो पटक फुल पाईन्ट लगाएर समुन्द्रको तट अगाडि ऊभिएको  तिम्रो फोटो देखें । त्यो तस्बिर भर्खर भर्खर बिदेश पुगेको भन्ने ठ्याक्कै थाहा पाईने किसिमको थियो । बिदेशतिरको चालढालको धेरै तस्बिरहरु देखिई रहने भएर होला ।  काठमाडौं शहरतिर हाल्फ पाईन्टमा हिड्ने तिमिले समुन्द्रि तटतिर पुग्दा चाँहि हाल्फ प्यान्ट लगाएको भए हुने नि जस्तो लागेको थियो । जतिसुकै सबै स्त्रिलाई नाङ्गै हेर्न रुचि भएपनि आफुले मन पराएको र आफुले चाहाना गरेको केटिले चाँहि शरिर पुरा ढाक्ने लुगा लगाइदिए हुने भन्ने चाहाना हुने रहेछ । थाहा छैन भेटघाट, घुमफिर, तथा बिबाह पश्चात कस्तो लुगा लगाएको मन पर्ने हो । अहिले सम्मको ईच्छा चाँहि पुर्ण शरिर ढाक्ने लुगाले सजिएको हेर्ने मन हुने रहेछ ।

“म अरु जस्तो तिघ्रा देखाएर हिड्ने केटि हो र”
 भनेर तिमिले केहि बर्ष अगाडि भनेको थियौ । अहिले त्यो लागु हुन छोडिसकेछ । तिम्रो ईच्छा र छनौटमा मेरो भन्नु केहि छैन । मैले जहिले पनि र जस्तोसुकै पनि स्विकार गर्दै आएको छु ।

मैले त्यस समुन्द्रि तट अगाडिको 
Read more »

Thursday, August 2, 2018

रुमन - भाउजु - रायन - अनि फोटोग्राफर ।

रुमन भाउजु र रायन ।

आज म यो तस्बिरको बारेमा लेख्छु । दाँया पट्टि ऊभिएको रुमनको सरल ब्रदरहुडले गर्दा आज म एउटा ज्ञानि केटा भएको छु । म आज जे छु, अधिकांश अप्रत्यक्ष देन यहि दाहिने पट्टि ऊभिईरहेको केटाको छ ।  मेरो बाल्यकाल, किशोर र केहि बयस्क उमेरका बर्षहरुको अधिकांश समय एहि केटा सँग बितेको थियो । अहिले धेरै बर्ष हुन थालिसकेछ यो सामिप्यता छुटेको ।

बिदेशि भु-खण्डको चटक्क मिलेको शहरि पार्शमा खिचिएको यो तस्बिर निकै राम्रो देखीएको छ । ऊ आज उसको परिबार सहित ऊभिएको छ । कति राम्रो देखिएको छ ।

ऊसको अनुहार कति  प्रफुल्लित देखिएको छ । यो फोटोग्राफरको कारणबाट भएको प्रफुल्लता हो ।

रुमन र भाउजु प्रतिक्षा  मेलबर्न शहरमा ।

कति मिलेर बसिएको यो तस्बिर निकै आकर्षक छ । यो फोटोलाई मैले सयौं पटक गहिरिएर हेरिसकेको छु । मैले रुमको प्रफुल्लित अनुहारलाई खुब सँग हेरे ।





Wednesday, July 25, 2018

यात्रा संस्मरण- सिक्किम - दार्जलिङ्ग (२०७३)


मैले पहिले कहिलै रात्रि बसमा यात्रा गरेको थिईन । पहिलो पटक म रात्रिबस चढेर नेपालको पुर्बि भित्ता काकडभित्ता हुँदै सिक्किम जाँदै थिएँ । यात्राको प्रस्ताब देखिनै खुब रोमान्चित थिएँ ।  

बिनय दाईले आफ्नो ट्राभल कम्पनि NEPAL ONE TOURS & TRAVEL को कामको शिलशिला तथा भ्रमणको लागि सिक्किम जाँदै हुनुहुन्थ्यो तेसैमा मलाई पनि ऊँहाले जानको लागि प्रस्ताब गर्नु भयो । हामिले पहिले पनि धेरै ठाउँमा सँगै यात्रा गरेको थियौं । तेसैले मैले सँगै यात्रा गर्न तयार भएँ र स्विकार गरें ।

ठुलो बन्दोबस्तिको सामाग्रिको झोला सहित ह्यान्डसम म ।
दाजुले गाडि कलंकि आईपुग्यो भनेर खबर गरेपछि हतार हतार दिउँसोको सामान्य खाजा खाएर, २-३ दिन अगाडि देखि तयार पारिएको निकै ठुलो ब्यागप्याक बोकेर म यात्राको लागि निस्किएँ । त्यसदिन मैले लामै यात्रा भएकोले खुब सँग तयारि गरेर खुब चट्ट परेर स्मार्ट बनेर निस्किएको थिएँ । म खासै सामान्य दिनहरुमा तेति पहिरन र रुपमा ख्याल गरेर हिँड्ने गर्दिन थिएँ । तर यसपटकको यात्रामा म अलि बढिनै उत्साहित थिएँ किनकि यो टाढा नभएतापनि आफुले बुझ्ने भएपछिको पहिलो बिदेश भ्रमण थियो । त्येसैले मेरो ब्याग खुब ठुलो थियो त्यसमा पनि पुस माघको मध्य चिसोमा सिक्किम र दार्जलिङको यात्राको लागि खुबै कपडाहरु बोक्नु पर्ने थियो सँग सँगै फोटोहरु राम्रो देखियोस भनेर चाहिने भन्दा केहि बढि लुगाहरु र बन्दोबस्तिको सामाग्रि सहित निसकिएको थिएँ ।

हाम्रो गाँउको बस चढ्ने मेरो बस स्टप चौर हो जहाँ हर हमेसा टिनएजर, युबा, बयस्क तथा बृद्द हरु बिनाकाममा गफिएर, क्यारमबोर्डमा झुमिएर, चिया पिएर, एकले अर्काको रिस गरेर र कुरा काटेर बस्नमा ब्यस्त हुने गर्दछन् । मलाई सानैबेला देखि त्यो चौरमा पुगेर बस चढ्ने काम निकै असमञ्जस लाग्ने गर्द्थ्यो । सबैले खुब सँग याद गरेर हेर्ने र चाहिने भन्दा बढि चासो राख्ने त्यहाँको सामान्य नियमनै हो । तेस्तै असमञ्जस तथा अप्ठेरो मान्दै टिनएज र शुरुवाति बयस्क उमेर
Read more »

Labels: ,

Sunday, July 22, 2018

Quotes

"आमाले दिन्छिन, बाँकि सबैले लिन्छन् ।" — Rujan Neupane

Quotes

"प्रेम अप्रत्यक्ष रुपमा सामाजिक बर्ग सँग लटपटिन्छ ।" —  RUJAN NEUPANE

होलिको संझना

घरै छेउको पँधेरामा गएर, प्लाष्टिकको थैलोमा पानि भरेर, थैलोको सानो प्वालमा ५ रुपैँयाको स्टारलाई डटपेनलाई घुसारेर जोडले थैलोलाई थिचेपछि बेलुन पानिले भरिएर लोला बन्थ्यो... धेरै लोलाहरु बनाएर बाल्टिनिमा जम्मा गरेर घरछेउको बाटोमा मानिसलाई हान्न कुर्दै गर्दा कसैलाई हान्ने आँट आउँदैन थियो सबै लोला चल्दा चल्दै फुटेर सकिन्थ्यो , दाजुले भाईलाई भाईले दाजुलाई हानिन्थ्यो । एक पटक बढो आँट गरेर एक अधबैंशे पुरुषलाई हानेको झन्डै मारेथे !
बयस्क भएपछि मैले कहिलै होलि खेलेको पाएको छैन । एक पटक एउटा साथि र म दिनभर ठमेलतिर हिँड्यौं । सबैजना खैरेनिको गालामा पो अबिर दल्न जान्थे कसैले हामिलाई किन वास्ता गर्थे र !

HAPPY HOLI !!!

२०७२ सालको भूँईचालो को संझना

उसको देब्रे हातमा बजारमा पाईने ठुलो खालको सलाईको बट्टा भन्दा सेखै ठुलो गुलाफि रँगको बट्टा थियो । त्यस भित्र गुलाफि रँगकै सेतो रँगको किप्याड भएको फोल्डिङ मोबाई थियो । हँसिलो मुस्कानले म भएतिर हेर्दै गर्दा मैले सोधें "कसले किनिदियो एति राम्रो मोबाईल" । मिठो स्वरमा उसले भन्यो"बाबाले किनिदिनुभएको हिजो" । त्यसपछि मैले मनमा कुरा खेलाए कि उ पनि म अनि हामि जत्तिकै सामानहरुको किफायत गर्दो रहेछ यो
कुराको ठम्याई मैले कसरि गरें भने उसको बाबाले हिजो किनिदिनु भएको मोबाईल अझै पनि उसले कागजको बट्टामा नै राखेको थियो ।

"अँ ठिकै छ, तिमिलाई" ..... "म एहि छु अनि तिमि" ...."काँ हो" .... "ल त ल" ... देब्रेपट्टि कानमा गुलाफि फोल्डिङ मोबाईमा उसले एसो भन्दै गर्दा म माथि बरन्डाबाट ऊसलाई चिह्याई रहेको थिएँ ।

"भूँईचालो भित्र छ हई बाबा आज पनि हामि बाहिरै बस्ने हो?"
यसो भनेको सुनेपछि मलाई फेरि एकपटक बालक हुन मन लागेको थियो । उसको बाबा र मैले बारिलाई सम्याएर त्रिपालको अस्थाई घर बनाउँदै गर्दा उसले सोध्यो - ''बाबाले घर बनाउन थाल्नु भएको हो बाबा" "बाबा घरमा कुन कलर लगाउने" । यि यस्ता कुराहरु उसले सोध्दै गर्दा मैले उसको भलाद्मि, प्रायस मुस्कुराउने अनि शान्त प्रबृतिको उसको बालापन निकै मोहित भएर हेरिरहेको हुन्छु ।

दाजु भाउजु बिदेशमा भएको मौकामा शितल कोठा खोज्दै दाजुको कोठामा भएको होचो खाट(भुँईखाट) मा ढल्न मात्रै थालेको थिएँ एक्कासि सारा का सारा घर मच्चिन थाल्यो । सँधै तिन जाना अनि जेसि हुने हाम्रो परिबारमा आज सानो पारिबारिक भेटघाट थियो त्येसैले बानेश्वरबाट ठुलोबा र आमा आउनु भएको थियो ।

बाक्लो निन्द्राबाट आमाले झटपट बोकेर तल आँगनमा पुर्याएपछि निन्द्रा खुल्दै गर्दा कानमा पर्थ्यो "भुँईचालो आयो" । भुँईचालो कुन रहेछ भनेर देख्नलाई म खुब जिज्ञासु बनेर, आमाको देब्रेपट्टि पिठ्युँमा बोकिएर आँखा माड्दै वरपर हेर्दै गर्दा मैले अँध्यारोमा रङ्गिन बुट्टे आकृतिहरु देख्थें र सोच्थें त्यहि रहेछ भुँईचालो । अहिले पो थाहा भयो निद्रामा आँखा माडेर अँध्यारो तिर हेरियो भने तेस्तै आकृतिहरु देखिने रहेछ ।

सानै देखि भाग्ने गरेकोले भुँईचालो आएपछि भाग्नु पर्छ भन्ने दिमागमा छापिएकै हुँदो रहेछ । जेसिलाई समातेर बोकेर भाग्न खोज्दा ऊ झन बढि अत्तालिएर म भएतिरबाट माथिल्लो तल्ला तिर दौडियो । उसले आफुलाई माथिल्लो तल्लामा सुरक्षित महशुस गर्ने बानि गरेको थियो । फराकिलो चिप्लो टायले भुँईको बाटो हुँदै जेसिको पछि लाग्दै गर्दा पाईला कत्ति पनि सरेन अब त शरिर ढल्नै थाल्यो । त्येसैले टाँग फट्याएर हातलाई दायाँ बायाँ सके जति फैलाएँ एसो गर्दा शरिर लाई ढल्न बाट जोगाउन सकिन्थ्यो । जेसि त कुद्दै माथि गएको देखिहालेको थिएँ — आमा, बाबा, दाजु, भाउजु सबैको स्थान सँझिदै गर्दा आमा भर्खर लुगा सिलाउन दिन खुला चौरतिर जानु भएको सँझिए । दाजु भाउजु सात समुन्द्रा पारि झनै निश्चिन्त । माथिल्लो तल्लामा हुनुभएको बाबा लाई सँझिदै त्यसपछि पिलारहरु भाँचिएर आफुहरुलाई घरको अस्भार ढलानले थिच्ने कुरामा निश्चिन्त हुँदै गर्दा एकजनाको फेरि याद आयो । यो यादले खुबै बल दियो । अबत आफुलाई जसरि भएपनि घरबाहिर निस्कनु नै थियो । दाँयाबाँया फैलाएको हातलाई हटाएर ठुलो बल लगाएर माथिल्लो तलातिर बाबा र जेसि लिन गएँ ।

बारिको पाटामा सबै जनाको जमघट हुँदै गरेर आफुलाइ सुरक्षित महशुस गर्दै गर्दा बिदेश तिर खबर लेखिदिए "हामि सुरक्षित छौं" ।

"नो मोर धरहरा भन्छ नि त" दाजुले एसो लेखेको पढ्दै गर्दा त पुरै जिउ सिरिङ्ग भयो । मनमा एस्तो आयो कि "धरहरा चढ्न नपाई लड्यो" कुर्दा कुर्दै रहर तेसै भयो । फेरि मनलाई सान्त्वना दिएँ "आ धरहरा मात्र हो र मैलै धेरै कुराहरु गर्न पाएको छैन नि समय त बिति सक्यो फर्किएर आउँदैन" ।

नाङ्गै खुट्टाले चैतको घामले सुकेको बारिको डल्लामा जेसि बोकेर ऊभिएको धेरै बेरपछि सहनै नसकेर एकपटक चप्पल त लगाएर आउँछु भनेर आँट गरेर घरभएतिर जाँदै गर्दा, आज घरको अग्लाई पटक्कै मन परेन । मुलढोका अगाडि लडिरहेको निलो रँगको मोटरसाईकल लाई तैसै छोडेर छिटो छिटो चप्पल लगाएर फेरो बारिको पाटामा पुगें ।

एकैछिनको लागि म सबैलाई बारिको पाटामा छोडेर मोटरसाईकल लिएर हिँडे । यस अंशलाई पछि पुर्णता दिनेछु । :)

बाटोमा जाँदै गर्दा काँचो ईट्टा पोल्न ऊभ्याईएका भट्टहरु ढलेको देखें । यो दृश्य भयानक थियो । घरपछाडि छिमेकिहरुको घर पनि भत्तकिएको थियो ।

हजुर आमा ११ बर्षको हुनुहुन्थ्यो रे ९० सालको भुँईचालो जाँदा । मैले हाम्रो हजुरआमालाई सँझिएँ । सबैजाना हजुरआमा,बाबा,ठुलोबा छिमेकिहरुको बिचमा, रातोमाटोले चटक्क लिपिएको पिँढिमा डिलमा बसेर चिया पिउँदै गर्दा सबैजाना कुरा गर्ने गर्नुहुन्थ्यो ९०सालको, ४५सालको भुँईचालो । आफुलाई कत्तिपनि थाहा नभएको कस्तो हो भुईचालो भनेको । तरपनि सबै जाना ले भन्नु हुन्थ्यो "काठमाडौं मा ठुलो भुईचालो आउँछरे, केहि बाँकि रहँदैनरे, सखापै हुन्छनि" यसो भनेर गफ गरेको सुन्दा मन थरथरि काँप्थ्यो , काठमाडौं छोडेर अन्तै जाँउ भन्न मन लाग्थ्यो । कतिपटक त यस्ता ९० साल ४५ सालको भुँईचालोको कुरा गर्न सुरु गर्नु भएपछि डरले चियाको गिलाँस बोकेर घर पछाडिको करेसातिर जान्थें, यसो गर्दा उँहाहरुको गफ सुनिदैन थियो ।

यस्तै थियो होला ९० सालको भूईचालो भनेको मनमनै कुरा खेलाएँ । अरु सबै सँग कुराकानि गर्न कत्तिपनि मन थिएन किनकि मलाई केहि अझै ढुक्क भईसकेको थिएन ।

निलो रँगको मोटरसाईकललाई रोकेर झर्दै गरेका ठुला कदका, काला र सेता मिश्रित दारि, पानले दाँतको बिचमा पँहेलो बसेको, हँसिलो दाईले भन्नु भयो "हामि ठमेलबाट आएका सारा ध्वस्त छ" ।

यसो भनि सक्दा मैले सोचें अब स्थिति भयानक भयो । भोलि देखि झन स्थिति खराब हुँदै जानेछ । सामान्य हावाहुरि चल्दा दुईदिन बत्ति नआउने मेरो गाँउमा अब कतिदिन होला बत्ति नआउने । खानेपानिको सरकारि धारा बत्ति नभए नआउने ।

बाह्र बजेदेखि बारिको पाटामा ऊभिएको ३ बजि सक्दा पनि जमिन हल्लिन छोडेको छैन । एक पछि अर्को क्रमश धक्काहरु आईरहे । यतिबेला मेरो मन हलुका भईसकेको थियो किनकि म मोटरसाईकल लिएर घुमेर आईसकेको थिए । अब पिर केहि बाँकि रहेन, खालि कम्पन रोकिईदिए हुने ।



भुकम्प , महाभुकम्प चाहे जे सुकै आवोस न यो पेटमा चल्ने भुकम्प चाँहि त्यो भन्दा महान छ क्या ! ज्यानको बाजि राखेको जस्तै मनमा लिँदै , बा छोरा मिलेर ग्याँस चुलो अनि खाने सामाग्रि बोकेर हतार हतार घरको भुईतलामा आईयो ।

हँसिलो अनुहारको मानिस, छिमेकि दाईको परिबार र भाडावाल क्याम्पसे केटाहरु सहित करिब १५ जना जति घर अगाडिको बरन्डामा सुत्ने निधो भयो । त्यो रात कयौं पटक बरन्डा बाट भाग्दै बारिको पाटामा गयौं । यो भागदौडको क्रम रातै भरि चलिरह्यो । मध्यरातमा बारिको पाटामा आगो बालेर बस्यौ । ति हँसिला दाईले कम्ति हौसला दिएनन् यो भागदौडमा । साना धक्काहरुमा मजाक गर्दै भन्थे "के भाग्ने हो त भाई?" । मेरो उत्तर पनि कम्ति थिएन "आsss नभागौं" ।

आज भोलि हुँदै भँईचालो कम हुँदै गयो । तर भौतिक बस्तुमा लिप्त जिबन शैलिलाई आ-आफ्नै किसिम अनि तहको बिपद पर्ने रहेछ । खँड्कुलो , बाटा, राईसकुकर के के हुन्छ त्यसमा पानि तताएर मात्रै नुहाउने गरेको, अनि पछिल्लो केहि बर्ष घरै भरिका धारामा तातोपानि आउने भएका थिए ।

भुईचालोले तातो चिसो सबै पानि नआउने , टिभि , बत्ति, लुगाधुने लगायतका भौतिक दैनिन्दिमा पनि नराम्रो सँग धक्का दियो । अब यि सबथोक ले काम गर्न छोडेको ले मैले भुँईचालो पछिको पाचौं दिनमा दाँत माझें, नुहाएँ ।

मेरो मोबाईल फोन एक किसिमको घरको फोनको बिकल्प जस्तै हो । सबैले मलाई फोन गर्ने कारण एस्तो थियो बाबा ले मोबाईल कहिलै साथमा नराख्ने अनि आमु को नम्बर धेरैलाई थाहानै नहुने । देशि बिदेशि फोन कलहरु ले कयौं पटक झन्झट लगायो । त्यस मध्येका कुनै फोन कल अति प्रिय हुन्थे जुन आउँदै आउदैनथे । या गर्ने मान्छे बना'कै छैन :P :)

कयौं दिनदेखि लगाएको मैला लुगाहरु लगाएर भत्किएको संरचना हेर्न शहरतिर हिँडेको म , भक्तपुर, धरहरा, बसन्तपुर तिर हिँड्दै गर्दा अचानक मेरो आँखा पाँच ईन्चको हिल र लपक्क रातो लिपिष्टिकले सजिएको युवति तिर गयो । आफ्नो त शरिर भुँईचालो गएको दिन देखी आजसम्म काँपेको जस्तो, हल्लिएको जस्तो अनि रँगटा लागेको जस्तो भईराखेको बेलामा , शहरका यत्रतत्र भत्किएका सँरचनाहरुको माझमा करिब पाँच ईन्चको हिल लगाएर पैदल हिड्ने युबतिलाइ देख्दा आश्चर्यचकित भए । अनि मेरो शरिर तिर आफैंलाई हेरें , कयौदिन देखिको मैला लुगा, हात्तिछाप चप्पल, पुरानो हेल्मेट हल्लाउँदै लन्ठङ लन्ठङ हिडिरहेको म अनि ति युबतिलाई तुलना गरें । यि तुलनालाई तेतै न्युरोडमै छोडिदिएँ ।

"धरहरा यता पर्छ" न्युरोडको समोसा पसल जाने बाटोबाट पर दक्षिण पट्टि चोरिऔंलाले देखाउँदै उसले आफ्नो प्रियसिलाई भन्दै गरेको मेरो कानमा झट्ट पुग्यो । करिब १५ १६ बर्षिय ति मायालु बनिरहेका जोडिलाई मैले आँखाले भ्याएसम्म परसम्म अर्थपुर्ण हेराई हेरें ।

अरनिको हाईवेको राधे राधे र सृजनानगर खन्ड अतिनै मन पर्छ । मन्द गतिमा मोटरसाईकलमा सोहिबाटो हुँदै घर फर्किएँ ।

फेशबुकलाई हेर्न र ईन्टरनेट सर्फिङ गर्न नपाएको ५ दिन भएको थियो तेसपछि झट्ट फेशबुको होमपेजमा फालिएको नयाँ "are you safe?" Logic देखेर मन खुखि भयो, कसैले कँहि कतै परबाट केहि कामहरु लगाब लगाएर गरिरहेका छन जसको मज्जा हामिले लिन पाएका छौं ।

त्यसपछि पनि भुँईचालो हरु नआएका होईनन् अब त बानि नै परि सक्यो ।

ऊसले बाबालाई फेरि तेस्तै अर्को मोबाईल मोबाईल किन्न लगाएछ । खुब रोईकराई गरेर उसले अर्कोपनि त्येस्तै गुलाफि रँगको मोबाईल किन्न लगाएछ । आज उसले दुबै हातमा कागजको बट्टाभित्र मोबाईललाई बोकेर सधाझैं उसको मुस्कान सहित माथितिर हेर्दै गर्दा म कौशिबाट ऊसलाई हेर्दै थिएँ ।

म चकित भएर किन दुईओटा मोबाईल हो उसको हातमा भनेर मनमा खेलाउँदै गर्दा ऊसको आमाले भनेको सुनें कि अर्को मोबाईल प्रास्नाको लागि किनाएको रे ।

प्रास्ना भर्खरैको भुँईचालोले घर भत्किएकोले अलिपर घरमा बस्न थालेकि थिई जसले गर्दा अब उसले फेरि प्रास्नालाई कौशिबाट बोलाउन पाएको छैन तेसैले होला ऊसले खुब जिद्दि गरेर बाबालाई अर्को मोबाईल किनाएको ।

त्यसपछि उसले कयौं पटक आफ्नो आमालाई जिद्दि गरेर प्रास्नालाइ भेट्न प्राश्नाको घरमा लगेको रहेछ । त्यसदिनदेखि ऊसले आफुलाई निकै एक्लो महशुस गर्नेगरेको छ रे भन्ने मैले ऊसको आमाले भन्दै गरेको सुनें ।

ऊनिहरु खेल्दै गर्दा आमाले सागहरु टिप्ने काम सकाएपछि घर फर्किनु पर्ने भयो । उता प्राश्नाको घरबाट आएर उसलाई लिएर गए । त्यसपछि उसले प्राश्नालाई हेर्दै जोड जोडले रुन थाल्यो । आफ्नो आमालाई पनि छोडेर प्राश्ना भएतिर लम्कियो, खेतको बिचमा पुगेर जोड जोडले रुन थाल्यो । खेतको

बिचमा उभिएर रुँदै गर्दा ऊसको दुबै हातमा मोबाईल फोन थियो शायद प्राश्नाले गिफ्ट स्विकार गरिन होला । "नजाउ, नजाउ" उ जोड जोड ले चिच्याउँदै अनि रुँदै थियो । प्राश्नाले तेति परसम्म पुग्दा पनि एकपटक पनि फर्केर हेरिन । उसले आँखाले देख्ने सम्म प्राश्नालाई बोलायो त्यसपछि दुबै हातमा मोबाईल बोकेर रुँदै फर्कियो ।

मिस टिन २०१५



आज भन्दा तेस्तै ३ बर्ष अगाडि मलाई मलाई मिस एस एल सि हेर्न जान मन एकदमै लागेको थियो । तर जान पाईन । टिभिमा लाईभ टेलिकास्ट हेरेर चित्त बुझाउँदै जर्दा झ्याप्प बत्ति गयो । त्यसपछि म सँग कुनै बिकल्प थिएन । तर आज आफैं फेरि मिसटिन हेर्न जाने निर्णय गरें ।
बिहिबार हेर्न गएको मिस टिन २०१५ को बारेमा केहि लेख्न मन लाग्यो । आज फुर्सद भएको अबस्था हो । सर्बप्रथक आयोजक तथा प्रतियोगि सबै सहभागिहरुलाई धन्यबाद अनि सम्मान । आयोजना गर्नु एकदमै सकारात्मक बिषय हो तर उहि आयोजकको पाचौं संस्करणको आयोजना स्तरलाई देख्दा सन्तोषजनक हुनसक्ने कुरै रहेन ।
२ बजे को शुरुवात समय पढेको थिएँ आधिकारिक आयोजना आयोजकको ईभेन्ट क्यालेन्डरमा । ल्यापटपलाई थर्मल पेस्ट लगाउनको लागि पुतलिसडक पुग्दा अलि अलमल परेछ सडकको छेवैमा बेच्न राखोएको टपरिमा पाईने भेज मो:मो खान थाल्नाले । १:२० मा पुतलिसडकमा भएको म, पचास नागिसकेको ठुलो भुँडि भएको, भयंकर साजसज्जा सहितको सफा पसलको ढोका छेउमै आरामदायि कुर्सिमा ढल्किएको मारवाडिले, आधा घन्टामा थर्मल पेस्ट हालिदिने बचन गरेकोलाई, खल्तिमा भएको मोबाईल झिकेर घडि हेर्दै ऊनको कुरा लत्याएर बेलुका ७ बजे फेरि आउने बाचामा हतार हतार राष्ट्रिय नाचघर तिर लागिहालें ।
नाचघरमा पहिले कहिलै प्रबेश नगरेको म यधपि नाचघर कँहा छ भन्ने थाहा थियो । बाईकलाई पार्किङमा राखेर भेज मो:मो ले पानि मागेको ले, पानि किन्नु भन्दा ऊखुको जुस किनेर पिउनु नै राम्रो लागेर नाचघरबाट उत्तरतिर फटाफट लम्किएँ । हिलाम्मे बाटोमा जसोतसो पाईन्टलाई र क्याटरपिलरलाई सफा राख्न हिलो अनि मान्छे छल्दै हिड्नु कम्ति मुस्किल काम थिएन । मान्छेहरु छल्दै हिलाम्मे बाटोतर्फ टाउको घोप्याएर ढिड्दै गर्दा अचानक अति सामान्य चप्पल लगाएका सेतासेता स्त्री तिघ्राहरुको हुलै देखेपछि टाऊको ठडाएर नहेर्ने कुरै भएन, कारण अझ भन्नु पर्दा सामान्य अबस्थामा जस्तो ऊनिहरुले लगाएको अति साधारण चप्पल र तिघ्राको सेतोपनाको सामन्जञ्य पटक्कै थिएन, तेसैले मैले हेर्नै पर्ने भयो । मैले हतपत टाउको ऊठाएर अनुहारतिर हेरें । पुरुषबानि न हो, अनुहार हेरि सक्दा नसक्दै आँखा ऊनिहरुको छातितिर पनि ठोकिईहाल्यो नि । अनुहारमा सामान्य अबस्थाको भन्दा अधिक श्रिङ्गार देखेपछि मैले तुरुन्तै अनुमान लगाई हालें यो ठुलो हुलमा हिँडिरहेका सुन्दर देखिने स्त्रिहरुनै हुन अहिले हुनलागेको प्रतियोगिताका सहभागिहरु । हातमा भएका पोकाहरु लाई हेर्दै गरेर स्त्रिहरुको सामुन्ने बाट अघि बढ्दा म निश्चय भएँ श्रिङ्गार अनुसारको लत्ताकपडा र जुत्ताहरु अबश्यनै ति पोकाहरु भित्र छ ।
पाँच मिनेट सोधपुछ सहित टिकट खरिद गर्न, दश मिनेट सरुक्षा जाँच अनि लाईन, अब मुस्किले पन्ध्र मिनेट बाँकि रहेको मनगणन्ते हिसाब लगाएर जुस पसल तिर हान्निदै गर्दा पुस्तक पसल देखेपछि झल्याँस्स याद आयो नगरककोटिको ‘मिस्टिका’ किन्नु पर्ने थियो । पुस्तक पसलमा भित्र पुगिसकेर पसलेको अगाडि ऊभिएको थिए “कुन किताब खोज्नु भएको ?” भन्ने प्रश्न सुनिसक्दा सम्मपनि मेरो आँखामा भर्खरै देखेको तिघ्राहरु झलझलि आईरहेको थियो । झसंग हुँदै “मिस्टिका” भनेछु । उसले हातैमा राखेर बसेको रहेछ किताब, तुरुन्तै म तिर तेर्साईदियो । प्रबिधिको बिकाशको लागि स्वाप मेसिनको आबश्यकता भएको वकालत गर्दै साहुजि सँगको एकैछिनको तितो पोखाई पछि पुस्तक लिएर हतार हतार निस्किएँ ।
हुत्तिँदै नाचघरको गेटैमा पुग्दा लाग्यो ठेगाना उल्टो परेछकि कसो ! कहि चहलपहल छैन सबै भन्दा ढिला पुगेको महशुस गर्दै हान्निएको म, चरो मुसो नदेख्दा छक्क परें । गटैमा ऊभिएका लुरे गार्डदाईलाई सोधेपछि पक्का भयो आयोजना स्थल तेहिनै रहेछ । “दुई बजे भनेको कोहि आएका छैनन , चार बजे शुरु होला , बस्नुहोस न, टिकट दिने मानिसहरु पनि अहिले अब आउलान्, एतै हो बस्नुहोस न ।“ अहो ! लुरे गार्ड दाईले यति भनिसक्दा खुट्हरुको बेग कम भईसकेका थिए । अब मैले परिस्थिलाई बुझिसकेको थिएँ , थर्मल पेस्ट हालेर आएको भएपनि कत्तिपनि ढिला नहुने अब्यबस्थित आयोजना रहेछ भन्नेमा पक्का भएँ ।
“हल जानेबाटो” लेखिएको सुचनासन्देश पढ्दै सामान्य भन्दा ढिला गतिले बाहिर बाटोबाट देखिने चाईनिज ईट्टाले सजिएको भब्य सभाहलतिर लम्कदै गर्दा, हिलाम्मे पाईन्ट र क्याटरपिलर लाई हेर्दै सोचें “साह्रै फोहोर छ कतै हलमा मैलाई सबैले हेर्नेछन, फोहोरि मानिस आएछ भन्नेछन् , सफाभुँईमा हिलाम्मे भएर प्रबेश निषेध छ भनेर फर्काउने पो हुन् कि , कतै पानि पाए धुनु हुन्थ्यो” भन्ने अनगिन्ति कुराहरु मनमा खेलाउँदै गर्दा भर्‍यांङ्ग ऊक्लिई सकेछु ।
आहा बचियो !!! म हिलाम्मे मान्छे त त्यो बाहिर बाटोबाट भब्य देखिने महलको लागि त अतिनै सुग्घरि मानिस रहेछु । भित्र हलै सम्म छिरें, हलको बाल्कोनिमा गएँ अनि स्टेजमा पनि गएँ । “आहा म त सर्बेसर्बा” आखिर कोहि त छैन हलमा, बाहिर लेज र चाउचाउहरु बेच्न बसेकि महिला बाहेक ।
हलबाहिरको लबितरबाट आएको दुर्गन्धलाई सहनै नसकेपछि सहनै नसकेर सोधिदिएँ लेज बेच्ने महिलालाई “सरकारि भबन हो ?” । “हो” । हलबाहिरको लबितरबाट आएको दुर्गन्धलाई अतिनै सहन नसक्दा फेरि ति श्रिङ्गारले सजिएका सेता तिघ्रा गरेका स्त्रिहरुको हुललाई संझिए, backend मा पनि एस्तै दुर्गन्ध त होलानि अनि ति सुन्दर स्त्रिहरु एहि दुर्गन्धको माझमा आप्नो पहिरन अनि शरिरमा अत्तर छर्दै होलान् ।
प्रतेक महिना या महिनामा दुई पटक सम्म पुग्ने QFX सिनेमा घरलाई घरिघरि संझिए । आखिर अधिकांश चाँहि तेहि हिलाम्मे शहर छिचोल्दै पुग्ने सिनेमा घर चाँहि सफाहुन सक्छ भने यो भबन चाँहि कम्तिमा नगनाहुने सम्म पनि किन हुन सक्दैन ।
दुर्गन्धलाई पचाउनै नसक्ने अबस्था भएपछि एकमन सोचें भैगयो टिकट किन्दिन अनि हेर्दिन “मिस टिन २०१५” । के एस्तै हलभित्र बस्दापनि निरन्तर गन्हाउने हो भने कम्तिमा २ घन्टा कसरि बस्नु ? एस्तो सोच्दै गर्दा, झट्ट मनमा आयो दर्शकहरुको हुल पक्कै ति सुन्दरिहरुको आफन्तहरु हुनेछन अनि तिनिहरुले पनि चर्कै अत्तर छर्किएका हुने छन् अलिअलि अत्तर मेरो जिउमा पनि छ, हामि सबैको अत्तर भएपछि त यो दुर्गन्धलाई माथ गर्न सक्ने छौं , अहिले पो म एक्लै छु मेरो अत्तरले मात्रै जित्न नसकेको हो । एस्तै एस्तै कुरा मनमा खेलाउँदै गर्दा म अडिटेरियमको प्रबेश द्वारमा घरि घरि पुगिरहेको हुन्छु कि कोहि मानिस त देखियोस यो दुई बजे शुरु हुने कार्यक्रममा ।
बन्दोबस्तिको ठुलो पोको भिरेको एउटा आकर्षक पहिरनको ठिटोलाई देखेपछि सोधें “सुन्नुहोस न ! टिकट कता किन्न पाईने हो?” ठिटो त छाँगाबाट खेसेको जस्तो अनुहार लगाएर हतपत “एकैछिन बस्नुहोस अहिले टिकट लिएर आईपुग्छन” । मनमनमा हलको दुर्गन्धबाट असन्षोस मैले भनिदिएँ “कताँ बसौं र म, बर्षौं देखि मप नगरिएको मार्बलको खालि भुँईमा?” तुरुन्तै जबाफ फर्कायो ठिटोले “एसो जानुहोस न बाहिर तिर घुमेर आउनुहोस एक घन्टामा” । बाहिर नजाने निधो गरेर बाटोतिर देखिने ठाउँमा नाचघरको मुलद्वार बाट भित्र छिर्ने प्रत्येकलाई हेर्ने, अनि एकजनालाई देख्ने आशामा ऊभिईरहें ।
करिब करिब एक घन्टापछि, अघिनै सोधपुछ गरेको ठिटोले झम्टिदै नजिकै आएर भन्यो, “तपाँईलाई टिकट चाहिएको होईन आऊनुहोस “ । ठिटोले तेति भनिसक्दा दुई बजे देखि टिकट किन्न ब्यग्र म ऊसको पुच्छर लागिसकेको रहेछु । किनेको टिकटमा नम्बर र स्थान केहि ऊल्लेख नगरेको देखेपछि मैले थाहा पाएँ जति पहिले अडिटेररियममा प्रबेश गर्‍यो तेति राम्रो स्थानमा बसेर हेर्न पाईने । ईन्टरनेटबाटै आफुले रोजेको स्थानमा सिटमा पँहेलो चिन्हो लगाए टिकट खरिद गरेर सिनेमा शुरुहुनु भन्दा, अझ कहिले काँहि त बिज्ञापन सहितको समयलाई पनि कटाएर ठिक समयमा पुग्ने बानि लागेको मलाई आज मेरो खुट्टा राष्ट्रिय नाचघर मा मिस टिन हेर्न जाँदा नराम्रमो संग गल्यो ।
एतिबेला कालो रंगको टिसर्ट लगाएको सेकुरेटिले अडिटेरियमको प्रबेश द्वार छेकेको रहेछ । म उसैको पछाडि ऊभिईदिएँ आखिर जता ऊभिएपनि ऊभिनुनै त छ । मलाई ऊभिएको देखेर एक पछि अरु मेरो पछाडि लामबद्द भएर ऊभिन थालेछन्, भित्र छिर्ने ढोकामा म पहिलो नम्बरमा ढोकामा ऊभिएछु । एकैछिनमा एउटा मिलेको अनुहार गरेको गोरे मानिसले आफुपछि पछि दुई चार जना मानिसलाई लेराएर मलाई बढो जोडले ठेल्दै ति मानिसलाई सँगै लिएर भित्र पस्यो । मैले बिरोध गरिन कुनै स्पेशल मानिस होला त सेकुरेटिले छोडिदियो । तर म भन्दा पछाडि ऊभिएकाले बिरोध गरे । “आयोजकको बुवा आमालाई नछिराए कसलाई छिराउने” अघिको त्यो अनुहार मिलेको मानिसले जबाफ फर्कायो बिरोधि हुललाई । ढोकामा सामान्य तबरले ऊभिएको मलाई ऊसको आत्मविश्वासी ठेलाईको जोडबाटै मैले पहिलेनै अनुमान लगाई सकेको थिए पक्कै आयोजक प्रमुख या उसको मानिस । ऊसको हेपाहा ठेलाई बाटै मैले अनुमान लगाई सकेको थिएँ ऊ कत्तिको लायक मानिस हो । पछि ऊद्घोषण भाषणमा थाहापाएँ मलाई हेपाहा ठेल्ने मानसि CEO महोदय हुनुहुँहो रहेछ आयोजक कम्पनिको ।
एक घन्टा पन्ध्र मिनेट ऊभिएपछि बल्ल अडिटेरियममा प्रबेश पाईयो । पहिलै कहिलै नाटक या सभाहलमा जानुपर्ने काम नपरेको, फिलिम हलको लास्टतिर बस्ने बानि लागेको मलाई थाहा थियो को लाईभ स्टेज प्रोग्राममा जति अघाडिको सिटमा बस्यो तेति राम्रो । जान पाहिने जति ठाउँ सम्मको लाईनको अग्रभागको बिचमा बसें ।
कार्यक्रम शुरु भयो, एकपछि अर्को गर्दै शुन्दर युबतिहरु र्‍याम्पमा हिँड्ने थालें । पाँचौं संस्करण आयोजना गरिरहेका आयोजकले, थोरै भएपनि ब्यबस्था गरेका साजसज्जा र बत्तिमा आकर्षक पहिरन लगाएर हिंडेका ति युबतिहरु सबैनै मिस टिन हुन लाएक थिए ।
एकपछि अर्को प्रतियोगिले आफ्नो परिचय दिन थाले , धन्न धेरै जसो प्रतियोगिले नेपालीमा भाषामा दिए आफ्नो परिचय । नेपाली शब्दावलिको कत्तिपनि ज्ञान नभएका अनि जिबनमा स्कुले पढाईको अनिबार्य नेपाली बिषय बाहेक कहिलै नेपाली पुस्तकहरु नपढ्नेहरुलाई कसरि नेपाली शब्दहरुको ज्ञान होस अनि जसको मद्दतले ऊकृष्ट शब्दाबलिको प्रयोग गरुन । मुस्किलले आफ्नो परिचय स्तरिय तरिकाले दिने प्रयत्न गरे ।
प्रतियोगिहरुको कमजोर स्तरको ब्यक्तिव्त अनि फराकिलो ज्ञानको दायराको कुरा गर्नु भन्दा अगाडि , पाँचौ संस्करण सम्म प्रतियोगिता आयोजना गरिसकेका आयोजकको क्षमता देखेर दया लागेर आयो । कार्यक्रम ढिला शुरु गरेर हो वा ब्यबस्थापन क्षमता नभएर , आयोजनाका ऊद्घोषक रोजिन साक्य शुरुदेखिनै हतार हतार आयोजना लाई कुदाउने शैलिमा प्रश्तुत थिए । हुनत प्रतियोहोहरुलाई शाक्यजि ले महिनौं देखि सँगत गरेका भएर होला, भर्खरै जजहरुको प्रश्नको ऊत्तर दिईसकेकि प्रतियोगिलाई ऊनले “भाषण होकि ऊत्तर हो” भन्न सम्म भ्याए । कुनै औपचारिक कार्यक्रममा प्रतियोगिहरुलाई गर्ने ब्यबहार कति सम्मको जायज हो मलाई थाहा भएन ।
एकपटक म जागिरको ईन्ट्रभ्यु दिन एउटा ठुलै कम्पनिमा पुगेको थिए । ईन्ट्रभ्यु ग्रुप डिस्कसनन शैलिको हुने जानकारि पाएँ । पछि थाहा पाएँ ग्रुप डिस्कसन चाँहि अँग्रेजिमा गर्नुपर्ने कुराको निर्देशन पाएपछि “म रुजन न्यौपाने , म भक्तपुर बाट आएको हुँ, अधिकांश समय नेपाली क्लाईन्ट सँग काम गर्ने यो संस्थामा काम गर्नको लागि, अँग्रेजि भाषामा ग्रुप डिस्कसन गर्नुपर्ने यो ईन्ट्रभ्यु मलाई दिन कुनै रुचि छैन, मलाई माफ गर्नुहोला !” भन्दै जुरुक्क ऊठेर हिँडिको थिएँ । यो प्रसंग जोड्नुको तात्पर्य चाँहि प्रतियोगिहरुको अति कमजोर अँग्रेजि भाषाको प्रयोग । मैले कुरा नबुझेको यो हो कि आखिर कनि कनि कुनै टुटे फुटेको अँग्रेजि बोल्दैमा कार्यक्रम बिशिष्ट हुने हो र ? अनि मिस टिनहरु ट्यालेन्ट हुने हुन् ?
कट्रिना, ज्ययाकलिन अनि हार्सा भोग्ले को अँग्रेजि लाई बाँकि बलिउडमा हिरोईन र प्रस्तोताहरु सँग तुलना गरेर एकै छिन सबैले सोच्नु पर्दछ, कि उल्था गर्दै बोल्ने होकि या आफुलाई अभिब्यक्त गर्ने । मेरि पाँच बर्षिय भतिजि अमेरिकामा जन्मेर हुर्कदै छे, ऊसले अँग्रेजिमा गरेको “वेदर फोरकास्ट” को भिडियो म प्रायस हेर्छु किनकि त्यहाँ छ बास्तबिक अभिब्यक्ति न कि ऊहि पाँच बर्षिय या भनौ रातो बंगलामा हाईस्कुल पढ्दै गरेको घोकन्ते अँग्रेजि घुसाईएका अरु बच्चाहरुले बोल्ने अँग्रेजि बिचको अन्तर । फ्रान्स, स्पेन, चाईना, जापान ले अँग्रेजि प्रयोग नगरिनै ठुला ठुला फुटबल लिग, ब्यापार, प्रबिधिको दुनियामा आफुलाई अग्रस्थानमा पुर्‍याउन सकेका छन भने हामिले कनि कनि अँग्रेजि बोल्ने कहिले सम्म ? मेरो मान्यता अँग्रेजि जान्ने हो, बुझ्ने हो, अति सुन्दर अँग्रेजि साहित्य पढ्ने हो अनि बोल्ने बेलामा जोड जोडले खुलेर नेपाली बोल्ने हो ।
मलाई आफ्नो ब्यक्तिगत रुपमा भन्नु पर्दा मिटटिन लगायतका ब्युटि कन्टेस्टमा प्रतियोगिहरुको बौदिक स्तर जाँच्न गरिने प्रश्नहरु बिनाअर्थको लाग्दछ । मेरो मान्यता सबैभन्दा राम्रि, राम्रो र्‍याम्पमा हिँड्ने अनि हट सेक्सि प्रतियोगिले मिस टिन लगायतका कन्टेस्ट जित्नु पर्दछ ।
भित्रै अनि मनै देखि एक्पोजिभ, सेक्सको बिषयमा एकदमै खुल्ला, कुनैपनि कुराहरुमा स्त्रि भाबना बाट परिस्थिति अनुसार बाहिर निस्कन सक्ने, सामाजिक रुपमा अतिनै खुल्ला, भाबना भन्दा प्रस्तुतितामक चातुर्यता भएका केटिहरु मोडलिङ, मिसटिन लगायतका कन्टेस्टका लायक हुन् ।
मैले पटक्कै नबुझेको बिबादास्पद बिषय चाँहि के हो भने , अधिकांश समय पुरुषलाई सुझबुझपुर्ण बेवास्ता गर्ने, कतिपय अबस्थामा या सामुहिक संगठनात्मक उदेश्य सहित पुरुष प्रति हेय भाबले प्रस्तुत हुने अनि तेहि पुरुषै पुरुषहरुको बाहुल्य भएको सुन्दरि प्रतियोगिता, मोडलिङ, मा पुरुषहरुबाटै ऊतकृष्ट छानिन चाहानु को लालच चाहि मैले बारम्बार नबुझेको बिषय हो । बास्तबमै यो सोचनिय कुरा हो मेरो लागि । यद्यपि एक नारिले समाजमा पुरुषहरुबाट सास्ति पाउनु परेको छ भन्ने आम मानिसको सोचाईप्रति मेरो पुर्ण सहमत कहिलै छैन । पुरुष सृष्टिको सुन्दर सृजना हो जसले आफ्नो आमालाई पहिलो माया दिन्छ अनि दोश्रो स्त्रिलाई । मनैबाट भित्रैबाट र अति कोमल भाबनाले हरपल कमजोर भएर मायामा लिप्त भईरहन्छ । एउटा पुरुष एउटै अनि एउटै अबस्थामा मात्र आफु कमजोर हुन्छ कि स्त्रिको मायामा । यो बास्तबिकतालाई बास्तबमै समाजमा प्राथमिकता दिईदैन ।
पाँचौं संस्करण सम्म आईपुग्दापनि पनि आयोजना ब्यबस्थापनमा एकदमै कमजोर थिए फ्यासन प्लस । कार्यक्रमको बिच बिचमा बत्ति निभिरहनु सामान्य भईसकेको थियो । एकपटक बत्ति निभेर हल पुरा अन्धकार भयो, लगत्तै कार्यक्रमा ऊद्घोषक आएर ब्यंगात्मक धन्यबाद दिए नेपाल बिधुत प्राधिकरणलाई । यसमा मेरो बुझाई चाँहि एस्तो भयो, सिधा भन्नुपर्दा जो चोर ऊसको ठुलो स्वर भने झैं बिगत सात आठ बर्षदेखि हुन थालेको चरम लोडसेडिङ्ग अनि पाँचौ पटक आयोजना गरिरहेमा आयोजना ब्यबस्थापकलाई थाहा थिएन र बिचैमा बत्तिजान सक्छ भन्ने कुरा ??? बैक्लपिक ब्यबस्थापनमा असफल हुँदा बिधुत प्राधिकरणलाई ब्यङ्गात्मक रोष पोख्नु मुर्खता हो बरु मेरो सल्लाहा छैठौं संसकरणमा बत्तिको बिकल्प ब्यबस्था गर्नु सोच्नु ऊपयुक्त होला रिसाऊनु भन्दा ।
प्रतियोगिहरु घरि सगरमाथाले आशिर्बाद दिएको छ मलाई भन्छन त घरि बिजनेश म्यान भएर समाजलाई सेवा गर्छु भन्छन । अनि अझै हास्यास्पद लागेको चाँहि ब्युटि प्याजेन्टमा सहभागि एकजना बाहेक सम्पुर्णको जिबनको ऊदेश्य चाँहि डाक्टर, नर्स, ईन्जिनियर बन्ने सपना रहेको रहेछ । कति भ्रमात्मक सपना । ऊदेश्यहिन यात्रा । मलाई दया लाग्यो हाम्रो समाजले हामिलाई नराम्रो सँग लादेको भबिष्यको सपना । एक नम्बरमा सगरमाथाले आशिर्बाद दिँदैन अनि अर्को बिजनेशम्यान ले सेवा होईन नाफा गर्छ ।

मलाई पनि बच्चा बेलामा सबैले सोध्दथे “तिमि ठिलो भएर के बन्ने भनेर ?” मेरो तैयारि जबाफ भनिहाल्थें “डाक्टर” । मनमनै चाँहि मलाई ड्राईभर बन्न मन लागेको हुन्थ्यो । यो ड्राईभर बन्ने सपना चाँहि कहाँबाट आएको भने, हाम्रो गाउँमा चल्ने जर्मनि गाडिमा ड्राईभर छेउकै अगाडिको सिटमा बा-आमाको काखमा बसेर अगाडि बाटो हेरेपछि त संसारै आफ्नो हुने रमाईलो सुरु हुन्थ्यो । घरि घरि ड्राईभरले स्टेरिङ र गियर चलाउँदै हाँकेको हेर्दै बाटोमा अगाडि देखिएको दृष्यहरु हेर्दै बागबजार सम्म पुग्दा त ड्राईभरनै बन्ने धोको लागेर आउँथ्यो । तेतिबेला सम्म मलाई थाहा थिएन नि आफैंले निजि गाडि किनेर चलाउन पाईन्छ भन्ने मलाई लागथ्यो कि त्यो स्टेरिङ त तब मात्रै छुन पाईन्छ जब ड्राईभर हुईन्छ । पछि ठुलो भइसक्दा पनि मेरो जर्मनि गाडिको अगाडि सिटमा बस्दा लाग्ने रमाईलो कम नभएको थाहा पाएँ जब एकदिन म सल्लाघारिबाट जर्मनि गाडिको अगागिको सिटमा बसेर यात्रा गरे त्यो दिन सिँहदरबार झर्नु पर्ने म रमाउँदै सोह्रखुट् पुगिसकेछु । अहिले चाँहि लाग्दै छ कि प्राण प्यारि सँग डेटिङ्ग नि तेहि जर्मनि गाडिको अगाडिकै सिटमा बसेर पो गर्ने हो कि हाहाहा ।

जब ति प्रतियोगिले “बाह्र गते भुईचालो गएको छ” भनिन तेतिखेर त म छक्कै भएँ, न नेपाली भाषा आउँछ न अँग्रेजि , अति कमजोर बौदिक स्तर ।
कार्यक्रमको सुरमा रिजाल हो कि रिसाल थर गरेकि एक पुर्ब प्रतियोगिले प्रस्तुत नाच हेरेर चाँहि नतमस्तक भए । गोडाहरु १८० डिग्रिमा फाटिन सक्छन, जिउ तेतिनै लचिलो छ, चाक साकिराको भन्दा पनि गज्जब हल्लिएको छ, अनि अद्भुत नाच । कति क्षमताबान हुन्छन यस्ता कुराहरुमा स्त्री । आहा कति सुन्दर सृजना प्रकितिको । साँच्चैनै रिजाल / रिसाल थरकि पुर्ब प्रतियोगि को नाच अदभुत थियो ।
प्रतियोगि पाँचै जनाको स्टेज प्रस्तुति चाँहि निकै तारिफ गर्न योग्य थियो । करि सुन्दर भेषभुषा, परबाट देखिएको सुन्दर जिउडाल अनि बयानै गर्न गाह्रो सुन्दर नाच ।
कन्टेस्टेन्ट नम्बर एक मेरो रोजाई थियो । ऊनले दिएको परिचय अरुको भन्दा ओजिलो थियो । मलाई चाँहि मिटटिन एक नम्बर कन्टेस्टन्ट लाई बनाउन मन लागेको थियो । रातो पहिरनमा सजिएकि ऊनि परबाट हेर्दा सुन्दर देखिएकि थिईन । ऊनका प्रश्नहरुको जबाफ शैलि पनि ऊत्कृष्ट थियो । जजहरुले गरेको पुरुष छनौटको प्रश्नमा सबैको रोजाई बुवा नै थियो एकजनाको बाहेक । सायद उनैले सिमटिन जितिन जस्तो लागेको छ मैले राम्रो ठम्याउन सकिन, एक त परबाट राम्रो सँग प्रतियोगिहरु बिच अन्तर छुट्याउन नसक्दा सबै एक समान झैं लाग्दै थियो दोश्रो कन्टेस्टेन्ट नम्बर ट्याग लगाईएको अलि सानो भएकोले त्यो पनि देख्न सकिएन ।
टोकन अफ लभ अनि याप्रिसिएसन हरु बाँड्दै गर्दा लुईटेल थरका आयोजक प्रमुखको बाबु घरि घरि स्टेजमा आईरहँदा सँगै आऊनुभएको आमा स्टेजमा ननिम्त्याईनुको कारण चाँहि ऊनले गोडा भन्दा निकै माथि लगाएको सामान्य गाढा रँगको रातो सारि थियो भन्नेमा मा बिश्वस्त छु । मेरो सुझाब या त परिबर्तन गर्न सहगोय गर्नु पर्‍यो या यथास्थितिलाई आत्मसाथ गर्दै आफ्नो आमाको सम्मान गर्नसक्नु पर्दछ ।
आयोजक हरु बढो हतासमा थिए, सहि ढँगबाट टोकन अफ लभ अनि याप्रिसिएसनहरु, बिजेता ब्याज लगाईदिन हतार हतार गरिरहेका थिए कारण मैले बुझ्न सकेको छैन । त्यो मलाई नाम थाहा नभएको बिजेता बिधा ऊल्लेख गरिएको सेतो रँगको खादा लाई अति हेपाहा पाह्राले भिराईदिनु लज्जास्पद थियो । अलिकति समय लिएर अनि स्मार्ट बनेर लगाईदिन सक्नु आयोजक अनि भिराईदिन स्टेज पुगेका प्रत्येक ब्यक्तिको दाईत्व थियो ।
जजले सोधेको प्रश्नमा सुरिएर अँग्रेजि भाषामा ऊत्तर दिन थालेकि प्रतियोगि बिचैमा अड्किएर रुने अबस्थामा पुग्दा चाँहि एकैछिन माया लाग्यो प्रतियोगिको । तेसैले त म बारम्बार आफ्नो भाषा प्रयोग गर्नुपर्ने कुरामा जोड दिन्छु , ओजिलो शब्द र ब्यक्तिव्त सहितको नेपाली भाषा अनि प्रस्तुति ।
अति आकर्षक पहिरनहरुमा सजिएका सुन्दर युबतिहरु, कालो सुटमा आँटिलो भएर ठडिएको आयोजक प्रतिनिधिहरु, प्रसंसा गर्न लायक उद्घोषण शैलि भएका रोजिन शाक्य, र्‍याम्पमा हिडेमा लचिला हिडाई, नृत्यहरु, प्रस्तुतिहरु, धिरज दाईको स्टेज पर्फमेन्स, बादलको “ठुलोदाई” गित सबै अति प्रसंसनिय कुराहरु थिए जसले मेरो मिसटिन २०१५ को हेराईलाई आनन्ददायक बनायो ।
समसाँझै घरछिर्नुपर्ने मेरो सामान्य आदद अनुसार आज त निकै ढिला भईसकेको थियो । कार्यक्रम सकिन नपाउँदै हतपत पार्किङमा हान्निए, महँगो पार्किङ्ग शुल्क बुझाएर , पुतलिसडकमा थर्मलपेस्ट हाल्न गएँ । मोटरसाईकलको एक घन्टामा घर पुग्न सकिने अबस्थामा पनि मलाई अगि रोजिन शाक्यलाई भएको हस्तो मनमा हताश भईरहेको थियो किनकि म सात बजे सम्म पुतलिसडकमै थिएँ ।
जति हतास भएपनि कहिलै हर्न नबाजाउने, कुनै गाडिलाई अनाबश्यक ओभरटेक नगर्ने, पैदल यात्रिलाई सकेसम्म प्राथमिकता दिने अनि अति सामान्य गतिमा मोटरसाईकल गुडाउने मेरो शुरुदेखिको आदत छ । धेरै सिसिको स्टाईलिस मोटरसाईकल, कहिले काँहि तिब्र गति अनि अल्याङ्ग पल्याङ्ग गर्दै मोटरसाईकल चलाउने काम मैले युबा अबस्थामा गर्न नपाएको/नसकेको कुरा मध्येको एक हो ।
पानिले रूझ्दै , अति मुस्किलले मोटरसाईकल हाँक्दै गर्दा पछाडिबाट कारले बजाउने हर्न चाँहि अति झर्को लाग्ने र रिस ऊठ्ने कुरा हो । अनि तेतिखेरै म आफुलाई कार्लमार्क्स बनाई हाल्छु अनि सुन्दर समाजको कल्पना गर्छु । अलि पर पुगेर साईकललाई ओभरटेक गरेपछि चाँहि म्याक्स वेबर, डेभिड रिकार्डो लाई संझिन्छु ।
दर्जनौ ठूलागाडिको हेपाहा हँकाई बाट बच्दै ज्यान जोगाउँदै, सयौं पानिले भरिएका खाल्डाखुल्डि छल्दै बाईकको सकको तालमा जिउलाई ऊफार्दै घर आईपुग्दा थकित हुन्छु । आफ्नो जेसिलाई माया गरेर, बाआमा सँगको गफ पछि, अनि कोठामा छिरेर मोबाईल खल्तिबाट झिकेर एसो स्क्रिनमा थिचेर हेर्छु कतै मिठो म्यासेज आएको छ कि, बाईकमा थाहा नपाएर प्यारो फोनकल छुटाएको पो छु कि । ---

स्कुल संझना

प्रायस हाल्फ टाईम भन्दा पछाडि अति बृद्द शरिर भएका पाले दाईले हरियो रङ्गको मोटो कभर भएको कापि बोकेर आएपछि जस्तो हर्षित कहिलै हुईदैन थियो । सानै बेला देखि स्कुल जान भनेपछी पटक्कै मन नलाग्ने हामि दुबै जनाको बानि थियो । त्यो हरियो मोटो कभर भएको कापि बोकेर बृ्द्द पालेदाईले ढोकाबाट सरलाई बोलाएपछि हामिलाई पहिल्यै थाहा हुन्थ्यो भोलिको लागि स्कुल बिदा हुने सुचना ।
जनै पुर्णिमा , जाईजात्रा , घोडे जात्रा, तिज सबै स-साना पर्बहरुमा पनि हाम्रो स्कुल तेहि हरियो कापिमा लेखिएको बेहोरा पढेर बन्द गरिन्थ्यो । आज त्यो हरियो कापि देखेर हुने हर्ष गुमाएको बाह्र बर्ष भएछ ।
जनै पुर्णिमाको बिदा चाँहि अलि बढि उत्साहापुर्ण हुन्थ्यो । सबैले बिदाको भोलिपल्ट नारिमा डोरो लगाएर आउने । कसको नारिमा कस्तो रङ्गको डोरो लगाएको रहेछ भनेर हेर्न उत्सुक हुने । प्राय जसोको नारिमा पँहेलो रंगको डोरो हुने गर्दथ्यो । अनि कोहि कोहिको नारिमा चाँहि स्पेशल रंङ्गको धागोको डोरो देख्दा आफुलाई पनि तेस्तै लगाउन मन कल्पिन्थ्यो ।
अर्को बर्ष पनि फेरि पुरेत बाजे तेहि पँहेलो रंङ्गको डोरो बोकेर आएको देखेपछि मन खिन्न हुन्थ्यो । गोह्रो नारिमा त तेहि पंहेलो रंङ्गको डोरो पनि आकर्षक नै देखिन्थ्यो, तर आफ्नो नारि चाँहि सँधै साईकल खेलेर अनि घामले डढेर सामान्य भन्दा पनि बढिनै कालो । सामान्यमा पनि गोह्रो त कहाँ हो र ।
अनि त्यो रंगिन डोरो लगाउने ईच्छा पछि सम्मपनि पुरा भएन । पछि एक बर्ष मैले सानो बेलामा खोजेको रंगिन डोरो बोकेको बृद्द पुरेत आईपुग्दा चाँहि मलाई झल्यांस्स याद भयो मेरो सानोबेलाको रंगिन डोरो लगाउने रहर । तर तेतिबेला सम्म मेरो बालापन हराई सकेको थियो । डोरोको रंगहरुले मनलाई हर्षित गराउन छोडिसकेको थियो ।

आजभोलि डोरो भन्दा पनि बयस्क ईच्छाहरुले डोरोलगाउने दिनको महत्वलाई कम गर्दै लगेको अनुभुत गरेको छु । यद्मपि अझै पनि मलाई गोरो नाह्रिमा लगाईएको रंगिन डोरोले चाँहि लोभ्याउन छोडेको छैन किनकि मेरो नारिको रंग त परिबर्तन भएको छैन नि !

कत्रो कत्रो हई दाइ ..


पुर्ण कालो बर्ण, गोलाकार अनुहार, नाक अलि थेप्चो, कपाल मसिनो गरेर काटेको करिब करिब खौरिएको जस्तो देखिने, ठिक्क उचाई भएको अनि दुई महिनाको छोटो समयमानै आकर्षक शरिर बनाई सकेको भाईले अति हँसिलो अनुहार लगाएर मलाई भन्यो । झट्ट भन्नु पर्दा ऊ चाँहि 'मेरि बास्सै' मा हुने बुढो पासा दाई जस्तै ।

नेवार समुदायको बच्चा भएकोले बच्चै देखि पुष्ट शरिर हुनु स्वभाबिकै हो । सबै चिनेजानेका केटाहरुसँग हात मिलाउँदा प्रायस मैले मेरो हत्केला चाँहि अलि बढिनै साह्रो भएको अनुभब गरेको हुन्छु । तर दुई महिना अगाडि त्यो हँसिलो अनि अतिनै सरल स्वभाबको पासा सँग हात मिलाउँदा चाँहि आफ्नो हात त मानौ कुनै केटिको हो जस्तो लाग्यो, कि पासाको हात तेति साह्रो रहेछ ।

धेरै महिना भनौं या बर्ष भईसकेको थियो मैले कुनै केटाहरु सँग बसेर केटिको फिगरको बर्णन नगरेको । अचानक पासाले आज मेरो अनुहार तिर हेर्दै भन्यो अतिनै हँसिलो अनुहारमा मलाई "कत्रो कत्रो हई दाइ ..." भन्दा एकछिन त म छक्क परें । पासा संग मुस्किलैले दैनिक हात मिलाउने र “कुन बेला आएको” भन्ने बाहेक कुनै गफ भएको थिएन ।

जिम क्लबको ढोकाबाट छिर्दै गर्दा लागेको थियो कि आज किन जिम सुनसान छ, खै सबै केटाहरु अनि जिमको दाई । आखिर कुरा तेस्तो होईन रहेछ, एउटा नयाँ केटि भर्खरै आजबाट आएकि रहिछ तेसैले सबैजाना तेतैतिर झुम्मिएका रहेछन् । मैले पनि एकनजर तेतैतिर पुर्‍याए । पासाले भनेको कुरा ठिकै थियो । आखिर पासाले तेसै म सँग भनेको थिएन तेति हँसिलो अनि भित्रै देखि गदगद भएर । शब्दहरुले पासा भाईको त्यो अनुहार बर्णन नै गर्न सकिन्न ।

“अँ , हो , मैले पनि याद गरेको थिएँ “ मैले पासालाई हँसिलो भएर जबाफ दिएँ । त्यसपछि पासाले अझै थप्यो “एदि हई दाई केटिले हुन्छ भन्यो भने हामि सबै केटाहरुले के गर्थ्यो होला हई दाई” त्यसपछि चाँहि मलाई पासाले सोचमग्न गरार्‍यो कि मलाई आजभोलि एस्ता गफहरुमा बास्तबमै रुचि थिएन । मैले जबाफ दिएँ “ तिमिले याद गरेको छौ भाई, बाटोमा कुकुरहरुको पोथि कुकुरको लागि भएको झगडा देखेको छौ? हो तेस्तै हुन्छ ।“ त्यसपछि पासा भाई धेरै बेर सम्म खित्का छाडि छाडि हाँस्यो , म चाँहि एस बिषयमा थप कुरा गर्न मन नभएकोले एक जोडि गह्रौ डमबेल बोकेर लागे परतिर भएको बेन्चमा । त्यसपछि पनि मैले त्यो कालो बर्णको साह्रै सोझो पासालाई हेरिराखेको थिएँ, खुब सँग खित्का छाडि छाडि एक्लै हाँस्दै थियो, पासालाई मेरो कुरा साह्रै घत परेछ ।

रातो युनिकर्न



बाटोमा आफ्नै शुरले मोटरसाईकल गुडाई रहँदा छेवैबाट धेरै सिसि को रातो रंगको युनिकर्न मोटरसाईकल ले ठक्कर दिनै लागेको जस्तो गरि ओभरटेक गर्‍यो । म झसंग भएर सकेजति आफुलाई बचाउन प्रयास गरें । अँ आजको लागि एति नै होला, यो भन्दा बढि समस्या झेल्न पर्दैन होला बाटोमा अब भन्ने सोचेर फेरि बिस्तारै अगाडि गुड्दै थिएँ ।

रातो युनिकर्नको पछाडि, अति तल कम्मर बाट ढाड सम्म, अनि तिघ्राको सम्पुर्ण भाग देखाउन मिल्ने ठाउँ सम्म देखाएर लुगा लगाएकि युबति थिई । मैले तेति याद गर्दै गर्दा रातो युनिकर्न देखिन छोडि सकेको थियो । बाटोमा दिनहुँ जसो एस्तै मोटरसाईकल, कार अनि ठुला गाढिहरुले हरेक दिन पछाडिबाट ठक्कर दिउँला जस्तो गरेर ऊछिन्ने हुनाले मलाई यो सामान्य लाग्न थालि सकेको थियो । यद्मपि मनमा डर त लागि हालेको हुन्छ । आखिर बाँच्न सबैलाई मन लाग्छ ।

हामि प्लस टु पढ्दा दुई जना केटाहरुले मात्र मोटरसाईकल लेराउँथे । एउटाले भर्खरै बजारमा आएको नयाँ रातो युनिकर्न चढेर आउँथ्यो । अनि बाहिर बाट हेर्दा निकै भद्र देखिन्थ्यो । अर्को चाँहि अग्लो कद गरेको , कलेजले दिएको हरियो प्यान्टलाई सुरिलो चुज बनाएर लगाउने कलेजको डन । बिस्तारै थाहा पाउँदा ऊ कलेजको मात्रै नभई पुरै उसको ईलाकाको डन रहेछ । उसले चाँहि थोत्रो जस्तो देखिने , पछाडिको पाँग्रा बढिनै मोटो भएको CBZ मोटरसाईकल लिएर आउँथ्यो । मोडिफाईड गरेको बाईक हो तेसको भन्थे, के के भन्थे मैले चाँहि बुझेको प्याडल मार्नु नपर्ने आफैं चल्ने अनि मट्टितेल होईन पेट्रोल हाल्नु पर्ने भन्ने अडकल लगाएको थिएँ । अनि मनमनै तेस्तै मोटरसाईकल चलाउन सक्ने हो भने त कलेज आऊनलाई चार बजे नै ऊठ्नु पर्दैन थियो होला भन्ने लाग्दथ्यो ।

रातो युनिकर्न चढ्ने भद्र देखिने हुनाले कहि समय पछिनै एउटि डल्लि अनि मोटि केटिलाई पछाडि राखेर हिँड्न थालेको देखियो । अनि CBZ चढ्ने डनको चाँहि पछि सम्म पनि कोहि केटि मोटरसाईकलको पछाडि बसेको देखिएन । हुन पनि कसरि होस हरेक एक शब्द को पछाडि छुद्र शब्द पनि झुन्ड्याएकै हुन्थ्यो । कहिले काँहि त सुन्नै मात्र पनि दिक्क लाग्ने । मलाई अहिले पनि याद छ, जे भएपनि त्यो CBZ चढ्ने डन केटा बास्केटबल चाँहि असाध्यै राम्रो खेल्दथ्यो ।

पछि केटाहरु कुरा गरेको सुनेको रातो युनिकर्न चढ्ने ले त केटि भगायो रे । अहो ! तेसको लगत्तै एक महिना पछि फेरि सुनियो तेसले त त्यो केटि छोडिदियो रे । तेसपछि बर्षै भरि त्यो केटाले हरेक नयाँ नयाँ केटिहरु भ्याउन थाल्यो रे भन्ने मात्रै सुनियो । आखिर समय थियो तेस्तै, मोटरसाईकल तेसमा पनि नयाँ रातो युनुकर्न अनि के लाईन नलागावोस केटिहरुलाई ।

करिब एघार, बाह्र बर्षबाटै शुरु हुने हरेक केटाहरुको यौबन अबस्था अनि त्यसको भोक मलाई चाँहि थिएन भनेर ढाँट्नु अनि असल देखिनु कुनै काम छैन । प्लस टु पढ्दा म पन्ध्र बर्षको मात्रै थिएँ । यौबनको भोक चढेको नि धेरै बर्ष भईसेको । केटिहरुको शरिरले लोभ्याउन थालेको तेतिबेलै बाट हो भन्दा फरक पर्दैन । मोटरसाईकल नभएपनि, आकर्षक शरिर नभएपनि, अनि एउटा केटि सँग कसरि गफ शुरुवात गर्ने सम्मको ज्ञान नभएपनि, केटिलाई हेर्दै मनमनै आफ्नो गर्लफेन्ड भएको कल्पना गरेकै हो । रातो युनिकर्न चढ्नेको जस्तो लाईन लगाउँदै नयाँ नयाँ बनाउने चाहाना नभएपनि , कलेजको क्यान्टिनमा खाजा खान जाँदा पनि एक्लै भएको दिन चाँहि कोहि केटि साथि भए हरेक दिन कलेजमा एक्लै हुनु पर्दैन थियो भन्ने लागेको थियो ।

टिक-टिक टिक-टिक आवाज आएपछि चाँहि असाध्यै मन रुन्थ्यो किनकि मलाई बिहान ऊठ्न भनेपछि पटक्कै मन नलाग्ने त्यसमा पनि जाडो महिनाको बिहान चार बजे ऊठ्नु पर्दा कसको मन नरोला । कहिले काँहि त्यो कुखुराको आकारको फ्रेम भएको घडिले समयमा घन्टि नबज्दिदाँ चाँहि आज कलेज जान भ्याइदैन भनेर सुतिदिन्थे । अहिलेको जस्तो सजिलो थिएन अलार्म राख्ने काम । अहिले प्लटु पढ्नेहरुलाई यो त अचम्मै हुन्छ होला । तेसबेला मोबाईल थिएन, फेशबुक थिएन । अहिले मलाई लाग्छ यदि म सँग तेसबेला मोबाईल फोन हुँदो हो त आफुले चाँहिएको समयमा अलार्म राख्न पाउँथे । कि झुक्किएर मध्यरातमा ऊठेर घरनजिकैको चौरमा बस कुर्न जानु पर्दैन थियो ।

फेशबुक नभएपनि, अलार्म राख्ने मोबाईल नभएपनि म प्रबिधि संगको परिचयमा चाँहि अगाडिनै थिएँ । त्येतिबेला ६ क्लासमा पढ्दा पहिलोपटक कम्पयुटर चलाउँदा, कम्युटर हतपत सबैले प्रयोग गर्ने बस्तु थिएन । मैले चाँहि ठुलोबाको घरमा चलाएको थिएँ । पछि घरमा डायलअप ईन्टरनेट चलाउँदै, फेशबुक नभएर के भयो त, याहुको पब्लिक च्याट रुममा च्याट गर्न बसेकै हो । बढो मुस्किलले पोर्नसाईटको भिडियो नखुले पनि नाङ्गा युबतिहरुको फोटोहरु खुलाएकै हो । केटिहरु सँग घन्टौं फोनमा कुरा गर्न नपाएपनि, पोर्नसाईट खुलाएर टेलिफोनको बिल धुनधान लेराएकै हो । कसरि यत्रो बिल आएको टेलिफोनमा भनेर घरमा सोधिने प्रश्नमा चाँहि , ईमेल चलाएर, गुगलमा चाहिनेकुरा हरु खोजेर, पढेर भनिदिने अनि आनन्दै । यो संझिदा चाँहि अहिले मज्जा लाग्छ । अहिलेको जस्तो त्यसबेलाको तुलनामा यति द्रुतगतिको अनलिमिटेड ईन्टरनेट तेतिबेला हुँदो हो त के हुन्थ्यो होला । दिनभर पोर्नसाईट हेरिन्थ्यो होला हा हा हा ।

प्लसटुको अन्त्य अन्त्य तिर मेरो मोबाईल भन्ने प्राईभेट कम्पनिको शुरुवात भएपछि चाँहि एक दुई जना केटाहरुले मेरो मोबाईलको सिम हालेर अति सामान्य मोबाईल फोन बोकेर आउन थालेका थिए । त्येसबेमा मेरो मोबाईलले प्रति मिनेट एक पैसामा फोन गर्न दिन्थ्यो त्यसो हुँदा ति दुई केटाहरु जुनैबेला फोनमा कुरा गरिरहेका हुन्थे । तेतिखेर नेपाल टेलिकमको सिमकार्ड चाँहि ३५०० पर्थ्यो , ईनकमिम कलमा पनि प्रतिमनेट चार रुपैया लाग्थ्यो अनि फोन गर्नलाई प्रतिमिनेट आठ रुपैयाँ भन्दा बढी लाग्थ्यो र अति सामान्य नोकियाको ब्याकेन ह्वाईट फोनलाई पन्ध्र हजार जति पर्थ्यो । एस्तो मा मोबाईल फोन बोक्ने कुरा सामान्य कुरा थिएन । आफुले आँखा लगाएको केटिले नि मोबाईल बोक्थि रे भन्ने गाँईगुई सुनेपछि चाँहि मोबाईल फोन चाहिएको थियो ।
जाडोमहिनाको ठन्डिमा पनि झ्यालमा सिसा नभएको भएपनि लास्ट बेन्चमा बस्नै पर्ने अनि अलि फटाहा जस्तो देखिनु पर्ने भुत चढेको थियो कलेज लाईफ भरि । पछि सम्मपनि त्यो भुत कायमै थियो । बसन्तपुरमा दिनहुँ कलेज बङ्क गरेर जाने । अहिले संझिदा चाँहि तेस्तो बेकारमा गरिएछ जस्तो लाग्छ । त्यसको औचित्य नै छैन बेकारको काममा लागिएछ ।

रिकरिङ ड्रिम भन्ने स्टोरि पढाउँदै गर्दा कयौं पटम बेन्चमै निदाउन खोज्ने कुरा मलाई अस्ति भान्जाको किताब हेरेपछि फेरि याद भयो । मलाई स्कुल कलेज जान मन कहिलै लाग्दैन थियो । पहिलै देखि क्रान्रिकारि स्वभाबको म, मलाई टिचरहरुले नोट लेखाएको पटक्कै मन पर्दैन थियो । मलाई ऊनिहरुको त्यो लेखाउने त्यो नोट भन्दा किताब किनेर पढ्न ठिक लाग्थ्यो । तर बाँकि कक्षामा हुने अरु साथिहरुलाई चाँहि नोट लेख्न पाए दंग हुने थिए ।

बिबिस थर्ड यएर, जिबनमा पहिलो पटक केटिलाई फोन गर्दा मुटु बढो जोड जोडले धड्किएर मानौं फुट्नै आँटेको जस्तो भएको मलाई अहिले पनि याद छ । आफुले मनपराएको केटिको, अनेक लामो बाटोबाट पत्ता लगाएको नम्बरमा फोन गर्ने ठुलो हिम्मत जुटाएपछि, अठार घन्टाको चरम लोडसेडिङको मार खेपिरहेको बेला बत्ति नभएर एक्लै बसिरहेको एक साँझ नम्बर डायल गरें । झन्डै फोन नऊठेको, अन्तिम रिङ्ग जस्तोमा फोन ऊठेपछि के बोल्ने के । जोड जोडले मुटु ढ्डकिएको मात्रै याद छ बाँकि एक मिनेट थर्टिनाईन सेकेन्ड के कुरा गरें मैले भन्ने मलाई याद छैन ।


समय सधै एकैनाशको हुँदैन । पहिलो पटक मुटुनै फुट्ला जस्तो डराएर फोन गरे देखि अहिले सम्म मैले कयौं केटिहरुलाई फोन गरें होला ति मध्ये कतिलाई मन पराएँ होला, कतिलाई प्रेम प्रस्ताब पनि राखें होला, कतिलाई बिनाकारण फोन गरें होला, अनि कसैलाई अथाहा माया अनि बिश्वाश गरेर फोन गरें । ति मध्ये कतिले मलाई मन पराए वा पराएनन मलाई थाहा छैन । मलाई अप्रत्यक्ष संकेतहरु पछ्याउन आउँदैन अनि कसैलाई मायाको बाचामा झुलाउन पनि जानेको छैन । मलाई समय भन्दा ठुलो केहि कुरा लाग्दैन, तेसैले समय भन्दा पछि प्राप्त हुने कुरामा कुनै स्वाद हुँदैन भन्ने राम्रो बुझेको छु । आखिर जिबन एक सझौता रहेछ । कसैले भनेको या लेखेको पढको थिए कि लाखौं मा कुनै कुनै मात्र त्यस्ता जोडि हुन्छन् जसले आफ्नो सच्चा जिबन साथि पाउँछन् । शुरुशुरुमा त मैले आफैंलाई तेहि लाखौ मध्यको एक भएको अनुभब पनि गर्थें । र अझै पनि भनौं न लाखौं मध्यको एक नै हो ।

आज अचानक बाटोमा रातो युनिकर्नले ठक्कर देला जस्तो गरेर लेराए पछि मैले प्लस टु देखिको मेरो समयलाई फर्केर संझिने मौका पाएँ । धन्यबाद छ रातो युनिकर्नलाई !

‌‍+2 संझना


कजराजे, कजरारे, तेरे कारे कारे नैना, तेरे नैना तेरै नैना तेरे नयनमे छुपके रहेना.....

केटाहरुले रक्सि पिएका थिए भन्ने मैले गन्धबाट थाहा पाएँ, नाचको ताल हेर्दा धेरैनै पिएका थिए, उता दाजुले पनि पिएको हो कि के हो मैले पत्ता पाउन सकिन ।

साक्षर संस्थापकहरुको कलेजमा पढ्दा भोग्नुपर्ने समस्या धेरै खाले हुनु रहेछ भन्ने मैले अहिले भन्न सक्छु । हुनत शिक्षित संस्थापकहरु ले अहिले संच्ञालन गरिरहेका कलेजहरु पनि कम्ति साम्यबादि नियमको झझल्को दिने हुँदैन होला भन्ने मैले - मोबाईल बोक्न नपाईने, मोटरसाईकल लैजान नपाउने एस्तै एस्तै नियमहरु सुनेर अड्कल लगाउन सक्छु ।

अँग्रेजि फिलिम अनि ईन्टरनेटको प्रयोगले मैले प्रोम नाईट, वेलकम, फेरवेएल प्रोग्रामहरुमा लगाईने लुगाहरु जानकारि राम्रै राखेको थिएँ । मैले तेतिबेला कालो सुट लगाएर गएको भए ति साक्षर संस्था्पक बुढाबुढिले मलाई कलेजको कुनै कोठामा लगेर थुनेर राख्नेका हुन्थे भन्ने कुरामा म निश्चित छु, कि मैले ति बुढाबुढि संस्थापकहरुलाई दुई बर्ष झेलेको थिएँ ।
हरियो प्यान्ट माथि सेतो मा हरियो धर्का भएको सर्ट लगाएर अर्को अनिबार्य कुरा चाँहि बोर्डिङ् स्कुलमा प्रयोग हुने फलामको टाउको भएको कपडाको बेल्ट लगाएपछि , हरियो स्वेटर लगाउने कि नलगाउने भन्ने दुबिधा गरेर नलगाएपछि फेरवेलको लागि तयारि भईयो ।

म अहिले भन्न सक्दिन हाम्रो समयका केटिहरुलाई फेरवेयलमा आउँदा - वानपिस, सारि, गाउन या एस्तै एस्तै लुगाहरु लगाउन मन थियो या थिएन, र अनि किन साक्षर संस्थापकहरु सँग बिरोध गरेरनन् ति लुगाहरु लगाउन पाउनको लागि, तर मलाई चाँहि त्यो हरियो कलेज ड्रेस लगाएर फेरवएल याटेन्ड गर्न पटक्कै मन थिएन, कालो सुट किन्ने पैसा नभएपनि , कालो टिसर्ट र निलो जिन्स चाँहि लगाउन असाध्यै मन थियो ।

कलेजकै प्राङ्गणमा प्लाष्टिककको मेचहरुको लाईन हरु राखेको, र आकाश तिर हरियो पाल टाँगेको , अनि अगाडि स्टेज । ति मेचहरुमा हरियो कलेज ड्रेसमा भएका केटाकेटिहरु भरिए पछि मनै खिन्न भयो अनि मैले झट्ट अङ्ग्रेजि फिलिम मा हेरेको पोर्म नाईट लाई याद गरेर परिहरनहरुमा कल्पिएँ अनि मनमनै साक्षर संस्थापकहरु सँग बिरोध गरें ।

उचाई सानो, ऊमेर अरुको दाँजोमा सानो, अनि तेति खुलेर बोल्न आँट नआउने लजालु स्वभाबको थिए म तेतिबेला । मैले पछाडिको हरफ रोजें बस्नलाई तेति भयो भने लाज कम हुने महशुस गरेर । तेतिबेलै देखि म चाँहि एक्लै हुने, सबै कता हो कता । रक्सि चुरोट ईत्यादि ईत्यादि को सँगत थिएन अनि त झनै एक्लो हुनुपर्ने त थियो नै । अनि त्यसपछी मलाई त्यो पछाडिको हरफमा बसेर स्टेजतिर हेरेर दिन बिताउन कति पनि रमाईलो लागेको थिएन । कुनै उत्साहा थिएन । कुनै रमाईलो थिएन । मैले तेतिबेलै देखि हो आफु सँगै केटि साथिको सामिप्यताको कल्पना अनि ईच्छा गर्न थालेको ।

क्लासमा सँगै पढ्ने केटिहरुले कजरारे, कजरारे गितमा नाचेको हेर्दा चाँहि खुबै अचम्म लागेको थियो कि नाच्न पनि मज्जाले जानेका हुन्छन भनेर । तेतिबेला सम्म चाँहि मलाई बुबिज, चाक, तिघ्रामा खासै रुचि थिएन, यो कुरा मलाई तेतिखेर याद भयो जतिबेला म पछाडि हरफमा बसिरहेको केटाहरुले “हेरन तेसको चाक कस्तो दामि छ” भनेको मैलै झट्ट सुनेपछि । अनि मलाई पनि नाच हेर्दै गर्दा , आफुपनि स्टेजमा गएर नबिन के. भट्टराईको गित गाएर पर्फर्मन्स गरौं जस्तो नलागेको होईन, तर खै र कला, शरिर, अनि सहयोगि सामिप्यताहरु !

याहु म्यासेन्जरमा आफुले प्रयोग गर्ने ईमेल बाट याड गर्ने आँट नआएर फेक याहु अकाउन्ट बनाएर याड गरेपछि लभसब को यात्रा शुरुभएको हो कि जस्तो लाग्छ । लबसभ भन्दा नि केटिप्रतिको आर्षण । बिनाअर्थको माया अनि सामिप्यता को खोजिको शुरुवात । तेतिबेलाको आकर्षण चाँहि तेहि फेक याहुबाट याड गरेर , एक पटक म्यासेन्जरमा hi भनेपछि सकिएको मलाई राम्रो याद छ । अहिले त्यो सबैथोक संझदा , यो माया, सामिप्यता, साथको भोक अनि त्यसको तिब्रता र म्याचुरिटि चाँहि उमेर सँगै बढ्ने रहेछ अनि तेति नै चोट पनि । त्यो याहुबाट hi भनेपछि को समय र अहिलेको समय सम्म आईपुग्दा धेरै प्रबिधिको प्रयोगको मात्रा बढेको छ र तेहि अनुसारको सामाजिक बिकाश पनि । प्रबिधिको अहिलेको अबस्थामा चाँहि कसैलाई फेरि मनैबाट hi लेख्ने ईच्छा छैन अब ।

काले, कालु, हिटलर, ओई, रुजने, भुजने, रु.... ..... ..... एस्तै एस्तै भनेको सुनेपछि चाँहि आफुलाई माया गरेको हो कि जस्तो लाग्ने रहेछ । तर बास्तबिकता चाँहि धेरै पर हुने कुरा चाँहि कजरारे कजरारे देखि अहिले सम्म आईपुग्दा राम्रो बुझेको छु । बास्तबमा ओसो, जे कृणमुर्ति हरुले बुझेरै भनेका हुने रहेछन् कि स्त्रिले पुरुषलाई कहिलै माया गर्दैनन् , ऊनिहरुले पहिला आफुलाई माया गर्छन् अनि सन्तान प्राप्ति पछि आफुलाई भन्दा बढी माया सन्तान लाई अनि यो बिचमा पुरुष कहिलै पर्दैन । पुरुषको आबश्यकता सन्तान प्राप्ति अति रक्षाको लागि मात्रै हुने गर्दछ भनेर लेखेको मैले कयौं पटक पढेको छु । ऊनिहरुले अझै बृस्तितमा के भनेका छन् भने स्त्रिहरु न्याचुरुएल्लि लेसबियन हुन्छन अनि यो पछी सम्मपनि तेहि स्वभाबमा हुन्छन् र कहिलै पुरुषलाई बिश्वास अनि माया गर्दैनन् । जे होस ओसोहरु, जे कृणमुर्ति ले भनेको साँचो नहोस भन्ने ठुलो कामना मात्रै गर्न सकिन्छ एक पुरुष भएको नाताले ।

पछि मैले फेरवेएलमा कालो कोट लगाएर जाने रहर चाँहि ग्याजुएड पढ्दा पुरा गरें । तर अफसोच, कोट लगाउने चाँहि म एक्लै थिए, कारण कलेजको संस्थापक फेरि ऊहि साक्षर नेवार थियो जसलाई कुनै औपचारिक कार्यक्रमको महत्व के हो थाहा थिएन, टिचरहरु पनि भाङ्ग्रे नै रहेछन भन्दिऊँ न अनि केटाहरु पनि सबै तेस्तै रहेछन् भन्नु पर्‍यो खै मलाई एक्लै पारिदिईहाले । अनि फेरवेएलको बास्तबिका मज्जा पनि गरें यो पटक चाँहि , कारण थियो आफुलाई समाजमा घुलमिल गराएँ । आफुलाई परिबर्तन गरें सामाजिक ढाँचा अनुसार ।

बेला अति सामान्य थियो, अनि म पनि तेहि अनुरुपको थिएँ । आफुलाई प्रोग्राम भन्दा पनि घर फर्किनु पर्ने समस्याले झस्काईरहेको हुने थियो, कारण मेरो घर पर गाँउमा थियो अनि तेसमा गाडिको ब्यबस्था नहुने तेसैले घाम आकाशमा निकै माथि हुँदा देखिनै घर फर्कनु पर्ने समस्या मेरो दिमागमा हुने गर्दथ्यो । म अतिनै सरल स्वभाबको थिएँ । मलाई आज पनि याद छ म त्यो दिन कार्यक्रम सकिन नपाई हतार हतार कोटेश्वरको बस स्ट्यान्ड तिर लम्किएर घर फर्किएको थिएँ, मेरो ऊपस्थितिको याद गर्ने कोहि थिएन भन्ने मा म निश्चित छु ।

क्यामेरा थिएन, मोबाईल थिएन, फेशबुकमा अपलोड गर्ने कभर , र प्रोफाईल पिस खिच्नु थिएन, साथीभाई अनि ग्रुप थिएन, जाँड रक्सि, चुरोट र गाँजा तान्नु र पिउनु थिएन - अनि त काम के भयो , फेरवेएल प्रोग्राम खासै रमाईलो हुने कुनै कारणनै भएन दाजुको साथि एकजना चाँहि बेतमासले नाचिरहेको देख्दा चाँहि लाग्थ्यो ऊसले टन्नै पिएको थियो जस्तो ।

लामो समयपछि आज याद गर्दा पनि मलाइ त्यो पातलो केटाको नाच उतिकै झलझलि आँखामा आईरहेको छ कारण हो ऊसले नाचेको बेतमासको नाच । आज मलाई तेस्तै नाच्न मन छ । बेतमासको नाच...

धेरै बर्ष पहिले बजेको यो गित अहिले सुन्दापनि तेहि दिनको याद आउने रहेछ । अहिले भन्नुपर्दा त्यो दिन रमाईलो थियो या थिएन मैले एसै भन्न सक्दिन तर तर बास्तबमै संझिदा प्यारो लाग्ने क्षण बन्ने रहेछ ।
Portion of my diary….

नाकाबन्दि २०७२ संझना



आजको दिन चाँहि एस्तो भयौ है साथिहो !

तेल सकिएपछि गाडि चढेर हिँडेको । लुगा लगाँउदा देखि , कपाल मिलाउँदा सम्म मन फुरङ्ग कारण , नारि डढ्ला भनेर जाकेट लगाउनु नपर्ने, जेल हालि हालि ठाडो ठाडो पारेको कपाल हेल्मेटले थिच्ला भन्ने चिन्ता भएन अनि त के चाहियो , तै मौकामा फेरि आज धेरै नै हिरो बन्न ब्याग पनि नबोकि लन्ठङ लन्ठङ हिडेको ।

हाम्रो गाँउको गाडि चाँहि रत्नपार्क सम्म जान्थ्यो अगिपछि, आज सल्लाघारि सम्म मात्रै रे, हतपत मैले "यो गाडि यहाँ सम्म मात्रै हो र?" भनेको थिएँ, ड्राईभरले फेरि मलाई भर्खरै अमेरिकाबाट आएको भन्ठान्योकि के हो कुन्नि, "यहाँ ओर्लिनुहोस, त्यो पुल तरेर पारि जानुहोस, तेताबाट काठमाडौं जाने गाडि पाईन्छ" मैले "धन्यबाद" भने, त्यसपछि मनमनै खुबै खुसिलाग्यो कि म त साह्रै स्पेशल पो देखिएछु त , कारण चाँहि मलाई थाहा भएन ।

मलाई चाँहि खुब रमाईलो लाग्यो है गाढि चढ्न, आफूले चालाउन नपर्ने , , राम्रि नराम्रि केटिहरु बाटोको छेउमा हिडेको हेर्दै, फिगर राम्रो नराम्रो मनमनै निर्णय गर्दै , झ्यालको छेउमा बसेर गाढि चढ्न खुब मज्जा आयो । तर पुरानो मोटरसाईकल, त्यो पनि ४० को स्पिडमा गुडाएर चढ्ने बानि लागेको मलाई पब्लिक बसको स्पिड चाँहि लाग्यो म रकेट चढिरहेको छु । झट्ट याद आयो म अरु दिन एस्तै तुफान र बेमतलबि तरिकाले बाङ्गो टिङ्गो चलाउने गाढिहरुको अगाडि हुन्छु , धन्न कति बचेर हिँड्नु ।

मुभि हेर्न गएको म पुग्दा छिटो भयो तेसैले न्युरोड हुँदै सिभिल मल जाने निर्णय गरें, हल्लिदै न्युरोडको बाटोमा हिँड्दै गर्दा , पाको मा एउटा पसलको बाहिर राखेको ब्याग देखें झट्ट चलाएँ, खुब मन पर्यो, भिरेर हेरें, असाध्यै मन पर्यो , पैसा भन्यो २०००, पैसा मरु , अभ कसो गरु ? झट्ट याद आयो , बैंकमा पो छकि, ATM मा गएर लेराएर भएनि किन्नै मन लाग्यो, गएँ ATM, खै, पैसा आएन, शायद पैसा मरुनै भा'को होला नत्र आई हाल्थ्यो नि , साहुजिलाई चाँहि सिस्टम डाउन भएर पैसा आएन भनिदिएँ, के पैसा रहेनछ बैंकमा भन्नु ।

ब्याग खुब किन्न मन लागेको ले एसो दिमाग घुमाएँ , कोहि साथिभाई छन् कि आज मागेर भोलि तरौंला, खुब सँग दिमाग रट्काएँ , साथि पनि छैनन् , कता कता पैसा बनाउनै मन लाग्यो । बच्चा भएको भए रुनु हुन्थ्यो त्यो पनि होईन । के गर्नु आखिरिमा मन नहुँदा नहुँदै ब्याग छोडें ।

एसो घडि हेरेको मुभिको टाईम भएर गएँ मल तिर, स्क्यालेटरमा मिनिस्कट लगाउने केटि अगाडि गए भने चाँहि म कहिलै पछाडि जान्न , कारण लाउनेे लाई भन्दा देख्ने लाई लाज भयो नि , सो एक छिन अलमल गरेर जान्छु यो चाँहि मेरो खान्दानि बानि एक्लै हुँदा , केटाहरु सँग भए चाँहि , सक्यालेटरको खुड्किलामा बस्नै पनि बेर लगाईन्न है , एक पटक ईलिभेटरको मुनि केटा सँग हदा बसेकै हो हाहाहा । आज मिनिटकट लगाउने अगाडि परि तेसैले झट्ट याद आएको यो कुरा चाँहि ।

कुरा फुस्कि हाल्यो, बैंक खातामा पैसा कति छ भन्ने चाँहि जानकारि मलाई नभएको होईन , बैंक खातामा ६०० रुपैया छ, म बास्तबमा अर्को बैंक खातामा पैसा छ कि भनेर ATM धाएको थिएँ, मुभि टिकट चाँहि घराबाटै किनेर गएको हुन्छु , तेसो भयो भने रोजेको प्लेसमा बस्न पाईयो, ढिला पु्दा पनि भयो नि ।

मैले खाने तिन चिज छ, लाटे, कोल्ड कफि, या कफि , मुड अनुसार, आज लाटेको पालो । मुभि चाँहि खासै मजाको लागेन तैपनि ठिकै छ , खैरेले नि गल्ति गरेछन मुभीमा त्यो चाँहि अचम्म लाग्यो । १९६० को काठमाडौं को एयरपोर्टको सिन तेस्तो नहुनु पर्ने हो बाबाहरुले भन्नु भए अनुसार त ।

चश्माको खोल हराएर ५० रुपैया फाइन तिर्नु पर्यो , म कहिलै सामानको लापारबाहि नगर्ने मानिस आज कसरि हराएँ थाहा भएन ।

आज बाईक नभएको , हेल्मट, ब्याग केहि नभएको , म त खालि खालि , खुब मज्जा लाग्यो , अनि धेरै बेर सम्म सिभिल मलमा मुभि सकिए पछि पनि घुमिरहें , एनडिज को आईसक्रिम होल्डर फ्रिज देखेपछि चाँहि नखाई भएन , बटर स्कज र थाहा नभएको अर्को फ्लेभर मिक्सस गरेर एक कोन आईस्क्रिम खाएँ भित्तातिर राखेको बेन्चिमा बसेर । तेहि बस्ता एउटा सेल्फि खिचेको छु , त्यो पनि त फेशबुकमा अहिले हाल्नु छ ।

न्युरोड , बसन्तपुर तिर हिँडेर बसपार्कमा आईपुग्दा त गाडिहरु त केहि छैन , परि हाल्यो नि फसाद, घर कसरि जाने होला अब , केहिबेर कुरेपछि आयो एउटा भिडमभिडा गाडि थिमि भन्दै , अनि चढें तेसैमा ।

सार्बजनिक गाढि चढ्न नि गाह्रो , मोटरसाईकल चढ्न नि गाह्रो । मानिसलाई जे गरे नि गाह्रो । जे होस मलाई चाँहि गाढि चढ्न मज्जा लाग्छ किनकि आफुले चलाउनु परेननि ।

थिमि देखि दुबाकोट सम्म हिड्नु पर्ने भयो, मारि हाल्यो ज्यानै जाने भयो अब ! बिस्तारै हिड्दै थिएँ , बसमा सँगै भएका कलेज बाट फर्किएका दुई केटि र एकजना केटाको ग्रुपलाई मैले बसबाटै अर्थपुर्ण हेरिरहेको थिएँ । पछि राधे राधे आईपुग्दा सम्म मैले ऊनिहरुलाई हेरिरहें ।

तर सल्लाघारि आईपुग्नु भन्दा अगाडिनै एउटा दाईले बाईक रोकेर "भाई घर जाने होईन" भनेको सुन्दा चाँहि साह्रै मनै दङ्ग भयो ...

Portion of my diary ....

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older